युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
“कीर्तिबाबु”सँग जोडिएका आफ्नै केही स्मरणीय क्षणहरु
Wednesday, 11.15.2017, 02:00pm (GMT+5.5)

- तारा सुवेदी
कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा कार्तिक २५ गते विहान निधन भएको र सोही दिन सामान्य रुपमा पशुपति आर्यघाटमा अन्तिम संस्कार (दाह संस्कार) गरियो” भन्ने समाचार २५ गते साँझ ८ बजेको कान्तिपुर टेलिभिजन समाचार हेरेर सुनेर थाहा भयो । 
वहाँ राजनीतिक नेता, आफू निजामती सेवाको तत्कालीन अधिकृत यसरी सर्सति हेर्दा खास कुनै सम्बन्ध हुनु देखिनु नपर्ने हो । तर २०३१ कार्तिकदेखि २०३५ साल साउन सम्म झण्डै ५ वर्ष तत्कालीन काठमाडौंको पञ्चायत विकास अधिकारी (पी.डी.ओ.) मा रही कार्य गर्दा वहाँसँग प्रत्यक्ष सम्पर्क भयो । सम्बन्धको आधार त्यही थियो । त्यस बीचमा ३ पटक राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन परेको थियो । पी.डी.ओ. ले तत्कालीन जिल्ला पञ्चायतको सचिवको रुपमा काम गर्नु पर्दथ्यो । साथै उसले (पी.डी.ओ.ले) स्थानीय स्तरका ग्रामीण विकासको कार्यक्रम पनि संचालन गर्दथ्यो । त्यसैले त्यस पदलाई २०४० सालतिर “पंचायत तथा स्थानीय विकास अधिकारी” र बहुदलीय संसदीय शासन प्रणालीले पंचायती शासन प्रणाली र उसका निकाय खारेज गर्ने सन्दर्भमा “स्थानीय विकास अधिकारी” (एल.डी.ओ.) मा रुपान्तरण गरिदियो । काम उही “जिल्ला पञ्चायत”बाट “जिल्ला विकास समिति”मा परिवर्तित जिल्ला स्तरीय स्थानीय निकायको सचिव र स्थानीय (ग्रामीण) विकासको तोकियो । जेहोस् । 
प्रसंग कीर्तिनिधि विष्टको देहावशानसँगको भएकोले चर्चा त्यसैसँग जाडिएका कुराको गरौं । कीर्तिनिधिलाई प्राय सबैले “कीर्तिबाबु” नै भन्दयो । वहाँलाई त्यही नामबाट सबैले संवोधन गर्ने गरेको हुँदा मैले पनि “कीर्तिबाबु” नै भन्र्दथे । त्यस ५ वर्षे कार्यकालको अवधिमा पञ्चायति राजनीतिक व्यवस्थामा आन्तरिक रुपमा धेरै परिवर्तन भएका थिए । नेपालको संविधान (२०१९) मा दोस्रो संशोधन गरियो । गाउँ फर्र्क राष्ट्रिय अभियानले सबै निकायका निर्वाचनमा प्रत्यक्ष हस्तक्षेपकारी भूमिका खेल्ने मौका पाएको थियो । त्यसबेलासम्म रा.प.स.मा जाने सम्बन्धमा छुट्टै प्रक्रिया थियो । सम्बन्धित जिल्ला पञ्चायतको सदस्य र सोही जिल्लाको जिल्ला पञ्चायत सदस्य मध्ये एकजना सदस्य प्रस्तावक र एक जना समर्थकको आधारमा सम्बन्धित जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यका लागि उम्मेदवार बन्ने, र त्यस अञ्चल भित्रका सबै जिल्ला पञ्चायत सदस्यले मतदान गरी पहिलो हुनेले (रा.प.स.) निर्वाचित हुने व्यवस्था थियो । 
एक पटक काठमाडौं जिल्लामा पर्ने दक्षिणी भेगतिरका ५ वटा गाउँ पञ्चायत मकवानपुर जिल्लामा परे । त्यससँगै त्यस भेग (क्षेत्र) बाट निर्वाचित जि.प.स. (जिल्ला पञ्चायत सदस्य) गोरखबहादुर कठायत पनि मकवानपुर जिल्लामा परे त्यसपछि उनले सर्वोच्च अदालतमा रीट दिए । सर्वोच्चबाट भएको अन्तरिम स्थगन आदेशबाट भर्खरै सम्पन्न काठमाडौं जिल्लाको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचित रा.प.स. पद निलम्बित भयो । कीर्तिबाबुको रा.प.स.को पदमा कायम रहन पाउनु भएन । त्यही कारणले प्र.मं. पदबाट स्वतः पद मुक्त हुनु भयो । जसको परिणाम ९ नौ महिना देश प्रधानमन्त्री बिहीन अवस्थामा पुग्यो । यद्यपि अर्को व्यक्ति प्रधानमन्त्रीमा नियुक्त हुन सक्दथ्यो । तर राजाको इच्छा “कीर्तिनिधि” बाहेकलाई प्रधानमन्त्री नबनाउने भएकोले प्रधानमन्त्री विहीन मन्त्रिपरिषद्बाट नौ महिना देश सञ्चालित भयो । “सर्वश्री” गेहेन्द्र बहादुर राजभण्डारीले मन्त्रिपरिषद्को नेतृत्व र सञ्चालन गरे । तर पनि का.वा. वा निमित्ति प्रधानमन्त्री भनिएन । मन्त्रिपरिषद्मा प्रधानमन्त्री पछिको नं. १ मा नाम परेका (वरिष्ठताको हिसाबले प्रधानमन्त्रीपछिको जेष्ठतम) कारण तत्कालीन जुन परराष्ट्रमन्त्रीलाई “सर्वश्री गेहेन्द्र बहादुर राजभण्डारी परराष्ट्र मन्त्री” भनेर नै रहिरहे । गोरखबहादुर कठायतले मुद्दा जिते । काठमाडौंबाट रा.प.स. को पुन निर्वाचन भयो । बाहिरबाट हेर्दा र निर्वाचनको पहिलेसम्म कीर्तिबाबुलाई प्रस्तावक र समर्थक विहिन स्थितिमा राखेका जोगमेहेर नै प्रस्तावक बसे । उनकै कुनै चम्चे जि.पं.स. समर्थक बने । “कीर्तिबाबु” निर्विरोध रा.प.स. निर्वाचित बनेको भोलि पल्ट नै पुन प्रधानमन्त्री नियुक्त हुनुभयो । उही पुरानै मन्त्रिपरिषद् यथावत् कायम भयो । 
नेपालको संविधान (२०१९) दोस्रो संशोधन (२०३२) ले २०३३ सालमा दोस्रो चरणमा परेको काठमाडौं जिल्लाका सबै गाउँ पञ्चायतदेखि राष्ट्रिय पञ्चायत सदस्य सम्म विघटित भए । सबै तहमा नयाँ निर्वाचन गर्नुपर्ने भएपनि त्यस बेलाको एकदलीय व्यवस्थाको गाउँ फर्कले उम्मेदवारी अनुमोदन (टिकट दिने) गर्नुपर्ने, व्यवस्था गरियो । एक पद एक व्यक्तिलाई टिकट दिने भएपछि निर्वाचन हुने कुरै थिएन । सबै “तह (काठमाडौं नगर पञ्चायत र गाउँ पञ्चायत) मा कसकसलाई टिकट दिनु उपयुक्त हुन्छ” भन्नेमा संयोगले पी.डी.ओ.ले नै अनौपचारिक राय दिनुपर्ने परिस्थिति बनेको थियो । सबै मापदण्ड वस्तुनिष्ठ थिएनन् । त्यसैले मैले आफ्नो ब्रह्मलाई साक्षी राखेर इमान्दारीपूर्वक गाउँ फर्कका मापदण्ड पूरा गर्ने नगर्नेको नाम एक एक गरी दिनु पर्ने भयो । 
डिल्लीबजार चार खाल भवनमा जिल्ला पञ्चायत कार्यालयमा नै टिकट दिने विषयक बैठक बस्दथ्यो । गाउँ फर्क केन्द्रीय कार्यालयबाट सदस्य सचिव डा. मोम्मद मोहसिन, केन्द्रीय सदस्य दिल बहादुर श्रेष्ठ आएका थिए । त्यस पटक राष्ट्रिय पञ्चायतमा पठाउने दुई जना मध्ये कीर्तिबाबुलाई पठाउनेमा सबैको सहमति थियो । तर “जोगमेहरलाई अब नपठाउने”। प्रयागराज सिंह सुवाल वा गोविन्द “वियोगी” मध्ये एक जनालाई पठाउने भन्ने रहेछ । प्रयागराज सिंह स्नातक क्षेत्रबाट दुई पटकसम्म निर्वाचित रा.प.स. र कीर्तिबाबुको प्रधानमन्त्रीत्व कालमा समेत महत्वपूर्ण मन्त्रालयको मन्त्री हुनु भएको थियो । त्यसबेला “इमान्दारीतापूूर्ण उच्चस्तरीय कार्यसम्पादन शैलीबाट कीर्तिबाबु निकै प्रभावित हुनु भएको रहेछ । त्यसैले होला, वहाँ (प्रयागराज)लाई कीर्तिबाबुले साह्रै सम्मान गर्नुहुन्थ्यो । 
तर वहाँलाई (प्रयागराज सिंहलाई) जोगमेहर लगायतका क्षुद्र र दरबारका सचिवहरुले सधैँ “नेपाली कांग्रेसको भूमिगत नेता” भनेर उठ्नै दिन्नथे । वहाँ (प्रयागराज) ले पनि राजाबाहेक कसैलाई अपमान नगर्ने तर चाकडी नगर्ने हुँदा दरबारीमा चौकडीहरु मान्छेलाई म नगन्ने नमान्ने “स्वभावको” भन्दा रहेछन् । त्यही कारण होला, वहाँलाई काठमाडौं शहरभित्रका स्नातक क्षेत्र कामतदाता र बुद्धिजीविहरुले “उच्च सम्मानलगायतको व्यक्ति” भने पनि, वहाँले भूगोलको राजनीति कहिल्यै गरेको लागेन । यति सम्म कि राजा स्वयंलाई “प्रयागराज उच्चस्तरको नैतिकता भएको इमान्दार व्यक्ति” लागे पनि “गणेशमान स्तरको (प्र.) नेपाली कांग्रेसको नेता”को भ्रममा पारिएको रहेछ । “गाउँ फर्क” पनि वहाँलाई राष्ट्रिय पञ्चायतमा लैजाने पक्षमा रहेनछ । “कीर्तिबाबु” एक्लैको बल असफल भयो । अन्ततो गत्वा जिल्ला पञ्चायत सभापतिमा बसिदिन कीर्तिबाबुले आग्रह गर्नु भएपछि बाध्यता वश स्वीकार्नु भयो । त्यसबेलासम्म मैले पनि “स्नातक क्षेत्रको राष्ट्रव्यापी लोकप्रिय र सदाविजयी व्यक्तित्व”को रुपमा बाहेक वहाँलाई चिनेको थिइन । व्यक्तिगत रुपमा जिल्ला पञ्चायतको सभापतिको नाताले आफ्नो सभापतिको रुपमा नजिकबाट त्यसैबेला चिनेको थिएँ । 
प्रयागराजसिंह सभापति बन्नु भएको झण्डै डेढ महिना पछि मात्र रा.प.स.को (विना मतदान हुने) निर्वाचन भयो । त्यसबेला डा. तुलसी गिरी देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । डा. गिरीले गोविन्द “वियोगी”लाई रा.प.स.मा लैजान चाहेको र कीर्तिबाबुले जोगमेहरलाई जिल्लाभन्दा माथि नलैजाने शर्तमा प्रयाग राजसिंह सुवाललाई जिल्ला सभापतिमा राख्न सफल हुनु भएपनि दरबारियाको चलखेल र जालझेलले डा. गिरी र  विष्ट दुवैलाई फेल ग¥यो । अन्ततोगत्व जोगमेहर नै कीर्तिबाबुसँगै रा.प.स. बने । 
त्यसरी “प्रयाग राज सिंहलाई आफूबाट धोका भयो” भन्ने सायद सोचेर हो कि ?, वहाँ गाउँ फर्के निर्वाचन जितेर रा.प.स. मात्रै भएर बसेको बेला मात्रै होइन, प्रधानमन्त्री भएपछि पनि “जिल्लाबाट रा.प.स. निर्वाचित व्यक्ति पनि पदेन जि.प. सदस्य हुने प्रावधान अनुसार जि.प. सदस्यको हैसियतमा प्राय जिल्ला पञ्चायतका वैठकमा आउने गर्नुहुन्थ्यो । सधैँ बैठकको मिति र समय खबर गर्ने गर्नुहोला, आउँछ भन्नुहुन्थ्यो । मैले पनि वहाँ प्र.मं. भएपछि प्राय सोझै र नमिल्दा सचिव” बासुदेव प्याकु¥याल वा निजी सचिवलाई खबर गर्दथें । वहाँ आउने गर्नुहुन्थ्यो । कुनै दिन नमिल्ने भए आफैं फोन गरेर “तारानाथजी  ! प्रयागसँग क्षमा मागि दिनुहोला । आज वैठकमा अडिन नपाउने भएँ भन्नुहुन्थ्यो । त्यसभन्दा पहिलेका जिल्ला पञ्चायतमा जोगमेहरले “जय नेपाल सिनेमाहलका गेटपाले, ट्रक ड्राइभर गर्दै गरेका, प्राइमरी स्कूलका शिक्षक, बागबजारका जाँडयाहाहरु ल्याएर आफ्नो एकलोटी कब्जा गरेका थिए । “गाउँ फर्क”ले पहिलो पटक धेरै पटक मनोनित रा.प.स. र मन्त्री भइसकेका भुवनमान सिंह, गोविन्द वियोगीहरुलाई जि.पं.स. बनाएको थियो सायद त्यसै भएर पनि होला, बैठकहरुमा वहाँ आउने गर्नुभएको । (क्रमश)

विष्टको स्मृतिग्रन्थ प्रकाशन हुने 
नइ प्रकाशनले ‘देशभक्त राजनेता ः कीतिनिधि विष्ट’ नामक बृहत् स्मृतिग्रन्थ प्रकाशित गर्ने भएको छ । प्रकाशनद्वारा सोमबार जारी विज्ञप्ति अनुसार नेपाली राष्ट्रि«यताका पहरेदार, नैतिकताका प्रखर प्रतीक, अति इमान्दार, अति शालीन, महेन्द्रवादी चिन्तक, देशभक्त राजनेता, पूर्व प्रधानमन्त्री विष्टको स्वर्णिम योगदानको इतिहास नेपाली वाङ्मयमा सुरक्षित राख्ने हेतुले सो ग्रन्थ प्रकाशन गर्न लागिएको हो । 
विष्ट नइ प्रकाशनका संरक्षक तथा दातासमेत हुनुहुन्छ । उहाँको गत शनिवार ९१ बर्षको उमेरमा आफ्नै निवास ज्ञानेश्वर, काठमाडौमा निधन भएको थियो ।
प्रकाशनका अनुसार स्व विष्टका बुबाआमा चन्द्रनिधि विष्ट÷धनकुमारी विष्टका स्मृतिमा ‘नइ चन्द्रधन पुरस्कार’ र विष्टकै सम्मानमा ‘नइ कीर्तिनिधि पुरस्कार’ नइ प्रकाशनले हरेक वर्ष प्रदान गर्दै आएको छ । यी दुवै पुरस्कारको राशि जनही रु एक लाख रहेको छ । 
स्व कीर्तिनिधि विष्टसँगको संस्मरण, उहाँको देशभक्तिको गाथा र उहाँको राजनीतिक निष्ठा, उचाइ र योगदानबारे लेखक, राजनीतिकर्मी, चिन्तक र बुद्धिजीवीसँग लेख उपलब्ध गराउन पनि नइ प्रकाशनले अपिल गरेको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
नेतृत्वको संकट, राजाको प्रश्न– जनताको उत्तर (11.07.2017)
मन्त्रीको रजोनिवृत्तिकाल तोकिनुपर्छ (11.07.2017)
दीजीको नीति नियत र पुरीको भ्रमण ? (11.07.2017)
संघ भनेको जोड्ने कि टुक्र्याउने ? (10.11.2017)
निरपेक्ष पर्यवेक्षकको नजरमा वर्तमानको राजनीतिक परिदृश्य (10.11.2017)
सवारी चालक सभ्य र शिक्षित भैदिए‘ (09.12.2017)
“माझी” र “मोदी” (09.12.2017)
कुलो भत्काउने– पानी आएन भन्ने ? (09.06.2017)
भ्रष्टाचारीका पक्षधरहरुको मनोविज्ञान (?) (09.06.2017)
अब पद्धति नै फेर्नेतिर सोच्नुपर्ने हो कि (08.29.2017)
दुई प्र.म. बीचका दुई “गुफ्तगु भेट” को रहस्य (?) (08.29.2017)
स्वास्थ क्षेत्रको लगानीस् नाफा कि सेवा ? (08.29.2017)
नयाँ भनेको इतिहासै मेट्नु हो ? (08.15.2017)
प्र.म.को भारत भ्रमण कुबेलामा नै हुन लागेको भएपनि सफल होस् (08.15.2017)
संघीय¬जातीय उन्माद र दुष्परिणाम (08.08.2017)
सीमा युद्ध र संरक्षणको प्रश्न (08.08.2017)
विवेकसम्मत परिवर्तन ः आजको खाँचो (07.26.2017)
यस्तै नै हो भने- तारा सुवेदी (07.26.2017)
प्रयोग र परीक्षणमै जुग जाने भो (06.28.2017)
“गोर्खे” मरिरहेछन्, गोर्खाल्याण्ड जलिरहेछ- गोर्खाली “नीरोहरू” ठुमरी खेलिरहेछन्, किन ? (06.28.2017)



 
::| Latest News

 
[Page Top]