युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:54pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
रा.प्र.पा.को एकीकरणदेखि महाधिवेशन पछिको परिदृश्यसम्म
Thursday, 01.12.2017, 01:32pm (GMT+5.5)

- तारा सुवेदी
“नेपालको वर्तमान गणतान्त्रिक व्यवस्थामा स्पष्टरुपमा पृथक्धारासँगै अघि बढिरहेको” भन्ने पहिचान बोकेको रा.प्र.पा.(नेपाल) र “कहिले, कुनै बेला, कुनै राष्ट्रिय विषयमा गणतन्त्रवादीतिर र कहिले राष्ट्रियता, प्रजातन्त्र र उदारवादको अमूर्त नारा बोकेर फरक बाटोबाट अघिबढ्दै, कुनै मुद्दामा रा.प्र.पा.(नेपाल) तिरको धारातिर पनि देखिंदै गरेको” (स्पष्टत द्वेधचरित्रको) रा.प्र.पा.बीच केही समय अधि एकीकरण भएको समाचार सार्वजनिक भएको थियो । त्यसरी एकीकरण भएको समाचार पत्रपत्रिकामा आएलगत्तै “दलहरुबीचको ध्रुवीकरणको सन्दर्भमा रा.प्र.पा.को एकीकरण” वा यस्तै शीर्षकमा यसै स्तम्भमा लेखिएको पनि थियो । 

त्यसरी एकीकरण भएको दुई पार्टीको धाराको गंगोत्री (मूल) वा इतिहास खोज्दै जाने हो भने २०४७ सालमा एकै मिति र एकै साइत पारेर स्थापना हुनपुगेको र “पूर्व पञ्चहरुको पार्टी” भनेर संसदवादीहरुबाट भनिएको रा.प्र.पा.–(थापा) र रा.प्र.पा.(चन्द) कै धाराका उत्तरवत्र्ती नेताहरुले नेतृत्व गरेकै दुई पार्टीबीचको पुनः एकीकरणको रुपमा पनि हेर्न सकिनेछ । यद्यपि “पार्टी एकीकरण विभाजन मोर्चावन्दी पुनः विभाजन” राजनीतिकदलहरुका सन्दर्भमा नितान्त स्वाभाविक विषय नै रहेछ” भनेर भन्दा अस्वाभाविक नठहरिएला । 

त्यसरी एउटा दलको रुपमा कुनै अपरिचित र गुमनाम व्यक्तिको नेतृत्वमा राजनीतिक संगठन खडा गर्ने र नेतृत्वमा र नेतृत्वको महत्वकांक्षा जाग्ने वित्तिकै “सैद्धान्तिक, वैचारिक, कार्यनीतिक वा नीतिगत भिन्नता” को किचलो खडा गरी, पार्टी फुटाएर छुट्टै अखाडा (दल) खडा गर्ने क्रममा नेपालका पुराना पार्टीमध्ये कम्युनिष्ट मित्रहरुले जुन कीर्तिमान कायम गरे र गर्दै होलान्, त्यसलाई उछिनेर अगाडि पुगेको सायद कुनै गैर कम्युनिष्ट दलले देखाउन नसक्लान् । त्यति हुँदाहुँदै पनि रा.प्र.पा.को एकीकरण र विभाजनको जुन इतिहास छ, त्यस्लाई पनि सायदैले अभिलेखवद्ध गर्न वा गन्न सकेका होलान् । जेहोस्,

विश्वमा हरेक देशको परिवर्तन (क्रान्ति) को इतिहास नियाल्यौं भने, अथवा राजनीतिक दलहरुको मूल दर्शन, सिद्धान्त, विचारधारा र संगठनको धरातल हेर्ने हो भने, उग्रक्रान्तिकारी नारा दिनेहरुसँगै यथास्थितिवादी वा “क्रमिक सुधारको बाटो छोड्नु हुँदैन, उग्रता वा अतिवादले राष्ट्र, राष्ट्रियता, समाज सबैलाई कुनै बेला एकमुष्ट एउटै भड्खारोमा पु¥याउन सक्छ” भन्ने मान्यता बोक्नेहरु पनि समान शक्तिशाली भएर देखापरेका छन् । त्यसलाई “एउटा गाडीको ‘एक्सीलेटर’ सँगै “ब्रेक पनि समानरुपमा प्रभावकारी नभए या त गतिशीलता हुँदैन, या दुर्घटनाबाट वचाउन सकिन्न” भन्ने रुपमा पनि लिन, हेर्न सकिन्छ होला । 

“भिन्न रुचिर्हिलोकः” मानिसको इच्छा, आकांक्षा, सोच, दृष्टिकोण र भावना एकै हुँदैन । एउटा राष्ट्र, एउटा समाज, सबै भित्र वैविध्यता नभए त्यो यान्त्रिक वा जीवन्ततारहित हुनजान्छ । राजनीतिक वा राज्य शासन प्रणालीको सन्दर्भमा सबै (विचार, सिद्धान्त, दृष्टिकोण, दर्शन जे भनेपनि) विविधता विरोधाभासको समान अस्तित्वलाई मान्यता  दिने प्रणालीलाई “प्रजातान्त्रिक प्रणाली” भनिन्छ । जनतान्त्रिक (“एउटै दर्शन, विचार, पद्धति र प्रणाली स्थापना हुनुपर्ने”) मान्यतालाई निरंकुश, स्वेच्छाचारी वा “दासयुगीन सामन्ती संस्कार अभिप्रेरित सोच, विचार, शैली” भनिन्छ । त्यो एउटा व्यक्ति केन्द्रित हुन्छ । त्यो “केन्द्रिय व्यक्ति” को पतन वा मृत्यसँगै त्यस्तो पद्धति, प्रणाली जतिसुकै सुदृढ र जरागाडेको देखिएको किन नहोस्, परिवर्तनको बाढीसँगै ढल्ने, बग्ने रहेछ । त्यस्को उदाहरण विश्व इतिहासका पानाभरी पाइन्छ । 

प्रसङ्ग रा.प्र.पा.एकीकरणकै हो । गणतन्त्रात्मक शासन प्रणाली स्थापित भइसकेको, शदियौंदेखिको एकात्मक राज्य व्यवस्थाका आधारलाई समाप्त पारेर संघीय, स्वायत्त (जातीयता, भाषीयता, धर्मनिरपेक्षता, क्षेत्रीयतामूलक) संविधान जारी भइसकेको, आजको परिवत्र्तित कालखण्डमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रात्मक शासन पद्धतिलाई “नेपालको भू–अवस्थिति, सामाजिक स्वरुप, मौलिक संस्कृति, संस्कार, पहिचानका समग्र वैविध्यताबीचको एकात्मकता प्रतिकूल ठहर गर्ने पार्टीको रुपमा रा.प्र.पा.चिनिएको छ । त्यसैले “ती सबैलाई प्रतिस्थापन गरी आप्mनै मौलिक पहिचान सहितको उत्कृष्ट भनेर विश्वले निर्विवाद र निर्वाध स्वीकारेको “वहुदलीय संसदीय प्रणाली” अनुकूलको भनिएको, मानिएको– “(संवैधानिक राजतन्त्रात्मक) संविधान २०४७ को पुनस्थापना” को पक्षमा वकालत गर्दै अगाडि बढेको– त्यस अर्थमा धारा विपरीतको साहसिक यात्रामा गर्दै अघिबढेको र सरकारको विपक्षमा उभिएको रा.प्र.पा. (नेपाल) र

“संघीयता र गणनन्त्रको सवालमा गणतन्त्रवादी दलसँगैको सहयात्रा गर्ने” प्रतिवद्धता सार्वजनिक गर्दैआएको, “धर्मनिरपेक्ष वा सापेक्ष” कुन राज्य भन्नेबारे स्थीर विचार र धारणा नभएको, “राजतन्त्र कुनै पनि अवस्थामा पुनस्थापित हुन, गर्न नसकिने”, परिचय वा पहिचान बोकेर, गणतन्त्रवादीले नेतृत्व गरेको सरकारमा सहभागी रा.प्र.पा.बीचको एकीकरण कति पवित्र, कति अपवित्र ? कति स्वाभाविक र कति अस्वाभाविक मान्ने ? त्यस्को पैmसला ढीलो, चाँडो हुने निर्वाचनका माध्यमबाट जनताले दिने छन् । त्यसबारेमा निष्पक्ष इतिहासकार बाँकी भए, रहेको भए– (किन्कि आजका सबैजसो इतिहासकारहरु कुनै न कुनै दल र त्यस्का “नेताहरुको गौरवमय इतिहास” लेख्ने प्रतिवद्ध सहित अनुवन्धित जस्ता देखिएका छन् भन्ने आमधारणा बनेको सुनिन्छ)– पक्कै पनि उनले मूल्यांकन गर्नु पर्नेछ, गरेका हुनेछन् । 

यसैबीच एक दुई दिन पहिले “एकीकृत रा.प्र.पा.भित्रका दुवै समूहका नेता महाधिवेशनको तयारीमा देश दौडाहामा भएको गएको “समाचार प्रकाशित भएको पढियो । उक्त समाचार पढेपछि धेरै कुरा मनमथिङ्गलमा वयली खेल्दै आयो । तर जसरी “विश्वकै प्रजातन्त्रको जननी वा गंगोत्री मानिएको” वेलायतमा प्रगतिशील श्रमिक संगठन (लेवर पार्टी) जति सशक्त र लोकप्रिय देखिन्छ, त्यसको विपरीत अनुदारवादी (कन्जरभेटिभ) पार्टी पनि त्यत्तिकै जनताको रोजाईमा पर्ने गरेको संसद (पार्लियामेन्ट) का लागि हुने आवधिक निर्वाचनबाट पुष्टी हुँदै आएको जुन देखिन्छ । त्यसले एकीभूत रा.पप्र.पा.को अनिवार्यतालाई त्यसै सन्र्दमा हेर्नु पर्ने लाग्यो ।  

दुई विपरीत धाराबाट हिंडेका पार्टीलाई वेलायतीहरुले मात्रै होइन, विश्वकै शक्तिशाली मानिएको अमेरिकाले पनि समान समता गरेका छन् । कुनै पनि राष्ट्रपतिको निर्वाचनमा अमेरिकीहरुले झण्डै सधैं जसो उदारवादी (डेमोक््रयाटिक) पार्टी र अनुदारवादी (रिपव्लिकन) पार्टीलाई पालैपालो वा एउटा पार्टीको राष्ट्रपतिलाई एक कार्यकाल (चारवर्ष) मात्र सत्ता सुम्पिने र अर्को पटक दोस्रो पार्टीका तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका व्यक्तिलाई विजयमाला पहि¥याउँदै आएका छन् । 

यसपटककै उदाहरण लिउँ । दुईसय वर्ष पहिलेदेखिको अमेरिकी संविधान अनुसार दुई कालभन्दा बढी उम्मेदवार हुन नपाउने भएपछि डेमोक््रयाटिक पार्टीबाट दुई कार्यकाल पूरा गरी वाराक ओवामा स्वतः हट्ने भए । त्यसकारण “सबैभन्दा लोकप्रिय र सशक्त महिला” भएको कारण हिलारी क्लिन्टनलाई डेमोक््रयाटिक पार्टीले राष्ट्रपतिको उम्मेदवार बनायो । अमेरिकी मात्रै नभई संसारभरिका प्रायः संचारमाध्यमले “अघिल्लो निर्वाचनमा जसरी पहिलो पटक अश्वेत मूलका वाराक ओवामालाई अमेरिकी उम्मेदवारले राष्ट्रपतिमा निर्वाचित गरेका थिए, त्यसरी नै यस पटक हिलारी क्लिन्टन जस्तो सशक्त र लोप्रिय महिलालाई उम्मेदवार बनाएर डेमोक््रयाटिक पार्टीले लगातार वाह्रवर्ष सत्ता हत्याउने भयो” भन्ने प्रक्षेपण र प्रचार गरेका थिए । त्यस्मा पनि कुनै राजनीतिक पृष्टभूमि नभएको, असहिष्णु र सनकी” भनिएका “डोनाल्ड ट्रम्प” जस्तो “कमजोर उम्मेदवार” लाई रिपव्लिकन पार्टीले, आप्mनै पार्टीका कैयन् प्रभावशाली नेताहरुको विरोध हुँदाहुँदै पनि उम्मेदवार बनाएको थियो । तर दुनियालाई अचम्मित पारेर डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी भए । त्यस्को पछाडि अन्य जे कारण भनिए पनि अमेरिकीहरुले “भरिशक्य एउटा पार्टीलाई लगातार दुई पटक भन्दा बढी सत्तामा नराख्ने र अर्को पटक अघिल्लो दुई कार्यकालभरि प्रतिपक्षमा बसेको पार्टीका उम्मेदवारलाई सत्ता सुम्पिने अमेरिकाको अनायास स्थापित परम्पराले नै हिलारीलाई हराएको र डोनाल्ड ट्रम्पलाई सत्ता सुम्पिएको हो” भन्ने धेरैले विश्वास गरिरहेका छन् । 

जनसंख्याका दृष्टिले “विश्वको सबैभन्दा ठूलो संसदीय प्रजातान्त्रिक शासन प्रणालीका माध्यमबाट अगाडि बढेको” छिमेकी मित्रराष्ट्र भारततिर हेरौं । नेपालको सापेक्षतामा भारतमा, धेरै ओद्योगिक प्रतिष्ठानहरु भएकोले दशौं करोड मजदूरहरु छन् । झण्डै ३०–४० प्रतिशत अतिविपन्न र सीमान्तीकृत, गरीव, किसान र कृषि मजदूर छन् । तर “उनीहरुको हकहित, अधिकारको हिमायती” साम्यवादी (कम्युनिष्ट) पार्टी कहिल्यै सरकारको नेतृत्व गर्ने हैसियतमा स्थापित हुन वा पुग्न सकेन । झण्डै लगातार चार दशकभन्दा बढी समयसम्म एउटा पूँजीवादी पार्टी भारतीय कांग्रेस– (जस्लाई धनिवर्गको हकहितको धारा अंगालेको पार्टी भन्ने गरिन्छ)– ले शासन सत्ता हत्याएयो, जनताले सधैं उसलाई पत्यायो । 

पश्चिम बंगालमा झण्डै चालीस वर्षसम्म क्रान्तिकारी (माक्र्सवादी कम्युनिष्ट) पार्टीले नेतृत्व गरेको सरकार थियो । तर आज पश्चिम बंगालमा ममता वनर्जीको तृणमूल जस्तो ‘अनुदार, क्षेत्रीय पार्टी’ र केन्द्र (दिल्ली) मा भारतको संसदीय इतिहासमा “कट्टर हिन्दूवादी अनुदारवादी” जनसंघको वंशज भाजमा सत्ता नियन्ता बन्नपुगेको देखियो । त्यस्को मूल कारण “जनता सधैं क्रान्तिकारी, प्रगतिवादीको बर्कोधारीकै पछि, लागेर हिंड्दैन” भन्ने नै हो । 
विश्वका उक्त तीनवटै ठूला प्रजातान्त्रिक मुलुकका जनताले स्थापित गरेको परम्परा, आदर्श र मान्यताको प्रसङ्ग छोडेर आप्mनै देश नेपालको वर्तमानको राजनीतिक परिवेशतिरको  चर्चा गरौं ।

नेपालमा जे जति पटक शासन प्रणालीगत परिवर्तन (जस्लाई जनआन्दोलन, जनक्रान्ति, वा जनविद्रोहले ल्याएको भनियो) देखियो, त्यो सबैको केन्द्रमा वी.पी. कोइराला, कृष्णप्रसाद भट्टराईहरुले स्थापित गरेको र लामो समयसम्म नेतृत्व गरिआएको नेपाली कांग्रेस थियो । नेपाली कांग्रेसको इतिहास र वी.पी.को नीति, दर्शन, सिद्धान्त “नेपालजस्तो अतिसम्बेदन भूस्थितिमा रहेको र अतिविपन्न जनताको अत्यधिक सख्या भएको मुलुकका लागि स्थायी केन्द्रीय नेतृत्व र एकात्मक शासन प्रणाली नै उपयुक्त शासन पद्धति हो । जनताले राष्ट्र प्रमुख छान्ने वा जननिर्वाचित संसदले निरपेक्षरुपमा सार्वभौम शक्तिको प्रयोग गर्ने र उसैले कुनै व्यक्तिलाई राष्ट्र प्रमुख छान्ने व्यवस्था विश्वका अन्य प्रजातान्त्रिक मुलुको लागि उपयुक्त हो । तर नेपालजस्तो दुई ठूला, (विशालकाय) विरोधाभासी दर्शन, सिद्धान्त र नीति अंगाल्दै आ–आप्mनै शासन प्रणाली अख्तियार गरी अगाडि बढेका मुलुकको बीचको अन्तरावत्र्ती (वफरस्टेट) देशका लागि संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन वलात् विकल्प खोजे राष्ट्रियता समाप्त हुनेछ” भन्ने थियो । २०३३ सालमा ने.का.को त्यस नीति विपरीत देश अगाडि बढेको देखेर वी.पी.ले “राष्ट्रिय मेलमिलान” को नयाँ सिद्धान्त बोकेर राजालाई साथ दिन निर्वार्सनबाट स्वदेश फर्केका थिए । के.पी.आपैंm राजनेता भएपनि २०४७ को संविधान निर्माण गर्दा वी.पी.को नीति अनुशीलन गरेका थिए । नेपाल र नेपालीले आत्मसात गरेका त्यही भावनाको प्रतिनिधित्व गर्ने पार्टी भएको विश्वास गरेर नै २०१।२०४८ र २०५६ सालमा सम्पन्न संसदको लागि सदस्य छान्ने आमनिर्वाचनमा ने.का. ले स्पष्ट वहुमतसहितको शासन सत्ता नियन्ता बन्ने जनादेश पाएको थियो । 

तर नेपाली कांग्रेसको नेतृत्व जब वी.पी.का भाइ जी.पी. जस्तो “सत्ता, शक्ति, स्वार्थ, सन्तति र सम्पत्तिका लागि जो जससँग पनि गठबन्धन गर्न यत्किञ्चित् नहिच्किचाउने” व्यक्तिको हातमा पुग्यो, उनले वी.पी. र के.पी. को नीति र आदर्शलाई परित्याग गरे । राजासँग बदला लिन गणतन्त्रवादी कम्युनिष्टहरुसँग गठबन्धन गर्न गए । “अर्काको अपशकुनको निम्ती आप्mनो नाक काट्ने” नीति ने.का.का सर्वोच्च नेता जी.पी.ले जुन लिए– त्यसपछि ने.का. नेपालको केन्द्रीय पार्टी वा शक्ति बन्नबाट च्यूत भयो । भलै, सत्ता र शक्तिमा उस्को अभैm निर्णायक भूमिका होला । तथापि नेपालको अस्तित्व, अखण्डता, राष्ट्रियताको क्षयीकरणको प्रकृया ने.का. नेतृत्वको अदूरदर्शिता क्षुद्र स्वार्थ परायणता– (मूर्खता “शब्द प्रयोग नगरौं) का कारण जसरी प्रारम्भ भयो, त्यस्लाई पूर्वावस्थामा फर्काउन त के यथास्थितिमा रोक्ने शक्ति पनि कांग्रेसको हातबाट सधैंका लागि अर्कै दल र शक्तिका हातमा जाँदैछ । (अहिले यहाँ त्यो शक्ति वा साँचो जस्को हातमा पुगेको वा रहेको छ, त्यो “स्वयं एउटा परिस्थिति, परिवेशको उपज शक्ति मात्र भएकोले त्यस्लाई पनि अस्थायी सत्ता नियन्ता वा संरक्षक नै मान्नु पर्ने हुँदा हस्तान्तरणको प्रकृयालाई “अपूर्ण वर्तमानकाल” को रुपमा प्रयोग गरिएको हो ।)

नेपालमा “नेपालीको भावना, चाहनाको विश्वस्त प्रतिनिधित्व गर्ने, नेपालको वैविध्यताको बीचको एकता कायम गर्न सक्ने, राष्ट्र, राष्ट्रियता, अक्षुण्णता, अखण्डताका लागि जनताले भरपत्यार गर्नसक्ने” पृष्टभूमि भएको राजनीतिक दल र शक्तिको शून्यताबोध यत्र तत्र सर्वत्रबाट भइरहेको छ । विश्व इतिहासका पाना पढ्ने हो भने यस्तै शून्यताको गर्भबाट नै “महान् राष्ट्रोद्धारक” जन्मिएको देखिएको छ । तर त्यो राष्ट्रोद्धारक नेता भनेको अनायास र “रातारात” जन्मियो भने जंगबहादुर भएर जन्मिन्छ । आजको एक्काईसौं शताब्दीको नेपालले जंगबहादुरको पुनरागमनलाई किमार्थ स्वागत गर्ने छैन । 

आज अलिकति इतिहास र विश्व परिवेशबारे सोच्न सक्ने र देशको दुर्दान्त अवस्थाबाट छटपटिई रहेका अधिकांश नेपालीको सपना, कल्पना, जपना र प्रार्थना सायद एउटै छ । त्यो के  हुनसक्छ भने “एक्काइसौं शताब्दीको नेपालमा पनि टर्कीले जन्माएको कमालपाशा, सिङ्गापुरले पाएको ली क्वान यू– मलेशियाको मोहम्मद महाथीर जन्मियोस्” भन्ने नै हो । त्यो नेता वहुदलीय संसदीय शासन प्रणालीमा ‘स्वयंभू’ र रातारात जन्मिन सक्ने संभावना छैन । कुनै दलको नेतृत्वकै गर्भबाट त्यो जन्मिनुपर्छ, जन्मिन सक्छ । भलै, त्यो दल उग्रक्रान्तिकारी परिचय दिने होस्, चाहे प्रतिक्रान्तिकारीकै बर्को ओडेर साहसिकतापूर्वक खुला छाती देखाएर अगाडि देखिएको होस् । सायद आजको जनतालाई त्यस्तै नेता चाहिएको छ । त्यस्को राजनीतिक संगठनको नाम चाहे जेपनि हुनसक्छ । त्यस्को खासै अर्थ नहोला । 

यस्तो राष्ट्रिय परिस्थिति परिवेशमा एकातिर जनयुद्धका माध्यमबाट संसदीय मूलधारमा आएकाहरु सत्ता नियन्ता बन्दा पनि जनताले परिवर्तनको कुनै अनुभूति गर्न नसकेको, बरु “पूर्णपरिवर्तनका लागि भनेर ल्याइएको गणतन्त्रात्मक व्यवस्थाकै कोखबाट भाँडतन्त्र जन्मेको” टिप्पणी र अनुभूति सबैले तिरबाट सुन्न थालिएको छ । अर्कोतिर वाह्यशक्तिले आप्mना “पञ्चामाङ्गी तत्वलाई राष्ट्रिय विखण्डनका लागि उक्साई उल्काईरहेको गम्भीर स्थिति छ । जस्ले गर्दा देश जातीय, भाषीय, क्षेत्रीय, उत्पत्तीय, वंशीय आधारमा विखण्डनको संघारमा उभिएको कहालीलाग्दो स्थिति अझ टड्कारोरुपमा आँखै अगाडि तेर्सिएको देखिंदैछ । 

यस्तो अति संगीन र गम्भीर राष्ट्रिय संकटको स्थितिमा उही “डुब्दै गरेकाको लागि सिन्काको सहारा” भने जस्तै एउटा “राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखण्डता, अक्षुण्णता, वहुसंस्कति, धर्म, जाति, भाषा, समुदायबीचको एकता” को शंखनाद गर्दै अगाडि बढ्दै गरेको राष्ट्रवादी, परम्परावादी पार्टीले शक्ति राष्ट्रिय संकट निवारण गर्ने निर्माणको लागि जसरी ध्रुवीकरण र एकीकरणको सुदृढीकरणका लागि पार्टी महाधिवेशन गर्दैछ, त्यस्लाई पक्कै पनि सान्दर्भिक र अपेक्षित नै मान्नुपर्छ” भन्ने धेरैलाई लागेको होला ।

तर फेरी पनि प्रश्न उही दोहरिन्छ, “के आधारभूत रुपमा विरोधाभासी मुद्दा लिएर महाधिवेशनमा गएका दुई समूहले महाधिवेशनका माध्यमबाट निर्वाचित नेतृत्वलाई सहज स्वीर्कालान् ?, के साच्चिकै राष्ट्रिय संकटलाई “एकसूत्रीय मुद्दा” बनाएर नेपालको राजनीतिमा लुप्तप्राय भएको “वहुमतको निर्णयलाई सहज स्वीकार्ने” प्रजातान्त्रिक चरित्र रा.प्र.पा. भित्रका दुवै समूहका कार्यकर्ताहरुले देखाउलान् ? महाधिवेशनका राष्ट्रिय प्रतिनिधि सहभागीहरुले स्वतन्त्र र खुला दिल दिमागले निर्णय गर्लान् कि ? त्यहाँभित्र पनि “वाह्य तत्वका आदेश निर्देशले निर्णायक भूमिका खेलेको” भनेर भोलि हरुवा समूहले महाधिवेशनस्थलबाट बाहिरिंदा नवाहिरिंदै “कोहलो मच्चाएको” सुन्नु पर्ला ?

एउटा स्वतन्त्र विश्लेषकले आप्mना विचार, मान्यता, चिन्तन, धाराबाट सोच्ने हो भने उस्को दृष्टिकोण अपेक्षा, आशा, विश्वास सधैं सकारात्मक हुनुपर्छ । एकीभूृत रा.प्र.पा.को जस्तो नाम छ, त्यस्लाई सरकार पार्ने काम महाधिवेशन उप्रान्त पनि हुनेछ । यदि अपेक्षा अनुसार नै सत्ता, स्वार्थ, महत्वाकांक्षा र मपाईंवादी सोच, संस्कारका सबै अवरोधहरुलाई पन्छाउँदै, आगामी दिनका संसदीय फोहोरी खेलका अग्निपरीक्षादेखि संसदको निर्वाचनपछिसम्म रा.प्र.पा. एकीभूत नै देखा प¥यो भने नेपालको राजनीतिमा “एउटा अपूर्व परम्परा र आदर्श” स्थापित भएको  हुनेछ । यसबेला त्यही सफलताको शुभकामना !


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रधानमन्त्री कसको हितमा काम गर्दै हुनुहुन्छ ? (01.04.2017)
संसदभित्रको परिदृश्यले दिएको सन्देश के ? (01.04.2017)
माओवादीका हुण्डरीमा जनतालाई सास्ती (12.29.2016)
को राष्ट्रवादी, को राष्ट्रघाती ? (12.29.2016)
जनचाहना समान अवसर हो, संघ शासन हैन (12.20.2016)
मधेशी मोर्चाको अन्तिम साध्य के ? (12.20.2016)
संविधान संशोधन प्रस्ताव र राष्ट्रियताको प्रश्न (12.20.2016)
समस्याको मूल जरो संघीयता (12.07.2016)
वर्तमान समस्याको समाधान २०४७ को संविधान (?) (12.07.2016)
संशोधन प्रस्तावले संगीन स्थिति ल्याएको छ (11.29.2016)
मन्त्री हुँदैमा ज्ञान पलाउने हैन होला त ? (11.23.2016)
लोकतान्त्रिक–गणतन्त्रको आवरणभित्र मौलाउँदै गएको सामन्तवाद (11.23.2016)
सार–संक्षेपमा वैदिक संस्कार (11.08.2016)
यस्तै हो भने योग्यले चुनाव नै जित्दैनन् (11.08.2016)
भारतका राष्ट्रपतिको राजकीय भ्रमणबारे घोत्लिंदा (11.08.2016)
दशैंको परम्परा र जीव–जगत् (10.05.2016)
सन्तानलाई “विजयादशमीको शुभकामना” दिंदै गर्दा (10.05.2016)
पूर्वीय जीवनशैलीमा अङ्ग संस्कार र चूडाकर्म (09.27.2016)
शाश्वत स्वरुप र मान्यता मेटेर मेटिंदैन (09.27.2016)
फेरी पनि कर्णालीतिरै फर्किएपछि (09.27.2016)



 
::| Latest News

 
[Page Top]