युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सुनको सिरानी हालेर सुत्ने कंगालकको स्थिति
Thursday, 01.12.2017, 01:32pm (GMT+5.5)

- महेश्वर शर्मा
कुनै पनि व्यवस्था आफैं असल खराब हुँदैन । त्यसलाई असल वा खराब बनाउने त्यसका संचालकहरुले हो । त्यस्तै कुनै पनि राज्यव्यवस्था असल भएर मात्रै पनि हुँदैन, त्यसमा काम गर्ने शासक–प्रशासक पनि योग्य सक्षम र पवित्र हुनुपर्छ । आजखयहाँ जेजस्ता भ्रष्ट क्रियाकलाप, विकृति र विसंगति देखिएका छन् ती सबै अयोग्य र अपवित्रहरुबाटै भएका हुन्, कानुनी व्यवस्थाको कमीले होइन । अनाडीका हातमा लगाम दिंदैमा घोडा तह लाग्दैन । आज चारैतिर बेलगामको स्थिति छ । कानुनी राज्य त भनिन्छ, तर कानुनका आँखा–कान हुँदैनन्, उ बोल्न पनि सक्दैन । यो मुद्दामा यो दफा प्रयोग गर भनेर कानुनले भन्दैन । त्यसैले कानुनलाई वाणी दिन असल न्यायाधीश र असल वकील चाहिए जस्तै राज्यव्यवस्था सुसंचालनका लागि पनि प्रधानमन्त्रीदेखि तलसम्मको संयन्त्र इमानदार चाहिन्छ । तर, के छ आजको स्थिति ?आज त जताततै भ्रष्टाचार, अनाचार, अव्यवस्था र अराजकता व्याप्त छ । नालायकहरु लायक ठाउँमा पुगेको दुष्परिणाम जनताले भोग्नुपरेको छ । राजनीतिमा नेतृत्व गतिलो भएन भने विध्वंश निम्तिन्छ भनेको यस्तैलाई हो ।

एः बाबा ! तिमीले अरु बढी दिन सक्दैनौ भने पनि शान्ति सुरक्षा त देऊ । पंचायतका पालामा पाएको शान्ति सुरक्षा पनि दिक्दैनौ भने जनताले तिमीलाई किन मान्ने ? जनतालाई आतंक, गुण्डागर्दी, बलात्कार, अपहरण र लुटपाट, अनियमित बजारभाउ, महंगीबाट पनि जोगाउन सक्दैनौ भने तिम्रो के प्रयोजन ? जनतालाई ‘प्रजातन्त्र’ भनेको शान्तिपूर्वक बस्न पाउने, इज्जत–आबरु जोगिने, सहा बेसाहा सुहाउँदो भाउमा पाउने, दुईछाक खान र छोराछोरी पढाउनसक्ने, बेरोजगार हुननपर्ने जस्ता कुरामा हुन्छ, सिद्धान्तका बखानमा होइन । भ्रष्टाचार, नातावाद बन्द गर, पानी खान र बत्ती बाल्न देऊ भनेर जनताले माग्नु के अर्घेल्याई हो ? खुलाबजारको अर्थ के मनपरी गर्न दिनु हो ? नियन्त्रण गर्ने क्षमता नहुनु वा भ्रष्ट मनस्थितिले मनपरी गर्ने छूट दिनुलाई नै उदार नीति भनिएको हो ? किन यस्तो उल्टो कामलाई उदार अर्थनीति भनिएको हो ? जनताका प्रश्न हुन् यी ।

अयोग्यबाट योग्य काम र असल नतिजाको आशा गर्नु नै व्यर्थ हुन्छ भन्ने यथार्थ जनताले नबुझेसम्म अयोग्यले आफ्नो ठगी धन्दा चलाइनै रहन्छन् । आज यहाँ त्यस्तै भैरहेको छ । भागवण्डा गरेर खाइरहेका छन् । जनता मरिरहेका छन् भने राजनीति गर्नेहरु जनतामा चेतना जगाउने काम भयो भने आफ्नो धन्दा चल्दैन भनेर केवल भ्रम फैलाउने काम गरिरहेका छन । कुराले र भाषणले यहाँ अहिले नै स्वर्ग उतार्छन कि जस्तो गरिरहेका छन् । नहुँदा कुरा गरेर शोषण गरिरहेका छन् । जनता भने नेताको दोहोरो चरित्र बुझ्न नसकेर ठगिदै आएका छन् । यस्तो स्थिति जनतामा चेतना नजागेसम्म रहीरहने देखिन्छ । अहिले नै जनता संघीयताको मोहजालमा परेका छन् । यो नेताको जनचाहना र देशहित विपरीत छ भन्ने वास्तविकता जनताले बुझ्न नपाइकनै जवर्जस्ती लाद्न खोजेका छन ।

वि.सं. १९९७ सालको शहीद काण्डपछि वनारस, पटना, कलकत्ता, दार्जिलिंगतिर प्रजापरिषदका पक्षमा कुरा मात्र गर्नेका बारेमा पनि राणा सरकारलाई गोप्य रिपोर्ट दिएर पैसा खानेहरु २००७ सालपछि खाटी प्रजातन्त्रवादी भएर प्रधान न्यायाधीश, प्रधानमन्त्रीसम्म भएका थिए भने पंचायतकालमा अंचलाधीशहरुबाट पैसा खाएर आफ्ना पार्टीका गोप्य रिपोर्ट दिने कांग्रेस–कम्युनिष्टहरु पार्टी प्रतिबन्ध फुकेपछि पार्टीका वफादार कार्यकर्ता भएर मन्त्री–सांसद भएको पनि देखियो । पछिल्लो समयमा माओवादी आतंकका बेला माओवादीका कार्यक्रम प्रशासनलाई थाहा दिएर कलो खानेहरु पछि खाँटी माओवादी नेता भएको पनि देखियो । यसरी  दोहोरो चरित्र भएकाहरु आज पनि पार्टी नेतृत्व र ठूलठूला पदमा देखिन्छन् भने भोलि पनि परिस्थिति बदलियो भने त्यस्तै भूमिका नखेल्लान् भन्न सकिंदैन । त्यस्ता मान्छे शासन सत्तामा भएपछि गतिलो आश गर्ने ठाउँ नै मेटिंदो रहेछ । ‘जता मल्कु उतै ढल्कु’ गर्नेहरुको कुनै भर हुँदैन भनेको यहाँ प्रत्यक्ष देखिइरहेकै छ ।

हेटौंडा कपडा कारखानाले कपडामा, बाँसबारी छालाजुत्ता कारखानाले जुत्तामा, वीरगञ्ज चिनी कारखानाले चिनीमा, भृकुटी कागज कारखानाले कागजमा झण्डै आत्मनिर्भर बनाउन लागेको बेला भारतका इशारामा गिरिजा कोइरालाले ठूलो रकम कमिशन कुम्ल्याएको र बेचेको चर्चा उतिखेरै चलेको थियो । पछि चोभर सिमेन्ट, बिराटनगर जुट मिल, हरिसिद्धि इटाटायल समेत नचल्नेमा पु¥याए । जनकपुर चुरोटको हालत समेत नचल्नेमा पु¥याए । आफ्नो देशका नुन–तेलका खानी चलाउनु र उद्योग खोल्नु त कताकता, मित्रराष्ट्रले अनुदानमा बनाइदिएका कारखाना समेत बेचेर उनले भारतको चाकडी गरे । वास्तविकता के भने भारतका सामान पाकिस्तान–बंगलादेश–श्रीलंकाले लिंदैनन् । भारतको खैनी, बिंडी, गम्छा, कोरा काकपडा, जुत्ता, चप्पल, नून–तेल नेपाल बाहेक अन्यत्र खपत नहुने हुँदा भारत कहिल्यै पनि नेपालमाा उद्योग चल्न दिन चाहँदैन । यहाँका भ्रष्ट खैराँते नेता भारतकै चाहनापूर्तिमा लागेका छन् । देशभक्ति नभएका नालायकहरुले गर्दा नेपाललाई आज सुनको सिरानी हालेर सुत्ने कंगालको स्थितिमा पु¥याएका छन् ।

जासुसी दुनियाँमा ‘एउटा सानो सूचनाले पचास हजार सेनाको काम गर्छ’ भन्ने भनाई छ । यसको अर्थ निर्विघ्न र सफलतापूर्वक राज्य संचालन गर्न सुराकी सूत्रको ज्यादै महत्व छ भन्ने हुन्छ । त्यसैले प्रायः सबै मुलुकमा आन्तरिक र बाह्य गरी दुईथरि गुप्तचर संस्था हुन्छन । अमेरिकाको सिआईएले मुलुक बाहिर हेर्छ भने एफबीआईले भित्र हेर्छ । भारतमा आन्तरिक हेर्ने इन्टेलिजेन्स ब्यूरो (आईबी) छ भने बाहिर ‘रअ’ले हेर्छ । नेपालमा पनि पंचायतकालमा जनसम्पर्क प्रधान कार्यालय अन्तर्गत (क) (ख) गरी दुई अंग थिए । (क)ले आन्तरिक हेथ्र्यो भने (ख)ले बाहिर । तर बहुदल पुनःस्थापित भएपछि नेपालमा काउण्टर इन्टेलिजेन्सीको जरुरत छैन भनेर भारतका भनाइमा लागेर (ख)लाई खारेजज गरिदिएकाले नेपालमा ‘रअ’ले नै रजगज गरेको छ । प्रजातान्त्रिक र स्वतन्त्र भनिएको नेपालको यो हालत भएपछि योभन्दा ठूलो नालायकी अरु के हुन्छ ?

नेताहरुले वास्तविकतालाई वेवास्ता गरेर मनमाफिक चल्दा हरेक क्षेत्रमा विडिङ्गो परेको छ । राष्ट्रकै मर्यादामा आघात पार्ने काम गनै पनि यिनीहरु हिच्किचाएनन् । कुपात्रका हातमा भएको अधिकार दुरुपयोगमा जानु स्वाभाविक भएको छ । हरेक क्षेत्रमा यस्तै अनर्थ गरेका छन् । राज्य नै बण्डाचुण्डा गरेर खान तम्सेका छन् । झूटो प्रचार गरेर जनतालाई भ्रममा पारेका छन् । आफ्नो उद्योग–उत्पादन केही छैन । भारतबाट चारपैसाको सामान ल्याएर यहाँ आठ पैसामा बेच्नुलाई नै उद्योग सम्झेका छन् । भारतबाट जीरा–धनिया ल्याएर यहाँ धूलो पारेर उतैबाट ल्याइएका प्लाष्टिकमा पोका पार्नुलाई उद्योग भनिन्छ भने योभन्दा लाजमर्दो अरु के हुन्छ ? संविधान संशोधनको रडाको किन मच्चियो ? अरुले स्वागत गरोस् नगरोस्, आफ्नो काम पो गर्नुपर्छ । अरु केही होइन, नाच्न नजानेर आँगन टेढो देखिएको हो ।

आदत सहजात प्रवत्ति हुँदोरहेछ कि एउटा शान्त प्रकृतिको देखिन्छ भने अर्को अशान्त । अशान्तले अर्कालाई डस्छ र दुःख दिन्छ भने शान्त प्रकृतिकाले सकेसम्म अरुको दुःख निवारण गर्छ । हिंसात्मक आदत हृदयहीन हुन्छ र त्यसमा सहजै परिर्वत पनि नहुने रहेछ भन्ने उदाहरण माओवादी नै छ । उनीहरुले दशवर्षे हत्याकाण्ड मच्चाएर शान्ति प्रक्रियामा आयौं भने पनि अर्कालाई डस्ने क्रियाकलाप अझै  छोडेको देखिंदैन । त्यसैले आदत या स्वभाव भनेको प्राकृतिक हुँदोरहेछ कि ! देशमा समानता नै ल्याउने हो भने एकथरिलाई मारेर जा उसको सम्पत्ति लुटेर होइन, बरु सबैलाई शिक्षित र सम्पन्न बनाउने योजना–कार्यक्रम पो लागू गर्नुपर्ने होइन र ? खोई त्यसतर्फको प्रयास ? यहाँ त सर्वहाराका नारा लगाउनेहरु नै सरकारमा पुगेपछि ‘सामन्ती स्वपधारणम्’ गर्न थालेर पो बित्यास परेको छ त ।


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रधानमन्त्री कसको हितमा काम गर्दै हुनुहुन्छ ? (01.04.2017)
संसदभित्रको परिदृश्यले दिएको सन्देश के ? (01.04.2017)
माओवादीका हुण्डरीमा जनतालाई सास्ती (12.29.2016)
को राष्ट्रवादी, को राष्ट्रघाती ? (12.29.2016)
जनचाहना समान अवसर हो, संघ शासन हैन (12.20.2016)
मधेशी मोर्चाको अन्तिम साध्य के ? (12.20.2016)
संविधान संशोधन प्रस्ताव र राष्ट्रियताको प्रश्न (12.20.2016)
समस्याको मूल जरो संघीयता (12.07.2016)
वर्तमान समस्याको समाधान २०४७ को संविधान (?) (12.07.2016)
संशोधन प्रस्तावले संगीन स्थिति ल्याएको छ (11.29.2016)
मन्त्री हुँदैमा ज्ञान पलाउने हैन होला त ? (11.23.2016)
लोकतान्त्रिक–गणतन्त्रको आवरणभित्र मौलाउँदै गएको सामन्तवाद (11.23.2016)
सार–संक्षेपमा वैदिक संस्कार (11.08.2016)
यस्तै हो भने योग्यले चुनाव नै जित्दैनन् (11.08.2016)
भारतका राष्ट्रपतिको राजकीय भ्रमणबारे घोत्लिंदा (11.08.2016)
दशैंको परम्परा र जीव–जगत् (10.05.2016)
सन्तानलाई “विजयादशमीको शुभकामना” दिंदै गर्दा (10.05.2016)
पूर्वीय जीवनशैलीमा अङ्ग संस्कार र चूडाकर्म (09.27.2016)
शाश्वत स्वरुप र मान्यता मेटेर मेटिंदैन (09.27.2016)
फेरी पनि कर्णालीतिरै फर्किएपछि (09.27.2016)



 
::| Latest News

 
[Page Top]