युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 08:40am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा
Monday, 01.02.2012, 03:43pm (GMT+5.5)

देशको माया हुने र आफूलाई जनताप्रति उत्तरदायी सम्झने मान्छे व्यक्तिगत फाइदाका लागि देशलाई विगार गर्ने काम गर्दैन र त्यस्तो गर्न अरुलाई पनि दिंदैन । तर यहाँ विना त्याग तपस्या देशबाट फाइदा मात्रै लिने र तोड्फोड एवं विध्वंश मच्चाएर जगहँसाइ गराउनेहरू ठूलठूला पदमा पुगेर जनताका थाप्लामा गिर खेलिरहेका छन् । इमान जमानाको त खडेरी नै परेको छ । जजसले राज्य कोषमा लूट मच्चाएर अरुलाई पनि त्यसै गर्न दिएका छन्, तिनीहरू नै यहाँ सर्वेसर्वा छन् । भन्ने बेलामा ठूलो बलिदानबाट ल्याएको व्यवस्था भन्छन्, तर त्यो बलिदान कसको ? तिनै निमुखा गरिब जनताको होइन ? खै के पाए ती अबोध जनताले ? प्रश्नैप्रश्न छन् यहाँ, तर चित्तबुझ्दो जवाफ छैन ।
एउटा आउँछ, लुट्छ, अर्काे आउँछ, लुटछ, गर्दागर्दा अब त देशलाई हरिकंगाल बनाइसके । न शान्ति सुरक्षा, न रोजगारीको व्यवस्था, कलकारखाना कोही बेचेर खाए, कोही ध्वस्त पारे । अब बाँकी रहेकामा पनि आफैंले बन्द, हड्ताल गराएर चल्न दिंदैनन् । स्कूल, कलेज, विश्वविद्यालय जतासुकै बन्द, जतासुकै तालाबन्दी हुँदाहुँदा सरकारी कार्यालयमा पनि तालाबन्दी अब त अति नै भैसक्यो । न जनताको जीउधनको सुरक्षा, शिक्षा, स्वास्थ्य, बत्ती, पानी जस्ता सामान्य सेवा सुविधाबाट पनि जनता वञ्चित हुनुपरेको छ । जता हे¥यो उतै ध्वंशात्मक राजनीति, कसको के काम हो कसैलाई मतलब छैन । सबै राजनीति गर्ने, सबै नेता बन्ने । यस्ता बयलपातेहरूले पनि देश चलाउँछन् ? लाजमर्दो भैसक्यो ।
नेताहरू साँच्चै नै इमान्दार छन् र देशलाई वर्वाद हुनबाट जोगाउने हो भने ट्रेड यूनियनहरू, संघ संगठनहरू र गैरसरकारी संस्थाहरू बन्द गरेर कर्मचारी, विद्यार्थी र मजदुरहरूलाई स्वतन्त्र रुपबाट आफ्नो काम गर भन्नुपर्छ । राजनीति त दलका नेता, कार्यकर्ताले गर्ने हो, अरुले आ–आफ्नो तोकिएको काम गर्नुपर्दछ । राजनीति गर्ने हो भने पार्टीमै लागेर गर्नुपर्छ, जागीर खाएर होइन । जनतालाई गुलियो चटाएर भँड्याउने, फुटाउने, धर्म संस्कृतिमा हस्तक्षेप गर्ने, जातीय विद्वेष फैलाउने काम जसरी गैरसरकारी संस्थाहरूले गरिहेका छन्, अब पनि निरपेक्ष भएर काम गर्दैनन् भने त्यस्तालाई पूर्णरुपेण रोकेर विदा गर्नुपर्छ र नेपालले आफ्नै परिश्रममा देश निर्माण गर्ने अठोट नेताहरूले लिनुपर्छ, नत्र यी विदेशी संस्थाले नेपालीलाई आशामुखी बनाएर डुबाउँछन् ।
जतिसुकै राम्रो सिद्धान्त वा उद्देश्य भए पनि स्वार्थ पन्छाउन नसक्ने सही ठाउँमा पुग्दैन । प्रधानमन्त्री बाबुराम पनि हिंड्दाहिंड्दै स्वार्थको मायामा फसिसके । उनको स्वार्थको भोकले अब निरन्तर सत्ता सुखभोगतिर उनलाई ढल्काइसक्यो । देश र जनतालाई उपयोगी हुने बाटो उनले बिर्सिसके । कुर्सी जोगाउने ध्याउन्नमा उनले बाहिरी हस्तक्षेप पन्छाउने क्षमता गुमाइसके । गिरिजाप्रसादले लाखांै भारतीयलाई नागरिकता दिएर भित्र्याएको बाटो बाबुरामले पनि समात्दैछन् । सेनामा दश हजार मधेशीलाई सामूहिक प्रवेश गराउने उपक्रम त्यसैको एउटा अंग भैसक्यो । बाबुरामले आफ्नो पद जोगाएर जितें भन्ठानेका होलान्, तर उनले हारिसके । उनी अब ठाउँमा पुग्ने सम्भावना क्षीण भैसकेको छ ।
डा. बाबुराम बलियाको गोटी बनेर कमजोर तत्वका सहारामा सत्तामा धरमराइरहेका छन् । यिनको निजी दृढता फितलो भैसकेको छ । पहिले लडाकु व्यवस्थापन, कब्जा सम्पत्ति फिर्ता, वाईसीएल विघटन र संविधान निर्माणलाई क्रमशः प्राथमिकता राख्नुपर्नेमा ती सबैलाई पछाडि पारेर कहिले मन्त्रिमण्डल विस्तार, कहिले समूह विशेषलाई सेनामा सामूहिक भर्ती त कहिले नागरिकता विधेयकलाई प्राथमिकता दिइरहेका छन् । पाँच सात हजार लडाकूलाई सेनामा समावेश गरिंदैछ भने त्यो कामलाई थाती राखेर पहिले नै तीन हजार मधेशीलाई हतारिएर सेनामा भर्ती गर्नपर्नुको अर्थ र रहस्य बुझिनसक्नु भएको छ । लडाकु समायोजनभन्दा मधेशीको सामूहिक प्रवेशलाई प्राथमिकता दिनुपर्नाको औचित्य के हो ? यसैबाट बाबुरामको व्यवहार शंकास्पद हुनगएको छ ।
आत्मविश्वास कमजोर भएपछि मान्छे उत्साहहीन भएर सहारा खोज्छ । बाबुराम अहिले उनैका शब्दमा ‘ठेगान नभएका’ मधिशे दलहरूको त्यान्द्रोमा झुण्डिएका छन् । भरोशा नै खोज्न परेपछि बलियो नखोजेर उनले कमजोर किन रोजे ? कमजोर साधनबाट उनी लक्ष्यमा पुग्लान् ? उनको टाउको ठाडो होला कि निहुरिएला ? आफ्नो योग्यता र क्षमताको विश्वास नभएपछि मान्छेले गलत साधन प्रयोग गर्न समेत बेर मान्दैन भनेको यही हो । बाबुराम अहिले देश र जनताको दीर्घकालिक हितमा अडिनुको सट्टा क्षणिक स्वार्थका लागि जात फालिरहेका छन् । उनको निर्णय देशको हितमा त छैन छैन, स्वयं उनको स्वार्थका लागि पनि हितकर छैन ।
बुद्धि–विवेक पुपुर्याएर काम गर्न सकिएन भने असफलता आफैं निम्तिन्छ । बाबुरामको चर्चित विद्वता र नेतृत्व स्वार्थकेन्द्रित भएको अनुभव गरिंदैछ । चाहनाको कुनै सीमा हुँदैन । बाबुरामले पनि आफ्ना असीमित चाहना पूर्तिका लागि जस्तोसुकै उपाय अथवा बाटो समात्न पनि संकोच नमान्ने भएका छन् । यसबाट उनका भौतिक चाहना त पूरा होलान्, तर उनीप्रतिको जनताको भरोशा भने भत्किने छ । बाबुरामको तेज मधेशको आयातित कुहिरोले निश्तेज भएको छ । उनी कसैको लगामबाट डोरिएका छन् भनिन्छ । जेजस्तो स्थितिमा भए पनि नेताको काम कुरो मूल्यांकन जनताले आफ्नै किसिमले गरिरहेका हुन्छन् ।
कसैले किन्न नसक्ने, कसैले बाँध्न नसक्ने भनिएका बाबुराम आज हात खुट्टा बाँधिएका स्थितिमा रहन्छन् र कसैको मर्जीमा चल्छन् भन्ने कुरा अविश्वसनीय लागे पनि काम कार्वाहीबाट विश्वास नगरी सुखै नपाइने भएको छ । त्यसकारण प्रधानमन्त्रीजी ! तपाईं यसरी नकुजिनोस्, आफ्नो छवि नधमिल्याउनोस्, आफ्नो तागत र गुण निष्पक्ष र निर्भिक भएर देखाउनोस् । पद स्थायी होइन, चारित्रिक शक्ति सबैभन्दा ठूलो शक्ति हो, जसले स्वार्थवश जता ढल्कायो उतै नढल्कनोस् । आज बोलेको बोली भोलि फेर्ने गरी नबोल्नोस् । आफूलाई च्यूत गराउने खराब साधन तपाईं आफैंले बोकेर हिंड्नु भएको छ । याद गर्नोस्, एकपटक खसेपछि उठ्न गाह्रो हुन्छ ।
त्यसैले आजका जस्तो ढुलमुले होइन, दृढताका साथ निष्पक्ष भएर आफ्नो योग्यता प्रदर्शन गर्नोस् । जनतालाई बिर्सनु भएन भने जनताले साथ दिनेछन् । आफैं सोच्नोस्– भ्रष्टहरूलाई साथमा लिएर हिंड्ने कि जनतालाई ? अन्त्यथा ‘उँधै सलल लौरी पनि म पनि’ हुन बेर लाग्ने छैन । शुभमस्तु ।



Rating (Votes: )   
Share     Print


Other Articles:
अभाव पूर्तिको नाममा व्यक्तिगत लाभको चलखेल : यादब देवकोटा (12.26.2011)
जातीय संघीयता ‘घरको न खोप्राको’ : महेश्वर शर्मा (12.26.2011)
नेताहरूको विपरीत मतिले पार्टीको थप क्षति नहोस् : तारा सुवेदी (12.26.2011)
पूँजीवादको उपहार हो जलवायु परिवर्तन : यादब देवकोटा (12.20.2011)
परिणाम नसोची गरिएका सम्झौता नामका तम्सुक ! : महेश्वर शर्मा (12.20.2011)
सबै पार्टीभित्रका विपक्षीहरूलाई चेतना भया : तारा सुवेदी (12.20.2011)
जलवायु परिवर्तनको प्रभाव- जैविक विविधता र कृषि प्रणालीमा गम्भीर असर : यादब देवकोटा (12.13.2011)
अद्र्धभूमिगत प्रधानमन्त्रीको गज्याङगुजुङको सय दिन : तारा सुवेदी (12.13.2011)
भागवण्डाको राजनीति र भ्रष्टाचार : महेश्वर शर्मा (12.13.2011)
जलवायु परिवर्तनको प्रभाव, खाद्यान्न र पानीको ठूलो हाहाकार हुने भय : यादब देवकोटा (12.06.2011)
संविधानसभाले सर्वोच्चमाथि जाइलाग्नुको अर्थ हिट्लर जन्माउने षड्यन्त्र : तारा सुवेदी (12.06.2011)
केही खुद्राखाद्री सन्दर्भ र जनसामान्यका प्रश्न : महेश्वर शर्मा (12.06.2011)
क्योटो प्रोटोकलको प्रतिबन्धि धारा कार्यान्वयनमा जोड : यादब देवकोटा (11.28.2011)
लोकतन्त्र र अर्थतन्त्र दुवै हसपिसमा : तारा सुवेदी (11.28.2011)
जातिवादीहरू देश टुक्र्याउने भूमिका खेल्दैछन् : महेश्वर शर्मा (11.28.2011)
दक्षिण एसियाले आफ्नो परिचय बदल्नुपर्छ : यादब देवकोटा (11.21.2011)
वैचारिक अस्थिरता र अन्योलको स्थिति : महेश्वर शर्मा (11.21.2011)
विवेकपूर्ण पत्रकारिता गरौँ कि मित्रहरु ! : तारा सुवेदी (11.21.2011)
आ–आफ्ना स्वार्थको भारी बोकेर गन्तव्यमा पुगिदैन : यादब देवकोटा (11.14.2011)
डाइरेक्टर आफैं नाच्ने होइन, अरूलाई नचाउने हो : महेश्वर शर्मा (11.14.2011)



 
::| Latest News

 
[Page Top]