युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 12:06pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
निर्वाचन मतगणना ः उपहासको स्थिति
Wednesday, 05.24.2017, 11:12am (GMT+5.5)

- महेश्वर शर्मा
यहाँ जुनसुकै कुरालाई पनि गम्भीररुपमा नलिने र सधैं तदर्थवादमै रमाउने गरेको पाइन्छ । त्यसैले गर्दा ‘हतपतको काम लतलत’ हुने गरेको छ । समय छउन्जेल निरर्थक विवादमा अल्झिने, अनि आखिरमा आएर हतार हतार गर्ने परिपाटी बसे जस्तो छ । ‘दिनभरि मात्रै कपालकोर–रातिमैञा दाउरा चोर’ भनेझैं संविधान निर्माणकै बेलामा पनि बैठक र छलफलका निहुँमा वर्षौंसम्म विभिन्न ठाउँका रिसोर्ट–होटेलहरुमा मोजमस्ती गरेर म्याद थपीथपी बसेर अन्तिममा ‘फास्ट ट्रयाक’ भनेर हतार हतारमा संविधान बनायौं भने पनि त्यो ‘उट’का स्वरुपमा आएको छ । सबै काम त्यस्तै हतपत र लतलत हुँदैआएको छ । अहिले पनि स्थानीय निवाचनमा पनि ठ्याक्कै त्यस्तै भएको छ । समय छउन्जेल विवादमा अल्झेर नबसेका र हचपच नगरेका भए यो निर्वाचन दुई चरणमा गर्नैपर्ने थिएन । अब पनि दोस्रो चरणको निर्वाचन होला–नहोला र नभएमा संविधान नै संकटमा पार्ने आशंका छँदैछ ।
आजको युगमा आधुनिक प्रविधिका प्रयोगबाट आज भएको निर्वाचनको परिणाम दुई चार घण्टामै अथवा ढिलो भए भोलिपल्टै निस्कने देखे–सुनेकालाई यहाँ भने निर्वाचन परिणाम निस्कन हप्तौं लाग्ने देखेर मतदाता क्षुब्ध हुनु स्वाभाविक हो । मतपत्रमा चिन्ह पत्ता लगाउनै पनि धामा प¥यो । मतदाता शिक्षामा दुई अर्ब दश करोड खर्च भएको सुनिए पनि दश प्रतिशत जति मतपत्र बदर हुनुले त्यो रकम भ्रष्टाचारै नभने पनि दुरुपयोग भएको पुष्टि भएकै छ । मतपत्र पनि अलि सजिलो–छोटो, छरितो बनाउन सकिन्थ्यो कि ! त्यसलाई ध्यानै नगएर हो कि, बाह्र हाते फरिया जत्रो बनाइयो भनेर मतदाता अन्योलमा परेर चाहेका ठाउँमा चिन्ह लगाउन नसकेको हुनाले हास्यास्पद स्थिति नै देखियो । जे होस्, यसबाट सिकेर पछि राम्रो काम हुनुपर्छ ।
स्थानीय निकाय (तह)को सदरमुकामको व्यवस्था मिलिनसकेको स्थितिमा मतपेटिका जिल्ला सदरमुकाम मै पु¥याएर गणना गरिएको भए सुरक्षा र कर्मचारीको समेत आवश्यक व्यवस्था मिलाउन सजिलो पथ्र्यो होला । तर, त्यसतर्फ सोचिएको पाइएन । केन्द्रमा बसेर योजना बनाउँदा गाउँघरको स्थिति सोचेजस्तो लागेन । मतदाता शिक्षा दिने मान्छे शहरमा त देख्न पाइएन भने तिनीहरु अनकण्टार गाउँमा पुगे होलान ? यो सबै कागज मिलाउने काम मात्र भए जस्तो भयो । गणना गर्दा पनि मतदाता थलोमै चउरमा बसेर गरेको देखियो । त्यहाँ दुई तीन समूह बनाएर गणना गर्ने काम पनि भएन । आलोपालो गर्ने कर्मचारी पनि पुगेनन् । सदरमुकाममा भएको भए त्यो समस्या हुने थिएन । गणना गर्ने कर्मचारी बस्ने–खाने सुविधा पनि भएन । यस्ता व्यवहारिक कुरा बेलैमा सोच्नुपथ्र्यो । मतगणनास्थलमा चिया खाने व्यवस्था समेत नभएको पनि सुनियो । तयारीकै क्रममा यी सबै कुरा सोचिएका भए असुविधा हुँदैनथ्यो होला । भविष्यका लागि यो पनि पाठ हुनुपर्छ ।
सरकारलाई कसैले नगरेको काम देखाउने हतार थियो । कामगर्दा परिआउने समस्यासित कुनै मतलब थिएन । यो सबै आयोगले सोच्नुपथ्र्यो । भावी समस्याको आँकलन गर्ने काम आयोगको थियो । तर, आयोगको इशारामा चल्नुपर्ने बाध्यता थियो । दलहरुको कचिंगलले गर्दा समय साँघुरिंदै गएको थियो । छोटो समयमा निर्वाचन गराउनुपर्ने हतारोले पनि आवश्यक तयारी गर्दा कठिनाई पर्नु स्वाभाविक थियो । अझ, अर्को यथार्थ– दलीय भागवण्डाको पराधीन निर्वाचन आयोग आफैंमा अन्योलमा पर्नु पनि अस्वाभाविक थिएन । त्यसैले हतारमा सबै व्यवस्था मिलाउन पनि सजिलो पनि थिएन । यस्तै यस्तै कारणले फितलो व्यवस्था भएको हुनुपर्छ । फलतः ‘पहिलो गाँसमै झिंगा’ भनेजस्तो भएर दुनियाँ हँसाउने काम भए पनि यसबाट सिकेर आउँदा निर्वाचनमा सकेसम्म सरल प्रक्रिया अपनाएर सुधारको क्षमता देखाउने आयोग सफल हुनुपर्दछ । जसबाट लम्बेतान मतपत्रका कारण २४ घण्टामा एक हजार मत पनि गणना नहुने स्थिति दोहोरिन नपावस् ।
सरकारलाई जसरी पनि चुनाव गराएको देखाउनु थियो । चुनावी कर्मकाण्ड पूरा गर्नुपर्ने सरकारको हतारोले निर्वाचन आयोग करकापमा परेकै हो । कम्तिमा १२० दिन चाहिन्छ भन्दाभन्दै पनि आयोगले त्यो समय पाएन । आवश्यक समय नपाउनु पनि अव्यवस्थाको एउटा कारण थियो भने मतदाताले पनि सुसूचित हुने मौका नपाएकै हुन् । त्यसमाथि २७४ थान मतचिन्ह भएको ठूलो भद्दा मतपत्र देख्दैमा डरलाग्दो हुनाले मतदाता अलमलिएका हुन् । त्यसैले आगामी निर्वाचनका लागि सरकार, दलहरु र आयोगले समेत पाठसिक्ने अवसर पनि भएको छ यो निर्वाचनको अव्यवस्था । पढेर सिक्ने र परेर सिक्ने भनिन्छ । यो चाहिं परेर सिक्ने अवसर भएको छ । सिक्नु नसिक्नु चहिं सम्बन्धितहरुमै भरपर्ने कुरा हो ।
अन्त्यमा,
सामन्ती हैकम, धनबल र बाहुबल हुनेल चुनाव जित्ने परम्परा आजअघि भोग्दै आइएको व्यवहारिक पक्ष हो । योग्य, सक्षम र इमानदारको कतै जित्यो भने त्यो अपवाद मानिंदै आएको यथार्थ हो । अब यो चुनाव जित्नेले आफ्नो क्षेत्रको शान्ति सुरक्षा समेत विकास निर्माण जिम्मा लिएर निष्ठा र क्षमताका साथ चलाउनुपर्ने भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, भूमि, सिंचाई–बाँध, कुलो पानी, खानेपानी, बत्ती, बाटोघाटो, वनजंगल, सरसफाई आदि जनजीवनसंग सम्बन्धित सम्पूर्ण विषय समाल्नुपर्ने र त्यसका लागि आवश्यक पर्ने कानुन निर्माण र कार्यान्वयन गर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने हुन्छ । तर, यो सबैका लागि दक्ष एवं प्राविधिक जनशक्ति परिचालन गर्नुपर्छ ।
यो गहनतम् जिम्मेवारी पूरा गर्न विशेषतः प्रमुख–उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मेरो–अर्काको भन्ने पक्षीय धारणा पन्छाएर सबैको साझा हुने चरित्र देखाउन सक्नुपर्ने हुन्छ । यो उनीहरुको परीक्षाको घडी हुनेछ । पूर्वाधार विनाको यो संघीय कल्पनाको महत्व ढल्न नपावस् भनेर दृढताका साथ उभिन पर्नेछ । यो दायित्व वहन गर्ने क्षमताको अभावमा कमी कमजोरी नहोस् भन्नेतर्फ बेलैमा सचेत हुनु आवश्यक छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
खोई जनताका आवाज सुन्ने ठाउँ ? (05.17.2017)
दिनको लक्षण बिहानीले दिन्छ (05.17.2017)
राजनीतिक दल, सत्ता र आजको वास्तविकता (05.11.2017)
“पाकिस्तानका हिन्दू सम्पदा”बारे घोत्लिंदा (05.11.2017)
सरकारको नामद्र्याई र खुला हस्तक्षेप- महेश्वर शर्मा (05.02.2017)
राजधानीको वाग्मती र मुलुकको राजनीति- तारा सुवेदी (05.02.2017)
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन (04.18.2017)
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ (04.18.2017)
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना ! (04.18.2017)
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो (04.11.2017)
स्थानीय तह : नयाँनयाँ रजौटाको उदय ! (04.11.2017)
अस्पष्ट राष्ट्रिय विकास नीतिको परिणति (04.11.2017)
राजनीतिमा ‘मन्थरा’ र ‘शकुनी’ प्रवृत्तिको प्रभाव (03.22.2017)
केही पुष्टिकरण केही प्रष्टिकरण (03.22.2017)
बीचको बाटो किन नरोज्ने ? (02.28.2017)
रा.प्र.पा.को सम्पन्न महाधिवेशनको सन्देश ? (02.28.2017)
जनचाहना अधिकार हो, भूमिको भागवण्डा हैन (02.15.2017)
फेरी अख्तियारतिर फर्केर घोत्लिँदा (02.15.2017)
के यिनले जनतालाई भेडा ठानेका हुन् ? (01.31.2017)
“आशा वलवती” राजन्....! (01.31.2017)



 
::| Latest News

 
[Page Top]