युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
“गोर्खे” मरिरहेछन्, गोर्खाल्याण्ड जलिरहेछ- गोर्खाली “नीरोहरू” ठुमरी खेलिरहेछन्, किन ?
Wednesday, 06.28.2017, 11:54am (GMT+5.5)

- तारा सुवेदी
सन् १९७०–९० बीचको कुरा गरौं । त्यसबेला दक्षिण अफ्रिकी मुलुकका रैथाने काला जातीहरू आप्mनो मातृभूमिको स्वाधीनता, स्वतन्त्रताका लागि विश्वको महान् साम्राज्यवादी शक्तिको उपनिवेशको शोषण, दमन र शासन विरुद्ध लडिरहेका थिए, मरिरहेका थिए । त्यस्तै नामिवियामा पनि गोरा जातिले त्यस भूमिका सन्ततिमाथि दासता थोपरिरहेकोमा त्यस विरुद्ध संघर्ष गर्दै थिए । उपनिवेश र पराधीनता विरुद्ध दशौंहजार नामिवियनहरूले संघर्षको मैदानमा वलिदान गरिसकेका थिए । 
उक्त दक्षिण अफ्रिकाको स्वतन्त्रता आन्दोलन र “नामिवियाको मुक्ति” का लागि संयुक्त राष्ट्र संघमा नेपालका तर्फबाट प्रतिनिधि भई जाने सम्पूर्ण स्तरका अधिकारीहरूले निकै पटक आवाज उठाउने काम गरेका थिए । ती (दक्षिण अफ्रिका र नामिवियाका) स्वतन्त्रता आन्दोलनका योद्धाहरूप्रति खुलेर नैतिक समर्थन जनाइआएका थिए । 
सन् १९९० तिर ती दुवै मुलुकले स्वतन्त्रता प्राप्त गरे । अन्तर्राष्ट्रिय कानूनबाट त्यहाँ विद्यमान रंगभेदी प्रथा र प्रचलन खारेज गरियो । रंगभेद र जतीय विभेदलाई संयुक्त राष्ट्र संघले नै अक्ष्यम्य मानवाधिकार माथिको हनन र “गम्भीर अपराध” मानेको थियो । तर पनि रंगभेदी व्यवहार समाजमा सयौं वर्षदेखिको विद्यमान भएकोले अहिले पनि मेटिन र हट्न नसकेको सुनिएको छ । 
सुदूर दक्षिणतिर मात्रै नेपाले गम्भीर ध्यान दिएको थिएन । झण्डै त्यत्ति नै टाढाको सार्वभौम राष्ट्रको रुपमा स्थापित भैसकेको विशालतम् स्वतन्त्र राष्ट्र “गणतन्त्र चीन” को स्थानमा रहिरहेको र संसारको शक्तिशाली राष्ट्र अमेरिकाको पूर्ण साथ सहयोग पाइरहेको अमेरिकी “कठपुतली फुच्चे राज्य” फर्मोसा (ताइवान) ले संयुक्त राष्ट्र संघको स्थायी शक्तिसम्पन्न राष्ट्रको प्रतिनिधित्व गर्न सक्तैन, मान्य हुन सक्तैन” भनेर भन्दै ग¥यो । नेपाल जस्तो एउटा निर्धो, निर्वल राष्ट्रले अमेरिका जस्तो विश्वको परमशक्तिसम्पन्न राष्ट्रको नीति र अडान विरुद्ध भिड्ने उभिने साहस जुनबेला जसरी गरेको थियो– त्यो बेलाको नेपालमा “परम्परागत सामन्ती शासन सत्ताको प्रतिनिधित्व गर्दै आएका राजाको सर्वोपरि सकृय नेतृत्वको निरंकुश निर्दलीय पंचायत व्यवस्था स्थापित थियो । सबैलाई राम्ररी थाहा छ, छिमेकी– खासगरी दक्षिणी मुलुकले– त्यो पंचायत व्यवस्था विरुद्धको शक्तिलाई सधैं साथ, सहयोग, समर्थन र संरक्षण दिंदै आएको थियो । 
त्यसरी “हरेक साना ठूला मुलुकको सार्वभौमिकता, अक्षुण्णता, अखण्डता, अविभाज्यता र स्वतन्त्रताको निकै नै कट्टर हिमायती देखिंदै आएको नेपाल आपूm भने विश्वसामु कुन हैसियतमा देखिएको छ ? त्यस्को अरु त अरु स्वयं नेपालको राज्य सत्ता नियन्ताहरूले ठम्याउन आत्ममूल्यांकन गर्नसकेका छन्, कि, छैनन्, प्रष्ट बुझ्न सकिएको छैन । 
अन्तर्राष्ट्रिय विधि–विधान र विभिन्न समयमा सम्पन्न सन्धी–संझौता आदिले, संयुक्त राष्ट्र संघले “स्वतन्त्र र सार्वभौम मानेको मुलुकको स्थान मानबीच कुनै भिन्नता नभएको र गर्न नहुने” स्पष्ट गरेको छ । भलै, राष्ट्रका भूक्षेत्र, र जनसंख्या जतिसुकै ठूलो र थोरै भएको पनि हुनसक्छ । हो, विश्वका ती पाँच “संयुक्त राष्ट्र संघका स्थायी सदस्य” राष्ट्र– जस्लाई “सुपरपावर स्टेट” भन्ने गरिएको छ– को विशेषाधिकार प्रयोग गर्ने थप अधिकार सुरक्षित गरिएको हुँदा संयुक्त राष्ट्र संघका त्यस्ता पाँचवटा सदस्य राष्ट्र (अमेरिका, बेलायत, फ्रान्स, रुस र चीन) को स्थान, मान, मूल्य, मान्यता विशेष रहेको होला, त्यो बेग्लै कुरा हो । 
उक्त परिप्रेक्षमा नेपालको स्थान, मान र हैसियत संयुक्त राष्ट्र संघमा दक्षिण एशियाका अन्य स्वतन्त्र मुलुक बंगलादेश, श्रीलंका, मालद्वीप, म्यानमार, पाकिस्तान र भारतहरूका हाराहारीको मानिएको थियो, र छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठत (सार्क) संगठनका सदस्य राष्ट्रबीच कुनै वर्गीकरण भए गरिएको पनि छैन । मुलुकको आर्थिक स्थिति, क्षमता र भूक्षेत्रको आकारको भिन्नताले गर्दा “सक्नेले बढी र अशक्तिले कम योगदान गर्ने” गरियो । त्यो स्वेच्छिक विषय हो ।  
तर भारतले “भूक्षेत्रीय आकार र जनसंख्यागत विशालता” को कारण आपूmलाई यस क्षेत्रको “महाशक्ति” वा “ठूलोदाजु” आपूmलाई ठान्यो । छिमेकी सबैसँग त्यही अनुसारको व्यवहार ग¥यो । उस्ले “विशाल मुलुक हुनको लागि छाती पनि त्यत्ति नै खुला र विशाल हुनुपर्छ” भन्ने उस्कै देशका पूर्व प्रधानमन्त्री “इन्दर कुमार गुजराल” को मूल वैदेशिक नीति “जुगराल डक्ट्रीन” लाई उनैसँग अलविदा गरिदिएको छिमेकीहरूले पाइलैपिच्छेजसो अनुभव गर्नु प¥यो । 
त्यस्मा पनि नेपाल जस्तो दुई विपरित दर्शन र शासन प्रणाली अंगाल्दै आएका, विपरित पन्थी र यस महादेशको मात्रै नभई विश्वकै ठूला उदीयमान शक्तिको अन्तरावत्र्ती निर्वल र निर्धन मुलुक थियो, नेपाल । सत्ता शक्ति र स्वार्थका ठूला महानमनोरोगीहरूको भीडले हाँकिएको स्थितिबाट जव देश गुज्रिंदै गयो, नेपालको अस्तित्व, अस्मिता, अक्षुण्णता, अखण्डता समेत क्षयोन्मुख हुँदैगएको अवस्था उत्पन्न हुँदैगएको देख्नु, भोग्नु प¥यो । जस्को सबैभन्दा ठूलो र दूरगामी दुस्परिणाम सार्वभौमिक स्वतन्त्रतासम्पन्न मुलुकले “पारामाउण्ट स्टेट” को नेपालको हैसियत अंग्रेजी उपनिवेशकालीन भारतका राज्यको जस्तो ठानिन थाल्यो, भारतको दृष्टिमा । नेपालले पनि जसरी उपनिवेशकालमा ५५० राज्यमध्ये हैदरावाद, जम्मू र कश्मीरहरू, जूनागढ र कठियावाढ” को भारतीय नजरियाबाट गरिने घटिया छिमेकी नीतिको परिणतिको पीडाबोध बेला कुबेला सधैं भोग्नु प¥यो, पर्दैछ । तर गणतन्त्र स्थापित भएयता सरकारस्तरबाट त्यस्तो व्यवहार जति दोह¥याए पनि औपचारिक रुपमा आपत्ति जनाएको सुनिएन ।
नेपालः कति स्वतन्त्र, कति सार्वभौम ?
विश्व मञ्चमा “नेपाल आकार प्रकार, आर्थिक, औद्योगिक र पूर्वाधार विकासका दृष्टिले निर्धो र निर्वल किन नहोस्, धनी र शक्तिशाली छिमेकी मुलुकहरूजस्तै “असंलग्न परराष्ट्र नीति” अंगाल्दै “पंचशीलको आदर्श” अनुशीलन गर्ने “गूट निरपेक्ष” सार्वभौम सत्ता सम्पन्न राष्ट्र” को परिचय प्रस्तुत गर्दै आएको छ । आन्तरिकरुपमा वहुजाति, वहुभाषी, प्राकृतिक, विविधताबीचको जाति, वंश, भाषा, धर्म, संस्कृति, उत्पत्तिगत कुनै पनि विभेदरहित समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक, गणतान्त्रात्मक संविधान र विधि अधिशासित, स्वतन्त्र, सार्वभौम मुलुक” भन्दै आएका छौं । 
सबैलाई थाहा नभएको कुरा होइन, “राष्ट्रियता भनेको कुनै भूक्षेत्रभित्र मात्र सीमित विषय” होइन । एउटा भूखण्डबाट प्रवाहित “भाषा, धर्म, संस्कृति, जाति, वंश, उत्पत्तिगत एकता र समानताको भावनाको सूत्रद्वारा आवद्ध, समाज समुदायबीचको ऐक्यवद्धता” नै राष्ट्रियता हो । त्यसैले “राष्ट्रियता” कुनै भूक्षेत्रभित्र सीमित भएको हुँदैन । तर यसबारे थप व्याख्या, विश्लेषणको आवश्यकता पर्दैन होला । 
झण्डै हजारौं वर्ष पहिले विश्वका कुनाकाप्चाबाट वसाईं सर्दै गएका चिनियाहरूले आप्mनो मूल वंश, उत्पत्तिको मातृ–पितृ भूमि चीनबाट हजारौं माइल टाढाको अमेरिकासम्म  गएर पनि आप्mनो राष्ट्रियता र पहिचानको अखण्डदीप वालिरहेछन्, रुंगिरहेछन् । चिनियाहरूले मात्रै होइन ग्रीक, भारतीय, जापानीदेखि हाम्रै नेपालीहरू– जस्ले विश्वको “गोर्खाली” भनेर परिचय दिए, चिनाए– उनीले पनि आप्mनो थातथलोबाट सयौं वर्ष पहिलेका आप्mना पुस्ता दरपुस्ताले लगेर आप्रवासी बनाएका ठाउँमा आपूm अल्पसंख्यक नै भई बस्नु, बाँच्नु परेको पीडा भोगेका किन नहोऊन्, आप्mनो “राष्ट्रियता” प्रति गौरव र गर्भ गर्दै त्यस्को संभव र सक्दो जगेर्ना गरिरहेका छन् । नेपाली÷गोर्खाली धर्म, संस्कृति, रीतिरिवाज, भेषभूसा, भाषालाई जीवन्त राख्दै आएका छन् । हालै मात्र भेट भएका मेरा पुरानाभित्र “सुधीर अधिकारीले आपूm एक । डेढदशक फिजीमा बस्दा भारतीयहरू जस्तै त्यहाँ पनि सयौं वर्ष पहिलेदेखि आप्रवासी भई बसेका नेपाली भेटिएको र एकजना “इन्द्रचोकतिरबाट आप्mना पूर्खाले आप्mना बाजे, बूढाबाजेलाई फिजी पु¥याएको रे !, भन्थे” भन्ने नेवार समुदायका प्रधानले अभैm टुटे फुटेको नेपाली भाषा बोलेर सुनाएको, अन्य प्रायः नेपालीले नेपालीभाषा बिर्से पनि दशैं तिहार धर्म–संस्कृतिको जगेर्ना गरिरहेको” भेटेको सुनाएका थिए । 
राष्ट्रियताको संरक्षणको सवालमा
त्यही मेलोमेसोमा आज नेपालको चुरे तलको समथर मैदानी भूभागमा पर्ने ठाउँ (तराई) मा भारतवर्षका अन्य भूक्षेत्रबाट वसाईं सर्देआएका व्राह्मण, राजपूत, क्षेत्री– जस्ले मिश्र, शुक्ला, सिंह–यादव, भूमिहार ब्राह्मण आदिको परिचय दिन्छन्– हरूले जसरी आप्mनो भाषा, धर्म, संस्कृति, परम्परा, भेषभूसागत एकताको सूत्रद्वारा आप्mनो थातथलोको राष्ट्रियताको संरक्षण गरिरहेछन् । त्यसै भारतवर्षको पार्वत्य प्रदेशतिरबाट (कश्मीर, कुमाउँ, गढवालतिर हुँदै) आजको नेपाल भनिए, मानिएको आर्यावर्ततिरका आप्रवासीले पनि आप्mनो मौलिक राष्ट्रियताकै संरक्षण, संवद्र्धन गर्दै आए । र पुनः पूर्वी पश्चिमी सीमापार पुग्दा त्यस्लाई “नेपाली राष्ट्रियता” भने । त्यसरी नेपालीले आप्mनो समाज, समुदायको साथसाथै एक प्रकारको मौलिक राष्ट्रियतासँग जोडेर मौलिक पहिचानको निर्माण गर्दै आएका होलान् भन्ने बुझ्नुपर्छ । 
जव आप्mनो “धर्म, भाषा, संस्कृति, रीति, रिवाजको सूत्र मानिएको राष्ट्रियता” माथि शासन प्रशासन वा अन्य कुनै समाज, समुदायबाट कुनै न कुनै रुपमा आघात, आक्रमण, हस्तक्षेप, अपमान भए गरिएको महसूस हुन्छ, गरिन्छ– सम्पूर्ण त्यस एउटै राष्ट्रियताका पक्षधरहरू आप्mनो राष्ट्रियताको अस्तित्व संरक्षणका लागि सकभर शान्तिपूर्ण माध्यमबाट सो उपाय प्रभावकारी नभए आत्मोत्सर्ग गरेर भएपनि वचाउने काम गर्छन् । यो मानवीय स्वभाव हो । 
त्यसै परिप्रेक्षमा ऐतिहासिक आन्दोलन, संघर्ष र युद्धहरूलाई हेर्नुपर्छ । तर यहाँ विश्व इतिहासको पाटो र बाटो छोडौं । आज मधेस, तराई आन्दोलनलाई जसरी भारत सरकारले “आप्mनो राष्ट्रियतासँग जोडिएको आन्दोलन” को रुपमा लिइरहेछ, र “स्वायत्त मधेस प्रदेश” को आन्दोलनलाई जसरी स्वाभाविक मानिरहेको छ– पूर्वोत्तर भारतको दार्जिलिङ्ग, खस्र्याङ्ग, डुअर्स, कालिम्पोङतिरको नेपालीभाषीको “गोर्खाल्याण्ड” को माग राखी गरिएका्े आन्दोलनलाई पनि त्यही रुपमा लिनु पथ्र्यो । तर त्यस शान्तिपूर्ण निःशस्त्र आन्दोलनमाथि र राज्य सरकारले बर्बर दमनमा उत्रिएर नेपालीभाषीहरूको शान्तिपूर्ण र निशस्त्र कैयन् आन्दोलनकारीहरूको हत्या गर्ने निर्लज्ज र निर्वस्त्र विश्वसामु देखा प¥यो । 
आज त्यसरी गोर्खे, मारिइरहँदा गोर्खाल्याण्ड जलिरहँदा “गोर्खाली वीर” भनेर परिचय दिने, नेपालीहरूको कायर र नपुंसक सरकार कहाँ कुनै दुलोभित्र छ ?, कि सल्लाघारीकै रछानमा आप्mना भ्रातृ संगठनदेखि पार्टी नेता कार्यकर्ताका लागि “सिता” खोजिरहेछ ?, आज हरेक राष्ट्रवादी नेपालीले मात्रै नभइृ विश्वभरका नेपालीभाषीहरूले मौन प्रश्न यत्र तत्र उठाइरहेछन् । 
हिजो (सन् १९९० को दशकको शुरुदेखि सिक्किममाथि भारतले लाजशर्म फालेर हस्तक्षेप ग¥यो । शदियौंदेखिको “स्वतन्त्र राजतन्त्रात्मक शासन प्रणाली” अन्तर्गत शासन सत्ता हाँकिरहेका राजा “थोण्डूप न्यामग्याल” (छोग्याल) विरुद्ध त्यहाँका रैथाने नेपालीभाषीका नेताहरूका काँधमा बन्दूक राखेर विद्रोहका गोली वर्षायो । छोग्यालसँगै सिक्किमको सार्वभौमिक स्वतन्त्रता पनि सन् १९७५ मा संविधानत (औपचारिकरुपमा) धराशायी गरियो । 
त्यसरी त्यसबेलाको सिक्किममाथि त्यतिमात्र होइन हिजो “मानवाधिकारको ठाडो उल्लंघन र हनन भयो, गरियो” भनेर पाकिस्तानका पूर्व प्रधानमन्त्री “जुल्फिकर अली भुट्टो” लाई सुनाइएको फाँसीको सजाय विरुद्ध निरंकुश पंचायती शासन सत्ताकालमा, प्रहरी दमन सहँदै २०३५ सालमा छातीमा गोली थाप्दै पाकिस्तानी दूतावास घेर्न जाने, र सिक्किममाथिको भारतीय हस्तक्षेप र अतिक्रमण विरुद्ध सन् १९७० को दशको प्रारम्भमा भारतीय दूतावास अगाडि धर्ना बस्न आप्mना भातृसंगठन र समर्थकहरूलाई पठाउने त्यसबेलाका प्रतिवन्धित दलहरू आज शासन सत्ताका परम नियन्ता बनेर देश हाँकिरहेहका छन् । तर दुभाग्य  गोर्खाल्याण्डको आन्दोलनमा असंख्य नेपालीभाषी÷गोर्खाली राष्ट्रियताका परिचय पहिचान बोकेकाहरूमाथि बर्बर र जर्जर दमन उत्पीडन भई राख्दा दिल्लीस्थित नेपाली राजदूतदेखि नेपाल सरकारका उच्च नीच तहका कुनै शासक प्रशासक किन दाँत बाँध्छन्, मुख खोल्दैनन्, चूँ बोल्दैनन् ? किन मेचीपारी “गोर्खे” मरिरहँदा, गोर्खाल्यणड जलिरहँदा सिंहदरवार र संसद्भित्र मात्रै नभई मेचीवारीको किनारामा उभिएर मज्जाले ठुमरी खेलिरहेछन् ? 
शासन सत्ता नियन्ता शासक प्रशासकहरू मात्र होइन । आपूmलाई “नं. वान्” मानवाधिकारवादी, “वोनाफाइड राष्ट्र, राष्ट्रियताका हिमायती” भन्ने ठान्ने विभिन्न माध्यमबाट डलरको खेती गर्नेहरू मात्रै होइन । आपूmलाई “कुनै दूतावासको हुण्डी नखाने विरलाकोटीमा पर्ने” भन्नेहरू र ठूलासाना संचारगृहसँग आवद्ध वा वरिष्ठदेखि तलका कनिष्ठ तहसम्मका स्वतन्त्र पत्रकारहरूले पनि आज “गोर्खे” मरि–मरिरहँदा र “गोर्खाल्याण्ड” जलिरहँदा देखेनन्, लेखेनन् किन ?
किन संसारभर पुग्ने संचारमाध्यम र उनका अधिपति, र “आपूm वीर गोर्खालीका सन्तान” भन्दै विश्वमञ्चमा छाती फुलाउँदै हिंड्ने नेता अभिनेतादेखि “सार्वभौम स्वतन्त्र जनता” सम्म पनि निर्धक्क “गोर्खाल्याण्ड” को मागप्रति साथ नैतिक समर्थन जनाउन सकिरहेका छैनन् ?, जो जस्ले जे जस्ता साना ठूला संचारमाध्यम वा पत्रपत्रिकामा निकै नापे तौलेर समाचार प्रेषित गरिरहेछन् ? उनीहरूले पनि किन नैतिक साथ सहयोगका शब्द खर्चिने ह्याउ हिम्मत देखाइरहेका छैनन् ? कि, दूतावासको छात्रवृत्ति, उपचार सुविधाको बाटो र हुण्डीहरण” को संत्रासले उनीहरूलाई पनि वशीभूत गराइरहेको हो, संमोहित गरिरहेको हो ?


Rating (Votes: )   
Share     Print


Other Articles:
लोकभय र लोकलाज पचाएका छद्मभेषी लोकतन्त्रवादी (06.22.2017)
भरतपुर काण्डले देखाइदियो देश कसरी चलेको छ ? (06.22.2017)
राजपाको आन्दोलन र निर्वाचन सार्ने निर्णयले उब्जाएको प्रश्न (06.22.2017)
यद्भविष्यवादीको चकचकी (06.15.2017)
महाभारतको पुनरावृत्तिको भय (06.15.2017)
राजनीति गर्ने व्यवसायी हैन योगी बन्नुपर्छ (05.31.2017)
हामी प्रजातन्त्र, गणतन्त्र हुँदै भाँडतन्त्रतिर लाग्दै त छैनौं (05.31.2017)
“द्रुतराजमार्ग” का सन्दर्भ (05.24.2017)
निर्वाचन मतगणना ः उपहासको स्थिति (05.24.2017)
खोई जनताका आवाज सुन्ने ठाउँ ? (05.17.2017)
दिनको लक्षण बिहानीले दिन्छ (05.17.2017)
राजनीतिक दल, सत्ता र आजको वास्तविकता (05.11.2017)
“पाकिस्तानका हिन्दू सम्पदा”बारे घोत्लिंदा (05.11.2017)
सरकारको नामद्र्याई र खुला हस्तक्षेप- महेश्वर शर्मा (05.02.2017)
राजधानीको वाग्मती र मुलुकको राजनीति- तारा सुवेदी (05.02.2017)
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन (04.18.2017)
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ (04.18.2017)
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना ! (04.18.2017)
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो (04.11.2017)
स्थानीय तह : नयाँनयाँ रजौटाको उदय ! (04.11.2017)



 
::| Latest News

 
[Page Top]