युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
दीजीको नीति नियत र पुरीको भ्रमण ?
Tuesday, 11.07.2017, 11:00am (GMT+5.5)


- तारा सुवेदी
आसन्न महानिर्वाचनका लागि लोकतान्त्रिक गठबन्धन बनाउन असफल राजदूत मञ्जिव पुरी धनुषा पुगेको समाचार सार्वजनिक भयो । नेपाल एउटा एशियाको मात्रै नभई विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएका दुई उदीयमान शक्तिशाली राष्ट्र बीचको सानो विकासोन्मुख, गरीब र विपन्न वर्गको बाहुल्यता भएको, तर दुवै छिमेकी जस्तै सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो । साथै इतिहासमा कहिल्यै कुनै पनि उपनिवेशवादीले आफ्नो भूत्व स्थापना गर्न नसकेको, सदास्वशासित, स्वतन्त्र मुलूक हो । भिन्न र झण्डै विरोधाभासी राजनीतिक दर्शन, सिद्धान्त र शासन प्रणालीका माध्यमबाट विकासको बाटोमा तिव्रता रुपमा अगाडि बढिरहेका शक्तिशाली राष्ट्रहरुको अन्तरावर्ती राज्य (वफर स्टेट) पनि भनिन्छ नेपाल । 
त्यसैले नेपालले न दुवैसँग कहिल्यै प्रतिस्पर्धा गर्न खोज्यो, न वैरन शत्रुताको व्यवहार ग¥यो । न कुनैसँग अति घनिष्ठता र अर्कोसँग दूरताको भावना राख्यो । आफ्नो अति संवेदनशील भू–अवस्थितिलाई गम्भीर भएर आफ्नो परराष्ट्र नीतिको आधार सूत्र “पञ्चशील”लाई बनायो । हिजोको शीतयुद्ध कालखण्डबाट  प्रतिस्पर्धात्मक रुपमा विश्वका कतिपय राष्ट्र दुई ध्ूव भावि भक्त शक्ति केन्द्र मध्ये कुनै एउटा केन्द्रको निकट वत्र्ती भएर आफूलाई सुरक्षित महसुस गरिरहे । तर नेपाल जस्तो सानो राष्ट्रले पनि असंलग्न आन्दोलनको सशक्त सहभागिता जनाउँदै आयो । भलै, आज त्यो शीतयुद्ध कालीन अवस्थाबाट विश्व अगाडि बढि सकेको किन नहोस्, एकीकृत शक्ति केन्द्रको खतराबाट उन्मुक्त र पृथक बस्ने त्यो असंलग्नराष्ट्र समूह आजको तेस्रो विश्व भन्नेमा रुपान्तरित भएको छ, को अभियानको बाटो छोडेको छैन नेपाल हो । 
यद्यपि उक्त वस्तुस्थिति, परिस्थिति परिवेशको सशक्त विद्यमानताको उपस्थिति हुँदा हुँदै पनि नेपालको समाज, समुदायको संरचना, जातीयता, धार्मिक सोच संस्कार नेपालको भौगोलिक संस्थितिको जस्तै बहुलतापरक छ । जसरी मुलुक प्राकृतिक रुपमा विश्वकै उच्चतम हिमशिखरको दक्षिणी पाखोमा दक्षिणमूखी (दक्षिणतिर फर्केर) बसेको छ । त्यसैको सहज प्रभाव नेपालको सामाजिक संरचना, जीवन पद्धति र धार्मिक र सांस्कृतिक  व्यवहारले पनि दक्षिणमुखी देखिन गएको छ । सायद त्यही भौगोलिक सहज पहुँच, सन्निकटता र सामाजिक व्यवहारको घनिष्टता र परम्परागत सुसम्बन्धको कारणबाट पनि हुन सक्छ, दक्षिणी छिमेकीबाट नेपालको शासन प्रशासनका फाँटमा आफ्नो प्रभाव वा उपस्थिति सघन बन्यो । जुन अधिकांश नेपालीका लागि सहज सहय र वाञ्छनीय होइन भन्ने पनि परेको यदाकदाका घटना परिघटनामा स्पष्ट अभिव्यक्त वा प्रकट हुने गरेको छ । 
हो, नेपाल दुई विशालकाय राष्ट्रहरुको अन्तरावर्ती सानो राज्य हो । त्यसैले दुवै छिमेकीबाट एउटा निर्बल र निर्धन छिमेकीप्रति निस्वार्थ उदार सहयोग र सद्भाव पूर्ण व्यवहारको अपेक्षा गरिएको थियो । त्यो स्वाभाविक र नैसर्गिक मानिनु पर्दथ्यो । तर एउटा छिमेकीले उदार र उदात्त सहयोग गर्ने र नेपालसँग पञ्चशीलको आधारमा नै व्यवहार गर्ने गरी आएपछि अर्कोबाट बेलाबेलामा हरेक जसो आन्तरिक विषयमा अवाञ्छित हस्तक्षेप गर्ने, निर्णायक भूमिकाको अपेक्षा गर्ने दश पैसाको मद्दत गरे पछि दश रुपियाको प्तिफल पाउनुपर्ने, सोच राख्ने ठालूवादी र साहुका र शैलीमा हेप्ने अहंवादी र सोचबाट व्यवहार गर्ने गरेको भन्ने नेपाल नेपालीका मनमस्तिष्कमा गहिरो छाप पर्न गयो ।
मित्र भलै फेर्न सकिएटा, छिमेकी फेर्न सकिन्न, किनकि राज्य अचल अटल स्थीर हुन्छ । उसले राज्यले व्यक्ति वा समुदायले जस्तो गरी बसेको गाउँ ठाउँ छोडेर बसाई सर्न सक्तैन । त्यसैले ठूला सम्पत्ति साधन स्रोत सम्पन्न छिमेकीबाट ठूलै छाती देखाएर व्यवहार र सहयोग नगरिए पनि सँगै सुतेपछि कहिले काही घच्चा र खुट्टा लाग्नु सहज र स्वाभाविक हो । भलै त्यसरी एकाध पटक घच्चा र खुट्टा लागे पछि सावधनी अपनाइनु पथ्र्यौ । त्यो नै ठूलोको ठूलै छातीलाई सावित गर्ने व्यवहार ठानिन्थ्यो । 
“आत्मन प्रतिकूलानि परेषां न समाचरेत् ।”
हिन्दू धार्मिक ग्रन्थहरु सनातन हिन्दू धर्मावलम्बीहरुको सामाजिक चार विधि र जीवन दर्शनका आधार हुन् । ती सबै “नीति सूत्र”का रुपमा लेखिका छन् । र तिनीहरु परिपालन गर्नु प्रत्येक वृहद् हिन्दु सनातनीको मात्र नभई सबै बृहद् ओँकार परिवारको सदस्यहरुको परम कर्तव्य ठानिए, मानिएको छ । संयोग नै मान्नु पर्छ, दक्षिणी विशालकाय मुलूकका हालका शासक सत्ता नियन्ता “दक्षिणपन्थी कट्टर हिन्दु कठमुल्लावादी दलको नेता नरेन्द्र दामोदर दास मोदी बनेका छन् । सार्वभौम लोकसभामा उनी प्रतिपक्ष विहित छन् । सम्भवत नैहरु, इन्दिरा गान्धी आआफ्नो शासन कालमा जे जति शक्तिशाली थिए होलान्, मोदी अहिले तिनीहरुभन्दा अझ बढी शक्तिशाली भएको देखिएका छन् । कैयन् मेगा (बृह्द) आयोजनाको घोषणा र अहम्दावाद मुम्बई बीचको “बुलेट ट्रेन” जापानको ऋण सहयोग खर्चिने र निर्माण गर्ने, त्यसमा १० हजार करोड रुपिया खर्च हुने उनले जुन सार्वजनिक घोषणा गरे, त्यो उनको हैसियतको एउटा साक्ष्य हो भन्ने लाग्छ ।
यसरी सार्वभौम र सर्वोच्च लोकसभामा प्रतिपक्ष विहिन बनाई सत्तारुढ भाजकाको सर्वाधिकार सम्पन्न नेता देखिएका मोदीले अन्तर्राष्ट्रिय वातावरणले भलै नेपालको संविधान सभाले जारी गरेको धर्मनिरपेक्षता सहित र राजतन्त्ररहित “संघीय गणतन्त्रात्मक लोकतान्त्रिक शासन व्यवस्था प्रत्याभूति गर्ने” संविधानको ठाडै विरोध गर्न सकेनन् । तर राजतन्त्र र हिन्दुराष्ट्र विहीन नेपालले उनको भावना र सम्मान र सर्वशक्तिमत्तालाई नराम्ररी धक्कादिएको”, स्पष्ट देखे । संविधानको घोषणाको पूर्वसन्ध्यामा उनका परम विश्वास पात्र र हालका उत्तर प्रदेशका मुख्यमन्त्री महन्त आदित्यनाथ योगीले नेपालका हिन्दु राज्यवादीहरुद्वारा आयोजित बानेश्वरको सभामा “शदियौंदेखि नेपाल हिन्दुराज तन्त्रात्मक” राज्य थियो । अहिले विश्वमा एक मात्र हिन्दु राष्ट्र नेपाल मात्र हो, त्यसैले “नेपाल हिन्दु राजतन्त्रात्मक राज्य” नै कायम गर्नुपर्छ, हामीले कुनै पनि मूल्यमा, “हिन्दुराजतन्त्रात्मक मुलुक” कायम गरेरै छोड्ने छौं” भनेर जसरी भनेका थिए त्यसरी नै संविधानको घोषणा भए लगत्तै मधेशवादीहरुलाई शिखण्डीको रुपमा प्रयोग गरियो जारी संविधान संशोधनको वहानामा रद्दीको टोकरीमा फाल्न लगाउने खेल खेलियो । 
शुरुमा उल्लेख गरेझैं एउटा सार्वभौम स्वतन्त्र छिमेकी मुलुकका सार्वभौम नागरिकले आफूले निर्वाचित गरि पठाएका सभासद्हरुको ९२ प्रतिशतको अत्यधिक बहुमतले पारित गरेको संविधान विरुद्ध मुठ्ठीभर आफ्नो पेरोलका तत्वलाई उठाएर नेपालभित्र जे जस्तो बखेडा खडा गरियो, त्यसले कट्टर हिन्दुधर्मका परिपालक मोदीजीको नीति र नियत जग जाहे भएको छ । 
इन्दिर गान्धी र राजीव गान्धी कुन धर्म मान्दथे थाहा छैन । जब राजीव गान्धीसँग नेपाल आएकी सोनिया गान्धीले उनी गैरहिन्दू धर्मको भएको कारणले हिन्दूहरु मात्रैको नभई बृहद् विश्वकै आँेकार परिवारको समान आस्था, विश्वास र सम्मानको केन्द्र श्री पशुपतिनाथ मन्दिर परिसरभित्र प्रवेश अनुमति पाइनन् । त्यसै बेला देखि “नेपाललाई सिक्किमीकरण गर्ने इन्दिरा, राजीव, सोनिया र भारतीय नीतिलाई सशक्त रुपमा अगाडि बढाइयो । 
यहाँ एउटा नेपाल जस्तै दुई विशालकाय राष्ट्र बीचको स्वतन्त्र, तर सन् १९४९ एउटा सन्धीद्वारा परराष्ट्र मामिला र सुरक्षा सम्बन्धी केही अधिकार लिई बाँकी कुरामा स्वतन्त्रताको प्रत्याभूति दिइएको “स्वतन्त्र राजतन्त्रात्मक सिक्किम”लाई तत्कालीन भारतीय प्रधान मन्त्रीले निर्वस्त्र र निर्लज्ज भएर कसरी सैन्य बल प्रयोग गरी सन् १९७३ अफिलमा नाटकीय शैलीमा भारतमा विलप गराएकी थिईन् त्यो सबै उल्लेख गर्न सम्भव छैन । सिक्किमका लागि भारतीय राजदूत एस के दत्ता र अर्का पोलिटिकल अफिसरहरुले लेखेको “सिक्किम सागा” र फुटाउ र हन्त्याउ पढे इतिवृत्तान्त थाहा हुनेछ । 
नेपालको सार्वभौमिक स्वतन्त्रताको सुरक्षा आफ्नो हातमा राख्ने भारतीय नीति र नियत अंग्रेजी उपनिवेशबाट मुक्तभएदेखि आज पर्यन्त यथावत् कायम छ । कहिले त्यति प्रकटीकरण नभएको कुनै बेला छताछुल्ला हुने गरेको मात्र हो । “नेपालको संविधान संविधानसभाले बनाउनुपर्छ” भन्ने र नेपालको राजनीतिक दलहरुलाई विभिन्न कालखण्डका आन्दोलनमा मूल त्यस भारतीय चाहनालाई मुद्दा बनाउन लगाउने दिल्लीले दिएको दीक्षा र शिक्षा अनुसार संविधान सभाको निर्वाचन भयो । तर जसरी भारतीय हस्तक्षेपको पर्दा फास हुँदै गयो, नेपाल र नेपालीले पहिलो पटक दिल्ली भन्दा धेरै टाढाको नीति निर्देशन अनुसार संविधान बनायो र त्यसैले हिन्दूराष्ट्र एवं राजतन्त्र खारेज गर्ने काम ग¥यो भन्ने भारतले ठान्यो ।
अंग्रेजी उपनिवेशकालीन विशाल इण्डियासव कण्टिनेटका राज्यहरु बीसौं शताब्दीको पूर्वाद्र्धमा एकपछि अर्को गरी स्वतन्त्र हुन थाले । उपनिवेशकालीन इण्डिया “स्वतन्त्र भारत” भयो राजनीतिक दूरदृष्टि (पोलिटिकल भिजन) बाट मूलुकलाई कस्तो बनाउने भन्ने स्पष्ट दृष्टिकोण स्वतन्त्रता आन्दोलनका अग्रणी नेताहरु गान्धी नेहरुको भएपनि कसरी के कस्तो विधि प्रक्रिया माध्यमबाट नेतृत्वको दूरदृष्टिलाई कुन रणनीति र कार्यनीति अँगाली सफल बनाउन सकिन्छ भन्ने कुरा त्यहाँको अंग्रेजकालीन निजामती संयन्त्रलाई मात्र थाहा थियो । किनकि उनीहरु अंग्रेज शासकहरुबाट प्रशिक्षित र अनुभव प्राप्त थिए । 
त्यसैले आन्तरिक र बाह्य व्यवस्थापन सम्बन्धी रणनीति निर्माणको जिम्मा त्यहाँको निजामती शासक प्रशासकहरुले प्राप्त गरेका थिए । त्यही नीति अनुसार भारतको “नेपाल सम्बन्धी कूटनीतिक रणनीति” जुन निर्माण भएको थियो । त्यसैलाई “त्यस त्यस (भारत)ले दीर्घकालीन नीतिको रुपमा स्वीकार गरिसकेको थियो । त्यसरी उहिले नेहरु र इन्दिरा गान्धीको नेपाल सम्बन्धी नीतिको आधार जे बन्यो, अहिलेका प्रधानमन्त्री नरेन्द्रदास मोदीले हुकुमी शैलीमा परिवर्तन सक्ने स्थिति थिएन । जस्को परिणाम कट्टर हिन्दूवादी पार्टीका नेता मोदी सर्वाधिकार सम्पन्न प्रधानमन्त्री भएर पनि “नेपाललाई पश्चिमी मूलुकले जेजस्तो धर्मनिरपेक्ष राष्ट्र बनाउन चाहे, त्यसैअनुसार संविधान बन्यो । नेपालबाट राजतन्त्र फालियो भन्ने प¥यो । मोदीको नेपाल सम्बन्धी त्यस्तो व्यक्तिगत सोच र नीतिलाई त्यहाँको विदेश मन्त्रालय हाँक्ने निजामती संयन्त्रले कार्यान्वयन गर्न चाहेन, दिएन । अन्तत मोदीले इन्दिरा गान्धी, राजीव गान्धी र सोनिया गान्धीका लाचार छाया मनमोहन सिंहको पालाको नेपाल नीतिलाई निरन्तरता दिनै प¥यो ।
तर त्यो नेहरु गान्धी परिवारको नेपाल नीतिको परिणतिले नेपाल र नेपालीलाई जे जति “भारतविरोधी” बनायो, त्यही नीतिलाई “मोदी शासनकालीन विदेश नीति”ले नै नेपाललाई धकेल्दै उत्तरी चीनको नजीकतिर पु¥यायो । भारतले रोक्न चाहेको ओ विआ आरलाई खुलेआम नेपालले भव्य स्वागत गर्न बाध्य पा¥यो । 
भारतको निर्लज्ज र निर्वस्त्र नेपालमाथिको हस्तक्षेपकारी नीति र व्यवहारले आजसम्मका भारतीय राजदूतहरुलाई नेपालका लागि भारतीय गभर्नरको भूमिका खेल्न जे जसरी निर्दिष्ट ग¥यो, त्यस्को परिपालना गर्दै आजका भारतीय राजदूत “मन्जीव पूरी” आफ्ना पूर्ववत्र्तीले जस्तै मधेसी मूलकहरु, दल र नेपालका सत्ता र शक्तिका लुब्ध राजनीतिक नेता देशी अधिशासक शासन प्रशासकसम्मलाई भारत भक्तिको शिक्षादिने हेड भाष्टर र उनीहरुलाई हाँक्ने कमाण्डरको भूमिका निर्वाह गर्न हालै धनुषा पठायो होला । 
तर मोदी सरकारले “आत्मनः प्रतिकूलानि परेषां न समाचरेत (अरुले आफूलाई जे जस्तो व्यवहार ग¥यो भने चित्त बुझ्दैन मन पर्दैन, त्यस्ता व्यवहार आफूले पनि अरुसँग  गर्नु हुँदैन भन्ने नीति सूत्र परिपालना गर्न आफ्नो विदेश मन्त्रालयका कर्मचारीलाई दिने हिन्दुवादी मोदीबाट विश्वास गरिएको थियो । तर नेपाल र नेपालीको अपेक्षालाई चाहेर नचाहेर उपेक्षा गरेको र नेहरु गान्धीकै बाटोबाट अघि बढेको देखियो । त्यही नीति प्रतिक्रिया स्वरुप “बृहद् वाम एकता” बन्यो । 
अहिले “संघीय प्रतिनिधि सभा र प्रदेशसभा”को निर्वाचन लक्षित मोर्चा निर्माणका सन्दर्भमा पुरीजीको “लोकतान्त्रिक मोर्चामा अरु दलसँगै भारतीय दूतावासबाटै उत्पादित संवद्र्धित संरक्षित भारतीय कूल र मूलको मधेशवादीहरुको पार्टीलाई समावेश गर्ने प्रयास असफल भयो । भारतीय राजदूतावास परिपालित परिपोषित र परिचालित संचारमाध्यमहरुले समेत त्यस असफलतालाई ढाक्छ, गर्न सकेनन् । तर पनि निर्वाचन लक्षित पुरीको धनुषा यात्रा सार्वजनिक भयो । 
प्रश्न उठ्छ, गोर्खाल्याण्डमा दिल्ली स्थित नेपाली राजदूतले प्रवेश गर्ने र फुटेका र आन्दोलनको धाराबाट पृथक रहेका नेपाली भाषीहरुलाई आन्दोलनको मूल धारमा ल्याउन प्रयास गर्ने अनुमति दिल्लीले दिन्छ कि दिँदैन ? अथवा नागाल्याण्ड, अरुणाचलमा छिमेकी चिनिया राजदूत र कश्मीरमा पाकिस्तानी राजदूत जान खोजे र राजनीतिक गतिविधि गर्दा भारतका आन्तरिक मामिला माथिको असह्य हस्तक्षेप मानिन्छ कि, मानिन्न ? आजसम्मका प्राय सबै जस्तो नेपाल स्थित भारतीय राजदूत र दूतावासका यस्तै गतिविधि र दिल्लीको ठालूवादी र उपनिवेशवादी विस्तारवादी “नेपालको विखण्ड विलयनमुखी नीति”ले मोदीको नीति र नियतलाई पनि शंकाको घेराभित्र राख्छ राख्दैन ? 


Rating (Votes: )   
Share     Print


Other Articles:
संघ भनेको जोड्ने कि टुक्र्याउने ? (10.11.2017)
निरपेक्ष पर्यवेक्षकको नजरमा वर्तमानको राजनीतिक परिदृश्य (10.11.2017)
सवारी चालक सभ्य र शिक्षित भैदिए‘ (09.12.2017)
“माझी” र “मोदी” (09.12.2017)
कुलो भत्काउने– पानी आएन भन्ने ? (09.06.2017)
भ्रष्टाचारीका पक्षधरहरुको मनोविज्ञान (?) (09.06.2017)
अब पद्धति नै फेर्नेतिर सोच्नुपर्ने हो कि (08.29.2017)
दुई प्र.म. बीचका दुई “गुफ्तगु भेट” को रहस्य (?) (08.29.2017)
स्वास्थ क्षेत्रको लगानीस् नाफा कि सेवा ? (08.29.2017)
नयाँ भनेको इतिहासै मेट्नु हो ? (08.15.2017)
प्र.म.को भारत भ्रमण कुबेलामा नै हुन लागेको भएपनि सफल होस् (08.15.2017)
संघीय¬जातीय उन्माद र दुष्परिणाम (08.08.2017)
सीमा युद्ध र संरक्षणको प्रश्न (08.08.2017)
विवेकसम्मत परिवर्तन ः आजको खाँचो (07.26.2017)
यस्तै नै हो भने- तारा सुवेदी (07.26.2017)
प्रयोग र परीक्षणमै जुग जाने भो (06.28.2017)
“गोर्खे” मरिरहेछन्, गोर्खाल्याण्ड जलिरहेछ- गोर्खाली “नीरोहरू” ठुमरी खेलिरहेछन्, किन ? (06.28.2017)
लोकभय र लोकलाज पचाएका छद्मभेषी लोकतन्त्रवादी (06.22.2017)
भरतपुर काण्डले देखाइदियो देश कसरी चलेको छ ? (06.22.2017)
राजपाको आन्दोलन र निर्वाचन सार्ने निर्णयले उब्जाएको प्रश्न (06.22.2017)



 
::| Latest News

 
[Page Top]