युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.15.2018, 02:17pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
थरीथरीका मतदाता, मतदानको प्रयोजन र प्रतिनिधित्व
Thursday, 01.25.2018, 12:34pm (GMT+5.5)

- वेदराज पन्त
१. प्रवेश
नेपालको राजनीतिक उथलपुथलको इतिहास बक्ररेखाबाट पार भैसकेको छैन । त्यसैले “हात्ती छि¥यो, पुच्छर अड्क्यो” यो लोकोक्ति चरितार्थ हुँदैछ । २०७४ सालकको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भए पश्चात संविधान कार्यान्वयन हुने र विधेयात्मक दिशाबोध गर्दै गणतन्त्रात्मक लोकतन्त्रले अपेक्षित उपलब्धि दिने विषय समेत ‘मृगतृष्णा मरीचिका’कै सूत्र अनुरुप हुने आशंका गर्न थालिएको छ । राष्ट्रियसभा गठन हुन बाँकी छ । प्रदेशको विवाद चर्को छ । गणतन्त्रले कुन आकार लिन्छ शंकै छ । जसरी पनि चुनाव सम्पन्न गर्ने धोकोले नै धोका खाएको विश्लेषणका साथै गठबन्धनका साँठा भाँटा र तिनलाई कस्ने चोया बाता नै फुस्केलान (कि?) भन्ने भय मडारिन थालेको छ । एकता प्रसंग नै ओझेलमा पर्ने बाम गठबन्धनको औचित्य समाप्त हुने, चेष्टा, कुचेष्टा सतहमा परिलक्षित हुँदैछन् । यसैबीच माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डको भयदोहनका रणनीति पनि देश–विदेशमै तरंगित हुन थालेको छ ।
प्रतिनिधि र प्रदेशको चुनावमा डन र दम्यत्तिको साथै धन र जातको वर्चश्व रह्यो । माफिया, तस्कर, भ्रष्टाचारी, संगीत अपराधी दलीय जनीतिमा नेता बने । चुनाव लड्न टिकट नै खरीद विक्री भएको, चुनावमा उत्साहित मतदाताको उत्साहको प्रेरणास्रोत समेत कुनै सैद्धान्तिक निष्ठाभन्दा अन्य पक्षले नै प्रेरित गरेको नकारात्मक चर्चा प्रशस्तै भयो । जसरी पनि चुनाव गर्ने दलका नेताहरुले अन्ततोगत्वा चुनाव सम्पन्न गरे । पराजित हुँदा संयम र धैर्यधारण गर्नेभन्दा घात–प्रतिघात, विश्वासघातको अन्तरद्वन्द्वमा परियो भन्ने धेरै देखिए । संघीय गणतन्त्रात्मक धर्मनिरपेक्षको राजनीतिक मानचित्र तयार भएकोमा यसका पक्षधर नेताहरु रोमाञ्चित भए पनि सत्ताकै बरीपरी राजनीतिक चक्कर काट्न थालेको छ । यसरी राजनीीतक मानत्रिमा नयाँ सन्दर्भ बांगोटिंगो भएर प्रवेश ग¥यो ।

२. मतपरिणामपछिको चर्चा र अवस्था
पद्धति अनुरुप विधिको शासन संचालन गर्ने अनिवार्य काम निर्वाचन नै हो । यो चुनावमा जनअभिमतलाई भन्दा आफ्नो बठ्याई र अहंकालाई महत्व दिने स्वार्थपूर्ति गर्न परचक्रीका सामु लम्पसार हुने, क्षणक्षणमा पात्तिने र मात्तिने सत्तसुखभोगमा रमाउँदै भष्टाचारमा अभ्यस्त सफेदपोशी आवरण धुजाधुजा भयो । सबै दोष नेतृत्ववर्गमा थुप्रियो । यसरी नांगिएको अनुहार गलित, थकित र शक्तिहीन भएको देखियो । यो गर्छौं र त्यो गर्छौं भनेर अहंकार प्रदर्शन गर्ने खोक्रा धोक्रा मात्र रहेछन् भनेर बुझियो । गुदी नभएका धोक्रा यसरी थचारिए भनियो । पीडाले छटपटिए, रन्थनिएको भन्ने चर्चा सुनियो । अनेक हल्ला चले, चलाइदैछ  जजसले विजयमाला पहिरिए त्यो शक्ति उनीहरुले आफ्नै आँतको शक्ति हो भन्ने नठानुन् । यस्तो आक्षेप पनि गरियो । यसमा धेरै तत्वको भूमिका रह्यो, शक्तिस्रोतमा देखिने त जनताको मत नै हो । जनमत स्वस्तिक छाप लागेको कागजको खोस्टो नभए विचारको अभिव्यक्ति हो । यो विचारलाई मतदान भनियो । प्रक्रिया पूरा गर्दा मतपत्रमा स्वस्तिक छाप लगाइयो । मतदान लिने उम्मेदवारभन्दा मतदाता सचेत, सजग र सक्रिय नभए मतपत्र बदर हुन्छ । जनताको मत अर्थात् विचार नै शक्तिको स्रोत हो । तर यस्ता चुनामा मत प्रभावित हुने अनेक कारक र कारण हुन्छन्, हुँदारहेछन् । विकसित देशका मतदाता पनि यसमा निरापद छैनन्, हुँदैनन् । यस्तो आशंका प्रजातन्त्रमा अभ्यस्त पश्चिमी मुलुकक अमेरिकी राष्ट्रपति निर्वाचनमा समेत रुसी संलग्नताले आनको तान फरक पारेको चर्चा सेलाएको छैन । नेपालमा मतदाताले स्वच्छ, स्वस्थ वातावरणमा शान्त भएर लोभानी, पापानीविना मतदान गरेकै थिएन भनेर ठोकुवा कसैले गरेन । जसरी तसरी मतदान भयो । मतपत्रबाट अभिव्यक्त भएको वैचारिक शक्तिले विजयमाला पहिरियो । विजयी उम्मेदवारको वाकशक्ति बढ्यो । बोलिबचनको प्रभाव यावत नीतिगत कार्यगत क्षेत्रमा पर्दैछ । शासन संयन्त्रको प्रणाली प्रभावित हुने नै छ । यसबीच सत्ता हस्तान्तरणदेखि लिएर निर्वाचन परिणाम र राष्ट्रियसभाका वाद–विवाद, तर्क–कुतर्क, वितर्क, शंका, उपशंका, आशंकाहरु पलपलमा अनेक रुपरंगमा भए । तिनका तात्कालीन र दूरगामी परिणाम यथास्थान यथामति रहे । यस्तै टिप्पणीकारको टिप्पणी संचार माध्यममा आएको छ । त्यो टिप्पणीले भन्छ– “सबै विजयी उम्मेदवार दूधले धोएका फट्टीक होइनन्, चामलमा बीयाँ सरह स्वच्छ छविका सांसदको संख्या कमै छ ।” चुनावपछि सबै राजनीतिक समस्या हल हुने र मुलुकले द्रुततर आर्थिक विकास गर्ने जुन सपना बाँडियो, त्यो विपनामा परिणत हुने परिस्थिति तयार नहुँदै जटिल समस्याले, सुरक्षाले मुख बाए जस्तै विकराल भड्खारामा जाकिने आशंका गरिंदैछ ।

३. दृष्टिको विविध रुप
तत्व, सत्व र मअत्व यो शब्दविन्यासभित्र गुढतम रहस्य छ । स्थूलभन्दा सूक्ष्म तत्व अत्यधिक बलवति छ भन्ने शास्त्रीय अवधारणा छ । सूक्ष्मतत्व साधारण आँखाले देख्न सक्दैन । दृष्टिका रुप अनेक छन् । सूक्ष्म दृष्टि यसमा महत्वपूर्ण छ । दूरदृष्टि, गम्भीर दृष्टि सयौं दृष्टिका रुप छन् । सबभन्दा महत्वको दृष्टि दिव्यदृष्टि हो । वीर अर्जुनलाई विराटरुप हेर्न श्रीकृष्णले दिव्यदृष्टि नै प्रदान गरेको रोचक वर्णन भगवदगीतामा छ । बिराटरुप हेर्न दिव्यदृष्टि नै चाहिन्छ । कौरबलाई पनि श्रीकृष्णले बिराटरुप देखाएका थिए । तर, त्यो बिराटरुप हेर्न नसकेर उनीहरु बेहोस भए । कारण हो दृष्टिदोष । श्रीकृष्णलाई गिरफ्तार गर्ने आदेश दिने दुर्योधन नै मुच्र्छित भए । अर्जुनले दिव्यदृष्टि पाएकाले बिराट दर्शनबाट गदगद भए ।
सम्पन्न चुनाव हेर्ने कुनै दिव्य दृष्टि चाहिंदैन । सूक्ष्म दृष्टि पनि चाहिंदैन । स्थूल दृष्टिले नै चुनावको यावत प्रक्रिया छर्लङ्ग हुन्छ । पाँच अर्बभन्दा बढी धन खर्च गरेर सम्पन्न चुनावमा अनपेक्षित हार अकल्पनीय जीतमा अनेकौं रहस्यका पर्दा ागे पनि राजनीतिक, संवैधानिक समस्याको समाधान हुन सकेन भने दुर्भाग्य हुन्छ । चुनाव सम्पन्न भएको महिना दिनभित्रै निराश उच्छासले राजनीतिक क्षितिज रंगमगिदैछ ।

४. विश्वव्यापी परिचर्चा र टिप्पणी
सम्पन्न चुनावका विषयवस्तुमा अनेक प्रसंग विश्व्यापी बने । भविष्यपर्यन्त तर्कवीरले तर्क–वितर्क गरिनै रहनेछन् । यसमा एक उदाहरण संयुक्त राष्ट्रसंघले नेपालमा सम्पन्न चुनावप्रति सर्वप्रथम सकारात्मक प्रतिक्रिया व्यक्त ग¥यो । विश्व मामिलामा भैरहेका हिंसात्मक घटनाको आतंक र क्रुर शासकका करामतले अशान्त समस्याप्रधान विश्व घटनाक्रमबाट राहत लिने उपक्रम संयुक्त राष्ट्रसंघलाई यो चुनावा हुन पुग्यो । नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघको यसअघिको भूमिका जेजस्तो रहे पनि अहिले चुनावको परिणाम समग्र नआउँदै सर्वप्रथम वक्तव्य जारी गरेर स्वागत गर्नुले विश्व संस्थाको ठूलो अभिरुचिका साथै ध्यान केन्द्रित भएको टिपोट गर्नलायक विषय चुनाव बन्यो ।
अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पलाई जिताउने भूमिका रुसले खेलेको विश्वव्यापी चर्चा चलेको पृष्ठभूमिमा त्यहाँका सचेत मतदाता समेत रुसीहरुका करामतले प्रभावित कसरी भए यो प्रश्न निर्वाचनको इतिहासमा चर्चित प्रसंग बन्यो । नेपालमा कार्टर फाउण्डेशनको गहिरो अभिरुचीको खास कारण गौण छ । उसले पर्यवेक्षणमा समेत सक्रिय भूमिका खेल्यो । यसले चुनावलाई सकारात्मक बन्न प्रदान गरेको मानियो । अमेरिकी राष्ट्रपतिको चुनावमा रुसी प्रभावको लेखाजोखा अमेरिकामै गरिंदैछ । तर, कार्टर फाउण्डेशन आफ्नो मुलुकको चुनावमाभन्दा यति टाढाको सानो देश नेपालको चुनावमा किन गहिरो अभिरुचीका साथ सक्रिय रह्यो तर्कवीरहरुले थरीथरी तर्क गरे । यससम्बन्धी टिप्पणी पनि सुदूरभविष्य पर्यन्त हुने नै छ ।

५. थरीथरीका मतदाता, मतदानको प्रयोजन र प्रतिनिधित्व
शताब्दी पार गरेकाले मतदान गरे । क्रियापुत्रीले पनि मतदान गरे । अन्तर्राष्ट्रिय स्तरमा नै सम्मानित क्रान्तदर्शि कवि र संस्कृतिविदले पनि सोत्साह मतदान गरे । शारीरिक रुपले अपांग, दृष्टिविहीन नसबै प्रकारका असक्त पनि मतदान गर्न मतदान केन्द्रमा पुगे । यरी सम्पन्न निर्वाचनको सकारात्मक पक्ष संचार जगतमा व्यापक भयो । यसरी भएको मतदानको सदुपयोग हुनैपर्छ । आशंकाको जन्म हुनु विडम्बना हो ।
अति महत्व यो चुनावप्रति राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतको संचार जगतको टिप्पणीले शान्तिपूर्ण चुनाव भएको अभिलेख यथास्थानमा रह्यो । मत भनेको विचार हो । विचारको अर्को पर्याय शक्ति वा ज्ञान हो । यो कहिल्यै मर्दैन । ६७ प्रतिशत मतदान भयो । त्यो मतको उपयोग ५ वर्षसम्म कसरी गरिन्छ यसबारे विभिन्न कोणबाट विश्लेषण हुँदैछ । सय वर्ष कटेका वृद्ध–वृद्धाले धर्मसापेक्ष राष्ट्रभन्दा धर्मनिरपेक्षा राष्ट्र नै ठीक भनेर आफ्नो मतदान गरेको र राजतन्त्रभन्दा गणतन्त्र नै ठीक भनेर बुझेको देखियो । यस्तै क्रियापुत्रीले पनि धर्मसापेक्ष जीवनयापनको क्रममा काजक्रिया गर्दै मतदान गर्न पनि भ्याए । यस्ता परस्पर बिरोधाभाषी चरित्र मतदानको पृष्ठभूमिमा छन् । क्रियापुत्रीले प्रेतयोनिबाट मृतकलाई उन्मुक्ति दिएर अर्को जन्मको निमित्त सहज मार्गबाट  यात्रा गर्ने शुद्ध शान्तिको कर्म नै क्रिया हो । हिन्दु समाज धर्ममा आधारित छ । यो काजक्रिया धर्मसापेक्ष कर्म नै हो । त्यसैले ९५ प्रतिशत हिन्दु धर्मावलम्बीको मुलुक धर्मनिरपेक्ष हुन सक्दैन भन्ने कट्टर हिन्दुवादी तर्क छ । यो तर्क विपरीत क्रियापुत्रीले द्वैध चरित्रको प्रदर्शन गरे ।
सापेक्षवादका प्रणेता महर्षि वैज्ञानिक आइन्सटाइनले अमेरिकालाई विश्वशक्तिको ठाउँमा उभ्याउन अणुबम दिए । यो बम यति धेरै शक्तिशाली थियो– नागासाकी र हिरोशिमा त ध्वस्त नै भयो– विश्व नै अमेरिकाको शक्तिप्रति नतमस्तक हुन पुग्यो । तत्कालीन अमेरिकी सरकारले वैज्ञानिक आइन्स्टाइनलाई पुरस्कार स्वरुप के दिने भनेर उनलाई नै सोध्यो– उनले यहुदी धर्मसापेक्ष राष्ट्रको माग गरे । इजरायल नामको राष्ट्रको जन्म यो । अमेरिकी सरकारको पुरस्कारका रुपमा आइन्स्टाइनले धर्मसापेक्ष यहुदी राष्ट्रको अस्तित्व खडा गराएको यो विश्वमा नेपाल जो अनादिकालदेखि सनातन धर्मसापेक्ष राष्ट्रका रुपमा रहिआएको थियो त्यो धर्मनिरपेक्ष राष्ट्र घोषित गर्ने संविधानको कार्यान्वयनमा नेपालका मतदाताले मतदानन गरे । यसबारे कुनै हिन्दुले कुनै दिन अनुसन्धान गर्ला । विश्वमा एक अर्ब हिन्दु छन् । हिन्दु राष्ट्रका बुद्धिजीवी, वैज्ञानिक, समाजशास्त्री, शिक्षाशास्त्री यावत नीति निर्माता राजनीतिको यो चक्रव्यूहमा कसरी फँसे ? त्यो पनि अनुसन्धानकै विषय बन्ला ।


६.  राष्ट्रकवि र संस्कृतिविदको मतदान प्रसंग
राष्ट्रकवि माधव घिमिरे तथा संस्कृतिविद सत्यमोहन जोशी मानवीय गुणवत्ताको शिखरमा पुगेका अन्तर्राष्ट्रिय ख्यातिपाप्त अनुपम व्यक्तित्वका रुपमा स्थापित महापुरुष नै हुन् । यो चुनावको मतदानको प्रसंगमा यी व्यक्तित्वको यथास्थान, यथामती चर्चा भयो । टेलिभिजनको पर्दामा मतदानकेन्द्रमा उनीहरुको उपस्थितिको दृश्य प्रसारण भयो । यत्तिकैमा यो प्रसंग सेलाएन । उनीहरुलाई समेत चुनावले आकर्षित गरेको कारणको अहिले खोजीनीति नभए पनि कुनै दिन उनीहरु जस्ता राजनीतिभन्दा धरै माथिका स्वयं कालजयी पात्र बनेकारुले मतदान गरेको यो अवधिको शासनसत्ता र संविधानबारे सुदूर भविष्यमा लेखाजोखा हुने छ । माधव घिमिरे राष्ट्रकविका साथै ०४७ सालको सविधान अनुरुप आजीवन सम्माननीय राजपरिषदका सदस्य हुन् । सर्वमान्य यी क्रान्तदर्शि कवि विद्वान छन् । वयसन्धिले ९९ वर्षमा परिभ्रमण गरिरहेका यी कविको मत सदुपयोग हुनैपर्छ । उनको प्रतिनिधित्व जसले जुन पार्टीले गरे पनि उनले नै वाणी दिएका हरफहरु आउने पुस्तामा पनि गुञ्जिइरहने छन् । जस्तै “कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं” यो शब्दविन्यासयुक्त हरफ अनुरुप उनको मतको प्रतिनिधित्व गर्ने सांसदले राष्ट्रियताको साथै नेपालको अस्तित्वलाई हृदयंगम गरेर उनबाट प्राप्त मतको सदुपयोग गरे नगरेकोबारे यो ५ वर्षभित्रै परिणाम आउने नै छ । “शिवले यहीं ल्याएको सृष्टिको पहिलो विहान, बुद्धले यही पाएथे ज्ञानको पहिलो मुहान” यस्ता कालजयी सयौं गीत, कविता र खण्डकाव्यका रचयिताको मतदानबाट राष्ट्र, राष्ट्रियता र प्रगति हुनैपर्छ । धर्मनिरपेक्ष र गणतन्त्रात्मक लोकतन्त्र स्थापित गर्ने संविधानको सफल कार्यान्वयन कसी गरिएला भन्ने बाहेक अरु चर्चा अहिले अप्रासंगिक हुन्छ । सत्यमोहन जोशी स्वयं संस्कृतिविद भएकाले संस्कृतको अर्थ नै परिमार्जित र संस्कार गरिएको अर्थमा लिइन्छ । लोकसंस्कृतिका अध्येता सुसंस्कृत, सुसम्य, सुशिक्षित, सुविख्यात सबै विशेषणले विभूषित सत्यमोहन जसको नामै सत्यमा आधारित छ । सत्यले धर्मबोध गराउँछ । “सत्यं परं धी मही” भन्ने सूत्र छ । यस्तो मतको सदुपयोग हुनेछ भन्ने विश्वासलाई यो कालखण्डे इतिहासले कसरी वाणी देला ? प्रतिक्षाकै विषय बनेको छ ।
यसरी महान हस्तीहरुले मतदान गरेकका र सम्पन्न चुनावको सेरोफेरोमा झिनामसिना तपसीलका काम कुरा र निकृष्ट स्वार्थीपनले राजनीति दूषण–प्रदूषण नहोस् सगरमाथा जत्तिकै उचाइमा राष्ट्र पुग्न सकोस् । एसियाका लाइट मानिएका बुद्धलाई नेपाला शान्तिदूत भनिन्छ । यो संविधान कार्यान्वयन भएर शान्तिको देश नेपालले विश्वमानचित्रमा उपस्थितिबोध गराउने शक्ति पाओस् । यही अपेक्षा गरिन्छ । अस्तु !


Rating (Votes: )   
Share     Print


Other Articles:
स्थायी समाधान खोज्ने कि सधैं टारटुर मात्रै (01.25.2018)
जनता भन्छन् “नागा, नेता र न्यायकर्ता उस्तै उस्तै !” (01.25.2018)
परिवर्तन ‘दौैरा न साराको खल्ती’ भयो (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (२) (01.09.2018)
मुद्दा नै लड्ने भए जन अदालत जाउँ ! (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (01.02.2018)
गोलचक्करमा राष्ट्रपति ः निकास के ? (01.02.2018)
नदुखेको टाउको डोरीले बाँधेर दुखाइदैछ (01.02.2018)
पहिले आफैंलाई चिन अनि अरुलाई ! (12.26.2017)
राजनीति किन सधैं सत्ता र सम्पत्तिमा केन्द्रित ? (12.26.2017)
“निर्लज्ज त थियौ नै, निर्वस्त्र पनि नभई देउ न !” (12.26.2017)
अविवेकी निर्णयको परिणाम ... (12.19.2017)
अजेय जनता जिन्दावाद (२) (12.19.2017)
नेपालको परिप्रेक्ष र संघीय शासन (12.12.2017)
प्राच्यका विश्वविद्यालय, शासनको भाषा र वर्तमान (12.12.2017)
अजेय जनता ! जिन्दावाद ! (12.12.2017)
सन्दर्भ निर्वाचन : करोडौं खर्चेर चुनाव जित्नेले देशका लागि के गर्लान् ? (12.05.2017)
कहिलेसम्म यो अराजक स्थिति ? (12.05.2017)
जित्ने त धेरै होलान् ? तर देश नराम्ररी हार्दैछ । (12.05.2017)
मतदाताले लोकतन्त्र बचाउने कि राष्ट्रियता ? (11.28.2017)



 
::| Latest News

 
[Page Top]