युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.28.2018, 01:25am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नेपालको राजनीतिमा फागुन महिना हरेक परिवर्तनको मूल ढोका
Tuesday, 02.20.2018, 10:46am (GMT+5.5)

नेपालमा राजनीतिक व्यवस्था पविर्तनका साथै संस्थापन संरचना नै उखेलेर फाल्ने गरी भएको आन्दालनहरुको जग हो । फागुन ७ गते । अहिलसम्म भएका आन्दोलनहरु फागुनकै सेरोफेरोमा घुमेका छ् ।

२०४६ सालमा मुलुकले राणाशासनबाट मुक्ति पाएको दिनबाट आन्दालन सुरु भएको थियो । माओवादी जनयुद्ध फागुन महिनाबाटै सुरु भएको थियो । त्यसैले राजनीतिक व्यवस्था र फागुन नेपाली इतिहासमा नबिर्सिइने शब्द हो । 

फागुन ७ गते भएको परिवर्तनको पृष्ठभूमिमा २०४६ र २०६२।०६३ का परिवर्तन भए । राणा शासनको अन्त्यसँगै सात सालले परिवर्तनको ढोका खुल्यो । विश्लेषक हरि शर्मा २००७ सालमा भएको प्रजातन्त्र स्थापनाले परिवर्तनका लागि मार्ग खोलेको बताउनुहुन्छ । 

एक सय चार वर्षीय राणाशासनले राजालाई समेत नारायणहिटी दरबारमा अघोषित बन्दी बनाएपछि प्रजातन्त्र चाहनेले राजा त्रिभुवनलाई दरबारबाट विराटनगर वा पाल्पा लैजान खोजेका थिए ।

राजा त्रिभुवन दरबारबाट निस्केर भारतीय राजदूतावासमा शरण लिई हवाईजहाजबाट भारत जानुभयो । यसपछि नेपालको राजनीतिले अचानक जटिल मोड लिएको विसं २००७ को क्रान्तिमा सक्रिय राजनीतिज्ञ विश्वबन्धु थापाले बताउनुभयो ।

पाल्पामा राणा नै बडाहाकिम भएकाले राजा त्रिभुवन विराटनगर जानु उपयुक्त हुने सल्लाह दिइयो । विराटनगरमा प्रजातन्त्र पक्षधरकै बाहुल्यता थियो । राजा दिल्ली गएपछि २००७ सालको क्रान्ति दिल्ली सम्झौतामा टुङ्गियो । 

राष्ट्रिय काँग्रेस गान्धीको अहिंसावादी विचारबाट प्रभावित थियो । त्यही बेलामा भारतमा नेपालको राणाशासनबाट वितृष्णा भएर पुगेका सुवर्णशमशेरलगायतका राणाहरूकै सक्रियतामा नेपाल प्रजातन्त्र काँग्रेस स्थापना भएको थियो । राष्ट्रिय काँग्रेससँग जनशक्ति थियो । 

प्रजातन्त्र काँग्रेस आर्थिकरूपमा सम्पन्न थियो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि दुवै पार्टी मिल्नुपर्ने विचार आउन थालेपछि विसं २००६ मा दुवै दल मिलेर नेपाली काँग्रेसको गठन गरियो । काँग्रेसले सशस्त्र क्रान्तिको आह्वान गरेपछि देशव्यापी रूपमा आन्दोलन चर्कियो ।

प्रजातन्त्र स्थापनाका लागि सशस्त्र क्रान्ति गर्नुपर्छ भन्ने प्रजातन्त्र काँग्रेसको विचारसँग राष्ट्रिय काँग्रेस सहमत भएर पार्टी एकीकरण भएको थियो । एकीकरणपछि प्रजातन्त्र स्थापनाको आन्दोलनले गति लियो । राणा शासकले नियुक्त गरेका बडा हाकिमले क्रान्तिकारीसँग आत्मसमर्पण गर्न थाले । 

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभयो । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।

विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

विसं २००७ अघि पृथ्वीनारायण शाहले राज्य गरेको गोरखामा समेत विद्यालय थिएन । त्यसबेला नेपालकै हाराहारीमा रहेका कोरिया, मलेसिया र थाइल्यान्ड अघि बढे पनि नेपालमा प्रजातन्त्रको स्थायित्व हुन नसकेकैले हालसम्म पछि परेको राजनीतिज्ञ थापाको बुझाइ छ ।

राणाशासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो । प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । 

प्रजातन्त्र स्थापना भएपनि फागुन ७ गते राजा त्रिभुवनले घोषणा गर्नुभएबमोजिम संविधानसभा निर्वाचन भएन । काँग्रेसका तर्फबाट सरकारमा सहभागी नेताहरूले राजीनामा दिएपछि राणा–काँग्रेस संयुक्त सरकार ढल्यो । काँग्रेस सभापति मातृकाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भएपनि निर्वाचन भने हुन सकेन ।

निर्वाचन गराउन काँग्रेसले २०१४ सालमा भद्र अवज्ञा आन्दोलन गर्नुप¥यो । आन्दोलनपछि संविधानसभा नभई संसदीय निर्वाचन गराउन दरबार तयार भयो । २०१५ फागुन ७ गतेदेखि पहिलो संसदीय निर्वाचन शुरु भयो । काँग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि बिपी कोइरालाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेपनि दरबारले नमान्दा समय लाग्यो । २०४६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर शुरु गरिएको आन्दोलनले चैत २६ गते सफलता पायो । प्रजातन्त्र पुनः स्थापना भयो । (रासस) 


Rating (Votes: )   
Share     Print


Other Articles:
जताततै अव्यवस्थाको तमासे जात्रा (01.30.2018)
संघीय प्रणालीको भविष्य प्रदेश सभा सदस्यको हातमा (01.30.2018)
थरीथरीका मतदाता, मतदानको प्रयोजन र प्रतिनिधित्व (01.25.2018)
स्थायी समाधान खोज्ने कि सधैं टारटुर मात्रै (01.25.2018)
जनता भन्छन् “नागा, नेता र न्यायकर्ता उस्तै उस्तै !” (01.25.2018)
परिवर्तन ‘दौैरा न साराको खल्ती’ भयो (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (२) (01.09.2018)
मुद्दा नै लड्ने भए जन अदालत जाउँ ! (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (01.02.2018)
गोलचक्करमा राष्ट्रपति ः निकास के ? (01.02.2018)
नदुखेको टाउको डोरीले बाँधेर दुखाइदैछ (01.02.2018)
पहिले आफैंलाई चिन अनि अरुलाई ! (12.26.2017)
राजनीति किन सधैं सत्ता र सम्पत्तिमा केन्द्रित ? (12.26.2017)
“निर्लज्ज त थियौ नै, निर्वस्त्र पनि नभई देउ न !” (12.26.2017)
अविवेकी निर्णयको परिणाम ... (12.19.2017)
अजेय जनता जिन्दावाद (२) (12.19.2017)
प्राच्यका विश्वविद्यालय, शासनको भाषा र वर्तमान (12.12.2017)
नेपालको परिप्रेक्ष र संघीय शासन (12.12.2017)
अजेय जनता ! जिन्दावाद ! (12.12.2017)
कहिलेसम्म यो अराजक स्थिति ? (12.05.2017)



 
::| Latest News

 
[Page Top]