युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
लोकभय र लोकलाज पचाएका छद्मभेषी लोकतन्त्रवादी
Thursday, 06.22.2017, 12:15pm (GMT+5.5)

- वेदराज पन्त
शब्दभेदी लडाई गर्दै दलका नेता दन्तबझान गरेर राजनीतिमा ध्वनि प्रदूषण फैलाउँदैछन् । औपनिवेशिक दिल–दिमागले गणतन्त्र, संघीयता, समावेशी जस्ता शब्द जति भट्याए पनि त्यस्ता शब्दको प्रयोग र प्रयोजनबारे भट्याउने नेता भनाउँदाहरू नै अनभिज्ञ रहेको र आफ्नो कथनी र करनीमा दृढ रहन नसकेको लोकलाज र लोकभय पचाएर लोकतन्त्रको जप मात्र गर्ने पाखण्डी सावित भएको देखियो । अहिले जनमत यस्तै छ ।
राजनीति नीतिगत क्षेत्रको सर्वोच्च नीतिमा पर्छ । राजनीति सफल भए अर्थनीति, शिक्षा, स्वास्थ्य, गृह, परराष्ट्र, उद्योग, व्यापार सबै नीति सफल हुन्छन् । राजनीतिमै विकृति घुसेमा सबै नीतिगत क्षेत्र भ्रष्टाचारको आहालमा डुब्छन् । राजनीतिको धर्म नै नीतिगत सबै पक्षलाई ऊर्जा प्रदान गर्नु हो, गतिशील गाराउनु हो, स्वस्थ, स्वच्छ, सबल सामाजिक क्षेत्रलाई सुव्यवस्थित गर्नु हो । प्राकृतिक मानचित्रको सौन्दर्यता, उपयोगिता र नैसर्गिकता विरुप नहोस्, प्रकृति कुपित नहोस्, स्थावरजंगमका प्राणी, वनस्पति ईश्वरीय सृष्टिमा मानवीय सृष्टिले आघात नपुगोस्– प्राच्यका चिन्तकहरूको राजनीतिक शब्दबारेको अवधारणा यही थियो । 
प्राच्यका चिन्तकहरूले शब्द नै ब्रह्म हो भने । सत्य नै धर्म हो भने । धर्मसापेक्ष राजनीतिको प्रशंसा मात्र गरेनन्, धर्म रक्षार्थ राजनेताहरूले जीवन ननै उत्सर्ग गरे । संसारमा अहिलेका इसाई राष्ट्र हुन् कि मुसाई राष्ट्र त्यहाँका नेताहरू शपथग्रहण गर्दा आआफ्ना धर्मग्रन्थ नै शिर चढाएर अथवा स्पर्श गरेर ईसामसीह र अल्लहको नाम लिंदै प्रतिज्ञा गर्छन् । संयुक्त राष्ट्रसंघका हालका महासचिवले समेत बाइबल हातमा लिएरै शपथग्रहण गरेको घटना सर्वविदितै छ । विश्वभरका टेलिभिजनले प्रसारण गरेको थियो । यसको ठीक विपरित नेपालका राजनीतिक नेताहरू र कथित संविधानविद्हरूले हिन्दु अधिराज्यको एउटा मात्र विश्वको राष्ट्र नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्दै संविधानबाटै हिन्दु अधिराज्य हटाए र धर्मको राज्यसंग सम्बन्ध बिच्छेद गरे । हिन्दुलाई कट्टर अन्धविश्वासीको पगरी गुथाए । आफ्ना घाँटीमा टाइको लुर्को झुण्डयाए र समावेशीको नारा भट्याए । महिला, दलित, आदिवासी, जनजाति, मधेसे, पहाडीया यस्ता शब्दमै राजनीति केन्द्रित गर्दै ध्वनि प्रदूषणद्वारा राजनीति प्रदूषित गराए । प्रधानमन्त्री भएर शपथग्रहण गर्दा ईश्वरको नाम लिन डराए । हद्मभेषी लोकतन्त्रवादीले यस्तै चर्तिकला प्रदर्शित गरे । जनजाति र आदिवासीको नाममा १५ हजार मानिसलाई मृत्युवरण गर्नुपर्ने पारे ।
धर्म, भाषा, भेषभुषा, रहनसहन, आचारविचार, संस्कार र संस्कृति समाजको पहिचान मात्र होइन, यो सभ्य मानिसको सभ्यताको प्रती हो । साहित्यले सभ्य समाजको विकासलाई ऊर्जा प्रदान गरेजस्तै विश्व वाङ्मयमा धर्म–कर्म, रीतिस्थितिले नै मानवीय सद्भाव र सम्वेदनशील भावनाको परिचय दिंदैआएको पाइन्छ । सृष्टिकर्ताको नाम लिनै डराउनेसंग आत्मबल र नैतिकबल नभए पनि मुढेबल भने पर्याप्त भएको देखिन्छ । लोकलाज र लोकभय पचाएका कथित लोकतान्त्रिक नेताको छद्म भेषको अनावरण पटकपटक एको छ । मधेसे, आदिवासी, जनजाति, दलित, महिला र संघीयता शब्द यसबीच देशका कुनाकुनामा प्रतिध्वनित भएका छन् । 

मधेसे, आदिवासी र जनजाति
आदिवासीहरू जनजाति शब्दको अर्थ, परिभाषा र यस मुद्दामा चलेका उत्तेजक बहसको सन्दर्भमा आईएलओ १६९, आदिवासी र जनजातिको उठाइएका प्रसंग समसामयिक विषयवस्तुको अध्ययनमा सूचनामूलक र ज्ञानवद्र्धक, विचारोत्तेजक पठनीय सामग्रीमा पर्दैन । यसमा थप टिप्पणी गर्ने आवश्यकता छैन । यस्ता प्रसंग वा शब्द र विषयको व्याख्या वा विश्लेषण गर्दा विचारक, चिन्तक, लेखक सबैले आधार वा स्रोत र मूल्य–मान्यता पाश्चात्य जगतबाटै पैचो लिने गर्छन् । दलका नेता वा कार्यकर्ता र पत्रकारले मात्र यसो नगरी अहिले सबै प्रकारका संस्कृति र जीवनशैली र विकास सन्दर्भ लगायत सृष्टि संरचनाको सारभूत तत्वमा समेत पश्चिमाहरूले स्थापित गरिदिएका मूल्य–मान्यतामै केन्द्रित रहेर व्याख्या र विश्लेषण गर्ने जडौरी सबैले भिरेका छन् । पाश्चात्य संस्कार–संस्कृति वा राजनीति र औपनिवेशिक दिलदिमागबाट उत्पन्न हुने यस्ता विषयमा पाश्चात्य जगतकै धारणा, चिन्ता वा मूल्य–मान्यतामा आधारित भएर व्याख्या विश्लेषणबाट चर्चा गरिएको मानौं । तर, सबैको स्रोत र आधार त्यत्तिमै सीमित छैन । जनजाति शब्द होस् वा आदिवासी यी संस्कृति शब्द हुन् । संस्कृति भाषा प्राच्यको कुनै बखत जीवन्त भाषा थियो । यो भाषाबाटै विश्वमा ज्ञान, विज्ञान र चेतना फैलिएको थियो भन्ने सहस्र प्रमाण पाइन्छन् । योगी नरहरिनाथको विचारमा प्राच्यले चेतनाबाट विकास हुन्छ र सृष्टि संरचनामा चेतनतत्व नै प्रमुख कारक र कारण छ भन्छ । पदार्थवादी चिन्तकहरू पदार्थबाट सृष्टि संरचनाको विकास भएको हो भन्छन् । त्यो पदार्थलाई संयोजन गर्ने वा उपयोग गर्ने चेतनाकै बारेमा उनीहरूको दृष्टिकोण व्याख्या, विश्लेषण सतही हुन्छ । यस प्रकरणमा पनि त्यस्तै भएको छ भन्नुहुन्थ्यो ।
आदिवासी र जनजाति शब्दको परिभाषा, व्याख्या र विश्लेषण पनि यस्तै मानसिकता र दृष्टिकोणा वा संकीर्णताको घेराभित्र गुजुल्टिएको छ । यी दुबै शब्द विन्यासमा संस्कृति भाषामै ऋषि, महर्षि, ब्रह्मर्षिले चिन्तन गरेका यथेष्ट प्रमाण छन् । समग्रमा जनजाति, पशुजाति वा राजजाति, ब्राह्मण, क्षत्रि, गुरुङ वा मगर इत्यादिमा विभाजन गर्नु नै दोषदृष्टि हो । रुप, रंग, विद्या, धन, बल आदिमा लाख विभेद होस् तर मानिस जातिको दृष्टिले एउटै योनि वा जातको प्राणी हो । जातको शाब्दिक र लाक्षणिक अर्थ जमन्नु हो । स्त्री होस् वा पुरुष त्यो मान्छेको एक योनि हो । यस्ता सामाजिक, आर्थिक, धार्मिक जेजति विभेद गरे पनि देश, कालको सीमा, भाषा, रीतिरिवाज लगायतका अनेक भेददृष्टिले जे जस्ता तर्क, कुतर्क–वितर्क गरे पनि सृष्टिमा मानिसको जन्म एकै प्रकारले हुन्छ । ८४ लाख जुनिमध्ये मानिसको योनि एक हो । त्यसैले विश्वको जनगणना गर्दा संसारमा अहिले ७ अर्ब मानिस छन् भन्ने तथ्यांक सार्वजनिक भएको छ । जहाँ जन्मे पनि मानिस जन्मन्छ र जहाँ मरे पनि मानिस मर्छ । त्यसैले मानिसको जात अथवा योनि एउटै हो । यसमा राजनीतिको दुष्प्रभावले यो शब्द नै विकृत भएर ‘जनजाति’ हुन पुग्नु विडम्बना हो । जन र जातिको शाब्दिक र लाक्षणिक अर्थ एउटै छ । गौतमको न्यायसूत्र (समान प्रस्वात्मिका जाति २।२।६८) मा एकै प्रकारले जन्मेको एक जाति हुन्छ भन्ने किटानी छ । यसैले ब्राह्मण, क्षत्रि, वैश्य, शुद्रका विशेषण जातिवाचक नभएर कार्य विभाजन गर्ने हेतुले निश्चित गरिएका विशेषण मात्र हुन् । यी सबै मानिस जाति हुन् ।
जन्मको शाब्दिक अर्थ हुन्छ– मानिस, दुनियाँ, प्रजा, जाति, जहान, ज्यामी, मजदूर, परिवार । यो जनशब्दमा अनेक अन्य शब्दको संयोजन गरे पनि जाति नै जोडेर ‘जनजाति’ भन्न मिल्दैन । जन र जाति एउटै अर्थबोधक शब्द हुन् । जनजातिका नाममा कोही संगठित हुने हो भने बाँकी अन्य जाति पशुजाति हुन्छन् त ?
यस्तै छ आदिवासी शब्दको हालत पनि । मधेसे, पहाडीया वा लेकाली सबै मानिस नै हुन् । ८४ लाख योनिमा मनुष्ययोनी एक हो । कुत्सित राजनीतिको दुष्प्रभावले शाश्वत सत्यको सृष्टिचक्रलाई नै यस्तो भूमरीमा घुमाउन थाल्यो । केही आदिवासीको कित्तामा रमाउन थाले कोही जनजातिको ।

को हो आदिवासी ?
विश्वकै आदिकवि मानिएका वाल्मीकि ऋषिवर्गमा गणना हुन्छन् । यिनको आश्रम नेपालमै छ । त्रेतायुगको रामकथालाई काव्यमा संरचना गर्ने वाल्मीकि आश्रममै आश्रय लिएकी जनक नन्दिनी सीताले लव कुशलाई जन्माएको, हुर्काएको र स्वयं अन्तध्र्यान भएको भूमि यो नेपालमा सीताकै माइती जनकपुर र त्यहाँका राजा जनक लगायत शुक्ल यजुर्वेदका प्रणेता याज्ञवाल्क्य जस्ता ब्रह्मर्षि पनि यही मिथिलाञ्चल क्षेत्रमा विचरण गर्थे । याज्ञवाल्क्य विदेह जनकका गुरु र पुरोहित समेत हुन् । उनैद्वारा रचित याज्ञवाल्क्य संहिता यो दक्षिण एसियाको भूमिमा बसोबास गर्ने ब्राह्मण, क्षत्रि र वैश्यहरूको जीवनशैलीको मार्गचित्र पनि हो । त्यो युगदेखि यो क्षेत्र अर्थात् नेपाल भूमिमा बसोबास गर्ने ब्राह्मण हुन् वा क्षत्रि, वैश्य हुन् वा शुद्र सबै आदिवासी वा युगयुगान्तरका रैथाने जाति हुन् । यसरी नै अहिलेसम्म यो धरतीमा अवतरण भएका छजना बुद्धमध्ये चारजना ब्राह्मणकै वंशमा जन्मलिएका हुन् । त्यस्तै बाँकी २ जना बुद्ध क्षत्रिका कुलमा जन्म लिएका महानव मानिन्छन् । नेपालको कपिलवस्तुमा शाक्य वंशीय क्षत्रिय कुलमा जन्मलिएका गौतम बुद्धले प्रतिपादित बुद्धधर्म मान्नेहरू आदिवासी हुने र क्षत्रि, ब्राह्मण नहुने विरोधाभाषीको कुरा असत्य प्रलाप हो । नेपालको सरहदभित्र वर्तमान राजनीतिक मानचित्रका अनेक स्थान विशेष वैदिककालीन सभ्यता र संस्कृतिका परिचायक छन् । सांख्ययोगका प्रणेता कपिल हुन् वा संस्कृत व्याकरणका रचयिता पाणिनी समेत यही भूभागमा जन्मेका अकाट्य प्रमाणले नेपालको सरहदभित्र ब्राह्मण, क्षत्रिहरू युगौदेखि बसोबास गरेको ठोस प्रमाण स्वतः प्रस्तुत छ । यी केही टिपोट मात्र हुन् । त्यसैले यो राजनीतिको सर्वत्र परेको दुष्प्रभावको एउटा उदाहरण हो ।
‘वसुधैव कुटुम्बकम्’ भन्ने प्राच्यको दृष्टिकोण अनुसार विश्वका सबै मानिसलाई लडाएर होइन, मिलाएर लैजाने जीवनशैलीको अनेक सूत्र लिपिबद्ध छन् । त्यो अनुरुपको समाज सिर्जना गर्न उद्यत नभएर यस्ता सन्धि वा फुटपरस्त विषयवस्तुमा चर्को बहस भएर उत्तेजना फैलिनु मानिस जातिका निमित्त अभिशाप मान्नुपर्छ । वैदिक केही सूत्रहरूले यो अभिशाप मानिसले भोग्न नपरोस् भनेर प्राच्यमै उद्घोष गरेका केही ऋचा उद्धरण गरौं– “पुमानु पुमांसः परिपातु विश्वत” (विश्वभरका मानिसले मानिसको रक्षा गर) । ऋग्वेद ६।७५।१४
परमं र परा संयोजनबाट ‘परम्परा’ शब्द निष्पन्न हुन्छ । ‘परमं’को नानार्थ छ– महान, अद्भूत, अति पवित्र र वर्णनातीत भावार्थमा यसलाई वैदिक कोशमा व्याख्या गरिएको छ । त्यस्तै ‘परम’ शब्द आत्मासंग जोडिंदा ‘परमात्मा’ हुन्छ । ‘धाम’मा यो शब्द संयोजन गर्दा परमधाम हुन्छ । ईश्वरमा यही शब्दको विशेषणले ‘परमेश्वर’ हुन्छ इत्यादि । यस्ता शब्दले आदिवासी को थिए चिनाउँछ । त्यसैले वैदिक वाङ्मयमा भएको शब्दको प्रयोग र प्रयोजनको एउटै अर्थ वा भाव हुँदैन ।
अब जनजाति शब्दको योगी नरहरिनाथको व्याख्याको केही टिपोट गरौं– जन र जाति दुबै संस्कृत शब्दको एउटै अर्थ हुन्छ । यो शब्दको संयोजन नै गलत छ । यसबारे स्पष्ट गर्न उहाँले दिएको सल्लाह अनुसार यसअघि नै मैले प्रस्तुत गरेका कृतिमा उल्लेख गरेको छु । जनजाति शब्द संयोजन राजनीतिक दुष्प्रभावको वीजारोपणको कुत्सित प्रयास थियो । वैदिक भाषामा जन र जाति दुबै शब्द एक अर्काका पर्यायवाची शब्द हुन् । जनको अर्थ र जातिको अर्थ समान छ । जात भनेकै जन्मनु हो । जनले पनि यही अर्थ बुझाउँछ । जननी भनेर मातालाई जनक भनेर पितालाई बुझिन्छ, बुझाइन्छ । वैदिक शब्दकोशमा चार वर्णको व्याख्या छ, परिभाषा छ । ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र । त्यहाँ थर विशेषको कतै उल्लेख छैन । न त दमाई, कामी, सार्की आदि इत्यादि थर नै छन् । “जन्मना जायते शुद्र संस्काराद द्विजउच्चते” यही सूत्र छ । संस्कारले शुद्र पनि द्वज हुने । द्विज भनेको दोस्रो जन्म हो । यही बुझिन्छ । युगान्तर, कल्पान्तरका मनुहरूले मनुस्मृतिको रचना गरे । समाज व्यवस्थित गर्ने राष्ट्र संचालन नगर्ने विधि–विधान नै स्मृतिग्रन्थहरू हुन् । मनु चौध छन् । चौध मनुका चौधवटै स्मृतिग्रन्थ छन् । यसका अतिरिक्त अन्य ब्रह्मर्षि, राजर्षिहरूका पनि स्मृति ग्रन्थ छन् ।
गौतम बुद्धले बुद्ध धर्मको प्रतिपादन गरे । बुद्ध आदिवासी आर्यकै सन्तान र जन्मजात हिन्दु नै हुन् । उनले प्रतिपादन गरेको धर्म अपनाउने आदिवासी हुने, आर्य र हिन्दु सनातनी अन्य जाति र आगन्तुक हुन् भनेर द्वन्द्व चर्काउन खोज्नु र जातीय विद्वेष भड्काएर समाज भाँड्नुको प्रयोग र प्रयोजनले लोकतन्त्रलाई लोकभय र लोकलाज पचाउने छद्मभेषीहरूको कुत्सित उद्देश्यका रुपमा लिनु अतिशयोक्ति हुँदैन ।
अब एउटा सन्दर्भ,
आदिवासी जनजातिको हकहितको नारा लगाएर राजनीतिक दलका नेताहरूले आआफ्नो अभिष्ट पूरा गर्न लोकलाज र लोकभय पचाएर नौटंकी गरिरहेका छन् । यसको विपरीत कलाकार जोडी ‘धुर्मुस–सुन्तली’ (सीतारामम कट्टेल–कुञ्जना घिमिरे)ले कुनै नारा लगाएनन्, न त कसैलाई पीडा दिए । उनीहरूले यस्तो क्रान्ति गरे, जुन क्रान्तिले कीर्तिमान नै कायम गर्याे । उनीहरूले आदिवासी जनजातिको नारा लगाउने काम हैन आदिवासी जनजातिलाई आवास, शिक्षा, स्वास्थ्य र रोजगार एकैसाथ जुटाइदिएर कुरा होइन काम गर्ने उदाहरण प्रस्तुत गरेका हुँदा आदिवासी जनजातिको मुसहर जाति अब अन्य सम्भ्रान्त जातिको हाराहारीमा उक्लदैछ । राजनीतिक दलका दशकौंका नारा, कार्यक्रम र घोषणापत्र सपना बाँड्ने हरकत सबै पाखण्ड थिए । उनीहरूले गरेको तथाकथित क्रान्ति झूठा थियो । धुर्मुस–सुन्तलीले मौन क्रान्तिद्वारा युग नै बदल्ने गरी प्रसतुत गरेको यो उदाहरणले मानवीय सद्भावना, सम्वेदनशीलता र समाज परिवर्तनको क्षेत्रमा कीर्तिमान कायम गरेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
भरतपुर काण्डले देखाइदियो देश कसरी चलेको छ ? (06.22.2017)
राजपाको आन्दोलन र निर्वाचन सार्ने निर्णयले उब्जाएको प्रश्न (06.22.2017)
यद्भविष्यवादीको चकचकी (06.15.2017)
महाभारतको पुनरावृत्तिको भय (06.15.2017)
राजनीति गर्ने व्यवसायी हैन योगी बन्नुपर्छ (05.31.2017)
हामी प्रजातन्त्र, गणतन्त्र हुँदै भाँडतन्त्रतिर लाग्दै त छैनौं (05.31.2017)
“द्रुतराजमार्ग” का सन्दर्भ (05.24.2017)
निर्वाचन मतगणना ः उपहासको स्थिति (05.24.2017)
खोई जनताका आवाज सुन्ने ठाउँ ? (05.17.2017)
दिनको लक्षण बिहानीले दिन्छ (05.17.2017)
राजनीतिक दल, सत्ता र आजको वास्तविकता (05.11.2017)
“पाकिस्तानका हिन्दू सम्पदा”बारे घोत्लिंदा (05.11.2017)
सरकारको नामद्र्याई र खुला हस्तक्षेप- महेश्वर शर्मा (05.02.2017)
राजधानीको वाग्मती र मुलुकको राजनीति- तारा सुवेदी (05.02.2017)
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन (04.18.2017)
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ (04.18.2017)
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना ! (04.18.2017)
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो (04.11.2017)
स्थानीय तह : नयाँनयाँ रजौटाको उदय ! (04.11.2017)
अस्पष्ट राष्ट्रिय विकास नीतिको परिणति (04.11.2017)



 
::| Latest News

 
[Page Top]