युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 02:13pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा
Monday, 01.09.2012, 03:30pm (GMT+5.5)

आजको राजनीतिक गतिविधि हेर्दा जातीय संघवादीहरूले सर्वसाधारण जनतामा विभाजनको मनस्थिति तयार पार्ने काम गरिरहेका छन् । तर यथार्थ के हो भने जनता वास्तविकताबाट अनभिज्ञ छन् । जातीयता र संघीयताका दुष्परिणाम जनताले बुझ्नै पाएका छैनन् । अझ भनौं– जातीयता र संघीयताका नारा लगाउनेहरू नै भ्रमित छन् । ‘एकै उद्देश्य हाम्रो विपुल चहकिलो पार्नु नेपाललाई’ हुनुपर्नेमा यो कताको हावाहुरी हो कुन्नि, छिन्नभिन्न पार्ने कुलक्षण देखिंदैछ । साझा उद्देश्यमा कसैलाई आपत्ति हुनुपर्ने कुनै खास कारण केही पनि देखिंदैन । त्यो साझा उद्देश्य भनेको सम्पूर्ण नेपालीको कल्याणको बाटो हो, तर आज हामीकहाँ त्यसबाट विचलित पार्ने षड्यन्त्र हुन थालेकाले हामी नेपाली सचेत हुनुपर्ने अवस्था छ ।
युगौंदेखि मिलेर बसेका हामी नेपालीबीच किन पृथक्ताको बीऊ रोप्न खोजिंदैछ र यसमा ककसको स्वार्थ छ ? यहाँ सरकार जुनसुकै दलको भए पनि उसले राष्ट्रिय स्वार्थ हेरेर काम गर्नुपर्ने हो । त्यो के भने– अल्पसंख्यकलाई आरक्षण र अग्राधिकार दिएर रिझाएको भरमा राजनीति गर्छु भन्दा ठूलो संख्या नपिरियोस् भनेर पनि सोच्नुपर्ने हो । अशिक्षित, पीडित, सुकुम्बासी सबै जात वर्गमा छन्, कुनै एउटा दुईटामा मात्रै होइन । समान रुपले सबैलाई उठाउनु र थिचोमिचो हुन नदिनु सरकारको दायित्व हो । कुनै जात, समुदायका माग प्रतिदिन बढ्दै जाने र नाजायजै भए पनि सरकार झुक्दै जाने हो भने त्यो असाध्य रोग हुनेछ, जस्तो अहिले मधेशवादी दलका (जो सरकारमै छन्) सम्बन्धमा भैरहेको छ ।
गतिला सरकार भएमा मुलुकमा जनतासित प्रत्यक्ष सरोकार राख्ने विषयलाई पहिल्याएर प्राथमिकतामा राखेर काम गर्छन् र जनताका माग पूरा गर्छन् । यहाँ भने जनताका समस्या र मागको कुनै वास्तै नराखी प्रधानमन्त्री बाबुराम मधेशी दलका मन्त्रीकै माग पूरा गर्नकै सास्तीमा छन् । ती माग पनि मधेशका जनताका दुःख, पीरसंग सम्बन्धित नभएर कुनैको बीस वर्ष कैद माफी मिनाहा गराउनुपर्ने, कुनैलाई पक्राउ हुनबाट जोगाउनुपर्ने र कुनैलाई जेजस्ता मुद्दा अदालतमा भएपनि मन्त्री पदमा कायमै राख्नुपर्ने, नमाने सरकारबाट अलग हुन्छौं भनिदिएपछि आफ्नै प्रधानमन्त्रीको आसन डगमगाउने कस्तो अप्ठ्यारो विचरा प्रधानमन्त्रीलाई !
त्यसैले त अनुचित मागलाई पनि आँखा चिम्लेर पूरा गर्दै आउनुभएको छ प्रधानमन्त्रीजीले । त्यस्ता बचनबद्धताले भोलि वा आजै राष्ट्रको जीवनमा के कस्तो असर पार्छ र पछि आफैंलाई पनि अप्ठ्यारोमा पार्छ भनेर सोच्ने फुर्सदै प्रधानमन्त्रीलाई छैन । मौका यही हो भनेर माग तेस्र्याएका तेस्र्याएकै छन् । कुर्सी जोगाउन पनि मन्त्रीहरूका निजी स्वार्थ प्रेरित राजनीतिक माग पूरा गर्नैप¥यो । कस्तो मुलुक हो कि ! मन्त्रीहरूकै माग पूरा गरेर मात्रै कुर्सीमा अडिन पाइने । तपाईं ठीक बेठीक के हो ? भनेर सोच्न थाल्नुभयो कि जागीर गयो । धन्य प्रधानमन्त्री अडिनु भयो ।
अब सुरुकै प्रसङ्गमा जाऔं । हिजोआज प्रत्येक जातिलाई छुट्टै राज्य चाहिने श्यालभाका सुनाइदैछ । यो देशमा जातीय विभेदका कुरा उठाएर विभाजन र विखण्डन ल्याइदिने बाहिरियाको खेल हो भन्ने यथार्थ हामीमध्ये कमैलाई थाहा होला । त्यसभित्र यहींका लाउकेहरूको राजनीतिक स्वार्थ पनि मिसिएकै छ । यिनीहरूले राज्य भनेको यहाँ भएका सम्पूर्ण जातका सामथ्र्य हुने जोसुकैले चलाए पनि हुन्छ र चलाउँदै आएकै छन्, टुक्रा टुक्रा पारेर बाँडेर राज्य चल्दैन भन्ने कुरा बुझेर पनि स्वार्थवश बुझपचाइरहेका छन् । आफ्ना परम्परागत पोशाकका आधारमा जात भनिएको भए पनि काम त सबैले सबै नै गरेकै छन् । गुरुङ मन्त्री भए पनि उसको भेडी गोठमा ब्र्राह्मण गोठालो पनि बसेकै छ । भोटेको चौंरी गोठमा मगर गोठालो पनि बसेकै छ । गणतन्त्र आयो भन्दैमा हिमाल चढ्न छोडेर शेर्पा खेत जोत्न मधेश त झर्दैन । थकालीका जस्तो होटेल चलाउने सीप अरुमा कमै होला । पठनपाठन, पूजापाठ छोडेर ब्राह्मण हिमाल चढ्न जाने पनि होइन, न त मुसहर नै खेत खन्न छोडेर पहाडतिर ठडिन्छ । नेवार र मरवाडीका जस्तो व्यापारको सीप अरुमा कमै होला अर्थात् यस्ता गुण र स्वभाव संस्कारगत भए पनि बाध्यताले र अपवाद त जहाँसुकै हुन्छ । भन्न खोजेको के भने हाम्रो जातित्वको मिश्रण चाखलाग्दो र उदाहरणीय पनि छ । त्यसैले राज्य व्यवस्थामा भाँडभैलो मच्चाएर विखण्डन गराउन खोज्नेहरूको चालवाजी बुझेर हामी होसियार हुनैपर्छ ।
अपवाद बाहेक जुन जात, जुन काममा दक्षता छ र रुचि राख्छ त्यसैले त्यो काम निष्ठापूर्वक ग¥यो भने सफल पनि भएकै छ । राजकाज चलाउने काममा चाहिने दक्षता बेग्लै हुन्छ र त्यो सबैमा नभए पनि प्रत्येक जातका केही न केहीमा नैसर्गिक रुपमै पाइन्छ । इच्छा र सामथ्र्य हुनेले गर्नसक्ने काम सप्पैले गर्नुपर्छ भनेर वाध्य पार्न सकिंदैन र हुँदैन पनि । जातका आधारमा राज्य बाँडेर विशेषाधिकार दिंदैमा त हुँदैन नि । नेपाल एउटा राष्ट्र हो, केवल विभिन्न जातको भीड मात्रै होइन । हामी सबै मिलेर नै यो राष्ट्र बनेको हो । त्यसैले हामीबीच विभेद ल्याउने तत्वलाई चिनेर हामीले वहिष्कार गर्न सक्नुपर्छ ।
हामी यो देशका नागरिक हौं, बाहुन, गुरुङ, यादव, राई, थारु इत्यादि भनेर होइन । हाम्रो सामूहिक राष्ट्रिय पहिचान छ यो देशका नागरिकका नाताले । राष्ट्रिय पहिचान र जातीय, प्रान्तीय या धार्मिक पहिचान बेग्लै कुरा हुन् भने सामूहिक राष्ट्रिय पहिचान चाहिं मूल कुरा हो । त्यसैले राष्ट्रिय पहिचान गुम्ने काम कहीं कतैबाट पनि हुनुहुँदैन । सानो ठूलो भन्ने कुरा पनि आचरणबाट छुट्टिनुपर्दछ । घटिया काम गर्छ भने त्यो ठूलो जात हुँदैन । त्यसैले शुद्ध आचरण गर्छ भने कोही पनि तल्लो जात हुँदैन ।
त्यसकारण जाति, भाषा, धर्म, प्रान्त र समुदायको बखेडा झिकेर देशमा भाँडभैलो मच्चाइदिनेहरूको देश टुक्र्याइदिने जाल–प्रपञ्च बुझेर संघीयताका दुष्परिणामप्रति सचेत हुनुपर्छ । जातीय संघीय राज्य विदेशीका इशाराको नेताहरूको स्वार्थको माग हो । विभाजनले कसैको भलो गर्दैन । जनतालाई अधिकारसम्पन्न बनाउनुपर्छ । सामाजिक विभेद हटाउनुपर्छ । सबैलाई समान सुविधा र अवसर जुटाइदिनुपर्छ । देश टुक्र्याएर नेपालको स्वतन्त्र अस्तित्व नै मेटाउने काम गर्न हुँदैन । जनता मिलेर बस्न चाहन्छन् । नेताले स्वार्थ मात्रै हेरेका हुनाले यहाँ अनर्थ हुन आँटेको हो । जातीय संघ राज्यबाट समस्या समाधान हुँदैन, बरु नयाँ नयाँ समस्या उब्जेर देशै संकटमा पर्नसक्ने हुनाले नेताहरू होसमा आऊन, आवेशमा कुनै काम नगरुन् ।



Rating (Votes: )   
Share     Print


Other Articles:
वर्तमान राजनीतिक नेतृत्व असफलताको दिशातिर : यादब देवकोटा (01.02.2012)
सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा (01.02.2012)
अभाव पूर्तिको नाममा व्यक्तिगत लाभको चलखेल : यादब देवकोटा (12.26.2011)
जातीय संघीयता ‘घरको न खोप्राको’ : महेश्वर शर्मा (12.26.2011)
नेताहरूको विपरीत मतिले पार्टीको थप क्षति नहोस् : तारा सुवेदी (12.26.2011)
पूँजीवादको उपहार हो जलवायु परिवर्तन : यादब देवकोटा (12.20.2011)
परिणाम नसोची गरिएका सम्झौता नामका तम्सुक ! : महेश्वर शर्मा (12.20.2011)
सबै पार्टीभित्रका विपक्षीहरूलाई चेतना भया : तारा सुवेदी (12.20.2011)
जलवायु परिवर्तनको प्रभाव- जैविक विविधता र कृषि प्रणालीमा गम्भीर असर : यादब देवकोटा (12.13.2011)
अद्र्धभूमिगत प्रधानमन्त्रीको गज्याङगुजुङको सय दिन : तारा सुवेदी (12.13.2011)
भागवण्डाको राजनीति र भ्रष्टाचार : महेश्वर शर्मा (12.13.2011)
जलवायु परिवर्तनको प्रभाव, खाद्यान्न र पानीको ठूलो हाहाकार हुने भय : यादब देवकोटा (12.06.2011)
संविधानसभाले सर्वोच्चमाथि जाइलाग्नुको अर्थ हिट्लर जन्माउने षड्यन्त्र : तारा सुवेदी (12.06.2011)
केही खुद्राखाद्री सन्दर्भ र जनसामान्यका प्रश्न : महेश्वर शर्मा (12.06.2011)
क्योटो प्रोटोकलको प्रतिबन्धि धारा कार्यान्वयनमा जोड : यादब देवकोटा (11.28.2011)
लोकतन्त्र र अर्थतन्त्र दुवै हसपिसमा : तारा सुवेदी (11.28.2011)
जातिवादीहरू देश टुक्र्याउने भूमिका खेल्दैछन् : महेश्वर शर्मा (11.28.2011)
दक्षिण एसियाले आफ्नो परिचय बदल्नुपर्छ : यादब देवकोटा (11.21.2011)
वैचारिक अस्थिरता र अन्योलको स्थिति : महेश्वर शर्मा (11.21.2011)
विवेकपूर्ण पत्रकारिता गरौँ कि मित्रहरु ! : तारा सुवेदी (11.21.2011)



 
::| Latest News

 
[Page Top]