युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 02:41pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
अनाडीहरुले राजनीतिलाई पेशा बनाए
Wednesday, 01.18.2017, 12:53pm (GMT+5.5)

- महेश्वर शर्मा
केही समय अघिको कुरा हो– एकजना मित्र बिरामी परेर अस्पताल भर्ना भएको बेला बोलाउन पुगेको थिएँ । त्यहाँ उभिइरहेका युवकतर्फ संकेत गर्दैै मैले उहाँलाई चिनिन नि, भनेर मित्रलाई सोध्दा एः साँच्चै, उहाँ हुनुहुन्छ..... । उहाँलाई चिन्नैपर्ने हो भनेका थिए । उहाँको बुबालाई त चिन्छुहोला । भेटघाट नभएको निकै भयो । बाबु त सानै हुनुहुन्थ्यो । हलक्क बढ्ने पछिल्लो पुस्तालाई चिन्न गाह्रो हुँदोरहेछ । अनि बाबु के काम गर्नुहुन्छ ? मैले सोधें ।

ती युवकले बडो फूर्तीसाथ ‘म राजनीति गर्छु’ भन्ने जवाफ दिए । राजनीतिले खान दिन्छ र ? मेरो प्रश्न सुनेर ती  युवक अकमकिएको देखेपछि मैले  तपाईंको पेशा सोधेको हुँ भनें । त्यसपछि उनले अलि झर्केजस्तो गरेर ‘मैले भनिहालें नि राजनीति गर्छु भनेर’ जवाफ दिए । तपाईं राजनीति गर्नुहुँदो रहेछ, तर खान त प¥यो नि । राजनीतिले खान त दिंदैन होला । त्यसका लागि पढ्ने–पढाउने, कुनै जागीर अथवा कुनै व्यवसाय छ कि ? भनेर सोधको पो त ? त्यसरी नझर्कनोस् न, सोध्न त पाइन्छ नि होइन र ?

मैले अलि चर्को बोलेजस्तो लागेछ कि कुन्नि, मेरा मित्र नै अघि सरेर ‘उहाँले भनेको ठिकै हो भाञ्जा ! (ती युवक भाञ्जा भएको त्यही थाहा पाएँ) राजनीतिले पेट भर्दैन । जीविकाका निम्ति केही न केही काम त गर्नैपर्छ । कि त पैतृक सम्पत्ति हुनुप¥यो, त्यसै त जीवन चल्दैन । ठूला नेतालाई सत्तामा पुगेपछि फाइदा उठाउँला भनेर सेठहरुले पैसा दिए पनि साधारण कार्यकर्ताको पेशा राजनीति हुन सक्दैन ।’ आफ्ना मामाका कुरा सुनेपछि ती युवक खिसृक्क परेको देखेर मनै अघि सरें– हेर्नोस्, दोष तपाईंको होइन, नेताहरुको हो । उनीहरुले नै राजनीतिलाई पेशा बनाएका हुनाले तपाईंले पनि त्यस्तै ठान्नुभयो । अनाडी नेताले राजनीतिलाई पेशा बनाएपछि अब यो देशमा बुद्धि विवेकको कामै छैन जस्तो बनाइसके । यो राम्रो लक्षण होइन । राजनीतिलाई त्यति हलुका नसम्झनुपर्ने हो, तर यहाँ उल्टो भैसकेको छ ।

त्यसपछि ती युवक अलि शिथिल त देखिए तर म आफैं ढुक्क हुन सकिँन । एउटा सामान्य व्यक्तिले पनि निर्धक्कसंग ‘मेरो पेशा राजनीति हो’ भन्ने अवस्था किन र कसरी आयो ? बुझेर हो कि लहैलहैमा हो ? त्यसैबेला मलाई एउटा पुरानो प्र्रसंग सम्झनामा आयो । एकजनाले भनेका थिए– ‘के गर्नु बाबु ! छोराले पढन सकेन, एएलसीमा तीनपटक फेल भयो । सक्नुहुन्छ भने कतै जागीरमा झुण्ड्याइदिनोस् न, नत्र राजनीति गर्छु भनेको छ । जागीरलाई योग्यता चाहिने, राजनीतिमा त फाइफुट्टी लाउनसके पुग्दो रहेछ । ऊ ओधानेको छोरो त्यसै माननीय भयो ।’

उनको भनाई सुनेर त्यो बेला म पनि जिल्ल परेको थिएँ । आज पनि त्यस्तै भयो । त्यो पंचायतको बेला थियो भने आज त अझ लोकतन्त्र, गणतन्त्र केके केके । तर, राजनीतिक क्रियाकलापमा खासै फरक देखिएन, विकृतिमा भने बढोत्तरी नै हुँदै गएको छ । पेशा भनेपछि जीवन निर्वाह गर्न चाहिने रोजगारी, उद्याग–व्यापार, खेतीकिसानी या जागीर इत्यादि हुनुपर्नेमा राजनीतिलाई नै पेशा भनेको र बनाएको सुन्दा मलाई अप्ठ्यारो लागे पनि बेकामेहरुले राजनीति गर्छौं भनेर धम्क्याउने, चन्दाका लागि जोरजवर्जस्ती गर्ने बेजिम्मेवार, अल्लारे गुण्डा नाइकेहरुका जमातले राजनीतिक दलहरुलाई नै बदनाम गराएका छन् ।

हुन त त्यस्ता बेजिम्मेवारहरुको काम हड्ताल र बन्दका बेला ढुंगामुढा, तोडफोड, आगजनी जस्ता विध्वंशक काममाा उपयोगी हुने सम्झेर त होला, नेताहरुले नै संरक्षण दिइरहेका छन् । त्यस्ता कतिपय त मन्त्री समेत भएर पनि भ्रष्टाचार, व्यक्ति अपहरण र हत्या समेतका काण्डमा जेल पनि भोगेकै छन् । त्यति मात्र नभएर पार्टीहरुले समानुपातिक प्रतिनिधित्व भनेर तिनै अपराधी र सेठ, तस्कर व्यापारीबाट समेत करोडौं लिए खाएर सांसद बनाएको पनि देखिएकै छ भने सामान्य कार्यकर्ताले पनि राजनीति मेरो पेशा हो भन्छ भने के आश्चर्य भयो र ? प्रत्यक्ष निर्वाचनमा एक सिट नआए पनि बीस–तीस सामानुपातिक सांसद भर्ना गर्न पाउने भएपछि राजनीति कमाउने पेशा भएन त ?

आजका बुद्धिजीवी समेत त्यस्तै नेताका पछि लागे भने यो देश कानुन, नियम र प्रजातान्त्रिक परिपाटीमा नभएर भगवानकै भरोशामा चलेको छ भन्न के गाह्रो पर्ला र ? एसएलसी पास गर्न नसकेर राजनीतिमा लाग्नु, सातकक्षा फेल भएर पत्रकार बन्नु र त्यस्तै खालेहरु मन्त्री भएको देख्नुपर्दा यो देशमा अबा बुद्धि–विवेक र योग्यताको कामै  रहेनछ भनेर कसैले भन्यो भने पनि आश्चर्य नहुने भयो । त्यसैले होला– कतिपय बुद्धिजीवी समेत त्यस्तैका पछिलाग्न थालेको भनिंदैछ । कहीं नभएको जात्राहुने ठाउँ न हो यो । समानुपातिक सांसद पद नै मूल राजनतिक पेशा बनाइएको मुलुकमा विचरा ती युवकले राजनीतिलाई बुझेरै पेशा भनेजस्तो लाग्न थालेको छ । ती युवकलाई गलत भन्ने हो भने आजका नेतालाई अथ्र्याउन त ‘गलत’ शब्दले नि नभ्याउला कि !

ठगेर–लुटेर खानु पनि पेशा, अपहरण, फिरौती, जवर्जस्ती चन्दा, हत्या जस्ता अपराध पनि पेशा, राजनीति पनि पेशा अर्थातु जे गर्दा पैसा आउँछ त्यही पेशा भएपछि गतिला पेशाप्रति विकर्षण आउनु स्वाभाविक भयो । ती युवकले बरु राजनीति नै  मेरो पेशा हो भनेर सम्मानजनक पेशा नै लिएछन् कि ? तर आजसम्म देखिएका अनर्थका मूलमा अनाडी नेताकै  हात रहेको यथार्थ उजागर भैसकेको छ । आजको बेथिति रअराजक स्थिति त्यसैको परिणाम हो भन्नेमा दुविधा रहेन ।

अन्त्यमा–
उपर्युक्त यावत् विकृतिको मूल जरो संघीयता नै हो । संघीयताका नाममा यहाँ ठालूतन्त्र प्रभावी भएको, प्रजातन्त्र त छँदैछैन भनेजस्तो स्थिति छ । यहाँ हरेक कुरा जनताको राय लिएर होइन, बलजफ्त लादिएको छ । यो ठालूतन्त्रका प्रायोजक पुष्पकमल दाहाल हुन् । प्रवृत्ति बज्रस्वाँठ भएपछि नाम मात्र पुष्पकमलको के अर्थ रह्यो ? हुन त उनी षडयन्त्रका तानाबाना बुन्दाबुन्दै आफैं एक्लिंदै गएका छन् । तैपनि लागेको बानी जान गाह्रो रहेछ– अझै लिंडे ढिपीमा छन् । आजको अव्यवस्थाको मूल कारणा नै संघीयता हो । सलो देशलाई खण्डखण्डमा विभाजित गर्नु, जनमतको उपेक्षा गर्नु उनको कुटिल चाल हो ।

जनाहना विपरीत लाद्न खोजिएको देश विखण्डनको उपक्रम देशले योग्य नेतृत्व नपाउनाले गर्दा आइपुरेको छ । आज हामी जसलाई नेता भनिरहेका छौं, तिनमा विवेक विचारको सर्वथा अभाव छ । ती सबै भाँडभैलो मच्चाउन मात्र सामर्थ रहेछन् । कतैबाट निर्देशित र प्रभावित भएकाहरुले देशलाई भडखालोतिर लादैछन् । संघीय शासन लागू गर्ने वस्तुस्थिति नै नबुझी हडबडमा बद्धि पु¥याउन नसक्दा विपरीत गर्न गएको छ । यो आजको दुर्भाग्य हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
शस्त्रास्त्रद्वारा स्थापित साम्राज्यका समाधिमाथि स्थापित संचार साम्राज्य (01.18.2017)
रा.प्र.पा.को एकीकरणदेखि महाधिवेशन पछिको परिदृश्यसम्म (01.12.2017)
सुनको सिरानी हालेर सुत्ने कंगालकको स्थिति (01.12.2017)
प्रधानमन्त्री कसको हितमा काम गर्दै हुनुहुन्छ ? (01.04.2017)
संसदभित्रको परिदृश्यले दिएको सन्देश के ? (01.04.2017)
माओवादीका हुण्डरीमा जनतालाई सास्ती (12.29.2016)
को राष्ट्रवादी, को राष्ट्रघाती ? (12.29.2016)
जनचाहना समान अवसर हो, संघ शासन हैन (12.20.2016)
मधेशी मोर्चाको अन्तिम साध्य के ? (12.20.2016)
संविधान संशोधन प्रस्ताव र राष्ट्रियताको प्रश्न (12.20.2016)
समस्याको मूल जरो संघीयता (12.07.2016)
वर्तमान समस्याको समाधान २०४७ को संविधान (?) (12.07.2016)
संशोधन प्रस्तावले संगीन स्थिति ल्याएको छ (11.29.2016)
मन्त्री हुँदैमा ज्ञान पलाउने हैन होला त ? (11.23.2016)
लोकतान्त्रिक–गणतन्त्रको आवरणभित्र मौलाउँदै गएको सामन्तवाद (11.23.2016)
यस्तै हो भने योग्यले चुनाव नै जित्दैनन् (11.08.2016)
सार–संक्षेपमा वैदिक संस्कार (11.08.2016)
भारतका राष्ट्रपतिको राजकीय भ्रमणबारे घोत्लिंदा (11.08.2016)
दशैंको परम्परा र जीव–जगत् (10.05.2016)
सन्तानलाई “विजयादशमीको शुभकामना” दिंदै गर्दा (10.05.2016)



 
::| Latest News

 
[Page Top]