युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:22pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
को राष्ट्रवादी, को राष्ट्रघाती ?
Thursday, 12.29.2016, 03:05pm (GMT+5.5)

- तारा सुवेदी

“राष्ट्रवाद” को परिभाषा राजनीतिशास्त्र, धर्मशास्त्र, पुराण, इतिहास र अर्थशास्त्रको जस्तो गरी स्पष्ट गरिएको देखेको, पढेको छैन । यदि कतै परिभाषा गरिएको र नपढेको भए मलाई थाहा छैन । त्यति हुँदाहुँदै पनि “राष्ट्रवाद” बारे अहिलेसम्मको मान्यता के छ भने “त्यो एक प्रकारको भावनात्मक विषय” हो । कुनै भूभाग, राज्य, समाज, समुदाय, भाषा, संस्कृति, जातिको समष्टिगत परिचयसँग जोडिएको पूर्ण स्वतन्त्र विषय होरहेछ राष्ट्रियता । त्यो “अनेकताबीचको एकता” को संवेदशनील सूत्रमा आवद्ध भई आप्mना “विशिष्ट पृथकता वा मौलिकता” मा अडेको राष्ट्रियताबोध गराउने चेतनतत्व रहेछ । 

राष्ट्रियता
कुनै भूखण्ड भित्रको स्वतन्त्र सार्वभौम इकाई (राज्य) र त्यहाँ भित्र बसोबास गर्ने जाति, समाज, समुदायको एउटै वा विविध समष्टिको साझा पहिचान हो राष्ट्रियता । राष्ट्रवादको अर्थ “विदेशी हस्तक्षेप र सबैखाले उपनिवेशबाट राष्ट्रियमुक्तिको प्रतिवद्धता, संघर्ष र सचेतनताको सामाजिक, जातीय र सामुदायिक संगठित संकल्प” रहेछ । “राष्ट्रवाद” कहीं जातीय सम्बन्धमा, कहीं श्रम शोषणमुक्तिमा र कहीं आप्mनो रीतिरिवाज–संस्कृति र रहन सहनमा झल्किने रहेछ । त्यसैले वसाई सरेर गएपछि वा विदेश (प्रवास) मा नै शदियौंसम्म बसोबास गर्दै गएकाहरुका सन्तान दरसन्तानहरुको रुपमा रहे, बसे पनि सबैले आप्mनो पूर्खाले चिनाएका राष्ट्रियता संजोएर राख्न सक्ने रहेछन् । त्यस्को उदाहरण विश्वको कुनै पनि मुलुकमा पुगेका चिनिया, भारतीय, जापानी, पाकिस्तानी, रुसी, अरवी, मुस्लीमहरुले देखाइरहेछन् । कुनै पनि राष्ट्रको परिसीमा भित्रका पृथक् जाति, भाषी, क्षेत्र, समाज, समुदायका मानिसहरु किन नहोउन्, ती सबै मातृ–पितृ मुलुकबाट बाहिर गएपछि उनीहरु (त्यस मुलुकभित्र छँदाको जाति, उत्पत्ति, वंश, क्षेत्रका नभई)  आ–आप्mनो राष्ट्रको प्रतिनिधिका रुपमा चिनिने रहेछन् । 

नेपाल र नेपालीकै सन्दर्भमा कुरा गर्ने हो भने सायद यति सानो मुलुकभित्र यति धेरै भौगोलिक जातीय, भाषीय, वंश, उत्पत्तीय यावत् वैविध्यता समेटेर बसेको मुलुक विश्वमा बिरलै होला । त्यसैले होला कहिलेकहीं कुनै जाती, भाषा, धर्म, संस्कृति, परम्पराका संवाहक समाजले आप्mनो जाती, भाषा, धर्म, संस्कृति र पहिचानका लागि, अर्को मुलुकबाट न्यायपूर्ण विभेदरहित व्यवहार हुनुपर्ने, सबैबाट अपेक्षा गरिएको हुने रहेछ । राज्यले पनि “सबैलाई समान सम्मान र संरक्षण गर्नुपर्ने” भनी पृथक् शैलीमा सामूहिक आवाज उठाउँदा उठाउँदै र संघर्ष गर्ने धम्की दिंदादिंदै पनि जब ऊ अर्को मुलुकमा पुगेको, बसेको हुन्छ, उस्को परिचय पितृ राष्ट्रको नामसँग जोडिएर आउँछ । त्यसैलाई “राष्ट्रिय पहिचान” भनिदो रहेछ । 

नेपालकै कुरा गरौं । मधेस, तराई, पूर्वी, पश्चिमी, मध्यपहाड वा हिमाली जुन क्षेत्रको व्यक्ति पनि विदेशमा राई, लिम्बू, भोटे, मधेसी खस–आर्य, थारु, नेवार भनेर परिचय दिंदैन, लेख्दैन भन्दैन रहेछ । त्यस आधारमा भन्ने हो भने, आज नेपालभित्र ‘नेपाली’ भनाउन नचाहने र ‘मधेसी’ भन्ने तमलोपा, मेधसी मोर्चा होउन् कि संघीय समाजवाद र जातीय स्वायत्त, स्वतन्त्र राज्यको नारा लगाउने मगर, राई, लिम्बू, थारुहरु होउन् । ती सबै राजनीतिक आग्रह दूराग्रहका मनोरोग वा कुण्ठाग्रस्त रहेछन् । तर सबै आप्mनो मुलुक बाहिर जति टाढा पुग्छन्, त्यति नै “नेपाल र नेपाली” भनेर गर्व गर्ने रहेछन् । नेपाल र नेपाली भन्ने नसुने, नबुझेका र नचिन्नेहरुलाई “जुन देशमा सगरमाथा छ, त्यो स्वतन्त्र, सानो सार्वभौम, मुलुकको म नागरिक हूँ” भन्नै पर्दोरहेछ उनीहरुले पनि । 

भलै, महन्थ, हृदयश, महेश्वर, महेन्द्र, राजेन्द्र यादवहरुले आपूmलाई नेपालभित्र नेपाली नभनेर भारतीय वा भारतीय मूलको व्यक्ति भनेरसम्म भन्न सक्लान् । तर कथंचित अहिले उनीहरुले “मधेस–तराई स्वतन्त्र राष्ट्र बन्न सक्ने” भन्ने जति विखण्डनवादी कुरा गरुन् अथवा उनीहरुले भनेजस्तो “स्वतन्त्र मधेस मुलुकको घोषणा गरुन्, उनीहरुले पनि “कि नेपाली कि भारतीय” मूलका भनी चिनाउन पर्नेछ विदेशमा गएपछि । त्यस्को ठेठ उदाहरण सिक्किमेली वा दार्जिलिङ्गेहरुले देखाइदिएका छन् । उनीहरु अहिले आप्mनै मुलुक भारतको नागरिकता र राहदानी बोकेर बाहिर मात्र होइन, आप्mनै मुलुक भारतको राजधानी र अन्य राज्यमा पनि “भारतीय” भनी चिनाउँदा रहेनछन् । जाँदा “नेपाली” वा “गोर्खा” कै रुपमा चिनाउने प्रचलन जीवन्त रहेछ । त्यस्ले नै “राष्ट्रियता” वा राष्ट्रिय पहिचानको जीवन्त र व्यवहारिक अर्थ वा परिभाषा दिन्छ जस्तो लाग्छ । 

“राष्ट्रवादी” र “राष्ट्रघाती” को परिभाषा ?
“राष्ट्रवादी” को अर्थ र परिभाषा राजनीतिक शब्दकोशमा “राष्ट्रियताको पर्यायवाची” भनी उल्लेख गरिएको पनि सामान्यरुपमा “आप्mनो जाति, भाषा, संस्कृति, सहन, सहन, इतिहास, परम्परा, संस्कार, राज्यको भूखण्ड वा जन्मथलोप्रति गर्व गर्ने, तिनीहरुको संरक्षण, संवद्र्धन र त्यही पहिचानमा बाँच्ने, प्रचारप्रसार गर्ने काममा व्यक्तिगतरुपमा संगठित भई लागे राजनीतिक सोचाइको संवाहक हूँ, भन्नमा गौरव गर्नेलाई “राष्ट्रवादी” भन्नु पर्ने रहेछ । तर त्यो “अमूर्त र भावनात्मक विषयबोधक शब्द” को थप अर्थ र व्याख्या यहाँ सान्दर्भिक छैन, नगरौं । 

किनकि, प्रसङ्ग नेपालमा जसरी जुनसुकै राजनीतिक दल, संघ, संगठनले पनि आप्mनो विचार, दर्शन, सोच, चिन्तनका धारामा प्रवाहित नहुने र अन्य पार्टी वा धाराकै व्यक्ति, शक्ति, दल, संगठनलाई “राष्ट्रघाती” भन्ने आरोप आक्षेप लगाउनु सामान्य गालीको विषय बनिसकेको देखिंदै आएको छ । उहिले “राजद्रोही, अराष्ट्रियतत्व, गद्दार” आदि इत्यादि जुन शब्दावली बढी प्रयोग गरिन्थ्यो, अहिले त्यसलाई “राष्ट्रघाती” र “विदेशी दलाल” भन्ने शब्द बढी प्रयुक्त हुने गरेको सुनिन्छ । फरक वा परिवर्तन शब्दावलीमा बाहेक सारमा उहिलेदेखि अहिलेसम्म परिवर्तन आएको देखिन्न ।

यद्यपि नेपालमा “राष्ट्रघाती” को आवरण वा गूँडभित्र गोरा अंग्रेजी साम्रान्यवादीदेखि उनका पूर्वदास काला अंग्रेजहरुसम्मले नेपाली शासन सत्ता संचालकहरुको रुपमा आप्mना वचेरा पहिले पनि जन्माए, हुर्काएका थिए । आज तिनको वथान नै यत्र तत्र सर्वत्र देखिंदोछ । जंगबहादुरदेखि मोहनसम्शेरसम्मले गरेको त्यही “अंग्रेज भक्ति” ले गर्दा “अंगे्रजहरुले भारतबाट फर्किनु पूर्व “नेपालको पूर्वको सीमा समुद्रसम्म पु¥याई दिने” वचन दिएका थिए । तर जुद्धशम्शेर र मोहनशम्शेरले “यही राज्य त थामिखान धौ–धौ परेको छ, कहाँ समुद्रसम्मको राज्य धान्न सक्छौं र प्रभू !” भनेर “अस्वीकार गरेको” भन्ने जुन श्री ३ हरुको इतिवृत्तान्तमा जुन उल्लेख छ, त्यस्लाई राष्ट्रघातको जीवन्त र ज्वलन्त उदाहरण भन्ने, नभन्ने ? 

त्यस्तै अहिले “महेन्द्रको राष्ट्रवाद” लाई कालापानी र सन् १९६५ को गोप्य सुरक्षासन्धी (?) राष्ट्रघातको एउटा उदाहरणका रुपमा उठाउने गरिन्छ । त्यसलाई राष्ट्रवादको रक्षार्थ गरिएको कार्य” को रुपमा लिने कि राष्ट्रघात नै भन्ने ? त्यो सबैलाई इतिहासका अध्येता र विश्लेषकहरुले कसरी हेर्लान् ? त्यस्को मूल्यांकन गर्ने कामको जिम्मा अव सन्तानहरुलाई नै छोडौं । 

तर आज खासगरी गणतन्त्रात्मक संघीय शासनप्रणालीको सूत्रपात भएयता हरेक दलका नेता वा समूहमाथि एकले अर्कोलाई “राष्ट्रघाती” भन्ने आरोप आक्षेपको लाठो प्रहार गर्ने प्रतिस्पर्धा नै मच्चिएको देखिन्छ । त्यो सन्दासुन्दा त्यस्ले आपूmलाई नेपालको पश्चिम क्षेत्रतिरको जागीरको दौरान देखे, सुनेको घटना वा परिदृश्य प्रस्तुत गर्न वाध्य परेको मन लागेको छ । 

नेपालको पश्चिम दाङ र सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लाको अनुभव उल्लेख गरौं । अनुभव झण्डै तीन दशक अघिको हो । अहिले के छ, थाहा छैन । जेहोस्, त्यहाँ त्यसताका पुस्तौंदेखि देहव्यापार गरी जीवनयापन गर्ने एउटा “अद्र्धघुमन्ते” जाती, समुदायको ठूलै संख्यामा उपस्थिति थियो । सायद आज पनि होला (?) त्यो समुदाय अन्य समाज, जातीबाट “तल्लो जातजातिका” भनेर झण्डै छोइछिटो नै गरिन्थ्यो । भलै मुलुकी ऐनले २०२० सालदेखि नै छोइछिटो र जातीय विभेदलाई प्रतिबन्धित गरेको र दण्डित गर्ने कानूनी व्यवस्था गरेको भएपनि  । आजभन्दा १८।२० वर्ष पहिलेसम्म पनि त्यो सबै दण्डनीय कुप्रथा पेशा जीवन्त थियो रे ! त्यतातिर । 

उक्त जाती, वर्ग, समुदायको स्तर र चरित्र एउटै भएकोले हो कि, अन्य व्यापार, व्यवसायमा जस्तो प्रतिस्पर्धाको कारणले हो ? त्यो वस्ती दिनभर शान्त, सुनसान देखिन्थ्यो । सबै मान्छेहरु आ–आप्mनै काममा लाग्थे । साँझ परेपछि झगडा मच्चिन्थ्यो र सधैंजसो एकले अर्कोलाई धारेहात लगाउँदै र सत्तो सराप गर्थे । सुन्नै अशोभनीय, अशिष्ट, तुच्छ र फोहोरी शब्दहरु प्रयोग गरी गाली गर्दै भट्याउने गरेका हुन्थे । एकातिरबाट “तँ राँड कुनै धर्म, शर्म केही बाँकी नराखी जोसँग पनि सुत्ने गर्दैआएकी होस् र ! तँ त्यसरी दुनियासँग सुत्दासुत्दै र वेश्यावृत्ति गर्दागर्दै सडेकी, कुहेकी र रोग लागिसकेकीले मलाई भन्ने”, गर्थे । अर्कोतिरबाट झण्डै त्यस्लाई मात गर्नेगरी, शब्दकोशका गाली गर्ने शब्दभन्दा पनि बढी, अश्लील शब्दको वर्षा गरेर गाली गरिरहेका हुन्थे । तर भोलीपल्ट त फेरी तिनीहरु स्वाभाविकरुपमा हाँस्दै, वार्तालाप गर्दै हाट बजार गर्दै हिंडेको देखिन्थ्यो । 

अहिले त्यो सबै परिदृश्य, मधेस–तराई र राजधानीतिर सबै दल, व्यक्ति र नेताले मात्र प्रस्तुत गरेका पुनरावृत्ति छैनन् । संचारमाध्यममा समेत वान्ता आउने गरी झण्डै सबैले सबैसँग आपसमा सम्बन्ध बिग्रियो कि, एकले अर्कोलाई विदेशीको “दलाल, गद्दार, राष्ट्रघाती भनेको देख्नु, सुन्नु परिरहेको छ । एकले अर्कालाई “सत्ता, शक्ति, स्वार्थ र सन्नतिको वृत्तिविकासका लागि छिमेकीको चरणदास बन्न गएको” आरोप लगाएको सुनिन्छ । संवत आजसम्म त्यस्तो अरोप आक्षेपबाट चोखो रहेको वा आक्षेप कुनै पनि दल र नेताले नखेपेको नहोला । तर बिडम्बना ! कसैले पनि आपूmमाथि लागेको आरोपलाई भूmठोसावित गर्नेभन्दा अर्कालाई त्यसको दोब्बर तेब्बर नफर्काएको पनि नहोला । 

केही समय अघिमात्रै सार्वजनिक संचारमाध्यममा नै आएको थियो “नेपालका कुनै पनि सरकार प्रमुखले आप्mनो छिमेकी मुलुकको औपचारिक अनौपचिारिक भ्रमणमा जाँदा एकान्तवार्ता (वान् टू वान्) गर्ने र त्यस्तो वार्ता गर्दा आप्mनो मुलुकको राष्ट्रिय समस्याको कुरा नगरी आपूm र आप्mना नातागोता, इष्टमित्रको वृत्तिविकासका लागि लामो सूची पेश गर्नकै लागि आउने गरेका छन् । त्यसको अपवादको रुपमा मनमोहन अधिकारी मात्र एउटा देखिए, भेटिए” । 

एकातिर आपूm जतिसुकै उच्चतहको राजनीतिक संवैधानिक वा प्रशासनिक पदमा पुगे पनि एउटा सहसचिव वा सो सरहको राजदूतलाई कुनै पनि कूटनीतिक मर्यादाको ख्यालै नराखी “त्वमेव माता च पिता त्वभेव” शैलीमा खुट्टा ढोग्न पछि पर्दैनन् । तर तिनै (आपूm र आफन्तको नितान्त व्यक्तिगत स्वार्थ पूरा गरिदिन खुट्टा ढोग्ने) अर्कोतिर “राष्ट्रिय स्वार्थ, स्वाभिमान, स्वतन्त्र अस्तित्व, अस्मिताको रक्षाका लागि आपूm र आप्mनो पार्टी–समूह बाहेक कोही इमान्दार छैन” भन्ने गर्छन् । त्यस्तो “मपाईंवादी” र “प्रचण्ड पाखण्डवादी” महारोगले आज सबै राजनीतिक दल, समूह, नेता मात्र ग्रस्त भएको होइन, छैनन् । यो देशका प्रायः संवैधानिक प्रशासनिक सुरक्षाकर्मीको अगुवादेखि चौथो अंग समेत ग्रस्त देखिन थालेका छन् । 

त्यतिमात्र पनि होइन । २०४६ सालको लगत्तैदेखि नै “मानवाधिकार, संघीयता, समानुपातिकता, धर्मनिरपेक्षता, जातीय, क्षेत्रीय, भाषीय, स्वतन्त्रता, स्वायत्तता” का नारा लगाउनेहरुका माध्यमबाट “विभिन्न जाति, वर्ग, समाज, समुदायका महिला, वालवालिकाहरुको स्वास्थ्य, चेतना सुधार गर्ने, जीवनस्तर उठाउने, शिक्षा–दिक्षाको वातावरण निर्माण गर्ने” आदि नाममा वहानामा विभिन्न नामका गै.स.स. र अ.गै.स.स.हरु नेपालको राजधानी र मोफसलका सदरमुकाम शहरबजार भित्र मात्रै सीमित छैन । २०४६ सालको परिवर्तन पछि प्रत्येक गाउँ, वडा, वस्ती एवं सीमान्तकृत जाति, वर्ग, समुदायका घर, छाप्रो, बुकुरोसम्म सलह वा छिचिमिराका बथानजस्तो गरी पुगेर घुसेर जसरी “सामाजिक परिवर्तन र समुत्थान” का नाममा धर्म परिवर्तनको महाभियान सशक्तरुपमा अघि बढाइरहेछन्, त्यो अझ राष्ट्रिय एकता, सद्भाव र स्वतन्त्रता, स्वाभिमानको लागि सबैभन्दा घातक हो” भन्नेतिर राज्य सत्ताको पटक्कै हेक्का नराख्ने प्रवृत्ति र विकृति कम राष्ट्रघाती होइन, छैन । 

दुर्भाग्य ! आज “यो देशलाई छिमेकीको दवाव र प्रभावबाट मुक्त र स्वतन्त्र राख्नुपर्ने” हल्ला (प्रपोगण्डा) मच्चाएर डलरको खेती गर्ने तत्व, शक्ति, व्यक्तिहरुको सम्पूर्ण गतिविधि र कृयाकलाप पनि कम राष्ट्रघाती छैन । ऊ नेपालको राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा सुधारका गुलिया, रमाइला र मन छुनेकुरा गरेर दूरगामी रुपमा नेपालको परम्परागत सामाजिक, सद्भाव, एकता र मौलिक रुपलाई जगैदेखि भत्काउने र दुर्भाव पैmलाउने भूमिका खेल्न जसरी सकृय छ, त्यो पनि कम “सफेद पोशी प्रच्छन्न राष्ट्रघाती” छैन, होइन भन्ने लाग्छ ।  

आज यसरी यो देशको सम्पूर्ण “पाटो, परिवेश, गति, प्रगति, दिक्षा, दशा” समष्टिलाई महाभारतको एउटा उपेक्षित एकान्तवासी “बार्बरिक” नामको पात्रको आँखाले हेरे स्पष्ट र छरप्रष्ट देखिन्छ । “नेपाल र राष्ट्रलाई नेपाली राष्ट्रियताशून्य संघीय लोकतान्त्रिक स्वायत्त राज्य बनाउन” अहनिर्देश लागिपरेका सबै अनुहार राष्ट्रघातीकै वथान रहेछ । यसरी नियाल्दा को राष्ट्रवादी र को राष्ट्रघाती ?” कस्ले वर्गीकरण र सम्परीक्षण गर्ने ? 

किनकि हामी सबै “हम आप नङ्गे है” चोर है भूखे है राष्ट्रघाती है” भनेर भन्नै पर्ने स्थितिमा पुगेभैंm लाग्छ । यस्को अपवादमा पर्ने गनिनेको संख्या नै नभएको त नहोला । तर त्यस्को संख्या कति होला !


Rating (Votes: )   
Share     Print


Other Articles:
जनचाहना समान अवसर हो, संघ शासन हैन (12.20.2016)
मधेशी मोर्चाको अन्तिम साध्य के ? (12.20.2016)
संविधान संशोधन प्रस्ताव र राष्ट्रियताको प्रश्न (12.20.2016)
समस्याको मूल जरो संघीयता (12.07.2016)
वर्तमान समस्याको समाधान २०४७ को संविधान (?) (12.07.2016)
संशोधन प्रस्तावले संगीन स्थिति ल्याएको छ (11.29.2016)
मन्त्री हुँदैमा ज्ञान पलाउने हैन होला त ? (11.23.2016)
लोकतान्त्रिक–गणतन्त्रको आवरणभित्र मौलाउँदै गएको सामन्तवाद (11.23.2016)
सार–संक्षेपमा वैदिक संस्कार (11.08.2016)
यस्तै हो भने योग्यले चुनाव नै जित्दैनन् (11.08.2016)
भारतका राष्ट्रपतिको राजकीय भ्रमणबारे घोत्लिंदा (11.08.2016)
दशैंको परम्परा र जीव–जगत् (10.05.2016)
सन्तानलाई “विजयादशमीको शुभकामना” दिंदै गर्दा (10.05.2016)
पूर्वीय जीवनशैलीमा अङ्ग संस्कार र चूडाकर्म (09.27.2016)
शाश्वत स्वरुप र मान्यता मेटेर मेटिंदैन (09.27.2016)
फेरी पनि कर्णालीतिरै फर्किएपछि (09.27.2016)
यस्तै हो भने यो नाशिने र मासिने मेसो मात्र (09.20.2016)
वैदिक सनातन धर्मको एक सूत्र : संस्कार (09.20.2016)
“२ किलो चामल” हैन, ऋण देऊः देशलाई समृद्धि दिनेछ “गरीब कर्णाली”ले (09.20.2016)
प्रजातन्त्रका जरा त्यसै सुक्नथाले (09.13.2016)



 
::| Latest News

 
[Page Top]