युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.12.2019, 06:14am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
“पाकिस्तानका हिन्दू सम्पदा”बारे घोत्लिंदा
Thursday, 05.11.2017, 11:35am (GMT+5.5)

- तारा सुवेदी
केही महिना पहिले एउटा निकै दर्शकले रुचाए–पत्याएको टी.भी.च्यानलले “पाकिस्तानमा रहे बसेका सनातन वैदिक धर्मानुयायीहरुमाथि सीमान्त उत्पीडन थोपरिएको” परिदृश्य प्रस्तुत गरेको थियो । त्यस्मा हिन्दूका मठमन्दिर नास्ने, मास्ने, भत्काउने, विभाजनपूर्वका सदियौं शताव्दियौंदेखिको परम पावन स्थानलाई गोवधशाला बनाइएको, हिन्दू चाडपर्व त्यौहार मान्नेलाई सताउने र निषेध गर्नेगरी आप्mनो मुलुकबाट भगाउन अनेकन अमानवीय, अशोभनीय मात्रै नभई दानवी व्यवहार दिनप्रतिदिन टड्कारो एवं असहनीयरुपमा बढ्दैगएको” भनेर देखाइएको थियो । 
शीर्षक नै “हल्लावोल” राखिएको कार्यक्रम भएकोले होला, त्यो संचारमाध्यमका अधिनियन्ताले उसपारका मुख्य शहरभन्दा दूरदराजका ग्रामीण क्षेत्र, भेगका उत्पीडित, प्रताडित हिन्दूधर्मावलम्बी पाकिस्तानी नागरिकहरुका दुर्दयनीय “रामकहानी” सुनाउन लगाइएको । विभाजनको बेला झण्डै “दोहरो अंक (डवल डिजिट) को हिन्दूहरुको प्रतिशत” राज्य थियो । तर त्यहाँको आतंक आडवलमा मुस्कीलले दुई प्रतिशतको हाराहारीमा झारिएको र त्यस्लाई आप्mनो मुलुकमा दिन प्रतिदिन घटाउँदै लैजाने र छिमेकमा भने मुस्लीम धर्म सम्प्रदायीहरुको प्रतिशत बढाउँदै लैजाने, त्यस देशका अधिशासक प्रशासकदेखि सरिपत कानूनका पक्षपातीसम्मको एकसूत्रीय राष्ट्रिय नीति सशक्त रुपमा लागू गर्ने काम भइरहेको” भन्ने भनाई धारावारिक रुपमा नै कैयनन् दिनसम्म दोहो¥याई तेह्र¥याई प्रसारित प्रचारित गरिएको थियो । प्रस्तुती कला र शैली निकै प्रभावकारी र प्रभावशाली थियो । मैले त्यो सब भनाइलाई भ्याए र भेटाएसम्म नछुटाई नटुटाई हेर्ने प्रयास गरेको थिएँ । 
विभाजनकालमा पूर्व र पश्चिम पकिस्तानको रुपमा रहे परेको पूर्वी पाकिस्तानको मुक्ति र स्वतन्त्रताको (सन् १९७१ को) आन्दोलनको बेलादेखि “बंग्लादेश” को जन्म भएको थियो । त्यस लगत्तै त्यस देशका उन्मत्त र उग्रराष्ट्रवादी र साम्प्रदायिकताका पक्षपातीहरुले त्यहाँको शासन सत्ताको संरक्षण वा सहपाएर अल्पसंख्यक हिन्दूहरुलाई “नवजात स्वतन्त्र उन्मुक्त बंग्लादेश” बाट रातारात भगाउन हिन्दूहरुका घर, वस्तीदेखि मठमन्दिर ध्वस्त गर्ने अभियान शुरु भएको थियो । त्यो सब कसरी गरियो भनेर “तस्लीमा नसरीन” ले आप्mनो उपन्यास “लज्जा” मार्पmत् दुनिया खासगरी –हिन्दूवहुल छिमेकी– सामु राखेकी थिइन् । त्यसपछि उनलाई आप्mनो मुलुकभित्र बस्न, खान मुस्किल प¥यो, र निर्वासनमा गइन् । “हल्लावोल” त्यसैको दोस्रो संस्करणको रुपमा हेरें । 
यद्यपि छिमेकी बीचको मैत्री सम्बन्ध चिसिंदै गएको स्थितिको ठेठ साक्ष्य यस्तो प्रोपोगण्डा हुने गरिंदै आएको थियो । त्यस्तो “तीतो र पीरो” कूटनीतिक अवस्थामा यस्ता “डा. जोसेफ गोयवल्स” वादी प्रचार प्रसार शैली विगतमा पनि अख्तियार गरिएको थियो । “हल्लावोल” ले तील गाई पहाड बनाउने उपक्रम शुरु गरेको संकेत दिएको स्पष्ट थियो । मैले “तस्लीमा” हरु यस्तै कालखण्डमा जन्मिने हुन्” भनेर भन्ने गरेको कुरा यसपटक पुनः सम्झिएँ । 
“मित्र फेर्न सकिन्छ, छिमेकी फेर्न सकिन्दैन” । एउटै गर्भबाट जन्मिएका र एउटै “अंग्रेजी दासताको पीडा भोगेका” दुई राष्ट्रले सँगै बस्दा हुने यदाकदाको “घच्चा” बिर्सिएर भाइभाइको रुपमा बस्ने, बाँच्ने सोच संस्कार बनाउलान् भन्ने सोच गान्धी र जिन्नाको थियो सायद । त्यसै अनुरुपको व्यवहार गरेको भए दक्षिण एशियाको भाग्य, भविष्य आजभन्दा पक्कै फरक हुन्थ्यो । विकासको शिखरतिर पुगेको हुने थियो । तर धर्म सम्प्रदायको भूत सवार भएपछि ठालूवादी र अहंवादी सोच, संस्कारवादी मनोरोगग्रस्त भएपछि सधैं भैmझगडा, रीस, राग, वैमनस्यले दक्षिण एशियामा पनि मध्यपूर्वको हजार वर्ष पहिलेदेखि चलेको सलीव र हिलालको पुनरावृत्ति गर्ने भूत सवार भएको छ । त्यो द्वन्दको आगो बालेर गएको अंग्रेजलाई भने “आपूmले पनि ठूलो घात सहनु व्यहोर्नु परे पनि एकले अर्कोलाई सिध्याई छोड्छन्” भन्ने थाहा थियो । हल्ला बोलले त्यही अनुभूति गराएको थियो । 
तर आपूm कानूनको विद्यार्थी र अन्तर्राष्ट्रिय राजनीतिक इतिहास एवं घटनावली बारे पनि जिज्ञाषा राख्ने भएकोले होला, विभाजनकालमा पाकिस्तानभित्र परेका, हिन्दूवाहुल्य भूक्षेत्रतिर वसाई गर्ने हैसियत नभएका वा जन्मेको थातथलो छोड्न विर्सन नचाहनेहरु आप्mनो मुलुकमा अल्पसंख्यकमा परेपछि के कस्तो दुःख पीडामा होलान् ? “बेलाबेलामा यत्र तत्र– (झण्डै सर्वत्र नै) जसरी धर्म सम्प्रदायको भूत सवार भएका वलशालीहरुले साम्प्रदायिक वा जातीय भूत जगाएर विनाशको आगोमा दुवै पक्षका विकास (उपलब्धिलाई स्वाहा पार्ने पाशविक व्यवहार गर्छन् र त्यसबाट नै त बेला कुबेला ठूला साना युद्धका ज्वालामुखी विस्फोट हुने गरेका हुन् । त्यस्तो बेला मानिस भावावेशमा आएर दुवै पक्षका कुरा नबुझी वा यथार्थता नकेलाई कसैको पक्षमा उभिनु उही “कागले कान लग्यो भनेर भनिदिएपछि कान छाम्नेतिर नलागी कागतिर दौडिने” जस्तै मूर्खतापूर्ण सोच हुने” सम्झिएको थिएँ । यद्यपि त्यस्तो सोच बनाएपनि   हल्लावोल” पक्षकै मात्र विचारदेखि प्रचारसम्मको गंगोत्रीको प्रवाह क्षेत्र नेपालमा बसेर उसपारका कुरा सुन्ने, बुझ्ने, जिज्ञाषा पूरा गर्न सहज भएन । 
ठूलो ज्वाईं ‘मधु’ झण्डै तीन÷साढे तीनवर्ष इस्लामवादमा यू.एन्.एच्.सी. को कार्यालयमा कार्यरत भएकोले वहाँ र छोरी प्रज्ञासँग त्यसबारे धेरै जानकारी लिने जमर्को गर्थे । छोरी प्रज्ञालाई “तिमीहरु त त्यहाँको अल्पसंख्यक समूह सम्प्रदायमा राखेर हेरिने समूहमा पर्छौ होला (?) त्यस्मा पनि “तिमीलाई धार्मिक पर्वहरुमा मन्दिर जानु पर्ने, त्यहाँ के त्यस्ता देवालय शिवालयहरु छन् ? त्यहाँ जाँदा सुरक्षित अनुभूति हुन्छ ?” यस्तै प्रश्नहरु सोध्ने गर्दथेँ । उनीले कहिल्यै पनि त्यस्तो “साम्प्रदायिक, धार्मिक, विभेदको शिकार बन्नु पर्ने संत्रास र असुरक्षाको स्थितिवोध गर्नु नपरेको” सुनाउने गरेका थिए । बरु “त्यहाँ असुरक्षा छ, भन्ने जुन सुन्नु भएको छ– त्यो उसपारको मुलुकका आतंकवादी शक्ति र समूहबाट उत्पनन हुने गरेको हो, रैथानेहरुको आवरणमा त्यस्ता तत्व घुसेर बेलाबेलामा हत्या, विस्फोट गर्ने गराउने गर्दै आएको मात्र हो” छोरीले भनेकी थिइन् । 
त्यसो त “हल्लावोल” कार्यक्रमकै शीर्षकबाट स्पष्ट थियो, त्यो सन् १०३३–४३ तिरका जर्मनीका तानाशाह पडोल्फ हिट्लर” को सरकारका संचार, सूचना तथा प्रचार (“प्रोपोगण्डा”) मन्त्री “डा.जोसेफ गोयवल्स” कै अन्धभक्तहरुले अनुकरण गर्दैआएको नीति र शैलीकै बाटोबाट अघि बढेकाहरुले गर्ने काम भइरहेको हो । जस्को सारसूत्र भनेकै “पूर्णत असत्य र कपोलकल्पित कुरालाई एकसय पटकसम्म सही हो भन्दै तर्क गर्दै गर्ने हो भने “त्यो सही र सत्य नै मानिनेछ” भन्ने हो । 
यद्यपि “हिट्लर” र “गोयवल्स” इतिहासको कालो कालखण्डका खलपात्र सावित भइसकेकाहरु थिए । आज तिनीहरुको न उदाहरण, न आदर्श स्वीकार्य मानिन्छ । तर पनि पाकिस्तानले त्यस “अस्वीकृत, तिरस्कृत र निषेधित संस्कार, सोच र शैलीबाट अभिप्रेरित भई आप्mनो राष्ट्रलाई “अल्पसंख्यक ! समुदायमाथि विभेद गरी विस्थापित र निर्वासित गर्ने गरिएको” भन्ने दुष्प्रचार गर्नेहरुलाई अग्रपंक्तिमा राखी एउटा छिमेकीको गलत व्यवहारलाई प्रतिरोध गर्नुको बदला आप्mना भूमिका सन्नतिसँग प्रतिशोध लिने अविवेकपूर्ण व्यवहार गरेको” भन्ने आरोप, आक्षेपबारे किन मौन बस्यो वा बस्छ ? मेरो मनमथिङ्गलमा अनुत्तरित प्रश्नहरु निकास नपाई गुम्सिरहेका थिएँ । त्यसैले सधैं घोत्लिइरहेको थिएँ, किन त्यति दुष्प्रचारको एकतर्फी गोलचक्करमा आप्mना मुलुकको छविलाई फसाएर घुमिल गर्दा पनि दुनिया– अझ खासगरी आप्mना हितैषी एवं शुभेच्छुक छिमेकी भूभागका वासिन्दालाई समेत सही कुराको सूचना दिने जमर्को आप्mनो दूतावासमार्पmत् गरिएको छैन । किन आज उस्को अहितैषी छिमेकीले “झण्डै साठी हजार नेपालीहरुलाई कुनै न कुनै रुपमा आप्mनो पे–रोलमा राखेर पालन पोषण गरिरहेको भन्ने हल्ला र समाचारपत्रबाट आइरहेको  स्थितिमा पाकिस्तान “ती (साठी हजार) बाहेकमा पर्ने शासक, प्रशासक, बुद्धिजीवी, पत्रकार, उद्योगपति, व्यापारी, पूर्वराष्ट्रसेवक आदि पनि नेपालमा छन् र उनीहरुलाई हाम्रो सच्चा मित्र बनाउनु पर्छ” भन्ने सोच बनाएनन् ? किन, दक्षेस (सार्क) का अन्य सदस्य राष्ट्रहरुसँग घनिष्ट मित्रताका माध्यमबाट ठालू र दादावादी छिमेकीको अहंवाद विरुद्धको रणनीति र कूटनीतिक खेलको कप्तान बन्ने प्रयास गर्दैैन ? त्यस्तै सोचिरहेको थिएँ । 
पाकिस्तानीहरुका तर्फबाट त्यहाँका हिन्दूहरु वा त्यहाँका मठमन्दिरसम्बन्धी बारे लेखिएको पुस्तक आलेख जहाँ, जेजति प्रकाशित थिए, ती कही केही भेटिए पढ्नुपर्छ” भन्ने लागिरहेको थियो । ठीक त्यसैबेलातिर एकमित्र राजन कार्कीले “पाकिस्तानका हिन्दू धार्मिक सम्पदाहरु” भन्ने पुस्तक विमोचन गराउँदै हुनुहुन्छ, होटल ह्यातमा २२ गते ३.३० मा पाल्नुहुन” भनी निम्तो पठाएको पाएँ । त्यतिमात्रै होइन । लेखक र मित्र “मुकुन्दप्रसाद पाण्डे” ले शुक्रबार २ बजे पनि फोनबाट सम्झाउँदै “अनिवार्यत आईदिनु प¥यो” भन्नुभयो । मैले जुन विषयमा सूचनाको श्रोत खोजी गरिरहेको थिएँ, त्यही विषयक पुस्तकको विमोचन हुँदैगरेको ठाउँमा त्यति ससम्मान बोलाएपछि ठाउँमा नजाने कुरै थिएन, गएँ । 
ह्यात होटलको विशाल सभाहलमा त्यति ठूलो तामझाम र वृहद् उपस्थिति देख्दा अचम्म लाग्यो । एउटा नेपाली साप्ताहिक समाचार पत्रिकाको सम्पादक÷प्रकाशकजस्तो सामान्य आर्थिक हैसियतका व्यक्तिले पुस्तक विमोचनका लागि यति ठूलो तामझाम र खर्च गर्नु कति सहज सम्भव थियो होला ? मन भित्रको “पत्रकार सोच” ले आपैंm सामु प्रश्न उठायो । तर तत्काल उत्तर खोज्ने प्रयास पनि गरिन, खोज्नु सान्दर्भिक र शोभनीय पनि हुँदैनथ्यो । 
प्रमुख अतिथिको रुपमा “अध्र्दनिवृत्त” अर्थात् विधिवत राजीनामा दिइसकेका, व्यवहारत प्रधानमन्त्रीबाट स्वीकृत नभई पदमा त्रिशंकुको अवस्थामा झुण्डिइरहेका वा झुण्ड्याई र झुलाइएका त्यही भलै पूर्व भनियो उपप्रधानमन्त्री, सफलतम् परराष्ट्र मन्त्री रा.प्र.पा.का अध्यक्ष मा.कमल थापालाई बनाउने गरी आमन्त्रण गरिएको रहेछ । निर्धारित समयमा वहाँ पाल्नु भएपछि कार्यक्रम शुरु भयो । आसन ग्रहणको क्रममा पाकिस्तानी दूतावासका का.वा. राजदूत (सार्जे अफेयर) लाई बोलाइयो । स्वागत भाषण प्रारम्भ भएपछि थाहा भयो, उक्त “दूतावासले नै कार्यक्रम प्रायोजन गरेको” हरेछ । विमोचन भएपछि संस्कृतिविद् डा.गोविन्द टण्डनले पुस्तकबारे प्रकाश पार्दा मलाई लाग्यो “मैले जिज्ञाषा राखेको विषयको ज्ञानभण्डार आज पाउने भएँ ।” पुस्तक निःशुल्क वितरण गरिएको थियो । मूल्य नै तिर्नु पर्ने भए पनि तिरेर किन्ने सोचेको थिएँ । 
जब पुस्तकको साजसजावट देखें, निकै महंगोमा तयार भएको लाग्यो । पुस्तक पाएपछि एकसरो पढ्ने बानीले पुस्तक पढ्न लगायो । पुस्तकका मूल लेखक भनौं वा सचित्र अभिलेखका संकलक÷सम्पादक “डा.एप्mदर अलि साह” र “सइद जावेद काजी” रहेछन् । मित्र राजन कार्कीले नेपालीमा उल्था गरेका रहेछन् । 
पुस्तकमा प्राचीन सम्पदाहरु भनेर हिन्दूधर्म, हिन्दूदर्शनको निर्माण, हिन्दूधर्मका महत्वपूर्ण धारणाहरु प्राचीन कलाकृति र स्मारकहरु, हिन्दूलक्षणिकता र सांकेतिक ,हिन्दूमन्दिर निर्माणकला, जैनमन्दिर निर्माणकला समावेश धार्मिक तीर्थस्थलहरु” शीर्षक अन्तर्गत सांसारिक शक्तिको महत्वपूर्ण स्थान शिवका आँसु, सन्तहरुको कुटीवास, पवित्रस्थलहरु भनेर स्वामिनारायणमन्दिर कराचीलगायत ३० स्थानको संक्षिप्त परिचय सहितका प्रायः रंगीत तस्वीरहरु र मेला पर्वहरु भनेर दीपावली, शिवरात्री, दशैं, होली (फागु), कृष्णजन्माष्टमी, रामनवमी, गणेश चतुर्थीको विभिन्न खण्डमा संक्षिप्त परिचय तस्वीरहरु समेत प्रस्तुत गरिएको गरिएको रहेछ । 
चित्रमय पुस्तकमा प्रवेश गर्ने वित्तिकै “प्राचीन सम्पदा” भनेर एउटा “वटपत्रमा शिशु कृष्ण” को तस्वीर दिइएको रहेछ । त्यस्ले “वटस्यपत्रस्य पुटे शयानं वालं मुकुन्दं शरणं प्रपद्ये” भनाईलाई मनमथिङ्गलमा पुनः जागृत ग¥यो । 
जब पुस्तक पढ्न प्रारम्भ गरें पछि पहिलो पृष्टमा नै पाकिस्तानका निर्माता महम्मद अलि जिन्नाको तस्वीर सहित “...जुनसुकै समुदायका किन नहुन्, सबै अल्पमतलाई  सुरक्षित गरिनेछ । उनीहरुको धर्म, आस्था र विश्वास सुरक्षित गरिनेछ । उनीहरुको पूजाआजा गर्न पाउने स्वतन्त्रता माथि कुनै प्रकारको हस्तक्षेप हुनेछैन । यस्ता अल्पसंख्यक समुदायहरुको धर्म, आस्था, विश्वास, उनीहरुको जीवन र संस्कृति संरक्षित, सुरक्षित राखिनेछ । उनीहरु सबै किसिमले धर्म, जात वा विश्वासको आधारमा बिना भेदभाव पाकिस्तानका नागरिक हुनेछन्...” आप्mनो नवोदिक राष्ट्र पाकिस्तानको राष्ट्रिय नीतिबारे सत्ता संचालन गर्ने राष्ट्रका नेताहरु र भावी सन्ततिलाई दिएको निर्देशनात्मक भनाई राखिएको पाएँ । 
त्यस्तो आदर्श र उदात्तभावना भएका “पाकिस्तानका राष्ट्रपिता” को मुलुकमा जम्मा २% (दुई प्रतिशत) को हाराहारीका अल्पसंख्यक स्थितिका हिन्दूहरुलाई उत्पीडित गरी आप्mनो धर्म, संस्कृति, परम्परा मान्न नै निषेध गरिएको” भनेर प्रोपोगण्डा मच्चाई हिन्दूवहुल ८२% (वयासी प्रतिशत) मुलुकका कठमुल्लावादी सिंफिरा हिन्दूहरुलाई आप्mनो मुलुकमा रहेका अल्पसंख्यक (११% एघार प्रतिशत करीव) का मुस्लिमहरु माथि अत्याचार र दुव्र्यवहार गर्न उचाल्ने, उल्क्याउने दुर्नियोजित नियतले हल्लावोलको शृङ्खला प्रारम्भ गरिएको त होइन ? के ती महामानव गान्धी र जिन्नाले स्वतन्त्र राष्ट्र निर्माणको सहमति, संझौता गर्दा परिकल्पना गरेको एकाता, मित्रता र भाइचारा कालान्तरमा यस्ता अन्त्यहीन बैर र शत्रुतामा रुपान्तरिक हुनसक्ने परिकल्पना गरेका थिए ? 
सायद राजनीतिक दर्शन, सिद्धान्त, राष्ट्रिय दूरदृष्टि र स्पष्ट नीति दिन सक्ने राजनेताले मात्रै देशलाई साम्प्रदायिकता जातीयछतावादी गलत बाटोमा जानबाट रोक्न सक्ने रहेछ । त्यसैले होला, जिन्नसा‘व र महात्मागान्धी, नेहरु जस्ता महान् राजनेताको जीवनकालमा त्यस्ता (जातीयता, साम्प्रदायिकताको नारा दिएर राजनीतिकको खेती गर्ने) कठमुल्लावादी राजनीतिमा देखा परेनन् । जो त्यस्तो धारातिर लागे जस्ता थिए, उनीहरु यत्किञ्चिथत् सफल हुनसकेको देखिएन । जब वहाँहरुको अवशान भयो, त्यसपछि वहाँहरुले देखाएका वाटा भत्किंदै गए । दर्शन नीति दुर्गतिमा परे । परिणाम आज सीमामा देखा परिरहेछ । हल्ला बोल्दै वलिया र शक्तिशालीले कमजोर र निर्धोलाई मटियामेट गर्ने रणनीयति र चेष्टा गरिरहेको आभास भइरहेछ । जेहोस्,
नेपाल एउटा शान्तिप्रिय असंलग्न र तटस्थ राष्ट्र हो । पाकिस्तान र उस्का छिमेकी समान मैत्री सद्भाव राख्दै र व्यवहार गर्दै आएको स्वतन्त्र र दुर्वल राष्ट्र हो । तथापि फुल्चोकी र चन्द्रागिरीतिर स्याल करायो कि कुनै छिमेकी संत्रस्त्र हुँदै उस्को गुप्तचरको वथान आउने र सिंहदरवारतिर मौन प्रश्न तेस्र्याउने गर्दै आएको स्थिति एकातिर थियो । अर्कोतिर यसैबेला अर्को (उक्त दुवै भन्दा बाहिरको) छिमेकीको “ओवर” प्रस्तावमा सहमति जनाउने समाचार सुनेर नाखुस छिमेकीको “हल्लावोल” को शृङ्खला टुङ्गिएको निकै हप्तापछि पाकिस्तानी राजदूतावासले त्यत्रो तामझाम सहित उस्को छिमेकीको “हल्ला” माथि “सम्पूर्णत भूmठ र असत्य” को विल्ला टाँसी दिएर दुनियालाई देखाई (त्यो पनि नेपालको राजनीतिक संक्रमणकालीन मात्रै नभई दलहरु सबै अन्यौल अनिश्चियको कठिनतम दलदलमा फँसिरहेको बेला)– जुन पुस्तक विमोचनको लगन निकालियो, यो साइत संयोगले जुटेको हो कि घडी पला हेरेरै जुरेको ? त्यस्ले यस्को तरंग कहाँसम्म पु¥याउला जिज्ञाषाको विषय अवश्य नै बनेको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकारको नामद्र्याई र खुला हस्तक्षेप- महेश्वर शर्मा (05.02.2017)
राजधानीको वाग्मती र मुलुकको राजनीति- तारा सुवेदी (05.02.2017)
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन (04.18.2017)
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ (04.18.2017)
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना ! (04.18.2017)
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो (04.11.2017)
स्थानीय तह : नयाँनयाँ रजौटाको उदय ! (04.11.2017)
अस्पष्ट राष्ट्रिय विकास नीतिको परिणति (04.11.2017)
राजनीतिमा ‘मन्थरा’ र ‘शकुनी’ प्रवृत्तिको प्रभाव (03.22.2017)
केही पुष्टिकरण केही प्रष्टिकरण (03.22.2017)
बीचको बाटो किन नरोज्ने ? (02.28.2017)
रा.प्र.पा.को सम्पन्न महाधिवेशनको सन्देश ? (02.28.2017)
जनचाहना अधिकार हो, भूमिको भागवण्डा हैन (02.15.2017)
फेरी अख्तियारतिर फर्केर घोत्लिँदा (02.15.2017)
के यिनले जनतालाई भेडा ठानेका हुन् ? (01.31.2017)
“आशा वलवती” राजन्....! (01.31.2017)
अनाडीहरुले राजनीतिलाई पेशा बनाए (01.18.2017)
शस्त्रास्त्रद्वारा स्थापित साम्राज्यका समाधिमाथि स्थापित संचार साम्राज्य (01.18.2017)
सुनको सिरानी हालेर सुत्ने कंगालकको स्थिति (01.12.2017)
रा.प्र.पा.को एकीकरणदेखि महाधिवेशन पछिको परिदृश्यसम्म (01.12.2017)



 
::| Latest News

 
[Page Top]