युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:37pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
भरतपुर काण्डले देखाइदियो देश कसरी चलेको छ ?
Thursday, 06.22.2017, 12:14pm (GMT+5.5)

- महेश्वर शर्मा
सर्वसाधारणलाई कानुनी मर्यादा सीमाभित्र हिंडाउने दायित्व सरकारको हो । त्यसका लागि सरकारमा हुनेहरू स्वयं मर्यादा सीमाभित्र रहे मात्र जनताले पत्याउँछन् र अनुशरण गर्छन् । तर, सरकार चलाउनेहरू नै छाडा हुन्छन् भने अरु कसैले पनि मान्दैनन् । आजको स्थिति भनेको अराजक स्थिति हो । ‘यथा राजा तथा प्रजा’ भनेजस्तो छ आज । सत्ता र शक्ति हुनेले जे गरे पनि हुने स्थिति छ आज । एउटा आउँछ, आफ्नो प्रयोग गर्छ । अर्को आउँछ र अर्को प्रयोग गरेर जान्छ । विज्ञसितको परामर्श, उचित सोच विचार केही छैन । ‘आए आँप गए झटारो भनेझैं छ । देशको बस्तुस्थिति, परम्परा र जनचाहना विचारै नगरी आफ्नै लिंडे ढिपी लाद्छन् । प्रयोग र परक्षणमै देशैलाई समाप्त पार्ने हुने कि भन्ने जगजगी भैसक्यो । सुरुमा संसदीय व्यवस्थाका संचालकको उन्माद खपिनसक्नु भएपछि पंचायत आयो । त्यसले आधारभूत विकास निर्माणको जग बसालेको हो, तर मनपरी गर्ने बानी बसेकालाई पचेन । त्यसैबेला दशवर्षे आतंक पनि भोग्नुपर्याे । आज संघीय व्यवस्था परीक्षणमा छ । यो पनि ‘बाख्राका मुखमा कुभिण्डो’ हुने हो कि ! कहिले हो, कतिसम्म हो भन्न सकिने स्थिति रहेन ।
भरतपुर मेयर निर्वाचनको मतपत्र गणना गर्दागर्दै माओवादीले छापामार शैलीमा ९० थान मतपत्र च्यातेर कामै नलाग्ने बनाएपछि गणना रोकियो । यहाँ विचारणीय के भने– उनीहरूले तीमतपत्र किन च्याते ? किन कि ती मतपत्र माओवादी उम्मेदवारका पक्षमा रहेनछन् । आफ्ना उम्मेदवारका पक्षमा भए किन च्यात्थे । माओवादी उम्मेदवारभन्दा एमाले उम्मेदवार ७३३ मतले अघि भएको बेला मतपत्र च्यातिएका छन् । आफ्ना उम्मेदवारले हार्ने देखेर नै प्रतिद्वन्द्वीका नाममा परेका मतपत्र च्यातिएको बुझ्न सकिन्छ । यो स्थितिमा बेइमानी नगर्ने हो भने ती च्यातिएका मतपत्र एमाले उम्मेदवारका पक्षमा जोडिनुुपथ्र्यो र जनमतका मतपत्र च्यात्नेलाई हदैसम्मको सजायका भागी बनाउनुपथ्र्यो । तर, यहाँ त ‘चोरलाई चौतारो साधुलाई सूली’ भनेझैं मतगणना नै स्थगित गरी पुनः निर्वाचनको आदेश दिइयो । यो सत्तापक्षीय उम्मेदवारका पक्षमा अन्धरनगरीको इन्साफ जस्तो यो । यही एउटै उदाहरणबाट पनि यो देश कसरी चलेको रहेछ भन्ने थाहा हुन्छ । पुनः निर्वाचनका नाममा धाँधली गरेर आफ्नै उम्मेदवालाई जिताउने सत्तापक्षको षड्यन्त्र बाहेक यो अरु केही होइन भनेर आम जनताले भनिरहेका छन् ।
नेताहरू नै इमानदार नभैदिनाले यहाँ सबै खलबलिएको छ । संघीयता अराजकता निम्त्याउन होइन होला नि ? जुनसुकै भाषा, धर्म, संस्कृतिमा समन्वय ल्याएर देश र जनताको हित हेर्नुपर्ने ठाउँमा आफ्नै पक्षको मात्र हित हेर्दा अव्यवस्था र स्थिरता आउँछ भनेर ख्याल गरेको पाइँदैन । कतिपयले निर्वाचन जित्ने वित्तिकै विना सोचविचार, विनायोजना म यो गर्छु र त्यो गर्छु भने । कसैले वृद्धभत्ता बढाउँछु भने । काठमाडौंका मेयरले सरकारी लेखापढीको भाषा नेवारीलाई पनि बनाउँछु भने । उनलाई मत दिने नेवार मात्रै त होइनन, अरु भाषाभाषी पनि त थिए भने अरु भाषालाई पनि त स्थान दिनुपर्याे नि । संघीयताका नाममा भाषा र धर्म अनि जातजातिबीच कचिंगल ल्याउने काम राम्रो हो त ? जुनसुकै पार्टीबाट जिते पनि निर्वाचित मान्छे सबैको प्रतिनिधि भैदिनुपर्छ । काठमाडौं अलग देश त हैन होला ? स्थानीय तहले मनलागेको जे पनि गर्न पाउने त हैन होला ? कानुन पनि चाहिएला । राज्य चलाउनले परसम्म हेर्नुपर्दछ । त्यसैले यो संघीयता छचल्किएर कतै भुईमा नपोखियोस् भनेर सोच्नुपर्ने अवस्था देखिएको छ ।
सात दशककाबीच चालीसजना प्रधानमन्त्री हुनु भनेकै लाजमर्दो स्थिति हो । राजनीतिक अस्थिरताले ल्याएको यो अव्यवस्थाको मूल कारकतत्व भनेको नेताहरूको काँचोपन र इमानको कमी पनि हो । नेताहरू इमानदार भैदिएका भए आजको दुःस्थिति नै आउने थिएन र देश धेरै अगाड हुनेथियो । देशको यथार्थ वस्तुस्थिति बुझेर, जनतामा भिजेर काम गर्नुपर्नेमा यहाँ जनतालाई झुयाएर ढाँटछल गरेर सत्तामा पुगेर मनोमानी गर्ने एकसूत्रीय नीति लिइनाले दुष्परिणाम भोग्नु परिरहेको छ । राजनीतिक प्रदूषणको यो महामारी कहाँसम्म फैलियो भने सत्ताको कुर्सीका निम्ति जुनसुकै बिरुद्धसंयोगी गठबन्धन गरेर भए पनि सत्तामा टाँस्सिइरहने प्रवृत्तिले स्थायी रुप लिन थाल्यो । आजको भ्रष्ट आचरणको विगविगी पनि त्यसैको परिणाम हो र नेतृत्वको परित्रमा सुधार नआएसम्म सुधारको सम्भावना क्षीण नै छ । किनभने मन्त्रिमण्डल बदलिन्छ, मान्छे बदलिंदैन ।
यो देशमा अनौठो हुँदैछ । गर्नुपर्ने भन्दा नगर्नुपर्ने काम पहिले हुँदैछन् । केही नजाने पनि तातो न छारो जानेको अभिनय गर्न खप्पिस नेता आफ्नो धोती फुस्केको पनि थाहा पाउँदैनन् या थाहा पाए पनि लाज पचाउँछन् । ‘ठाउँ न ठहर बुढीको रहर’ भनेझैं काम देखाएर स्याबासी खान र संगमर्मरमा आफ्नो नाम कुँदाउन एउटाले शिलान्यास गरेको ठाउँमा अर्काले फेरि शिलान्यास गर्छन् । यहाँ बिनापूर्वाधार जथाभावी महानगरपालिका, उपमहानगपालिका, नगरपालिका र गाउँपालिका गठन गरेर हाँस्यास्पद काम गरे । न कार्यालय भवन छन्, न भवन बनाउने जग्गा छ । ‘आफू छारामा खुट्टा भने आरामा’ भनेझैं निर्वाचित प्रतिनिधिले शपथग्रहण गरिसके । कर्मचारीको खटनपटन अझै भैसकेको छैन, तैपनि होला नै भन्नुपर्याे । तिनीहरूले कहाँ बसेर काम गर्छन् ? शहर–बजारमा त भाडाका घर पाइएलान्, तर गाउँमा त सम्भव छैन । त्यहाँ त गोठ–कटेरा–खोल्मा खोज्दै हिंड्नुपर्ने होला । ‘छोरो नपाउँदै कन्धनी बाट्ने’ भनेको यस्तैलाई हो भन्दैछन् जनताले । हुन पनि गर्नुपर्ने काम मेसैसंग पो गर्नुपथ्र्यो । बिना अड्कल हावामा तरबार चलाए जस्तो भएको छ ।
त्यसैले परिवर्तनका जस्तासुकै प्रक्रिया र कार्यक्रम अघि सारे पनि नेता र जनप्रतिनिधिका मानसिकतामा परिवर्तन नआएसम्म केही हुनेवाला छैन । सोर्स–फोर्स, नातागोता, राजनीतिक पक्षधरताको आधार अनि चन्दा, उपहार, विकास सनर्माण योजनाहरूमा भन्सार दस्तुरीकै रुपमा प्रचलित कमिशन धन्दा नरोकिएसम्म नाम फेरेर संघ–प्रदेश–स्थानीय तह भन्दैमा केही हुँदैन, भ्रष्टाचारको विकेन्द्रीकरण मात्रै हुने हो । यो व्यवहारिक वस्तुतथ्य बुझेर नेता र पदाधिकारीहरूमा आत्मसंयम नपलाएसम्म कानुनी प्रक्रियालाई नै बलियो बनाएर शासनमा दृढता ल्याउनुपर्छ । अन्यथा ‘घुमीफिरी रुम्जाटार’ हुनु निश्चित छ । सुधारका डीङ हाँक्नेहरूले तुनामा बाँधेर राखेहुन्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राजपाको आन्दोलन र निर्वाचन सार्ने निर्णयले उब्जाएको प्रश्न (06.22.2017)
यद्भविष्यवादीको चकचकी (06.15.2017)
महाभारतको पुनरावृत्तिको भय (06.15.2017)
राजनीति गर्ने व्यवसायी हैन योगी बन्नुपर्छ (05.31.2017)
हामी प्रजातन्त्र, गणतन्त्र हुँदै भाँडतन्त्रतिर लाग्दै त छैनौं (05.31.2017)
“द्रुतराजमार्ग” का सन्दर्भ (05.24.2017)
निर्वाचन मतगणना ः उपहासको स्थिति (05.24.2017)
खोई जनताका आवाज सुन्ने ठाउँ ? (05.17.2017)
दिनको लक्षण बिहानीले दिन्छ (05.17.2017)
राजनीतिक दल, सत्ता र आजको वास्तविकता (05.11.2017)
“पाकिस्तानका हिन्दू सम्पदा”बारे घोत्लिंदा (05.11.2017)
सरकारको नामद्र्याई र खुला हस्तक्षेप- महेश्वर शर्मा (05.02.2017)
राजधानीको वाग्मती र मुलुकको राजनीति- तारा सुवेदी (05.02.2017)
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन (04.18.2017)
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ (04.18.2017)
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना ! (04.18.2017)
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो (04.11.2017)
स्थानीय तह : नयाँनयाँ रजौटाको उदय ! (04.11.2017)
अस्पष्ट राष्ट्रिय विकास नीतिको परिणति (04.11.2017)
राजनीतिमा ‘मन्थरा’ र ‘शकुनी’ प्रवृत्तिको प्रभाव (03.22.2017)



 
::| Latest News

 
[Page Top]