युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 02:30pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
पूँजीवादको उपहार हो जलवायु परिवर्तन : यादब देवकोटा
Tuesday, 12.20.2011, 10:35am (GMT+5.5)

विश्व जलवायु परिवर्तनले आगामी दिनमा कस्ता कस्ता समस्या सिर्जना गर्दछ भन्ने स्पष्ट सूचना कसैले पनि दिन सक्दैन । जलवायु परिवर्तनको प्रभाव धेरै पहिलेदेखि नै सुरु भएको भए पनि हालका दिनमा आएर यसको प्रभाव ह्वात्तै बढ्न पुगेको छ । समुद्र सतह बढ्नु, हिमालका हिउँ पग्लँदै जानु यसको सबभन्दा नकारात्मक प्रभाव हो । आखिर यस्तो किन भैरहेछ भन्ने प्रश्नको उत्तर सबैसंग छ तापनि निराकरणको उपायमा अनेक व्यवधान खडा भैरहेका छन् । पूँजीवादको पुरस्कारका रुपमा जलवायु परिवर्तनलाई लिन थालिएको छ । उपभोक्तावादी शैली र व्यापारिक सोच तथा दम्भ प्रदर्शनको होडवाजीले जलवायु परिवर्तनका लागि सहायक भूमिका निर्वाह गरिरहेको छ । विश्वमा औद्योगिकीकरणको सुरुवातसंगै जलवायु परिवर्तन सुरु भएको हो । तीब्र औद्योगिक विकास गरिरहेका मुलुक नै जलवायु परिवर्तनका लागि सर्वाधिक जिम्मेवार छन् । यसले गर्दा ती मुलुकहरू पनि यसको पञ्जामा जकडिन पुगेका छन् ।

जलवायु परिवर्तनको प्रभावको स्थिति यति नाजुक देखिन थालेको छ कि राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप)द्वारा प्रकाशित सन् २००९ को वार्षिक प्रतिवेदनले सन् २००७ को भन्दा सन् २००८ मा विगत तीन दशककै सबैभन्दा कम अर्थात् १० प्रतिशत बढी क्षेत्रमात्र बरफले ढाकेको जनाएको छ । प्रतिवेदनले दुवै वर्षको तथ्याङक तुलनायोग्य समेत नभई अत्यन्त न्यूनस्तरमा पुगेको औंल्याएको छ । प्रतिवेदनमा भनिएको छ– “लगातार द्ुई वर्षदेखि उत्तरी क्यानाडाली द्वीप हुँदै जाने उत्तरपश्चिमी मार्गमा बरफ नै जम्मा भएन ।

ग्रिनल्यान्ड क्षेत्रको बरफ पग्लेमा समुद्को सतह नै छ मिटर उचालिने सम्भावना रहन्छ भन्दै प्रतिवदेनमा स्वाभाविक पग्लने क्रमभन्दा तीब्र रहेको अर्थात् प्रत्येक वर्ष झन्डै १०० क्युविक मिटर बरफ पग्लिरहेको देखाइएको छ । प्रतिवेदनमा पश्चिमी आर्कटिक क्षेत्रको बरफसमेत सन् १९९६ देखि २००६ सम्मको अवधिमा ६० प्रतिशत गुमेको उल्लेख छ । अन्र्टार्कटिक प्रायद्वीपमा भने बरफ पग्लने क्रम १४० प्रतिशतले बढेको छ । त्यसै गरी जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी निकाय (आइपिसिसी) को सन् २००७ को अध्ययनमा आगामी शताब्दीभित्रै समुद्री सतहको उचाइमा १८ सेन्टिमिटरदेखि ५९ सेन्टिमिटरसम्म वृद्धि हुने देखाइएको छ । तर धेरै अनुसन्धाताले ग्रिनल्याण्ड र अन्र्टार्कटिका क्षेत्रमा भइरहेको बरफ पग्लने क्रमले केही समुद्री क्षेत्रको उचाइमा अझ वृद्धि हुने उल्लेख गरेका छन् । ग्रिनल्याण्ड क्षेत्रबाट मात्र आगामी शताब्दीमा बरफ पग्लने क्रमले दुई मिटरसम्म समुद्री सतहको उचाइ बढ्ने केही अध्ययनले देखाएको छ भने एक अध्ययनले ८० सेन्टिमिटरदेखि १.५ मिटरसम्म बढ्ने अनुमान गरेको छ । एक मिटरसम्म समुद्री सतहको उचाइ बढेमा दसौं लाख मानिस विस्थापित हुनेछन् । यीमध्ये अधिकांश रुपमा बङगलादेश, प्ूर्वी चीन र भियतनामका करिब एक करोड, युरोपका एक करोड ४० लाख तथा अफ्रिका र दक्षिण अमेरिकाका ८० लाख मानिस विस्थापित हुनेछन्
जलवायु परिवर्तनको प्रभाव कुन समयमा कति पर्छ भन्ने आ–आफ्नै किसिमका अध्ययन प्रतिवेदनहरू सार्वजनिक हुने गरेकोमा कुनै शंका छैन । युरोपेली मुलुकहरूको एकथरि प्रतिवेदन हुन्छ भने अमेरिकाको अर्कोथरि । आफ्नो मुलुकको आर्थिक क्षेत्रलाई जलवायु परिवर्तनको नाममा कतैबाट कुनै अवरोध सिर्जना नहोस् भन्नकै लागि करोडौं खर्च गरेर प्रतिवेदनहरू तयार गर्ने गरिएका छन् । जलवायु परिवर्तको प्रभावको सामना गर्नुपर्ने समय धेरै टाढा छैन तापनि यस दिशातिर कसैले पनि महत्व दिएका छैनन् । संचार माध्यमहरूमा आएका अध्ययन प्रतिवेदनहरूलाई आधार मान्ने हो भने यही दशकमा जलवायु परिवर्तनले हाहाकार मच्चाउने छ । सन् २०२० सम्म विश्व जलवायु परिवर्तनका कारण पाँच करोडभन्दा बढी मानिस घरबार विहीन हुने बताउन थालिएको छ ।

अमेरिकाको वाशिंगटनमा पछिल्लो समय सम्पन्न वैज्ञानिक सम्मेलनले निकालेको तथ्य अनुसार यसै दशकमा पाँच करोड मानिस भोकमरीका कारण मृत्युको मुखमा पुग्नेछन् । संयुक्त राष्ट्रसंघले  पनि २०२० सम्म पाँच करोडभन्दा बढी मानिस पर्यावरणीय शरणार्थी बन्ने अनुमान गरेको छ । यी मानिसहरू आफ्नो घरबार छाडेर उत्तरी क्षेत्रतर्फ लाग्नेछन् । यसले अर्को समस्या सिर्जना गर्नेछ । खाद्यान्नको प्रचूर अभावका कारण कल्पनै गर्न नसकिने मृत्युलीलाको सामना गर्नुपर्ने हुन्छ ।
जलवायु परिवर्तनको असरका बारेमा जतिसुकै तथ्यांक र प्रतिवेदन सार्वजनिक गरिए पनि र प्रभावका बारेमा जतिसुकै अनुमान गरिए पनि यसले आफ्नो रुप देखाइसकेको छ । यसको पहिलो प्रभाव भनेको खाद्यान्न र पानीमा परिसकेको छ । जलवायु परिवर्तनको प्रभावकै कारण युरोपमा अफ्रिकाबाट शरणार्थी आउन थालेका छन् । दक्षिण, दक्षिण पूर्वी एसिया र अफ्रिकी मुलुकहरू जलवायु परिवर्तनका कारण सर्वाधिक प्रभावित हुनेमा सूचीकृत गरिएका छन् । बढी भन्दा बढी गरिबी बस्ने यो क्षेत्रका बासिन्दाको जीवन धान्ने पेशा भनेकै कृषि र वनजंगल हुन् । यतिबेला कृषि चक्रमा आइरहेको परिवर्तनका साथै बढ्दो जनसंख्या, वनजंगलको विनास, माटोको उर्बरा शक्तिमा आएको कमी तथा रोगव्याधीका कारण कृषि उत्पादन घटिरहेको छ । अमेरिकी कृषि मन्त्रालयले हालै जारी गरेको एक सूचना अनुसार चिसो र तातोपनमा भैरहेको कमीका कारण बोट बिरुवामा लाग्ने रोगहरू निवारण गर्न गाह्रो भैरहेको छ । जतिसुकै औषधि उपचार गरे पनि तापक्रममा आएको घटबटले गर्दा बोट विरुवालाई रोगी बनाउने कीराहरू लामो समयसम्म जीवित रहन थालेका छन् । अर्कोतिर वर्षामा पनि प्रचूर प्रभाव परेको छ । खेती भित्र्याउने बेलामा पानी पर्न थालेको छ । जसले गर्दा खाद्य सुरक्षामा गम्भीर असर पु¥याइरहेको छ । यो समस्या कुनै एक निश्चित मुलुकको मात्र होइन । नेपालले विगत केही वर्षयता यस्तै समस्याको सामना गर्नु परिरहेको छ । मुलुकको प्रमुख खाद्यान्न बालीको रुपमा रहेको धान खेती हुने मुख्य क्षेत्रहरूमा धान भित्र्याउने बेलामा मुसलधरे पानी परेर खेत डुबाउने गरेको छ । यसको कारण भनेको वातावरणीय सन्तुलन कायम गर्न नसक्नु नै हो ।

अहिले वायुमण्डलमा कुल हरितगृह ग्यासको ८० प्रतिशत ओगटने कार्वनडाईअक्साईडको सन १९७० यता ७० प्रतिशतले बृद्धि भएको छ । यसरी वायुमण्डल तातिंदै गइरहेको छ र विश्वमा स्थानअनुरुप जलवायु परिवर्तनका असरहरू देखा परिरहेका छन । पानी पर्ने समय र अवधिमा परिवर्तन आउनुका साथै खडेरी, अल्पवृष्टि, अतिवृष्टि, खण्डवृष्टि भोग्नु परिरहेको छ । हिमनदीहरू पातलिंदै र छोटिंदै गएको र हिमतालको संख्या र घनत्व बढदै गएको देखिएको छ भने पानीका स्रोतहरू सुक्दै जान थालेका छन् । यसले कृषि, जलस्रोत र मानवीय स्वास्थ्य र रहनसहनमा ठूलो नकारात्मक असर परिरहेको छ । दिन र रात दुबै पहिलेभन्दा ताता भैरहेका छन् । बढ्दो जनसंख्या, वन विनास, औद्योगिकरण, शहरीकरण र आणविक प्रयोगशालाबाट उत्सर्जन भइरहेका कार्वनडाईअक्साईड, मिथेन, नाइट्रसअक्साईड, क्लोरोफलोरोकार्वनको मात्रा वायुमन्डमा बढ्दै जाँदा तापक्रम बढदै गएको हो । वायुमन्डलमा हरितगृह ग्याससको मात्रा जति बढ्दै जान्छ– त्यतिकै अनुपातमा विश्वको तापक्रम पनि बढदै जान्छ ।

जलवायु परिवर्तन दुई कारणले हुने गर्दछ । पहिलो प्राकृतिक हो जुन ढिलो गतिमा हुन्छ र जसमा जीवको अनुकूलन गर्नसक्ने क्षमता हुन्छ । दोस्रो कारण मानवीय क्रियाकलाप हो यो छिटो–छिटो हुने गर्दछ र अनुकूलताको लागि अयोग्य हुन्छ । सूर्यबाट आएको ताप शक्ति पृथ्वीको सतहमा ठोक्किंदा केही अंश सतहमा सोसिन्छ र केही अंश परिवर्तन भएर अन्तरिक्षमा नै फर्कन खोज्दछ । तर पृथ्वीको वरिपरी रहेको पारदर्शी वायुमण्डलमा रहेका कार्वनडाइअक्साइड लगायतका ग्यासहरूले सो तापलाई सोसेर पृथ्वीको वायुमण्डलमा राख्दछ । यसले गर्दा पृथ्वीको ताप संचित बढन गई वायुमण्डलीय तापक्रममा बृद्धि हुन जान्छ । जसलाई हरितगृह प्रभाव भनिन्छ । यो प्रक्रिया निरन्तर चलिरहन्छ र आवश्यक पनि छ किनकि यदि यसो नभइदिएको भए हालको पृथ्वीको सरदर १५ डिग्री सेल्सीयस तापक्रमको सट्टामा –१८ डिग्री सेल्सीयस हुने थियो ।
प्राकृतिक रुपमा हुने परिवर्तनलाई जीव तथा वनस्पतिले आफूलाई सोही अनुसार परिवर्तन गर्ने क्षमता राख्दछ । तर अप्राकृतिक रुपमा सोच्दै नसोचेको परिवर्तन हुनथाल्यो भने त्यसलाई जीव तथा वनस्पतिले धान्न सक्दैन । एक ठाउँमा परेको जलवायु परिवर्तनको प्रभावले पृथ्वीको कुनै पनि कुनालाई प्रभावित पारिरहेको हुन्छ भन्ने कुरा सर्वमान्य तथ्य नै हो । विशेष गरी मानिसले खानेकुरा र पानीका लागि संघर्ष गर्दै बसाइँ सराइ गर्ने र त्यसले गर्दा अर्को क्षेत्रमा समेत सोही समस्या निम्तिने हुन्छ । त्यस्तो बेलामा खाना र पानीकै लागि ठूलो संघर्षको स्थिति आउँछ । यो समस्याबाट विश्वका गरिब मुलुकहरू त प्रभावित हुने नै भए अवसरको खोजी गर्दै धनी मुलुकहरूतिर उनीहरूको आकर्षण हुने हुँदा ती मुलुक पनि धान्नै नसक्ने समस्यामा बेरिने छन् ।
जसका कारण जलवायु परिवर्तनको अनपेक्षित स्थितिको सुरुवात भयो यसको शिकार पनि कालान्तरमा उनीहरू नै बढी मात्रामा हुनुपर्ने स्थितिको आँकलन भैसकेको छ । पूँजीवादको उद्गम थलोबाट पूँजीवादको उपहारको रुपमा रहेको जलवायु परिवर्तनको प्रभावबाट बच्नसक्ने कुनै प्राकृतिक सम्भावना छैन । हातहतियार निर्माणदेखि तीब्र औद्योगिकीकरण र बढीभन्दा बढी खाद्यान्न उत्पादन गरेर कृषि चक्रका साथै माटोको उर्बरा शक्ति समेत घटाउँदै जाने काम पूँजीवादी देशहरूले नै गरिरहेका छन् । यस्तो अवस्थामा जलवायु परिवर्तनको मुद्दालाई आ–आफ्नो स्वार्थ अनुकूल मात्र हेर्ने हो भने त्यसले पृथ्वीलाई जीवरहित पनि बनाउनसक्छ । अहिले हतियार र अन्तरिक्ष कार्यक्रममा खर्च गरिएको रकम मात्र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरणमा लगाउने हो भने सम्भावित भयावहतामा कमी आउन सक्छ ।

क्योटोको म्याद ५ वर्ष थपियो
सन् १९९७ मा गरिएको क्योटो अभिसन्धिको म्याद सकिन एक वर्ष बाँकी रहेका बेला दक्षिण अफ्रिकाको डार्बनमा सम्पन्न राष्ट्रसंघीय जलवायु सम्मेलनले सन् २०१७ सम्मका लागि अभिसन्धिको म्याद थपेको छ । सम्मेलनमा कानुनी रुपमा बाध्यकारी सम्झौता गर्ने सहमति पनि भएको छ । सम्मेलनमा कार्वन कटौतीको बाध्यकारी प्रावधान सहितको नयाँ सम्झौताका लागि अर्को वर्षदेखि प्रक्रिया थाल्ने, सन् २०१५ सम्ममा सम्झौतालाई अन्तिम रुप दिने र सन् २०२० देखि कार्यान्वयनमा ल्याउने सहमति भएको छ । सम्मेलनमा गरिब देशहरूको सहायताका लागि कोषको व्यवस्थापन गर्ने सहमति भए पनि रकम कसरी जुटाउने भन्ने बारेमा भने कुनै ठोस निर्णय हुन सकेन । युरोपेली युनियले गरेको कार्वन कटौतीको प्रतिबद्धतालाई क्योटो अभिसन्धिको प्रावधानभित्र कानुनी रुपमा बाध्यकारी बनाउने विषयमा भने सहमति भएको छ । सम्मेलनमा सहभागी राष्ट्रहरूबीच जलवायु सम्झौताकाबारेमा कडा मतभेद सिर्जना भएको थियो ।

खासगरी भारत र युरोपेली युनियनबीच नयाँ सम्झौताको मार्गचित्रका विषयमा मतभेद सिर्जना भएपछि सहमति जुट्नमा ढिलाइ भएको थियो । भारतले कार्वन कटौतीको बाध्यकारी सम्झौताको विरोध गर्दै आएको थियो । तर बाध्यकारी सम्झौताको विपक्षमा रहेको ब्राजील समेत लचिलो बनेपछि भारत पछिहट्न बाध्य भएको थियो । नयाँ सम्झौताको मार्गचित्र प्रस्तुत गर्नेमा युरोपेली युनियन, अति कमविकसित देशहरूको गठबन्धन तथा टापु राष्ट्रहरूको समूह थिए ।


Rating (Votes: )   
Share     Print


Other Articles:
परिणाम नसोची गरिएका सम्झौता नामका तम्सुक ! : महेश्वर शर्मा (12.20.2011)
सबै पार्टीभित्रका विपक्षीहरूलाई चेतना भया : तारा सुवेदी (12.20.2011)
जलवायु परिवर्तनको प्रभाव- जैविक विविधता र कृषि प्रणालीमा गम्भीर असर : यादब देवकोटा (12.13.2011)
अद्र्धभूमिगत प्रधानमन्त्रीको गज्याङगुजुङको सय दिन : तारा सुवेदी (12.13.2011)
भागवण्डाको राजनीति र भ्रष्टाचार : महेश्वर शर्मा (12.13.2011)
जलवायु परिवर्तनको प्रभाव, खाद्यान्न र पानीको ठूलो हाहाकार हुने भय : यादब देवकोटा (12.06.2011)
संविधानसभाले सर्वोच्चमाथि जाइलाग्नुको अर्थ हिट्लर जन्माउने षड्यन्त्र : तारा सुवेदी (12.06.2011)
केही खुद्राखाद्री सन्दर्भ र जनसामान्यका प्रश्न : महेश्वर शर्मा (12.06.2011)
क्योटो प्रोटोकलको प्रतिबन्धि धारा कार्यान्वयनमा जोड : यादब देवकोटा (11.28.2011)
लोकतन्त्र र अर्थतन्त्र दुवै हसपिसमा : तारा सुवेदी (11.28.2011)
जातिवादीहरू देश टुक्र्याउने भूमिका खेल्दैछन् : महेश्वर शर्मा (11.28.2011)
वैचारिक अस्थिरता र अन्योलको स्थिति : महेश्वर शर्मा (11.21.2011)
दक्षिण एसियाले आफ्नो परिचय बदल्नुपर्छ : यादब देवकोटा (11.21.2011)
विवेकपूर्ण पत्रकारिता गरौँ कि मित्रहरु ! : तारा सुवेदी (11.21.2011)
आ–आफ्ना स्वार्थको भारी बोकेर गन्तव्यमा पुगिदैन : यादब देवकोटा (11.14.2011)
डाइरेक्टर आफैं नाच्ने होइन, अरूलाई नचाउने हो : महेश्वर शर्मा (11.14.2011)
राष्ट्रपतिको काँधमा बन्दुक राखेर डा. भट्टराई सरकार ढाल्ने खेल : तारा सुवेदी (11.14.2011)
अग्रगामी संविधान लेखनमा सभासद्हरूको भूमिका : यादब देवकोटा (11.07.2011)
उपदेश होइन, उदाहरण बनेर देखाऊ : महेश्वर शर्मा (11.07.2011)
संविधान सभाले असंवैधानिकभन्दा वैधानिक बाटो रोज्नुपर्छ : तारा सुवेदी (11.07.2011)



 
::| Latest News

 
[Page Top]