युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.12.2019, 06:43am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
राजनीति गर्ने व्यवसायी हैन योगी बन्नुपर्छ
Wednesday, 05.31.2017, 01:52pm (GMT+5.5)

- महेश्वर शर्मा
नेपालमा राजनीतिलाई पेशा बनाइएको छ । यथार्थ त के हो भने राजनीति गर्नेहरू कर्मयोगी बन्नुपर्छ । त्यसका लागि राजनीतिक नेताले नित्य गीतापाठ गर्नुपर्छ जसबाट उसको बुद्धि विकसित भएर राम्रो काम गर्ने क्षमता आउँछ । कुनै नीति र मानवताको अनुभव नभएका व्यक्ति राजनीतिमा खेल्न थाले भने ती सुविधाभोगी भएर स्वार्थसिद्धिमा लाग्छन् भन्ने बुझ्नुपर्छ । त्यस्तामा कुनै किसिमको रचनात्मक दृष्टि हुँदैन र काम गर्नलायक मनस्थिति पनि तिनीहरूमा हुँदैन । राजनीतिक पुरुषको उद्देश्य जनतालाई सुखी र सुरक्षित बनाउने हुनुपर्छ । प्राचीन राजाको काम जनतालाई सेवा र सुरक्षा प्रदान गर्ने थियो । तर आजको सिथति विपरीत दिशामा गैरहेको छ ।
दलीय राजनीति एक अत्यन्त जटिल तत्व हो । यसमा राष्ट्रप्रेमभन्दा पनि दलगत अन्धविश्वासले बढी काम गरेको हुन्छ । दलगत झै–झगडामा शक्ति खेरजान्छ र मानिस जुवाडे जस्ता हुन्छन् । त्यसैले विश्वमै प्रचलित दलीय राजनीतिमा संशोधन आउनु आवश्यक छ । अहिले निर्वाचनको सन्दर्भ छ  र यसमा उम्मेदवारहरुको चर्चा हुने नै भयो । वास्तवमा पर्याप्त सामाजिक कर्म नगरेको र त्यसको अनुभूति नै नभएको व्यक्तिलाई उम्मेदवार नै बनाउनु हुँदैन । हरेक दलले जनताका अगाडि गएर आफ्नो प्रचारको ढ्याङ्ग्रो ठटाउनु बुद्धिमान नागरिकका लागि गाइजात्रा हो, आफूतिर ग्राहक तान्न पसलेले गरेजस्तै तमासे प्रदर्शन गर्नु हो । त्यस्ता प्रचारले जनताको अवमूल्यन गर्छन् । को कस्तो हो भन्ने जनतालाई थाहै छ भने कानमा बाजा बजाउनु जनतालाई मूर्ख ठह¥याउनु हो । त्यस्ता बाजामा लट्ठिने व्यक्ति मतदान गर्न लायक पनि हुँदैनन् ।
मान्छेले अरुलाई देखाउन जस्तोसुकै अभिनय गरे पनि आखिर उसको वास्तविक स्वरुप व्यवहारबाट प्रकट भैहाल्छ । आफूलाई मात्रै सक्कली प्रजातन्त्रवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी, स्वतन्त्र या समाजसेवी आदि जुनसुकै आवरणमा राखे पनि त्यस्ता अधिकांशको आचरणमा तानाशाही प्रवृत्ति देखिन्छ । त्यस्ताहरूले ऐन, कानुन, नियम, आचार–विधि मिचिरहेका हुन्छन् र त्यस्ता नियम, विधि अरुलाई मात्र लाग्ने र आफूले पालन गर्न नपर्ने ठान्दछन् । तानाशाही प्रवृत्ति भनेको त्यस्तै नै हो । त्यस्तो प्रवृत्ति विशेष गरेर दलीय नेतृत्व तहमै देखिनाले त्यसको उपचार पनि माथिल्लै तहबाट सुरु भए मात्रै, नत्र असम्भव प्रायः भैसकेको छ ।
मान्छेले भन्न थालेका छन्– कहाँ छ यहाँ प्रजातन्त्र ? प्रजातन्त्र त त्यहाँ हुन्छ जहाँ मान्छे निर्भय भएर सुख, शान्तिसंग बाच्न पाउँछ । प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ जनताको जीउ धनको सुरक्षा हुन्छ, वातावरण स्वतन्त्र हुन्छ र एकले अर्कालाई सहयोग गर्छ । के आज नेपालीले आफूलाई सुरक्षित ठान्नसक्ने वातावरण र परिस्थिति छ ? कुन बेला कसले कसलाई अपहरण गर्छ, लुट्छ र मार्छ भनेर अहोरात्र जगजगीमा, त्यो पनि अपराधीकै निगाहमा बाँच्नुपरेको अवस्थालाई कसरी प्रजातन्त्र भन्न मिल्छ ? नेपाली जनताले चाहेको आजकै जस्तो आतंकपूर्ण व्यवस्था हो ? जनता अब मालिक भए भनेर घोक्रो सुकुञ्जेल कराउने नेताहरूसंग के छ यी प्रश्नको जवाफ ? छैन । देखिएकै छ– प्रजातन्त्र शब्दले पनि नपुगेर नानाथरि तन्त्र फलाक्ने उनीहरूको स्वभाव र व्यवहार अरुलाई अँठ्याउने र आफू मात्रै उठ्ने तानाशाही चरित्र एवं स्वार्थी मानसिकता ।
देशलाई प्रगतिको बाटोमा अघि बढ्न आवश्यक पर्ने मूलतत्व शान्ति सुरक्षा हो । शान्ति सुरक्षा नै सरकारको प्राथमिक दायित्व हुन्छ । तर यहाँ नेताहरूलाई केवल कुर्सीको चिन्ता छ, देश र जनताको वास्ता छैन । आज राज्य जनताको होइन, अपराधीको भएको छ । अपहरण, फिरौती, हत्या सामान्य भएका छन् । बाँच्न मन हुनेले अपराधीले भनेको मान्नुपर्ने भएको छ । सरकारको लाचारी र निरीहताले गर्दा अपराधकर्मीको हौसला बढ्दो छ । उर्लदो महंगी खपिनसक्नु छ । अड्डा अदालतहरूमा भ्रष्टाचार खुला छ । स्कूल–कलेज, नर्सिङ होमहरू स्वीकृति प्राप्त लुटका अखडा बनेका छन् । अशान्ति र असुरक्षाका कारण कलकारखाना बन्द छन् । मान्छे मारिन्छन्, तर अपराधी समातेर कार्बाही गर्नुसट्टा सरकार मृतकका परिवारलाई पैसा दिएर कर्तव्य पूरा भएको सम्झन्छ । 
स्वघोषित ठूला नेताका अकर्मण्य र अक्षमता स्पष्ट भएको छ । नेता भनेको जनाधारबाट खारिएर बन्ने चीज हो । आज जनाधार–जनविश्वास हराइसकेको छ । कामकाज र क्षमता केही नभए पनि हल्लाका भरमा नेता बनेकाहरूले देश जोगाउँछन् भनेर विश्वास गर्ने ठाउँ नै समाप्त भएको छ । बाजले परेवा गाँजे झैं र गिद्धले सिनो लुछेझैं देशका सिमाना प्रतिदिन लुछिरहेकोतर्फ कुनै पनि नेता या मन्त्रीलाई वास्ता भएको देखिंदैन । उनीहरूलाई त जसरी भए पनि विस्तारवादीलाई आफ्नो पक्षमा पारेर कुर्सी जोगाउन पाए देशको सम्पूर्ण प्राकृतिक स्रोत साधन सुम्पन पनि गाह्रो छैन जस्तो छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
हामी प्रजातन्त्र, गणतन्त्र हुँदै भाँडतन्त्रतिर लाग्दै त छैनौं (05.31.2017)
निर्वाचन मतगणना ः उपहासको स्थिति (05.24.2017)
“द्रुतराजमार्ग” का सन्दर्भ (05.24.2017)
खोई जनताका आवाज सुन्ने ठाउँ ? (05.17.2017)
दिनको लक्षण बिहानीले दिन्छ (05.17.2017)
राजनीतिक दल, सत्ता र आजको वास्तविकता (05.11.2017)
“पाकिस्तानका हिन्दू सम्पदा”बारे घोत्लिंदा (05.11.2017)
सरकारको नामद्र्याई र खुला हस्तक्षेप- महेश्वर शर्मा (05.02.2017)
राजधानीको वाग्मती र मुलुकको राजनीति- तारा सुवेदी (05.02.2017)
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन (04.18.2017)
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ (04.18.2017)
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना ! (04.18.2017)
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो (04.11.2017)
स्थानीय तह : नयाँनयाँ रजौटाको उदय ! (04.11.2017)
अस्पष्ट राष्ट्रिय विकास नीतिको परिणति (04.11.2017)
राजनीतिमा ‘मन्थरा’ र ‘शकुनी’ प्रवृत्तिको प्रभाव (03.22.2017)
केही पुष्टिकरण केही प्रष्टिकरण (03.22.2017)
बीचको बाटो किन नरोज्ने ? (02.28.2017)
रा.प्र.पा.को सम्पन्न महाधिवेशनको सन्देश ? (02.28.2017)
जनचाहना अधिकार हो, भूमिको भागवण्डा हैन (02.15.2017)



 
::| Latest News

 
[Page Top]