युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
प्रयोग र परीक्षणमै जुग जाने भो
Wednesday, 06.28.2017, 11:56am (GMT+5.5)

- महेश्वर शर्मा
कुनै समय थियो ‘नेता’ भनेपछि जनतामा श्रद्धा थियो । त्यो समय भनेको सम्वत् १९९३ देखि २००७ साल वरपरको हो । ०९३ सालमा जनकल्याणका खातिर ज्यानको बाजी थापेर मृत्युवरण गर्न अघिसरेका र २००७ सालमा प्रजातान्त्रिक मूल्य–मान्यता स्थापित गर्न अघिबढेका भनेर जनतामा नेताप्रति श्रद्धा रहनु स्वाभाविक थियो । १९९७ मा शहीद हुने र आजीवन काराबास सजाय पाउनेहरु बाहेक पछिबाट आएका नेताहरु सत्ताको तानातानमा अल्झिदै गएर आज सात दशक बितिसक्दा पनि समस्या सुल्झाउनुसट्टा स्वयं समस्या बनेर अल्झेको देखिनु दुःखलाग्दो कुरा हो ।
प्रजातन्त्रलाई आज नेताहरुले नै खेलौना बनाएर आआफ्ना दाउमा चढाएका छन् । यसबीच अनेक प्रयोग र परीक्षण भैसके । मुलुकमा छ–आठ महिनामा सरकार फेरिनु सामान्य भएको छ । पैसावाल, बाहुबली र धाक रवाफका आधारमा निर्वाचन जित्ने परिपाटी नै बसेको छ । सहयोग गर्ने तस्कर व्यापारीका इशारामा चल्ने नेताले जनताको वास्ता गर्न छोडे । असल मान्थेलाई निर्वाचन जित्न गाह्रो छ । गणतन्त्र या लोकतन्त्र जे भने पनि अयोग्यहरुले चलाएको भीडतन्त्र चलेको छ । नाम गणतन्त्र, तर काम चाहिं अधिनायकवादी शैलीमा चलेको छ । जनचाहना र देशको आवश्यकता एकातिर छन् भने नेताकै चाहनाले प्राथमिकता पाएका छन् । भन्नेबेलामा जेभन्दा जनता खुसी हुन्छन त्यही भनिदिन्छन् । तर, काम भने ठीक उल्टो हुन्छ । परिणाम राजनीति गर्नेहरु मोटाउँदै गएका छन् भने जनाता खिइदै गएका छन् । विगत सात दशकको स्थिति यही हो ।
जनताको काम आज मतदान गर्नुमै सीमित छ । प्रजातन्त्र सपना जस्तो भएको छ । सत्ताको लुछाचुँडी, मारकाट, आन्दोलन, तोडफोड, भ्रष्टाचार, मनोमानी, भीडको अराजकता जस्ता निराशाजनक काम बाहेकक गतिलो केही देख्न सुन्न पाइँदैन । प्रजातन्त्रलाई एक प्रकारले उपहासको बस्तु बनाएका छन् । कुर्सी र पैसा बाहेक नेताले केही देखेका छैनन् । जुन विभीषिकाबाट जोगाउन पृथ्वीनारायण शाहले टुक्रे राज्यहरु जोरेर एउटा सबल नेपाल निर्माण गरेका थिए, आज संघीयताका नाममा राजनीतिक विभाजन गरेर छिन्नभिन्न पार्ने स्थितिको अभ्यास गरिंदैछ । संसदीय व्यवस्था, पंचायत व्यवस्था हुँदै आज यहाँ परिवर्तनका नाममा ल्याइएको संघीयता प्रयोगमा ल्याइएको छ ।
प्रजातान्त्रिक परिपाटीमा दलहरुको मुख्य भूमिका मानिन्छ । तर, दलीय नेताहरुले सत्ता हत्याउने, थाम्ने र कमाउने धन्दामा लागेर प्रजातन्त्रको मूल्य–मान्यता नै समाप्त पारिदिए । माओवादीको अपतरणपछि त नगण्य अपवाद बाहेक कस्ता कस्ता सांसद र मन्त्री भए भने भन्नै पनि लाजमर्दो छ । सरकार संघटन–विघटन र बारम्बारका निर्वाचनमा प्रतिनिधि चुनेर पठाउने कर्मकाण्डी प्रक्रिया पूरा गर्ने क्रममा राजनीतिलाई अपराधीकरण गर्न समेत पछि परेनन् । राजनीति नै आपराधिक तत्वमा निर्भर हुन थाल्यो । दलहरु आपसी स्वार्थका झगडामा अल्झन थाले । सरकार भागवण्डामा बन्न थाले, तैपनि स्थिर हुन सकेनन् । जनताको अपमान मात्रै होइन, देशकै भविष्य अन्धकारमा धकेलिने डर भैसक्यो । राजतन्त्रलाई किनारामा पु¥याएपछि त छाडापन फस्टाएर चारैतिर भाँडभैलो मात्रै छ । कानुन छ, तर सजाय सत्ता र शक्ति हुनेहरुलाई लागू हुन छोेड्यो । देश आज अभिभावकविनाको टुहुरो जस्तो स्थितिमा पुगेकको हुनाले बाहिरबाट समेत हेपिन थालेको अनुभव गरिंदैछ । अल्पमतका भागवण्डा सरकारहरुबाट समाधानको सम्भावना हराउँदै गएको छ ।
त्यसैले अब सधैंका राजनीतिक झगडामा अल्झेर हुँदैन । देशमा राष्ट्रियस्तरभन्दा प्रान्तीय र जातीय दल बढी भैसके । देशबासी सबैको विश्वस जित्ने नेता आज देखिंदैनन् । जो भएका पनि थुमा जुधेजस्तो गर्छन् । अब त नेताको पनि स्तर निर्धारण गरेर स्थानीय र राष्ट्रिय नेताको योग्यता पनि तोक्नुपर्ने हो कि ! विकेन्द्रीकरणलाई  यथार्थमै सफल पार्ने हो भने प्रजातान्त्रिक मूल्य–मान्यता अनुसारको परिपाटीमा जानुपर्ने हुन्छ । त्यसो गर्दा निर्वाचन प्रणलीमै पनि सोच्नुपर्ने हुन्छ । ढिलाई गर्ने र आज जस्तै जाति र गुटगतहरुलाई प्रश्रय दिइरहने हो भने यो कागजी संघीयता त झन् भीडको शासन जस्तो खोक्रो सावित हुन बेर लाग्ने छैन । ठूलो काम देखाउन स्थानीय निकायको नाम ‘स्थानीय तह’ राख्दैमा विना पूर्वाधार शक्ति सामथ्र्य र क्षमता त बढ्दैन नि ? बिना तयारी बरु दुरुपयोगको सम्भावना बढी हुन्छ । राजनीतिक स्वार्थले परिणाम नै फरक पार्नसक्छ । स्थानीय तहका प्रतिनिधिले आजै आफूलाई पञ्चखत नलाग्ने जस्तो व्यवहार देखाउन थालेका सन्दर्भमा भोलि के होला ? सोच्नुपर्ने अवस्था छ ।
खोटो र छोटो मनले राजकाज चल्दैन । नेताले जनताको विश्वास गुमाएको स्थिति छ आज । नेपाल राजा र जनताबीचको स्नेहपूर्ण सम्बन्धले अडिएको देश हो । हाम्रो संस्कारबाट त्यो गएको छैन । त्यसैले देशलाई विभिन्न स्वार्थ लिएर आउनेहरुको खेलमैदान हुनबाट जोगाउने हो र नेपाललाई अफगानिस्तान–इराकको स्थितिमा नपु¥याउने हो भने जनता र राजसंस्था दुबैको हित हुने बाटो रोज्नुपथ्र्यो । आजको राजसंस्थारहित शासनसत्ताको गुणवत्ता हराएको छ । त्यो स्थापित गर्ने हो भने त्यसको एकमात्र उपाय हो संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र, जसमा राजासमेत संवैधानिक मर्यादामा रहनुपर्ने हुन्छ । नेताहरु एकातिर राष्ट्रियताका कुरा गर्छन्, अर्कातिर राष्ट्रियताको आधार नै भत्काउँछन् भने कसरी सामञ्जस्य आउँछ ? नेपालका सन्दर्भमा रामशाह, पृथ्वीनारायण शाह जस्ता राजाको अतुलनीय देनका कारण त्यो परम्पराले नेपालीका मनमा पारेको अमिट छाव मेटाएर मेटिने खालको छैन । त्यो संस्कार लिसोझैं टाँस्सिएको छ भन्ने यथार्थ हो र आजको अस्थिरताको कारणा पनिन त्यसैको अनुपस्थिति हो भन्ने नेताले बुझ्नुपर्छ ।
यहाँ राष्ट्र  राष्ट्रियताको प्रश्नभन्दा देशलाई टुक्राटुक्रा पारेर बढीभन्दा बढीलाई भाग पु¥याउन मुख्यमन्त्री, उपमुख्यमन्त्री, मन्त्री, गभर्नर बन्नु र बनाउनुपरेको छ । भुरे–बाइसे–चौबीसे रजौटा बन्ने ठाउँ चाहिएको छ । केन्द्रीय सरकारमा सबैलाई ठाउँ नपुग्ने हुनाले देश टुक्र्याएर भए पनि अलग अलग राज्य बनाएर आफ्नो खाईखुराकी चलाउन खोजेका छन् । देशकै विकासको चिन्ता हो भने पाँच विकास क्षेत्र नै यथेष्ट थिए । तिनैलाई चाहिने अधिकार दिए भैहाल्थ्यो । तर, यहाँ मनसाय विकासको थिएन, राजनीतिक विभाजनको थियो । राजनीतिक विभाजन खतरनाक खेल हो भन्ने जनताले बुझ्नै पाएनन् । पछि स्वार्थवश तिनै प्रदेश नामका राज्य आपसमै  जुध्ने र अरु टुक्रिने सम्भावना पनि उत्तिकै छ । आजै त बाहिरको दवावमा भुरे नेताहरु कहिले नाकाबन्दी गर्छन्, कहिले निर्वाचन नै हुन दिन्नौं भन्छन् भने भोलि राज्य छुट्याएपछि क गर्लान् ? यो कुराकसले सोच्ने ? के यस्तै तरिकाले देशको अखण्डता जोगिएला ? निष्कर्षमा भन्नुपर्दा आजको राजनीतिक विभाजन कुनै हालतमाा पनि दशेको हितमा छैन । त्यसैले यो भविष्यमा बदरभागी छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
“गोर्खे” मरिरहेछन्, गोर्खाल्याण्ड जलिरहेछ- गोर्खाली “नीरोहरू” ठुमरी खेलिरहेछन्, किन ? (06.28.2017)
लोकभय र लोकलाज पचाएका छद्मभेषी लोकतन्त्रवादी (06.22.2017)
भरतपुर काण्डले देखाइदियो देश कसरी चलेको छ ? (06.22.2017)
राजपाको आन्दोलन र निर्वाचन सार्ने निर्णयले उब्जाएको प्रश्न (06.22.2017)
यद्भविष्यवादीको चकचकी (06.15.2017)
महाभारतको पुनरावृत्तिको भय (06.15.2017)
राजनीति गर्ने व्यवसायी हैन योगी बन्नुपर्छ (05.31.2017)
हामी प्रजातन्त्र, गणतन्त्र हुँदै भाँडतन्त्रतिर लाग्दै त छैनौं (05.31.2017)
“द्रुतराजमार्ग” का सन्दर्भ (05.24.2017)
निर्वाचन मतगणना ः उपहासको स्थिति (05.24.2017)
खोई जनताका आवाज सुन्ने ठाउँ ? (05.17.2017)
दिनको लक्षण बिहानीले दिन्छ (05.17.2017)
राजनीतिक दल, सत्ता र आजको वास्तविकता (05.11.2017)
“पाकिस्तानका हिन्दू सम्पदा”बारे घोत्लिंदा (05.11.2017)
सरकारको नामद्र्याई र खुला हस्तक्षेप- महेश्वर शर्मा (05.02.2017)
राजधानीको वाग्मती र मुलुकको राजनीति- तारा सुवेदी (05.02.2017)
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन (04.18.2017)
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ (04.18.2017)
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना ! (04.18.2017)
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो (04.11.2017)



 
::| Latest News

 
[Page Top]