युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 12.18.2017, 11:55pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नयाँ भनेको इतिहासै मेट्नु हो ?
Tuesday, 08.15.2017, 02:41pm (GMT+5.5)

- महेश्वर शर्मा
मुलुकको शासनको नाम, शासक र तहहरुको नाम बदल्दैमा मुलुक बदलिन्छ ? हो बदलिनुपर्ने हो तर, नेपालमा शासक मात्र बदलिने परिस्थिति नबदलिने भैरहेको छ । २०६२।०६३ पछि एकथरिले यहाँ गणतन्त्र ल्यायौं, ठूलो परिवर्तन ल्यायौं भनेर हल्ला गरे तर तिनीहरु आफैं बदलिएनन् । हिजो हुँदाखाने र हुने खानेकाबीच अनि सत्तामा बसेका र सत्ता कब्जा गर्न तम्सेकाबीच झगडा थियो, आज पनि छ । यो कुनै परिवर्तन होइन, बरु थप समस्या हो । एकले अर्कालाई नसहने प्रवृत्ति हो, परिवर्तन होइन । आफूले भनेजस्तो मात्रै हुनुपर्छ भन्ने जिद्दीलाई परिवर्तन मान्न सकिंदैन । यहाँ यथार्थ छोपिएको छ । हिंसात्मक आन्दोलनबाट पार नलाग्ने देखेर माओवादीलाई परिस्थितिले सुरक्षित अवतरण गरायो, त्यहाँसम्म ठिकै थियो ।
कही नेताको उत्ताउलोपनका कारण केही प्रतिष्ठित र सम्पन्न सीमित जातिलाई राज्य बाँड्छौं भनेपछि अरु विभिन्न जाति, धर्म र सम्प्रदायका जनता दच्किनु स्वाभाविक भयो । त्यसमा पनि पारीबाट केके केके अधिकार सहितका राज्यका माग हुन थाले, नभए बिखण्डनका धम्की समेत आउन थाले । त्यतिले नि नपुगेर नाकाबन्दीको झाँकी समेत देखाइदिएपछि जे आशंका थियो त्यसको झनै पुष्टि भयो । त्यति मात्रै नभएर विभिन्न जातजातिबीचको सद्भभाव र सहिष्णुता, असमझदारी एवं पास्परिक अविश्वास समेत बढ्दै गएको छ । असमानता र विभेद समाप्त पार्न भनेर तल्लो तहलाई भड्काउने र्गले नै आफू अधिकारसम्पन्न हुनासाथ तल्लो तहलाई छोडिदिंदो रहेछ । विशेषा सुविधा र अधिकार प्राप्त वर्ग चाहे ती कर्मचारी, व्यापारी या राजनीीतिक व्यक्ति नै किन नहोउन्, आफ्ना अधिकार खुम्च्याउन चाहँदैननु । त्यसैले गर्दा यहाँ कुनै पनि सुधार हुन पाएको छैन ।
यहाँको राजनीति सधैं दिशाहीन छ । प्र्रेस अभिव्यक्ति स्वतन्त्रता भएर मात्रै पनि नहुने रहेछ । ती सबै अधिकार बलियाका मात्र हतियार भएका छन्, उनीहरुले नै स्वतन्त्रताको दुरुपयोग गरिरहेका छन् । आज पाखुरेहरुकै तानाशाही चलेको छ । नियम–कानुन पाखा लागेका छन् । राजनीतिक पागलपन मात्र छ । प्रजातज्त्र नै संकटमा र जनता नै संकटमा छन् । त्यसैले समाज रुपान्तरण गर्ने हो भने सर्वप्रथम जनता प्रबुद्ध हुने शिक्षा चाहिन्छ । प्रबुद्ध समाजमा मात्र जीवन सुखमय हुनसक्छ । प्रचलित शिक्षा मानवीय मूल्यको विकासमा सहयोगी हुन नसकेको तीतो अनुभव सबैलाई भएकै हुनुपर्छ । आजको शिक्षाले समाजमा विषमता थपेको हुनाले परिवर्तनको आवश्यकता सम्झिएको छ ।
“हर्रो नपाउँदो– जाइफल धाउँदो” भनेझैं आज जनतालाई ससाना, तर नभै नहुने कुराले समस्या परेको छ, मन्त्रीहरु भने ठूलठूला भाषण मात्र सुनाइरहेका छन् । बाढी–पहिरो पीडित हाहाकारमा छन् । राहत र उद्धारका लागि निर्देशनको भाषणबाजी मात्रै भैरहेको छ । जनताको दैनिकी कष्टकर छ । कालाबजारिया तस्करले छुट पाएका हुनाले ठूलाबडालाई खाँचो नभएपछि जनताको खोजी कसले गर्ने ? आठ दशजना ठूला व्यापारीले कार्टेलिङ गरेर बजार भाउ उरालेका छन्, कृत्रिम अभाव गराएका छन् । सरकार तिनै ठूला व्यापारीका प्रभावमा छ भने सरकार र नियम कानुन हुनुको अर्थ के रह्यो ? यस्तो अराजक स्थिति जनतालाई भोगाएर कहिलेसम्म राज्य चलाइने हो कुन्नि ! राजधानीको त यस्तो हालत छ भने जिल्ला–गाउँघरको स्थिति अझ कस्तो होला ? जनताका पीडा सहिनसक्नु अवस्थामा छन्, सरकार भने उसको कुनै दायित्व नै छैन जस्तो व्यवहार देखाउँदै आएको छ ।
गणतन्त्र भनेपछि लुट मच्चाउने स्वतन्त्रता सम्झिएको हो कि कुन्नि, विकास निर्माणका नाममा विध्वंश मात्रै छ । सडकका खाल्डाले मान्छेको ज्यान लिंदा समेत आँखा खुल्दैन । सायद यही होला नयाँ नेपाल भनेको । त्यस्तै महापुरुषका ऐतिहासक शालिक भत्काएर जाति विशेषका शालिक ठड्याइन्छन्, जाति जातिबीच द्वन्द्व सिर्जना गराइन्छन् । यस्तो कामसद्भावका लागि हो कि दुर्भावनाका लागि ? एउटाका नामको अस्पताल, कलेज, सडक या टोलको नाम कसैको देनका आधारमा राखिएको हुनसक्छ । त्यसलाई मेटेर अर्काको नाम राख्नु त कायरता हो ।
ऐतिहासिक संरचनाको संरक्षण त कताकता, उल्टै तोडफोड गर्नु बहादुरी होइन । काठमाडौं महाराजगंजस्थित पञ्चायत रजतजयन्ती पार्कको नाम त फेरे फेरे, अहिले त्यहाँ गएर हेर्नोस् त, पार्कको दुर्दशा ? त्यस्तै थानकोटस्थित त्रिभुवन पार्कको हालत पनि दयनीय छ । चक्रपथको ग्रिनबेल्ट नै बेबारिसे सम्पत्ति भए हिनामिना भएको छ । ‘काम गर्ने कालु–मकै खाने भालु’ भनेझैं देनदिने एउटा, नाम टाँस्ने अर्को हुने हो भने ऐतिहासिक सम्पत्तिको संरक्षण कसरी हुन्छ ? इतिहास नै मेटाउने हो भने हाम्रो आफ्नो भन्ने चीज के रहला ? राज्य बाँडेर भुरेटाकुरे राजा हुने रहर बोकेकाहरुको दूषित मनसाय त पूरा होला, तर सिंगो नेपालको अस्तित्व भने खतरामा पर्नेछ । जातित्वको आधार खतरनाक हुन्छ भन्ने कुरा नबिर्सौं ।


Rating (Votes: )   
Share     Print


Other Articles:
प्र.म.को भारत भ्रमण कुबेलामा नै हुन लागेको भएपनि सफल होस् (08.15.2017)
संघीय¬जातीय उन्माद र दुष्परिणाम (08.08.2017)
सीमा युद्ध र संरक्षणको प्रश्न (08.08.2017)
विवेकसम्मत परिवर्तन ः आजको खाँचो (07.26.2017)
यस्तै नै हो भने- तारा सुवेदी (07.26.2017)
प्रयोग र परीक्षणमै जुग जाने भो (06.28.2017)
“गोर्खे” मरिरहेछन्, गोर्खाल्याण्ड जलिरहेछ- गोर्खाली “नीरोहरू” ठुमरी खेलिरहेछन्, किन ? (06.28.2017)
लोकभय र लोकलाज पचाएका छद्मभेषी लोकतन्त्रवादी (06.22.2017)
भरतपुर काण्डले देखाइदियो देश कसरी चलेको छ ? (06.22.2017)
राजपाको आन्दोलन र निर्वाचन सार्ने निर्णयले उब्जाएको प्रश्न (06.22.2017)
यद्भविष्यवादीको चकचकी (06.15.2017)
महाभारतको पुनरावृत्तिको भय (06.15.2017)
राजनीति गर्ने व्यवसायी हैन योगी बन्नुपर्छ (05.31.2017)
हामी प्रजातन्त्र, गणतन्त्र हुँदै भाँडतन्त्रतिर लाग्दै त छैनौं (05.31.2017)
“द्रुतराजमार्ग” का सन्दर्भ (05.24.2017)
निर्वाचन मतगणना ः उपहासको स्थिति (05.24.2017)
खोई जनताका आवाज सुन्ने ठाउँ ? (05.17.2017)
दिनको लक्षण बिहानीले दिन्छ (05.17.2017)
राजनीतिक दल, सत्ता र आजको वास्तविकता (05.11.2017)
“पाकिस्तानका हिन्दू सम्पदा”बारे घोत्लिंदा (05.11.2017)



 
::| Latest News

 
[Page Top]