युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:11am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सवारी चालक सभ्य र शिक्षित भैदिए‘
Tuesday, 09.12.2017, 11:54am (GMT+5.5)

–  गीता श्रेष्ठ
“सार्वजनिक यातायातका साधनमध्ये माइक्रोबसमा हुने कोचाकोच र यात्रुप्रति हुने दुव्र्यवहार नियन्त्रणको जिम्मा कस्को हो ?” काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधको अव्यवस्थापनमाथि अनि यात्रुहरुको सुरक्षा र सुविधाभन्दा नाफाखोरहरुको स्वार्थ हावी भएको प्रवृत्तिमाथि । त्यसैले होला केही समय अघि एउटा बहस चलेको थियो– सार्वजनिक यातायातका साधन चलाउन कम्तिमा एसएलसी उत्तीर्ण गरेकालाई मात्र अनुमतिपत्र दिने व्यवस्था गर्नुपर्छ भन्ने । गाडी चालकका लागि स्पष्ट मापदण्ड नहुँदा यो पेशालाई मान्छे मार्ने पेशा पनि भन्न थालिन्छ । दुर्घटना भएमा उपचार गराउनुको साटो गाडी ब्याक गरेर मार्नु वेश ठान्छन् चालकहरु । उनीहरुमा अलिकति पनि दया देखिंदैन ।
सार्वजनिक सवारी साधनका चालक हुन कम्तिमा एसएलसी किन उत्तीर्ण गरेको हुनुपर्छ ? त्यसले समाजलाई के लाभ दिन्छ भन्ने प्रश्न उठाउन सकिन्छ र उठ्छ पनि । केही नजानेका, गर्न नसक्नेहरु ड्राइभर–खलासी हुन्छन् भन्ने गलत मान्यता स्थापित भएको हाम्रो देशमा सवारी चालकलाई स्वरोजगार वा रोजगारी मान्ने नै गरिन्न । यहाँ विषय रोजगारको हैन– सवारी अनुशासनको हो, नियमको हो, नैतिकता र मर्यादाको हो ।
सबैलाई एउटै टोकरीमा राखेर हेर्नु हुँदैन । तर, उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनका चालक र सहायकहरुको व्यवहार हेर्दा लाग्छ उनीहरुले मर्यादा भन्ने सिकेकै छैनन्, नैतिकता पटक्कै छैन, अनि अनुशासनको त कुरै नगरौं । अब प्रश्न उठ्यो के त पढेलेखेकाले चाहिं यी सबै पालना गरेका छन् त ?
पक्कै पनि, देश विगारेको पढेलेखेकाले नै हो । इन्द्रचोकमा भारी बोक्नेले देश विगारेको हैन । तर, यो सब नजानेर हैन, जानेर हो । उनीहरुको व्यक्तिगत स्वार्थले गर्दा हो । उनीहरुमा भएको ज्ञान र क्षमता देशका लागि प्रयोग गर्नुको साटो आफ्नै लागि मात्रै गर्नाले हो । यसो भन्दैमा सबैलाई गलत मान्न सकिन्न भने कम पढेकाले राम्रो कामै गरेका छैनन् भन्न पनि मिल्दैन । यही सन्दर्भमा पर्दछ नेता र सवारी चालकको शैक्षिक योग्यताको प्रश्न ।
राम्रो काम गर्नेे शैक्षिक योग्यताको प्रमाणपत्रले नभै उच्च नैतिक र चारित्रिक बलले हो । उच्च नैतिकता र चरित्रबल भएकाहरुमा अलिकति शैक्षिक ज्ञान पनि भरियो भने त्यसले सुनमा सुगन्ध फैलिन्छ । मेहेनत गरेर हात–मुख जोर्ने र अरुको पसिनामा खानेहरुबीचको अन्तर ज्ञानको स्तरले निर्धारण गर्दछ र समाजमा अनुशासन कायम गर्न पनि त्यस्तै पात्रहरुको आवश्यकता पर्दछ ।
अब सन्दर्भ जोडौं सार्वजनिक सवारी चालक अनुमति लिन कम्तिमा एसएलसी उत्तीर्ण किन हुनुपर्ने ? आज काठमाडौंको सार्वजनिक यातायात हेर्ने हो भने नियम कानुनको पालना, मर्यादा र यात्रुहरुलाई गरिने व्यवहारले नै स्पष्ट पार्छ उनीहरुलाई नैतिक कति आवश्यक छ भन्ने । यहाँ महत्वपूर्ण प्रश्न के हो भने एसएलसी उत्तीर्ण गर्दैमा नैतिकवान र अनुशासित कोही पनि हुँदैन । यसको साटो उनीहरुलाई नैतिक शिक्षा, यात्रुहरुलाई गर्ने व्यवहारको प्रशिक्षण अनि सवारी नियमको राम्रो ज्ञान दिलाउनु आवश्यक छ । साहुलाई तोकिएको रकम तिर्नुपर्ने बाध्यतामा रहेका चालक र सहायकहरुले जसरी हुन्छ बढीभन्दा बढी यात्रु ओसार्नु बाध्यता हो । यसैले उनीहरु नियम मिचेर, अनुशासन कुल्चेर, नैतिकता भुलेर काम गर्छन् । यो उनीहरुको बाध्यता हो ।
उपाय के त ? हो उपाय जत्ति पनि छन् । जिम्मेवार निकाय, व्यवसायी, कर्मचारी सबैले आफूलाई इमानको टोकरीमा राख्न सक्नुप¥यो । चालक अनुमतिपत्र दिंदा नै अनुशिक्षण तालिम दिने, योग्यलाई मात्र अनुमतिपत्र दिने, सडकमा सवारी नियम पालना गराउन बस्नेहरुले इमान्दारीपूर्वक काम गर्ने, यातायात व्यवसायीहरुले केवल मुनाफा मात्र नहेरी यात्रुको सुविधालाई पनि ध्यान दिने हो र आफ्ना कर्मचारीलाई त्यस्तै निर्देशन दिने हो भने समस्याको समाधान सजिलै हुन्छ ।
तर, त्यो सम्भव छ त ? यथास्थितिको विश्लेषण गर्ने हो भने यो सम्भव नै देखिंदैन । किनभने सिंहदरबारदेखि नै थिति विग्रिएको छ । नियम कानुनन पालना गर्ने, गराउनेहरु नै यसको अंकुशमा बस्दैनन् भने बिचरा मजदुरलाई मात्र दोष दिएर के गर्ने ? एउटा कुरा चाहिं पक्क हो– उनीहरुमा सवारी चालकको दक्षतासंगै अलिकति ऐन, नियम, कानुन, अनुशासन, मर्यादा र नैतिकताको ज्ञान भैदियो भने त्यसले सडक अनुशासन, यात्रुको मर्यादा र जीवन रक्षाका लागि सहायक हुन्छ । त्यसैले एसएसलीको चर्चा चलेको हो ।
गाडी चलाउन एसएलसी चाहिने भए के देश चलाउन चाहिं नपढे पनि हुने त ? यो प्रश्नको उत्तर जति पेचिलो छ उत्तर पनि त्यस्तै त्यस्तै हुन आउँछ । देश चलाउने एकजनाले हैन, एउटा कम पढेको मन्त्री बने पनि उसमा इमान्दारीता छ भने उसले आफ्ना सल्लाहकारहरुबाट काम चलाउँछ, सचिव, सहसचिव लगायत दक्ष कर्मचारीहरुबाट राम्रो नतिजा दिनसक्छ । कम पढेका मन्त्रीहरुले राम्रो काम गरेका र धेरै पढेकाहरुले सिन्को नभाँचेका उदाहरण पनि नेपालमा छन् ।
तसर्थ एउटा चालकलाई एसएसली वा त्यस्तै शिक्षण प्रदान गर्नु नितान्त आवश्यक छ । यो प्रमाणपत्रको पावन्दी लगाएर हैन, स्पष्ट तालिमको व्यवस्था गरेर मिलाउनु आवश्यक छ । अनि सार्वजनिक यातायातका साधनको चालक बन्न उमेरको पनि स्पष्ट हदबन्दी चाहिन्छ । आज जुँघाको रेखी नबसेका युवा चालक बन्छ र दुर्घटना गराउनेदेखि अन्य तमाम समस्या त्यस्तैले सिर्जना गरिरहेका हुन्छन् ।
शिक्षा भनेको प्रमाणपत्रको माला लगाउने हैन, त्यसलाई व्यवहारमा उतार्ने हो । एउटा सवारी चालकका लागि सवारी नियमको गहिरो ज्ञान, त्यसको पालनामा उसको दृढता अनि यात्रुहरुलाई गर्ने सम्मान नै उसको योग्यता हो । तर, यो योग्यता कतिमा कायम छ भने धेरैमा छैन । यसर्थ उनीहरुलाई नैतिकवान र मर्या्दित बनाउनैपर्छ ।
जिम्मेवार महानुभाहरु ! केही समय काठमाडौंका सडकमा गुड्ने माइक्रो–मिनीबसहरुमा यात्रा गर्नुस् अनि यो विषय कति आवश्यक छ र कति महत्वपूर्ण छ भन्ने थाहा हुन्छ । सडक अनुशासनका लागि चालक–व्यवसायी–यातायात व्यवस्थापन गर्ने सरकारी निकाय अनि ट्राफिक प्रहरी सबैले हातेमालो गरे मात्रै सम्भव छ । चर्चा पाउनककै लागि यस्तो र उस्तो नियम ल्याएर केही अर्थ छैन ।
(नेपालजापान डट कमबाट साभार)


Rating (Votes: )   
Share     Print


Other Articles:
“माझी” र “मोदी” (09.12.2017)
कुलो भत्काउने– पानी आएन भन्ने ? (09.06.2017)
भ्रष्टाचारीका पक्षधरहरुको मनोविज्ञान (?) (09.06.2017)
अब पद्धति नै फेर्नेतिर सोच्नुपर्ने हो कि (08.29.2017)
दुई प्र.म. बीचका दुई “गुफ्तगु भेट” को रहस्य (?) (08.29.2017)
स्वास्थ क्षेत्रको लगानीस् नाफा कि सेवा ? (08.29.2017)
नयाँ भनेको इतिहासै मेट्नु हो ? (08.15.2017)
प्र.म.को भारत भ्रमण कुबेलामा नै हुन लागेको भएपनि सफल होस् (08.15.2017)
संघीय¬जातीय उन्माद र दुष्परिणाम (08.08.2017)
सीमा युद्ध र संरक्षणको प्रश्न (08.08.2017)
विवेकसम्मत परिवर्तन ः आजको खाँचो (07.26.2017)
यस्तै नै हो भने- तारा सुवेदी (07.26.2017)
प्रयोग र परीक्षणमै जुग जाने भो (06.28.2017)
“गोर्खे” मरिरहेछन्, गोर्खाल्याण्ड जलिरहेछ- गोर्खाली “नीरोहरू” ठुमरी खेलिरहेछन्, किन ? (06.28.2017)
लोकभय र लोकलाज पचाएका छद्मभेषी लोकतन्त्रवादी (06.22.2017)
भरतपुर काण्डले देखाइदियो देश कसरी चलेको छ ? (06.22.2017)
राजपाको आन्दोलन र निर्वाचन सार्ने निर्णयले उब्जाएको प्रश्न (06.22.2017)
यद्भविष्यवादीको चकचकी (06.15.2017)
महाभारतको पुनरावृत्तिको भय (06.15.2017)
राजनीति गर्ने व्यवसायी हैन योगी बन्नुपर्छ (05.31.2017)



 
::| Latest News

 
[Page Top]