युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
यस्तै नै हो भने- तारा सुवेदी
Wednesday, 07.26.2017, 02:56pm (GMT+5.5)

लामो समयदेखि अझ ठेट रुपमा भन्ने हो भने अंग्रेजी उपनिवेशनको अन्त्यसँगै उदाएको विखण्डित इण्डियाको पश्चिमी छेउको भूखण्डमा जन्मिएको पाकिस्तानसँग भारत सँधै लाप्पा खेलिरहेको स्थितिमा देखिएको त थियो नै । झण्डै सबै छिमेकी मुलुकभित्र आफ्नो दबाब र प्रभावमा किचलो, घरझगडा, अस्थीरता र द्वन्द्वको आगो बालेर आफ्नो स्वार्थका रोटी सेक्ने भारतीय राष्ट्रिय काँग्रेसको बाह्य नीतिलाई उस्को जानी दुस्मन पार्टी भाजपाले पनि निरन्तरता दिईरह्यो । 
भारतको राजनीतिमा माक्र्सवादी भारतीय कम्युनिष्टपार्टी जस्ता क्रान्तिकारी परिवर्तनवादी होउन् कि मध्यमार्गी काँग्रेसदेखि कट्टर हिन्दु कठमुल्लावादी भाजपा र शिवसेना नै दिल्लीको सत्ता सिंहासनमा आसीन भएका भएका होउन्, उस्ले आन्तरिक कुरामा र विकास निर्माण कार्यक्रम र आर्थिक नीतिमा व्यापक उथलपुथल ल्याएपनि विदेशी मुलुकहरुप्रतिको हेराई, व्यवहार गराई र सोचाइमा कुनै फरक देखिएन भएन, सायद भोली पनि नहोला । 
यद्यपि भारतीयहरुले अंग्रेजी दासताबाट उन्मुक्ति पाएर प्रत्यक्ष निर्वाचनका माध्यमबाट संसद र सरकार बन्ने क्रम थालनी भएदेखि झण्डै आधा शताब्दीसम्म अकण्टक राज्य सत्ताको नियन्ता बनेकोबाट मिच्छिएका नेपालीहरुले “हिन्दुस्तानमा भारतीय काँग्रेसको पतन भइदिए उस्को (काँग्रेसको) थिचोमिचो, हेपाहा र मिचाहा प्रवृत्तिबाट नेपाल र नेपालीहरुले पनि उन्मुक्ति पाई सह अस्तित्व र स्वतन्त्रतापूर्वक शान्ति र सुखको सास फेर्न पाउने” आशा र विश्वासले काँग्रेसको पतनको दिन कुरेर बसेका थिए । त्यस्मा पनि “जब हिन्दु कठमुल्लावादी पार्टी” भनेर स्वदेश र विदेशमा सगौरव स्ष्ट पहिचान कायम गरेको दल भाजपा ले भारतको संसदीय राजनीति समर मैदानको महारथीको जिम्मेवारी गुजरातको प्रादेशिक विकासमा चमत्कारिक परिवर्तन र विकासको कीर्तिमान (रेकर्ड) कायम गरेका नरेन्द्र दामोदर भाई मोदीलाई सुम्पियो, त्यसैबेला देखि उनको नेतृत्वमा हिन्दु कठमुल्लावादी पार्टीको विजयको प्रार्थना गर्दै सफलताको पर्खाईमा थिए, नेपालीहरु । 
संयोग भनौ या विश्वनाथ पशुपतिनाथ र गुरु गोरख नाथको कृपा ¤ अनपेक्षित, अपरिकाल्पित नव  अधिवशवादी भारतीय काँग्रेस सत्ता शिखरबाट पाटी एकैचोटी पातालमा पुग्यो । नेपालका कठमुल्लावादी धर्मान्धहरुले प्रार्थना गर्दै मन्नत मागेजस्तै गरि कट्टर हिन्दुवादी पार्टी (भाजपा)ले पछिल्लो निर्वाचन (सन् २०१५मा) काँग्रेसलाई सत्ताबाट यसरी गलहत्यायो कि उस्ले प्रमुख प्रतिपक्षी दलको हैसियतमा बस्न आवश्यक पर्ने (१० प्रतिशत) सीट पनि प्राप्त गर्न सकेन । त्यसबेला कथित हिन्दुवादी नेपालीहरुले आफुले महाभारत जितेजस्तो गरी विजयोल्लास नै मनाएको पनि सुनियो । नेपालीहरुको त्यस्तो ताल, चाल र हाल कतिपय स्वाभिमानी राष्ट्रवादीलाई निकै लज्जास्पद र उत्ताउलो लाग्यो भन्ने राम्ररी आत्मसात भयो । 
जब भाजपा हस्तिनापुरको शासनसत्ताको सिंहासनारुढ हुन पुग्यो, उसले उही “भारतवर्षको सम्राट”को “अहंबोधी सोंच” आफ्ना कार्यशैलीबाट देखाएको हेर्न धेरै समय पर्खिनु परेन । नेपालीहरु जस्ले रक्तपातपूर्ण माओवादी जनविद्रोहका माध्यमबाट आएको ल्याएको गणतन्त्रात्मक जातीय राज्यले नेपाल विखण्डित गर्छ भन्दै थिए, उनीहरुले अब विरोधाभासी शासन व्यवस्था अंगाल्दै अगाडी बढेका विशाल काय दुई राष्ट्रबीचको अन्तरावर्ती राज्य नेपालको अस्तित्व अस्मिता संकटमा पर्ने मात्र नभई “दुवै छिमेकीहरु मिले पनि भिडे पनि नेपाल साँढे जुधेको पाकेको फायरवारी हुनेछ” भन्ने सोचिराखेका थिए । मनमोहन सिंह उर्फ सोनिया गान्धीको शासनकालको भन्दा गुजराती मूलका नरेन्द्र मोदी भारतको केन्द्रीय शासन सत्ता नियन्ता बनेपछि अझ नेपालको घाँटी कँस्सिदै जाने जुन अड्कलका काटेका थिएँ, त्यो सत्य सावित भएको देख्नु, भोग्नु प¥यो । 
कति ठूलो विडम्वना ¤ नेपाललाई “विश्वमा एकमात्र हिन्दु राष्ट्र र हिन्दु सम्राटको देश” भनेर भन्ने गर्व गर्ने भाजपा जब भारतको शासनसत्ता नियन्ता बन्यो, नेपालको “तराई मधेसका वासिन्दाका मसीहा”का रुपमा तिनैलाई अगाडि सारेर “स्वतन्त्र स्वायत्त मधेस प्रदेश”को मुद्दा उठाइदियो, जो बढीमा एक दुई पुस्ता पहिलेमात्र उतैबाट नेपालमा आएका थिए ।  र आज पनि दुवैतिरको नागरिकता बोकेका छन् भनेर मानिए चिनिएका थिए । 
त्यतिमात्रै होइन । “नेपालको संविधान नेपाली जनताका लागि, नेपाली जनताले निर्वाचित गरेका प्रतिनिधिहरुले नेपालको भू–धरातलीय यथार्थतालाई हेक्का राखेर निर्माण गर्नुपर्छ” भन्ने छ दशकभन्दा बढी पहिलेदेखिको संघर्षको भ्रूणबाट संविधान सभाको जन्म भयो । २०६४ सालमा संविधानसभाका लागि प्रतिनिधि निर्वाचित भए । ठीक बेठीक जे जस्तो भएपनि संविधानको मस्यौदा तयार गरियो । तर त्यसलाई हस्तिनापुरबाट छोडिएको क्षेप्पास्त्रले खरानी बनायो, वेपत्ता पा¥यो । फेरी नेपाली जनताले अर्को पटक निर्वाचन गरी संविधानसभामा प्रतिनिधि पठाए । उनीहरुले संविधान बनाए । भलै, त्यो संविधानमा धेरै कुरा अस्पष्ट, विरोधाभासी, नेपालको रियालिटीलाई हेरेर भन्दा “पपुलारिटी”लाई मध्यनजर गरेर निर्माण गरिएको थियो होला । 
तथापि सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र नेपाल र नेपालीले आफ्नो सार्वभौम अधिकार सम्पन्न संविधान सभाका ९२ प्रतिशत (बयानब्बे प्रतिशत)को अपूर्व अत्यधिक बहुमतले पारित गरेको थियो । त्यस्तो अत्यधिक बहुमतबाट निर्माण भए गरिएको संविधानलाई उसले जसरी आफ्नो मुलुकको ६२ प्रतिशत (वयसठ्ठी प्रतिशत) ले पारित गरेको संविधानलाई लोकतान्त्रिक मान्यताअनुसार सर्वस्वीकार्य मान्ने तर अन्तर्राष्ट्रिय शिष्टता औपचारिकता कूटनीतिक मर्यादाको वास्तै नगरी मान्यता नदिने, उल्टै आफ्नो दूतावासबाट पालित पोषित र निर्देशित पन्चयाङ्की शिखण्डीका काँधमा बन्दुक राखी जसरी एउटा सानो विपन्न गरीब, छिमेकी नेपालको स्वतन्त्र सार्वभौम अस्तित्व, अस्मितामाथि अत्यन्त घटिया र घृणित तरिकाबाट बलात्कार गर्ने निकृष्टतम दुष्प्रयास गरिरहेको देखिँदो छ, (त्यस्मा पनि नेपाली राजनीतिक दलहरु मध्ये एउटा प्रमुख प्रतिपक्षी दलबाहेकले मुखमा दही जमाएर र आँखामा पट्टी बाँधेर बसेकोबाट) अब यो देश लगभग समर्पणवादी र विखण्डनवादीको चगुलमा फाँसिसकेछ भन्ने हरेक सचेत नागरिकलाई स्पष्ट भईसकेको छ । यद्यपि भाजपाको राजपालाई शिखण्डी बनाएर नेपाल विखण्डीकरण गर्ने दाउ सफल होला कि नहोला त्यो त भविष्यले नै देखाउला (?) 
प्रकृतिले “जन्मसँगै मृत्यु अपरिहार्य विषय हो” भन्ने शिक्षा दिएको छ । हो, त्यो ‘चक्र’ व्यक्ति वा प्राणीको हकमा केही समय वा वर्षमा पूर्ण हुने गर्ला । कुनै शासन सत्ता त्यसै मुलुकका जनताको सकारात्मक सोचाई र समर्थन प्राप्त गर्दा सम्म कायम होला । मुलुकको अस्तित्व वा परिचय सयौं वर्ष सम्मपनि रहँला । 
यसरी विश्वव्यापी शासन सत्ता नियन्ता बनेका जुनसुकै साम्राज्य वा शक्ति सम्पन्न अधिकांशको अपराजेय र सर्वविजयी भनिएका मनिएका महासामन्तहरु पनि प्रकृतिको अपरिवर्तनीय शाश्वत नियमबाट पूर्णत वाधित रहेका थिए । त्यसलाई काट्न सकेनन् । विश्वको इतिहासले सिद्ध गरेको सत्य हो, यो । 
विश्व इतिहास साक्षी छ, यस धर्तीमा धेरै शक्तिशाली राजा महाराजाहरु मात्रै कैयन् साम्राज्यहरु उदाए, अस्ताए । फरक “कति समय सम्म टिके वा बाँचे” भन्ने मात्रै हो । धेरै टाढा नजाउँ । बुद्धकालीन शाक्य मुनिको राज्य सम्मपनि पुग्नुपर्दैन । आजभन्दा ५ सय वर्ष अगाडि आजको हिन्दुस्तानमा कति राजा महाराजाले शासन गरेका थिए ? ती झण्डै ५ सयभन्दा बढी राज्य ख्वै? 
आज एशिया महादेशभित्र विश्वकै दुई ठूलो जनसंख्या भएका मुलुक छन् । ती दुवै नेपालको उत्तरी र दक्षिणी छिमेकीको रुपमा रहेका छन् । दुवैले एक अर्कासँग मेल नखाने राजनीतिक दर्शन, सिद्धान्त, शासन प्रणाली, धर्म, संस्कृति अंगालेर यस महादेशमा मात्रै नभई विश्वमा नै जोधाहा राष्ट्रको रुपमा अगाडि देखिने प्रतिस्पर्धा गरिरहेछन् । नेपाल यस्ता शक्तिशालीहरुको बीचको सानो गरिब र सधैं शासकीय अव्यवस्था, अस्थिरताको गोलचक्करमा फस्दै आएको मुलुकका रुपमा देख्न, राखि राख्न चाहने छिमेकीले विश्वमान चित्रमा स्वतन्त्र राष्ट्रको रुपमा रहेको मात्र होइन, विश्व मञ्चमा कुममा कुम जोडेर उभिएको जुन देखिरहेको छ, यस्तो नेपालको स्थिति वा हैसियत कुनै छिमेकीलाई असहज लागि रहेको आजैमात्र होइन । सयौं वर्ष भइसकेको छ । उसले सधैं फकाएर, थकाएर, छकाएर आन्तरिक द्वन्द्व र वैमनस्यको आगो बालेर आफ्ना स्वार्थका रोटी सेक्दै आएको छ । 
यस्तोमा नेपालले दुवै छिमेकीहरुसँग आजसम्म जसरी समदूरी, समयमैत्री र तटस्थताको नीति अँगालेर, आफ्नो सार्वभौमिक स्वतन्त्रता, अस्तित्व, अस्मिता, जोगाएर राख्यो । अब उसले यस उपमहादेशकै सर्वशक्तिमान ठानेर आफ्ना चारै तिरका छिमेकीहरुलाई कुनै न कुनै रुपमा आफ्नो सर्वसत्तावादी महत्वाकांक्षीको सपना वा परिकल्पना परिपूर्ण गर्न अग्रसर भइरहेको देखिँदो छ । त्यसले नेपाललाई “म म¥र्या हुँ मर्छु, तर तिमी नराम्रो गरि चुक्यौ” भन्ने स्थितिमा पु¥याईरहेछ भन्ने लाग्छ । चाम्सी, डोक्लातिरका घटनावलीहरुले दिनप्रतिदिन स्पष्ट गर्दैछ । 
यस्तो अन्तर्राष्ट्रिय परिवेश र परिस्थितिमा सानो, र विपन्नहरुको मुलुकमा गिद्धे दृष्टि लगाएर कहिले माओवादीको बलमा कहिले जातीय राज्यवादीका भीडका घुर्की र धम्कीका आडमा अहिले राजपा जस्ता शिखण्डीहरुलाई आगडि तेस्र्याई उनीहरुको काँधमा बन्दुक राखेर हड्ताल, संघर्ष नाकाबन्दी र आन्दोलनका माध्यमबाट नेपाललाई विखण्डीकरण गर्ने जुन जमर्को गरिँदै छ यो देशमा यही परिवेश जीवन्त रहने हो भने सायद उसको सिक्कमीकरणको योजना सफल नभएपनि फिजीकरण वा सोमालियाकरणको सपना सायद पूरा हुन सक्ला । 
कारण स्पष्ट छ । यति सानो देशमा उसले ए्उटा शिखण्डीदल अगाडि राखेर प्रत्यक्ष रुपमा आफ्नो दूतावास र साउथ ब्लकबाटै कुनै पनि बहानामा विखण्डीकरण गर्ने चाहना आज जसरी स्पष्ट र मद्दा तरिकाले स्पष्ट देखाई रहेछ, त्यसका लागि केही दिन पहिले सरकारसँग संविधान संशोधनको माग तेस्र्याएर २ नं. क्षेत्रको निर्वाचनमा भाग लिने नलिने ? जस्ता झिनामसिना कुरालाई पनि आफैंले निर्णय नगरेर सरकारसँग वार्ता असफल भए लगत्तै धोती फालेर “दिल्लीदौड” मा गएको विद्युतीय संचारमाध्यमबाट आयो, साथै यस्तो संवेदनशील भू अवस्थिति भए रहेको देशका शासक प्रशासक मात्रै नभई शासन सत्ता नियन्ता बनेर सिंहदरबार प्रवेश गरेका अधिकांशबाट सत्ता पुग्दा नपुग्दै कन दिल्ली दरबारका ढोकामा मत्था टेकी दाम राख्न जाने विकृत परम्परा कायम गरे, यिनले नै शिखण्डीलाई अगाडि राखेर विखण्डीकरण गर्ने छिमेकीको योजना र सयना पूरा गर्नेछन्” भन्ने धेरैले आशंका गरेको देखियो, सुनियो । यस्तो पतनोन्मुखी देशको दशा र दिशा यस्तै हुँदै जाने हो भने नेपालको अस्तित्व अस्मिता कहाँ पुग्ला ? आज हरेक सच्चा नेपालीको चासो र चिन्ता यही भएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रयोग र परीक्षणमै जुग जाने भो (06.28.2017)
“गोर्खे” मरिरहेछन्, गोर्खाल्याण्ड जलिरहेछ- गोर्खाली “नीरोहरू” ठुमरी खेलिरहेछन्, किन ? (06.28.2017)
लोकभय र लोकलाज पचाएका छद्मभेषी लोकतन्त्रवादी (06.22.2017)
भरतपुर काण्डले देखाइदियो देश कसरी चलेको छ ? (06.22.2017)
राजपाको आन्दोलन र निर्वाचन सार्ने निर्णयले उब्जाएको प्रश्न (06.22.2017)
यद्भविष्यवादीको चकचकी (06.15.2017)
महाभारतको पुनरावृत्तिको भय (06.15.2017)
राजनीति गर्ने व्यवसायी हैन योगी बन्नुपर्छ (05.31.2017)
हामी प्रजातन्त्र, गणतन्त्र हुँदै भाँडतन्त्रतिर लाग्दै त छैनौं (05.31.2017)
“द्रुतराजमार्ग” का सन्दर्भ (05.24.2017)
निर्वाचन मतगणना ः उपहासको स्थिति (05.24.2017)
खोई जनताका आवाज सुन्ने ठाउँ ? (05.17.2017)
दिनको लक्षण बिहानीले दिन्छ (05.17.2017)
राजनीतिक दल, सत्ता र आजको वास्तविकता (05.11.2017)
“पाकिस्तानका हिन्दू सम्पदा”बारे घोत्लिंदा (05.11.2017)
सरकारको नामद्र्याई र खुला हस्तक्षेप- महेश्वर शर्मा (05.02.2017)
राजधानीको वाग्मती र मुलुकको राजनीति- तारा सुवेदी (05.02.2017)
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन (04.18.2017)
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ (04.18.2017)
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना ! (04.18.2017)



 
::| Latest News

 
[Page Top]