युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 12.18.2017, 11:55pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
दुई प्र.म. बीचका दुई “गुफ्तगु भेट” को रहस्य (?)
Tuesday, 08.29.2017, 11:55am (GMT+5.5)

- तारा सुवेदी

प्रधानमन्त्री शेरबहादुर देउवाले गएको हप्ता पाँचदिने दिल्ली भ्रमण पूरा गरेर फर्किनु भएको छ । वहाँ दिल्ली व्यक्तिगत कामले जानु भएको होइन । २०५२ भदौ २४ गते प्र.म. भएपछि प्र.म.कै हैसियतमा भ्रमण गरेपछिको यो चौथो पटकको प्र.म.को हैसियतको औपचारिक भ्रमण थियो । यसरी हेर्दा वहाँको सिंहदरबारको सत्ता सिंहासन प्राप्तिपछिको दिल्ली दरबारको “महान् राजनीतिक तीर्थयात्राको रस्म” पूरा भएको छ । 
कुनै मित्रले यसलाई “एउटा मुस्लिमको कठिनतम ‘महान् हजयात्रा’को सम्पन्नता भनेर भन्नु हेर्नु पर्ने” भने । किन, एउटा हिन्दु (धर्म माने नमानेको जे भएपछि) सनातनीका सन्तानको औपचारिक परिचय परिवर्तन नगरेका “शेरबहादुर देउवा” को विशुद्ध धार्मिक दृष्टिले महाभारतपूर्व, अनादिकाल देखी नै पवित्रतम मानिँदै आइएको हस्तिनापुरको राजनीतिक यात्रालाई एउटा मुस्लिमको “मक्का मदिनाको हज” (तीर्थ) यात्रासँग जोडेर हेर्नुपर्ने” भन्नु उपयुक्त हुने ठाने  “धेर समय मनमथिङ्कल खियाएँ । उत्तर नपाएर उनैलाई सोधेँ किन “मक्का मदिनाको हजयात्रा” भनेको ? उत्तर सहज र सामान्य र सरल रहेनछ । “कट्टर मुस्लिम धर्मावलम्बीले मक्का मदिना जानु भनेको आफूले खुदा÷अल्लाहसँग दुआ (कृया) माग्ने, र आफूसँग भएको केही न केही दान गरेर फर्किने कार्य हो । नेपालका प्रधान मन्त्रीले पनि नेपालको शासन ‘सत्ता’ दिल्ली दरबारकै परम कृपाबाट प्राप्त गर्ने हुन् । उनको कार्यकालको आयु, त्यसबीचका संकट र ती सबैबाट मुक्ति पनि उही हस्तिनापुर वासीको कृपा र मायाजालको खेल हो । अनि, यति भनिसकेपछि थप व्याख्या अझै आवश्यक छ ?” म अवाक् भएँ । 
जेहोस्, यसै स्तम्भको केही पहिलेको अंकमा उल्लेख गरेको थिएँ “नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको कुबेलाको यात्राले नेपाललाई लाभ होइन बढी हानी हुने छ” । प्र.म.लाई सत्ता नियन्ता “नेपाली जनताको साथ, सहयोग, समर्थनबाट भन्दा पनि दिल्लीका कृपाबाट मात्र पुनः (चौथो पटक) प्रधान मन्त्रीको पगरी गुथ्न सफल भएको” लघुता बाँध र दासताको मनोदसाले दिल्ली दरबारमा घुँडा र मत्थाटेक्न जाने हुटहुटीले सतायो । त्यसैले गर्दा साइत, समय, मौका बैमौका नहेरी दौडिएको देखिँयो । 
यद्यपि नेपालका राजनीतिक पेशा व्यवसायीहरु, उच्च तहमा पुगेका वा पुग्न चाहनेहरुले मात्र होइन । अरु पनि पेशा व्यवसाय गर्नेहरुजस्तै “भारतकै भरमा आफ्नो र पेशा व्यवसायको भाग्य भविष्य निर्भर भएको” मान्दछन्, ठान्दछन् । फरक यत्ति हो, आम सर्वसाधारण नेपालीहरु “स्वास्थ्योपचार देखी विभिन्न मठ मन्दिर, साधुसन्तको दर्शनको लागि” भनेर नै जान्छन् । राजनीतिक पेशा व्यवसाय गर्ने र उच्च पदमा भएका वा पुग्न चाहनेहरु कहिले “स्वास्थ्योपचारको वहानामा, कहिले तीर्थाटनको नाममा “स्वाथ्र्योपचारमा” जाने गर्दै आएका थिए, गर्छन् । त्यो स्वाभाविक नै भईसकेको छ । शेरबहादुर देउवा पनि प्र.म. हैसियतमा जसरी औपचारिक तामझामका साथ गए, सामान्य सांसद वा पार्टी नोको रुपमा हुँदा धेरै पटक स्वास्थ्योपचार वा ‘मित्र–मिलाप’ जस्ता अन्य कुनै वहानामा दिल्ली पुग्ने गरेका थिए । यस पटक पनि प्र.म. भएपछि “दाम राख्ने रश्म” पूरा गर्न गए । 
तर “नरेन्द्र भाई दामोदर मोदी” जस्ता चरम चतूर भारतीय प्रधान मन्त्रीले नेपालको संविधान जारी भएपछि जसरी कूटनीतिक शब्दावलीमा सबैभन्दा सोझा (त्यसैले कतिपयले “लाहुरे प्र.म.”पनि भन्ने” गरेका होलान्) शेरबहादुरलाई “आफ्नो (मोदीको) पार्टी भाजपाका आज्ञाकारी पार्टी राजपालाई” स्वीकार्य हुनेगरी नेपालको संविधान संशोधन गरी–गराई “मोदीको चहैत पार्टी” (राजपा)का माग पूरा गर्ने गराउने वचनबद्ध गराए । त्यस्तै डोक्लामको मुद्दामा आतिथ्यता प्रदान गरिरहेको एउटा छिमेकीको भलाई र स्वार्थ अनुकुल हुने गरी “डिफेन्सका क्षेत्रमा आगामी दिनमा नेपाल र भारतको सेनाका बीचमा गहिरो सहकार्य अगाडि बढाउने “प्रतिबद्धता व्यक्त गर्ने, “एकीकृत सुरक्षा जाँच प्रणालीको निर्माण कार्यलाई अगाडि बढाई भैरहवा र नेपालगञ्जमा पनि निर्माण गर्ने” र संयुक्त राष्ट्र संघको स्थायी सदस्यका लागि भारतको उम्मेद्वारीमा नेपालले समर्थन गर्ने”जस्ता भारतीय प्रस्तावमा ल्याप्चे ठोक्न लगाईयो । संविधान संशोधनको प्रस्ताव असफल गराएको नेपालको नितान्त आन्तरिक राष्ट्रिय विषयलाई मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा सार्वजनिकीकरण गरियो, ती सबैको तात्कालिन र दीर्घकालिन प्रभाव नेपालभित्र कस्तो पर्दछ ? पर्खेर हेर्नुपर्ला । तथापि राम्रो भन्दा बढी नराम्रो बढी होला । धेरैको यस्तै आशंका र अविश्वास रहेको देखिन्छ, बुझिन्छ । 
तुष्टीकरणको नीतिको निरन्तरता 
“नेपाल कहिल्यै पनि कसैको उपनिवेशित मुलुक भएन, रहेन” भनेर अन्तर्राष्ट्रिय जगत्मा जति झ्याली, पिटे पनि धेरै पहिलेको त नभनौं राणा–अधिवंशवादी निरंकुश स्वेच्छाचारी शासन प्रणाली अन्तर्गत शासन सत्ता नियन्ता बनेका राणा श्री ३ हरुदेखि गणतन्त्रकालका अहिलेसम्मका प्रधानमन्त्री शेरबहादुर देउवा र उनको नेतृत्वका सरकार मध्ये (केही विरलाकोटी प्र.म. र सरकार बाहेक) सबैले तुष्टीकरण नीति (अपिजमेण्ट पोलिसी) अख्तियार गरेका थिए । देउवाले आफू अझ बढी साखुल्ले वा बढी “भारतनिकट नेता” सावित हुने उद्देश्यले हो कि उनले निकै खातिरदारी पाएको देखियो । सायद अहिलेसम्म दिल्लीदरबारका नजरमा “अमेरिकी खेमाका काँग्रेसी नेता” भनेर भानिएकोले त्यसबाट मुक्त देखिन पनि हुन सक्छ, कूटनैतिक मर्यादा र राष्ट्रिय अस्तित्व, अस्मिताको साथै संवेदनशील अवस्थाबाट गुज्रिएको नेपाल र नेपाली जनमानसमा उत्पन्न हुनसक्ने आशंका र अविश्वासको पर्वाह नगरी, देउवाले एउटै संक्षिप्त भ्रमणकालमा दुई पटक “समकक्षी” भनिने मानिने प्र.म. नरेन्द्र मोदीसँग एक्लाएक्लै (वान टु वान) भेट गरेको सार्वजनिक भयो । 
यद्यपि नेपालका लागि एउटा पूर्वराजदूतले भनेजस्तो “नेपालका एक दुई वटा बाहेक सबै जसो प्रधानमन्त्रीले यस्तो एक्ला एक्लै (वान टु वान) भेटमा (बजार गर्न जाँदाको सूची (सपिङ्क लिष्ट) निकाल्ने र त्यस्मा राष्ट्रिय सरोकारका विषयहरु नभई ‘आफन्तहरुका लागि राम्रो सरकारी मेडिकल, इन्जिनियरिङ्क कलेजमा छात्रवृत्तिको सीट माग गर्ने, सरकारी अस्पतालमा उपचार गराईदिने व्यवस्था गर्ने’ माग गर्ने गरेका” पूर्व वत्र्तीको वींडो थाम्ने कमजोर काम देउवाले पनि गरेनन् भन्न नसकिएला । 
तर एउटा (उत्तरी) छिमेकीसँग वाकयुद्धमा उत्रिएको अर्को मित्रराष्ट्रका (मोदी) समकक्षीसँग बीचको    (अन्तरावर्ती) र रणनीतिक दृष्टिले ज्यादै महत्वपूर्ण र संवेदनशील स्थितिको ‘साह्रै कमजोर मुलुकमा प्रधानमन्त्री (देउवा)ले दुई दुई पटक एक्ला एक्लै एकान्त गोप्य वार्ता गर्दा अर्को शक्तिशाली छिमेकी मुलुक (चीन) का मनमस्तिष्कमा के कस्तो आशंकाको कालो बादलले ढाक्ला, कस्तो अविश्वास र अविश्वास पैदा होला । त्यसतर्फ पटक्कै हेक्का राखेको देखिएन देउवाले ।
त्यतिमात्रै होइन । आफ्नै मुलुकमा आगामी २ असोजमा २ नं. प्रदेशको स्थानीय तहको निर्वाचन सम्पन्न हुन गई रहेको छ । त्यसमा मोदीको भाजपाको कठपुतली मानिएको ‘राजपा’ले आफ्नो वहिष्कारको अडान छोडेर पहिलो पटक सहभागी हुने घोषणा गरेको छ । त्यसको लगत्तै हुने भनिएको प्रदेश र संघीय संसदको निर्वाचनमा अहिलेको सत्तारुढ ने.का. र माओवादी नेतृत्वको गठबन्धनको प्रमुख प्रतिद्वन्द्वी एमाले नै देखिएको छ । हालै सम्पन्न दुई चरणका स्थानीय तहका निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनलाई एमाले एक्लैले धेरै पछाडि पारेर शीर्षस्थ बनेको छ । मुलुकको समग्र राजनीतिक परिवेशको विश्लेषण र अध्ययन गर्नेहरुले” “प्रान्तीय र संघीय संसदको निर्वाचनमा पनि एमालेले अरु दलहरु–खास गरी ने.का., माओवादी, राजदलको गठबन्धन हुने र त्यसलाई एक्लै वा राष्ट्रियता सार्वभौमिकता पक्षधरहरुको साथ लिई परास्त गर्दै राष्ट्रवादी शक्तिको सरकार निर्माण गर्नेछ ।” भन्ने अनुमान गरिरहेका छन् । 
सबैलाई थाहा छ, नेपालमा अहिले (भारतीय नाकाबन्दी पछि) अझ ठेठ रुपमा “राष्ट्रवादी, दुवै छिमेकीहरुसँग सममैत्री, समदूरी सम्बन्धवादी, सार्वभौम स्वतन्त्रता, राष्ट्रिय अक्षुण्णता, अखण्डतावादी” शक्ति र आत्म समर्पणवादी–जसलाई लम्पसारवादी पनि भन्न थालिएको छ – भारत परस्तवादी बीचमा नै प्रतिस्पर्धी छ । साथै “सार्वभौम स्वतत्रता र स्वाधीनताको कठिन बाटो” र “आत्मसमर्पण र दासताको सहज बाटो” कुन रोज्ने यही मुद्दाकै निर्वाचनको प्रमुख विषय बन्ने छ । यस्तो देशको राजनीतिक परिस्थिति र परिवेश विद्यमान वा निर्माण भइरहेको रंगीन अवस्थामा “संविधान संशोधनको आफ्नो नेतृत्वको गठबन्धन सरकारको प्रस्ताव प्रमुख प्रतिपक्षीको विरोधको कारण असफल भएको र अब दुई तिहाईबाट भारतको चहैत भनिएको मधेस स्वायत्त स्वतन्त्र प्रदेशको माग उठाउँदै अहिले राजपाको नामबाट एक भएका विखण्डनवादीहरुका माग संवोधन गर्दै संविधान संशोधन गर्ने” सार्वजनिक संयुक्त पत्रकार सम्मेलनमा प्रतिबद्धता व्यक्त गरेका प्र.म. देउवाले नरेन्द्र मोदीसँग दुई पटकको एक्ला एक्लै (एकान्त) वार्तामा के गुफ्तगु गरे होलान् ? सहजै अनुमान गर्न सकिन्छ” धेरैको मुखबाट अहिले यस्तै सुनिँदैछ । 
हुन पछि पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा धेरै अगाडि पुगेको (विजेता) एमालेलाई २ नं. प्रदेश को स्थानीय तहको निर्वाचन देखी प्रदेश र संघको संसदीय निर्वाचनमा अगाडि जानबाट रोक्नु सरकारको निति जति फलामको चिउरा चपाउनु र पचाउनु जस्तो कठिन भएपनि चपाउनु र पचाउनु अनिवार्य र अपरिहार्य पनि देखिन्छ । यदि एमालेलाई विजयको सगरमाथा चढ्नबाट रोक्न (देउवा सरकार) सफल भए मात्र त्यसपछि देउवा आज जस्तै सत्ता नियन्ता वन्न पाउनेछन् । काँग्रेस पार्टीको नेतृत्वको अवसर नै पाइरहनेछन् । सार समष्टिमा भन्ने हो भने “नेका माओवादी र सत्ता लोपहरुको गठबन्धन निर्वाचन परिणाम आए लगत्तै चकनाचुर भएर फुट्ने छ । देउवा प्रचण्डहरुको उचाई एकाएक झरेर पातालतिर धस्सिरहेको हुनेछ । यसैले यस्तो “जीवन मरण”को निर्णायक निर्वाचनको संगीन संक्रमणको स्थितिमा देउवा दिल्ली पुगेका थिए । 
यो पनि कसैबाट कतै लुकेको वा अस्पष्ट भएको कुरा होइन थिएन । “नेपालको राजनीतिको निर्णायक शक्ति नेपाली जनता नभएर दिल्ली नै हो । दिल्लीले जस्को शीरमा ताजपोश देख्न चाहन्छ, उसैलाई नैपालीले चाहेर नचाहेर पनि ताजपोशी बनाउँदै आएको छ बनाउँछ” । नेपालभित्र मात्र होइन संसारभरका सचेत वर्गमा  यस्तो अमीट छाप परेको छ । भारतीयहरुले मधेसवादीहरुलाई अग्रपंक्तिमा उभ्याएर गरिएको महिनौं लामो नाकाबन्दीको चरम पीडाबाट विच्किएका नेपाली मतदाताको साथ सहयोग नेपालको राष्ट्रवादीतिर जानसक्ने जुन सम्भावना छ, त्यसलाई रोक्न वा फर्काएर आफ्नो पक्षमा बनाउन सत्तारुढ गठबन्धनको बलबुताबाट असम्भव प्राय देखिएको धेरैको अनुमान छ । 
यस्तो आसन्न महासंकटको पहाड अगाडि तेर्सिएको बेला “जसको हात र साथले सहज संकट मोचन हुन सक्ने प्रसस्त संभावना छ, जसका जन, धन, गन, डन हरुले संकटको पहाड सहजै पन्छाएर आफ्नो सिंहदरबारको पुन प्रवेशलाई सहज र सफल बनाइ दिन सक्छ, त्यो परम शक्ति हातमा लिएका व्यक्ति मोदीसँग दुई पटक एकान्त (एक्लाएक्लै) “गुफ्तगु” गर्दा के माग गरियो, छलफल गरियो होला ? पक्कै कफीको चुस्की (मोदीसँग ह्विस्कीको चुस्की नचल्ने भएपछि) मा “हिजोका फुर्सदिला दिन कस्ले कसरी बिताएको थियो ?” भन्ने विषयमा गफ गर्दै त पक्कै समय विताइएन होला । 
अहिलेको नेपालको “एमाले” नाम र नेतृत्व भलै उही भएपनि हिजोको एमाले भन्दा तात्विक रुपमा धेरै फरक छ । ऊ आजको सत्तारुढ गठबन्धनलाई दर निकार गरेर आफूलाई सत्ता नियन्ता बनाई देऊ भन्न दिल्ली दरबारसामु गएर घुँडाले टेक्दै गिडगिडाउने वाला छैन । बरु “हामी समर्पणवादीहरुसँग मात्र होइन, समर्पण वादीका शक्ति केन्द्रसँग नै लड्न भिड्न तयार छौं” भन्ने हैसियतमा देखिँदो छ । 
जेहोस्, यसरी दास र मालिक जस्तो हैसियतका दुई नेतावीचको हालै दुई दिनको फरकमा भएका (सम्पन्न) एक्ला एक्लै (वान टु वान ) “गुफ्त गु” वार्ताले सरकार र गठबन्धनका लागि जति शुभलाभ पूर्ण भयो होला, नेपाल र नेपालीका लागि भने सायद त्यत्ति नै अनिष्टकर परिणाम दावी बन्न सक्छ । तथापि पशुपतिनाथसँग प्रार्थना गरौं, प्रधानमन्त्रीको भ्रमणबाट देशलाई अनिष्ट नहोस् । अन्तुष्टिकरणको नीतिको परिणतिबारे अन्तर्राष्ट्रिय अनुभव र नेपालको विगतबारे थप चर्चा भनेपछि फेरी होला ।       


Rating (Votes: )   
Share     Print


Other Articles:
स्वास्थ क्षेत्रको लगानीस् नाफा कि सेवा ? (08.29.2017)
नयाँ भनेको इतिहासै मेट्नु हो ? (08.15.2017)
प्र.म.को भारत भ्रमण कुबेलामा नै हुन लागेको भएपनि सफल होस् (08.15.2017)
संघीय¬जातीय उन्माद र दुष्परिणाम (08.08.2017)
सीमा युद्ध र संरक्षणको प्रश्न (08.08.2017)
विवेकसम्मत परिवर्तन ः आजको खाँचो (07.26.2017)
यस्तै नै हो भने- तारा सुवेदी (07.26.2017)
प्रयोग र परीक्षणमै जुग जाने भो (06.28.2017)
“गोर्खे” मरिरहेछन्, गोर्खाल्याण्ड जलिरहेछ- गोर्खाली “नीरोहरू” ठुमरी खेलिरहेछन्, किन ? (06.28.2017)
लोकभय र लोकलाज पचाएका छद्मभेषी लोकतन्त्रवादी (06.22.2017)
भरतपुर काण्डले देखाइदियो देश कसरी चलेको छ ? (06.22.2017)
राजपाको आन्दोलन र निर्वाचन सार्ने निर्णयले उब्जाएको प्रश्न (06.22.2017)
यद्भविष्यवादीको चकचकी (06.15.2017)
महाभारतको पुनरावृत्तिको भय (06.15.2017)
राजनीति गर्ने व्यवसायी हैन योगी बन्नुपर्छ (05.31.2017)
हामी प्रजातन्त्र, गणतन्त्र हुँदै भाँडतन्त्रतिर लाग्दै त छैनौं (05.31.2017)
निर्वाचन मतगणना ः उपहासको स्थिति (05.24.2017)
“द्रुतराजमार्ग” का सन्दर्भ (05.24.2017)
खोई जनताका आवाज सुन्ने ठाउँ ? (05.17.2017)
दिनको लक्षण बिहानीले दिन्छ (05.17.2017)



 
::| Latest News

 
[Page Top]