युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.28.2018, 02:49am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
राजनीति किन सधैं सत्ता र सम्पत्तिमा केन्द्रित ?
Tuesday, 12.26.2017, 11:28am (GMT+5.5)

- महेश्वर शर्मा
निर्वाचन सम्पन्न भयो, एउटा पक्षले बहुमत पायो तर, कामचलाउ सरककार भने अझै सत्ता हसतान्तरण गर्न उत्सुक छैन । राष्ट्रियसभा गठनको अल्झो झिकेर कामचलाउ सरकार अझै सत्ता लम्ब्याउन चाहन्छ । नेपाली कांग्रेस निर्वाचनमा नराम्रोसंग पछारिएपछि उसलाई  सत्ता छाड्न निकै गाह्रो भैरहेको छ । एकदिन त छोड्नैपर्ने बुझेको उसले आफ्ना आसेपासेलाई करोडौं रुपैयाँ सहायताको नाममा बाडिरहेको छ । यो सब राजनीतिलाई सत्ता र सम्पत्तिमा केन्द्रित गर्दाको परिणाम हो ।
राजनीतिक स्वतन्त्रताको महत्व त्यसको दुरुपयोग नहुन्जेल मात्र रहन्छ । सत्ता अथवा अधिकार पाएपछि मान्छे कसरी विग्रदो रहेछ भन्ने कुरा हरेकपटक सरकार परिवर्तनका बेला देखिएकै हो । त्यसैले त ११ वर्षमा ११ वटै सरककार बने । देश र जनताको कुनै पर्वाह छैन । देश र जनताको दयनीय अवस्था सुधारका विषय भने भाषणमै मात्र सीमित छन् । जुनसुकै सरकारले पनि पुरानै बिंडो धानेको स्थिति छ ।
तिम्रो देशबाट निकासी हुने मुख्य औद्योगिक उत्पादन के हो ? भनेर कसैले सोधेमा ‘तन्नेरी–तरुनी’ भन्नुपर्ने अवस्था छ आजको देशमा । दैनिक हजारको हाराहारीमा देशका होनहार युवायुवतीहरु कामको खोजीमा विदेशिन बाध्य छन् । अझ अवैध बाटोबाट त कति छन् कति । तिनैले ज्यान जोखिममा पारेर कमाएको वार्षिक तीन सय अर्ब जति विप्रेषण रकममा नेता र सरकारहरु रमाउँदै आएका छन् । योभन्दा दुःखलाग्दो स्थिति अरु के हुन्छ ? यो देशको नेतृत्वको आशनमा बस्नेलाई ‘नेता’ भन्नुपर्दा पनि शब्द नै अपमानित भएजस्तो लाग्छ ।
२०६२।०६३ अघिको सामाजिक स्थिति र सोचाईलाई त्यो आन्दोलनले नयाँ आशाको बीउ रोप्यो भन्दाभन्दै त्यो बीउ त विषको बीउ पो रहेछ भन्ने जनताका मनमा परेको आशंका अझै हटेको छैन । यसको कारण सत्ताधारी चरम भ्रष्ट देखिनु नै हो । राजतन्त्रका ठाउँमा गणतन्त्र ल्यायौं भनेर झन् ठूला मनपरी गर्न थालेपछि सामाजिक जीवनमै विचलन आएको छ । यस्तो विकृत परिवर्तनलाई समाजले पचाउन सकेको छैन । शासकहरुकै नैतिक मूल्य पाताल पुगेको देखका छन् जनताले । मन्त्रीहरु नै भ्रष्टाचारका आहालमा डुबेको देखेका युवा पिंढीले अब कालाबजारी, बेइमानी, तस्करी, लूटपाट, अपहण र बलात्कार जस्ता अपराध कर्म मात्रै देख्न पाउने भएको छ । यो गम्भीर अवस्था हो र अबका पुस्ताले अग्रजहरुबाट गुण होइन अवगुण मात्रै सिक्नुपर्ने अवस्था रहने हो भने यो देश कहाँ पुग्ला ? सोचनीय स्थिति छ ।
रंगभेद आन्दोलनका नायक दक्षिण अफ्रिकाका भू.पू. स्व. राष्ट्रपति (जो २७ वर्ष जेलमा बसेका थिए) नेल्सन मण्डेलाको भनाइ यस प्रसंगमा मननीय छ । उनले बीबीसीलाई दिएको अन्तर्वार्तामा भनेका थिए “आन्दोलनका क्रममा हामी कहिल्यै पनि आतंकवादका हिस्सा बनेनौं । हामीले कहिल्यै पनि सरकारी कर्मचारी र जनतालाई निशाना बनाएनौं । हामी यस्ता कुरामा सधैं शतर्क थियौं । कुनै पनि मानिसको हत्या गर्ने योजना नबनाएको भनेर न्यायाधीशले हामीलाई मृत्युदण्ड दिएनन् ।” तर यहाँका भालुभुत्तेहरुले सत्ताधारीप्रतिको रीस फेर्न अथवा एकथरिलाई हटाएर आफू सत्तामा पुग्ने स्वार्थ पूरा गर्न बीस–पच्चीस हजार मान्छे मार्ने, बेपत्ता पार्ने, अलपत्र पार्ने काम गरेर ठूलो काम ग¥यौं भन्न लाज मानेनन् । कति फरक चिन्तन ? त्यसैले यहाँ भनेको सुनिन्छ– बलजफ्त गर्न सक्नेले जे गरे पनि हुँदो रहेछ भनेर आजको राजनीति यहाँ सत्ता र सम्पत्तिमा केन्द्रित छ । यसको अर्थ जसको शक्ति उसैको भक्ति भएको छ । सत्ता र शक्ति मात्रै सबैथोक हो भन्ने नेतृत्व गर्नेहरुको सोचाईले गर्दा स्वार्थीहरु फाइदामा भए पनि जनतालाई मर्का परेको छ ।
आज पनि अधिकांश नेता र सरकारलाई देशका आवश्यकता र जनताका चाहना बुझेर काम गर्ने चासो नै छैन या त्यो क्षमता नै छैन । उनीहरु सरकारमा अडिने उपाय मात्रै सोच्छन् । त्यसका लागि हुल्याहा, गुण्डा, बाहुबली, छुल्याहा र डनहरुलाई हातलिएर अरुलाई अँठ्याउने काम भैरहेका छन् । सरकारी ढुकुटी रित्याएर भए पनि आफ्नै ग्याङलाई पोस्छन् अनि आतंक मच्चाउन लगाएर आफ्नो सत्ता जोगाउँछन् । बलजफ्त गर्न नसक्नेहरु खुम्चिएर बसेका छन् । भोका नांगालाई ससाना प्रलोभन दिएर उपद्रो गर्न लगाउँछन् अनि तिनैलाई मनपरी गर्ने छुट दिएर समाजलाई आतंकित पार्छन् । देश बनाउने सोच त छँदैछैन भने हुन्छ ।
राजनीतिका नामको यहाँको आजको स्थिति हेर्दा एउटा पुरानो भनाई सम्झना हुन्छ । त्यो के भने– इरानका शासक खलीफा (राजा)ले राष्ट्रको ढुकुटीबाट दैनिक ३ रुपियाँ तलब (पारिश्रमिक) लिएर त्यसैबाट परिवारको खर्च चलाउँथे रे । एकदिन रानीले ३ दिनको तलब पेश्की लिन भनिछन् । किन चाहियो भनेर सोध्दा ‘इद’ आउन लाग्यो, केटाकेटीलाई नयाँ कपडा किनिदिनुप¥यो भनिछन् । राजाले भनेछन्– “त्यो पैसा राष्ट्रकोषबाट शोधभर्ना नगर्दै म मरें भने त्यो ऋण कसले तिर्छ ? तिमीले खुदाबाट म यति दिन बाँच्छु भन्ने पट्टा ल्याउ,  नत्र म पेश्की लिन सक्दिन” भनेका थिए रे । यस्तै भनाइ चिनिया यात्री हुएन साङ र प्रधानमन्त्री चाणक्यका बीच पनि भएका थिए भनिन्छ । यसको अर्थ राष्ट्रको पैसा जथाभावी खर्च गर्नु हुँदैन, जनताको सम्पत्तिको सदुपयोग हुनुपर्छ भन्ने नै हो । तर यहाँ ‘उल्फाको धन फुपूको सराद्धे’ गरिरहेका छन् । 
राजनीति गर्ने अधिकांशमा जायज–नाजायज भन्ने कुरा हराउँदै गएको छ । विवेक पनि पाखा लागेको छ । आफैं मात्र बलियो हुने, आफैं मात्र माथि जाने, सैंतने र सम्पन्न हुने प्रवृत्ति फस्टाउँदो छ । जनता र प्रजातन्त्र जपेपछि जे गरे पनि हुन्छ भनेजस्तो स्थिति छ आज । जनप्रतिनिधिका प्रत्येक क्रियाकलापमा जनताका आशा, आकांक्षा झुल्किनुपर्नेमा जनताका अभिमत विपरीत सोझैं राजनीतिक डकैती भैरहेको छ । स्वार्थसिद्धिका लागि राजनीतिबाजहरू जति जागरुक छन्, त्यसको दशांश मात्र पनि जनहितका काममा लाग्दैनन् । संविधानको चर्चा त बसिबियाँलो मात्रै हो, होस हवास जति मन्त्री बन्न र मालदार मन्त्रालय हातपार्न सम्पूर्ण शक्ति लगाइरहेका छन् । यो भ्रष्ट प्रवृत्तिले सबैलाई कमाउ मन्त्रालय हत्याउनुपर्ने, प्रधानमन्त्री समेत आफू बलियो हुन गतिलै मन्त्रालय राख्न खोज्ने र भ्रष्ट आचरण भएकाहरूको जमात लिएर हिंड्न खोज्ने भएपछि के आशा गर्ने ? प्रधानमन्त्री त कमाण्डर हो, उसलाई मन्त्रालय किन चाहियो ? उ त त्यसै बलियो छँदैछ । बडो उदेकलाग्दो स्थिति देखिएको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
“निर्लज्ज त थियौ नै, निर्वस्त्र पनि नभई देउ न !” (12.26.2017)
अविवेकी निर्णयको परिणाम ... (12.19.2017)
अजेय जनता जिन्दावाद (२) (12.19.2017)
नेपालको परिप्रेक्ष र संघीय शासन (12.12.2017)
प्राच्यका विश्वविद्यालय, शासनको भाषा र वर्तमान (12.12.2017)
अजेय जनता ! जिन्दावाद ! (12.12.2017)
कहिलेसम्म यो अराजक स्थिति ? (12.05.2017)
सन्दर्भ निर्वाचन : करोडौं खर्चेर चुनाव जित्नेले देशका लागि के गर्लान् ? (12.05.2017)
जित्ने त धेरै होलान् ? तर देश नराम्ररी हार्दैछ । (12.05.2017)
नेता बहकिएका कि बहकाइएका ? (11.28.2017)
मतदाताले लोकतन्त्र बचाउने कि राष्ट्रियता ? (11.28.2017)
“कीर्तिबाबु”को सन्दर्भमा (२) (11.24.2017)
घर डढाएर खरानी बटुल्ने काम ! (11.15.2017)
“कीर्तिबाबु”सँग जोडिएका आफ्नै केही स्मरणीय क्षणहरु (11.15.2017)
नेतृत्वको संकट, राजाको प्रश्न– जनताको उत्तर (11.07.2017)
मन्त्रीको रजोनिवृत्तिकाल तोकिनुपर्छ (11.07.2017)
दीजीको नीति नियत र पुरीको भ्रमण ? (11.07.2017)
संघ भनेको जोड्ने कि टुक्र्याउने ? (10.11.2017)
निरपेक्ष पर्यवेक्षकको नजरमा वर्तमानको राजनीतिक परिदृश्य (10.11.2017)
सवारी चालक सभ्य र शिक्षित भैदिए‘ (09.12.2017)



 
::| Latest News

 
[Page Top]