युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.28.2018, 03:13am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
अजेय जनता ! जिन्दावाद !
Tuesday, 12.12.2017, 02:45pm (GMT+5.5)

- तारा सुवेदी

जनतालाई दास ठान्दाको कथाः 
भनिन्छ “केटी फकाउने केटा र मतदाता फकाउने नेताले जे जस्तो सुकै वाचा बन्धन गर्न मात्रै होइन आकाशका तारा धरतीमा झारीदिने सम्मका सम्भव असम्भव कुराको आश्वासन दिन पटक्कै धक मान्दैनन्” । पहिलेदेखि खास गरी २०४३ सालको आमनिर्वाचनलाई निर्वाचन नै नमान्ने राजनीतिक नेता मात्रै होइन राजनीतिक शास्त्रका प्राध्यापक सम्मले निर्दलीय पञ्चायती शासन प्रणालीलाई कसरी संवैधानिक अधिकार प्रयोग गरेर अपूर्व र उदाहरणीय चुनौती दिएका थिए भन्ने हेक्का राख्न नसकेकोले पञ्चायती कालका कुरा छोडौं । 
२०४८ सालको आम निर्वाचनदेखि २०७४ सालसम्मका निर्वाचनमा आई पुग्दासम्म जसरी “नेपाललाई ५ वर्षमा सिंगापुर बनाइ दिने, काठमाडौंका सडक धोएर सफा पार्ने” जस्ता आश्वासन बाँडेर जे जसरी थाडनामा सुताए,  आजसम्म विकास, प्रगति, उन्नति बारे प्रश्न तेस्र्याउने आम जनता (मतदाता)लाई ठिंगा देखाएर यस पटक पनि त्यस्तै गंजेडीगफ र गुड्डी हाँक्नेहरुलाई पनि सोझा सिदा नेपाली आम मतदाताले साच्चिकै राष्ट्रिय आम सहमति गरेझैँ मेची देखि महाकालीसम्म, हिमाल पहाडदेखि मधेशसम्म सिनिक्क पारी बढारेर फालिदिए । 
सार संक्षेपमा भन्नुपर्दा जनतालाई जन्तु र आम मतदातालाई रैती, दुनियादार, दास र बँधुवा मजदुर ठान्दै प्रजातन्त्रदेखि लोकतन्त्र सम्मको लोरी सुनाउँदै विकास, प्रगति, उन्नति र समृद्धिका लालीपप देखाउँदै आएका राजनीतिक पेशेवर ठग समूहलाई “बाँदर लखेटे झैँ” लखेट्दै डाँडा कटाई दिए । 
भनिन्छ “अति गर्नू, अतिसार नगर्नू” । जीवनमा जागिरको सन्दर्भमा “यो देशमा राष्ट्रिय विकास र प्रगति उन्नतिको प्रकाश अछुत तल्लो जाति वर्ग समुदाय, सीमान्त गरीब विपन्न अद्र्धनग्न, अशिक्षित जीवनभर अद्र्ध बुभुक्षित” पेटवाला घर गाउँलेका गाम बेसीसम्म, शिक्षा र चेतनाको प्रकाश छिर्न दिनु हुुन्न, नत्र भने भोली उनी र उनका छोरा नाती सन्ततिले हाम्रो आँखामा आँखा जुधाएर हाम्रै आज्ञा आदेश हुकुम काट्ने छन्, प्रश्न गर्ने छन्, हामीसँगै बस्ने र बहस गर्न थाल्ने छन्, हुँदाहुँदा पुस्तैनी देखिका हामी मालिक जाति वर्ग वंशलाई  हेप्ने र हामी सँगै आएर बस्नेसम्मको दुश्चेष्टा गर्न थाल्नेछन्” भन्नेहरु नै देशमा प्रजातन्त्र आएको तीन पुस्तासम्म गाउँमा “राजा” “नेता” र “अगुवा” बनेको र उनैका बारेस (प्रतिनिधि) भएर आफू र आफ्ना शाखा सन्तानलाई शासन सत्तामा स्थापित गर्दै आएको देख्नु, भोग्नुपरेको थियो । 
त्यतिमात्र होइन । उनीहरु नै ती सुदूरदुर्गम अँध्यारा गाम बेसीका पुस्तैनी निर्वाचित जनप्रतिनिधि बन्दै, सधैँ “जनता”को नाममा, जनताकै मतका आडबलमा, “शासन सत्ता नियन्ताका हैसियत बाला नेता” बनेर जिल्ला, शहर र सदरमुकाममा गाउँको उत्थान, प्रगति र विकासको चर्का भाषण गर्नेहरु नै घर गाउँमा पुगेपछि ‘शिक्षा, र चेतनाको प्रकाश गाउँमा कतैबाट छिर्ला कि’ कुनैले ल्याउला पु¥याउला कि ? भन्दै सधैँ सचेत भइरहनेहरु नै महान् नेता बने मानिएको र ठानिएको पनि देख्नु परेको थियो । 
त्यस्ता खुँँखार जन विरोधीको भीड र बाढीमा जीवनभर जनताको सेवाामा  समर्पित बडे बडे वरिष्ठ राजनीतिक नेतालाई पनि यसपटक “भ्याकुर लखेटे झै” लखेटेर डाँडा कटाएको समाचार देख्ने सुन्ने सौभाग्य प्राप्त भयो । अरुको कुरा छोडौं । स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी उम्मेदवारी दर्ता गर्दादेखि केही दिन पछिसम्म “आफूले निष्पक्ष, धाँधाली रहित र मतदातालाई भयमुक्त वातावरणमा निर्णय गर्ने अवसर दिने” अहंवादी अडान देखाउनु भएको थियो, त्यसलाई साँच्चिकै अन्तिमसम्म कायम राख्ने उच्च नैतिक प्रतिबद्धता कायम राख्न सकेको भए नेपालको आमनिर्वाचनको इतिहासमा, कृष्णप्रसाद भट्टराई पछि पदमा रहेर निर्वाचन लड्दा पनि पराजित हुने प्रधानमन्त्री बनेको सुकीर्तिमान कायम गर्नु हुनेरहेछ । 
तर सत्ता, शक्ति, स्वार्थ र सम्पत्तिका लागि जे पनि गर्ने आँट गर्ने भनी कुख्यातीको अपकीर्तिमान कायम गरेका देउवा दम्पत्तिबाट न त्यस्तो उच्च नैतिकताको उदाहरण देखाउने सम्भावना थियो न कसैले आशा र विश्वास गरेका थिए, न त्यस्तो भयो । आखिर निर्वाचन हुनुभन्दा पहिले (झण्डै १ महिना देखि नै) सैनिक हेलिकेप्टरको चरम दुरुपयोग गर्दै र राज्यसत्ता, शक्ति र प्रभावको निर्लज्ज र निर्वस्त्र भएर आफ्नो निर्वाचनमा होम्मिन पुग्नु भएर जसरी ५–७ हजार मतले विजयी भएको देखिनुभयो वा देखाइयो । भलै प्राविधिक र कानुनी हिसाबले त्यो जीत नै मान्नु गलत पर्ला । तर राजनैतिक र नैतिक नजरियाबाट हेर्नेहरुले त्यसलाई “पराजयभन्दा लाजमर्दो स्थिति” भन्ने गरेको सुनियो, देखियो । 
कारण स्पष्ट छ, एक त वहाँसँगै आमनिर्वाचनको मैदानमा उत्रिएका पूर्वप्रधानमन्त्रीहरुले प्राप्त गरेको मत, निकटतम प्रतिद्वन्द्वीको व्यक्तित्व र उनी (पराजित भएका)सँगको मतान्तरको तुलनामा देउवा सबैभन्दा निम्सरो र नाममात्रको, अन्तरबाट जित्नुभएको जुन देखियो । थियो, त्यसैबाट धेरैले वहाँले पनि विचरो खगराज भट्ट जस्ता निरीहले पाएको मतभन्दा न्यूनतम, दोब्बर ल्याएर जित्नु हुनेछ भन्ने आशमा तुषारापात गरिदिनुभयो । जसबाट वहाँले वलात् जितेको ठानियो ।  
दोस्रो, दक्षिणी छिमेकी मूलुक (भारत)मा तत्कालीन प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीले “सन् १९७५ को आमनिर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र अमेठी जाँदा हेलिकोप्टर चढेको र आफ्नो निजी सचिव आर के धवन पनि उनको (इन्दिराको) निर्वाचन क्षेत्रमा गई उनलाई सहयोग गरेकोले “सरकारी साधन र जनशक्ति प्रयोग गरिएकोले निष्पक्ष, धाँधली र सरकारी हस्तक्षेप मुक्त नभएको” भनी इलाहवाद उच्च अदालतमा मुद्दा दर्ता गरेको र उक्त (उच्च) अदालतले विपक्षीहरुको भनाइ सही हो होइन, आफैले जाँच बुझ, छानबीन गराएको, र अन्त्यमा “प्रधानमन्त्रीले हेलिकप्टर चढेर आफ्नो निर्वाचन क्षेत्रमा जानु र उनका निजी सचिव धवन पुग्नुलाई सरकारी साधन स्रोत र जनशक्तिको दुरपयोग गरेको ठानी जसरी सन् १९७६ जुन ६ तारिकमा इन्दिरागान्धी लोकसभा सदस्यमा जितेकोलाई खारेज गरेको थियो । 
त्यस दृष्टिबाट हेर्ने हो भने शेरबहादुर देउवाले यस पटकको निर्वाचनमा जे जस्तो तरिकाले निर्वाचित भएको प्रमाण पत्र हात पारे, त्यसलाई “नेपालको निर्वाचनको निष्पक्षता, स्वतन्त्रता, भय र प्रभावमुक्त स्थिति निर्माण गर्न” बनेका सबै ऐन, कानुन र सरकार स्वयंले विपक्षीहरुलाई अनुशासनको परिसीमाभित्र राख्न, स्वीकृत गरेको “निर्वाचन आचारसंहिता २०७४” को अस्तित्व, अस्मिता, पवित्रता माथि स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले सरेआम खुलारुपमा, सीमान्त बलात्कार गरी पूरै पद र प्रधानमन्त्रीमा निहित शक्ति एवं प्रभावको आडबलमा निर्वाचन जितेको” ठहरिएको होला कि नठहरिएको होला ? शुरुदेखि नै मौनता, धैर्यता र गम्भीरता साथ त्यसलाई निर्निभेष नियालि रहेका सम्पूर्ण आममतदाताले कतै  “कांग्रेसकोे बहुमत आउने दाबी गर्ने प्रधानमन्त्रीलाई यति बेहदको कल्पनाका सीमा पारीको कन्तविजोग देखाउने वाध्यताको स्थिति त्यही घटनाबाट त  महसूस गरेनन् ?, जेहोस्, ती सबै कुरा सबै सरोकारवालाहरुले पार्टी संगठन भित्रदेखि अदालत, सडक र सदनसम्म कसरी प्रस्तुत गर्लान् ? अथवा “सत्ताका लागि सांसद खरीद परोस्ती देखि राज्यको  ढिकुटी लुटाउने, मनलाग्दी राजस्वका स्रोत सुकाउने, डन, डाँको र भ्रष्टाचारी दुराचारी, अपराधीलाई आफ्नो पार्टीमा खुला स्वागत गर्ने र संरक्षण दिने” सम्ममा दर्जनौं दुष्कीर्तिमानी, कीर्तिमानी कायम गरेका शेरबहादुरलाई “उहिले त प्रश्न उठाइएन र छुट दिइयो, भने अहिले त पार्टीको लाश माथि उभिएर निर्धो निमुखो स्थितिमा पटाइरहेका “शेर”का खौरिएका जुँगा कसरी र किन उखेल्ने भनेर भनिन्छ ? त्यो पनि यहाँको बढी चर्चाको विषय होइन । भोलीको पुस्ताको लागि (कांग्रेसको चिहान खोतल्ने पुस्ताको लागि) भने यस्तो घटना वा कुकृत पक्कै गम्भीर अनुसन्धानको विषय भलै होला । 
दासताबाट मुक्त हुने जनताको कथा
विश्व इतिहासमा यो नेपाल राष्ट्र सधैँ सार्वभौम स्वतन्त्र राष्ट्रको रुपमा अंकित भएको भए पनि नेपालको इतिहासमा नेपाली जनता सधैँ मल्ल शाह राणा राजा रजौरा देखि रैती र पुजाको भन्दा बढी सम्मानको स्थान मानमा देखिनै पाएनन् । तर त्यसैलाई पनि “पहिलेको विश्वमा धेरै मुलुकका आम नागरिक अधिकार विहिन थिएन । अरु त के सन् १९४७ सम्मको छिमेकी मित्रराष्ट्र जो आज गौरवसाथ विश्वकै ठूलो लोकतन्त्रको उत्कृष्ट अभ्यास गरिरहेको दावी गर्छ– भारत नै शदियौ देखि फारस र अफगानिस्तानदेखि आएका मुगल, फारस र सात समुद्र पारको अंग्रेजी साम्राज्यको दासताको पाइताला तल दबिएको स्थितिमा थियो भने हामी त आफ्नै देशका राजा, रजौटा, सामन्त ठूला ठालूका रैती प्रजा नै त थियौं नी ! भनेर हामीले हीनता बोध नगरौंला । 
तर, २००७ सालमा हामीले “हाम्रा पिता पूूर्खाले प्रजातान्त्रिक शासन प्रणाली स्थापित गरेको” कर्खा गाइरहँदा हाम्रा सन्तानले “झण्डै सात दशकको कालखण्डमा त्यो प्रजातन्त्रके विकास गर्ने र त्यसको प्रतिफल देशका दूरदराजका ती सीमान्त विपन्न, गरिब अशिक्षित आमनेपालीको घरदैलोमा पु¥याउने कति काम ग¥यौं, २००७ साल पहिलेको अवस्थामा कति सुधार ल्यायौं ? भनी सोध्दा हामी वा त्यो प्रजातन्त्रसँगै यस धरतीमा अवतरित आजको प्रौढ पुस्ताले के जवाफ दिने ? 
यही अनुत्तरित काल प्रश्नले अरु कतिलाई कति कोसिराखेको थियो ? केही मित्रहरु अथवा “मैले बाबुको पालाको हाम्रो गरिबी र अभावको अवस्थाबाट जीवनको संघर्षमय यात्राको क्रममा यति पुरुषार्थ गरे, यति धन सम्पत्ति, बँग्लो, गाडी, जग्गा जमिन जोडें, भन्ने जवाफ गौरवसाथ दिने हिम्मत” आए पनि, धेरै मित्रहरुलाई भने सधैँ “यो देशको माटो र समाजले मलाई आफ्नो आफ्नो, परिवार र परिवेशको समुत्थान र समृद्धिको मात्र जिम्मा दिएको हो कि, सचेत प्रबुद्ध र जिम्मेदार नागरिक ठान्ने मान्ने म जस्तालाई ती शोषित, पीडित, दमित विपन्न आम नेपाली जनताको अवस्था सुधारका लागि पनि काम गर्नु पर्ने दायित्व पनि सुम्पेको छ ? यही यस्तै सोचले मनमथिंगललाई सधैँ घचघचाई रहेको रहेछ । तिनै मध्येमा आफू पनि ठिंगो उभिरहेको एउटा व्यक्ति आज झण्डै” डेढ दशकदेखि एक्ला चलो रे को रुपमा यस स्तम्भ मार्फत आम पाठकका माध्यमबाट जसरी देखा परिरहेछ उसले पनि तीन सुषुप्त दासवत् बाँचेका आमनागरिकलाई चिमोट्न लुट्ने, घोच्ने गर्दै आएको थियो । आफ्नो देशका अधिशासक, प्रशासक, राजनीतिक पेसा व्यवसायीले यो देशको अस्तित्व, अस्मिताको, अपहरण, गरी आफ्नो स्वेच्छा र स्वार्थको रंग भूमि बनाउने तत्वका दलाल, माफियाका, हतियार र मतियार बन्दै डन, डाँका, अपराधी, भ्रष्टाचारीका जमातले दशकौं देखी नेपाल र नेपालीको शोषण गरिरहँदा समेत किन जाग्दैन आम जनता ?” भन्ने मन मथिंगलमा उब्जिएको रोष र आक्रोशको अभिव्यक्ति थिए झण्डै डेढदेखि यसै साप्ताहिकमा यही स्तम्भमा आएका “फरक पाटो”मा अनवरत लेखका विषय ।
तर आजका विकसित र प्रगतिको शिखर पुगेको “महान् शक्तिशाली देशका नागरिकभन्दा नेपालका आम जनता संसारमा सबैभन्दा धैर्य र विवेकशील रहेछन् । निरंकुश शासक र उनका निरंकुश शासन पद्धतिका विरुद्ध त्यहाँका जनताले दशौं बीसौं पचासौं वर्षसम्म रक्तपातपूर्ण विद्रो गरेको भन्ने विश्वको इतिहासले साक्षी बक्दै गरेको भए पनि, कहिले काही असह्य शोषण, उत्पीडन र उकुस मुकुस पार्ने कठोर बन्धनको कारण अभिव्यक्त कहरका आवाजहरुका माध्यमबाट दिइएको विद्रोहको संकेत स्वार्थ र शक्तिले अन्ध र बहिरा अघि शासन प्रशासकहरुले न सुने पनि, नेपाली जनताले आफ्नो विवेक नगुमाएको, बरु सधैँ समुचित समय आएपछि त्यस्को प्रयोग गरी संयम र शान्तिपूर्ण माध्यमबाट गरेको, नेपाल र नेपालीको गौरवपूर्ण परम्परा यसपटकका आमनिर्वाचनका माध्यमबाट कायम गरेको देखियो । 
जतिसुकै सीमान्त दुःखपीडा, शोष उत्पीडनको कालरात्रीमा बाँच्नु पर्दा पनि आफ्नो अस्तित्व अस्मिता महासंकटमा पारिँदा पनि ऊ उचित समयमा मात्रै जाग्दो रहेछ र सधैँ शान्तिपूर्ण माध्यमबाट नै त्यस्ता आततायी तत्व र शक्तिलाई दर किनार गर्ने रहेछन् भन्ने यथार्थबोध आज २०७४ मंसीर २४ गतेको बिहानै देखी हुन थालेको आत्मबोध हुन पुग्यो । 
फेरि पनि उल्लेख गर्नै पर्छ, भुरे टाकुरे राजा महाराजा सामन्त ठूला ठालूको दासता र दबदबा कालको कथा र व्यथाका कुरा छोडौं । पूरै एक शताब्दी सम्मको आततायी राणा अधि वंशकालीन निरंकुशताको कालखण्डमा देखाएको धैर्यतादेखि आजको कालखण्ड सम्मका परिवर्तित रुपमा नेपाल र नेपालीमाथि अविच्छिन्न रुपमा थोपरिँदै  आएका, शोषण, उत्पीडन, अत्याचार, भ्रष्टाचारका मारहरु विरुद्ध, सधैँ महान् नेपाली जनताले आफूलाई शान्ति दूत महात्मा बुद्धका सन्तान सावित गर्दै आएको देखियो यस बेला यी कुरा सायद हरेक विगततिर फर्केर घेत्लिने र नियाल्ने स्वतन्त्र र स्वविवेक प्रयोग गर्दै आएका नेपाली सन्ततिलाई महसूस भएको हुन सक्छ । 
त्यति मात्र होइन । रुपमा प्रजातान्त्रिक, सारमा शाहकालीन र ताजपोशी राणा शासन सत्ताका निरंकुश स्वेच्छाचारी शैलीलाई रुपान्तरित गरी ने.काको स्वेच्छाचारी १५ वर्षे “संसदीय भनिएको संसदीय शासन प्रणालीलाई नियालौं । अथवा र त्यसलाई अस्वीकार गरी संविधानद्वारा निर्मित संविधान मार्फत नेपालमा गणतन्त्र स्थापना गर्न सशस्त्र जनविद्रोह गरेको शक्तिसँग हत्तपत्त बाह्रबुँदे सम्झौता गरी एक दशक सम्म आवरणमा “गणतान्त्रिक लेखी” यथार्थमा उही परम्परागत स्वेच्छाचारी कोइराला अधिवंशवादको निरन्तरता कायम राख्दै आएको निरंकुश देशी विदेशी राष्ट्रघाती तत्व शक्तिको वफादार दलाल सानाठूा माफिया तस्कर अपराधी समूहको संरक्षण गर्दै र हरसम्भव जायज नायज हथकण्डा अख्तियार गर्दै जनताको नाममा जनताको अभिमतको आडबलमा, सिंहदरबार प्रवेश गरी शासन सत्ताको सीमान्त दुरुपयोग गर्दै देशमा चरम भ्रष्टाचार दुराचारपूर्ण व्यवहारका माध्यमबाट डन डाँका समूहको निर्माण र संरक्षण गरी, उनीहरुको हिंस्रक बलमा शासन सत्तामा टिकिरहने सोच बोकेका अद्र्ध सामन्ती निरंकुश, स्वेच्छाचारी तथा कथित लोकतन्त्रवादी तत्व र शक्तिलाई जसरी आज शान्तिपूर्ण संवैधानिक सर्वस्वीकृत निर्वाचनको माध्यमबाट नेपाली जनताले उखेलेर फ्याँके । त्यही सब घटनावलीलाई नियाल्दैै गर्दा जनता अपराजेय, विवेकशील र अनुपम धैर्यवान् रहेछ भने निष्कर्षमा पुगें (क्रमशः)     


Rating (Votes: )   
Share     Print


Other Articles:
सन्दर्भ निर्वाचन : करोडौं खर्चेर चुनाव जित्नेले देशका लागि के गर्लान् ? (12.05.2017)
कहिलेसम्म यो अराजक स्थिति ? (12.05.2017)
जित्ने त धेरै होलान् ? तर देश नराम्ररी हार्दैछ । (12.05.2017)
नेता बहकिएका कि बहकाइएका ? (11.28.2017)
मतदाताले लोकतन्त्र बचाउने कि राष्ट्रियता ? (11.28.2017)
“कीर्तिबाबु”को सन्दर्भमा (२) (11.24.2017)
घर डढाएर खरानी बटुल्ने काम ! (11.15.2017)
“कीर्तिबाबु”सँग जोडिएका आफ्नै केही स्मरणीय क्षणहरु (11.15.2017)
नेतृत्वको संकट, राजाको प्रश्न– जनताको उत्तर (11.07.2017)
मन्त्रीको रजोनिवृत्तिकाल तोकिनुपर्छ (11.07.2017)
दीजीको नीति नियत र पुरीको भ्रमण ? (11.07.2017)
संघ भनेको जोड्ने कि टुक्र्याउने ? (10.11.2017)
निरपेक्ष पर्यवेक्षकको नजरमा वर्तमानको राजनीतिक परिदृश्य (10.11.2017)
सवारी चालक सभ्य र शिक्षित भैदिए‘ (09.12.2017)
“माझी” र “मोदी” (09.12.2017)
कुलो भत्काउने– पानी आएन भन्ने ? (09.06.2017)
भ्रष्टाचारीका पक्षधरहरुको मनोविज्ञान (?) (09.06.2017)
अब पद्धति नै फेर्नेतिर सोच्नुपर्ने हो कि (08.29.2017)
दुई प्र.म. बीचका दुई “गुफ्तगु भेट” को रहस्य (?) (08.29.2017)
स्वास्थ क्षेत्रको लगानीस् नाफा कि सेवा ? (08.29.2017)



 
::| Latest News

 
[Page Top]