युगसम्बाद साप्ताहिक

जनता अव कता ?
Wednesday, 04.27.2016, 11:55am (GMT5.5)

- तारा सुवेदी

अहिले यो देशमा संविधान र विधिको शासनको हातले छुन, समाउन नसक्ने नयाँ वर्गको उदय भएको छ । उस्कै इच्छामा देश चलेको छ । यद्यपि त्यस्तो वर्ग उहिले पनि अस्तित्वमा थियो भन्ने राम्ररी अनुभव गरिएको थियो । तर त्यसबेला दरवारको चौघेराभन्दा बाहिर आएको थिएन । कदाचित् दरवारबाट बाहिर निस्किएको जस्तो देखियो’ भने त्यसलाई आमसंचारमाध्यमदेखि सर्वसाधारण नागरिकसम्मले ‘अनिष्ट सूचक लक्षण देखियो” भनेर कोहलो मच्चाउँथे । यतिसम्म कि दरवारकै रछान चहारेर पटकपटक निरंकुश निर्दलीय पञ्चायती व्यवस्थाका प्रधानमन्त्री भैसकेकाले समेत त्यस्तो तत्वलाई “भूमिगत गिरोह” र “द्वैधशासनका खलनायक” भनेर आमसंचारमाध्यममार्पmत् नाङ्गेझार पार्ने चेष्टा गरेका थिए । २०४०–०४२ सालतिरसम्म गद्दीसीन महाराजा, उनकी पत्नी र परिवार मात्र केही कुरामा संविधान, विधिविधानभन्दा माथि थिए । उन्मुक्तिको प्रत्याभूति पाउने कानून बनाइएको थियो । 

२०४६ सालको अन्त्यसँगै “राजाको सर्वोपरी सकृय नेतृत्वमा दरवारका दासले हाँकेको निर्दलीय निरंकुश पञ्चायती शासन प्रणाली” को पनि भौतिक अस्तित्व समाप्त हुनपुग्यो । तिनै दलीय पद्धतिकै घनघोर विरोधी पंचहरुको समूहले वहुदलीय व्यवस्थाको प्रारम्भसँगै “राष्ट्रिय प्रजातन्त्रवादी पार्टी” को मूल नामबाट (कोष्ठभित्र विभिन्न थर गोत्र राखी) दल गठन गर्ने होड मात्रै चलेन । पंचायतीय कालावधिभर जस्ले जस्माथि आप्mनो बैरी साध्न पर्याे कि “कांग्रेस” वा “कम्युनिष्ट” को फत्तूर लगाएर सिध्याउने, जेल पठाउने गर्दथे, तिनै “दरवारी दुई पंच नेता” वहुदलीय शासन प्रणाली आएपछि “नेपाली कांग्रेस” र “कम्युनिष्ट” को वलबूतामा पुनः सत्ता नियन्ता बनेका थिए । 

त्यसरी “वहुदलीय संसदीय शासन प्रणाली” को नाम सुन्यो कि असन्तुलित हुनपुग्ने पंच नेताहरुलाई सत्ता शिखर चढाउने कांग्रेस, कम्युनिष्टको हातमा शासन सत्ता नियन्ता बन्ने पालो आएपछि हिजो (पंचायती शासनकालभर) यदाकदा दरवारभित्र मात्र देखिने, त्यस्ता “संविधान र विधिविधानका प्रावधानले समात्न, छुन, समेट्न नसक्ने” व्यक्ति र वर्ग २०४८ सालको आमनिर्वाचनपछि वहुदलीय शासन व्यवस्थाका हर्ताकर्ता नियन्ताको आवरण र ताज पहिरिएर गाउँदेखि सिंहदवार र ग्यालरी बैठक हुँदै बालुवाटारसम्म बग्रेल्ती र हुलका हूल देखिए । गणतन्त्र आएपछि त्यो भीडले नै  छाडातन्त्र ल्यायो । डन, डाँका, गुण्डा र हत्या–हिंसाका आडवलमा छाडातन्त्रलाई संस्थापित र संरक्षण गर्नेमा सबै दलबीच राष्ट्रिय सहमति सम्झौता हुन पुग्यो । अहिले संविधानसभाले संविधान जारी गरेपछि त्यो (आपूmलाई संविधानभन्दा माथि राख्ने–) नवसामन्ती वर्गको क्षितिज वा प्रभाव क्षेत्र यति विस्तृत र विशाल भइसकेछ कि त्यसभित्र नपर्ने त सीमान्त विपन्न, कुनै दलको आडवल एवं संरक्षकत्वविहीनहरु र पंक्तिकार जस्ता निमुखा नागरिकहरु मात्र पो रहेछन् । 

उल्लेख गर्दा सबैलाई उदेक लाग्ला (?) पाशपत क्षेत्रमा दर्शनार्थीहरुलाई हैरान पारेर माग्नेको समूह पनि सुरक्षा निकायका उच्चतम अधिकारीहरुकहाँ पहूँच पुगेको हुने रहेछ । उस्कै आडवलमा विधिविधान नमान्ने भएछ । केही दिन पहिले कोषको अनुरोधमा त्यस्ता मगन्तेहरुलाई पशुपतिको कोर क्षेत्रभित्र प्रवेश गर्न रोक्ने दुईजना प्रहरीहरुलाई एकजना दर्शनार्थीको रुपमा आएका प्रहरीका विशिष्ट श्रेणीका अधिकृतले देखेपछि तुरुन्त त्यहाँबाट सरुवा गराइदिएछन् । त्यस कुराको साक्षी देखाएको उक्त घटनाले बकेको छ ।  हुँदाहुँदा अहिले हरेक नेता, कार्यकर्ताले आपूm संविधानद्वारा शासित वा संविधानको अधीन नभई संविधान र विधिविधानलाई आपूmले अधीनमा राखेको देखिंदैछ । र राजनीतिको आडवलमा सोझासादा जनतालाई उहिलेका भूरे, टाकुरे, सामन्ती, राजा रजौटाहरुले जस्तै दास र रैती प्रजा सरह ठगी, चुसी खाने र कज्याउने आप्mनो हातको लाठो र हतियार बाहेक संविधान, ऐन, कानून केही होइन” भन्ने ठान्नेसम्म चेष्ट गरेको अनुभव गरिंदैछ । तर पनि कसैले चूँ बोल्न नसक्ने स्थिति उत्पन्न हुन पुग्यो । जसको कारण प्राप्त “स्वतन्त्रतालाई स्वच्छन्दता प्रजातन्त्रलाई छाडातन्त्र, लोकतन्त्रलाई ठोकतन्त्र र गणतन्त्रलाई भाँडतन्त्र” को रुपमा लिने, ठान्ने र भन्ने गर्न थालियो । 

एक्काइसौं शताब्दीले दोश्रो दशकको आधा अवधि पूरा गरिसकेको विश्वको एक पाटोका नेपाली गरीव, विपन्न, असहाय र निमुखाकै स्थितिमा बाँचेका किन नहोउन् एकसय चार वर्ष पहिले जंगबहादुरले स्थापित गरेको जर्जर र बर्बर स्वेच्छाचारी शासनदेखि राणाकै छोरी भतिजीका सन्तानहरुको “मुकुट पहिरिएर बिना जनादेश मुलुकको अधिपति बन्ने र शासन हाँक्ने” हतियारका रुपमा जारी गरिंदै आएका ‘आधा दर्जन’ संविधान र शासन प्रणालीलाई फालिसकेका जनताले सधैं यस्तो छाडातन्त्र, ठोकतन्त्र र भाँडतन्त्रलाई अव किमार्थ वचाइराख्ने पक्षमा देखिएलान् कि नदेखिएलान् ? इतिहासमा नै कालो र निरंकुश स्वेच्छाचारी राणाशासन स्थापनाको खूनीरात (कोत पर्व) कै तिथि, मिति र समयमा जारी संविधान च्यात्न, पोल्न र फाल्न अव थप समय पर्खिने पक्षमा होलान् कि नहोलान् ? अथवा अतीतकै पतीत अथवा खलनायकहरुलाई जननायक मान्ने र बोकी हिंड्ने पक्षमा उभिएलान् कि विकल्प खोज्नतिर लाग्लान् ? यस्तो ज्वलन्तकाल प्रश्न सबैतिर उठेको छ । 

राज्यका जीवन्त र स्वतन्त्र नागरिक शासन शून्यता विधिविधान विहीनताको अवस्था र अराजक, स्वेच्छाचारी आततायी र आजको जस्तो शासितभन्दा शासक बढी हुने बन्ने शासन व्यवस्थालाई वचाइराख्ने पक्षमा जान सक्तैनन् । उनीहरुले बुद्धको पवित्र भूमिमा आप्mना वीसौं हजारका आमा–बाबु र आमा–बाबुका सन्तानलाई सशस्त्र जनयुद्धको वलीवेलीमा होमेको नयाँ सामन्तीयुगको पुनरावृत्तिका लागि किमार्थ थिएन, होइन । 

यस्तै संगीन संकटका बेलामा नै मान्छेले बाँच्ने सहाराको खोजी गर्दा रहेछन् । त्यसबेला वाँच्ने आधार र श्रोत अदृश्य परम शक्तिको खोजी गर्ने र आत्मविश्वास जगाउन ईश्वरीय अस्तित्वलाई मनमथिङ्गलमा राख्न थाल्ने रहेछन् । त्यही मानवीय स्वभावकै कारण हरेक भावि समाज र समुदायले आ–आप्mनो धर्म, सम्प्रदाय र आस्थाका जीवन्त प्रतीक खोज्ने र रोज्ने रहेछन् । त्यसै सन्दर्भमा कृष्ण, विष्णु, शिव, महामाया, मातृशक्तिदेवी–भगवती जस्ता तेत्तीसकोटी देवता, बुद्ध, इस्लामिक (क्राइस्ट) पैगम्बर मोहम्मद त्यही सोच संस्कारका प्रतिनिधि पात्रका रुपमा उदाएका थिए भन्ने लाग्छ । अव अहिलेको एक्काइसौं शताब्दीमा त्यो अन्ध धार्मिक र सामन्ती सोच संस्कारकै आडवलमा आमनागरिकलाई दासवत् ठान्न र रैती प्रजाको व्यवहार गरेर कज्याउन सकिन्न । उनीहरुको साथ, सहयोग र समर्थन बिनाका दल र कार्यकर्ताले शासन सत्ता नियन्ता बन्ने दिन बाँकी रहेनन् । 

तर पनि त्यस कुरातर्पm अहिलेका कुनै पनि नेताको ध्यान दृष्टि पुग्न सकेन, पुग्ने कुनै लक्षण कतै देखिएन । यस्तो स्थितिमा देशलाई यसरी नै भड्खारोतिर गए लगेको टुलुटुलु हेरिरहने कि फेरी जनता जागेर राष्ट्रलाई वर्वाद हुनबाट जोगाउने हो ? अहिले अहम् सवाल यही हो । 

यद्यपि अहिले प्रत्येक सचेत वर्ग, समाज र व्यक्तिका मनमथिङ्गलमा यही प्रश्नले निरन्तर अन्तद्र्वन्द्वको आँधी तूफान मच्चिएको देखिएको किन नहोस् यस्को समाधान वा विकासको प्रष्ट प्रकाश देखेको पाएको जस्तो छैन । कसैले “अव यो देशलाई अझ अर्को आन्दोलनको माध्यमबाट त्यो गन्तव्यमा पुर्याउन सकिन्छ, जुन गन्तव्यको निर्धारण जनताका इच्छा, आकांक्षा, भावनाले स्पष्ट कोरिसकेको छ । त्यसैले संविधानद्वारा प्राप्त उपलब्धिको रक्षा गर्ने र राष्ट्रको वैविध्यताबीचको एकता, अस्तित्व, अखण्डताको संरक्षण गर्न सकिन्छ” भन्ने विश्वास प्रकट गर्दै एकातिर तराई मधेशवादीदेखि जातीय राज्यका पक्षधर लगायतका दुई दर्जन संगठनहरु “नयाँ निर्माणका लागि फाल्न थाले सबै कुरा” भनेर आन्दोलन गर्ने र संविधान अस्वीकार गर्ने जलाउने लगायतका अन्त्यहीन संघर्षको बाटो समाएर अगाडि बढ्ने उद्घोष गरिरहेका छन् । 

त्यस बाहेक अर्को राजनीतिक चिन्तनधारा पनि सशक्त रुपमा अगाडि आइरहेको छ । जस्ले माथि प्रस्तुत यथार्थता अर्थात् “यो देशलाई आजको यो वर्वादीको संहारमा पुर्याउने परम्परावादी कांग्रेस, कम्युनिष्ट र राजावादीहरु नै हुन् । अव उनीहरुबाट यो देशको आर्थिक समृद्धि, समुन्नतिको आशा, अपेक्षा र विश्वास गर्नु खच्चडको वथानबाटै नयाँ खच्चडको पुस्ता तयार गर्ने अथवा साँढेको वथान पालेर दूध व्यवसाय गर्ने सोच जस्तै हो । किनकि उनीहरुलाई नेपाली जनताले झण्डै एक चौथाई शताब्दीसम्म धैर्यतापूर्वक सम्परीक्षण गरिसके” भनेर अव यो देशमा कुनै पुरानै पूँजीवादी, समाजवादी, साम्यवादी नाराले गरीव, विपन्न र सीमान्तकृत वर्ग, समुदायका साथै सबै नेपालीको सर्वाङ्गीण विकास गर्ने शक्ति निर्माण गर्नुपर्छ” भनेर आर्थिक समृद्धि र विकासवादी दर्शनको बाटो समाएर अगाडि बढ्दै गरेको देखिन्छ । 

यो देशमा “आन्दोलन, संघर्ष, सशस्त्र विद्रोह” को धेरै अभ्यास भइसकेको छ । ती सबैको परिणाम शासनपद्धति –अझ ठेटरुपमा शासन सत्ता नियन्ता– परिवर्तन भए तर, सबै शासन व्यवस्थाले स्थापित गरेका शासन सत्ता नियन्ताहरुको सोच, संस्कार, शैली, उद्देश्य, लक्ष्य पटक्कै फेरिएन । बरु “यो मुलुकलाई पूर्वपत्र्तिीले जसरी चुस्दै लुट्दै र त्यस्को विरोध गर्नेलाई चुट्दै भुट्दै आए । आप्mनो सातपुस्ताका लागि अकूत सम्पत्ति आर्जन गरे, हामीले त्यो (पूर्ववर्तीहरुले खनिदिएको) बाटो छोडेर किन हिंड्नु पर्याे र !” सबैको बीचमा यही एक सूत्रीय सहमति, समानता र कार्यगत एकता देखियो ।  

यस्तो रंग, ढंग, आवरण र पात्र फेरिंदै जाने, तर आमजनताको समस्या र पीडा झण्डै सात दशकदेखि थपिंदै र पुनरावृत्ति हुँदै जाने स्थितिमा आमूल परिवर्तन गर्नुपर्छ । त्यस्का लागि राजनीतिक प्रणालीमा भन्दा आर्थिक समृद्धि, समुन्नतिका बाटोका अवरोधहरु हटाउँदै जानुपर्छ । त्यस्को रोल मोडेल तुर्किस्तानका कमालपाशा, सिंगापुरका “ली क्वान् यू”, चीनका “दंगशियाओ फेड्ग”, मलेशियाका मोहम्मद महाथीर, रुआण्डाका “पामेल कागामे” आदि हुन सक्छन्” भन्ने सोच, बोकेर हिजोको सशस्त्र जनविद्रोहका प्रमुख डिजाइनरले नयाँ शक्ति निर्माण अभियान शुरु गरेर अघि बढ्दै गरेको देखिएको छ । 

संस्कृतको एउटा पंक्ति छ, “यथा राजा, तथा प्रजा” हिन्दीमा एउटा प्रचलित लोकोक्ति छ “जैसी करनी वैसे ही भरनी” । नेपाली गाउँ घरतिर गाउँले भाषाको उखान छ “उठी उठी पिशाव गर्नेको सन्तान घुमी घुमी पिशाव फेर्ने हुन्छ” । यो देशमा आपूmहरुले प्रजातन्त्र लोकतन्त्र ल्याएको झ्याली पिठ्दै हिंड्ने नेताहरु देश हाँक्ने ठाउँमा पुगेपछि देशको अवस्था कस्तो बनाएछन्, शासन प्रशासनको फाँटतिर नियाल्दा स्पष्ट हुने देखिने रहेछ । आज यत्रतत्र देखिएको भ्रष्टाचार, लूटतन्त्र, अराजकता, अनुशासनहीनता, शासन प्रशासन शून्यताको व्यापकताले माकुरीको जीवनचक्रको संझना गराइरहेछ । 

जव माकुरी (पोथी माकुरो) वयस्क हुन्छे र फुल पार्छे, त्यो फुल परिपक्क भएपछि फुट्छ र हजारौं वच्चा जन्मिन्छन् । र ती वच्चाहरु जन्मिएपछि त्यो आमा (माकुरी) लाई छोप्छन्, आमाकै मासु खान्छन् र मार्छन् । त्यसैले भनिन्छ “माकुरीले जन्माएका वच्चाले माकुरीलाई नै खान्छन् सिध्याउँछन्” नेपालमा ठीक त्यही माकुरीको जीवनचक्रको पुनरावृत्तिको परिदृश्य यत्रतत्र सर्वत्र ट्डकारो देखिएको छ । सबैभन्दा देशको शासन, प्रशासन र सार्वजनिक संस्थान संस्थाहरुभित्र आ–आप्mनो पार्टीका भ्रातृ संगठन खडा गरेर पार्टीको आधार विकास गर्ने होड के मच्चिएको थियो, आज तिनै सबै पार्टीका हरेक निकायभित्र कैयन् ट्रेड युनियनका इकाई, संगठनहरु तिनै मूल पार्टीको सरकारलाई असफल पार्ने मुख्य तत्व सावित भए । यस्तो भनाई सबैभन्दा कठोर रुपमा ठूला दलका शीर्ष नेताहरुबाटै आउँदैछ ।

यस्तो बेथिति, स्वच्छन्दता, अराजकता, विधिविधान विहिनता र सवैले आपूmलाई नै “नवमहाराज” ठान्ने, मान्ने मुलुकमा जनताले कस्को हुकूम आदेश मान्ने कुन वर्गलाई मालिक मान्ने ? नमानेर जाने पनि कता ?


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com