युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 02:51pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
राष्ट्रिय दिवस नै नभएको लाजमर्दो स्थिति : किरण बुर्लाकोटी
Monday, 01.16.2012, 04:37pm (GMT+5.5)

जनआन्दोलन–२ पछि मुलुकले कुनै राष्ट्रिय दिवस पाएको छैन । त्यसअघि हरेक वर्षको पुस २७ गते राष्ट्रिय एकता दिवस मनाइन्थ्यो । लोकतान्त्रिक भनिने सरकार गठन भएपछि त्यसलाई हटाइयो । अहिले राष्ट्रिय दिवस पुस २७ लाई मान्नुपर्छ भन्ने आवाज उठिरहेका छन् । राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाहको २९० औं जयन्तीका अवसरमा नागरिक स्तरबाट आयोजित कार्यक्रममा धेरैले सो दिनलाई राष्ट्रिय दिवस मनाउने माग गरे ।
मुलुक अत्यन्त सम्वेदशील परिस्थितिमा छ । गलत राजनीतिक मुद्दाहरूका कारण एकपछि अर्को समस्याहरू निम्तिरहेका छन् । त्यसकारण चारैतिरबाट राष्ट्रिय एकता कायम हुनुपर्ने आवाजहरू उठिरहेका छन् । राष्ट्रिय एकता अत्यन्त कमजोर भएको अहिलेको अवस्थामा राजनीतिक नाराले मात्र मुलुक सुरक्षित हुन सक्दैन भन्ने स्पष्ट भैसकेको छ । देशको राजनीतिक परिस्थिति जसरी अगाडि बढिरहेको छ त्यसमा आ–आफ्नै स्वार्थले बढी काम गरेको छ । शीर्ष दलहरू आपसी सहमति कायम गरेर मुलुकको सार्वभौमसत्ता जोगाउने पक्षमा कहिल्यै एक हुन सकेनन् । राष्ट्रियताको सवालमा नेपालका राजनीतिक दलहरू अत्यन्त कमजोर सावित भैरहेका छन् । सत्ता र शक्ति हत्याउने एउटा औजारका रुपमा राष्ट्रियताको विषयलाई उठाउने गरिएको छ । हिजो जस्तो परिस्थिति थियो आज पनि त्यस्तै छ । राष्ट्रियता झन्झन् कमजोर बन्दै गएको छ । राष्ट्रिय एकताका आधारहरू दिन प्रतिदिन कमजोर मात्र भैरहेका छैनन् यसलाई भताभुङ्ग पारेर विदेशी पोस्ने काम समेत भैरहेको आरोप छ ।
राष्ट्रियताको विषय दलअनुसारको फरक र राजनीतिक स्वार्थसंग जोड्ने गरिएको हुँदा नेपाल राष्ट्रियता बचाउने आन्दोलनले मूर्तरुप लिनै पाएको छैन । अहिले राष्ट्रिय एकता खलबलिएको अवस्था छ । यसलाई एउटै मालामा उनेर एकतावद्ध गर्नु अबको चुनौती कम छैन । यो विषयलाई जसरी राजनीतिक स्वार्थमा घोलियो त्यसले मुलुकलाई छिन्नभिन्न पार्ने खतराहरू कायमै छन् । सवैलाई आ–आफ्नै अधिकार चाहिएको छ । समग्र मुलुकको अस्तित्वसंग कसैले पनि आफूलाई जोड्न चाहेका छैनन् । भाषा, संस्कृति, भेष भुषा जेजस्तो भए पनि हामी नेपाली हौं भन्ने भावनाको विकास हुन सकेको छैन । पहिला नेपाली हुने कि मधेसी वा तराईबारी हुने ? नेपाली भएर मात्र हिन्दु, मुसलमान, इसाई, ब्राह्मण, क्षेत्री, दलित, जनजाति, मधेसी, सवै रहने हो । नेपालै नरहे त्यो अस्तित्व कहाँ गएर खोज्ने ? अभियानकारी र जातीय आन्दोलन उठाइरहेकाहरूले हेक्का राख्नुपर्ने विषय यही हो । मुलुकभित्र हरेक जातजातिबीच रहेको सौहार्दपूर्ण सम्बन्ध कटुतामा परिणत भैरहेको बेला विदेशीले चलखेल गरिरहेका छन् । सीमा मिच्ने क्रम रोकिएको छैन । राजनीतिक हस्तक्षेपको त कुरै नगरौं । सत्तामा बस्दा विदेशी हस्तक्षेपलाई ‘सहयोग’ ठान्नेहरू विपक्षमा बस्दा त्यसलाई हस्तक्षेप नै हो भन्ने गर्दछन् । सत्तामा रहँदा र नरहँदा राष्ट्रियताको विषय नै फरक हुने गरेको छ । राष्ट्रियतालाई अपमान र गालीको विषय समेत बनाउने गरिएको छ । विगतलाई सरापेर आफ्नो वर्तमान र भविष्य सुनिश्चित गर्ने गलत महत्वकांक्षा राख्नेहरू ‘महेन्द्र राष्ट्रवाद’, ‘मण्डले राष्ट्रवाद’, ‘अन्धो राष्ट्रवाद’ भन्दै राष्ट्रियताको पक्षमा बोल्नेहरूलाई दुत्कार्ने गरिएको छ । अरु त अरु बुद्धिजीवीहरू समेत यो होडमा लागेका छन् ।
सत्ताको सेरोफेरोमा बस्नेहरू कहिल्यै राष्ट्र खतरामा परेको देख्दैनन् । सत्तामा आँच आउने सम्भावना देखे राष्ट्रियताको दुहाई दिन्छन् । विदेशीकै इशारामा राष्ट्रिय एकतालाई भत्काउने काम भएकोमा कुनै शंका छैन । धर्म निरपेक्षको घोषणा यसैको कडी हो भने जातीय राजनीतिलाई महत्व दिएर क्षणिक शक्ति आर्जन गर्ने सुझाव पनि अरुकै हो । टुक्रा टुक्रामा विभाजित नेपाललाई एकताको सूत्रमा उन्ने पृथ्वीनारायण शाहको शालिक तोड्नेदेखि लिएर उहाँको जन्मदिनमा मनाइने राष्ट्रिय एकताा दिवस खारेज गर्नु पनि विदेशीकै निर्देशन पालना हो । नेपाललाई साझा फूलबारीको रुपमा स्वीकार गरेर सवैको आ–आफ्नै अस्तित्व कायम गरिएको विगतको महत्वपूर्ण पाटोलाई लत्याएर ‘निरंकुशता र सामन्तवादको अवशेष’को रुपमा चित्रण गर्नुको परिणाम पनि अहिले देखापरिरहेको छ । मुलुकमा अहिले राष्ट्रिय एकताको आवश्यकता छ । तर त्यो एकता कसरी कायम गर्ने ? यस विषयमा कसैले केही सोचेका छैनन् । विगतमा राजसंस्था राष्ट्रिय एकताको प्रतीक मानिएको थियो तर अहिले के हो राष्ट्रिय एकताको प्रतीक ? राष्ट्रपति डा. रामवरण, प्रधानमन्त्री डा. भट्टराई ? के राष्ट्रिय एकतालाई अक्षुण्ण राख्ने कुनै प्रतीक चाहिंदैन । राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन गर्दै अन्धो क्रान्तिकारी बन्ने होडवाजीले मुलुकलाई अत्यन्त कमजोर अवस्थामा पु¥यायो । तैपनि चेतना जागेको छैन ।



Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा (01.09.2012)
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा (01.09.2012)
वर्तमान राजनीतिक नेतृत्व असफलताको दिशातिर : यादब देवकोटा (01.02.2012)
सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा (01.02.2012)
अभाव पूर्तिको नाममा व्यक्तिगत लाभको चलखेल : यादब देवकोटा (12.26.2011)
जातीय संघीयता ‘घरको न खोप्राको’ : महेश्वर शर्मा (12.26.2011)
नेताहरूको विपरीत मतिले पार्टीको थप क्षति नहोस् : तारा सुवेदी (12.26.2011)
पूँजीवादको उपहार हो जलवायु परिवर्तन : यादब देवकोटा (12.20.2011)
परिणाम नसोची गरिएका सम्झौता नामका तम्सुक ! : महेश्वर शर्मा (12.20.2011)
सबै पार्टीभित्रका विपक्षीहरूलाई चेतना भया : तारा सुवेदी (12.20.2011)
जलवायु परिवर्तनको प्रभाव- जैविक विविधता र कृषि प्रणालीमा गम्भीर असर : यादब देवकोटा (12.13.2011)
अद्र्धभूमिगत प्रधानमन्त्रीको गज्याङगुजुङको सय दिन : तारा सुवेदी (12.13.2011)
भागवण्डाको राजनीति र भ्रष्टाचार : महेश्वर शर्मा (12.13.2011)
जलवायु परिवर्तनको प्रभाव, खाद्यान्न र पानीको ठूलो हाहाकार हुने भय : यादब देवकोटा (12.06.2011)
संविधानसभाले सर्वोच्चमाथि जाइलाग्नुको अर्थ हिट्लर जन्माउने षड्यन्त्र : तारा सुवेदी (12.06.2011)
केही खुद्राखाद्री सन्दर्भ र जनसामान्यका प्रश्न : महेश्वर शर्मा (12.06.2011)
क्योटो प्रोटोकलको प्रतिबन्धि धारा कार्यान्वयनमा जोड : यादब देवकोटा (11.28.2011)
लोकतन्त्र र अर्थतन्त्र दुवै हसपिसमा : तारा सुवेदी (11.28.2011)
जातिवादीहरू देश टुक्र्याउने भूमिका खेल्दैछन् : महेश्वर शर्मा (11.28.2011)
दक्षिण एसियाले आफ्नो परिचय बदल्नुपर्छ : यादब देवकोटा (11.21.2011)



 
::| Latest News

 
[Page Top]