युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 12:24pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
महाभारतको पुनरावृत्तिको भय
Thursday, 06.15.2017, 12:57pm (GMT+5.5)

- तारा सुवेदी
विषय प्रवेश पूर्व
नियमित स्तम्भको विषय छनौटदेखि त्यस विषयमा लेख पूरा गर्ने दिन हरेक शनिवारलाई छानेको हूँ, विगत १२ वर्षदेखि । त्यसै सन्दर्भमा शनिवार सखारै उठेर “कुन विषयमा लेख्ने” भनेर घोत्लिदै थिएँ । अचानक धेरै पहिले आपूmले अब नेपालमा द्वन्द वा युद्धको थलो महाभारत दक्षिण हुने जुन सोचेको भनौं वा प्रक्षेपण मित्रमण्डलीमा गरेको सुनाएको थिएँ, “त्यस विषयमा त कुनै स्तम्भमा लेखेकै छैन, त्यसैविषयमा किन नलेख्ने” भनेर लेख्न थाले । 
तर त्यो भन्दा पहिले एउटा अप्रासङ्गिक चर्चा गरौं ।
मलाई मेरा धेरै मित्रमण्डलीका सदस्यहरुबाट सधैं नै “त्यति धेरै मिहिनेत गर्छस्, पढ्छ्स्, लेख्छस्, तैंले जुन पत्रिकामा दिन्छस् र छापिन्छ, तर त्यस्लाई कस्ले पढ्छ ? त्यसको सट्टा किन कुनै ठूलो आकारका राष्ट्रिय दैनिकमा दिंदैनस् ?” प्रश्न गर्छन् । लाग्छ “ठूला राष्ट्रिय दैनिकहरुका लेखकको सूची (रोस्टर) मा नाम समावेश नभई लेख छापिने संभावना हुन्न । त्यो सूचीमा समावेश हुन गर्न गराउन केके गर्नुपर्छ, कहाँ कहाँ धाउनुपर्छ र को कस्कोबाट “कृपा” पाउनुपर्छ ? त्यस्को निमित्त के कसरी कुन सूत्रबाट कुन कुन दूतावास जानुपर्छ ?” ती शुभेच्छुकहरुलाई थाहा हुँदैन रहेछ । मैले पनि सबै मित्रलाई स्पष्टिकरण दिने कहिल्यै जमर्को गरिन । कथंचित कुनै पत्रिकामा झटारो हान्दा वा लेख फाल्दा संजोगले छापिने सौभाग्य प्राप्त भएछ भने आपूmले पठाएको र छापिएर आउँदा कति आनको तान फरक परेर वा पारेर आउँछ । आप्mनो दृष्टिकोण, सोच र विचारको कसरी रुपान्तरण विद्रूपीकरण भएर आएको हुन्छ ? त्यस्को अविस्मरणीय तीतो अनुभव ती मित्रहरुलाई त छैन, मलाई मात्र छ । तर त्यसबारे स्पष्टीकरण वा व्याख्या विश्लेषण गरेर आपूmले केही लिनु, दिनु र पाउनु नभए पनि ती शुभेच्छुक आदरणीय पाठक मित्रहरुमध्ये कुनै कुनै मात्रलाई सधैं यत्ति भने भन्ने गरेको छु–
“मित्र !, मेरो लेखको “स्तम्भ शीर्षक” बाटै स्पष्ट हुन्छ । मेरो लेख्नुको उद्देश्य र लक्ष्य “स्वान्त सुखाय” नै हो । थप भन्ने हो भने “फरकपाटो” भनेको नै “धारा विपरीतको यात्रामा रम्ने र जम्ने सोच, विचार, संस्कार” हो । त्यसैले मैले आजका पाठकका लागि भन्दा भोलीका विश्लेषकहरुका लागि लेख्ने हो । त्यसैले आजका घटनावली वा राष्ट्रिय राजनीति बारेको दृष्टिकोण विश्लेषणमूलक भन्दा प्रक्षेपणमूलक बढी हुनेगर्छ । यस्ता कुरा चल्तीका राष्ट्रिय ठूला दैनिकहरुका लागि स्वीकार्य हुँदैनन् । म मेरो लेखबाट कुनै शब्द मात्रै होइन, मात्रा, पूर्णविराम, उद्धरण चिन्ह समेत फरक गर्ने अधिकार सम्पादकलाई दिन सक्तिन । त्यस्मा संझौता गर्दिन । कुनैबेला यस कुराको हेक्का नराखी कुनै कहलिएको राष्ट्रिय दैनिकको सम्पादकलाई सुम्पिदा मेरो जीवनभर बनाएको परिचय, पहिचान मात्रै सदाका लागि नमेटिने गरी विद्रूप गरिएन, (त्यही वहुपरिचित कुनै राष्ट्रिय) दैनिकले गर्दा मलाई मेरो समाज, समूह, समुदायको माझबाट झिकेर दरकिनार गरिएको तीतो र कहिल्यै बिर्सन नसक्ने पीडा भोगिसकेको छु । 
आज जुन पत्रिकामा विगत १२ वर्षदेखि लेख्दैछु– “त्यो कसैले पढ्दैनन् भन्ने पूर्णत सत्य भने होइन रहेछ । यस्तो अतिदुर्लभ मानिए ठानिएको पत्रिकामा लेखिएको लेख पनि कसैले पढेर पाठक प्रतिक्रिया पाउँदा अति खुसी, आनन्द, उत्प्रेरणा र उर्जा प्राप्त हुने र त्यस्को खुसी आनन्द ठूला आकारका पत्रिकामा लेख छापिएर मुठ्ठीभर रकम हात पर्दाभन्दा बढी र बेग्लै हुने रहेछ । त्यस्तो अनुभूति गराउने सबै आदरणीय पाठकहरुको १२ वर्षदेखिको नाम सूची त दिन संभव छैन । केही पहिले “थप परिचय दिइरहनु पर्ने” “डा.बाबुराम भट्टराई” र दलबिहीन पञ्चायती शासन व्यवस्थाको सर्वोच्च विधायिका (राष्ट्रिय पञ्चायत) मा “(प्र) ने.का.” को प्रतिनिधि उम्मेदवार” भनेर चिनिएका, देशभरका वुद्धिजीवीहरुले मात्र मतदान गर्ने स्नातक क्षेत्रबाट सधैं विजयी हुँदै आउनु भएका, र –(आज संभवत ८०+ (असी प्लस) को नेटो काटिसक्नु भएका)– प्रयागराज सिंह सुवाल” जस्ता अति सम्मान्य व्यक्तिबाट अपरिकल्पित पाठक प्रतिक्रिया जुन प्राप्त भयो, त्यस्ले स्तम्भ लेखनको अर्थ र मूल्यबोध भएको अनुभूति गरेको थिएँ । यस्तै प्रेरणा प्रद उर्जाले अगाडि बढ्ने, शक्ति सामथ्र्य प्राप्त भएको छ । मेरो त्यो नै आजसम्मको “अमूल्य र अक्षय कमाई” हो भन्ने ठानेको छु । जेहोस्,
विषय प्रवेश
आजको स्तम्भ लेखनको शुरुआत गर्दागर्दै कान्तिपुर टी.भी.ले महत्वपूर्ण समाचारको रुपमा (क्याप्सनमा) “भरतपुर महानगरपालिकाको १९ नं. वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय” सम्झिएँ । त्यो कति उचित, कति अनुचित, कति संवैधानिक, कति असंवैधानिक हो ? त्यतातिर नजाउँ । तर, मतगणना अन्तिम क्षणमा पुगी झण्डै कस्ले जित्ने र कस्ले हार्ने भन्ने स्पष्ट प्रायः भैसकेको अवस्थामा जेजस्तो नैसर्गिक–अनैसर्गिक कारण उत्पन्न भई वा गराई, अन्तिम चरणको मतगणना रोकी, झण्डै एक हप्तापछि निर्वाचन आयोगबाट उक्त निर्णय भए गरेको जुन समाचार सार्वजनिक भयो, त्यस्ले अव यो देशमा ठूलै महाभारतको युद्ध अपरिहार्य ठानिएछ भन्ने लाग्यो ।  
महाभारतको प्रसङ्गमा...
धेरैलाई “महाभारत भनेको हिन्दूहरुको अति आस्थाको धार्मिक ग्रन्थ हो” भन्ने विश्वास छ । त्यो कहिले लेखियो र कति हजार वर्ष पुरानो वृहद्  कथासंग्रह हो ?, थाहा छैन । पश्चिमा (इसाई) हरुका नवअनुयायी वा दास नेपालीहरुले भन्ने मान्ने गरे जस्तो सत्य तथ्य घटनाको लिपिवद्ध ग्रन्थको सट्टा एउटा वृहद् मिथक हो, ओल्डटेस्टामेन्ट, कुरान र वाइवल जस्तो विश्वासयोग्य छैन, होइन भन्ने “डलरजीवीहरु” सँग वादविवाद–प्रतिवाद गर्ने पनि यहाँको प्रसङ्ग होइन । त्यसैले त्यताको पाटो र बाटो छोडेर “महाभारत” भन्ने वित्तिकै वीसौं शताब्दीको पूर्वाद्र्धका दुई विश्वयुद्धको आदिकालीन वा  पौराणिक महायुद्धको विम्बको (प्रतीकको) रुपमा जुन बुझिन्छ, यहाँ त्यसैबारे थोरै चर्चा गर्दै त्यस्को पुनरावृत्तिको संभावना र भयको चर्चा गरौं । 
महाभारतको वृहद् ठेली वा महापुराणको गहिराईमा पुगेर निकालिने सार वा निष्कर्षलाई एक वाक्यमा उल्लेख गर्नु पर्दा “महाभारतको महायुद्ध सर्वसत्तावादी सोच र अहं (इगो) बीचको द्वन्दको परिणति” हो । महाभारतको कथामा व्यासदेखि विदुरसम्मका उपदेश र नीतिसूत्र व्यर्थ वा अर्थहीन पुष्टी हुन्छन् महाभारतमा वर्णित कुरुक्षेत्रमा । भारतवर्षको त्यस बेलाको संभ्रान्त, समृद्ध, साम्राज्यको आधिपत्यको लडाईको  सूत्रपात अम्वा, अम्विका अम्बालिकाको अपहरणसम्म नलैजाने हो भने गङ्गा, कुन्ती, द्रौपदी र गान्धारीहरुका असामान्य चरित्रबाट प्रारम्भ भएको मान्नुपर्ने हुन्छ । ती चार (चौकडी (?) का अगाडि  धर्मराज युधिष्ठिर, महारथी अर्जुन, महाराजा धृतराष्ट्र, भीष्म पितामह र द्रोणाचार्य जस्ता महारथीहरु समेत निरीह, अकिञ्चन, लाचारछाया सावित भएका छन्, ‘मेरो नजरिया’ बाट हेर्दा । ती सबैको अन्तर्मनमा “अहं” र सर्वसत्तावादी सोचले काम गरेको छ । महाराजा धृतराष्ट्र त शारीरिक रुपमा नै स्वयं अन्धा थिए । त्यस्मा पुत्रमोहले र विवेकका दृष्टिले पनि थप अन्ध–अपाङ्ग थिए । ती माथी नाम उल्लेख भए नभएका नीतिज्ञहरु र महारथी सबै लाचार छाया थिए सत्ता र शक्तिका अगाडि ।  
हो, त्यो सर्वसत्तावादी सोच र चिन्तन हजारौं वर्ष पहिलेको हो । गंगा, गान्धारी, कुन्ती, द्रौपदीको आत्मसम्मानको अहंवादी घमण्डको भ्रुणबाट महाभारतको युद्ध जन्मियो । त्यत्रो विशाल भारतवर्षका सयौं राजा रजौटा र वीरहरु, लाखौं सेना समेतको क्षतिको केन्द्रमा भीष्म नै एक्लै उभिएको देखिन्छन् । बाबु “शन्तनु” को कामिनी र कामेच्छाको बाटोबाट पञ्छिदिएर, अन्धा भतिजालाई हस्तिनापुरको सिंहासनमा राख्नेमा मुख्य भूमिका खेलेका थिए भीष्मले । आपूm नै सिंहासनमा बसेर आप्mना करोडौं नागरिक र आप्mनो साम्राज्यका अधीनस्थ सयौं छोटे महाराजा, राजा, सामन्तहरुको संरक्षण गर्नुपर्ने दायित्व निर्वाह गर्नबाट अलग भए । हस्तिनापुरको राजसिंहासनमा “चर्मचक्षु” र “ज्ञान विवेकचक्षु” बाट समेत अन्ध एवं “पुत्रमोही” धृतराष्ट्रलाई राखे । दुर्योधन शकुनी जस्ता कपटी, षड्यन्त्रकारी, सर्वसत्तावादी बन्धुद्रोही समेतका, सेवक बनेर बस्ने बाँच्ने बाटो रोजे, उनले । 
तर महाभारतका अरु सहस्र कुरा छोडौं । एउटी अवला, हिन्दू समाजको मर्यादा अनुसार आप्mनो सामान्य ससुरा, बूढाससुरा मात्रै नभई पाँचैजना पति र अन्य महारथीहरुले भरिएको राजसभामा, रजस्वला भएकी द्रौपदीको चीरहरण गर्ने दुःशासनका दुःस्साहसका अगाडि चूपचाप शीर निहु¥याएर मौन बस्ने, भीष्म द्रोणाचार्यहरु जस्ताकै कारण कुरुक्षेत्रको युद्धमैदानमा कौरव र पाण्डवहरुलाई पु¥यायो । तर त्यस्को परिणति के भयो ? सबैलाई थाहै छ । माथि भनेभैंm सयौं राजा सामन्त दशौंलाख योद्धा सहित कुरुवंशको विनाश जम्मा १८ दिनको महायुद्धमा भयो । त्यो सबैका पछाडि उही एक “यादववंशका महापुरुष श्रीकृष्णको अप्रकटित मायावी खेलले काम ग¥यो । त्यस तथ्यको एकमात्र साक्ष्य थियो, बार्बरिक । यसभन्दा बढी महाभारतको चर्चा नगरौं । 
दुई विश्वयुद्धको प्रसङ्ग
महाभारतको “चारनारी” केन्द्रीभूत प्राचीनतम इतिहासबाट बीसौं शताब्दीको पूर्वाद्र्धका दुई विश्वयुद्धको अतिकति प्रसङ्ग कोट्याउँ । ४ अगस्त १९१४ बाट पहिलो विश्वयुद्ध शुरु भयो । विश्वका धेरै राष्ट्रलाई प्रत्यक्ष अप्रत्यक्ष ठूलो क्षति पु¥याएको त्यो प्रथम विश्वयुद्धको पछाडि यूरोपका तत्कालीन वलशाली ब्रिटेन, फ्रान्स, जर्मनी र इटालीको “आप्mनो महादेशभित्र मात्रै नभई विश्वबाट नै आप्mनो मुलुकलाई सस्तो कच्चापदार्थ ल्याई, आप्mनो देशमा उत्पादित मालवस्तुको एकाधिर बजार सुरक्षित गर्ने” अन्तर्मनको सोच र चिन्तन भएपनि त्यस्लाई कसैले प्रकट गर्न सकेका थिएनन् । सबैले दाउ हेरिरहेका थिए । 
संयोग पनि कस्तो ? त्यसैबेला अष्ट्रियाको सिंहासनका उत्तराधिकारी (युवराज) अर्क ड्यूक “फ्रान्सिस फर्डिनाण्ड” र उनकी पत्नी छिमेकी मुलुक सर्वियाको भ्रमणमा जाँदा २८ जुन १९१४ मा मारिए । फलस्वरुप ४ अगस्तमा अष्ट्रियाले सर्वियामाथि आक्रमण ग¥यो । वेलायत, फ्रान्स, रुस, अमेरिका, चीन, जापान आदि एकातिर “आप्mना मित्रशक्ति” का लागि र अर्कोतर्फ जर्मनी, अष्ट्रिया, हंगेरी, टर्की जस्ता मुलुकहरु “राष्ट्रवादी, स्वतन्त्रता, स्वाधीनताका पक्षहरुको सहयोग” का नाममा “युद्ध मैदानमा होमिए । प्रथम विश्वयुद्ध १५६५ दिनसम्म चल्यो । जस्मा हजारौं खर्व स्टर्लिङ्गपौण्डको रकम सहित बीसौं लाख सैनिक करोडौं आमनागरिकको खति व्यहोर्नु प¥यो, विश्वमानव समुदायले ।
त्यही पहिलो विश्वयुद्धको पराजय र पराभवको पीडा सहन नसकेको– खासगरी “भर्सेलिज” को सन्धीमा ठूलो अपमान सहन वाध्य पारिएको– जर्मनले “एडोल्फ हिटलर” लाई “जर्मनीको स्वाधीनता, जातीय अस्तित्व, अस्मिता र गौरवको संरक्षकनेता” को रुपमा अगाडि ल्यायो । अझ ठेठ रुपमा भन्ने हो भने “प्रथम विश्वयुद्धले नै जर्मनीमा “एडोल्फ हिटलर” र इटालीमा “मुसोलिनी वेनितो” जन्मायो । ती दुवै निरंकुश शासन सत्ता नियन्ताहरुले नै दोस्रो विश्वयुद्ध (१९३९–४५) लाई यूरोपको भूमिमा निम्त्याए, भित्र्याए । र दोस्रो विश्वयुद्धसँगै आपूmहरु पनि अस्ताए । 
यसरी झण्डै साढे दुई तीन दशकको अन्तरालमा विश्व इतिहासलाई नै कलंकलित गर्ने दुई विश्वयुद्धले जुन अकल्पनीय मानवीय “जन, धन, मन” को विनाश ग¥यो, त्यस्को विभत्स जीवन्त साक्ष वा अवशेष आजसम्म हिरोसिमायामा बाँकी नै छ । 
यूरोपीय महादेश छोडेर दक्षिण हाम्रै दक्षिण एशियातिर नै लागौं । नेपालकै छिमेकको सिक्किम, जुन सयौं वर्षदेखि “सार्वभौम स्वतन्त्र थियो, त्यस्लाई पनि तीन घमण्डी” महिला (इन्दिरा गान्धी, होपकूक र सोफिया, मेरिना) हरुले १९७३–७५ मा पराधीन बनाए । आप्mनो स्वतन्त्र, सुन्दर, शान्त, सार्वभौम सानो मुलुकलाई सिक्कीमेली जनताले भारतमा विलीन भएको देख्नु, भोग्नु प¥यो । 
त्यही सन् १९६९–७५ को सिक्किम विलयन गर्दा गराउँदाका घटनापछि २०४६ सालको पूर्वसन्ध्यामा नेपालमा पनि दुई कठोर स्वभावका महिला ऐश्वर्य शाह र सोनिया गान्धीबाट पनि त्यही ध्रुव सत्यलाई २०४३ तिर (दोस्रो सार्क शिखरताका) पुनरावृत्ति गर्ने कार्य भयो । त्यसैबेलादेखि “जुंगा नहुने बीचको जुंगाको लडाईंको परिणाम सबैभन्दा भयावह र अनिष्टकरण हुने रहेछ” भन्ने निष्कर्षमा पुगिएको हो । 
भनिन्छ, “इतिहास दोहोरिन्छ, समयसँगै पात्र र क्षेत्र फेरिन्छन्” । महाभारतदेखि सिक्किम र नेपालमा २०४६ सालसम्मका घटनाका मुख्य पात्र नारी थिए । उनीहरु नै खलनायिकका रुपमा मुख्य भूमिकामा खेल्दथे । पुरुषपात्र “निमित्त नायक” बनेका थिए । लाचार छायाँका रुपमा मात्र अग्रपंक्तिमा देखिएका थिए । अवको महाभारतमा नारीपात्र अगाडि आएका भए पनि, ती सबै  शिखण्डीको भूमिकामा देखिन्छन् । पुरुषहरु पृष्टभूमिकाबाट मुख्य पात्रको रुपमा अगाडि आएका छन् । “अव्यक्त, निराकार जगन्नियन्ता कृष्ण” को मायावी शक्तिले सबैलाई कुरुक्षेत्रतिर बढाइरहेको छ । 
हो, वर्तमान संविधानको जन्मसँगै यो मुलुकमा तिनै महाभारतकालीन शकुनी, दुर्योधन र लाखौं वृष्टिवंशी (यादव) हरुको पुनर्जन्म भएको छ । अझ स्पष्टत भन्ने हो भने हस्तिनापुरका महाराजाको अदृश्य, तर अनुभवजन्य भूतले नेपालको शासन सत्ता नियन्ताहरुलाई अनौठो र अप्राकृतिक ढंगबाट नचाइरहेछ, चलायमान बनाइरहेकोछ । जुन सबैले टड्कारै थाहा पाइरहेछन् । त्यस्ले यहाँ अर्को महाभारतको पूर्व तयारी भैरहेको सहज अनुमान गर्न सकिन्छ । 
यद्यपि “नेपालको संविधानसभाले संविधान बनाएर जारी गरे लगत्तै, नेपालको सबै समस्याहरुको समाधान हुनेछ । रातरात नेपालको रुपान्तरण हुनेछ । समृद्धि, समुन्नति, विकास, प्रगति, सुशासन, सुव्यवस्था र शान्ति स्थापित भएको हुनेछ” भन्ने पात्रहरु नै आज पनि त्यसरी नै शासन सत्ता नियन्ता बनेका छन्, जसरी संविधान निर्माण पूर्वका वीसौं वर्षसम्म शासन गरिआएका थिए । 
तर यही स्तम्भकारले त्यसकै जवाफमा त्यसैबेलाका यही स्तम्भमा “संविधान जारी भएको भोलीपल्टदेखि नै देश संकटबाट महासंकटमा फस्नेछ । राष्ट्रिय अस्तित्व, अस्मिताको धरातललाई दलहरुले अझ दलदलमा फसाउँदै र धसाउँदै लगेका हुनेछन् । राष्ट्रिय सार्वभौमिक स्वतन्त्रता, एकताका सूत्र टूट्दै जानेछन् र आत्मनिर्णयको क्षमता क्षीण भएर जानेछ । कथंचित यही संविधानसभाबाट संविधान जारी भयो, गरियो भने” देश अन्त्यहीन द्वन्दको भूमरीमा फसेको हुनेछ” भनेर लेखिएको थियो । आजको देशको परिवेश परिदृश्य र मधेस आन्दोलनदेखि स्थानीय तहका निर्वाचनसम्मका परिघटनाहरुले त्यही सत्य सावित गर्दैछ भन्ने लाग्छ । 
संविधान जारी भएदेखि नै यसलाई सिध्याउन सयौं शिखण्डीहरुलाई अग्रपंक्तिमा उभ्याएर जसरी “नेपाल” माथि “नाकावन्दीका अमोधअस्त्र” प्रहार भए । त्यसको रुपान्तरिक प्रहार स्थानीय तहदेखि प्रान्तीय र संसदको निर्वाचनमा पुनरावृत्ति हुँदैगरेको देखिंदैछ । त्यसले पनि नेपालको भूमिमा  महाभारतकै पूर्वाभ्यासको संकेत गर्दछ भन्ने लाग्छ । यस सन्दर्भमा के हेक्का राखौं भने एउटा शिखण्डीलाई ढाल बनाएर पंचपाण्डवले महाभारतमा विजयी भएका थिए भने कैयन् शिखण्डीलाई अगाडि लगाएर नेपालविरुद्ध प्रहार गर्न तम्सेकाहरुले यो “बबुरो मुलुक” माथि विभिन्न मोर्चाबाट अनवरत आक्रमण गरिरहे परिणाम के होला ? सहज अनुमान गर्न सकिन्छ । 
यद्यपि हामी नेपालीहरुलाई आप्mनो देश, परिवेश र परिचय पाउन आप्mना आँखा होइन, पश्चिमेलीका नजरिया चाहिन्छ । आप्mना परापूर्खाका उपदेश मार्गदर्शनलाई हामी बूढा पुरातन र ठान्छौं वास्ता गर्दैनौं । पश्चिमा दार्शनिक राजनीतिक नेताहरुको भनाईलाई गीता गायत्रीभन्दा पवित्र र शीरोधार्य ठान्दछौं । 
तथापि हाम्रो आजको पुस्ताका महान् मार्गदर्शक ठूला जान्ने, बुझ्ने, माने–ठानेका तिनै पश्चिमाहरुका पनि महान् श्रद्धेय र अजस्रज्ञानका गंगोत्री “हाम्रै ती ऋषिमुनि नीतिकारहरुले भनेका थिए–
“विनाशकाले विरीत बुद्धि” 
“अनायका विनश्यन्ति, नश्यन्ति बहुनायकाः ।
“.... नायका विनश्यन्ति, नश्यन्ति बालनायकाः ।।”
विनाशकालीन परिस्थिति, परिवेशको प्रक्षेपण वा चित्रण उहिले (हजारौं वर्ष पहिले) उक्त  नीति सूत्रबाट जसरी गरिएको थियो, त्यो सम्पूर्णत हाम्रो मुलुकमा पूर्णत र सशक्त विद्यमान रहेको स्पष्टत देखिंदैछ । तर यसबारे यसभन्दा बढी व्याख्या विश्लेषणको अर्थ र आवश्यकता नहोला ।
अहिले यत्र तत्र सर्वत्र प्रश्न उठ्न थालेका छन् “संविधानसभाले संविधानमात्रै जारी ग¥यो कि, त्यसै दलहरुमा थप अहंको थप विकास गरिदियो, द्वन्द बढाइदियो ? सहमति सहकार्यका कुरा गर्दै मौका प¥यो कि कोखामा छुरा धसेर सिध्याउने” राजनीतिक प्रवृत्तिको नयाँ संस्कृति” प्रारम्भ ग¥यो ।
फेरि दोहो¥याउँ “इतिहास दोहोरिन्छ समयसँगै पात्र र क्षेत्र फेरिन्छन्” । आज पनि सबै ठूला दलका नेताहरु “गणतन्त्रको संस्थागत विकास र संविधान कार्यान्वयन” को भजन गाई रहनेछन् । तर उनैले अख्तियार गरेको सर्वसत्तावादी र “अहंवादी” नीति नै गणतन्त्र र संविधानका अकालमृत्युका सशक्त कारकतत्व बन्दैछन् । त्यो उनीहरुलाई सायद हेक्का नभएको नहोला ? 
यस प्रसङ्गमा उही दुर्योधनले पाण्डवका तर्फबाट शान्ति प्रस्ताव लिएर गएका श्रीकृष्णलाई भनेको–
“जानामि धर्मं नच मे प्रवृत्ति,
जानाम्यधर्मं नच मे निवृत्ति ।
केनापि देवेन हृदिस्थितेन,
यथा प्रयुक्तोस्ति तथाकरोपि” 
उक्त भनाई आज सबैले अनुशीलन गरिरहेको देखिरहेको छौं । संविधान जारी भएपछि स्थानीय तहको पहिलो चरणको निर्वाचनको सन्दर्भमा सबै ठूला दलहरुले जे जस्तो अप्राकृतिक, अपवित्र र अन्ततोगत्वा आत्मघाती हुने गरी तत्कालका “बैरी सिध्याउने” जेजस्तो षडयन्त्रको खेलको अभ्यास चितवनको भरतपुरमा नवधृतराष्ट्र पुत्रीलाई शिखण्डको रुपमा अगाडि लगाएर शुरु गरे । त्यही दलहरुका मनमथिङ्गलमा उठेको लाक्षागृहको राप र ताप दोस्रो चरणको निर्वाचनका पूर्वसन्ध्यामा घोषित आन्दोलन र आन्दोलनकारीहरुले भद्रपुर, कंचनपुर तिरको सीमा नघाएर हस्तिनापुर पु¥याए र उस्ले (हस्तिनापुरले) पनि गोरखपुरलाई यस समस्याको समुचित समाधान तिम्रो स्वविवेकले देखे अनुसार गर” भनेर जिम्मा लगायो भने त्यसबेला के होला (?) उस्ले “राजतन्त्र र हिन्दूराष्ट्रलाई जहाँ लगेर समाधिस्थ गरिएको थियो, त्यहींबाट राजतन्त्र र हिन्दूराष्ट्रको भूतलाई जगाई निकाल्ने र गणतन्त्र एवं धर्मनिरपेक्षतालाई त्यही (आपूmले हिजो खनेको) चिहानमा गाड्न बाध्य पार्ला कि यो देशलाई सिक्किमीकरण गर्नेतिर लैजाला ? “कःकिं शक्तो, रक्षितुं मृत्युकाले ?” 
“भरतपुर” महाभारतकालदेखि २०४६ सालपछिको नेपालकै संसदीय प्रजातन्त्रकाल हुँदै गणतन्त्र स्थापित भए पछिसम्म पनि सर्दैआएको “सन्नति मोह” को एउटा सानो प्रतिनिधि घटना मात्र हो । प्रचण्डभन्दा पहिले गणेशमान, गिरिजा त्यस शृङ्खलाका अग्रज थिए । बाँकी परिणाम त पछि नै देखा पर्ला ? 
तथापि कामना गरौं, “अहंवाद” ले हामीलाई सिक्किमीकरणका साक्षी र गणतन्त्रका मलामी नबनाओस् । महारभारतको पुनरावृत्ति नहोस्, हार्दिक शुभकामना !


Rating (Votes: )   
Share     Print


Other Articles:
राजनीति गर्ने व्यवसायी हैन योगी बन्नुपर्छ (05.31.2017)
हामी प्रजातन्त्र, गणतन्त्र हुँदै भाँडतन्त्रतिर लाग्दै त छैनौं (05.31.2017)
निर्वाचन मतगणना ः उपहासको स्थिति (05.24.2017)
“द्रुतराजमार्ग” का सन्दर्भ (05.24.2017)
खोई जनताका आवाज सुन्ने ठाउँ ? (05.17.2017)
दिनको लक्षण बिहानीले दिन्छ (05.17.2017)
राजनीतिक दल, सत्ता र आजको वास्तविकता (05.11.2017)
“पाकिस्तानका हिन्दू सम्पदा”बारे घोत्लिंदा (05.11.2017)
सरकारको नामद्र्याई र खुला हस्तक्षेप- महेश्वर शर्मा (05.02.2017)
राजधानीको वाग्मती र मुलुकको राजनीति- तारा सुवेदी (05.02.2017)
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन (04.18.2017)
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ (04.18.2017)
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना ! (04.18.2017)
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो (04.11.2017)
स्थानीय तह : नयाँनयाँ रजौटाको उदय ! (04.11.2017)
अस्पष्ट राष्ट्रिय विकास नीतिको परिणति (04.11.2017)
राजनीतिमा ‘मन्थरा’ र ‘शकुनी’ प्रवृत्तिको प्रभाव (03.22.2017)
केही पुष्टिकरण केही प्रष्टिकरण (03.22.2017)
बीचको बाटो किन नरोज्ने ? (02.28.2017)
रा.प्र.पा.को सम्पन्न महाधिवेशनको सन्देश ? (02.28.2017)



 
::| Latest News

 
[Page Top]