युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 11:59am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
दिनको लक्षण बिहानीले दिन्छ
Wednesday, 05.17.2017, 12:03pm (GMT+5.5)

- तारा सुवेदी
स्थानीय निर्वाचनको वैतरणी एक्लै पार गर्ने ह्याउ–हुती हराएर पनि हुनसक्छ, साना ठूला सबै दलले हतार हतारमा “चुनावी तालमेल गरेको घोषणा गरेको सुनियो । त्यस्तो तालमेल गरेर चुनाव लड्ने” भन्ने पार्टी र नेताका हुक्मनामा, कुन कुन पार्टीका छोटे नेता र कार्यकर्ताले तामेल गरे वा परिपालना गर्लान् (?) त्यो त निर्वाचन परिणामले देखाउने हो । अथवा त्यही तालमेलको नाममा जालझेल र पालपेल गरे त्यो पनि नतीजाले देखाउने कुरा हो । तर “कहीं नभएको जात्रा हाँडी गाउँमा” भन्ने उखान भने सबै दलले निर्वस्त्र र निर्लज्ज देखाई दिए । 
“तामेल गर्दा पनि एउटा मानदण्ड, दर्शन, सिद्धान्त, उद्देश्य, लक्ष्यसँगै जनताले गर्ने मूल्यांकन र लोकलज्जालाई पनि हेक्का राखी गरिएको हुनु पर्दथ्यो । अन्य कुरामा सधैं दक्षिण छिमेककै नेता र राजनीतिका अन्ध अनुगामीहरुले “त्यहाँ पनि कतिपय बेला विभिन्न निर्वाचनका बेलादेखि सत्ता संचालन गर्नु पर्दासम्म तालमेल हुने गर्ने गरिएको सुनेको हुनु पथ्र्यो । 
तर त्यही दक्ष्णिामा पनि कतिपय दलहरुबीच “केवल सत्ता, शक्ति, स्वार्थ केन्द्रित” तालमेल वा गठबन्धन भने कहिल्यै भएको गरिएको थिएन, छैन । उदाहरणकै लागि भन्ने हो भने “सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरागान्धीले रायवरेलीबाट जितेको संसद सदस्यता इलाहवाद उच्चअदालतले खारेज हुने पैmसला दिएपछि उनले “पदत्याग गर्नुभन्दा बाबु बाजेले स्थापित गरेको विधिको सर्वोच्चता, प्रजातान्त्रिक मूल्य मान्यताको राजनीतिको बाटो” छोडिन् । उनकै नेतृत्वको भारतीय राष्ट्रिय कांग्रेसको वहुमत भएको लोकसभा विघटन गरिन् । सबैजसो राष्ट्रिय नेताहरु जयप्रकाश नारायण, राममनोहर, अटलबिहारी वाजपायी, मोरारजी देसाई आदिलाई झण्डै डेढ वर्षसम्म कारावास र नजरबन्दमा राखियो । जस्को परिणाम उनले निरंकुश शैलीमा गराएको सन् १९७७ को निर्वाचनमा उनी स्वयंलाई रायवरेलीका मतदाताले पहिलो पटक निषेध गरे, पराजित गरे । 
विश्वकै उत्कृष्ट प्रजातान्त्रिक अभ्यास गर्ने सबैभन्दा विशाल जनसंख्या र आकारको मुलुक भारतमा आदर्शवादी, समाजवादी प्रजातान्त्रिक दर्शन र सिद्धान्तका निर्विवाद पर्याय र प्रयोगकर्ता मानिएका, स्वतन्त्रता आन्दोलनका महान् योद्धा पण्डित जवाहरलाल नेहरुकी छोरी इन्दिरा नेहरुगान्धीले आपूm सत्तामा टिकिरहन जेजस्तो निकृष्ट र अप्रजातान्त्रिक बाटो समाइन् र “आवश्यक नै नपरे, नभएको, संकटकालीन अवस्था” को घोषणा गरिन् । त्यसपछि जेजस्तो ध्रुवीकरण र “इन्दिरा हटाऊ” को आँधी ल्याइयो, वा चक्रब्यूह रचना गरियो, त्यस्मा सबै विरोधीहरु एक भएर “इन्दिरालाई सत्ता बाहिर राख्ने” निर्णय गरियो । त्यस्मा तत्कालीन भारतीय जनसंघ (हालको वी.जे.पी.) जस्तो हिन्दू कठमुल्लावादी, साम्प्रदायिक पार्टी सहभागी भएको कारण कुनै पनि कम्युनिष्ट (भा.क.पा. र मा.क.पा.) सहभागी भएनन् । इन्दिरागान्धी र संकटकाल घोषणाको छुट्टै बसेर विरोध गर्दै रहे । 
नेपालमा भन्ने गरिन्छ “राजनीतिमा, प्रेममा र युद्ध वा निर्वाचनमा सबै कुरा जायज मानिन्छ” । तर आजको सत्ता, शक्ति, स्वार्थ, सन्तान, समूह मुखी राजनीति गर्नेहरुका लागि त भलै त्यो भनाई वा मान्यता स्वीकार्य होला (?) तर मूल्य, आदर्श, दर्शन, सिद्धान्त, जनविश्वासमा आधारित राजनीति गर्नुपर्छ” भन्ने आदर्श प्रजातन्त्रवादी दल र नेतारुका दृष्टिमा भने त्यस्तो “जुनसुकै बाटो वा जाल, झेल र शकुनीको खेलको माध्यमबाट सत्तामा पुग्ने” नीति अरु जे भएपनि त्यस्तो अपचरित्रलाई “राजनीति” किमार्थ मान्नु हुँदैन । यदि त्यस्तो भ्रष्ट, दुष्ट, निकृष्ट प्रवृत्तिलाई पनि राजनीतिको कोटीमा राखेर हेरियो भने विश्वका ती महान् राजनीतिक दर्शनका प्रतिपादक अरस्तू, प्लेटो, रुस्सोदेखि महात्मागान्धी, जवाहरलाल नेहरु, आचार्य नरेन्द्रदेव, जयप्रकाश, अटलविहारी वाजपायीहरु मात्रै होइनन्, यही मुलुकका टंकप्रसाद आचार्य, वी.पी., पुष्पलाल, कृष्पणप्रसाद भट्टराई, मनमोहन अधिकारीहरु जस्ता राजनेताहरुकै पनि घोर अपमान हुनेछ । 
तर दुर्भाग्य ! तिनै वी.पी., पी.एल., के.पी. र मनमोहनका आदर्श पथका अनुगामी देखिन आ–आप्mनो पार्टीका केन्द्रीय स्तरदेखि इकाई कार्यालयहरुसम्ममा ती आ–आप्mना पूर्ववत्र्ती महान् नेताहरुका तस्वीर राखेर राजनीति गर्ने दल र अगुवाहरुले नेपालमा संसदीय शासन प्रणाली प्रारम्भ भएयता “सत्ता प्राप्त गर्नेदेखि हात लागेको सत्ता वचाउनसम्म” जेजस्तो गठनबन्धन र एकताका अभ्यास गर्दैआएको देख्नु प¥यो, त्यसैले नै “कहीं नभएको जात्रा हाँडी गाउँमा” भनेजस्तै “संसारमा कहीं नभएको राजनीतिका तालमेल नेपाल” मा देखियो । 
त्यस्मा पनि सबैभन्दा निकृष्ट र निर्लज्ज परम्परा त्यसबेलादेखि शुरु भयो, जुन बेला मनमोहन अधिकारीले “अपवित्र गठतबन्धन गरेर सत्ता वचाउनु भन्दा फेरी जनतालाई नै निर्णय गर्न दिनुपर्छ” भनेर २०५२ जेठमा संसद भङ्ग गरेर प्रतिनिधिसभाको निर्वाचनका लागि सिफारिस गरेको विरुद्ध दरवारदेखि सर्वोच्च अदालत गुहार्न पुग्ने अराजनीतिक बाटो समाप्त सबै विरोधीले एकावद्ध भएर शुरु गरेकोबाट शुरु भयो । 
त्यसरी “सार्वभौम जनताले निर्वाचित गरेको प्रतिनिधिसभाले गर्नुपर्ने निर्णय उस्ले गर्न नसकेपछि जनतालाई नै पुनः पैmसला गरिदेउ भन्नु संसदीय राजनीतिक सहज र सोझो बाटो” थियो । तर त्यो बाटो छोडेर सर्वोच्च अदालत जाने र सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पनि संसदभित्र प्रवेश गरी टाउको गन्ने र दक्षिणपन्थी दलका नेताले गरेको विघटन मान्य हुने वामपन्थी प्रधानमन्त्रीले गरेको विघटन अमान्य हुने “जेजस्तो पैmसला गरे, त्यहींबाट नेपालको राजनीतिले पतनोन्मुख एकतर्फी अँध्यारो सुरुङ्गमार्गमा प्रदेश गरी अघिबढेको थियो । 
हुँदा हुँदा आपूm राज्य संचालक हुँदा “राष्ट्रका नं.१” दुश्मन र अन्तर्राष्ट्रिय मान्यता र मानदण्ड अनुसार “निखरा आतंकवादी” भनेर रेडकर्नर नोटिस जारी गरी गराई त्यस्ता “आतंकवादी र राष्ट्रका नं.१ दुश्मनका अगुवा सरदारहरुको टाउको काटेर ल्याउनेलाई पचासलाख रुपियाँसम्मको पुरस्कार दिने” सार्वजनिक घोषणा गर्ने । पछि तिनै नेता र उनको पार्टीले सत्ता र शक्ति, स्वार्थको लागि त्यही “आतंकवादी राष्ट्रका शत्रु” भनिएका शक्ति, समूह दलका अगुवासँग मिली हिजो आप्mनै दलले स्वीकारेको संवैधानिक राजतन्त्रात्मक, शासन व्यवस्था फालेर गणतन्त्रात्मक पद्धतिमा जाते सहमतिपत्रमा हस्ताक्षर गर्ने” सम्मको जुन अपरिकल्पनीय, नीच र निकृष्ट गतिविधि नीति लिए गरे गर्दैछन् । यस्तो अराजनीतिक, अनैतिक, अशोभनीय र अकल्पनीय गतिविधिलाई अरु नाम दिइएला, “राजनीतिक सहमति र संझौता” कहीं कतै किमार्थ भनिनु हुन्नथ्यो । 
“भ्रष्टस्यकान्या गति” त्यसरी पतनको पींध पुग्ने नै अठोट लिएर अधिबढेकाहरुलाई कस्ले रोक्ने ? उसै बेला “यो अराजनीतिक असंसदीय बाटो हो” आज अदालतलाई लगेर राजनीतिक मुद्दामा पैmसला गरिदिनू” भनेर अर्जी पेश गर्दा, भोली पनि जुनसुकै राजनीति विषयमा अदालत जाने र जनताको सार्वभौम अधिकार अदालतमा बुझाउने गर्दा परिणाम के होला ? आज अदालतले आप्mनो पक्षमा पैmसला दिंदा “जयगान गर्ने” र “न्याय पायौं” भन्ने भोली हराई दिंदा महाभियोग लगाउने ! यस्तै गर्दै जाने हो भने भोली के होला नी ! तर त्यस्तो भनेर भन्ने व्यक्तिलाई सबैले निषेधित गरेका थिए । त्यहींबाट शुरु भएको सब अप्राकृतिक गतिविधिप्रति व्यंग गर्दै “सर्वोच्च अदालतमा गोरु व्यायो” भनिएको थियो । 
त्यो सब अराजनीतिक, अप्राकृतिक, यावत् अपकृत्य गुप्तकृत्यको गर्भादानपछि जेजस्तो राजनीतिक घटनावलीको “मुसल” जन्म्यो, त्यही कोखबाट अव भाँडतन्त्रको अवतरण हुन लागिरहेको लक्षण देखापरी रहेछ । 
अव सायद भाँडतन्त्रको पालो आएछ ?
नेपाल राज्य निर्माण पूर्वको उपत्यकाभित्र यक्षमल्लका सन्तानले अंशवण्डा गरी रजाई गरेको “टुक्रे राज्य” लाई पृथ्वीनारायण शाहले (वि.सं.१८२५ मा) एकीकरण गरेर स्थापित गरेको शाहीतन्त्रदेखि यहाँ धेरै “तन्त्र” र “षडयन्त्र” प्रयोगमा आए । १९०३ मा कोतपर्वको नरसंहारबाट जन्मिएको राणा अधिवंशवादी निरंकुशतन्त्रलाई विस्थापित गरी राजा त्रिभुवनले “प्रजातन्त्र” को नामबाट सिंहदरवार पुगेको राज्यशक्ति २००७ सालमा नारायणहिटी भित्र्याएका थिए । 
२०१५ सालमा जनमतको वलमा शाही राज्यशक्ति हत्याएर “कोइराला अधिवंशवादीको अर्को प्रजातन्त्र” को बर्को ओढेको कोइरालातन्त्र स्थापित गर्ने षड्यन्त्र २०१७ सालमा विफल भयो । त्यसपछि राजाको छत्रछायाँमा “पञ्चतन्त्र” स्थापित भयो । त्यस्ले झण्डै तीन दशकको उकाली चढ्दै गर्दा २०४६ मा डेढवर्षे आर्थिक नाकावन्दीको आडवलमा “संवैधानिक राजतन्त्रात्मक वहुदलीय संसदीय शासन तन्त्र जुन स्थापित गर्न पुगियो, त्यस्कै जायज नाजायज कृत्य, अपकृत्यको संसर्भाट  नाजायज औलादको रुपमा २०६३ मा “गणतन्त्र” जन्मियो । 
नेपालमा झण्डै अढाई सयवर्षदेखिको “राजतन्त्रात्मक परम्परावादी अधिवंशवादी शासनतन्त्र” फाल्नेहरुले दशवर्षमा जेजस्ता कुकाम गरे, त्यस्लाई नै भाँडतन्त्रको विधिवत् स्थापना गर्ने जमर्को वैशाख ३१ गतेबाट  प्रारम्भ भयो । त्यो  पहिलो चरणको कार्यसम्पन्न भएपछि अर्को विखण्डनतन्त्रको दोस्रो चरणको कार्य सायद जेठ ३१ गते पूरा गरिएला (?) 
(यदि दोस्रो चरणको असंभव प्रायः निर्वाचन संभव भएछ भने)
वैशाख ३१ गते भाँडतन्त्रलाई विधिवत् स्थापित गर्ने दिनको रुपमा प्रस्तुत गर्दा धेरैलाई “परिवर्तन विरोधी र पश्चात्गामी” भन्ने विभ्रमले मनमस्तिक विथोल्न पनि सक्ला । तर वर्तमान सत्ता नियन्ताहरुले जसरी “.....(पार्टी) को उपहार गाउँगाउँमा सिंहदरवार” भनिरहेछन् । त्यस्लाई उनीहरुले भलै “ठूलो बहादुरी” को रुपमा प्रस्तुत गरेको र आपूmले स्थानीय निकायको निर्वाचनमा जनताबाट स्यावासी पाउने ठानेका हुन सक्छन् । 
तर जनता मूर्ख नभएकोले स्यावासीको साटो उल्टो लोप्पा जसरी खुवाउने संकेत आइरहेछ । स्पष्ट छ, जनताले पनि आजसम्म वानेश्वरका वी.आई.सी.सी.भवनभित्रका छसय भन्दा बढी संख्याका वादशाह र भारदारहरुले चलाएको सत्ता, शक्ति, स्वार्थ, सुविधामा चोचोमोचो मिलाउने, विकास निर्माणको नाममा भागशान्ति जय नेपाल गर्ने, तर जनहितका कामका बेला कुबेला राँडभाँड गर्दै, जगहँसाई गर्ने” विकृतिपूर्ण संस्कृति र प्रवृत्ति अव गाउँगाउँसम्म पु¥याइने भयो” भन्ने अनुभूति गरिरहेका रहेछन् (?) 
त्यस्ले अव त्यो केन्द्रको भाँडभैलो गाउँवेसीसम्म संस्थागत रुपमा नै पुग्ने भयो, भनिरहेका होलान् ? त्यसैले सायद स्पष्ट संकेत गर्छ अव “भाँडभैलोतन्त्र” को संस्थागत विकास राम्ररी हुने भयो ।” नयाँ संविधान कार्यान्वयनको पहिलो चरणको अभ्यासले अहिले त्यही लक्षण देखाइरहेछ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
राजनीतिक दल, सत्ता र आजको वास्तविकता (05.11.2017)
“पाकिस्तानका हिन्दू सम्पदा”बारे घोत्लिंदा (05.11.2017)
सरकारको नामद्र्याई र खुला हस्तक्षेप- महेश्वर शर्मा (05.02.2017)
राजधानीको वाग्मती र मुलुकको राजनीति- तारा सुवेदी (05.02.2017)
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन (04.18.2017)
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ (04.18.2017)
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना ! (04.18.2017)
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो (04.11.2017)
स्थानीय तह : नयाँनयाँ रजौटाको उदय ! (04.11.2017)
अस्पष्ट राष्ट्रिय विकास नीतिको परिणति (04.11.2017)
राजनीतिमा ‘मन्थरा’ र ‘शकुनी’ प्रवृत्तिको प्रभाव (03.22.2017)
केही पुष्टिकरण केही प्रष्टिकरण (03.22.2017)
बीचको बाटो किन नरोज्ने ? (02.28.2017)
रा.प्र.पा.को सम्पन्न महाधिवेशनको सन्देश ? (02.28.2017)
जनचाहना अधिकार हो, भूमिको भागवण्डा हैन (02.15.2017)
फेरी अख्तियारतिर फर्केर घोत्लिँदा (02.15.2017)
के यिनले जनतालाई भेडा ठानेका हुन् ? (01.31.2017)
“आशा वलवती” राजन्....! (01.31.2017)
अनाडीहरुले राजनीतिलाई पेशा बनाए (01.18.2017)
शस्त्रास्त्रद्वारा स्थापित साम्राज्यका समाधिमाथि स्थापित संचार साम्राज्य (01.18.2017)



 
::| Latest News

 
[Page Top]