युगसम्बाद साप्ताहिक

स्वास्थ क्षेत्रको लगानीस् नाफा कि सेवा ?
Tuesday, 08.29.2017, 11:53am (GMT5.5)

- महेन्द्र चालिसे
उद्योग, ब्यापार, कलकारखाना आदिमा लगानी गर्नुलाई नाफामुलक ब्यवसायमा भनिन्छ अनि शिक्षा, स्वास्थ्य, संचार जस्ता क्षेत्रको लगानीलाई नाफारहित सेवामुलक व्यव्साय भन्छन् र यो नै विश्वब्यापी मान्यता हो । 
नेपालमा २०४६ सालको आन्दोलन पछि पुनस्थापित प्रजातन्त्रले त यो विश्वब्यापी मूल्य मान्यतालाई नै गलत साबित गरिदियो ।  ०४६ साल अघि स्थापित र नाफामा चलेका प्रायः जसोसबै उद्योगहरुलाई २०४६ सालपछि गठन भएका समाजवादको नाममा २००७ साल देखि संघर्ष गरेको दलको सरकारले निजीकरणको नाममा विदेशीलाई बेचेर देशमा भएका उद्योगलाई चौपट बनाए । 
खै कहाँ गयो बाँसबारी छाला जुत्ता कारखाान, हिमाल सिमेन्ट, भृकुटी कागज कारखाना, गोरखकाली रबर उद्योग, ट्रलि बस सेबा, जनकपुर चुरोट कारखानाहरु । यी उद्योगहरुले नाफामात्र कमाएको नभएर देशमै रोजगारी सिर्जना गर्नुका साथै देशमा आन्तरिक आत्मनिर्भर प्रदान गरेका थिए तर २०४६ सालपछि जब यी उद्योगधन्दा धारासायी पारियो देशमा बेरोजगारीको ग्राफ पनि ह्वात्तै बढ्न थाल्यो यसैको साथ साथै दैनिक आबश्यकताका सामानहरुको आयात बढेर ब्यापार घाटापनि बर्षैपिच्छे बढ्दैछ ।
तर, २०४६ पछि नेपालमा निजीकरणको नाममा शिक्षा, स्वास्थ्य र संचार क्षेत्रमा यति ब्यापक व्यापार गरियो कि सेवाका नाममा खुलेका शिक्षा र स्वास्थ्य संस्थाहरुमा यति ब्यापार बढ्यो कि त्यहा सर्वसाधारणको पहुँच पुग्नै छाड्यो जस्को उदाहरण हो डाक्टर गोबिन्द केसीको ११औं पटकको अनशन ।
यो स्तंभकारलाई अनुभव भए अनुसार २०४६ साल अघि कोही गम्भिर बिरामी भयो र उस्लाई उपचारको लागि विदेश लैजान प¥यो भने सम्बन्धित चिकित्सकले यहाँ संभब हुँदैन भनेर रेफर गरिदियो र मेडिकल बोर्डले सिफारिश गरिदियो भने मात्र लैजान पाइन्थो । तर बिरामीलाई जाच्ने डाक्टरको सिफारिश लिनु त्यति सरल थिएन । यदि कोही मान्छे मेरो बिरामी बिदेश उपचार गर्न लग्छु मलाई सिफारिश दिनोस भनेर डक्टरलाई भन्यो भने डाक्टरको जबाफ यस्तो हुन्थ्यो– “म डाक्टर उहाँ बिरामी, मैले उहाँको ईन्भेष्टिगेशन गर्दै छु । अनि मलाई आफ्नो क्षमता र योग्यतामा पूरा विश्वास छ, त्यसैले म कहीं पनि रेफर गर्दिन । तपाई आफै लानुहुन्छ लग्नोस तर दोहो¥याएर तपाईको बिरामी म कहाँ फेरी नल्याउनु होला । एउटा डाक्टरको हैसियतले र मेरो पेसेन्ट भएको नाताले उहाँको ऊपचार गर्न पाउँनु मेरो अधिकार हो । यो हनन् गर्ने तपाई को ?”
तर,  अहिले मेडिकल पेशामा यति बिकृति आइसक्यो कि डाक्टरहरु पहँुचवालाको चाकरी गर्नका लागि स्वदेशमै उपचार हुने र साधारण रोगलाई पनि विदेशमा उपचार गराउन सिफारिश गर्छन ।  
अहिलेका डाक्टहरुले गरेका सिफारिशका केही नमूनाहरु ः
– तपाईको फोक्सोमा कालो दाग छ खै के हो के हो, म त यसै भन्न सक्दिन, तपाई एकपल्ट जापान जानोस म रेफर गरिदिन्छु, मलाई पनि साथै लग्नु हुन्छ कि । 
– अँ, तपाईलाई यो भको हो कि जस्तो लाग्छ तर खै मैले त खुट्याउन नै सकिन बरु म रेफर गरिदिन्छु बैकंकतिरै लाग्ने कि । 
– ए तपाईलाई त सेतो दाग देखिएछ, यो त क्यान्सर पनि हुनसक्छ । थाहा पाउनलाई खै के के जाँच गर्नुपर्छ मलाई त्यति आइडिया पनि भएन, फेरि क्यान्सर नै रहेछ भने उमेर ले गर्दा अपरेशन गर्न मिल्छ कि मिल्दैन भन्न सक्दिन, रेडियो थेरापि गर्न प¥या भने पनि खै नेपालमा के गर्नु । त्यसैले बरु अमेरिकै जाउ, बरु म पनि साथै जाउला, एकचोटि अमेरिका घुम्न रहर थियो, एक्लै जाउ एम्बेसीले भिषा नदेला, बिरामी लिएर जाँदा त कसो नदेला त । म रेफर गर्छु । 
अब यो देशमा साच्चै डाक्टरी पेशालाई आफ्नो धर्म र अधिकार ठान्ने र आफ्नो योग्यता र क्षमतामा बिश्वास हुने डाक्टरको साच्चै खडेरी परैकै हो त । 
कस्तो रोग भएका बिरामिलाई बिदेश रेफर गर्ने भन्ने कुनै मापदण्ड छ कि छैन, भए त्यस अनुसार भएको छ या छैन यस्को खोजी नीति गर्नपर्ने मेडिकल काउन्सिलले हो कि हैन ? यसमा डाक्टर हरुले आवाज उठाउनुपर्ने हो कि हैन ? के यो देशका सबै डाक्टर असक्षम नै हुन् त, किनकि राज्यको ढुकुटी रित्याएर विदेश उपचार गर्न जाने भनेको त यहाँ सम्भव नभएर नै हो । हैन आफ्नै सम्पत्ति खर्च गरेर जानेलाई त जहाँ उपचार गराए पनि आफ्नो इच्छाको कुरा ।
यस्तोमा यस बिकृति बिरुद्ध लडिरहेका डाक्टर गोबिन्द केसी जस्ताका आवाज त मेडिकल माफिया, डनका पैसा लगानी गरेर अस्पताल चलाmने राजनीतिक दल, भ्रष्ट प्रशासन र बिबेकहीन सरकारले दबाइरहेछ । यस सम्बन्धमा कोही डाक्टरसा’बहरुले प्रतिकृया दिनुहुन्छ कि ? किनकि डाक्टर गोविन्द केसीको अनशनले २०४६ अघिकै डाक्टरको परिकल्पना गरेको हुनुपर्छ । 



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com