युगसम्बाद साप्ताहिक

प्रधानमन्त्रीजी ! जनताको भरोसा नभत्कियोस् : महेश्वर शर्मा
Monday, 09.19.2011, 02:43pm (GMT5.5)

अरु मुलुकमा जस्तो प्रधानमन्त्री-मन्त्रीहरूले योग्यता पुगेका विषय विशेषज्ञलाई सल्लाहकार बनाउने चलन नेपालमा छैन क्यारे यहाँ कामको महत्व बुझुन् नबुझुन् आफ्नै साला, भाञ्जा, भतिजा त्यसपछि कार्यकर्ता, आसेपासेहरूलाई अनेकथरि सल्लाहकार सहयोगी भनेर जागिर खुवाइने गरेको पाइन्छ प्रधानमन्त्रीजी अपवाद हुन सक्नुभएको छैन, मलाई राम्रो थाहा भएन तैपनि बजारमा जनताबाट हुने गरेका चर्चा पत्रपत्रिकाले कोट्याएका कुरा कथित सल्लाहकारले प्रधानमन्त्री-मन्त्रीलाई नियमित सुनाउँछन्, सुनाउँदैनन् अथवा सुन्ने आवश्यकता सम्झिन्छ या सम्झिदैन त्यो पनि भन्न सक्दिन यसमा मेरो कुनै आग्रह-दूराग्रह नभए पनि जनताले चर्चा गर्ने गरेका आफ्नो मनमा लागेका केही कुरा उल्ल्ेख गर्न खोज्दैछु

तपाईं प्रधानमन्त्री भएपछि देशमा अरु कुनै समस्या नै छैनन् जस्तो गरी मन्त्रिपरिषद्ले सुरुमै राष्ट्रिय पोशाकमाथि हमला ¥यो मधेशीलाई सेनामा भर्ती गर्ने विषयलाई प्राथमिकता दियो माधेशीहरू पञ्चायतकालदेखि आजसम्म सेनामा कहिले पो भर्ती भएका छैनन् ? यो मधेशी जनताका आँखामा छारो हालेर आफूले मोजमस्ती गर्ने मधेशी मन्त्रीहरूका चालवाजीमा प्रधानमन्त्री पनि सामेल हुनुभयो सरकारमा बसेर सरकारकै आलोचना गर्न अप्ठ्यारो पर्छ भनेर संचारमन्त्री गुप्ताले प्रवक्ता बन्न अस्वीकार गरेको भन्ने सुनियो नभन्दै बाबुरामको सरकार चल्दैनभनेर पनि उनैले भनिसके यस्ता क्रियाकलापबाट प्रधानमन्त्रीकै छवि धमिल्याउने काम भैरहेको अनुभव हुँदैछ भन्ने जनताको विश्लेषण किन यस्तो चर्तिकला देखाइँदैछ ? बुझिनसक्नु भयो प्रधानमन्त्रीजी !

तपाईंले भ्रष्टाचारको जालो तोड्न कर्मचारीलाई आव्हान गर्नुभयो, तर जरो उखेल्ने आँट किन गर्नुभएन ? त्यो जरो मन्त्रीहरूकै आशनमुनि खराब साधनबाट कसरी असल उपलब्धि लिन सक्नुहुन्छ ? जस्ता खालका पात्र मन्त्रिपरिषद्मा लिनुभएको तिनको अतीत हेर्नोस् ! अनि विचार गर्नोस् भ्रष्टाचार हट्छ कि बढ्छ ? मन्त्री हुनेबेलामै मलाई फलानो मन्त्रालय नै चाहिन्छ भनेर अड्डी लिनुका पछाडि प्रच्छन्न भ्रष्ट उद्देश्य स्पष्ट भएको छैन ? मन्त्री हुन खोज्नेहरूले आफ्नो दूषित चरित्र आफैंले देखाइदिएका छन् राम्रो काम गर्ने चोखो विचार भए मलाई जुनसुकै मन्त्रालय भए पनि हुन्छ भन्ने किन कोही निस्केन ? त्यसैले प्रधानमन्त्रीजी ! यस्तो प्वाल परेको डुंगाबाट कसरी पारी पुग्नुहुन्छ ? कुर्सीका लागि जस्तासुकै शर्त पनि स्वीकार गर्ने परम्परा तपाईंले पनि तोड्न सक्नुभएन हीरालाई पनि कीराले विगार्छ भनिन्छ तपाईंलाई विगार्ने तपाईंकै साथमा छन् संगतगुनाको फल भन्छन् संगत गतिलो भएन प्रधानमन्त्रीजी ! विचार गर्नोस् है फटाहाहरूले तपाईंलाई एक्लो वृहस्पति बनाउलान् त्यसकारण सक्नुहुन्छ भने पहिले राजनीतिक भ्रष्टाचारमाथि धावा बोल्नोस् कर्मचारीलाई भाषण सुनाउनुको अर्थ छैन राजनीतिक भ्रष्टाचार हटाउन सक्नुभयो भने कर्मचारी त्यसै तह लागिहाल्छन् नि महिना दिन नहुँदै गच्छेदारले तपाईंलाई टेरपुच्छर लाएनन् नि !

तपाईंले जनतालाई तत्काल फाइदा पुग्ने राहत कार्यक्रम बनाउन सचिवहरूलाई आदेश दिनुभयो उनीहरूले पनि कार्यक्रम बनाएर मन्त्रिपरिषद्मा पेश गरे तर मधेशी मोर्चाका मन्त्रीहरूले तपाईंप्रति नै अविश्वास देखाएपछि उनीहरूलाई नै कार्यक्रम बनाउन भन्नुप¥यो साह्रै सानो चित्त लिएर राष्ट्रको मन्त्री हुन कसरी सुहाएको हो कुन्नि ? राष्ट्रको मन्त्री हुन छोडेर हामीलाई मधेश छुट्याइदेउ, मधेशी सेना अलग्गै चाहियो भन्ने आफ्ना पार्टीलाई मधेशी दल भन्नेहरू उदार कुन् कि संकुचित ? मधेशवादी, तराईवादी, पहाडवादी, हिमालवादी भन्न थाल्ने हो भने त्यस्ता पार्टी कसरी राष्ट्रिय मान्यताप्राप्त पार्टी हुन्छन् ? त्यस्ता क्षेत्रीयस्तरका हुनुपर्ने हो निर्वाचन आयोगको के सोचाइ हो कुन्नि ! क्षेत्रीयस्तरका पार्टीबाट सोझै केन्द्रको मन्त्री बन्न पाइने यो कस्तो प्रक्रिया हो ? खोई राष्ट्रियस्तरको सोचाई ?

गरिब जनताका धनी नेता मन्त्री भएको देश आफ्नो देशमा एकथोपो तेल छैन, साइकल चढ्नपर्नेहरू प्राडो-पजेरो चढेर जनतालाई सिंही लाइरहेका छन् ज्ञानका नाममा आफूसित भाङभुत्तो केही नभए पनि सर्वज्ञको अभिनय गरेर भाषण उपदेश दिनेहरूकै चकचकी आफूले जति हसुरे पनि कर्मचारीलाई सदाचारी बन्ने आज्ञा दिन्छन् कलम चल्छ, दिमाग, केबल थुतुनो चलाएर खानेहरू यहाँ बडाबडा ठाउँमा छन् गरिब जनताका टाउकामा गिर खेलेर राज गर्नेहरू आफ्नो दूषित आचरण सुधार्नुपर्ने आवश्यकता नै ठान्दैनन् नेताहरू मन्त्रीहरू नै मानौं सबैभन्दा जान्नेबुझ्ने उपदेशक हुन् जनता तिनको जुनसुकै आदेश पनि मान्नैपर्छ भन्नेजस्तो गर्छन् तर उनीहरूले भने जे गरे पनि छुट पाउनुपर्छ, किनभने उनीहरू नेता हुन् यस्तै सोच बनाएर उनीहरू जनतालाई हाँक्न खोज्छन् के यस्तै चालबाट तपाईंले गर्न चाहेको सुधार सम्भव होला प्रधानमन्त्रीजी !

हालै एकजना मन्त्रीले मेरो निजी मोटर चढ्छु, सरकारी मोटर चढ्दिन भनेर आदर्श देखाएको भोलिपल्टै त्यो नक्कली आदर्शको हाँडी फुट्यो २०५२ सालतिर भन्सारमाफीको उनको गाडी उनी लेखासमितिको सभापति भएको बेला कालीगण्डकी लाई मासिक पचासी हजारमा भाडामा लिन लगाएर आफूले सरकारी गाडी चढ्ने गरेका योजना समाप्त भएपछि आफ्नो गाडी फिर्ता ल्याएका रहेछन् त्यो गाडी पुरानो भै मर्मत गर्न पनि २०-२२ लाख लाग्ने भएकाले आफ्नै गाडी चढेपछि सरकारी रकमबाट मर्मत गराउने, मर्मत अवधिभर सरकारी गाडी चढ्ने अनि सके चढेको चढ्यै पार्ने बठ्याईं गरेको भन्ने आम चर्चा यस्ता यस्ता पात्र अहिले सरकारमा छन् के प्रधानमन्त्रीजी केही गर्न सक्नुहुन्छ ? साँच्चै भनौं भने सक्नुहुन्न सक्ने भए मन्त्रालय फुटाइ फुटाइ मन्त्रीहरूलाई भागवण्डा पु¥याउनतिर लाग्नुहुन्थेन कार्यसम्पादन नियमावली पनि रातारात संशोधन गराएर सल्लाहकार भर्ना पनि गर्नुहुन्थेन होला

अहिले प्रधानमन्त्रीजीले राहतका नाममा ५० हजार युवालाई विनाधितो दुई लाख रुपैयाँका दरले दिने कार्यक्रम सुनाउनुभएको रोजगार दिने उद्योग, कलकारखानामा आफ्नै कार्यकर्ता (मजदूर) उठाएर विध्वंश मच्चाउने बन्द गराउने, यता पैसा बाँड्दै हिंड्ने ? राजकाज चलाउने यो कस्तो तरिका हो ? रोजगारी पो सिर्जना गराउनुपर्छ, पैसा बाँडेर निर्वाह चल्छ ? त्यो पैसा पनि -आफ्नै कार्यकर्तालाई बाँड्न मधेशी मन्त्रीहरूले पहिले नै राय बझाइसकेका छन् यस्ता ढाँटेढुँटे कार्यक्रमका नाममा राष्ट्रको सम्पत्ति विनामेसै लुटाएर जनप्रियता हाँसिल गर्न खोज्दा वास्तविकता लुक्दैन, पोल खुलिहाल्छ, आफ्नै मोटर चढ्छु भन्ने मन्त्रीको चालवाजी खुलेजस्तै

त्यसैले अलि दिगो हुने काम गर्नुप¥यो प्रधानमन्त्रीजी ! नत्र तपाईप्रति इष्र्या राख्ने तपाईकै पाथेभाइहरू पहिले हाँस्नेछन् तर एक्लो वृहस्पति हुन परे पनि तपाईंप्रतिको जनताको भरोशा चाहिं नभत्कियोस् त्यसका लागि धेरै चर्को हुन पनि पर्दैन मेलैसंग मेसैसंग जनताका चाहना बुझेर छिमल्दै जानोस् जनतालाई शान्ति सुरक्षा चाहिएको भ्रष्टाचार हटोस् बेरोजगार हुन नपरोस् भन्ने जनताका आशा आकांक्षालाई मात्रै अग्राधिकार दिएर काम भयो भने तत्काललाई पुग्छ अरु कुरा हुँदै जान्छन् यो आग्रहलाई अन्यथा नठानियोस्



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com