युगसम्बाद साप्ताहिक

शेरबहादुरको “दोस्रो सत्ता–शिखर–यात्रा” को शुभारम्भः
Tuesday, 04.12.2016, 01:22pm (GMT5.5)

- तारा सुवेदी

लेखको टाउकोदेखि पेट बोलीसम्मको अध्ययन गर्ने जमर्कोगर्ने जो कसैले पनि “यो लेख लेख्ने व्यक्ति नेपाली कांग्रेसको कार्यकर्ता वा पक्षपोषक रहेछ । ने.का.भित्र पनि शेरबहादुरको अन्धसमर्थक रहेछ” भन्ने अड्कल पक्कै काट्न सक्नेछन् । त्यस्तो लाग्न पर्ने पनि देखिन्छ । किनकि आपूmले चिने, जाने र मानेको व्यक्ति जतिसुकै भ्रष्ट, दुष्ट र निकृष्ट भए पनि उस्लाई उत्कृष्ट र विशिष्ट भनेर गुणानुवर्णन गरी लेख्ने र मन नपरेको वा अर्को विचार, दर्शन र बाटोमा हिंडेको व्यक्ति जतिसुकै इमान्दार र भद्र भए पनि उसलाई सर्वथा, हेय, त्याज्य, पथभ्रष्ट, चोर, चण्डाल “भनेर भए नभएका आरोपको भारी बोकाउने, चरित्र नै हत्या गर्ने, नेपालको आम प्रवृत्ति लेखकीय धर्म एवं संस्कृति नै बनिसकेको छ । त्यसो गर्नुलाई “प्रजातन्त्र” र अभिव्यक्ति स्वतन्त्रता” ठान्ने गरिएको छ । 

तर ती स्थापित मान्यता र विश्वास विपरीत शेरबहादुर देउवाको दलसँग सरोकार नराख्ने बरु वहाँको दलका जे जति नेताले चिने जानेका थिए, उनीहरुले सकेसम्म जरो र खोइरो खन्दै निषेधित र मटियामेट गरी लखेटिंदै आएको व्यक्तिको रुपमा चिनिएको व्यक्ति भएकोले त्यस्तो आशा, अपेक्षा विपरीत “शुभ शिखरयात्रा” भन्न कुनै संकोच लागेको छैन । जेहोस्,

नेपालको राजनीतिमा नेपाली कांग्रेसलाई मन नपाउनेहरुले मात्रै होइन । उस्को नाम सुनाउनेलाई कोर्रा लगाउने र जेल पठाउने” पंचायतका शासक प्रशासक उर्पm घण्टाकर्णहरुले जे जति निषेध गर्न वा नामलिन नचाहेका किन नहोउन्, ऊ (नेपाली कांग्रेस) नेपालको राजनीतिको केन्द्रबिन्दुमा स्थापित सत्य थियो । उ नेपालको राजनीतिको मीयो वा धुरी थियो । भलै राणा अधिवंशवादी शासन व्यवस्था विरुद्धको आन्दोलनमा उस्ले भन्दा बढी त्याग र वलिदान गर्ने व्यक्ति र शक्ति अरु धेरै थिए होलान् । 

तर उनीहरु विभिन्न कालखण्डमा पृथक् पृथ्क कारणले हराउँदै र विलाउँदै गए । नेपाली कांग्रेसले ‘चैते दूबो’ को रुपमा विभिन्न प्रतिकूल परिस्थितिमा आप्mनो जीवन्तता, निरन्तरता र अस्तित्वलाई अक्षुण्ण राख्दै आयो । जस्ले गर्दा सँधै सत्ता र शक्तिको प्रत्यक्ष नियन्ता नभए पनि नेपालको सिङ्गो राजनीतिको मुख्य निर्णायक शक्ति उही (ने.का.) हो । यो तथ्यलाई नेपालको राजनीतिबारे स्वतन्त्र चिन्तन गर्नेहरु सबैले स्वीकार्नै पर्छ । भलै ऊ व्यक्तिगत रुपमा कट्टर कांग्रेस विरोधी, जुनसुकै ध्रुव र धाराको पक्षको किन नहोस् । 

यद्यपि “प्रजातन्त्र” “प्रजातन्त्रवाद” र “प्रजातान्त्रिक शासन प्रणाली” शब्दावली जे जति मीठो र सबैको प्रिय किन नहोस्, त्यस्को परिभाषा वा अर्थ र प्रयोग यति अमूर्त, अस्पष्ट र मनोगत भइसकेको छ कि विश्वका झण्डै कुनै मुलुकको शासन प्रणालीमा पनि त्यस्को नाम कुनै न कुनै रुपमा जोड्न नचाहने शासक कहीं कतै लोकप्रिय हुन पुगेको उदाहरण पाउन सकियोस् । त्यो सब हुँदाहुँदै पनि संसारमा एकठाउँ, एउटा राष्ट्र वा राज्यमा स्थापित र प्रचलित “प्रजातान्त्रिक” प्रणालीलाई अर्को मुलुकले जस्ताको त्यस्तै (हुवहु) अनुकरण वा अनुशीलन गरी लागू भए, गरिएको पनि सायदै भेटिएला । प्रजातन्त्रको व्याख्या र प्रयोगमा “देश, काल, समय, माटोपानी सापेक्ष प्रयोग” भएको देखेर नै होला “जसरी एउटा मानिसको रुप, रंग, ढंग र भित्री बाहिरी स्वभाव र चरित्र वा आनीबानी सायदै मिल्ेन देखिए, भेटिएला, त्यस्तै हो प्रजातन्त्रको प्रयोग र परिभाषा” भनेर एक मित्रले आप्mनो निष्कर्ष निकालेका । 

हामीले आप्mनो मुलुकमा राणा अधिवंशवादी शासन फालेपछि जुन जुन समयमा जे जस्ता आधादर्जन शासन प्रणाली लागू गर्ने र त्यस्लाई निरन्तरता दिने जमर्को भए  चरित्र र व्यवहारमा नभए पनि विशेषणमा “प्रजातन्त्र” जोडिएको थियो । तिनको त्यस्मा कहीं न कतै नेपाली कांग्रेसको छाया प्रतिच्छाया परेको देखिन्थ्यो । भलै कुनैबेला सहज सुपाच्यरुपमा र कुनै बेला निषेधित वा अवाञ्छितरुपमा उस्को त्यस्तो छाया प्रतिछाया उपस्थित वा प्रतिविम्बित हुनपुगेको थियो होला । 

तर त्यो सबै माथि उल्लेखित र अभिस्वीकृत यथार्थता सँगै एउटा अलि तीतो तर इतिहासमा नै अकाट्य भइसकेको तथ्यसत्य पनि छ । र त्यस्लाई यहाँ उल्लेख नगर्दा लेख नै अधूरो वा अपूर्ण हुनेछ । त्यो के हो भने नेपालको जेठो प्रजातान्त्रिक पार्टी र राणा अधिवंशवादका विरुद्ध अग्रपंक्तिमा देखिएको भनेर भनिने पार्टी (ने.का.) सधैं एउटा कृष्णप्रसाद कोइरालाका तीन छोराहरु (एम.पी. वी. पी. र जी.पी.) को क्रमित नेतृत्वमा केन्द्रित हुन पुग्यो । यद्यपि झण्डै आधा शताब्दीको ‘कोइराला निवास केन्द्रित’ नेपाली कांग्रेसभित्र वी.पी.कै समकालीन, समकक्षी, सहसंस्थापक र उनीहरु भन्दा अझ बढी त्यागी नेताहरु त्यस पार्टीभित्र थिए । जस्को उदाहरणका लागि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहरुको उल्लेख गरे पुग्छ । 

त्यसरी एउटा अधिवंशवादी निरंकुश शासन प्रणालीका विरुद्धको संघर्षको नेतृत्व पंक्तिमा उभिएको पार्टीको नेतृत्व अर्को एउटा कोइराला वंशवादी बाटोबाटै अघि बढ्दै गएको र त्यस्मा पनि वी.पी.कै समकक्षी, संस्थापक र त्यागी कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलाई असम्मानजनकरुपमा क्रमशः एक्ल्याउँदै, छक्याउँदै र गलहत्याउँदै आपैंmले आधा शताब्दीभन्दा बढी समयदेखि हुर्काए, बढाएको र ज्यादै संकटका विभिन्न कालखण्डमा जीवन उत्सर्ग गरेर बचाएको पार्टीबाट जे जसरी एउटा आप्mनै राजनीतिक सोच, दर्शन, सिद्धान्त, दूरदृष्टि (भिजन) विहीन जी.पी. कोइरालाबाट गलहत्याउने, निर्ममता पूर्वक लखेट्ने र पार्टी माथि निर्लज्जरुपमा अतिक्रमण गरी नयाँ अधिवंशवाद स्थापित गर्ने क्रम शुरु भयो, त्यो किमार्थ शोभनीय र राजनीतिक प्रकृतिको थिएन । 

त्यस्तै राज्यको शासन सत्ता, शक्तिलाई स्वेच्छाचारी, गैर विधिसंमत् तरिकाले हाँक्ने, आपूmसँगै पार्टीलाई अपरिकल्पित नयाँ नयाँ शैली एवं स्वरुपका खुला भ्रष्टाचारका काण्डमा फसाउँदै जाने, राज्यको स्वतन्त्र न्याय प्रणाली, राज्यको स्थायी शासन व्यवस्था संचालनका शाश्वत मूल्य, मान्यता र मूलभूत सिद्धान्तमाथि निसंकोच बलात्कार गर्ने काम पार्टी र सरकार प्रमुखबाट लगातार हुँदै गयो । तर पनि नेपाली कांग्रेसका सबै अन्य नेता, कार्यकर्ता शीर निहु¥याएर कालोमुख लिएर हिंड्नु पर्ने स्थिति आयो । 

तर “प्रजातान्त्रिक र विधिको शासन” को परिचय दिने आफ्नै पार्टीलाई खुलारुपमा आप्mनै पार्टी र सरकार प्रमुखबाट जनताको आँखा अगाडि निर्वस्त्र गरी भ्रष्टाचारको दलदलमा लगेर फँसाई रहँदा, आप्mनै सर्वोच्च नेता (संस्थापक, सन्त नेतालाई बलात् गलहत्याई रहँदा सारसंक्षेपमा “द्रौपदीको चीरहरण” को परिदृश्य पुनरावृत्ति भइरहँदा कुनै नेता कार्यकर्ताले चूँ बोलिदिने साहस गरेन । “ढाडे बिरालोको घाँटीमा “घण्टी बाँध्ने” कोही भएन) सबैले मूसा भएर ढाडेबिरालोको स्तुतिगान गर्न थाले । 

सायद त्यो सव अपराध, अपकृत्य र अन्यायको शृङ्खलालाई अरुले आप्mनो भविष्य र स्वार्थको हेक्का राखेर चूँ नबोली उल्टै ‘जी हजूरी’ र खुसामदी शैलीमा साथ सहयोग दिए । तर एउटा वीर, साहसी, क्षेत्रीलाई त्यस्ले “आप्mनो भाग्य, भविष्यलाई हत्केलामा राखेर त्यस स्वेच्छाचारी व्यक्तिबाट स्थापित हुँदै गएको अधिवंशवादी र भ्रष्टाचारी प्रवृत्ति विरुद्ध” युद्ध मैदानमा उता¥यो । पार्टीभित्रबाटै त्यस्तो भ्रष्टाचारी र आप्mनो नेतृत्वको पार्टीको छँदो खाँदो स्पष्ट वहुमतको सरकारलाई बेलाबेलामा विघटन गर्ने गराउने स्वेच्छाचारी सनकी नेतालाई हदैसम्मको सजाय दिने साहसिकता ऊ भित्र जुन जागृत भयो । त्यो स्यालहरुका बीचको शेर “शेरबहादुर देउवा” को नामले प्रसिद्ध हुन पुग्यो । 

त्यसरी आप्mना पार्टीलाई दास र चाटुकारहरु, कायर र नपुंसकहरुको अखाडा बनाउने प्रवृत्तिको नेतृत्वलाई ठाडो चुनौती दिने शेरबहादुर देउवालाई स्यालहरुको सरदारले चुनौती दिएको देख्नु प¥यो । तेह्रौ महाधिवेशन र त्यसपछिको संसदीय दलको नेताको निर्वाचन त्यस्को ठेठ उदाहरण थियो । तर जस्ले जसलाई सडकबाट ल्याएर पार्टी नेतृत्व र सरकारको उपप्रधानमन्त्रीसम्म बनायो, त्यही “महान् सन्त नेता” लाई संकट पर्दा छातीमा लात हानेर नेपाली कांग्रेस जस्तो “प्रजातान्त्रिक पार्टी” को परिचय पहिचान बनाएको पार्टीलाई एउटा “कोइराला अधिवंशवादी पार्टी” को रुपमा स्थापित गराउन प्रयासरतलाई चाकडी पु¥याउने पञ्चमाङ्गीहरुको समूहले शेरबहादुर देउवालाई तेह्रौं महाधिवेशनमा सभापतिको निर्वाचनदेखि संसदीय दलको कार्यसमितिका सदस्यको निर्वाचनसम्ममा पटकपटक जसरी जिस्क्याएको थियो, त्यस्को मुखभरीको जवाफ शेरबहादुरले दिए । त्यस्ले पनि देउवाप्रति धेरैको नैतिक साथ, शुभकामना र सद्भावको ओहिरो लाग्न पुग्यो । 

यहाँ फेरी पनि पहिलेदेखि नै उल्लेख गरिंदै आएको के कुरा पुनः दोह¥याएर भन्नै परेको छ भने “नेपालको राजनीतिमा नेपाली कांग्रेस कमजोर हुँदा पनि देशको राष्ट्रियता, नेपाली जनताको भावना, सामाजिक परम्परा र प्रजातन्त्रको जग “चर्किन गएको छ भने” ऊ वहुमतसहित शासन सत्ता नियन्ता बन्न पुग्दा पनि भ्रष्टाचार, अत्याचार, अनाचार र राज्य आतंक बैशाख जेठको राजस्तानी लू (तातो हावा) जस्तै असहनीयरुपमा बढ्दै जाने गरेको छ ।” अझ त्रि–शंकु संसद (हङ पार्लियामेन्ट) को आगमनसँगै शेरबहादुर देउवाको सत्तारोहण र सत्ता टिकाउने खेलको प्रारम्भ भएपछि शुरु भएको “राजनीतिको अपराधीकरण, अपराधको राजनीतिकरण शासन प्रशासनको भ्रष्टीकरण, सांसदहरुको अपहरण गर्ने र उनीहरुको थोक र खुद्रामा बजारीकरण (खुलेआम खरीद विक्री)” को अन्त्यहीन उपक्रम नै प्रारम्भ भएको विगतको इतिहासले निरन्तता पाएको छ । 

त्यस्मा पनि कोइरालाहरुको पालामा कोशीदेखि शुरु भएको नदीनाला बेच्ने क्रम पछिल्ला कोइराला सरकारका पालामा त देशको अक्षुण्ता अखण्डतालाई नै विखण्डन गरी सत्तासीन भईरहने काम (२०६४ फागुन १६ गते आजका शेरबहादुरका प्रतिस्पर्धी मार्पmत् नै) लिखितरुपमा भइसकेको छ । अझ यस्तोमा पनि नेपाली कांग्रेसको अगुवाईमा संविधान जारी भएको भनेर घिरौंला जस्तो नाक बनाइरहँदा नेपालको सांस्कृतिक, धार्मिक, धार्मिक विशिष्टता र अनेकता बीचको शदियौं देखिएको एकताको आधार ध्वस्तीकरणको नेतृत्व नै कांग्रेसबाट भयो भन्ने यथार्थतालाई वेवारिस छोडिएको अवस्था उत्पन्न भयो । 

त्यतिमात्रै पनि होइन । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन गर्ने अघिल्लो दिन (२३ चैत्र २०७२ मा) देउवासँग प्रतिस्पर्धा गर्न उभिएका व्यक्तिले राष्ट्रिय दैनिक (कान्तिपुर) मा “राजनीतिलाई सम्मानित गराउने अभियान” शीर्षक लेख मार्पmत् “आप्mनो मूल्य मान्यताको राजनीतिक धार र देउवाको मूल्यको सत्ता राजनीतिक (पैसामा सांसद अपराधी खरीद गरी सत्तामा पुग्ने र सत्ता टिकाउने) बीचको प्रतिस्पर्धाको रुपमा जसरी उजागर गरे, त्यस्ले “कांग्रेसभित्र मौलाउँदै गएको डन, डाँका, भ्रष्ट, दुष्ट, निकृष्टहरु वरिष्ट र वलिष्ट हुँदै गएको” स्पष्ट गर्दछ । 

थप स्पष्ट नै भन्ने हो भने शेरबहादुर देउवालाई नेपाली कांग्रेसभित्रै अर्को कित्ता वा शक्तिले “राजनीतिको भ्रष्टीकरण, अपराधीको राजनीतिक संरक्षीकरण सांसदहरुको तुष्टीकरण, राष्ट्रियता र स्थापित मूल्य मान्यता र एकताका आधारहरुको विखण्डीकरण र ध्वस्तीकरण गर्ने प्रवृत्तिको नेतृत्व गर्ने व्यक्तिको रुपमा शेरबहादुरलाई चित्रित र प्रस्तुत गर्ने जुन जमर्को वा निकृष्ट चेष्टा गरियो, त्यस्ले कांग्रेसभित्र “देव र दानव, धर्मात्मा र पापी, नैतिक र अनैतिक, इमान्दार र भ्रष्ट, सिद्धान्तनिष्ट र पथभ्रष्ट, सदाचारी र अपराधीहरुको बीचको अन्त्यहीन द्वन्दको संघर्ष चर्किएको संकेत गर्दछ । त्यस्मा एउटा पुरानो (अव विस्थापित) संस्थापनपक्षले नयाँ संस्थापना पक्ष– (हिजोको विपक्षी समूह–) माथि यस्तै गम्भीर आपेक्ष आरोप लगाउने रणनीतिक अख्तियार गर्दै जाने जुन संकेत स्पष्ट देखिएको छ, देउवाले त्यस्लाई कार्यगत रुपमा नै गलत सावित गर्नु पर्नेछ । सफल होउन् शुभकामना छ ।

यहाँ यसो भनिरहँदा अर्थात् ने.का. का विकल्प नेता भए अव उनको सत्ता शिखरको यात्रा निरापद र सुखद छ भनेर भन्न खोजिथएको अर्थ लगाउनु भने सर्वथा गलत हुनेछ । बरु यहाँ यत्ति मात्र बुझियो भने ठीक ठहरिएला, उनी आजको संसदको सबभन्दा ठूलो दल ने.का.को संसदीय दलका शक्तिशाली नेताका रुपमा रहनेछन् । उनलाई त्यस पार्टीभित्रका स्याल ब्वाँसाहरु र दास पंक्तिले विचलित गर्न नसक्ने बरु “कुत्ता भोंकता रहे हात्ती चलता रहे” को रुपमा देखिएभन्दा हुने रहेछन् । 

उनी गिरिजाकै पार्टीको पार्टी सुप्रिमो र संसदीय दलका नेता भएपछि उनका पछाडि पनि गिरिजाले प्रशिक्षित गरेका “सत्ताका लागि हाराकिरी गर्नेहरु बग्रेल्ती छन् भन्नेमा कसैलाई सायद कुनै शंका नहोला । त्यतिमात्रै होइन आधादर्जन पटक पहिलेको अन्तरिम संसदको निर्वाचन समयमा भिडेको समूहका नेता नै अलि कमाउ मन्त्रालयको उपप्रधानमन्त्री हुन ¥याल चुहाउँदै रहेका हुन सक्छन् उनलाई त्यो रछान चाहार्न दिन पहिलो काम गर्नु छ । तर, शेरबहादुरलाई अव एउटा कुराको कुनै चुनौती देखिन्न वा खतरा छैन भने उनीबाट पराजित कोइराला अधिवंशवादका पादपूजन गर्दै सडकबाट सत्ता नियन्ता बनेकाहरुले पार्टी फुटाउने साहसिकता गर्ने छैनन् । त्यस्तो ह्याउ हिम्मत र आत्म शक्ति उनीहरुसँग देखिन्न । 

जे भए पनि कम्तिमा पाँच बर्षका लागि देउवा ने.का.भित्र अपराजेय र निर्विकल्प नेताका रुपमा जसरी उदाए त्यो नेपालका प्रजातन्त्रवादीहरु र कसैको पनि अधिवंशको पूजा गर्ने र त्यसैका आडबलमा सत्ता र शक्ति हत्याउने स्याल र ब्वाँसाहरुका लागि मात्रै नभई गैरकाँग्रेसी राष्ट्रवादीहरु समेतका लागि शुभ र सुखद् संकेत अवश्य पनि हो । त्यसैले नै उनलाई सत्ताशिखरको यात्राका अवरोध हटाई अगाडी बढाउने उर्जा दिएको छ । तर यसो भनिरहँदा उनका सामु कुनै पनि संकटका तगारा तेर्सिएका छैनन् भन्ने अर्थ किमार्थ लगाउनु हुँदैन । जे जति चुनौतीका पहाड छन् तिनको विस्तृत प्रस्तुति भने यस अंकमा होइन पछिका अंकहरुमा ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com