| युगसम्बाद साप्ताहिक | ||||
|
सुशील कोइरालाको अवशान र कांग्रेस अधिवेशन Thursday, 02.18.2016, 07:34am (GMT5.5) - तारा सुवेदी सुशील कोइरालाको अवशानले नेपाली कांग्रेसको बी.पी. कोइराला पुस्ताको नेतृत्वको अन्त्य भएको छ । यद्यपि उमेरका हिसावले सुशील कोइराला आपैंm दोस्रोपुस्ताका नेतामध्येकामा गनिन्थे । तर वी.पी.का काका र सानीआमाका छोरा भएकाले उनी वी.पी.पुस्ताकै मानिन्थे । यथार्थता पनि त्यही थियो । यस हिसावले “ने.का.को तेह्रौं महाधिवेशनले दोस्रोपुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ, अव बूढो–पुरानो पिंढीको हातमा नेतृत्वको बागडोर दिनुहुँदैन” भन्नेहरुलाई दोस्रोपुस्तामा नेतृत्व जान नदिने एकमात्र बाधकको रुपमा देखापरेका सुशील कोइरालाको देहावशानले बाटो सफा भएको अनुभूति गर्ने र चैनको सास फेर्ने अवसर प्राप्त भएको छ,” भनिदिंदा हुने भएको छ । अर्को पाटो र बाटोबाट हेरौं । नेपाली कांग्रेसले झण्डै साढे ६ दशकको उमेरको नेटो काट्दासम्म नेतृत्वको लगाम पहिलो–अझ खासगरी कोइराला निवासकै हातमा सुम्पिंदै आएको थियो । बीचमा केही वर्ष वी.पी.कै समकक्षी र ने.का.का संस्थापकमध्येका एक नेता के.पी. भट्टराईका हातमा पार्टी नेतृत्व के गएको थियो, वी.पी.कै भाइ जी.पी.लाई औधी औडाहा भयो । के.पी.लाई पार्टी नेतृत्वबाट मात्रै नभई आप्mनै दलको नेतृत्वको सरकारको नेतृत्वबाट गलहत्याउन नसक्दासम्म जी.पी.को निंद हराम भएछ । वी.पी.का समकक्षी मात्रै नभई निरपेक्ष दृष्टिकोणबाट हेर्ने हो भने साच्चिकै एक महान् राजनेताको रुपमा सबैले सम्मान एवं उच्चस्थान, मान दिएका” के.पी.लाई वी.पी.कै कान्छाभाइ जी.पी.ले निकै निर्मम र निर्लज्जतापूर्वक नेतृत्वबाट मात्र नभई पार्टीबाटै घोक्रेठ्याक लगाई “नेपाली कांग्रेसलाई कोइराला अधिवंशवादीहरुको निमित्तमात्र ठाउँ भएको पार्टी भएको” सावित गरिदिए । सुशील कोइरालाको नेतृत्व त्यसैको एउटा ठेठ र ठोस् उदाहरण थियो । जसरी वी.पी.को मरवटको राजनीतिक लाभ जी.पी. ले पाए । र नेपाली कांग्रेसमा उनका जेठा माइलादाजूका समवयी र समकक्षीहरु हुँदाहुँदै गिरिजाप्रसादले ने.का.को सार्वभौम नेतृत्व हत्याउन सफल भएका थिए । त्यही आधारमा गिरिजाको अवशानपछि सुशील कोइरालाले पनि कोइराला अधिवंशवाद र गिरिजाप्रसादको अवशानको राजनीतिक लाभ प्राप्त गरेर सहजै ने.का.को नेतृत्व र राज्य सत्ताको नियन्ता बन्न पुगेका थिए” भनियो । कतिपय प्रजातन्त्रवादी राजनीतिक विश्लेषक– (यद्यपि राजनीतिक विश्लेषक भनि मानिसकेपछि “प्रजातन्त्रवादी”, “समाजवादी”, “राजावादी” जस्ता कुनै वादका रङ्गले रङ्गिएका हुनु वा देख्नु नपर्ने हो, तर नेपालमा भने त्यसरी नै चिनाउने चलन देखिन्छ–) –हरुले सुशील कोइरालालाई चिनाउँदा वी.पी.का छाया गिरिजा र उनको प्रतिच्छाया हुन् सुशील भनेर भनेको सुनियो । तर सुशील कोइराला जो जस्को इतिहास र मरवटको राजनीतिक वलबूतामा जे जसरी पार्टी र सरकारको सवोच्च पदमा पुगेका किन नहोउन्, उनको छुट्टै वा भौतिक राजनीतिक दर्शन, चिन्तन, अडान, सूझान् केही नभएको किन नहोस्, उनले “नेपाली कांग्रेस जस्तो भ्रष्ट, दुष्ट, निकृष्टहरु र स्वार्थी–पेशेवर–तत्वहरुको जमात” भनेर कतिपयले नितान्त निषेधवादी दृष्टिले भन्दै मान्दै आएका र हेर्दै “नेपाली कांग्रेसकै नेतामध्येमा सुशील कोइराला जस्तो कृष्णप्रसाद भट्टराई जस्तो अर्को त्यागी, र आर्थिक मामिलामा स्वच्छ छविका मानिएका मनमोहन अधिकारीका उच्चनैतिकवान् पनि छ” भनेर जुन आदर्शको उच्चउदाहरण प्रस्तुत गर्नुभयो, त्यस्ले “सुशील कोइरालालाई गिरिजा कोइराला जस्ता काण्डैकाण्डका प्रवर्तक एवं संरक्षकसँग किमार्थ जोडेर हेर्नु नितान्त गलत हुने स्पष्ट गर्दछ” भन्नेमा विवाद नहोला । हुन पनि नेपालमा कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी बाहेक भ्रष्टाचारको दाग नलागेको अर्का प्रधानमन्त्री सुशील कोइराला नै जुन देखिए, त्यस्ले नै उनलाई नेपालको इतिहासमा एक महान् आदर्श व्यक्तिको रुपमा नाम लिनै पर्ने बनायो । भलै अरु विषय वा क्षेत्रमा उनलाई पनि “हीलोको किलो र खासै दरो निर्णय गर्नसक्ने क्षमताबिहीन” भनेर आरोप, आपेक्ष लगायत उहाँकै पार्टीका नेता र कार्यकर्ताहरुले झ्यालीपिट्दै हिंडेका किन नहोउन् । आर्थिकदृष्टिले स्वच्छ छविका र कुनै काण्डमा नाम नजोडिएका अर्को प्र.म.माधवकुमार नेपालको नाम नलिंदा अन्याय हुने भएपनि उनले सत्तामा पुग्न र सरकार टिकाउन “२२ दलको सन्तुलत मिलाउने” नाम वा काममा जे जस्ता सीमान्त भ्रष्टहरुलाई सरकारमा ल्याएर ‘लूट्ने छूट’ दिए त्यस्ले उनको नाम अधिकारी र भट्टराईको पंक्तिमा उल्लेख गर्न कोही अग्रसर भएन । सुशील कोइराला सत्ता र पार्टी नेतृत्वको लगाम लिइरहँदासम्म जे जति सवैको– (ने. का.पार्टी भित्रैबाट बढी) आघात, आरोप, आपेक्षको तारो बन्न पुगे पनि उहाँको अवशान भएपछि अन्तिम श्रद्धाञ्जलीमा जुन मानवसागर उर्लियो, पत्रपत्रिकाहरुमा विचार टिकाटिप्पणी समग्रतालाई समेटेर मूल्याङ्कन गरिए त्यस्ले सारसमष्टीमा “सुशील कोइराला एक उच्चसम्मान्य, वेदागी, लोभलाभ, स्वार्थ नभएको सोझो र सरल व्यक्तित्व” को रुपमा चिनिएको भन्ने स्थापित गरिदियो । भलै प्रधानमन्त्रीको निर्वाचनमा हठात् उम्मेदवारी दिने र पार्टी नेतृत्वकालागि १३ औं अधिवेशनमा प्रतिस्पर्धामा उत्रिने मानसिकता बनाएको (यथार्थमा पार्टी सभापतिका लागि मैदानमा उत्रिने नउत्रिने देउवाले जस्तो घोषणा गरिसकेको स्थिति थिएन क्यार !) जस्ता विषय उछालेर विवादस्पद बनाउन खोजिएको किन नहोस्, पार्टी महाधिवेशनको पूर्वसंन्ध्यामा सुशील कोइरालाको अप्रत्यासित र अनभिप्सित अवशानले नेपाली कांग्रेसका केहीलाई भलै हौस्याएको भएपनि समग्रमा भने दिशाविहीनता, शून्यता र निर्विवाद छविको नेताको अभाव सबैले टड्कारो अनुभव गर्नेछन् भन्ने लाग्छ । जेहोस् । नेपाली कांग्रेसले १३ औं महाधिवेशन सम्पन्न गर्नु त्यसको नेतृत्वतहका पदका लागि र्याल काढिरहेकाहरुका लागि उच्चचाहनाको विषय भएपनि पार्टी स्वयंको संस्थागत अस्तित्व र संवैधानिक हैसियत वा जीवन्तता कायम गर्नका लागि अपरिहार्य विषय भएको छ । त्यसैले १३ औं अधिवेशनलाई सुशील कोइरालाको अवशानसँग जोडेर पछि धकेल्ने र निर्वाचनबाट निश्चित नभएको नेतृत्वमा केही परसम्म सथापित भइरहने कसैको सपना र जपना भएपनि त्यो हाललाई साकार हुन सक्ने संभावना देखिएन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनले के कस्तो राजनीतिक, आर्थिक दूर दृष्टि (भिजन) र कार्यनीतिक, रणनीति तय गर्ला भन्ने जिज्ञासा पनि कार्यकर्ताहरुले राखेका होलान् । प्रत्येक पार्टीको महाधिवेशनले विगत महाधिवेशनले पारित गरेको त्यस्तै राजनीतिक, आर्थिक, सामाजिक लगायतका पार्टीका मूल दर्शन, सिद्धान्त र जनसरोकारसँग जोडिएका विषयमा समीक्षा, मूल्यांकन गरी आगामी दिन (कम्तीमा अर्को महाधिवेशनसम्मका) लागि नयाँ नीति, दर्शन, विचार, सिद्धान्तको कार्यदिशा निर्धारण गर्नु पर्ने हो । तर सत्ता बाहिर रहेको अवस्थामा “पार्टीप्रति जनआकर्षण वा समर्थन, के कस्तो लोकप्रिय कार्यनीति र रणनीतिक शब्दावली राख्नुपर्छ” भनेर वहस चलाइएपनि पार्टी सत्तामा गइसकेपछि वा पार्टीले एउटा उचाइ र जनसमर्थन प्राप्त गरिसकेपछि न नेतालाई देश, काल र जनभावनालाई सम्बोधन कसरी गर्ने भन्ने चासो र चिन्ता हुने गरेको देखिन्छ । न त कार्यकर्ता (महहाधिवेशनमा मताधिकार प्रयोग गर्ने अख्तियार, अधिकार वा हैसियत प्राप्त गरेका) हरुले नै तल्लो, ग्रामीण वा वडा, गाउँ) स्तरका साधारण पार्टी सदस्य, शुभेच्छुक समर्थकहरुले आप्mनो पार्टीले के कस्तो नीति, सिद्धान्त वा कार्यनीति, रणनीति एवं सामाजिक, आर्थिक स्पष्ट र ठोस् कार्ययोजना पारित जनसमर्थन प्राप्त गर्न सक्छ भनेर नै लिएर आउने पारित गराउने नै चासो र चिन्ता बोकेर आउने गरेका हुन्छन् । त्यस्तो कुरा अहिले सबै पार्टीका नेता कार्यकर्ताले “असान्दर्भिक, वेमतलवका फाल्तु ढोंगी, पाखण्डी, फोस्रो आदर्शवादी र उपबुज्रुक्याईं, देखाउने कुरा” ठान्ने भइसकेको सन्दर्भबाट निश्चित् छ, कांग्रेसको महाधिवेशन अपवादको रुपमा देखिने छैन । नेपालमा जे जति दल भएपनि बाहिर एक अर्काका घोर विपरीत र विरोधी दर्शन, विचार, सिद्धान्त बोकेर आ–आप्mना बाटो लागेका देखिएपनि एउटा कुरा सबैमा पूरै समानता के देखिन्छ भने “सबै पार्टीका महाधिवेशनका नेताहरु कसरी आपूmतिर कार्यकर्तालाई तानेर आपूmले हैसियत र योगदानभन्दा बढी ठूला पद हत्याउने” भन्नेमा र कार्यकर्ताहरु “यस महाधिवेशनमा कुन नेताको पलडा बढी भारी छ, र कुन नेताको सत्ता र शक्तिमा चाँडै पुग्ने सम्भावना छ” भनेर जोखना हेर्ने र त्यस्तो नेतालाई घेर्ने, चाडकी गर्ने जुन प्रवृत्ति वनमाराभैंm मौलाउँदै गएको छ, त्यस्को अपवाद कुनै एउटै पनि दलको महाधिवेशनमा नदेखिने स्पष्ट भइसकेको छ । यद्यपि त्यो राजनीतिक विकृति, विसंगति हो । त्यस्ले शासन सत्तामा आउने दलहरुलाई पतनको पींधमा पुर्याउँछ । तथापि त्यो प्रवृत्ति राष्ट्रिय राजनीतिक संस्कृतिको रुपमा स्थापित र स्वीकृत भइसकेको छ । उक्त परिवेश, पृष्ठभूमि र परिप्रेक्ष्यमा नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई हेर्दा भलै “वी.पी.को प्रजातन्त्र, समाजवाद र जी.पी.को संघीय लोकतान्त्रिक गणतन्त्राक शासन व्यवस्थालाई सुशील कोइराला नेतृत्वको सरकारको सकृयतामा जारी भएको मौजूदा संविधानको माध्यमबाट प्राप्त गर्न सकिने” विश्वास एवं प्रतिवद्धता १३ औं महाधिवेशनले निकै झ्याली,पिठ्दै र ताली ठोक्दै पारित गर्नेछ । तर कांग्रेसको समाजवाद आजको खुला र उदार अर्थतन्त्रको धारामा “जस्का लाठी उस्का भैंसी” अथवा मत्स्यन्यायको अनुशीलनभन्दा फरक सावित हुनेछैन । सीमान्त, विपन्न, गरीव, निमुखा, निःसहाय, दुःख, पीडालाई मुक्ति दिने वा संबोधन गर्ने किमार्थ हुनेछैन । त्यो भने ध्रुव सत्य हो । पत्यार नलागे २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्रभावितलाई गास, वास, कपासबिहीन भएका समग्रका उक्त भनाईका जिउँदा साक्षीहरुका स्याउले छाप्रामा गएर हेर्दा, सोद्धा सत्य तथ्य त्यही भेटिनेछ । जेहोस्, सुशील कोइरालाको अवशान लगत्तै सम्पन्न हुन गइरहेको ने.का.को १३ औं महाधिवेशनले वी.पी. पुस्ताको हातबाट नेतृत्व अर्को पुस्तामा जाने बाटो प्रसस्त गरिदियो । त्यो कोइराला अधिवंशवादकै घेराभित्र रहन्छ, अथवा त्यस्को कठपुलती कुनै व्यक्तिले लिन्छ ? अथवा कोइरालावंशहरुबीच अंशवण्डा नमिल्दा अर्कैको हातमा जान्छ ? त्यो अहिले नै भविष्यवाणी गरिहाल्न सकिने स्थिति छैन । तर एउटा प्रजातन्त्रवादी, समाजवादी र वी.पी.देखि सुशीलसम्मले कायम गरेको कोइराला अधिवंशवादको राजनीति अवको १३ औं महाधिवेशनले नेतृत्व चयन गर्दाका कालखण्डदेखि जातिवादको कित्तामा विभक्त भएर ‘वाहुनवादी पक्ष’ वा धारा र ‘क्षेत्रीवादी’ पक्ष । समूहको रुपमा देखियो भने आश्चर्य हुनेछैन ? यद्यपि आजसम्म देखाउने दाँतकै रुपमा किन नहोस् वी.पी.ले प्रतिपादन गरेर गएको एउटा राजनीतिक दर्शन, विचारको धुरी (मियो) मा चल्दै वा हिंड्दै गरेको पार्टी अव “वाहुन’ र क्षेत्रवादी नारा बोकेर हिंड्यो भने त्यो नेतृत्व चयनको प्रयोजनसम्म सीमित पक्कै रहनेछैन । त्यस्को तूस भूसको आगो जस्तो भित्रभित्रैबाट पार्टीलाई खरानीमा रुपान्तरित गर्नसक्छ । त्यसैले तीन कोइराला (वी.पी. के.पी. (केशवप्रसाद) र जी.पी.) का सन्तानले के.पी. सिटौला, आर.सी. पौडेल–लाई पुसुङ्गे बनाएर एउटा समूहको रुपमा, र अर्कोतर्फ ‘बाजेवादी’ विरुद्ध बहादुरहरुले क्षेत्रीवाद (शेरबहादुर, खुमबहादुर, पूर्णबहादुर, अर्जुन नरसिंह के.सी. प्रकाशशरण महत जस्ता सशक्त नेतृत्व गर्ने हैसियतवालाहरुबाट) छुट्टै समूह मैदानमा उतार्दा कांग्रेस महाधिवेशनको परिदृश्य अर्को महाभारतको रुपमा परिणत हुने र परिणाम ने.का. (वाहुनवादी÷कोइराला अधिवंशवादी) र ने.का. क्षेत्रीवादी÷खुमबहादुर पन्थी÷देउवा समूह) हुन सक्नेछ । तर त्यो दिन कांग्रेस जनका लागि मात्रै नभई नेपालको लोकतन्त्र, गणतन्त्र र संघीयतावादी सबैकालागि किमार्थ हितकारी हुनेछैन । केहीका लागि भलै देख्दा, सुन्दा “क्या मज्जा” को परिघटना वा परिदृश्य हुन सक्ला ? |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||