युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 08:17am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
प्रधानमन्त्री डा. भट्टराई समक्ष ‘खुला पत्र मार्फत केही सुझाव
Monday, 09.05.2011, 01:27pm (GMT+5.5)

नयाँ सरकार भ्रम यथार्थता

डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि बधाई दिनैपर्छ भनेर अन्तसंस्करणले भन्यो त्यसैले "डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई वहाँ प्र.. भएपछि धेरै मान्छे निकै रौसिएको हौसिएको देखियो सायद पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अत्पकालीन मन्त्रिपरिषदश्का सफलतामा अर्थमन्त्रीको निर्विवाद छवि बनाएर गएपछिदेखि नै "एकपटक डा. भट्टराई प्रधानमन्त्री बने भने मात्रै केही होला, नत्र भने सबै जोगी कानचिरा हुन् भन्ने आम मानिसका मन मथिङ्गलमा छाप परेको थियो ? त्यसपछिका एमालेका दुवै "भाले मिलेर नभई भिडेरै प्रधानमन्त्री भएर झण्डै अढाई वर्ष देश हाँकेपछिको कालखण्डका विभिन्न संचारमाध्यम (छापा विद्युतीय)का मत सर्वेक्षणले डा. भट्टराईको लोकप्रियता मागको सूचकाङ्क अति उच्च बिन्दुतिर पुगेको देखाएको थियो

दुनियाँ जसरी रौसिनुका साथै हौसिन पुगेको देखिएको , त्यति हौसिनु ठीकभन्दा बेठीक हो भन्ने लाग्छ एक्लो भट्टराईले यतिबिघ्न सडेगलेको देशको दुर्दशापूर्ण देहलाई यस्तो अस्वस्थ प्रदूषित परिवेशमा एक्लै कस्सिएर "एकलव्यीय प्रयासबाट कति नै सुधार गर्न स्वस्थ बनाउन सक्नुहोला ? आशा अपेक्षा भलै धेरैले धेरै गरेका भए पनि पूरा गर्न सक्नेमा विश्वासभन्दा बढी आशंका नै गर्नुपर्ला

तर पनि बालुवाटारबाट निस्किँदा आर्थिक विषयमा पूर्ववर्ती सन्तनेता भट्टराईभन्दा क्रान्ति नेता डा. भट्टराई कम शुद्ध, स्वच्छ, पवित्र निर्मल बनेर निस्कनु हुनेछैन सारसूत्रमा भन्ने हो भने "डा. बाबुरामले दाम बदनाम कमाउने सूर्यबहादुर, शेरबहादुर गिरिजाजस्ता आफ्ना पूर्ववर्ती भ्रष्ट सम्राटहरूकोभन्दा नितान्त पृथक विपरीत धारबाट अघि बढ्नुहुनेमा शंका छैन तथापि वहाँका सल्लाहकारदेखि नाता, गोता, कुटुम्ब, परिवारले वहाँको छविलाई कहाँ पु¥याउँछन् ? त्यो भने यकीन साथ भन्न सकिन्न

माथि हौसिनु राम्रो होइन भनेर जुन भनियो, त्यसको पनि कारण यसबेलाको संविधानसभाअन्तरिम व्यवस्थापिका संसद्मा एकदमै विपरीत चरित्र स्वभावका "सत्ता, शक्ति स्वार्थका लागि जे जस्तोसुकै नीति धारामा बग्नसक्ने महारथी नेताहरू छन् जसले एकातिर सत्ता भत्ताका लागि माओवादीको खुट्टा ढोग्न पनि तयार हुन्छन्, तर अर्कोतिर अन्य विषयमा माओवादीलाई फकाएर, झुकाएर, थकाएर, छक्याउँदै, मुक्याउँदै, झुक्याउँदै भड्खारोमा पु¥याउने उपयुक्त मौका पनि ढुकिरहेका हुन्छन् त्यस्तैमध्येको एक मधेशवादी मोर्चाको बलबुता बैशाखीमा सत्ता शिखर चढ्न विवश डा. भट्टराईले शुरुमा नै जसरी "भ्रष्टाचारमा शून्य सहनशीलताको उद्घोष गर्नुभयो, त्यसरी नै त्यसलाई साकार पार्न सहयोग गर्नेभन्दा "पूर्ववर्ती देउवादेखि नेपालको नेतृत्वको सरकारसम्मका मन्त्रीहरूले गरेको जस्तो सीमान्त छाडा शैलीको नग्न भ्रष्टाचारलाई नै कसरी निरन्तरता दिन सकिन्छ भन्ने सोच बोकेका सहयात्री छन् यस्तोमा "आफ्नै सत्तानियन्ता मोर्चालाई कसरी नियन्त्रण गरी भ्रष्टाचार निवारणको प्रतिबद्धतालाई व्यवहारमा उतारेर देखाउनुहुन्छ ?" धेरैले अहिले यस्तो गम्भीर प्रश्न यत्र, तत्र, सर्वत्र "बालाचतुर्दशीको शतवीज झै छदैँ हिँडिरहेछन्

किन मधेशवादी मात्रै आपेक्षित ?

माथि अलिकति चर्चा गरिएकै प्रसङ्ग दोहो¥याउँ डा. बाबुराम भट्टराई जतिसुकै "प्रज्ञावान् देशमा व्याप्त चरम भ्रष्टाचार विरुद्ध कारवाही गर्न प्रतिबद्ध हुनुभएको भनिए पनि मधेशवादी मोर्चाको साथ, समर्थन सहयोगविना एक दिन एकछिन पनि सत्तामा अड्न नसक्ने स्थिति त्यस्तो कमजोर गठबन्धनको भरमा प्रधानमन्त्री बन्नुभएकाले डा. भट्टराईले "सत्ता, शक्ति, स्वार्थ पैसाका लागि सबैका पछिलागेर ¥याल काढ्दै हिंड्ने, चरित्र पृष्टभूमिका नेता पार्टीको रुपमा बदनाम मधेशवादी दलहरूको मोर्चाबाट मन्त्री बनेकाहरूलाई कसरी नियन्त्रण गरेर भ्रष्टाचार निवारण गर्ने प्रतिबद्धता पूरा गर्नुहुन्छ ? यस्तो आम आशंका सबैतिर बल रुपमा व्याप्त

त्यसप्रति अरु जोजति सहमत असहमत होलान् ? त्यस्तो धारणामा सत्यताको अंश पनि निकै होला तर पनि त्यसमा सत्यता जति होला त्योभन्दा आग्रह, पूर्वाग्रह, दुराग्रहको मात्रा बढी भन्ने लाग्छ "यस्तै घटिया क्षुद्र सोच, धारणा मान्यताको मनोरोगग्रस्तहरूले नै तराई मधेसका बसिन्दाहरूमा "विभेद, उपेक्षा, आग्रहपूर्ण व्यवहारको शिकार बन्नुपरेको भन्ने जवर्जस्त मान्यताको विकास गर्न टेवा पु¥याएको देखिन्छ

कोहीभन्दा कोही कम छैनन्

नेपालमा कुन दलका कुन नेता सत्ता, स्वार्थ शक्तिको लागि जे जस्तोसुकै तत्व, समूह शक्तिकेन्द्रदेखि गम्भीरतम राष्ट्रघाती अपराधी पृष्टभूमि भएको व्यक्ति शक्ति सामु लम्पसार परेर आत्मसमर्पण गर्नसम्म तयार भएन, हुँदैन ? २०६१ माघ १९ गते तत्कालीन राजाले शेरबहादुर देउवा नेतृत्वको एमाले समेतको सरकारलाई गलहत्याएर आफ्नो हातमा सत्ता नलिई गिरिजाप्रसाद कोइरालालाई शासनसत्ता सुम्पिएका भए के गिरिजाप्रसाद कोइराला माओवादीको शरणमा गएर २०६२ मंसीरको गतेको बाह्रबुँदे सम्झौतामा हस्ताक्षर गर्ने आफ्नै दलको सरकारले टाउकाको मोल तोकेका प्रचण्ड डा. बाबुराम भट्टराईसँग हात मिलाएका हुन्थे ? आफ्नै अग्रज एवं ने.का.का "महामानवले घाँटी जोडेका राजा फालेर गणतन्त्रको स्थापना गर्ने माओवादीका पक्षमा जान्थे ?

तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो नेतृत्वमा मन्त्रिपरिषद् गठन गर्नुको साटो रामचन्द्र पौडेल, माधव नेपाल, बामदेव, झलनाथ, भरतमोहन, प्रकाशकाजी, सुबथाकाजी आदि जस्ता आजका "कट्टर गणतन्त्रवादी हुँ भनेर भन्ने तथाकथितहरूलाई नै "शेरबहादुरको उत्तराधिकारी बनाइदिन्छु, रत्नपार्क केन्द्रित आन्दोलन दमन गर्नुपर्छ भन्ने हुकुम गरेका हुन्थे भने कुन नेताले "त्यसो गर्नु हुँदैन सक्तिन भन्दथे होलान् ?, के माधव नेपालले आफ्नै रहर लहडमा "प्र.. बनाइँ पाउँ भनेर राजका पाउँमा व्यक्तिगत विन्तीपत्र हालेका थिए कि संसद्वादीको वा आन्दोलनकारीको सहमति एमाले प्रतिनिधिको रुपमा ?

प्रधानमन्त्री निर्वाचनमा निरन्तर हारको आधा दर्जनको ह्याट्रीक पूरा गरेका रामचन्द्र पौडेलले २०४८ सालदेखि २०६८ सालसम्म कतिपटक सत्ताको लागि के कस्ता कृत्य अपकृतहरू गरेनन् ? खुनबहादुर, गोविन्दराज, बामदेव, कृष्ण सिटौला, रामशरण, प्रकाश शरण महत मात्र नभई गिरिजा स्वयं उनकी एकमात्र पुत्री सुजाता कोइराला जोष्ट (अर्थात् रुबेल चौधरीकी सासु आमा) सूर्यबहादुर थापा, निरञ्जन थापा, दीपक बोहरासम्मकाले आफ्नो सत्ता द्रव्यमोह कहिले परित्याग गरे ? के तिनीहरूमध्ये कुन नेता मधेशी मूल कूलको सन्तति थियो ?" गच्छदार गुप्ता, त्रिपाठी, महतोले नै पनि यस्तो प्रश्न गरे भने उत्तर कस्ले दिने ? सुबथा, शेरबहादुर, खुनचन्द्र जोशीहरू वा भीमरावल के.पी., भरतमोहन, बामदेव जस्ता बदनाम "हामदेव ले ?

राजनीति क्षेत्रको मात्र यस्तो स्थिति होइन निजामती शासन प्रशासन क्षेत्रकै कुरा गर्ने हो भने अझ उदेकलाग्दो उदाहरण भेटिनेछ २०२५-३० सालतिर यौटा व्यक्ति काठमाडौं जिल्लाको मालपोत कार्यालयको प्रमुख भएर गएपछिको यौटा घटना मात्र उल्लेख गरौँ काठमाडौँ जिल्लाभित्रको हजारांै रोपनी विभिन्न मन्दिर धार्मिक स्थलको गुठी जग्गा विभिन्न गाउँ पञ्चायतका तत्कालीन प्रधानपञ्च नापी कार्यालय (त्यसबेलाको नापी शाखा) का प्रमुखसँग मिलेर आफन्त, आफ्ना नाता गोतादेखि कृत्रिम (फर्जी) व्यक्तिका नाममा समेत राखी बाँकी सयौँ रोपनी (अरु तिनै प्रधानपञ्च, नापिका अधिकृत लगायतका कर्मचारीका नाममा) दर्ता गराए "उनको अधीनमा विभिन्न व्यक्तिको नाममा अझै पनि काठमाडौँका उत्तरी पूर्वी भेगका बहुमूल्य झण्डै डेढ सय रोपनी घर घडेरी जग्गा रहेको भनिन्छ उनले नै आफ्नो हाल बस्ने घरक्षेत्रको जग्गाबाट अढाई रोपनी पश्चिम पट्टिको जमीन कित्ताकाट गरी निरंकुश पञ्चायतकालदेखि गणतन्त्रसम्मका सदावहार नेता सूर्यबहादुर थापालाई टक््रयाएका थिए ती तत्कालीन देवश्व चोर मालपोत अधिकृतलाई सूर्यबहादुर, रञ्जनराजले राजश्व मार्ने ठाउँमा पठाई दशौँ वर्षसम्म लुटगर्ने छूट दिए ०५१ पछि एमालेले इमान्दार स्वच्छ छविको भनेर गृह सचिव बनायो तर ती धर्मार्थ गुठी चोरी खाने चरम भ्रष्टाचारी रेवती कुनै यादव मिश्र, शुक्ला, ठाकुर, चौधरी, झा, नभई ओखलढुंगा खोटाङ्गतिरा पोखरेल थिए ती रेवती यौटा जीवन्त उदाहरण मात्र हुन् त्यस्ता दर्जनौँ, पोखरेल, बस्नेत, खड्का, खनाल, अर्याल, आदि सयौँ पहाडे मुलका कोहीभन्दा कोही कम देखिन्नन्

नेपालको प्रधानमन्त्रीदेखि प्रधानपञ्च वा गा.वि.. अध्यक्षसम्म, राजदरबार सेवादेखि राजश्व गृह प्रशासन सेवासम्ममा दशौं वर्ष रजाई राईदाई गर्दै करोडौंदेखि अर्बौसम्म कमाएकामा, पाण्डे, पन्त, लोहनी, तिवारी, राणा, खनाल, रेग्मी, अर्याल, बस्नेत, खड्का, जोशी, पोखरेल, अधिकारी, महत, रावल, संग्रौला, कोइराला, के.सी. (यिनीहरूको पहिलो नाम उनका करतुतलाई यहाँ खुलस्त गर्नुभन्दा पुस्तकमा नै दिनु उपयुक्त होला)-जस्ता सयौँ नव धनाढ्य कुनै मधेशीको कूल मूलका होइनन्, थिएनन्

तर भ्रष्टाचार निवारण गर्ने प्रारम्भिक निकायदेखि न्यायकर्मीको आशनमा बस्नेसम्मकाको आँखा फुटेको वा "छदाएर खाने बानीको कारणले हो, अथवा पुंसत्व हराएकोले ? त्यस्ता अपर्कीतिमानीहरू इज्जतसाथ शान शौकतपूर्ण विलासी ऐयासी जीवन बाँचेको देखिएकै छन् त्यस्तैले राजनीति राजधानी ढाकेकै छन् त्यस्तोतिर किन राजधानीवासी नागरिक समाज संचारमाध्यमको ध्यान गएन, जाँदैन ? किन गच्छेदार, महतो, यादव, गुप्ता, त्रिपाठी, शुक्ला जस्तालाईमात्रै हेरेर "मधेशवादी भ्रष्ट सत्ता लोलुप भनिन्छ ? "नेपालको राष्ट्रिय धन हरियो बन जुन भनिन्थ्यो, मानिन्थ्यो त्यो मेचीदेखि महाकालीसम्मको "चारकोशे जंगल सूर्यबहादुर थापा, दामोदर शमशेर, सुशील शमशेर, केन्द्र शम्शेर, हेम बहादुर, शेरबहादुरहरूले नाशे-मासेर खाएका थिए कि यादव, चौधरी, ठाकुरहरूले ?" मेरा एकजना मधेशी मूलका मित्रका यी यस्तै बग्रेल्ती अनुत्तरित यक्ष प्रश्नको उत्तर दिने को ?

जहाँसम्म "तराई मधेश मूलका व्यक्तिलाई सत्ता शक्ति सुम्पिनु हुन्न, उनीहरूको झुकाव लगाव वारीपट्टि भन्दा पारीतिर हुन्छ भन्ने सोच राजधानीका रैथानेहरूको मन माथिङ्गभित्र रहेको त्यो सोचाई पनि आफैँमा कम राष्ट्रघाती होइन सन् १९५० को सन्धिदेखि कोशी, गण्डकी, टनकपुर हुँदै पञ्चेश्वरसम्मको सन्धि को-कस्को इच्छामा भयो, -कस्को अगुवाइमा भयो ?

अतीततिर फर्केर हेरौँ अहिले निरंकुश आन्तरिक उपनिवेशवादका अवशेष, सामन्ती शासक भनेर आरोपित आक्षेपित तत्कालीन राजा महेन्द्रले तराई काँग्रेसका नेता बेदानन्द झालाई गृहमन्त्री बनाएको, भद्रकाली मिश्र, देवनारायण यादव, चतुर्भुज प्रसादसिंह, भोला झा, मकेश्वर सिंह, परशुनारायण चौधरी आदिलाई महत्वपूर्ण मन्त्रालय दिनेदेखि राजसभा स्थायी समितिको सभापति बनाउँदासम्म राष्ट्रिय एकताको जग भत्केको थियो कि सुदृढ भएको थियो ? त्यस्तो इतिहास विर्सने इतिहास नबुझेका मधेशवादीलाई मात्र धूप हाल्ने स्वाँठहरूले अहिले ओठे संघीयता, स्वायत्तता, समावेशी समानुपातिकताको कुरा गर्नु को अर्थ के हो ? बुझन्पर्छ

तर यहाँ यस्तो कुरा गरिरहँदा मधेशवादी दलहरूमाथि लाग्दैआएका "सत्ता, शक्ति स्वार्थका लागि राष्ट्र, राष्ट्रियता, सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय अस्तित्व-अस्मिता अक्षुण्णताको समेत ख्याल नराख्ने हुन्छन् भनेर भन्नेहरू मात्रै शतप्रतिशत गलत, बेइमान फटाहा हुन् भनेर भन्न खोजिएको अर्थ किमार्थ लगाइनु हँुदैन यस प्रसङ्गमा भाद्र ११ गते अन्तरिम व्यवस्थापिका संसदमा हृदयेश त्रिपाठी लगायतका मधेशी मोर्चासँग सम्बद्ध नेताहरूले "यो हाम्रो निमित्त पनि अन्तिम अग्निपरीक्षा हो भनेर जुन भने, भ्रष्टाचारको आरोप अपराधी संरक्षणमा बद्नाम गच्छेदार गृहमन्त्री भएपछि "भ्रष्टाचारलाई शून्यमा झार्ने जुन बाचा कसम खाएको, हृदयेश त्रिपाठीले सरकारी गाडी नचड्ने आफ्नै गाडी प्रयोग गर्ने प्रतिज्ञा गरेको भन्ने पढियो त्यसैबाट सायद उनीहरूले "अब आफूमाथि लाग्दै आएका आरोप, आक्षेपबाट मुक्त हुन, आफुलाई सुधार गर्नुपर्छ, आत्मसमीक्षा गर्नुपर्छ आफूहरू राजधानी पहाडिया मूलकाभन्दा कम नेपालवादी इमान्दार त्यागी देखिनुहुन्न भन्ने आत्मबोध गरेर दिइरहेको अभिव्यक्ति हो भन्ने पनि बुझ्नुपर्छ

यी सबै तथ्य यथार्थताको बाबजूद "२००७ साल पहिले जसरी नेपालको शासनसत्ता राणा अधिवंशवादीको मात्र विर्ता थियो, प्रजातन्त्रपछिको खासगरी २०४७ पछिदेखि २०६५ पर्यन्त नेपालको राज्यशासनको एक मात्र लालमोहरिया नेपाली कांगे्रस मात्रै हो, जनताले मत दिए पनि नदिए पनि केही अर्थ छैन, हुँदैन यस परम्परालाई जुनसुकै मूल्यमा पनि तोडिनु हुँदैन, तोडिदैन भन्ने मान्यता बोक्ने नेपाली कांग्रेसलाई "माओवादी, कांग्रेस मधेशवादीलाई फुटाएर, जुधाएर, सम्बन्ध विगारिदिएर सबैको लागि स्वीकार्य साखुल्ले बन्दै जनताले तेस्रो तहमा झारिदिए पनि सधैँ सत्ता नियन्ता बन्दै आएको सत्ताविना बाँच्नै नसक्ने बलियो सोचाइ बनाइ सधैं "उग्रवामपन्थी अतिवाद दक्षिणपन्थी अतिवाद विरुद्ध उभिएको सहनाई बजाउँदै आएको अद्र्धसामन्ती नव-प्रभुवादी एमालेलाई समेत फट्के किनारामा राखेर सत्ता संचालन गर्नु भनेको फलामको चिउरा चपाउनुभन्दा कम कठिनको काम किमार्थ हुनेछैन

प्रशंसनीय प्रारम्भ

मर्निङ सोज डे "हुने विरुवाको चिल्लो पात भने झै पुष्पलालको फोटो बेच्दै, उनको नामको माला जप्दै, "उनको एकमात्र उत्तराधिकारी पार्टी भन्दै उनकी पत्नी साहानाको साडीको आँचल समाएर जनता ठग्दै वा झुक्याउँदै आएको एमालेका दुईजना प्रधानमन्त्रीले विर्सेका वा उपेक्षा गरिएका नेपालको कम्युनिष्ट आन्दोलनका प्रवर्तक एवं ने..पा. का संस्थापक महासचिव स्व. पुष्पलालप्रति सम्मान गर्ने कामलाई शपथग्रहणपछिको पहिलो कर्तव्य ठान्नु, आफ्ना पूर्ववर्ती प्रधानमन्त्रीदेखि सचिवहरूले समेत करोडौँ मूल्यका उच्चतम सुविधासम्पन्न विलासी गाडी प्रयोग गरिरहेको परम्परा परित्याग गरी नेपालमा नै जडान (एसेम्बलिङ्ग) गरिएको मोटर रोज्नु आफ्नो लागि सडक जाम नगराई सर्वसाधारणकै भीडमा हिड्ने चाहना मितव्ययी खर्च नीतिलाई सरकारको मुख्य विषय बनाउनुले डा. बाबुराम भट्टराई जतिदिन पदमा रहनुहुन्छ राजनीतिक आदर्शपूर्ण उदाहरणीय काम गर्नुहुन्छ भन्ने धेरैको ठम्याइ देखिन्छ यसमा रत्तिभर पनि शंका नगर्दा हुन्छ भन्ने लाग्छ

पूरा गर्नसक्ने नसक्ने कुराहरू छुट्याउनुपर्छ

माथि विस्तृत रुपमा चर्चा गरिएझैँ नेपालको राज्यसत्ताका विर्तावाल ठान्ने मान्ने पार्टीहरूले आफ्नो पिछलग्गु हुँदाका बखतसम्म मधेशवादीलाई ठूलो राजनीतिक शक्ति देख्ने आफूलाई मात्र, माओवादीसँग सहमति गरी नयाँ प्रयोगतिर लाग्नेवित्तिकै "अपवित्र राष्ट्रघाती खतारनाक सम्झौताकारी तत्व ठह¥याउने, ने.का. एमालेले पाइलैपिच्छे षड्यन्त्रको बारुदी सुरुङ्ग (एम्बुस) ओछ्याइरहेको स्थिति एकातिर अर्कोतिर आजसम्म "सत्ता, शक्ति स्वार्थलाई आफ्नो राजनीतिको केन्द्रिय विषय ठान्दै-मान्दै आएको भन्ने बदनामीको भारी बोक्दै आएको "हिलोको कीलो जस्तो अथवा सधैं "विकाउ चरित्रको पार्टीको रूपमा हेर्दै त्यही अनुसार व्यवहार गर्दै आइएको मधेशवादीहरूको आड भरोसामा सरकार गठन गरेर धेरै दिनसम्म टिकाउनेमा सफलता हातपार्नु "भ्रष्टाचार, अनियमितता, आतंक, अपराध रोक्ने कुरा गर्नु पूर्वापर (कन्ट्रोभर्सियल) विरोधाभासी कुराहरू हुन् यस कुराका साक्षी माधवकुमार नेपाल करिना, बेगम दिपक बोहरा हुनसक्छन्

तथापि डा. बाबुरामले तत्काल गर्नसक्ने निम्न कुराहरू मात्र गर्न सक्नुभयो भने पनि जनताको भावनाको कदर गरेको जनउत्तर दायित्व बुझेको ठहरिने

. शान्ति प्रकृयासँग सम्बद्ध काम कुरालाई एकलव्यीय शैली लक्ष्यकासाथ अघि बढाउने कुरामा पार्टीबाट अनुमति प्राप्त भए तत्काल युद्धस्तरमा कार्य गर्न सक्नुहुन्छ तर बहिर्गमनमा जानेलाई दिने रकम सामुदायिक उत्पादकत्वपूर्ण उदाहरणीय दीर्घकालीन योजनामा अनिवार्य सम्बन्ध समन्वय स्थापित गर्न लगाउने ठोस नीति बनाउनु बुद्धिमत्तापूर्ण हुनेछ, अर्थशास्त्रीय दृष्टिकोण राख्नेहरूका लागि

. संवैधानिक निकायहरूका पदाधिकारी नियुक्त नहुँदा "राज्यशक्तिको स्वतन्त्र प्रयोग गर्ने निकायहरूमा क्रियाशून्यताको स्थिति उत्पन्न भएको लामो कालखण्ड पूरा भइसक्यो "सहमति, सहकार्य, एकताका लागि जस्तोसुकै पनि त्याग गर्न तयार भएको गँजेडी गफ हाँक्ने एमालेका नेता सत्तामा पुगे लगत्तै "राम्रो मान्छे होइन हाम्रो मान्छे नियुक्त गर्नुपर्छ भन्ने घटिया अडान लिएकोले नियुक्ति प्रकृया नबढेको सुनियो डा. भट्टराईले तत्काल त्यसमा पहल गर्नुपर्छ यद्यपि आजसम्म त्यस विषयमा "मुखमा लिकोप्लास्टर टाँसेको देखिएका सभामुखले एमालेको उक्त अडानको प्रतिनिधित्व गरेर भाँजो हाल्ने सम्भावनाको संकेत देखाउनुभएको त्यसले गर्दा सहज निर्बाध उक्त काम फत्ते गर्न कठिन हुने , निश्चिन

. उद्घाटन, प्रमुख आतिथ्यता ग्रहण जस्ता, टी.भी.का प्रचारमुखी काममा ध्यान नदिई चाकडी गर्दै व्यक्तिगत लाभको काम लिएर आउने इष्टमित्र, नाताकुटुम्बदेखि आफ्नै अन्य पार्टी नेताहरूलाई दिने समयमा व्यापक कटौती गर्ने विभिन्न सेवा (निजामती सैनिक, प्रहरी, स्वास्थ्य, शिक्षा जस्ता) क्षेत्रमा लामो समय खर्चेर अमूल्य अनुभव, ज्ञान, सीप, आर्जेका, तर आफै अग्रसर भइ "नमागेका ठाउँमा ज्ञान, उपदेश रायको विस्कुन सुकाउनेहरू भन्दा पृथक चरित्रका व्यक्तिहरूको खोजी गरी हप्तामा कुनै एकदिन त्यस्ता सम्बन्धित क्षेत्रका अनुभवीहरूसँग बसेर बौद्धिक खुराक (फिडव्याक) लिने गर्नु वहाँको स्वभाव अनुकूल हुने लाग्छ

यदि सत्तामा पुगेपछि यस्तो राय, सुझाव लिने नियमित व्यवस्था बसाउन सक्नुभयो भने एकातिर केही हदसम्म नेपालको कमाल पासा बन्न सक्नुहुनेछ, अर्कोतिर राज्यको ढुकुटीबाट जागिरे सल्लाहकारको रुपमा बालुवाटार भित्रिनेहरूको भीड जम्मा गर्न आवश्यकता नपर्ने "मितव्ययिता, पारदर्शिता "भ्रष्टाचारमा शून्य सहनशीलताको प्रतिबद्धा पनि पूर्ण हुने

निजामती सेवा दिवसको उपलक्ष्यमा दिनसक्ने सन्देश

विगत केही वर्षदेखि नेपाल सरकारले प्रत्येक वर्षको भदौ २२ गतेको दिनलाई "निजामती सेवा दिवसको रुपमा मनाउने परम्परा बसालेको नवनियुक्त प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वभाव चरित्र "कर्मचारीलाई सामन्तीका घरका नोकर, चाकर बँधुवा मजदुरभन्दा फरक नठान्ने पूर्ववर्ती कतिपय प्र.. (नाम उल्लेख नगरौँ) भन्दा पूरै विपरीत देखिन्छ "डरको बलमा नभई मन जितेर कजाउनुपर्छ भन्ने नीति वहाँको हो धेरैको ठम्याई त्यसैले "निजामती सेवा दिवसका दिन वहाँले "फुक्का हातले ढुकुटी खर्चिनुभन्दा सम्मान समन्यायभाव बाँडेर प्रशंसा बटुल्नुपर्ने ठूलो चुनौती एकातिर अर्कोतिर अनुत्पादक क्षेत्रमा खर्चिनु परेको झण्डै बर्षेनी २० अर्व पुग्न लागेको पेन्सनमा जाने अनिवार्य खर्च घटाउनु, त्यसबाट तत्काल बचत गर्न सकिने - अर्बबाट केही प्रतिशतमात्र खर्चेर यौटा ठूलो जनमुखी कार्य पनि गर्नुपर्नेछ

(त्यसको व्याख्या सहितको अवधारणाको यौटा प्रारुप आउँदो भदौ २२ गतेको दिन सार्वजानिक हुने "निजामती सेवा दर्पण (स्मारिका) मा यसै स्तम्भका लेखकबाट प्रस्तुत गरिएको )

. नेपालीहरूको उमेरको औसत आयुसीमा अनिवार्य अवकाश बीचको असन्तुलनले राज्यको साधारण खर्चमा थप्दै लगेको, थेग्नै नसक्ने भार कम गर्न सरकारी सेवाबाट अनिवार्य अवकाशको आयुसीमा -१५ बर्ष (सेवागतरुपमा फरक हुने) गरी सम्बन्धित सेवा, शर्त, सुविधा सम्बन्धि ऐनमा संशोधन गर्ने प्रतिबद्धता प्रकट गर्न समयानुकूल हुनेछ

. श्रेणीविहीन, (कार्यालय सहायक ड्राइभरहरू जस्ता)लाई मात्र सधैँ करारमा राखि आफूहरूले मात्र पेन्सन पाउने उक्त निम्नतम तहकाहरूलाई जर्जर तानाशाही शासनकालका दासलाई जस्तो हरप्रकारले शोषण गर्ने उच्च तहका प्रशासकहरूले स्थापित गरेको (महिलाहरूमाथि अझ बढी यौनजन्य अपराधपूर्ण व्यवहार भएको) वर्तमान विभेदपूर्ण व्यवस्थाको अन्त्य गरी पहिलेको जस्तो "सबै निजामती कर्मचारीहरूलाई स्थायी पेन्सन पाउने समान व्यवस्था गर्ने गरी अविलम्ब ऐननियम बनाउने बचनबद्धता जनाउनु अत्यवश्यक न्यायसँगत हुने देखिन्छ

. हाल-साविकवाला निजामती राष्ट्र सेवकहरूबीच सम्पर्क, समन्वय, एकता भाइचाराको सम्बन्धको बलियो माध्यम "निजामती सेवा मिलन केन्द्र (क्लब)" नै हुनसक्छ सैनिक, प्रहरी संगठनबाट सकारात्मक अनुभव भएको यसबाट नयाँ सेवारतहरूले पुराना अनुभवीहरूसँगै खेरगएको अमूल्य अनुभव ज्ञान, सीप कार्यशैली सम्बन्धी अनौपचारिक शिक्षा ग्रहणगर्ने स्थायी थलोको खाँचो पूरा हुनेछ अतः प्रधानमन्त्री डा. भट्टराईबाट यस्तो "मिलन केन्द्रको लागि सरकारले तत्काल पहल गर्ने कुरा सन्देश मार्फत सार्वजानिक गर्नुपर्दछ

तत्काल हुन नसक्ने कुरातिर नलाग्नु बेश

यस लेखको शुरुको परिच्छेदमा उल्लेख गरिएको थियो, संविधानसभासंसदको कारणले मात्रै नभई १५ बर्षे संसदीय कालका सत्तासीनहरूको भ्रष्ट, निकृष्ट दुश्चरित्रका कारण "राज्य सरकारको नामै सुन्न नचाहने स्थितिमा पुगेका नेपालीहरू, किन "डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको सुनेलगत्तै एकाएक रौसिए, हौसिए ?" के वहाँ इमान्दार, विद्वान् संकल्प शक्ति भएको भन्ने विश्वास गरेर मात्रै हो ? कारण थाहा छैन तर यतिबिघ्न हौसिनु रौसिनुले डा. भट्टराईलाई हौसला भलै बढाउला, तर वहाँको ज्यादै संवेदन, संगीन तरल स्थितिको कार्यकालमा जनअपेक्षा पूरा हुने स्थिति साह्रै न्यून हुँदा अहिले हौसिएका जनता फेरि निराशा हुनसक्छन् अतः यस्तो स्थितिमा सहज संभव माथिउल्लेख गरिएका कुरा पूरा गर्नेतिर लाग्नु नै वहाँको लागि श्रेयस्कर हुनेछ

तर ती कुरालाई "झिना मसिना काम कुरा भन्दै "जातीय स्वायत्त, संघीय राज्यको प्रत्याभूति गर्ने "संविधान निर्माण नै लक्ष्य हो भन्नेहरूकै मात्र भरिया बन्नुभयो भने संकटको महाभूमरीमा फस्ने "इदं भ्रष्टम्, उदं भ्रष्टम् हुनुहुनेछ विवाद अलोकप्रियताको भासमा फस्नु बाहेकको उपलब्धी भट्टराईको हात लागेको हुनेछैन तत्काल वहाँबाट हुन नसक्ने यस्ता असम्भव कुरामा वहाँलाई नफसाउनु नै वहाँको एनेकपा माओवादी पार्टीका लागि पनि हितकारी सोचाई ठहरिने

किनकि डा. भट्टराईको आवश्यकता विगत वर्तमानका लागि भन्दा आगतको निमित्त बढी अपरिहार्य यस्ता भनाइलाई ठीक सही ठान्ने मान्ने हो भने तत्काल तत्कालै सम्भव जनआपेक्षा पूरा गरेर, हौसिएका सवै क्षेत्रलाई कार्यगत उत्तर दिनु वहाँको पार्टीको डा. भट्टराईको समेत पहिलो उत्तरदायित्वपूर्ण कर्तव्य ठहरिने चेतना भया !



Rating (Votes: )   
Share     Print


Other Articles:
राजनीति शुद्धीकरणका लागि युवालाई अवसर (08.29.2011)
यहाँ देशलाई सही नेतृत्व दिने कोही भएन (08.29.2011)
सभासद्ज्यूहरू म्याद थप हुन्छ, भविष्य जे होला नआत्तिनुहोस् (08.29.2011)
राष्ट्रवादी सोच भए असम्भव केही छैन (08.22.2011)
सदावबहार संक्रमणकाल ः तरमार्ने मौका (08.22.2011)
श्री झलनाथ खनाल नेतृत्वको अर्धवार्षिक सरकारको शव परीक्षण (08.22.2011)
जनताका आशा, भरोसा र विश्वास टुट्दैछ (08.15.2011)
लोकतन्त्र र निर्वाचन ः एक टिप्पणी (08.15.2011)
हिजो र आज : जनताले भोगेको अनुभव (08.15.2011)
अपराध र अपराधीको साम्राज्यमा चिन्तनधारा पनि प्रदूषित हुनेरहेछ (08.15.2011)
कर्मचारीलाई अनिवार्य पोशाकबाट उठेको प्रश्न : यादब देवकोटा (08.09.2011)
खोई यी प्रचारवाजहरूको इमान र विवेक ? (08.09.2011)
गाईजात्राको मौसममा महागाईजात्राको भाँड नाच प्रदर्शनको प्रयास (08.09.2011)
राष्ट्र प्रयोगको वस्तु होइन, नेतामा चेतना जागोस् : यादब देवकोटा (06.20.2011)
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा (06.20.2011)
कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी (06.20.2011)
राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ (06.06.2011)
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा (06.06.2011)
म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना (06.06.2011)
पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व (05.30.2011)



 
::| Latest News

 
[Page Top]