युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 11:49am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सरकारको नामद्र्याई र खुला हस्तक्षेप- महेश्वर शर्मा
Tuesday, 05.02.2017, 02:00pm (GMT+5.5)

राजनीतिक स्वतन्त्रताको महत्व त्यसो दुरुपयोग नहुन्जेल मात्र रहन्छ । अधिकार अथवा सत्ता पाएपछि मान्छे कसरी विग्रन्छ भन्ने कुरा गिरिजाप्रसाद र बाबुराम मन्त्रिमण्डलका चरित्रको अधःपतनको पराकाष्ठाले देखाएकै हो । त्यसैको बिंडो दाहालले थाम्दैछन् । जनताले पनि बाँच्न पाउनुपर्छ भन्ने शुद्धि शासन गर्नेहरुमा नआएसम्म उधारो परिवर्तनको कुनै अर्थ रहँदैन । आफैं अपारदर्शी मन्त्रीहरु कर्मचारीलाई पारदर्शी हुन उपदेश दिन्छन् । जसको सम्पूर्ण क्रियाकलाप सत्ता र सम्पत्ति केन्द्रित छ, त्यस्ताले अर्कालाई उपदेश दिंदा आफ्नो अनुहार नहेरेको देख्दा आश्चर्य लाग्छ । राजनीतिक क्षेत्रको भ्रष्टाचारको प्रदूषणबाट पूरै समाज आक्रान्त छ । आज २–४ प्र्रतिशत भोगवादीले मात्र मोज गरेका छन् । अरु सबै विचल्लीमा छन् । बेथिती बढ्दै गएर मनपरी चल्न थालेको छ ।

सरकारकै कमजोेरीका कारण बाहिरिबाट जसले पनि हेप्न थालेका छन् । राजनीति पनि एउटा खेल हो– बुद्धिको । त्यसैले राजनीतिलाई कूटनीति पनि भनिन्छ । बुद्धिचाल खेल्दा पछि चाल्नुपर्ने गोटीको हिसाब पहिले नै गर्न जानेन भने हार्न बेर लाग्दैन । राजनीति पनि त्यस्तै हो । तर, यहाँ अनाडीहरुले राजनीतिका नाममा देशै टुक्र्याइसके । त्यसमा पनि अन्तर्राष्ट्रिय स्तरमा खेल्नुपर्ने भूमिका इमानदारीसाथ निर्वाह नगर्दा पाइलैपिच्छे गल्ती गर्दै गएका दुष्परिणामले आजै पिर्न थालिसकेका छन् । पंंचायतकालमा नेपालबाट चीन बिरोधी गतिविधि हुन नदिन तिब्बतसंग सीमा जोडिएका ताप्लेजुङ, शंखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, बझाङ र दार्चुला समेत १३ जिल्लाका ४४ गा.पं.मा जान विदेशीलाई निषेध थियो । जानैपर्दा स्वीकृति लिनुपथ्र्यो । 

पछिका सरकारले विचारै नगरी फुकुवा गरिदिंदा विशेषतः भारतले आफूखुसी जिविस, गाविस, नपाहरुमा योजनाका लागि भनेर सम्झौता गर्ने, पैसा बाँड्ने, शिलान्यास र उद्घाटन गर्ने काम गर्दैछ । अहिले त उत्तरी सीमानातिर बढी चासो राखेको छ । इमानदारीसाथ नेपाललाई सहयोग गर्ने हो भने सरकारमार्फत काम गर्नुपर्छ । विना अनुमति, विना स्वीकृति राजदूतलाई मनपरी घुमेर मान्छे बिथोल्ने काम गर्न दिनुहुँदैन । तर, के गर्नु ! नालायकहरु त्यो बुझ्दैनन् या भारतका अगाडि लुत्रुक्क पर्छन् । राजतन्त्रमा त्यही मनोमानी गर्न नपाएर यिनै तोरीगाँडा नेतालाई उक्साएर नेपाली जनतालाई सोध्दै नसोधी बलात् गणतन्त्र घोषणा गराएपछि त भारतले नेपाललाई उपनिवेश नै सम्झेका व्यवहार गरिरहेको छ ।

काठमाडौंमा सर्वाधिकार सम्पन्न दूताबास छँदाछँदै वीरगञ्जमा वाणिज्य दूताबास खोल्न दिइयो । भूपू सैनिकलाई पेन्सन बाँड्ने निहुँमा पोखरा–धरान–भोजपुरमा समेत कार्यालय खोलेर घरघर डुलेर नेपालका आन्द्राभुँडी केलाइरहेका छन् । स्कूललाई पैसा र एम्बुलेन्स बाँड्ने आदि कामद्वारा आफ्नो पकड बलियो बनाउन पछिल्लो समयमा बढी केन्द्रित हुन थालेको छ । हुँदाहुँदा अब मुस्ताङतिर पैसा बाँड्न थालेको छ । नेपाल नै किनेको छु जस्तो व्यवहार देखाइरहेको छ । उनीहरु भित्रभित्र पसेर केके गर्दैछन् भन्ने नै सरकारलाई थाहा छैन । भारतीय दूताबासमा स्वीकृति दर्बन्दीभन्दा कति मान्छे बढी छन् ? ‘रअ’को ताँती नै कति छ ? के गर्दैैछन् भन्नेमा सरकार नै बेखबर छ । यस्तो भएपछि हेपिंदैन ।

२०६२ सालको आन्दोलनपछि केके त हुन्छ भन्ने आशाकोा बीउ रोपियो भनेको त त्यो बीउ त झनै विषको बीउ पो सिद्ध हुँदैछ । काउन्टर इन्टेलिजेन्सको व्यवस्था भारतकै इशारामा खारेज गरिहाले । गृहमन्त्रीले हिसाबै देखाउन नपर्ने गरी एकपटकमा –आवश्यक परे एकै दिनमा पनि चार–पाँच लाख) खर्च गर्न पाउने गुप्तचरी खर्च उनको निजी सम्पत्ति भैहाल्यो । राजतन्त्र फालेपछि गणतन्त्रका नाममा सत्ताधारी चरम भ्रष्ट भएर मनपरी गर्नथाल्दा सामाजिक जीवनमा समेत विचलन आएको छ । यस्तो फुक्लो परिवर्तनलाई समाजले सकारात्मक रुपमा ग्रहण गर्नसक्ने अवस्था नहुँदो रहेछ । शासकहरु नै नैतिक मूल्य पातालमा पुगेको स्थिति छ आज । मन्त्रीहरु नै भ्रष्टाचारका आहालमा चुर्लुम्म भएपछि युवा पुस्ताले अब कालाबजारी, तस्करी, लुटपाट, बेइमानी, अपहरण र बलात्कार मात्रै देख्न पाउने स्थिति आएको छ ।

राजनीति यहाँ दिशाहीन छ । सरकारका नारा ‘मनको लड्डु घीउसित खाने’ भनेजस्ता छन् । प्रेस स्वतन्त्रता–अभिव्यक्ति स्वतन्त्रता भएर पनि अवस्था जस्ताको तस्तै छ । ती सबै स्वतन्त्रता र प्रजातान्त्रिक हक टाठाबाठा–चोट्टाका लागि मात्र भएका छन् । नेपालका सन्दर्भमा कांग्रेसको लोकतन्त्र होस् कि कम्युनिष्टको गणतन्त्र या जनतन्त्र, बलियाका हतियार भएका छन् । नियम कानुन यहाँ पाखा लागेका छन् । पाखुरेहरुकै तानाशाही चलेको छ । त्यो पनि बाहिरियाकै इशारामा । प्रजातन्त्रमा जनताले अनुभव गर्न पाउनुपर्ने मुख्य कुरा शान्ति सुरक्षा हो, आज त्यही नै छैन र सधैं जगजगीमा बाँच्नुपर्छ भने अरुको के भरोशा ? यथार्थमा आज सरकारले नै स्वाभाविक बाटो छोडेको छ । बाटो छोड्नु मूख्र्याई हुन्छ ।

कतै कसैले भनेको सुनेको थिएँ– पियनलाई त योग्यता चाहिन्छ भने नेतालाई किन नचाहिने ? तर, आजसम्मको चलनचल्ती अनुसार नेता हुने योग्यता यहाँ अर्कै छ । त्यो हो– जालझेल, झूट, फरेब, बेइमानी र दाउपेच । यी बाहेक अरु योग्यता खोजेर नेपालमा झट्टै पाइएला जस्तो लाग्दैन । ‘जेठा मामाको त भाङ्ग्राको लगौंटी–कान्छा मामाको के गति’ भनेझैं जेठा नेताकै योग्यता बेठेगान भएका ठाउँमा अरु सामान्य नेता–कार्यकर्ताको हकमा तोडफोड, उपद्रो, जवर्जस्ती चन्दा असुली जस्ता योग्यता र सामथ्र्य नै पर्याप्त छन् । आजसम्म यस्तै चल्दैआएको छ । यहाँ जनताका पक्षमा काम गरेर भन्दा आफ्ना पालामा सरकारी ढुकुटीबाट आफ्ना मान्छेलाई जति बाँड्न सक्छ र आफूले जति बढी पचाउन सक्छ त्यही हो नेता या मन्त्रीको योग्यता । जति शान सौकत देखाउन सक्यो त्यही नेता । आजको सन्दर्भ यस्तै छ, भोलिको भोलि नै थाहा होला । अस्तु ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राजधानीको वाग्मती र मुलुकको राजनीति- तारा सुवेदी (05.02.2017)
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन (04.18.2017)
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ (04.18.2017)
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना ! (04.18.2017)
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो (04.11.2017)
स्थानीय तह : नयाँनयाँ रजौटाको उदय ! (04.11.2017)
अस्पष्ट राष्ट्रिय विकास नीतिको परिणति (04.11.2017)
राजनीतिमा ‘मन्थरा’ र ‘शकुनी’ प्रवृत्तिको प्रभाव (03.22.2017)
केही पुष्टिकरण केही प्रष्टिकरण (03.22.2017)
बीचको बाटो किन नरोज्ने ? (02.28.2017)
रा.प्र.पा.को सम्पन्न महाधिवेशनको सन्देश ? (02.28.2017)
जनचाहना अधिकार हो, भूमिको भागवण्डा हैन (02.15.2017)
फेरी अख्तियारतिर फर्केर घोत्लिँदा (02.15.2017)
के यिनले जनतालाई भेडा ठानेका हुन् ? (01.31.2017)
“आशा वलवती” राजन्....! (01.31.2017)
अनाडीहरुले राजनीतिलाई पेशा बनाए (01.18.2017)
शस्त्रास्त्रद्वारा स्थापित साम्राज्यका समाधिमाथि स्थापित संचार साम्राज्य (01.18.2017)
सुनको सिरानी हालेर सुत्ने कंगालकको स्थिति (01.12.2017)
रा.प्र.पा.को एकीकरणदेखि महाधिवेशन पछिको परिदृश्यसम्म (01.12.2017)
प्रधानमन्त्री कसको हितमा काम गर्दै हुनुहुन्छ ? (01.04.2017)



 
::| Latest News

 
[Page Top]