युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
प्रधानमन्त्री कसको हितमा काम गर्दै हुनुहुन्छ ?
Wednesday, 01.04.2017, 11:58am (GMT+5.5)

- महेश्वर शर्मा
पहिले राजनीतिक दल सिद्धान्त, आस्था र उद्देश्यका आधारमा गठन हुन्थे । कार्यकर्ता पनि अनुशासित भएर जनताका सुख–दुःखमाा सामेल भएर निःस्वार्थ सेवा गर्थे । तर आजको स्थिति अर्कै छ । आज नेताहरु नै जात–धर्म र प्रान्तका आधारमा पार्टी खोलिरहेका छन् । जातीय राज्य दिन्छौं भन्ने नेता र पत्याउने जनता पनि देखिंदैछन् । यसको अर्थ अब राजनीतिक दलको आधार खलबलिएर सिद्धान्त, आस्था र उद्देश्य पाखा लागे । यो राष्ट्रको एकता र सद्भाव चुँडाउने अभ्यास हो । बुद्धिजीवीले समेत बुझपचाउन थालेको अवस्था देखिंदैछ । यथार्थमा प्रजातन्त्र ‘बादरको हातमा नरिवल’ भने जस्तै भएको छ । साम्राज्यवादीका चकचकीमा समेत पृथक र स्वतन्त्र अस्तित्व जोगाउन सक्षम नेपाल आज  राष्ट्रको अखण्डता र स्वतन्त्र अस्तित्व जोगाउन पनि सक्ने हो कि होइन भनेजस्तो अवस्थामा देखिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल यतिखेर बाहुन–क्षेत्रीले शोषण गरेका हुनाले म जनजातिका लागि लड््दैछु भनेर साम्प्रदायिकता फैलाउँदै हिंडेका छन् । उनले प्रधानमन्त्री पद किन कुनै जनजातिलाई दिंदैनन् ? के हो जनजाति भनेको ? जनता भड्काउने निचतातिर लाग्नुभन्दा सम्पूर्ण नेपालीलाई योग्य र सक्षम बनाउने काम किन गर्दैनन् ? रुकुम–रोल्पातिर गएर मगरहरुलाई भड्काउने, तराईमा गएर मधेशी हुँ भन्नेहरुलाई उचाल्ने काम प्रधानमन्त्री पदमा बसेकाले गर्ने काम हो ? पृथ्वीनारायण शाहले ‘नेपाल सबै जातको साझा फूलबारी हो, सबै मिलेर जोगाउनुपर्छ’ भन्ने, तर आजका प्रधानमन्त्रीले चाहिं एउटा जात बिरुद्ध अर्को जातलाई जुधाउन खोज्ने– यो कुन तरिका हो ? क्रिसमसमा राज्यले सार्वजनिक बिदा दिने, तर पृथ्वी जयन्तीको विदा काट्ने ? कार्लमाक्र्सको द्विशतवार्षिकी धुमधामसंग मनाउने दाहालले पृथ्वीजयन्ती नमनाउने यो त कृतघ्नताको पनि पराकाष्ठा हो । पुष्पकमलजी कसको हितमा काम गर्दैछन् ? आफ्नो राष्ट्र, आफ्नो पुर्खाको गौरब र स्वाभिमान बेचेर खाने यो कस्तो दानवी प्रवृत्ति हो ? आफ्नो घर आफैंले भत्काउन खोज्ने कुलंघार प्रवृत्तिले के संकेत गर्छ ? तागत छ भने संशोधन प्रस्ताव फेल गराएर देखाउनु भनेर प्र.म. दाहालले त्यसै चुनौति दिएका होइनन् होला, बहुमत पु¥याइदिन्छौं भन्नेहरुकै आडमा बोलेको हुनुपर्छ । विराटनगरे कांग्रेसीहरु भने कसको डरले हो कुन्नि, चवाई चवाईकन बोलिरहेका छन् ।

प्रधानमन्त्रीले संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन त्यसै भनेका छैनन् । त्यसैमा उनले पद अडिएको छ । फिर्ता गरेमा भारत रिसाउँछ र उसले काजमा पठाएकाहरुले समर्थन फिर्ता लिनासाथ आफ्नो पदै जाने खतरा हुनाले उताको अनुमति नपाएसम्म फिर्ता लिएर जानाजान जोखिम निम्त्याउन उनी चाहँदैनन् । यता एमाले गठबन्धनले पनि नाक जोगाउन संशोधन प्रस्ताव फिर्ता नलिएकन संसद चल्न नदिने अडान लिंदैआएकामा अब सो प्रस्ताव स्थगित मात्र गरे पनि मान्ने पक्षमा देखिएको छ । संविधान संशोधन पनि कांग्रेसको पनि दह्रो अडान छैन, तैपनि इशारा आएमा थाती राख्ने सम्भावना छ । थाती राखे पनि आफ्ना एजेण्ट मार्फत ब्यूँताएर मौकामा कचिङ्गल उठाउने ठाउँ सुरक्षित राख्ने मुराद नहोला भन्न सकिंदैन । त्यसैका लागि त्यत्रो नाकाबन्दी गरेर सताउँदा पनि नेताहरु घुँडा टेकिरहेको देखेर जनता विश्वस्त हुन सकिरहेका छैनन् । जनताको देशभक्ति देखेर पनि नेताले सिक्नुपर्ने थियो, तर सत्ताको लोभमा नेता अन्धा भएका छन् । जनता नै होसियार भएमा मात्रै देशको अखण्डता र स्वतन्त्र अस्तित्व जोगिन सक्छ, नत्र नेताको कुनै भर भएन । देश जनताको हो कि नेताको मात्रै ? नेतामा हिम्मत र इमानदारी छ भने संघीयता र धर्मनिरपेक्षताबारे जनमत संग्रह गरुन् ।

यहाँ नेता, मन्त्री, सांसद सबैलाई आफ्नै सुखसुविधाको मात्रै खोजी छ, देश र जनताको खोजी छैन । अरु कुरामा भारतको नक्कल गरेर नथाक्ने नेता, लिने खाने कुरामा भने भारतीयभन्दा दशहात माथी छन् । सन् १९६५ मा भारतीय सांसदहरुको सुविधा थप्ने बिधेयकलाई तत्कालीन राष्ट्रपतिले स्वीकृत गरिदिएका थिए, यद्यपि त्यो प्रस्ताव दुबै सदनबाट पास भएको थियो । तर, नेपालमा राष्ट्रपति रामबरण यादवले भूतपूर्व (असफल) पदाधिकारीलाई आजीवन विलासी जीवन बिताउने सुविधा दिन बनेको अध्यादेश बडो फुर्तीसाथ स्वीकृत गरेका थिए भने हालै पनि राष्ट्रपति विद्या भण्डारीले पनि त्यस्तै फूर्तिसाथ सांसद सुविधा–भत्ता बढाउने विधेयक स्वीकृत गरिन् । “नियम गर् ध्यान गर, खानैका लागि” भनेझैं यिनीहरुको ध्यान आफ्नै सुखसयलका लागि केन्द्रित छ । यस्तो स्थितिमा देश अधोगतितिर लाग्नु स्वाभाविक भएको छ ।

सरकारमा जानेहरु देशका आवश्यकता र जनताका चाहना बुझेर काम गर्दैैनन् । सरकारमा अडिने मात्र उपायको खोजीमा छन् । त्यो उपाय पनि जायज भए त हुन्थ्यो, घुस्याहा, हुल्याहा र बाहुबलीले मात्रै बलजफ्त गर्न थालेपछि सरकारी ढुकुटीबाट मुखबुजो लगाउने काम गर्छन् । यहाँ अपराधी, कमिशनखोर र तस्कर व्यापारीकै बोली सरकारले सुन्छ । हुन पनि अपराधी– हत्यारा, अपहरणकारी, बलात्कारी, गुण्डा नाइके जस्ता धेरै व्यक्ति मन्त्री पदमा आसीन भैसके । बोल्न नसक्नेहरु यहाँ मरिरहेका छन् । जनतालाई समाजवाद सुनाउँछन् । त्यो भनेको कहिल्यै साकार नहुने र पानीमा देखिने जून जस्तै हो । जनतालाई भ्रममा पार्ने र आफ्नो दुनो सोझ्याउने काम मात्रै गरिरहेका छन् । प्रत्येक नेताले आफूले नराम्रो गरेको पनि ठीक र अर्काले राम्रै गरे पनि बेठीक सम्झेका छन् । नेतृत्वमा पनि सदाकाल मै मात्र रहनुपर्दछ, सत्तामा पनि मै मात्र बस्नुपर्छ भन्ने खालको हाँडीघोप्टे मनोरोगबाट ग्रस्त छन् । आजको राजनीति नै सत्ता र सम्पत्तिमा केन्द्रित भएकाले सबै कुरा विग्रेको हो ।

आज देशमा जेजस्तो गञ्जाजोल छ, त्यसको मूलकारण जवर्जस्ती लाद्न खोजिएको संघीयता नै हो । नेपालमा सधैं यसरी नै अन्तःकलहमा सबैलाई उल्झाएर उछारै नदिने अनि सिमानामा बाँध बाँधेर डुबानमा पारेका समस्या, सीमा अतिक्रमण, सुस्ता–महेशपुर, कालापानी जस्ता समस्यामा सोच्नै नपाउने स्थिति ल्याइदिने, यहाँ कुनै पनि कलकारखाना चल्न र उत्पादन हुन नदिएर नेपाललाई सधैं आफ्नो एकाधिकार बजार बनाउने भारतका डिजाइन अनुसार यहाँका नेता नै परिचालित छन् । संघीयताकै कारण कहिल्यै नभएको जात–धर्म र प्रान्त विभाजन जस्ता झमेला निकालेर सताउन र फटाउन खोजेका छन् । पुष्पकमल नै गोटी बनेका छन् भने अरुको के कुरा ! अरु नै कारणबाट सुरु गरिएको संघीयता अहिले भारतलाई नै घाँडो भएको स्थितिमा त्यो भालुको कम्पट नेपाललाई भिराउन खोज्दैछन् । भारतको राम्रै राप र ताप पाएर नै पुष्पकमल रौसिएका छन् । आफू भारतीय षडयन्त्रको मोहरा बन्नु अघि नै उनले कांग्रेस र एमालेको बुद्धि भुटिसकेकाले आफ्नो वर्चश्व कायम गर्न जे गर्न पनि तयार देखिन्छन् । एमाले ब्यूँझे जस्तो देखिए पनि कुर्सी गुमेको तोडले मात्रै हो कि यथार्थमै ब्यूँझेको हो ? हेर्न बाँकी छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
संसदभित्रको परिदृश्यले दिएको सन्देश के ? (01.04.2017)
माओवादीका हुण्डरीमा जनतालाई सास्ती (12.29.2016)
को राष्ट्रवादी, को राष्ट्रघाती ? (12.29.2016)
जनचाहना समान अवसर हो, संघ शासन हैन (12.20.2016)
मधेशी मोर्चाको अन्तिम साध्य के ? (12.20.2016)
संविधान संशोधन प्रस्ताव र राष्ट्रियताको प्रश्न (12.20.2016)
समस्याको मूल जरो संघीयता (12.07.2016)
वर्तमान समस्याको समाधान २०४७ को संविधान (?) (12.07.2016)
संशोधन प्रस्तावले संगीन स्थिति ल्याएको छ (11.29.2016)
मन्त्री हुँदैमा ज्ञान पलाउने हैन होला त ? (11.23.2016)
लोकतान्त्रिक–गणतन्त्रको आवरणभित्र मौलाउँदै गएको सामन्तवाद (11.23.2016)
सार–संक्षेपमा वैदिक संस्कार (11.08.2016)
यस्तै हो भने योग्यले चुनाव नै जित्दैनन् (11.08.2016)
भारतका राष्ट्रपतिको राजकीय भ्रमणबारे घोत्लिंदा (11.08.2016)
दशैंको परम्परा र जीव–जगत् (10.05.2016)
सन्तानलाई “विजयादशमीको शुभकामना” दिंदै गर्दा (10.05.2016)
पूर्वीय जीवनशैलीमा अङ्ग संस्कार र चूडाकर्म (09.27.2016)
शाश्वत स्वरुप र मान्यता मेटेर मेटिंदैन (09.27.2016)
फेरी पनि कर्णालीतिरै फर्किएपछि (09.27.2016)
यस्तै हो भने यो नाशिने र मासिने मेसो मात्र (09.20.2016)



 
::| Latest News

 
[Page Top]