युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.12.2019, 06:13am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
राजधानीको वाग्मती र मुलुकको राजनीति- तारा सुवेदी
Tuesday, 05.02.2017, 01:59pm (GMT+5.5)

उहिले पंचायती राजको शुरुआति दिनमा पङ्क्तिकार कास्की पोखराबाट भर्खर मात्र काठमाडौं छिरेको थियो । त्यसबेला थापाथलीको पुल तरेर अशोक सिनेमा हलमा जाँदा र फर्किंदा बाटोको वाग्मती पूरा स्वच्छ र भुइँमा भूरा माछा स्पष्टै देखिने थियो । वाग्मती मात्रै होइन । वालाजूका बाईसधारा नुहाउन जाँदा बाटोमा पर्ने विष्णुमति, पशुपति जाँदाको बीच बाटोको धोवीखोला सबै कञ्चन थिए । ती ठाउँमा सबैले डुवुल्की मारेर नुहाउन सक्दथे ।  तिर्खा लागेको मान्छेले पहाडी छहराको पानी भैंm वाग्मतीको पानी अंजुलीमा उठाएर तीर्खा मेट्नसक्ने हदको स्वच्छ, सफा र पवित्र थियो । 

ती कुरा दिन अहिले एकादेशको दन्त्यकथा जस्तै लागे पनि कालगणना गर्दा झण्डै पाँच दशकको हाराहारीभन्दा उताको पुरानो कुरा होइन रहेछ । सबैलाई थाहा छ, हिन्दूधर्मशास्त्र, शिवपुराण, हिमवत्खण्डहरुमा वाग्मतीको माहात्म्य गङ्गा, गोदावरी, कालीको भन्दा कम होइन, अझ बढी नै उल्लेख भएको नेपालका पण्डित र विद्वान्हरु वताउँछन् । त्यस्तो पवित्र र शुद्ध जल प्रवाहिनी वाग्मती सहितका उस्का सहायक सबै नदी अहिले जल होइन, अपवित्र, अशुद्ध, दुर्गन्धी र ढलबाहिनीमा रुपान्तरिक भएका छन् ।  प्रज्ञाचक्षुहरुले मात्रै होइन । पहाडबाट कुनै बस चढेर चैत वैशाखका निष्पट्ट अँध्यारोमा राजधानी छिरेको ढाक्रेले पनि आजको वाग्मती विष्णुमतिबारे सुनेको भए नदेखिकनै अन्दाज गर्नसक्ने थियो र साथीलाई भन्न सक्ने थियो, “हो, राजधानीको वाग्मती, विष्णुमतिको आसपास आइपुगिएछ क्यार ! किनकि यति कपालै फुट्ला जस्तो गरी दुर्गन्ध आउने ठाउँ त अन्यत्र छ भन्ने सुनिएको थिएन” ।

भोलीपल्ट त्यहीं ढाकर वा झोला बोकेर अँध्यारोमा राजधानी छिरेको कुनै व्यक्ति जब भक्तपुर, कीर्तिपुर र ललितपुर तिर जाँदा प्लास्टिक र कचडैकचडाको थुप्रोले ढाकेको न जल, न ढल । कहीं कतै फिँजै फिँज, प्लास्टिक, थोत्रा कपडा, पोकैपोका, मरेका कुकुरलगायतका सीनो फालिएको र कुहिएको, वान्ता आउला जस्तो, पहाडका गाउँ वेसीतिर कहिले कतै नदेखेको अनुभव गर्न नपरेको, नपाएको नितान्त र फरक सीमान्त दुर्गन्धी वातावरण, ढाक्रेले राजधानीको बखान पहाडमा सायद तयसरी गथ्र्यो । 

तर देशको “राष्ट्रियता जनताको प्रगति, उन्नति, विकासका मन्त्र, सूत्र जप्दै राजनीतिक पेशा, व्यवसायीहरुले गाउँदेखि राजधानी सडकसम्म मुर्दावाद र जिन्दावादका नारा लगाउँदै  चन्द्रशम्शेरको सिंहदरवार छिरेका राज्य सत्ता नियन्ताहरुका आँखाले, न त कहिल्यै त्यस्तो वाग्मती, विष्णुमति देख्यो, न त कुनैका नाकमा त्यो दुर्गन्ध पस्यो, र कुनै फरक महसुस गरेको वोध भयो । ऊ सधैं सधैं राजनीति, सत्ता, शक्तितिरै आँखा लगाएर त्यसरी देखियो, जसरी छिनेको आकासको चङ्गा लुट्ने वा भेटाउनेतिर आँखा लगाएर दौडिँदा कैयन् केटाहरु सडक दुर्घटनामा परेको, कति छतबाट खसेको, कहिं कतै विजुलीको करेण्ट लागेर मरेको सुनिएको छ । उनीहरु सायद वाग्मतीभन्दा फोहोरी राजनीतिमा रहे, रमाएका र त्यसैमा डुबुल्की मार्दामार्दै अभ्यस्त (यूज् टू्) भएकाले हो कि उनीहरु त्यसबारे बेखबर नै रहे बसे । त्यो सब देखेपछि देशको नोकरशाहीतन्त्रको प्रमुख अगुवालाई सहज हुन सकेन क्यार ! उस्ले ती आप्mनै आँखा अगाडि सिंहदरवारभित्रको सत्ता, शक्ति, स्वार्थका लागि लाप्पा खेल्ने तर देश लुट्ने र अँध्यारोमा “भागशान्ति जयनेपाल” गर्ने वर्ग, समूह, समुदायलाई ससम्मान र सहजरुपमा निर्वस्त्र एवं निर्लज्ज पार्ने मौन विद्रोहको अभियान शुरु ग¥यो । उस्ले झण्डै चार वर्ष अघिदेखि प्रत्येक शनिवार “वाग्मती सफाइमा जुटौं” को जुन अभियानको शुभारम्भ ग¥यो, त्यस्को परिणति अहिले ती नदीहरु माथिको फोहोर, कागज, प्लास्टिकको आवरण हटेको छ, कुकुर, जनावरको सीनो देखिरहनु परेको छैन । भलै, ढलै ढलको वाग्मतीको दुर्गन्ध हटेको, घटेको नहोला । 

हो होइन कति सत्य हो ?थाहा छैन । “झण्डै एक दशक अघिदेखि त्यो वाग्मती मात्रै होइन, झण्डै उस्मा आएर मिसिने चोभारको छेडोभन्दा माथिसम्मका वाग्मतीका सहायक “सप्तमती” हरुको शुद्धीकरण र रुपान्तरणका लागि रु.१५ (पन्ध्र) अर्व रुपियाको बजेट खर्चेर तीनवर्षे योजना बनेको थियो । त्यसबाट तीन वर्षमा होइन ६ वर्षमा कति खर्चिइयो ? थाहा भएन । राज्यले सार्वजनिक नगरेसम्म “सडकछाप सर्वसाधारण” ले पत्तो पाउने कुरा पनि होइन । त्यो समाचार प्रकाशित भएको साल अहिले पनि थाहा छ । २०६६ साल जेठ असारतिर हो । त्यस्मा “१५ अर्व खर्चेर वाग्मती र उसका सहयोगी सबै (सातवटै) नदी र दर्जनौं खोलाको निर्मलीकरण र शुद्धीकरण गरिने” समाचार सार्वजनिक भए गरिएको थियो । 

उक्त “१५ अर्व खर्चेर वाग्मती शुद्धीकरण र निर्मलीकरण गर्ने योजना गलत थियो भन्ने आशय यहाँको होइन । प्रदूषित हुँदैगएको वाग्मती र विष्णुमति किनाराका दुवैतिरबाट बन्दै गरेका (करिडोर) सडक मनी शहरभित्रका पहिले उक्त नदीमा निकास पु¥याउने गरी बनाइएका ढलहरुलाई संकलन गर्दै, दुवै तिरका ढलबाट चोभार आसपाससम्म पु¥याई प्रशोधन गरी नदीमा प्रशोधित पानी पठाउने कार्य सफल भयो भने अवश्य नै लिलामणि पौडेलले थालेको वाग्मती सफाई अभियान सफल होला । आशा र विश्वास गर्ने ठाउँ छ । 

कथांचित वाग्मती सफा नभए, राजधानी उपत्यका भित्रका नदी खोलाहरुलाई समेटेर चोभारको गल्छी नछिचोल्दा सम्मको प्रदूषित वाग्मतीबाट प्रभावित हुने यही खाल्डो भित्रका वासिन्दा हुन् । वाग्मती लगायतका नदी जस्ले प्रदूषित बनाए, उनैले आप्mनो दुष्कृत्यको दुष्प्रभाव र दुष्परिणाम भोगेका छन्, अभैm भोग्दै रहलान् । जुनबेला उनीहरुमा नदी शुद्धीकरण गर्नु पर्ने वातावरणीय सुधार गर्नु पर्ने चेतना जागरण हुन्छ, नदी संरक्षणको निमित्त उनीहरु नै लाठो लिएर पहरा बस्लान् । त्यस्को दुष्परिणाम, दुर्नियति, आमनेपाली र नेपाले व्यहोर्नु पर्ने होइन, छैन । यतिसम्म कि राजधानीमा जति दुर्गन्धी र प्रदूषित देखिएको भएपनि महाभारत र चूरेपहाडको यात्रा पूरा गरेपछिको वाग्मती पूर्वपश्चिम राजमार्ग काटेर तराई भूमिमा प्रवेश गरेपछि शुद्ध र पवित्र नै देखिएको छ । “नदी वेगेन शुध्यति” । भारतको कानपुरका सयौं छाला उद्योगको फोहोरदेखि दर्जनौं शहरका ढल मिसिएपछिको गङ्गा काशी वनारसमा पुगेपछि परम पावनी पापमोचिनी, मुक्तिदायिनी मानिएको छ । र करोडौं आस्था, श्रद्धा, पूजा, अर्चना गरेका छन् । वाग्मती पनि त्यस्तै हो । 

प्रदूषित राजनीति
हरेक मुलुकको सरहदभित्रका वासिन्दाको जिउ, धनको सुरक्षादेखि भाग्य, भविष्य वा जीवनमरणको कारण कहीं न कहीं राज्य र त्यस्को संचालन गर्ने सरकारसँग अभिन्न भई जोडिएको हुन्छ । राज्य संचालन गर्ने राजनीतिक शासनप्रणाली हुन्छ । भलै, त्यो चरम निरंकुश, स्वेच्छाचारी, अधिवंशवादीदेखि प्रजातान्त्रिक, लोकतान्त्रिककारी र आदर्शपूर्ण जनविश्वास समेटेको र जनतामुखी पनि हुनसक्छ । असल र सच्चरित्रवान् राज्य संचालक भए मुलुक उँभो लाग्छ । खराब सत्ता, स्वार्थ, शक्ति, सम्पत्ति र सन्नतिमुखी भए उस्ले उँधो लैजान्छ र भड्खारोमा पु¥याउँछ । त्यस्को ठेठ र जीवन्त साक्ष्य विश्व इतिहासका हजारौं पानामा समेटिएका छन् । 

जहाँसम्म नेपालको राजनीतिको प्रसङ्ग छ– राणा अधिवंशवादको अन्त्य होइन उदय पूर्वको इतिहासदेखि नियाल्यौं । यो मुलुकमा “राजनीति” भनेकै “शासन सत्ता हत्याउने, राज्य शक्तिको आडवलमा सातपुस्तासम्मका सन्ततिका लागि पुग्ने गरी अथाह कमाउने” र लोकल्याणकारी कामका माध्यमबाट नभई राज्य आतंक र संत्रासको आँधीबेरी ल्याउन सक्नु हो । त्यसैले शासन सत्ताका लागि सर्वसाधारणको मात्रै नभई “बन्धु बान्धवकै हत्या हुनु गर्नुलाई पनि जायज सहज र स्वाभाविक मान्ने” त्रूmर र नितान्त दानवी कार्यलाई राजनीतिको जामा पहि¥याएर, हेरेर देखाउने गरिंदै आयो । 
नेपालको इतिहासमा वि.सं. १९०३ सालतिर त्यो स्वेच्छाचारी, निरंकुश, अधिवंशवादी शासनको कालो सूर्य जसरी आप्mना वन्धु वान्धव, नाताकुटुम्बका रक्तकुण्डबाट उदाएको थियो, त्यस्को झण्डै डेढसय वर्षपछि स्थापित अत्याधुनिक गणतन्त्रात्मक शासन व्यवस्था पनि वीसौं हजार निरीह सोझा नेपाली सपूतहरुको रक्तनदीका बाढीले नै ल्याएको थियो । 

“राणाहरुको जहानिया शासनव्यवस्था फालेपछि जनताद्वारा जनताका लागि जनताको सरकार” आउने र “त्यस्ले नै नेपाल र नेपालीप्रति उत्तरदायी भई मुलुक र मुलुकीको भलो गर्नेछ” भनेर  भनियो । जनताले नेताको ढाल बनेर लड्यो । अधिवंशवादी राणाशाही ढल्यो । 

राणाहरु गएपछि शाहकालीन शासनव्यवस्था आयो । चुक्ली, चाकडी, चाप्लुसीमा पारङ्गतहरु दरवारभित्रका तरवारियाहरुको माध्यमबाट राजभक्तिको राग अलाप्दै र प्रजातन्त्रवादी र पंचायत इतरशक्तिहरुलाई सराप्दै सत्ता र शक्तिका नजीक पुगे । त्यसरी पञ्चहरुले “राजाको सर्वोपरि सकृय नेतृत्वको भजन गाउँदै झण्डै तीन दशकसम्म जनताको थाप्लोमा करभार बोकाएर जम्मा गरिएका ढुकुटी माथि एकछत्र रजाईं गरे । 

पञ्चहरुले तीन दशकसम्म निरन्तर राईंदाईं र रजाईं गरिरहेको देखेका विदेशी मुलुकमा बसेर स्वदेशको शासन सत्ताको स्वैर स्वप्न दुष्टहरुलाई खपीखानु नभएपछि शरणदातासामु “प्रजातन्त्र” को कहतारो तेस्र्याएर २०४६ मा जे जस्तो परिवर्तनको भीख पाए, त्यसैको सिको गरेर ५ वर्षपछि नै त्यही विदेशी प्रभुकै साथ संरक्षणमा पुगेर “संविधानसभा” र “गणतन्त्र” को अलख जगाउन अर्को शक्ति र तत्व लाग्यो । “नेपालको गरीवी, शोषण, उत्पीडन र पछौटेपनको कारण तत्व भनेकै सयौं वर्षदेखिको” शाह “अधिवंशवादी पुरानै शासन व्यवस्था हो, त्यस्को अन्त्य गरी जनताले संविधानसभाको लागि प्रतिनिधि पठाई आप्mनो विश्वासका उनीहरुका माध्यमबाट जाताको संविधान बनाउने, त्यसपछि शाही शासन व्यवस्थाको अन्त्य गरी स्थापित गणतन्त्रबाट मुलुकबाट उत्पीडन, पछौटेपन र नेपाल र नेपालीको क्षयोन्मुख आर्थिक, लैङ्गिक, धार्मिक, विभेदको अन्त्य हुने” स्वर्णिम सपना देखाए ।

हजारौं सीमान्त, विपन्नका भविष्यका आधार (सन्तान) र हजारौं अवोध वालवालिकाका संरक्षक, अविभावकको रक्तकुण्डबाट नेपालमा गणतन्त्र जुन आयो । त्यसले सयौं वर्षदेखिको अधिवंशवादी वा परम्परागत श्रीपेचधारी वादशाहलाई त डाँडा कटायो । तर छ सयभन्दा बढी संख्याका वेताजका चारपैसे र लफङ्गाहरु राजा बने । “संविधान” भनेको कस्तो चरा वा जनावर हो ? भन्ने “संविधान कानूनका महापण्डितहरु” नेपाल र नेपालीका लागि संविधान बनाउने नाममा दशौं वर्षदेखि शासन सत्तामा थला मारेर जसरी बसिरहेछन् । उनीहरुले नै नेपालको राजनीतिलाई वाग्मती र विष्णुमतिभन्दा सीमान्त दुर्गन्धी र प्रदूषणको मूल थलो बनाएको धेरैले अनुभव गरिरहेनछन् । 

त्यतिमात्रै पनि होइन । एकवर्ष पहिले मात्र जे जस्ले “६ दशकको कालावधि, सयौं अर्वको खर्चमा सीमान्त गरीव र विपन्न नेपालीको समुन्नति, समृद्धि, विकास र प्रगतिको भाग्यद्वार खोल्ने संविधान बनायौं” भनेर घमण्ड गरेका थिए । उनीहरुले जन्माएको संविधान जे जस्तो भएपनि जनताले र मानसम्मान नै गरेका थिए । 

तर दुर्भाग्य ! तिनै संविधानका जनक (बाबु) हरुले नै आपैंmले जन्माएकी शिशु संविधानमाथि जन्मिएको लगत्तैदेखि सीमान्त निर्घृणी तरिकाले सामूहिक वलात्कार गर्दै दुनियाले नेपालतिरबाट आँखाछोपी भाग्नु पर्ने जुन अकल्पित कृत्य गरे र गर्दैछन्, त्यस्ले अव यो देश विश्वसामु नेपालको राजधानीलाई दुर्गन्धित र प्रदूषित गरेको वाग्मतीभन्दा विश्व राजनीतिलाई नै कलंकित र दुगन्धित बनाउने काम ग¥यो । आजका परिदृश्य जीवन्त हुँदाहुँदै उक्त सत्य सावित गर्ने थप साक्ष्य अर्को के हुन सक्ला ?


Rating (Votes: )   
Share     Print


Other Articles:
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन (04.18.2017)
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ (04.18.2017)
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना ! (04.18.2017)
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो (04.11.2017)
स्थानीय तह : नयाँनयाँ रजौटाको उदय ! (04.11.2017)
अस्पष्ट राष्ट्रिय विकास नीतिको परिणति (04.11.2017)
राजनीतिमा ‘मन्थरा’ र ‘शकुनी’ प्रवृत्तिको प्रभाव (03.22.2017)
केही पुष्टिकरण केही प्रष्टिकरण (03.22.2017)
बीचको बाटो किन नरोज्ने ? (02.28.2017)
रा.प्र.पा.को सम्पन्न महाधिवेशनको सन्देश ? (02.28.2017)
जनचाहना अधिकार हो, भूमिको भागवण्डा हैन (02.15.2017)
फेरी अख्तियारतिर फर्केर घोत्लिँदा (02.15.2017)
के यिनले जनतालाई भेडा ठानेका हुन् ? (01.31.2017)
“आशा वलवती” राजन्....! (01.31.2017)
अनाडीहरुले राजनीतिलाई पेशा बनाए (01.18.2017)
शस्त्रास्त्रद्वारा स्थापित साम्राज्यका समाधिमाथि स्थापित संचार साम्राज्य (01.18.2017)
सुनको सिरानी हालेर सुत्ने कंगालकको स्थिति (01.12.2017)
रा.प्र.पा.को एकीकरणदेखि महाधिवेशन पछिको परिदृश्यसम्म (01.12.2017)
प्रधानमन्त्री कसको हितमा काम गर्दै हुनुहुन्छ ? (01.04.2017)
संसदभित्रको परिदृश्यले दिएको सन्देश के ? (01.04.2017)



 
::| Latest News

 
[Page Top]