युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 02:41pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
शस्त्रास्त्रद्वारा स्थापित साम्राज्यका समाधिमाथि स्थापित संचार साम्राज्य
Wednesday, 01.18.2017, 12:52pm (GMT+5.5)

- तारा सुवेदी

मानव समाजको विकाससँगै राज्य र साम्राज्यको इतिहास शुरु भएको थियो । “राज्य” एउटा भू–क्षेत्रभित्र परिसीमित, वहुजातीय वा एकजातीय समाज समुदायका सम्पूर्ण व्यक्तिको सुरक्षाको साथै त्यस क्षेत्रभित्रका साधन, श्रोतको दोहन, परिचालन गरेर वा त्यस सीमाभित्र सक्षम व्यक्तिबाट केही लिएर असक्षम समेतका कल्याणको लागि आधारभूत वस्तुको आवश्यक व्यवस्थापनको लागि कार्य गर्ने माध्यमको रुपमा अभिस्वीकृत संस्था हो । उस्ले आप्mनो भू–क्षेत्रको, समाजको सुव्यवस्थित, सुरक्षित र भयमुक्त जीवनयापनको चाँजोपाँजो मिलाउनु आप्mनो प्रमुख दायित्व ठानेको हुन्छ । त्यसैले राज्यले सामाजिक सुव्यवस्था कायम गर्न नियम–कानून निर्माण गरेको हुन्छ, रीतिथिति बाँधेको हुन्छ । सारसंक्षेपमा र सूत्रवद्धरुपमा “पर्जन्य च सूर्यवत्” (मेघ र सूर्यजस्तै सर्वव्यापी र समदर्शी) हुन्छ राज्य” भन्ने त्यस भूक्षेत्र भित्रको आम वासिन्दाको विश्वास आर्जन गरेको वा गर्ने प्रयासमा देखिंदै वा मानिदैआएको छ राज्य । 

यद्यपि टाल्सटायजस्ता “इसाई धर्मको नैतिक सिद्धान्तले नै मानिसलाई संयमित र निर्देशित गरेको हुन्छ, राज्यले थप नियम कानून बनाएर व्यक्तिको निर्वाध स्वतन्त्रतालाई कुनै पनि प्रकारले परिसीमित वा नियन्त्रित र निर्दिष्ट गर्ने व्यवस्था गर्नु हुँदैन” भन्नेहरु र त्यस्तै, तर व्यक्तिको पूर्ण स्वतन्त्रताका लागि जनक्रान्तिको अपरिहार्यताबोध गर्ने क्रोपाटनिक र वाकुनिनहरुजस्ता अराजकतावादका हिमायतीहरुले “राज्य”लाई पनि अवाञ्छित र अनावश्यक हो र त्यस्लाई जतिसक्यो छिटो सीमारहित र अस्तित्वबिहीन बनाउनुपर्छ” भन्ने मान्यता नराखेका थिएनन् । कुनै बेला माक्र्सले पनि अराजकतावादी धारकालाई आप्mना सहयोगीको रुपमा स्वीकारेका थिए भन्ने मान्यता राख्नेहरुको पनि संख्या निकै ठूलो थियो । अहिले त आमप्रचलनमा “गम्भीर अपराधीका परिभाषाले समेट्ने वा परिभाषित र समाज निषेधित कार्य गर्ने स्वतन्त्रतावादी, स्वच्छन्दतावादीहरुलाई एकमुष्ट अराजकतावादी” भन्ने गरिएको छ । 

तथापि हरेक व्यक्ति– जो निर्धो, असक्त, कुनै पनि प्रकारको अन्याय, शोषण, उत्पीडनको प्रतिकार गर्न असमर्थ भएको महसूस गर्छ, स्वतन्त्रतापूर्वक सुरक्षित भएर शान्तिपूर्ण जीवन बाँच्न र आप्mनो चाहना अनुसारको पेशा, व्यवसाय गर्न, वैयक्तिक विकासका विकल्पहरुमध्ये कुनै एक रोज्ने स्वतन्त्रताको, उपयोग गर्ने वातावरणको अपेक्षा राख्दछ– लाई राज्य, उस्ले निर्माण गर्ने रीति, थिति, विधि–विधान, ऐनकानून वाँच्नका लागि प्राणवायुकै जत्तिकै अनिवार्य वा अपरिहार्य ठान्दछ । त्यस्को अभाव वा असफलतामा उस्ले (आमनागरिकले) “राज्य” को अस्तित्व वा असफलतामा “समाजमा जंगलराज” अर्थात् मत्स्यन्याय स्थापित हुने” संत्रास बोकेको हुन्छ । 

त्यसैले एकल वा वहुजाति, धर्म, सम्प्रदाय वंश, उत्पत्तिको मानव समाजलाई सुव्यवस्थित गर्ने, स्वतन्त्रतापूर्वक बाँच्ने र व्यक्तिगत पेशा व्यवसाय, व्यक्तित्व विकास गर्ने अवसर प्रदान गर्ने एउटा सशक्त तर जनताद्वारा जनताका लागि वहुसंख्यक जनविश्वासमा स्थापित एवं सकृय लोककल्याणकारी निकाय (संस्था)– जस्लाई आजसम्म राज्य (स्टेट) भनियो– त्यो कुनै पनि सभ्य समाजका लागि अपरिहार्य अथवा अनिवार्य मानियो । 

तर कुनै एउटा भूक्षेत्रका एकल वा विविध जाति, समुदाय, समाजको ऐक्यवद्ध शक्तिलाई त्यहीका जाति, धर्म, वर्णको सामूहिक स्वार्थ प्राप्ति वा संसिद्धि गर्ने विश्वास प्राप्त गरी शक्ति, सामथ्र्य र सम्पत्तिका आडवलमा अर्को निर्धो, निमुखो, राज्यमाथि शास्त्रास्त्रको शक्ति प्रयोग गरी वा संत्रस्त बनाई आधिपत्य वा प्रभूत्व थोपर्ने र त्यस्तो निर्वल राज्यलाई आप्mनो राज्यका वासिन्दाको मालवस्तु बेच्ने, स्वतन्त्र सुरक्षित बजार बनाउने, उद्देश्यले अधिपत्य स्थापित गर्ने, राज्यका नियन्ता वा संचालकहरुको महत्वाकांक्षी उद्देश्यबाट जसरी कुनै (सापेक्षया कमजोर वा निर्वल) राज्यलाई आप्mनो अधीनस्थ गर्ने, त्यस राज्यका वासिन्दालाई आप्mनो राज्यका अधिनिवासीका मालवस्तुका क्रेता वा उपयोगकर्ता, उपभोक्ता बन्न बाध्य पार्ने जुन निरंकुश प्रवृत्ति थियो, त्यस्लाई साम्राज्य भन्ने गरियो । 

त्यसरी आप्mनो मूल राज्यको भूक्षेत्रका वासिन्दाको आर्थिक विकासका लागि कमजोर राज्यभित्र रहेका कच्चा मालवस्तु निर्वाध प्रयोग गर्ने र आप्mनो राज्यका मालवस्तुको एकाधिकार बजार विस्तार गर्ने उद्देश्यले कुनै पनि अर्को भूक्षेत्रभित्रको राज्यमाथि आधिपत्य वा संप्रभूत्व कायम गर्ने राज्यका अधिपति वा अधिनायकको चरित्र, शैली र प्रवृत्ति, भलै आप्mनो मूल राज्यप्रति उदार लोककल्याणकारी थियो होला, आप्mनो जनताको साथ, सहयोग, समर्थन र विश्वासमुखी थियो होला, तर पनि अधीनस्थ राज्य र त्यहाँका सबै वासिन्दाप्रति स्वभावत निरंकुश, स्वेच्छाचारी, शोषणमुखी र पीडक चरित्रको हुने गरेको थियो । त्यो इतिहाससिद्ध तथ्य हो । 

तर सुसभ्य र ‘मानवीय मानक’ बाट सधैं आधिपत्यवादी, निरंकुश, स्वेच्छाचारी, परपीडक मत्स्यनायवादी हुनु वा देखिनु साम्राज्यको चरित्र र स्वभाव पनि हो । त्यसैले त्यो आजको एक्काइसौं शताब्दीका दृष्टिमा अस्वीकार्य, त्याज्य, हेय र राष्ट्रिय स्वाधीनता, (आमजनताको स्वतन्त्रता एवं अन्य स्वतन्त्र राज्यका) दृष्टिमा, निर्धा, कमजोर राज्यका वासिन्दामाथिको बर्बर एवं जंगलीराज्य स्थापित गर्ने प्रवृत्ति र परम्पराकै कडीका रुपमा हेर्ने गरिदैआएको छ । जुन स्वतन्त्र, निष्पक्ष र न्यायवादीका नजरियाका दृष्टिमा गलत ठम्याई होइन, पनि । 

तथापि इतिहासको प्रारम्भ वा राज्यहरुको स्थापनाकालदेखि नै त्यस्तो “प्रभूत्ववादी मत्स्यन्यायवादी, जंगलीराज्यवादी”, चिन्तन र प्रवृत्तिले यूरोपमा अलेग्जेण्डर दी ग्रेड भनौ वा सिकन्दर महान्लाई– जसरी जन्मायो, त्यो (महात्वाकांक्षी, शोषणवादी, आधिपत्यवादी र प्रभूतावादी) सोच संस्कारले नै हजारौं वर्षसम्म विभिन्न साम्राज्यवादी र साम्राज्यहरु जन्मायो । उदाहरणका लागि इ.पू. रोम यूनान, ग्रीकबाट शस्त्रास्त्र र सैन्यवलमा कमजोर राज्यहरुमाथि जाइलाग्ने र आप्mनो आधिपत्य र प्रभुत्व स्थापित गर्ने, जुन ‘जंगलराज्य’ शुरु भएको थियो, त्यसलाई अलेग्जेण्ड दी ग्रेट (सिकन्दर महान्) ले यूरोपदेखि अरवी भूमिसम्म पु¥याएकोलाई हेर्दा पुग्ला । त्यति मात्रले प्रमाण नपुग्ने भए, मिश्र, वेविलोनिया, असंरिया, फारस, भारत, चीन र जापानले आ–आप्mना उत्कर्षकालमा स्थापित गरेका साम्राज्यको इतिहास समेतलाई नियाल्दा हुन्छ । 

उनीहरुको पाइला पछ्याएर अंग्रेजहरुले व्यापारिक माल वस्तु र वाइविल बोकाएर आप्mनो साम्राज्य विस्तार गरेका थिए र “सूर्यलाई आप्mनो आधिपत्यको सीमा बाहिर जान नसक्ने” बनाएका थिए । तुर्किमिनिस्तानले स्थापित गरेको “ओटोमन साम्राज्य” (त्यो भलै दीर्घजीवि सावित हुन नसकेको किन नहोस्), एउटा कालखण्डको सशक्त साम्राज्य थियो भनेर उल्लेख गर्नै पर्ने देखिन्छ । 

तर सबै साम्राज्य एकै कोटीका वा धरातलमा खडा गरिएका थिएनन्, होइनन् । थल साम्राज्य र सामुद्रिक गरी दुई खालमा वर्गीकरण गर्नसकिने थिए । पोर्चुगल, स्पेन, नेदरल्याण्ड– (डच), फ्रान्स, बेलायत, जर्मनी, इटाली, वेल्जियम, अमेरिका र जापानद्वारा स्थापित साम्राज्य भने थल र समुद्रपारवर्ती प्रदेशमाथि आधिपत्य स्थापित गर्ने (दुवैका संयुक्त स्थितिका) साम्राज्य थिए । 

सयौं वर्षसम्म आप्mनो मुलुकमा स्वतन्त्रता, स्वाधीनता र संप्रभूता स्थापनाका लागि लडेर “गौरवशाली ऐतिहासिक सफलता” प्राप्त गरेका महान् स्वतन्त्रता, स्वाधीनतावादीहरु, आपूm स्वतन्त्र र स्वाधीन भएपछि अरु साना, कमजोर र गरीव निमुखा राज्य र त्यहाँका वासिन्दामाथि आप्mनो “नवसाम्राज्य” स्थापित गर्न किञ्चित् पनि संकोच नमान्ने देखिए । त्यस्को जीवन्त र सशक्त उदाहरण बीसौं शताब्दीको प्रारम्भको मात्र होइन अन्त्यपछिकै विश्व सामु ठेठ र ठोसरुपमा भए रहेको अनुभूत गर्न सकिने देखियो । 

मानव समाजको विकासक्रम प्रारम्भ भएदेखि सन् दुई हजारको सूर्यास्त हुँदा नहुँदासम्म जसरी शस्त्रास्त्र र सैन्यशक्तिका आड र वलमा कैयन् वलशालीहरुले आ–आप्mना साम्राज्य स्थापित गरे, त्यसरी नै कतिपय पूर्वदास राज्यहरु आपूmले स्वाधीनता प्राप्त गरेपछि अरुमाथि नवसाम्राज्य र नवउपनिवेश स्थापित गर्ने भए । 

जब सन् १९९० को दशकको सूर्यास्त हुँदा नहुँदै दक्षिण अफ्रिकीहरुले भूमिबाट आप्mनो उपनिवेशवादको ज्यूँदो प्रतीक बेलायती युनियन ज्याक (झण्डा) उतारेर फाले, त्यससँगै पुरानो साम्राज्यको इतिहासक्रम विश्वबाटै समाप्त भयो । 

तर शस्त्रास्त्रको आडवलमा साम्राज्य स्थापित गर्ने परम्पराको क्रम सदाका लागि अन्त्य हुँदा नहुँदैदेखि “कलमको वलमा वाद र विचारको नवसाम्राज्य स्थापित गर्ने क्रम प्रारम्भ हुने” सन् उन्नाईस सयको उत्तराद्र्धको प्रक्षेपण सही सावित हुँदै गयो । 

आमसंचारका माध्यमबाट साना र कमजोर शासन सत्तामात्र होइन, परम शक्तिशाली शासन व्यवस्थाका महान् स्तम्भहरु समेत ढल्ने क्रम शुरु भयो । दुई ध्रुवीय विश्वलाई एक ध्रुवमा रुपान्तरिक गर्ने र अमेरिका जस्तो शक्तिशाली मुलुकका जननिर्वाचित राष्ट्रपतिलाई वाटरगेट काण्डको पर्दाफास गरेर सत्ताच्यूत गर्ने जस्ता काम संचारमाध्यमले जुन गरे त्यो कल्पनाभन्दा बाहिरको सफलताको ठेठ उदाहरण थियो । 

त्यस्को पूर्वाभास कतिपय दूरद्रष्टा राजनेता र शासकहरुलाई भइसकेको थियो । “तोप र वमलाई कलमले निस्प्रभावी बनाउने र कलमलाई कसैले पनि वशीभूत पार्न जित्न नसक्ने” देखेर नै उनीहरुले आमसंचारका– खास गरी प्रकाशन र प्रसारण जस्ता– माध्यमबाट आउन सक्ने वैदेशिक शक्तिको प्रवेशलाई प्रायः ठूला राष्ट्र र सरकारहरु पूर्णरुपमा निषेध गरे । कुनै पनि दवावका चाप, कापबाट र जस्केलो या चोर बाटोबाट त्यस्ता कलमधारी नवसाम्राज्यवादीहरु घुस्ने र पस्ने हुन् कि भनेर कठोर विधि–विधान र नीति नियम निर्माण गरे । 

विश्वको पछिल्लो ठूलो साम्राज्य (अंग्रेजी साम्राज्य) बाट स्वतन्त्रता र स्वाधीनता प्राप्त गरेको भारतका राजनेता एवं सत्ता नियन्ता जवाहरलाल नेहरु प्रधानमन्त्री बनेपछि वाह्य शक्तिहरुले आमसंचारका क्षेत्रमा ठूलो लगानी गर्न निकै दवाव दिए । तर नेहरुले “संचार र रक्षासामग्री उत्पादनका क्षेत्रमा जतिसुकै ठूलो शक्तिको दवाव परे पनि किमार्थ प्रवेश दिनु हुँदैन– दिन्न” भनेरै ‘चट्टानी अडान’ लिएका थिए । भारत स्वतन्त्र भएको सात दशकसम्म विभिन्न विचार, सिद्धान्त र ‘वाद’ का प्रयोक्ताहरु शासन सत्तामा आए पनि नेहरुले स्थापित गरेको  प्रकाशन र प्रसारण सम्बन्धी आमसंचारका क्षेत्रमा वाह्य लगानीलाई प्रवेश निषेध गर्ने नीतिलाई सबैले अनुशीलन गरे । 

तर दुर्भाग्य ! नेपालजस्तो “दुई भिन्न दर्शन, सिद्धान्त, विचार, र ‘वाद’ लाई अंगालेर एक अर्काको भन्दा भिन्न शैली र स्वरुपको शासन व्यवस्थाका माध्यमबाट विकास र सम्पन्नताको शिखर चढ्दै गरेका र विश्वकै जनसंख्या र सामरिक शक्तिका दृष्टिले समेत ठूला राष्ट्रबीचको अन्तरावर्ती र विश्वकै निर्धो, विपन्न राष्ट्रमध्येमा पर्ने नेपालमा वहुदलीय संसदीय शासन व्यवस्था स्थापित भए गरिएसँगै नमालूम के कस्तो दवाव, प्रभाव, स्वार्थ र नियतले हो ? जसरी आमसंचार क्षेत्रमा प्रच्छन्न शक्तिले वाह्य लगानीको बाढी नेपालभित्र पठायो, त्यस्ले नेपाली जनता र शासन सत्ता नियन्ताहरुलाई अर्काको विचार र निर्णयको निहायत भरिया सावित गरेको गणतन्त्र स्थापित भैसकेपछि थाहा भयो र हुँदैछ । 

“वुभुक्षितः किं नकरोतिपापम्” भलै “हामीले इतिहासमा कहिल्यै कसैको दासताको पाइताला हाम्रो माथ र माटोमा परेन, सधैं स्वतन्त्र, सार्वभौम मुलुकको रुपमा बाँच्यौं, हामी आप्mनो राष्ट्रियता, अक्षुण्णता, अखण्डता र एकतालाई चन्द्रसूर्य छुँदासम्म कायम राख्छौं” भनेर जति गुड्डी हाँकेको किन नहोउँ यथार्थमा हामी हाम्रो सार्वभौमिकता, स्वतन्त्रता, आप्mनै मुलुकभित्र झ्याली पिटेर प्रवेश गरेको सशक्त आमसंचारका हातमा सुम्पिएर उनका माध्यमबाट नवदासता वा नवसाम्राज्यको आधिपत्य र अधीनस्थ भैसकेका रहेछौं” भन्ने चेतनाबोध पटक्कै भएको रहेनछ । त्यस्तो अनुभूति अहिले जुन हुँदैछ, त्यसैको अभिव्यक्ति हो शासन सत्ता, शासन व्यवस्था, सरकार, दल र नेताप्रति आमजनतामा आएको र छाएको असन्तोष, उदासीनता, घृणा र राजनीतिप्रतिकै वितृष्णा भन्ने लाग्छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
रा.प्र.पा.को एकीकरणदेखि महाधिवेशन पछिको परिदृश्यसम्म (01.12.2017)
सुनको सिरानी हालेर सुत्ने कंगालकको स्थिति (01.12.2017)
प्रधानमन्त्री कसको हितमा काम गर्दै हुनुहुन्छ ? (01.04.2017)
संसदभित्रको परिदृश्यले दिएको सन्देश के ? (01.04.2017)
माओवादीका हुण्डरीमा जनतालाई सास्ती (12.29.2016)
को राष्ट्रवादी, को राष्ट्रघाती ? (12.29.2016)
जनचाहना समान अवसर हो, संघ शासन हैन (12.20.2016)
मधेशी मोर्चाको अन्तिम साध्य के ? (12.20.2016)
संविधान संशोधन प्रस्ताव र राष्ट्रियताको प्रश्न (12.20.2016)
समस्याको मूल जरो संघीयता (12.07.2016)
वर्तमान समस्याको समाधान २०४७ को संविधान (?) (12.07.2016)
संशोधन प्रस्तावले संगीन स्थिति ल्याएको छ (11.29.2016)
मन्त्री हुँदैमा ज्ञान पलाउने हैन होला त ? (11.23.2016)
लोकतान्त्रिक–गणतन्त्रको आवरणभित्र मौलाउँदै गएको सामन्तवाद (11.23.2016)
यस्तै हो भने योग्यले चुनाव नै जित्दैनन् (11.08.2016)
सार–संक्षेपमा वैदिक संस्कार (11.08.2016)
भारतका राष्ट्रपतिको राजकीय भ्रमणबारे घोत्लिंदा (11.08.2016)
दशैंको परम्परा र जीव–जगत् (10.05.2016)
सन्तानलाई “विजयादशमीको शुभकामना” दिंदै गर्दा (10.05.2016)
पूर्वीय जीवनशैलीमा अङ्ग संस्कार र चूडाकर्म (09.27.2016)



 
::| Latest News

 
[Page Top]