युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.12.2019, 06:14am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
राजनीतिक दल, सत्ता र आजको वास्तविकता
Thursday, 05.11.2017, 11:39am (GMT+5.5)

- महेश्वर शर्मा
अहिले स्थानीय निकायको निर्वाचनको वातावरण छ । उम्मेदवारी दिएका दलहरुले आआफ्नो बखान गरेर थाकेका छैनन्न । अनेक बुट्टादार योजना, नीति र कार्यक्रम बोकेर जनताको घरदैलोमा पुगिरहेका छन् । र उनीहरुले यस्तै कुरा अघिअघि पनि गरेको भने बिर्सिसकेका छन् । तर, जनताले भने सम्झिरहेका छन् । अब पालो जनताको आएको छ– सत्ताको मात लागेकाहरुलाई त्यो मातबाट छुटाउने जनताले मतदानबाटै हो । नेपालमा राजनीति र सत्ताको नसा लगेका नेताहरु सिगरेट–बिंडी–खैती–सुर्तीको लत बसेकालाई ‘स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने सूचनाले काम नगरे जस्तै भएको छ । प्रजातन्त्रका मूल्य र मान्यता नै समाप्त पारिएका छन् । व्यक्तिगत र स्वार्थले गर्दा बिना लगानीको कमाउने पेशा बनाइएको छ प्रजातन्त्रलाई । जनताप्रति विश्वासघात गरिएको छ । यो सानो मुलुकमा पार्टीहरुकै संख्या सय नाघिसकेको छ । तीमध्ये अधिकांशको कुनै जनाधार छैन । च्याँखे थापेर सत्तामा पुग्ने व्यवसाय चलाइरहेका छन् ।
वास्तवमा त्यस्ता अधिकांश पार्टी राजनीतिक परिचालनभन्दा गलत मनसाय भएकाहरुका हुल अथवा उद्यतहरुको अराजनीतिक जमघटकै रुपमा सम्झन थालिएका छन् । त्यस्ता भँडुवाहरुसंग न कुनै ठोस कार्यक्रम हुन्छ, न त नीति नियम अनुसार राजनीतिक संस्था संचालन गर्ने योग्यता र क्षमता नै । सत्ता प्राप्ति र जुनसुकै उपायबाट भए पनि कमाउने धन्दा बाहेक यिनीहरुको कुनै चिन्तन नै हुँदैन । अपवित्र मनसायबाट खोलिएका पार्टीहरुमा त्यस्तो सोच नहुनु अस्वाभाविक होइन । 
त्यसै भएर आज देश समस्यै समस्याबाट ग्रस्त छ भने जनताका पीडा पनि असह्य हुँदैगएको छ । राजनीति र शासन व्यवस्था संचालनलाई खेलाँची सम्झने अनुभवहीन नेताले गर्दा न राजनीतिक स्थिरता कायम हुनसक्यो, न त शासन व्यवस्था नै राम्रोसंग चल्न सक्यो । सबैतिर लहडवाजी मात्रै चलेको छ । परिणमहीन प्रयोगमा नै समय बितिरहेको छ । नसुहाउँदो गरी राजनीतिक महत्वकांक्षा राख्ने र नेपालको धरातलीय यथार्थलाई उपेक्षा गर्ने या नबुझ्नेहरुले नै देशलाई भिरालोको डिलमा पु¥याएका छन् । सुशासन त जनताका लागि सपना भएको छ । 
बेलैमा बुद्धि खियाउन नसक्दा बाहिरियाले त धोका दिए, आफ्नै पनि विभिण्डिएर व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने नेताहरुले जनताप्रतिको उत्तरदायित्व भुले । अब त्यही उत्तरदायित्व सम्झाउने दिन आएको छ वैशाख ३१ गते । धोका खाएर चोट परेपछि मान्छे होसियार हुन्छ र कठिन परिस्थिति पारगर्न सक्षम हुन्छ– भनिन्छ । तर, यहाँ पटकपटक चोट र धोका खाँदा पनि हाम्रा नेतामा होस् आएन । जनताले पनि त्यस्तैलाई मात्र चुने । अब त्यस्तो नहोस– आशा गरौं । किनभने स्वार्थले अन्ध भएकाहरुले देशलाई आइपरेको चोटले आफूलाई पनि चोट लागेको सम्झन सकेनन् । यिनीहरुले देशबाट लिनमात्रै जाने, दिन जानेनन् । जानेका भए समयमै होसियार भएर देशलाई अराजक र आतंकको स्थितबाट उकास्न विलम्ब गर्ने थिएनन् ।
राजनीति गर्नेहरु सत्तामा पुगेपछि आफूलाई भगवान् नै सम्झन्छन् कि कुन्नि, अधिकांश त्यस्तै देखिन्छन् । त्यस्ताहरु जति बढी हस्कन्छन् त्यति नै चाँडै खस्कन्छन् पनि । मेकालेका भनाईमा “तिनीहरुभित्र रहेको भ्रष्टाचारको बीउलाई सत्ताको मलजलले हुर्काउँछ रे” युरिया मलले जस्तै । नभन्दै मेकालेको भनाई नेपालका सन्दर्भमा ठ्याक्कै मिलेजस्तो छ । माथी चढ्न बेर न, तल खस्न बेर । यथार्थ त के हो भने राजनीति गर्नेहरु नसुध्रिएसम्म न समाज सुध्रन्छ न त देश नै । आज यहाँ जता हेरे पनि भ्रष्टाचार, पक्षपात र ठगीधन्दा मात्रै चलेको छ । त्यो सबै भ्रष्ट राजनीतकर्मीहरुकै कारणले गर्दा भएको हो । राजनीतिका बहानामा अधिकांशले यहाँ भ्रष्टाचार र पक्षपातका थैला बोकेर हिंडिरहेका छन् । सरकारमा गएकाले पक्षको आग्रह लिनु अपराध मानिन्छ, तर यहाँ अपराधलाई नै सत्य सिद्ध गर्न खोजिन्छ ।
यहाँ राजनीतिका लागि बौद्धिकता त अयोग्यता भएको छ । त्यसैले हो कि कुन्नि, अनर्थै अनर्थ हुँदा पनि बौद्धिकवर्ग तिनै राजनीतिवाजका कुकर्मलाई देखेको नदेख्यै गरिरहेका छन् । माथी उक्लन पो गाह्रो, तल झर्न त सजिलै हुन्छ नि । बनाउन नसक्नेहरुका लागि विध्वंशकै बाटो सजिलो रहेछ । आतंक मच्चाएर नाम कमाउन जति सजिलो कामै गरेर देखाउन कहाँ हुन्छ र ? बिधिसम्मत बाटो त अप्ठ्यरो पो हुन्छ । यहाँ सुकर्मभन्दा दुष्कर्मबाटै नाम कमाउनेहरु बढी देखिएका छन् । त्यसै भएर हो कि कुन्नि, पृथ्वीनारायण शाह जस्ता जन्मन छोडेर गिरिजा, प्रचण्ड जस्ता मात्रै जन्मन थालेको देखिन्छ । यहाँ राजनीतिमा सफल हुन मुख्र्याईलाई नै आदर्श मान्न थालिएकाले बौद्धिकताको त खडेरी नै पर्लाजस्तो छ । यो प्रवृत्ति वास्तवमा राजनीतिक पाखण्ड नै हो भनिंदैछ ।
हाम्रा नेता मेसिनजस्तो यो पनि गर्छु, भनेर डीङ हाँक्छन् । तर, गर्ने केही होइनन् । ओलीले दुई वर्षमा लोडसेडिङ हटाउँछु भने– सक्थे कि सक्दैनथे एक वर्ष नपुग्दै हटे र तर, अहिले लोडसेडिङ हटेको छ । अहिलेको सरकार ओली सरकारकै बजेट र नीति तथा कार्यक्रम बोकेर बसेको छ । त्यस्तै प्रचण्डले हरेक जनतालाई राज्य बाँड्छु भने । व्यापक बिरोध भएपछि ‘कांग्रेस–एमालेले दिएनन् । अब बहुमत पाए गर्छु’ भन्न थाले । पहिलोपटक बहुमत पाउँदा आफूलाई सम्राट नै ठानेका उनले दोस्रोपटक हार्दा झल्याँस्स त भए, तर अझै पनि झूटो बोल्न छोडेका छैनन् । त्यसैले मेसिन–कलपूर्जाको बरु विश्वास हुने भयो, नेताको भर विश्वास भएन । जनता यहाँ नाकाबन्दीले गर्दा भोकभोकै मर्नुपर्ने स्थिति आएको छ, नेता भने फुक्ला गफ हाँकिरहेका छन् । नेताका भनाइको कुनै सार छैन, न त विश्वास नै छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
“पाकिस्तानका हिन्दू सम्पदा”बारे घोत्लिंदा (05.11.2017)
सरकारको नामद्र्याई र खुला हस्तक्षेप- महेश्वर शर्मा (05.02.2017)
राजधानीको वाग्मती र मुलुकको राजनीति- तारा सुवेदी (05.02.2017)
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन (04.18.2017)
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ (04.18.2017)
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना ! (04.18.2017)
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो (04.11.2017)
स्थानीय तह : नयाँनयाँ रजौटाको उदय ! (04.11.2017)
अस्पष्ट राष्ट्रिय विकास नीतिको परिणति (04.11.2017)
राजनीतिमा ‘मन्थरा’ र ‘शकुनी’ प्रवृत्तिको प्रभाव (03.22.2017)
केही पुष्टिकरण केही प्रष्टिकरण (03.22.2017)
बीचको बाटो किन नरोज्ने ? (02.28.2017)
रा.प्र.पा.को सम्पन्न महाधिवेशनको सन्देश ? (02.28.2017)
जनचाहना अधिकार हो, भूमिको भागवण्डा हैन (02.15.2017)
फेरी अख्तियारतिर फर्केर घोत्लिँदा (02.15.2017)
के यिनले जनतालाई भेडा ठानेका हुन् ? (01.31.2017)
“आशा वलवती” राजन्....! (01.31.2017)
अनाडीहरुले राजनीतिलाई पेशा बनाए (01.18.2017)
शस्त्रास्त्रद्वारा स्थापित साम्राज्यका समाधिमाथि स्थापित संचार साम्राज्य (01.18.2017)
रा.प्र.पा.को एकीकरणदेखि महाधिवेशन पछिको परिदृश्यसम्म (01.12.2017)



 
::| Latest News

 
[Page Top]