युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:19pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
केही पुष्टिकरण केही प्रष्टिकरण
Wednesday, 03.22.2017, 02:40pm (GMT+5.5)

- तारा सुवेदी

“वादशाहीतन्त्र” को आशय
गएको हप्ताको अंकमा “वेताजवाद शाहका वादशाहीतन्त्रमा, मूल्यको राजनीतिको भविष्य” भनेर लेखिएको थियो । शीर्षक कतिपयलाई अवोध्य र अस्पष्ट लागेछ । यसपटक त्यसैको पुष्टिकरण र प्रष्टिकरणमा केन्द्रित भएर लेख्ने जमर्को गरियो । 

“शिरपोशधारी वादशाह” (महाराजा) राजतन्त्रात्मक शासन प्रणालीमा हुन्थे । नेपालमा हजारौं वर्षसम्म गोपाल, महिष, किरात, लिच्छवी, मल्ल, शाहा आदि विभिन्न अधिवंशवादी शिरपोश (ताज) पहिरिएका महाराजाहरुले शासन गरेका थिए । त्यस्ता शासकहरुलाई सामन्ती भनिन्थ्यो । त्यो बेला ‘सामन्त’ शब्द सम्मान सूचक मानिन्थ्यो । त्यसैले अंशुवर्माले “महासामन्त” भनेर आप्mनो प्रसस्तिमा लेख्ने लेखाउने गरेका थिए । शाहकालीन राजाहरु हिन्दू अधिशासक र बाइसे चौबीसे सामन्त राज्यहरुका पनि राजा भएकाले उनीहरुलाई “महाराजाधिराज” भन्ने गरिन्थ्यो । मुगलकालीन भारतका मुस्लिम अधिवंशवादी अधिशासकहरुलाई “वादशाह” भनिन्थ्यो । ‘महाराजा’, ‘परमशासक’ भन्नु र ‘वादशाह’ भन्नुमा भाषाको वा शब्दको मात्र अन्तर थियो, सारमा थिएन । 

इतिहास साक्षी छ, प्रायः मुगल वा पश्चिमी मुस्लिम शासकहरुको चरित्र, शासन, शैली त्रूmर, परपीडक, आततायी, हिंस्रक र सन्त्रासको पर्याय र प्रतीक भनिन्थ्यो । तर सनातन वैदिक धर्मावलम्बी भारतवर्षका राजा, महाराजाहरु प्रायः स्वभावत प्रजाप्रेमी, दयालु मानिन्थे । उनीहरु आप्mना नागरिकलाई सन्तान सरह माया गर्ने गर्दथे, “प्रजा” भन्दथे । त्यसैले राजालाई “प्रकृतिरञ्जक” भनिन्थ्यो । “राजा प्रकृतिरञ्जनात्” भनेर स्मृतिहरुमा उल्लेख गरिनुको कारण त्यही थियो । 

तर त्यसो भन्नुको अर्थ र आशय सबै सनातन हिन्दू धर्मावलम्बी राजा, महाराजा, शासक, अधिशासकहरु नै “लोककल्याणकारी”, “प्रजाप्रेमी” थिए भन्ने होइन । हिरण्यकशिपु जस्ता देव शत्रु दैत्य राजाका कोखबाट प्रह्लाद जस्ता भगवद् भक्त र मानवजातिकै कल्याणको लागि सोच्ने सन्तान (करुणावतार राजा) पनि जन्मिएका थिए । तिनै प्रह्लादका वंशजका रुपमा चरम प्रजा पीडक, धर्म, कर्म र यज्ञयागादिको विरोधी, परम अत्याचारी “वेन” जस्ता आप्mनो राज्यमा राजा आपैंm आतंक मच्चाउने धर्मद्रोही, आतंककारी पनि जन्मिएका थिए । इतिहास पूर्वको पौराणिक कथामा त्यस्ता दुवै खाले शासकको कथा र शासितका व्यथाको संग्रहकै रुपमा पुराण, महाभारत ग्रन्थ रहेका हुन् भन्ने लाग्छ । 

ती “महासामन्त” हरुका शासन संचालनका पनि आप्mनै विधिविधान थिए । ती या त स्मृति, पुराण, धर्मशास्त्र आदि थिए । या स्वयंका विवेक र मनमर्जी हुन्थे । तर उनीहरु स्वयंले त्यस्ता विधिविधान, आपूm अनुकूल भए वा तिनले आप्mनो लागि रक्षा कवचको रुपमा काम गर्ने भए, परिपालन गर्थे । प्रतिकूल वा अवरोधक भए यत्किञ्चित् वास्ता गर्दैनथे । तर मुगलकालीन शासन, सत्ता नियन्ता “वादशाह” हरु भने हिन्दू पुरुषहरुलाई दास, र महिलाहरु जतिलाई आप्mना लागि “खुदा÷अल्लाह” को ‘मेहरमानी÷निगाहा ठान्थे । सकेसम्म, भ्याएसम्म र भेटेसम्म हिन्दू कुमारीहरुको कुमारित्व हरण गर्ने र उनीहरुबाट नाजायज औलाद पैदा गर्नुलाई खुदाको हुकूम् मर्जी ठान्दथे । त्यस्तै स्वेच्छाचारी चरित्र भएका राज्य सत्ता नियन्तातिर संकेत गर्दै “वादशाहहरुको वादशाहीतन्त्र” भनेर भनिएको थियो । 

मुगलकालीन शासक ताजपोशी थिए । तर गणतन्त्र अधिवंशवादी शिरपोशधारी राजतन्त्र परम्परागत धर्म, विधिविधानका अस्मिता अस्तित्वमाथि बलात्कार गर्नेको समाधिमाथि स्थापित भएको, तर चरित्र, शासन, शैली, स्वेच्छाचारिताको स्वरुप, विधिविधानको स्थान, मान, सम्मान र परिपालन गर्ने सोच, संस्कार, सामन्तीभन्दा “वादशाहीतन्त्र” अभिप्रेरित हुँदैगएको अनुभवबाट “वादशाही तन्त्रकालीन कालखण्ड” को विम्बको रुपमा प्रस्तुत गरिएको थियो, त्यो लेख । 

राजनीति किमार्थ पेशा होइन !
यद्यपि सबैलाई थाहा नभएको होइन, राजनीति कुनै पेशा व्यवसाय हुँदै होइन । विशुद्ध समाज, समुदाय एवं सहयोगापेक्षीहरुका लागि सक्दो सेवा, सहयोग पुर्याउनु र राष्ट्रको स्वतन्त्रता, अखण्डता, एकताका लागि आत्मसात् गर्नु हो । त्यस्का लागि संगठनको रुपमा राजनीतिक दल गठन गरी शक्ति निर्माण गर्नु पर्छ । त्यो सेवा गर्ने विधि, प्रकृया, माध्यम विभिन्न दलको एउटै नहुने, हरेकका तत्सम्बन्धी शैली र विचार फरक हुने हुँदा “कुन विधि, माध्यम, सोच, विचार उपयुक्त हुने रहेछ” भनी सेवामुखी प्रतिस्पर्धा गर्न सेवाग्राही माझ पैmसला गरी माग्न राजनीति गर्नेहरु जानुपर्छ, समय समयमा । त्यसैलाई “प्रजातान्त्रिक अभ्यास वा आप्mनो शासक आपैंm छान्ने भनिन्छ । त्यसरी सेवाग्राहीसामु जाने माध्यम राजनीति दर्शन, सिद्धान्त, संगठन, जनशक्तिको आवश्यकता पर्छ । 

त्यसैले हरेक दलले “जनताको सर्वाङ्गीण विकास, समृद्धि, समुन्नति गरी समग्रमा आप्mनो राष्ट्र र त्यस भित्रका विभिन्न सोच, संस्कार, समुदाय, सम्प्रदाय, जाति, वर्गमा विभाजित मानवसमाजले त्यस्तो सेवा सबैभन्दा पहिले कस्लाई दिने ? स्पष्ट गर्छन् । आपूm, त्यसपछि क्रमशः आप्mनो परिवार, आफन्त, आप्mनो मन परेका आपूmलाई हरतवरबाट सफलताको बाटोमा सहयोगी खोज्ने हरेक मानिसभित्र जुन स्वार्थ  लुकेर रहेको हुन्छ, त्यस्तो स्वार्थ असीमित हुन्छ । तर, समाजको त्यस्तो स्वार्थ पूरा गर्ने संकल्प बोकेर जीवन नै समाज वा लोककल्याणमा समर्पित गर्नेहरुले आ–आप्mना विवेकले देखेको प्रकृया, शैली र पद्धति नितान्त फरक हुन्छ । 

उदाहरणका लागि कुनै देवमन्दिर, तीर्थस्थल वा मस्जिद, चर्चमा सहयोग पाउन (माग्न) बसेका हजारौं हुन्छन् । तर दाताले लगेको रोटी वा पैसा निकै कम छ भने त्यहाँ कुनै पनि व्यक्तिले धैर्य गरेर बस्दैनन् । अर्को कुरा विभिन्न समयमा परेका दैवीप्रकोप, युद्ध, आतंकबाट प्रभावित भई शरणार्थी भएकाहरुबीच सहायता लिन जुन होड मच्चिन्छ, त्यो अझ ठेठ उदाहरण हुन सक्छन् । लाखौं संख्याका भूखमरी ग्रस्तहरुका भीडमा लगेर खाद्यवस्तु वा त्यस्तै राहतका सामग्री वितरण गर्दाको परिदृश्यलाई ठेठ उदाहरणको रुपमा लिउँ, पुग्छ । “देशमा उपलब्ध साधन सीमित हुन्छ । समाज, समुदाय मानिसका इच्छा आकांक्षा असीमित हुन्छन्” । त्यस्तै “मागको व्यवस्थापन” का लागि शासन प्रणाली, विधिविधान, ऐन, कानून रीतिथिति, आदिको निर्माण आवश्यक हुन्छ । त्यही सव व्यवस्थापन गर्ने वृहद् निकाय संस्था, संगठन, निकाय एउटा राष्ट्र हो । “त्यस्को इमान्दारिपूर्वक संचालन गर्ने पवित्र उद्देश्य नै सेवा” हो । 

त्यसरी सेवाभाव भएका, तर एउटै शैली, सोच, विधि, प्रकृयामा सहमत भएकाहरुले त्यस्तो उद्देश्य र लक्ष्य सफलीभूत पार्न, आ–आप्mनो एउटा संगठन जुन निर्माण गर्छन्, त्यस्लाई नै राजनीतिक दल वा संगठन भनिन्छ । 

त्यस्ता दल वा संगठनमध्ये कस्को नीति, शैली कार्यसम्पादन क्षमता उस्ले सेवाप्रवाह गर्दा प्रयोग गरेको विधि र प्रकृया कति न्याय र विवेकपूर्ण थियो वा छ ?, सेवाग्राही (जनता) ले त्यस्को आवधिक मूल्यांकन गर्ने, सम्परीक्षण गर्ने र त्यस्ता सेवा गर्ने ध्येयले गठित समूह (राजनीतिक दलहरु) मध्ये लक्षित वर्ग वा सेवा उपयोग गर्ने (आमनागरिक) ले एउटा समयावधिका लागि कुन समूह (दल) लाई रोज्दा आपूmलाई बढी सेवा प्राप्त हुन्छ, त्यसलाई छान्ने प्रकृयालाई (जनादेश दिएको) मान्ने गरिन्छ । र त्यस अवधिमा त्यसैले राज्य (नागरिक) वासीका लागि उपलब्ध साधन श्रोतको न्यायपूर्ण तवरबाट र इमान्दारिपूर्वक, धर्म (अन्तरात्मा) विवेकपूर्वक वितरण गर्ने गर्नु पर्छ । त्यसरी राज्यको साधनश्रोत र सेवा वितरण गर्दा सेवाग्राहीले पनि शान्ति, धैर्यता र संयमित भएर पालोपर्खी बस्नु पर्ने हुन्छ । कतै सेवा दिंदा वा साधनश्रोतको वितरण गर्दा अशान्ति, असुरक्षा वा आपराधिक कृत्य भए गरिए लिंदा दण्ड दिनको लागि निकाय (प्रहरी, न्यायालय) को प्रबन्ध (स्थापना) गर्ने वा गरिएका त्यस्ता संस्थालाई साधन, श्रोतद्वारा चुस्त, दुरुस्त (सक्षम, प्रभावकारी) बनाई राख्ने गरिन्छ । समग्रमा त्यो सम्पूर्ण सेवा प्रवाहका लागि विधिविधान, व्यवस्थापनको जिम्मेवारी वहन गर्ने (राज्यको शासन व्यवस्था वा प्रबन्ध गर्ने) प्रणाली “आदर्श र मूल्यमा आधारित राजनीति र राजनीतिशास्त्रको आधार” हो । 

मनु, शुक्राचार्य, कौटिल्य आदि जस्ता पूर्वीय राजदर्शनको प्रणेतादेखि पाश्चात्य “राजनीतिका आदिगुरु” प्लेटो, रुस्सो, अरस्तुहरुसम्मका विश्वका जुनसुकै भूभागका राजनीति र राजनीतिक शास्त्रकारको नीति र भनाईको सार त्यही हो । त्यस्तै “परोपकार पुण्याय, पापाय परपीडनम्” भन्नु र “आत्मनः प्रतिकूलानि, परेषां नसमाचरेत्” भन्नुको सार पनि यही हो । किनकि त्यो प्रबन्धक (शासक) र उस्को परिवारको सदस्य पनि त्यही सेवाग्राही (नागरिक) समूहबाटै छानिने र एउटा समयावधिपछि त्यही व्यक्ति (सर्वसाधारण नागरिकको हैसियत) मा बसेर “अरु प्रबन्धकर्ता (राज्य शासन सत्ता नियन्ता) बनेपछिको आपूm पनि सेवाग्राही बन्ने” हो भन्ने सोच, संस्कार बोकेर समाज व्यवस्थापनको लागि अग्रसरता देखाउनु नै “मूल्य मान्यतामा आधारित राजनीतिक आदर्श” हो । 

उक्त मान्यता, मापदण्डका कसीमा राखेर सम्परीक्षण गरेपछि कुन राजनीतिक दल, त्यस्का अगुवा (नेता) कति लोक (जन) कल्याणकारी, इमान्दार, नैतिकवान् हुन् वा छन् ? स्पष्ट हुन्छ । त्यस परिप्रेक्ष्यमा उहिलेदेखि अहिलेसम्मका नेपालका राज्यव्यवस्थापक (शासन सत्तामा पुगेका, पुर्याइएका) हरु र त्यहीं पुग्ने वा पुर्याउने विधि र प्रक्रिया आदिको निष्पक्ष, स्वतन्त्र, तटस्थ भएर “वार्वरिकको आँखाबाट” नियाल्न सके–(हरेक त्यस्तो क्षमता वा विवेक शक्ति भएको भए उसले) कुन दल, कुन व्यक्ति, कुन दर्शन, सिद्धान्त कस्तो रहेछ, देखेछ । अर्जुनले दिव्यदृष्टिबाट भगवान्को विश्वरुप देखेपछि जस्तो तत्ववोध गरेका थिए, त्यही रुपमा यावत् घटनावलीका परिदृश्य हेर्न, बुझ्न र निष्कर्षमा पुग्न सक्ने रहेछ । त्यही निष्कर्षबाट उक्त स्तम्भ लेखिएको थियो । 

वय, काय, समय र जीवनभरका साथीसँगति, मित्र, सहयात्री ठाने मानेकाहरुले नेटो काटे कटाएपछि यस्तो सोच विचार आएको हो, वा आउने हो ? मलाई मात्र “जीवन र जगत्” (जस भित्र नै राजनीति दल, उनका गतिविधि शासनविधि, त्यस्को परिपालन गर्नुपर्ने सर्वोच्च पदासीनदेखि सीमान्त विपन्न सर्वसाधारण नागरिकसम्मको गतिविधि, शासनविधि, शासन सत्ता नियन्ता र राजनीतिक पेशा व्यवसायी जस्लाई दलका नेता अगुवा भनेर भन्दा स्पष्ट बुझिन्छलाई पनि त्यस्तो लाग्छ ? थाहा भएन । तर आपूmले आपैंmलाई पौराणिक पात्र  “वार्वरिक” को ठाउँमा रहेर राखेर हेर्नु पर्छ । तत्व वा सत्यवोध त्यहींबाट हुन्छ भन्ने लाग्छ । 

सांसारिक वा भौतिक पाटो, बाटो र अन्तिम छेऊ बारे मात्रै होइन । गेरुवा वस्तुधारी आजका बडे बडे प्रवचन दिएर ज्ञान, बुद्धि, उपदेश बाँड्दै हिंड्ने महात्मा, साधु, सन्त, महन्त होउन् । अर्थ वा चीवरधारी, सफेद चोँगाधारी मुल्ला”, विशप होउन्, वा श्वेम्बर दिगम्बर । कुनै पनि धर्म सम्प्रदायका पथप्रदर्शक उपदेशकका भनाई, लेखाई, उपदेश, प्रवचन र प्रवचनको सारसमष्टीलाई पनि न बढी अन्धभक्ति र आस्था आशक्ति न अनास्था घृणा हरेक वस्तु विषय घटना परिघटनालाई उक्त “वार्वरिकी नजरिया” ले हेर्ने र देखाउने प्रयास र अभ्यास स्वतन्त्र पत्रकारिताको उद्देश्य, लक्ष्य र धर्म (नैतिक दायित्व) र कर्तव्य हो” भन्ने जुन निष्कर्षबाट जेजस्तो लेख्नु पर्ने देखिन्छ, त्यही हो वाह्र वर्षदेखिको “फरक पाटो” को पहिचान र परिभाषा । त्यो नै सत्य तथ्य र यथार्थ हो भन्ने लाग्छ ।

त्यही “वार्वरिकी नजरिया” (दृष्टिकोण) बाट जेजस्तो देखियो वा लाग्यो, त्यसैलाई शब्दचित्रमा गताङ्गमा प्रस्तुत गरियो । यथार्थमा आँखा चिम्लेर सोच्दा नेपालमा नैतिक मूल्य, मान्यता र राजनीतिक आदर्श र त्यस्का पक्षग्राहीहरुको दशा र दिशा महाभारतको अठारदिने युद्धकालमा कौरव पक्षीय अनेकन महारथीहरुले निर्माण गरेको चक्रव्यूह र त्यस्लाई एक्लैले तोड्न तम्सेर चक्रव्यूह भित्र पसेका उभिएका अभिमन्युको परिदृश्य झल्झली आँखा अगाडि आउँदो रहेछ । 

गएको स्तम्भमा त्यही राष्ट्रिय राजनीति, शासन सत्ता नियन्ताहरुले अख्तियार गर्दै आएको शैली, नीतिको निर्ममतापूर्वक चिरफार वा विश्लेषण गरियो । त्यस्का सम्पुष्टिका क्रममा जेजस्ता दृष्टान्त उदाहरण वा घटनावलीलाई साक्ष्यको रुपमा प्रस्तुत गरिएको र त्यो सबैका आधारमा राष्ट्रको भाग्य, भविष्यबारे प्रक्षेपण गरियो । ती सबैलाई त्यही परिवेश र परिप्रेक्ष्यमा हेर्नु र बुझ्नु सही, न्यायपूर्ण र विवेकसम्मत हुनेछ भन्ने लाग्दछ । 

राष्ट्रको भाग्य, भविष्य अँध्यारो भड्खारोको डीलमा पुगेको देखिएको छ । तर पनि  त्यसपछिको सम्भावित वा अवश्यम्भावी परिणति बारेको आप्mनो प्रक्षेपण गलत र असत्य सावित होस्” भन्ने सबैको भावना र चाहनासँग विमति वा विरोध गर्नु पर्ने, राख्नु पर्ने केही पनि छैन । बरु विश्लेषण तीखो रुखो भएपनि, असत्यपूर्ण नभए पनि, प्रक्षेपण गलत मात्रै होइन उल्टो सावित वा सिद्ध होस् । हामी सबैको चाहना पनि त्यही र त्यस्तै हुनु पर्छ, होला । तथापि  त्यस्तो सकारात्मक परिणामको लक्षण नदेखिनु नै आजको सबैको पीडा र चिन्ताको विषय बन्यो । 

जहाँसम्म “शान्तिपूर्ण तरिकाले प्रचलित निर्वाचनका माध्यम नेपालको राज्य सत्ता नियन्ता बन्ने” संवैधानिक व्यवस्थाको प्रावधान छ, आजको परिवेश परिस्थितिमा त्यस मूल्य–मान्यताको, इमान्दारिताको, नैतिकता आदर्श पथबाट कसैलाई पनि त्यहाँसम्म पुग्न “असंभवम्” जस्तै देखिदैंछ । त्यस्तो सन्देश स्वयं “प्रजातन्त्रवाद” का चोंंगाधारीहरुले संसदीय अभ्यासकालमा दिइसकेका छन् । जुन पार्टीको टिकटबाट सांसद बनेको हो, त्यही पार्टीको नेतालाई समर्थन गर्न वा विश्वासको मत दिन कतिपय सांसदलाई त्यही दलका नेताले पचासौं लाखसम्म दिई हङ्गकङ्ग, सिंगापुर सफरमा पठाएको जसरी सुनिएको थियो, त्यसरी नै गणतन्त्रकालका पहिलो राष्ट्रपतिको निर्वाचनमा दुईतिहाइ पुर्याउन कतिपय साना दलका सभासद्÷सांसदहरुलाई करोडको दरले नोट बाँडिएको सुनिएको थियो । त्यो आम चर्चामा आइसकेको तथ्यले नै नेपालमा “मूल्यको राजनीति होइन”, नोटले भोट किन्ने मूल्य तिरेर राजनीति गर भन्ने सन्देश दिइसकेको छ । 

त्यति मात्र होइन । संसदीय दोस्रो अभ्यासको चरण (२०४८ मा) शुरु भएदेखि नै परम्परागत स्वीकृत मूल्य–मान्यताको राजनीतिलाई मूल्यको भरमा (भोटलाई नोटमा खरीद गरी) कीर्ते वा कृत्रिम “जनादेश प्राप्त गर्ने” जुन परम्परा कायम भयो, त्यस्ले सबै (झण्डै शतप्रतिशत) जसो निर्वाचन क्षेत्रबाट निर्वाचित हुनेहरुले चुनाव हुनु पहिले नै जनताको सेवा गर्ने नाममा चोर, डाँका, डन, अपराधी, शोषक, उत्पीडकदेखि ठगेदारसम्मको भलो गर्ने वाचा कसम खाएर र लाखौं खर्च गराई आएको थियो । अब पनि त्यही पुनरावृत्ति हुने निश्चित प्रायः छ । 

यस्तोमा कूल खसेको मतको ४०% प्रतिशत प्रत्यक्षतर्फ र ४०–४५ प्रतिशत समानुपातिक तर्फबाट लोकप्रिय मत प्राप्त गर्नेले झण्डै दुईतिहाइ सांसद पद कब्जा गर्न सक्ने रहेछ । त्यस्को लागि प्रत्येक मतवापत (मतदातालाई) रु.१०–१५ हजारसम्म बाँड्ने हो भने कुनै तस्कर सरदारका भाडाका कामदार दुईतिहाइ वहुमत पुग्ने गरी निर्वाचित भएको सांसदको  वैध प्रमाणपत्र लिएर संसदमा पस्न र बस्न सक्छन् । त्यही यथार्थतालाई (विगतका संसदीय प्रजातान्त्रिकदेखि संघीय गणतान्त्रिक छोटै समयका अभ्यासले पुष्ट र पुष्टी गरिसकेको कुरालाई) पनि त्यो अंकमा राखिएको थियो । 



Rating (Votes: )   
Share     Print


Other Articles:
बीचको बाटो किन नरोज्ने ? (02.28.2017)
रा.प्र.पा.को सम्पन्न महाधिवेशनको सन्देश ? (02.28.2017)
जनचाहना अधिकार हो, भूमिको भागवण्डा हैन (02.15.2017)
फेरी अख्तियारतिर फर्केर घोत्लिँदा (02.15.2017)
के यिनले जनतालाई भेडा ठानेका हुन् ? (01.31.2017)
“आशा वलवती” राजन्....! (01.31.2017)
अनाडीहरुले राजनीतिलाई पेशा बनाए (01.18.2017)
शस्त्रास्त्रद्वारा स्थापित साम्राज्यका समाधिमाथि स्थापित संचार साम्राज्य (01.18.2017)
सुनको सिरानी हालेर सुत्ने कंगालकको स्थिति (01.12.2017)
रा.प्र.पा.को एकीकरणदेखि महाधिवेशन पछिको परिदृश्यसम्म (01.12.2017)
प्रधानमन्त्री कसको हितमा काम गर्दै हुनुहुन्छ ? (01.04.2017)
संसदभित्रको परिदृश्यले दिएको सन्देश के ? (01.04.2017)
माओवादीका हुण्डरीमा जनतालाई सास्ती (12.29.2016)
को राष्ट्रवादी, को राष्ट्रघाती ? (12.29.2016)
जनचाहना समान अवसर हो, संघ शासन हैन (12.20.2016)
मधेशी मोर्चाको अन्तिम साध्य के ? (12.20.2016)
संविधान संशोधन प्रस्ताव र राष्ट्रियताको प्रश्न (12.20.2016)
समस्याको मूल जरो संघीयता (12.07.2016)
वर्तमान समस्याको समाधान २०४७ को संविधान (?) (12.07.2016)
संशोधन प्रस्तावले संगीन स्थिति ल्याएको छ (11.29.2016)



 
::| Latest News

 
[Page Top]