युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 08:46am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नेताहरूले अझै देखाउन सकेनन एकता
Monday, 09.05.2011, 01:35pm (GMT+5.5)

पूर्व प्रधानमन्त्री झलनाथ खनालको राजीनामापछि मुलुकले राष्ट्रिय सहमतिको सरकार पाउँछ शान्ति तथा संविधानको बाटोमा तेर्सिएका तगाराहरू सहजै हट्छ भन्ने आशामा तुषारापात भयो सहमतिको सरकार बन्न सकेन बहुमतीय पद्धतिबाट एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई मुलुकको पैतीसौं प्रधानमन्त्री बन्न सफल हुनुभयो उहाँको प्रधानमन्त्रीत्वमा मुलुकले शान्ति संविधानको कठिन यात्रा पूरा गर्ने मुलुकको आर्थिक-सामाजिक रुपान्तरणको ढोका खुल्ने आशा अपेक्षा आम जनताले राखे तर त्यो आशा भरोसा पुनः शंकाको घेरामा पर्न थालेको सेना समायोजनको प्रक्रिया सुरु गरेर माओवादीको हतियारलाई देखाएर विरोध गर्ने देशी-विदेशी शक्तिहरूको मुखमा बुझो लगाउन प्रधानमन्त्री सफल हुनुभए पनि उहाँले आफ्नै पार्टीभित्रबाट विरोधको सामना गर्नु परिरहेको जनतामा जाग्न थालेको आशा भरोसाको बीचमा यसरी विवाद खडा गरेर नेताहरूले पुनः नयाँखाले समस्या सिर्जना गरिदिएका छन्

दलीय प्रतिस्पर्धामा एकले अर्कोको आलोचना गर्नु सामान्य मानिन्छ तर दलको नीति अनुसार काम गर्दा आफ्नै दलका नेताहरूबाट विरोध हुनु जायज मानिंदैन दलीय अन्तरविरोधलाई सडक प्रदर्शनको मुद्दा बनाएर सरकार कमजोर पार्ने प्रवृत्ति नितान्त हानिकारक हो तापनि एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य किरणलगायत केही नेताहरूले सरकारले सेना समायोजनको प्रक्रिया अघिबढाउन सेना समायोजन विशेष समितिलाई शिविरका हतियारको साँचो बुझाएपछि त्यसको चर्को विरोधमा उत्रनुको खास अर्थ के हो भन्ने आम जनतामा व्यापक खुल्दुलीको विषय बनेको

राजनीतिक स्वार्थ व्यक्तिगत लाभका लागि जस्तोसुकै कुकर्म गर्न पछिनपर्ने राष्ट्रिय शक्तिको दुरुपयोग गरी आफ्नो अभीष्ट पूरा गर्ने प्रवृत्तिले घोर निराशा जगाइरहेको नेपाली समाजमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई निवर्तमान ऊर्जा मन्त्री गोकर्ण बिष्ट जसरी आशाको जुनकिरी बनेर झुल्किनु भयो त्यसले जनतामा सकारात्मक प्रभाव पार्न थालेको मात्र होइन अन्तर्राष्ट्रिय समुदाय प्रतिपक्षी दलहरू समेत सकारात्मक बन्दै गएका छन् नेपाली कांग्रेस एमालेले प्रधानमन्त्री भट्टराईको कार्यशैलीको समर्थन गर्दै सहयोग गर्ने बचन नै दिएका बेला सत्तारुढ दलकै नेताहरूले त्यस्तो कार्यको विरोध गर्नु अनौठो विषय बनेको यतिबेला समयले नेतृत्व जन्माउँछ भन्ने भनाइ सत्य हो भन्ने संकेत गरिरहेको तापनि मुलुकलाई सपार्न एकजना भट्टराई बिष्टको प्रयासले मात्र केही हुँदैन सिंगो राजनीतिक पंक्ति राज्यका सम्पूर्ण अङ्ग सक्रिय हुनुपर्छ

कसैले राम्रो काम ¥यो भने त्यसको विरोध गर्ने राजनीतिक दलहरूको संस्कार नै बनिसकेको जतिसुकै राम्रा काम भए पनि त्यसलाई मुलुकको हितका लागि विश्लेषण गरेर प्रतिक्रिया जनाउनुको साटो आफ्नो राजनीतिक स्वार्थ गुम्ने भयले ग्रस्त भएर टिप्पणी गर्ने गरिएको अहिले मात्र होइन २०४६ सालको परिवर्तनपछि यस्तै प्रवृत्तिको निरन्तरता आफू गर्न नसक्ने अरुले गर्न खोज्दा त्यसको विरोध गरेर निरुत्साहित पार्ने काम अहिले पनि जारी रहेको प्रतिपक्षी दलहरूले विरोध गर्नु एउटा कुरा हो तर सत्ता पक्षबाटै व्यापक विरोध हुनु अस्वाभाविक मानिन्छ विगत तीन वर्षयता बनेका चारवटा सरकारले मुलुकको आवश्यकता अनुसार काम गर्न नसक्नुमा व्यक्ति स्वार्थले फैलाएको राजनीतिक प्रदूषण नै एकमात्र कारण हो संविधानसभाको निर्वाचनपछि बनेको माओवादी नेतृत्वको सरकारलाई प्रतिपक्षीहरूको असहयोग रह्यो भने त्यसयता बनेको दुईवटा सरकारलाई आफ्नै दलबाट असहयोग भयो निकै अनुशासित एकताबद्ध रहेको भनिएको पार्टी एकीकृत नेकपा माओवादीका केही नेताहरूले अहिले आएर कांग्रेस एमालेभित्र मडारिइरहेको गुटबन्दीको अनुशरण गर्दै आफ्नै सरकारको कामको विरोधमा सडक तताउन पुगे

माओवादीले नेतृत्व गरेको सरकार विघटन भएपछि नेपाली कांग्रेस मधेशी दलहरूको सहयोगमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुभयो उहाँले पदको शपथग्रहण गरेलगत्तै पार्टी अध्यक्ष झलनाथ खनालले विरोध गर्न सुरु गर्नुभयो नेपाल सरकारलाई पार्टीबाट कुनै सहयोग भएन शान्ति संविधानका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भन्दै सरकार ढाल्ने खेलमा लाग्नुभयो नेपालको राजीनामा भयो तर सहमतिको सरकारको के कुरा बहुमतीय पद्धतिबाट १७ पटकसम्म निर्वाचन गर्दा पनि प्रधानमन्त्रीको चयन हुन सकेन माधवकुमार नेपालले राजीनामा गरेको सात महिनासम्म कामचलाउ सरकार चलाउनुभयो अन्ततः माओवादीसंग गोप्य सम्झौता गरेर प्रधानमन्त्री हुनुभएका एमाले अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपालकै नियति भोग्नुप¥यो उहाँका लागि साँढे महिनाको प्रधानमन्त्रीत्वकाल फलामको च्यूरा चपाएसरह भयो उहाँको राष्ट्रिय सहमति शान्ति संविधानको दिशामा एक सिन्को नभाँची विदा हुनुप¥यो

अहिले बहुमतीय पद्धतिबाट डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुनुभएको तर उहाँलाई आफ्नै दलबाट असहयोग हुने संकेत सुरुवातमै देखियो मन्त्रिमण्डलले पूर्णता नलिंदै शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन जुन कार्यको थालीन सरकारले ¥यो त्यसले माओवादीका केही नेताहरू विरोध गर्ने मसाला मात्र दियो सरकारलाई चुस्त कामकाजी बनाउनुको साटो आफ्ना पक्षधरहरूलाई मन्त्रिमण्डलमा सामेल गरेर शक्तिशाली देखिने लोभ पालेका नेताहरूले भागवण्डा नमिलकै आधारमा विरोधमा उत्रेको अस्वाभाविक परिस्थिति अहिले देखाप¥यो यसले काम गर्छु भन्नेलाई हौसला मिल्नुको साटो निराशा मात्र पैदा गर्दछ लामो समयको अन्तरालमा केही राम्रो गर्ने मान्छे सरकारको नेतृत्वमा पुग्दा पनि उसलाई अनेक किसिमबाट प्रताडित गर्नुको अर्थ मुलुकलाई यथास्थितिमै रुल्मुलाइरहने चालवाजी मात्र भएको धेरैको बुझाइ

मुलुकको राजनीतिमा जतिसुकै व्यवस्थता परिवर्तन भए पनि त्यसले शुद्धीकरणको मैकै पाएन एकले अर्कोलाई पछार्न लगाउने जुक्ति खेल्ने दाउपेचले सिंगो राष्ट्र पिसिइरहेको स्थिति दुई दशकभन्दा लामो समयदेखि कायमै २०४८ सालको आम निर्वाचनपछि बहुमत प्राप्त नेपाली कांग्रेसले सरकार गठनग ¥यो तर त्यो सरकार तीन वर्ष पनि टिक्न सकेन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंगको मतभेदका कारण कांग्रेसमा ७४ रे ३६ सेको जन्म भयो यो गुटबन्दी अहिले पनि कायम त्यसले मुलुकलाई मध्यावधि निर्वाचनमा होम्यो, कसैको पनि बहुमत आएन २०५१-०५६ को अवधिमा आधा दर्जन सरकार बने प्रजातान्त्रिक व्यवस्थालाई नै बदनाम गराउने गरी अनेक कुकृत्यहरू गरिए सरकार टिकाउन जस्तोसुकै अपवित्र गठबन्धन गर्न कोही पनि पछिपरेन त्यसबेलाको सबैभन्दा ठूलो दल नेकपा एमाले दोस्रो दल नेपाली कांग्रेसले पालैपालो राप्रपाका नेताहरूलाई प्रधानमन्त्रीमा स्वीकार गरे राजनीतिको विकृति घृणित खेल त्यतिबेला देखियो

२०५६ सालको आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईको नाममा नेपाली कांग्रेसले बहुमत माग्यो "आगामी प्रधानमन्त्री किशुनजी भन्दै नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले देशव्यापी प्रचार गर्नुभयो भट्टराईले पनि चुनाव जित्नुभयो कांग्रेसको बहुमत आयो कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्नुभयो तर उहाँलाई एक वर्ष पनि काम गर्न दिइएन गिरिजाप्रसाद कोइरालाले उहाँलाई बलात प्रधानमन्त्रीबाट राजीनामा गर्न बाध्य तुल्याउनुयो त्यसपछि एकपटक गिरिजाप्रसाद कोइराला होलेरी काण्डपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो तर मुलुकको राजनीतिमा सत्ता स्वार्थको नमिठो खेलले कांग्रेसलाई विभाजन मात्र गरेन संसद् विघटन समेत गरायो बहुमत प्राप्त पार्टीले समेत सरकार पूर्ण अवधिसम्म चलाउन नसकेको अवस्थामा गठबन्धन सरकार लामो समयसम्म टिकाउने क्षमता प्रदर्शन गर्नु अहिलेका लागि आश्चर्यको विषय हो तापनि प्रमुख प्रतिपक्षीले समेत सरकारको सक्रियताको स्वागत गरिरहेको बेला वर्तमान सरकारलाई पार्टीभित्रैबाट असहयोग हुनु आम जनतामा व्याप्त निराशालाई अरु बढाउनु मात्र हो

दलभित्रको असन्तुष्टिलाई दलभित्रैबाट समाधान खोज्नुपर्नेमा सडकमा प्रदर्शनको विषय बनाएर त्यसलाई रमिता बनाउनु कसैको पनि हितमा हुँदैन चित्त नबुझेका कुरा आपसी संवादबाट हल गर्न सकिन्छ तर अहिले नेताहरूले राष्ट्रिय सहमतिको आवश्यकताका जति चर्का कुरा गरिरहेका छन् उनीहरूले आफ्नै दलभित्र एकताबद्ध हुन नसकिरहेको स्थितिमा आम जनताले नेताहरूलाई गर्ने मूल्यांकन कस्तो होला इतिहासमा उनीहरूको नाम कसरी अंकित होला ? क्रान्ति परिवर्तनको हवाला दिएर मुलुकलाई यथास्थितिमा राख्नु प्रतिगमनको बाटो अपनाउनु हो लडाकुको शिविरमा राखिएका हतियारको साँचो पहिला बुझाए पनि वा लडाकुको वर्गीकरण गरेर समायोजनको खाका तयार पारे पनि खासै ठूलो भिन्नता छैन जसरी जुन काम गरे पनि आखिरमा सेना समायोजन नगरी कसैलाई पनि सुख छैन जनविद्रोहको मार्ग अवलम्बन गर्नुभएका मोहन वैद्यले पार्टीको आधिकारिक निर्णय विपरीत त्यो दिशामा सफलता प्राप्त गर्ने कुनै सम्भावना छैन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैद्य पक्षधरका नेताहरूले जुन कदम उठाउनुभयो त्यो पार्टी निर्णय विपरीत गलत कदमको रुपमा चित्रण गर्दै वक्तव्य नै जारी गरिसक्नुभएको यस्तो स्थितिमा एकीकृत नेकपा माओवादीले विगतदेखि बारम्बार प्रतिबद्धता जनाउँदै आएको अरुले प्रश्न उठाइरहेको शान्ति संविधान निर्माणको बाटोलाई पूर्णता दिन पार्टी एक भएर अघि बढ्नुको साटो प्राविधिक समस्या देखाएर विरोधमा उत्रनु मुलुकका लागि उहाँहरूका लागि पनि हितकर मानिएको छैन जनतामा विस्तारै पलाउँदै गएको आशा भरोसाको बीचमा अहिले माओवादीभित्रैबाट उत्पन्न गरिएको शंका विवादको नयाँ शृङ्खलाले नेताहरूमा अझै पनि एकताबद्ध भएर मुलुक सपार्ने सोचको विकास भएको रहेनछ भन्ने नै प्रमाणित हुन्छ यस्तो गलत संस्कार त्याग्दा नै सबैको हित हुने निर्विवाद तथ्य हो



Rating (Votes: )   
Share     Print


Other Articles:
अपराधीका लागि नेपाल घ्यू गणतन्त्र ! (09.05.2011)
प्रधानमन्त्री डा. भट्टराई समक्ष ‘खुला पत्र मार्फत केही सुझाव (09.05.2011)
राजनीति शुद्धीकरणका लागि युवालाई अवसर (08.29.2011)
यहाँ देशलाई सही नेतृत्व दिने कोही भएन (08.29.2011)
सभासद्ज्यूहरू म्याद थप हुन्छ, भविष्य जे होला नआत्तिनुहोस् (08.29.2011)
राष्ट्रवादी सोच भए असम्भव केही छैन (08.22.2011)
सदावबहार संक्रमणकाल ः तरमार्ने मौका (08.22.2011)
श्री झलनाथ खनाल नेतृत्वको अर्धवार्षिक सरकारको शव परीक्षण (08.22.2011)
जनताका आशा, भरोसा र विश्वास टुट्दैछ (08.15.2011)
लोकतन्त्र र निर्वाचन ः एक टिप्पणी (08.15.2011)
हिजो र आज : जनताले भोगेको अनुभव (08.15.2011)
अपराध र अपराधीको साम्राज्यमा चिन्तनधारा पनि प्रदूषित हुनेरहेछ (08.15.2011)
कर्मचारीलाई अनिवार्य पोशाकबाट उठेको प्रश्न : यादब देवकोटा (08.09.2011)
खोई यी प्रचारवाजहरूको इमान र विवेक ? (08.09.2011)
गाईजात्राको मौसममा महागाईजात्राको भाँड नाच प्रदर्शनको प्रयास (08.09.2011)
राष्ट्र प्रयोगको वस्तु होइन, नेतामा चेतना जागोस् : यादब देवकोटा (06.20.2011)
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा (06.20.2011)
कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी (06.20.2011)
राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ (06.06.2011)
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा (06.06.2011)



 
::| Latest News

 
[Page Top]