युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 08:37pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
प्राच्यका विश्वविद्यालय, शासनको भाषा र वर्तमान
Tuesday, 12.12.2017, 02:47pm (GMT+5.5)

- वेदराज पन्त
विश्वविद्यालयको शाब्दिक अर्थ हो– संसारका विद्या घर । लक्षणिक अर्थ फरक छ । विद्याको परिभाषाभित्र असंख्य विधा छन् । अनेक नियम, विधि, विधान र बोधगम्य अव्यक्त सत्व, तत्व, महत्व घनिभूतरुपले यत्रतत्र विद्यमान छ । ‘आलय’को सामान्य अर्थ घर हो । यस्ता सबै विद्याको घरलाई विश्वविद्यालयको नाम दिइयो । शास्त्रसम्मत ढंगले व्यवस्था गर्न शिक्षा मन्त्रालय अन्तर्गत विश्वविद्यालय स्वायत्त संस्था भए पनि अहिले मन्त्रालयका साथै विश्वविद्यालय व्यापार गर्ने कम्पनीमा परिणत भए । स्वास्थ्य र शिक्षा निजीकरणको नाममा बस्तु बेच्ने दुकानमा परिणत भए । यस्तो पसलका मालिक बने जनप्रतिनिधि र शिक्षामन्त्री । यस सम्बन्धी विवाद पटकपटकक धेरैपटक चर्चामा आइसकेको छ । यहाँ प्राच्य विश्वविद्यायबारे चर्चा गरिन्छ ।
विश्वविद्यालय र शिक्षामन्त्री दुबै शब्द संस्कृत भाषाका हुन् । अहिले दुबै सांस्कृतिक दृष्टिले आलोच्य छन् । संस्कृत भाषा नै कालान्तरमा वैदिक र लौकिक दुई रुपमा विभक्त भयो । वैदिक संस्कृति लोपोन्मुख छ । सांस्कृतिक पक्ष विवादास्पद छ ।
वैदिक संस्कृत र लौकिक संस्कृतमा ठूलो अन्तर छ । वैदिक संस्कृतभन्दा लौकिक संस्कृत सरल मानिन्छ । वैदिक संस्कृत अति कठिन छ, जटिल पनि छ । यो भाषा बुझ्न कठिन भएबाट वैदिक वाङ्मयका सार खिचेर लौकिक संस्कृतमा अनेक ग्रन्थ रचना भए । श्रीरामलाई वशिष्ठले पढाउन योग वाशिष्ठ नामको छुट्टै ग्रन्थ नै रचना गरे । श्रीकृष्णले अर्जुनलाई उपदेश दिन श्रीमदभगवदगीतामा वेद, उपनिषदको सारतत्व नै खिचे । वैदिक वाङ्मयमा सबै विद्या र योगशास्त्र समावेश गरेर कर्म, भक्ति र ज्ञानयोगको विशद चर्चा गरे । यसरी नै अन्यले पनि वैदिक संस्कृतका ज्ञानराशिलाई लौकिक संस्कृतमा अनुचिन्तन गरेर असंख्य कृतिको रचना गरे । व्यासले वेदलाई विभाजन गरेर चार वेदमा संग्रह गरेपछि यी चारैवेदका उपवेदका उपवेद पनि लौकिक संस्कृतमा लिपिबद्ध भए । स्मृतिग्रन्थ हुन् वा महापुराण, उपपुराण र संहिताहरु सबै वैदिक संस्कृतका उपजीवन लौकिक संस्कृत ग्रन्थ हुन् । यो लौकिक संस्कृतको ज्ञान पनि युरोपियनलाई चार सय वर्ष अगाडि सत्रौं शताब्दीमा मात्र हुन सक्यो । जब युरोपियन भाषाविद्हरुले लौकिक संस्कृत भाषाको पत्तो पाए उनीहरुले ग्रीक र लैटिन लगायत सबै युरोपियन भाषा संस्कृतबाटै  विकसित भएको मान्यता स्थापित गरे । संसारका सबै भाषाको मूल संस्कृत नै हो भन्ने अवधारणा त्यसपछि विश्वका भाषाविदले स्वीकारे । भाषाधातुबाट भाषा बन्छ । संस्कार गरिएको भाषा संस्कृत हो ।
सृष्टिको प्रारम्भ नै त्रिविष्टप (हालको तिब्बत)मा भयो । आर्यको मूल थलो यही हो । यहींबाट संस्कृत भाषासहित अन्य मानवेत्तर प्राणी र वनस्पति संसारमा फैलिए । प्राच्य वैदिक वाङ्मयमा यसैको चर्चा छ । लौकिक संस्कृत वाङ्मयमा हिमवत्खण्डको चर्चा हुन्छ । प्रथम विश्वविद्यालय हिमवत्खण्डमै स्थापित भएको चर्चा वेदमाता भनिएकी देवीको उत्पत्ति नै हिमालयमा भएकोले विश्वविद्यालय नै हिमालय हो । यो हिमालय अर्थात् हिमवत्खण्डमा देवीले स्थापना गरेको विश्वविद्यालयका कुलपति भगवान भोलेनाथ सदाशिव हुन् । शिवको अर्थ हुन्छ कल्याण । शिवको ह्रस्वइकार झिकिदिएमा ‘शव’ हुन्छ । ‘शव’को अर्थ हो मुर्दा । हिवत्खण्डमा स्थापित विश्वविद्यालयका कुलपतिले आद्यशक्तिको सहायता वा अनुकम्पाले विश्वविद्यालय संचालन गर्छन् । माहेश्वराणी सूत्रका अक्षरहरु नै यो विश्वविद्यालयका संचालक सूत्र हुन् ।
शिकोतन्त्र सूत्रमा ज्ञान विज्ञानको अथाह भण्डार छ । ‘तन्त्रे मनः शिवसंकल्प मस्तु’ रुद्रीका छओटा मन्त्रले यही उद्घोष गर्छ । शिवजी उत्पत्ति भएको हिमवत्खण्डको विश्वविद्यालय नै परा, अपरा, विद्या, अविद्या सबैको विश्वकै आलय (घर) हो । यो विश्वविद्यालय कैलाशमा थियो ।
यसपछि प्राच्यमा अनेकौं विश्वविद्यालय संचालन भए । संचालक अर्थात् कुलपति थिए ऋषिमुनि । गृहस्थ शौनकको गुरुकुलमा अठासी हजार ऋषिले पठनपाठन गरे । यस अघि नै भारद्वाज ऋषिको आश्रममा स्थापित विश्वविद्यालय (गुरुकुल)मा दशौं हजार विद्यार्थीले पठनपाठन गरे । श्रीरामले वशिष्ठ ऋषिको आश्रममा योगवाशिष्ठ ग्रन्थको पठनपाठन गरे । सान्दिपिनी ऋषिको गुरुकुलमा श्रीकृष्णले पठनपाठन, ज्ञान आर्जन गरेको प्रसंगले प्राच्यका गुरुकुल नै खुला विश्वविद्यायका रुपमा संचालित थिए भन्ने अकाट्य प्रमाण पाइन्छ ।
इशापूर्वका यस्ता विश्वविद्यालय (गुरुकुल)बाट उत्पादन भएका विद्वानहरुले कीर्तिमान कायम गरेका असंख्य घटना लिपिबद्ध छन् । आद्य शंकराचार्य नै यस्तै गुरुकुलका उत्पादन हुन् । शान्तिका अग्रदूत अहिंसाका पूजारी गौतम बुद्धले नै प्रारम्भमा यस्तै खुला विश्वविद्यालय गुरुकुलमै आश्रय लिएका थिए । गुरुकुलमै रहँदा बस्दा उनले ध्यान, जप र योगको पारम्भिक साधना गरेर अन्तःस्करण शुद्ध गरेबाटै यस्तै भएर बुद्धदर्शनको जगका रुपमा उल्लेख गरेका छन् ।
इशापूर्वको प्राच्य शिक्षा पद्धतिमा विश्वको मात्र नभएर ब्रह्माण्डकै समग्र पक्षमा चिन्तनमनन भएका असंख्य प्रमाण छन् । यसमा ज्वलन्त प्रमाण खगोल सम्बन्धी अनुसन्धान नै छ । आध्यात्म ज्योति मानिने ज्योतिषले भूमण्डलका साथै गृहमण्डलको विषयमा स्थापित गरेका मान्यता नै यसका उदाहरण हुन् । यसबाट के पुष्टि हुन्छ भने प्राच्यका खुला विश्वविद्यालय (गुरुकुल) ब्रह्माण्ड विद्यालयको रुपमा स्थापित गरिएको थियो । 
कालगणनाको स्थापित मान्यतानुसार १६ सय वर्ष अघि नै प्राच्यमा अर्को आयाममा विश्वविद्यालयले उपस्थितिको कालखण्डे इतिहास छ । यसमा सर्वाधिक चर्चित तक्षशीला, नालन्दा र विक्रमशीला विश्वविद्यालय मुख्य हुन् ।
तक्षशीला विश्वविद्यालयको स्नातकहरु उच्चकोटीको विद्वानका रुपमा आदरणीय हुन्थे । यो विश्वविद्यालयबाटै संस्कृत व्व्याकरणका प्रणेता पाणिनिले स्नातक उपाधि लिएको र कोशलनरेश प्रसेनजित एवं चन्द्रगुप्त मौर्य लगायतका विख्यात राजाले पनि यहीबाट स्नातकोत्तर गरेका थिए भनिन्छ । कौटिल्य पनि तक्षशीला विश्वविद्यालयकै स्नातक हुन् । यो विश्वविद्यालयमा वेद, वेदाङ्ग संहिताका अतिरिक्त अपराविद्या र अविद्याका साथै लौकिक साहित्य एवं उच्चस्तरको पराविद्याका ज्ञाता प्राचार्यहरुद्वारा प्राध्यापन हुन्थ्यो । कालगणनानुसार इशाको सातौं शताब्दी अहिलेभन्दा १५ सय वर्षअघि यो विश्वविद्यालय अग्रगण्य ख्यातिप्राप्त शिखर विश्वविद्यालयका रुपमा प्रतिष्ठित थियो ।
अर्को भव्य विश्वविद्यालयको नाम लिइदा नालान्द विश्वविद्यालय प्राच्यको एउटा अनुपम विश्वविद्यालय मानिन्छ । यो विश्वविद्यालय यति विशाल थियो त्यहाँ १० हजार विद्यार्थीका लागि आवास र भोजनको निःशुल्क प्रबन्ध थियो । १५ सय प्राध्यापकहरुले प्राध्यापन गरिने यो विश्वविद्यालयको विशेषता वर्णनातित छ । एकसय विविध क्षेत्रका विशेषज्ञ आचार्यहरुले विद्यार्थीको जुनसुकै जिज्ञासाको तत्काल समाधान दिन्थे । विश्वविद्यालयमा शास्त्रार्थ पनि समयसमयमा भैरहन्थ्यो । यहाँ चीन, जापान लगायतका दूर देशबाट विद्यार्थी आउने गर्थे । यस्तै एकजना चिनीया ह्यान सेनको यात्रा वर्णनन अहिले पनि सन्दर्भसूचीमा उल्लेख हुने गरेको छ । उनले यो विश्वविद्यालयमै तन्त्रविद्या पढेका थिए । यसबाट स्पष्ट हुन्छ नालन्द विश्वविद्यालय वैदिक शास्त्रका अतिक्ति अन्य शास्त्रको पनि पठनपाठन हुने विश्वविद्यालय हो । पठनपाठनका साथै यो विश्वविद्यालय महत्वपूर्ण ग्रन्थको रचनास्थल पनि थियो । यहाँ रचिएका ग्रन्थहरुका साथै अन्य ग्रन्थहरुको अनुवादको कार्य पनि यो विश्वविद्यालय परिसरमै हुने गथ्र्यो ।
यो विश्वविद्यालयमा सम्राट अशोकका अतिरिक्त अन्य राजा–महाराजाको पनि विशेष योगदान थियो । कलौजाका राजा हर्षबर्धनले आफ्नो राज्यका एकसय गाउँको उत्पादन यो विश्वविद्यालयलाई अर्पण गरेका थिए । यसरी नै सुमात्रा देशका राजा र पालवंशीय राजाहरुले पनि यो विश्वविद्यालयलाई दान–अनुदान दिएको विवरण छ । विश्वविद्यालयका भवन बनाउनेहरु पनि राजा–महाराजा नै हुन् । महान दार्शनिक नागार्जुन पनि यो विश्वविद्यालयका प्रमुख आचार्य बने । उनले यही शिक्षा लिएका थिए । प्रसिद्धि प्राप्त विश्वविद्यालयको यो फेहरिस्तमा अर्को छ– विक्रमशीला विश्वविद्यालय ।
यो प्रसिद्ध विश्वविद्यालयको स्थापनामा सम्पूर्ण योगदान राजा धर्मपालको छ । यो विश्वविद्यालय आजभन्दा १३ सय वर्ष अगाडि गंगा किनारमा पहाडी चट्टानमा अवस्थित थियो । तिब्बत लगायत हिमाली क्षेत्रका जिज्ञासु विद्या आर्जन गर्न यहाँ आउँथे । दीपंकर श्रीज्ञान नामका विद्वानले एक हजार वर्षअघि यो विश्वविद्यालयमा कुपतिको हैसियतले कार्य गरेका र उनको विद्वताबाट प्रभावित हुनेमा तिब्बतका राजा पनि थिए । उनकै निमन्त्रणामा दीपंकर श्रीज्ञान तिबत पुगेको र तिब्बतीहरुले तन्त्रको ज्ञान उनैबाट पाएका विवरण यथास्थान छ । आजभन्दा १२ सय वर्षअघिसम्म यो विश्वविद्यालय वैदिक लौकिक र विद्या, अविद्या सबैको स्रोत केन्द्र थियो भन्ने कालखण्डे इतिहासको विस्तृत विवरण छ । यसको विध्वंश मुस्लिमहरुले गरे । यसपछिको इतिहासमा इशाईहरु प्राच्य जीवनशैली ध्वंश गर्न बाइबल लिएर आए । भारतमा दुई सय वर्ष बाइबलले शासन ग¥यो । प्राच्यको शास्त्रमा वर्णित विधिको शासनलाई यसअघि ८ सय वर्षसम्म मुस्लिमको कुरानले विस्थापित गरेकोमा अब कुरानलाई विस्थापित गर्नेमा बाइबल सशक्त भएर आयो । बाइबल र कुरानको शासन गंगापारी नै सीमित रह्यो । हिमवतखण्डको नेपालमा प्रवेश गर्न पाएन ।
बाइबलले धेरैपटक जमर्को ग¥यो तर पृथ्वीनारायण शाहको नेतृत्वमा गोरखालीका पुर्खाले गोरक्षनीति अनुसार बाइबल बोकेर शासन गर्न आउने अंग्रेजलाई हिमवतखण्डको यो क्षेत्रमा ढिम्किन दिएनन् । आठहजार हिमालय शृङ्खला र त्यसमुनीका पहाड र उपत्यका तराई (मधेश)का जंगल र बस्ती गोरक्षा नीति अनुसार जोगिए । मन्दिर संस्कृतिका साथै पर्वत संस्कृति, नदी संस्कृति र यावत प्राच्य संस्कृति जोगियो । बौद्ध धर्मावलम्बीका चैत्य र गुम्बा तथा प्राच्य हस्तलिखित ग्रन्थ सुरक्षित भए । गोरखामा मात्रै २ हजार वर्ष पुराना गुम्बा यथावत रहन पाए । गोरक्षनीति अनुसार सबभन्दा बढी गुम्बा गोरखामा नै सुरक्षित भए । नेपालमा रहेका पुराना गुम्बाको गुम्बा व्यवस्थापन तथा विकास समितिले २०६१ सालमा प्रकाशित विवरण अनुसार ५३ वटा गुम्बाको सूचीमा मनाङमा सबभन्दा पुरानो गुम्बासहित २ हजार वर्ष पुरानो र ५ सय वर्षका गरी आठ गुम्बा सुरक्षित रहे भने मुस्ताङमा १२ वटा । यहाँ पनि २ हजार वर्ष पुराना गुम्बादेखि ५ सय वर्ष पुराना गुम्बाहरुमा बुद्ध दर्शनसंग सम्बन्धित अभिलेख सुरक्षित भए । सबभन्दा बढी गुम्बाको सुरक्षा गोरखामै भयो । गोरखामा ३२ वटा गुम्बा छन् । १५ सय वर्ष पुराना गुम्बादेखि ५ सय वर्षसम्मका गुम्बा गोरखामा छन् । विश्वभर शासन गर्ने बाइबलको लक्ष्य विफल पार्ने गोरखालीले यी गुम्बा यथास्थान सुक्षित राख्दै बुद्ध दर्शनलाई यावत जीवनचर्यामा अनुशीलन गरेकै छन् । सयजति इशाई राष्ट्र र दर्जनौं मुसाई राष्ट्रमा तदनुरुप नै बाइबल र कुरान शिरमा राखेर शासनसत्ता चलेको छ । प्राच्यको शास्त्रले नै  शासन हो भन्ने विश्वास र विधिको शासनबाट विश्व ब्रह्माण्डको संचालन हुन्छ भन्ने पूर्वीय चिन्तनकै अनुकरण इशाई र मुसाईले बाइबल र कुरानबाट गरे पनि प्राच्यको शास्त्र अनुरुपको शासन अहिले यथावत नभए पनि त्यही शास्त्रले निर्देश गरेको लोकसम्मति अनुरुपको लोकतन्त्र, गणतन्त्र वा जनतन्त्र, समाजवाद, साम्यवादलाई कागजको खोस्टोबाट मतदानको नाममा शासन संचालन गर्ने प्रक्रिया चालु छ । प्रजातन्त्रको जननी भनिएको बेलायतमा भने कागजको खोस्टोबाट राजा चुन्ने प्रक्रिया नभै वंशाणुबाटै राजा स्थापना गरिन्छ ।
इशापूर्व नै काठमाडौं उपत्यकामा बौद्ध दर्शनको प्रतीक स्वयम्भूनाथ स्थापित भैसकेको थियो । पशुपतिनाथ लगायतका शिवभक्त शैव र विष्णुनारायणका उपासक वैष्णव तथा शाक्तको गुह्येश्वरी लगायत सिद्धपीठ इशापूर्व नै स्थापित भएका हुन् । राजा प्रजा यिनैको उपासक थिए । शास्त्रसम्म राजाबाट शास्त्रसम्मत शासन चलेको थियो ।
तर यो कालखण्डका शिक्षाशास्त्रीहरू न त दूरदर्शी देखिए, न त इमान्दार । शिक्षाशास्त्री विशुद्ध शिक्षाकै क्षेत्रमा रमाउन चाहेनन् वा पाएनन् । शिक्षकहरूले पटक–पटक शिक्षा मन्त्रालय हाँक्ने सौभाग्य पाएकै हुन् । तर, शिक्षामन्त्री हुने महत्वाकांक्षा राख्ने यस्ता शिक्षकहरूले शिक्षा विकासमा आप्mनो कुनै योगदानको अभिलेख राख्ने वा कीर्तिमान कायम गर्न सकेनन् । बरु, पटक–पटक शिक्षामन्त्री भएका पूर्व शिक्षकहरूले भ्रष्ट, बेइमान, कामचोर, अनुत्तरदायीकै पगरी भने गुथेकै देखियो । यस्तै हालत विश्वविद्यालयको उपकुलपति हुनेहरूले पनि भोग्नुप¥यो । प्रत्येकपटक सत्तामा परिवर्तन हुनासाथ विश्वविद्यालयका उपकुलपति पनि गलहत्याएर कुर्सीबाट हटे, हटाइए । आफ्नै गुरुलाई विद्यार्थीले कालोमोसो दलेर हुर्मत लिने काम विश्वविद्यालयमै भयो । यसरी उच्चशिक्षित जनशक्ति र उच्च शिक्षा संस्था कुनै पनि स्वतन्त्र, स्वायत्त वा विवादरहित प्राज्ञिक रुपमा रहेको देखिएन । 
शिक्षा मानवीय चेतनाको अत्यन्त महत्वपूर्ण पक्ष समेट्ने स्रोतकेन्द्र हो । तर, नेपालको सन्दर्भमा शिक्षितहरू नै अमानवीय, असभ्य, अत्यन्त भ्रष्ट र अनुत्तरदायीका रुपमा चित्रित हुन्छन् । यो मुलुकको दुर्दशाका निमित्त काठमाडौंको इन्द्रचोकमा भारी बोक्ने भरिया वा दार्चुला जस्ता दूरदराज गाउँका खेतबारीमा हलो जोत्ने हलि जिम्मेवार हुँदैन । जे जति विगारे शिक्षित व्यक्तिहरूले नै विगारे । त्यसैले मुलुकप्रति गद्दारी गर्ने कृतघ्नहरू सबै विश्वविद्यालयका डिग्रीधारी शिक्षित भनिनेहरू नै हुन् । शिक्षाक्षेत्रको दुर्दशा र अस्तव्यस्त वातावरण लगायत मुलुकको यो दयनीय हालत निमित्त यस्तै शिक्षित भनिनेहरूलाई नै यो मातृभूमिले धिक्कारेको छ । कसैको मुखमा थुक्नैपर्छ भने त्यसरी थुकिने पात्र शिक्षित भनिनेहरू नै हुन् । पढेलेखेका, विश्वविद्यालयका डिग्रीले विभूषित भएका कलाकौशल, ज्ञानविज्ञान, दर्शन र मानवीय चेतनाका सबै विधाबाट परिचित शिक्षित वर्ग नै बहिर्मुखी हुँदैगएका छन् । बाह्य मुलुकका दार्शनिक, राजनेता वा बुद्धिजीवीले चपाएर रस चुसेर थुकेका छोक्राबाटै जो प्रभावित छन्, धेरै कुरा गर्छन्, काम बिगार्छन्, त्यस्तो बुद्धिजीवी वा शिक्षित व्यक्तित्वले उत्पादन गरेको जनशक्तिले मुलुकलाई सही दिशातिर उन्मूख गराउन सक्दैन । नेपालको सन्दर्भमा यही भएको छ । राजनीतिक दलका विदेशबाट उत्प्रेरित चरम स्वार्थी नेताहरूको दौराको फेरमा झुण्डिएर आफ्नो भूमिका खोज्न विवश यस्तो शिक्षित व्यक्तित्व स्वतन्त्र वा मौलिक चिन्तकका रुपमा परिचय दिने अवस्थामा छैन । यसरी विवादग्रस्त हुँदैगएका नेपालका शिक्षाशास्त्रीहरू यो कालखण्डमा त अलोच्य नै छन्, उनीहरूकै कारण मुलुककै भविष्य पनि अन्धकारमय नै हुँदैगएको छ । शिक्षित भनिनेहरू अति नै संकुचित छन्, स्वार्थी, अवसरवादी पनि यिनै हुन् । यी कृतघ्न मात्र छैनन्, कृतदास पनि हुन् ।
पूर्वीय जीवनशैली यस्तो कोरा भौतिकवाद वा उपभोक्तावादी तरल द्रव्यमा हुरुक्क हुने र अनैतिक, पतीत, भ्रष्ट बनाउने शिक्षामा सीमित थिएन । शिक्षाको धरातल नैतिकतामा अडेको थियो । सदाचारको, सिद्धान्त र निष्ठाको दृढ आत्मबल, चरित्रबलले युक्त थियो । पुरातात्विक महत्वका साक्ष्यहरूले यस्तै संकेत गर्छन् । प्राच्यमा शिक्षाशास्त्री थिए, दार्शनिक थिए । यी यथास्थानमा रहेर कीर्तिमान कायम गरेर गए । प्राज्ञिक स्वतन्त्रता अहिलेका द्रव्य लोलुप शिक्षाशास्त्रीहरूको जस्तो बजारमा सुक्रिविक्री हुने कुरा होइन । तर, नेपालका बुद्धिजीवी शिक्षाविद्ले, राजनेताले, नीतिनिर्माता र कार्यान्वयनकर्ताले आफ्नो मूल्य–महत्व कायम गर्न सकेका छैनन् । उनीहरू क्रेताको मूल्यमै बेचिन्छन्, आत्मबोध छैन, परमुखापेक्षी छन् । आधुनिक वैज्ञानिक शिक्षा प्रणाली अनुसार शिक्षित भएका विद्यावारिधि अर्थात् डाक्टरेटका उपाधिधारीहरूको त्यसैकारण जीवनस्तर मौद्रिकरण भए पनि नैतिक पतन अवमूल्यन हुने क्रम झन् तीब्र गतिमा छ । राजनीतिज्ञ, कूटनीतिज्ञ, प्रकृतिविद् विविध क्षेत्रका विशेषज्ञ र डाक्टरेटका यस्तै विशेषणले विभूषित उच्च शिक्षितहरू कार्यक्षेत्रमा पूर्णतया विफल नै भएका सयौं उदाहरण छन् । नेपालका कूटनीतिज्ञहरूलाई भूटानले समेत पटकपटक थाङ्नामा सुतायो । अमेरिकी र भारतीयले नचाए । राजनीतिज्ञ हुन् वा लोकतन्त्रवादी, प्रजातन्त्रवादी हुन् वा समाजवादी यस्ता क्षेत्रका बुद्धिजीवी सबैको यो एउटा प्रसंगमै देखिएको निरीह लाचारीले नै वास्तविकता कहन्छ । उच्चशिक्षा प्राप्त अर्थशास्त्री हुन् वा समाजशास्त्री, योजनाविद् हुन् कि पर्यावरणवादी पश्चिमी जगतका नीति निर्माताले रटाएका नारा वा पाठ फलाक्ने सुगा नै हुन् । सुगाले जति रटेको छ त्यो मात्र फलाक्न सक्छ । त्यस्तै सुगा रटाइमै नेपालका शिक्षित व्यक्तिले आफ्नो दिनचर्या व्यतित गरेको देखिन्छ । संस्कृत वाङ्मयमा के कति कस्ता विषय र ज्ञान–विज्ञान तथा शैक्षिक, सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, पुरातात्विक सामग्रीहरूका साथै मानवीय सृष्टि र ईश्वरीय सृष्टिकाबारेमा के कति सामग्री छन् ? त्यसबारे समेत फुट्टी ज्ञान नराखी विद्वानको बिल्ला भिरेका कथित शिक्षित धेरै छन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
अजेय जनता ! जिन्दावाद ! (12.12.2017)
सन्दर्भ निर्वाचन : करोडौं खर्चेर चुनाव जित्नेले देशका लागि के गर्लान् ? (12.05.2017)
कहिलेसम्म यो अराजक स्थिति ? (12.05.2017)
जित्ने त धेरै होलान् ? तर देश नराम्ररी हार्दैछ । (12.05.2017)
नेता बहकिएका कि बहकाइएका ? (11.28.2017)
मतदाताले लोकतन्त्र बचाउने कि राष्ट्रियता ? (11.28.2017)
“कीर्तिबाबु”को सन्दर्भमा (२) (11.24.2017)
घर डढाएर खरानी बटुल्ने काम ! (11.15.2017)
“कीर्तिबाबु”सँग जोडिएका आफ्नै केही स्मरणीय क्षणहरु (11.15.2017)
नेतृत्वको संकट, राजाको प्रश्न– जनताको उत्तर (11.07.2017)
मन्त्रीको रजोनिवृत्तिकाल तोकिनुपर्छ (11.07.2017)
दीजीको नीति नियत र पुरीको भ्रमण ? (11.07.2017)
संघ भनेको जोड्ने कि टुक्र्याउने ? (10.11.2017)
निरपेक्ष पर्यवेक्षकको नजरमा वर्तमानको राजनीतिक परिदृश्य (10.11.2017)
सवारी चालक सभ्य र शिक्षित भैदिए‘ (09.12.2017)
“माझी” र “मोदी” (09.12.2017)
कुलो भत्काउने– पानी आएन भन्ने ? (09.06.2017)
भ्रष्टाचारीका पक्षधरहरुको मनोविज्ञान (?) (09.06.2017)
अब पद्धति नै फेर्नेतिर सोच्नुपर्ने हो कि (08.29.2017)
दुई प्र.म. बीचका दुई “गुफ्तगु भेट” को रहस्य (?) (08.29.2017)



 
::| Latest News

 
[Page Top]