युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 07.22.2018, 06:24pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
आयातित संघीय व्यवस्था एउटा कोक्याउने पीडालु
Tuesday, 03.06.2018, 02:39pm (GMT+5.5)

- वेदराज पन्त
नेपालको राजनीतिक मानचित्रको कम्पन थामिइसकेको छैन । पराकम्पनले कुन क्षण कति र कस्तो धक्का दिने हो भन्ने त्रास राजनीतिक दलका नेता, कार्यकर्ताका अनुहारका रेखामा र उनीहरुले फेर्ने प्रतिदिनका प्रत्येक श्वास प्रश्वासमा उच्छाहस बनेर व्यक्त हुन्छन्, हुँदैनन् ? स्थिर सरकारको परिकल्पनाका साथै मीठा सपना जति बाँडिए ती संघीयताको मानचित्रको प्रारम्भिक अवस्थामै तीतो, टर्रो र कोक्याउने पदार्थकै स्वादमा परिणत हुँदैगएका छन् । ‘हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको फुस्रो पात’ यो लोकोक्ति संघीयतामा गएको नेपालको मानचित्रको एउटा कोक्याउने पीडालु जस्तै कर्मचारीको व्यवस्थापन यथासमय हुन नसक्दा चर्चित भएको प्रसंग हो ।
खटाइएका कर्मचारी नै संघीय प्रदेशका निकायमा जान अनिच्छुकक छन् । सुविधाभोगको मानसिकता वा हीनताबोधको साथै कर्मचारी यूनियनका पदाधिकारीले कामै नगरिकनै यावत सुविधा भोगदै आएको पृष्टभूमिमा संघीयतालाई सफल पार्न कर्मचारीले कामचोर प्रवृत्ति छोडेर उत्तरदायी बनेर काम गर्लान् भन्ने परिकल्पनामा खटाएको कार्यालयमै नगएर अनेक चर्चा परिचर्चाले दिग्भ्रमित बनाएको अवस्था छ । देश संघीयतामय बने पनि साधन स्रोत परिचालनमा केन्द्रमुखी नै छ । एकात्मक शासन शैलीमै अभ्यस्त कर्मचारी पनि केन्द्रबाटै पूर्ति गर्नपर्ने अवस्थामा सातै प्रदेश जनशक्ति, धनशक्ति र ज्ञान शक्तिको अभावमा किंकर्तव्यविमूढ जस्तै छटपटि गर्दैछन् । केन्द्रमुखी भैै अनुहारमा अवसरको सदुपयोग हैन दयापात्र हुँदैछन् ।
अर्को प्रसंगमा यो अविकसित मुलुकको अर्थतन्त्रले संघीयताको खर्चको जोहो गर्न कहाँबाट थप आयस्रोत जुटाउला भन्ने प्रश्न केन्द्रमै उठेको छ । युरोपियन यूनियन, अमेरिकन वा भारत र चीनको सहायताले संघीय सरकार चलाउने हो भने पनि स्थानीय जनताको विकासको सपना प्रदेश सरकारले कसरी कुन स्रोतबाट पूरा गर्ला ? यसैमा गम्भीर बहस चलेको छ । जहाँसम्म किसानको प्रसंग छ– परम्परागत खेतीपातीबाट गुजारा चलाउन पनि सकस खाइरहेका र युवाशक्ति स्वात्तै विदेशिने मानसिकता भएको गाउँले परिवेशमा थप कर लगाएर आर्थिक स्रोत जुटाउने परिकल्पना कसरी साकार होला ?
भूकम्पले क्षतविक्षत भएका पीडितहरुको घरबाससम्म यथासमय व्यवस्थित हुन नसकेको यो अवस्थामा सात प्रदेशका सात सातजना मुख्यमन्त्री र मन्त्रीगणको बसोबासको व्यवस्थाको भार तथा सातै प्रदेशका सांसदको भत्ता तथा पारिश्रमिक र यातायातको व्यवस्थ ागर्न आर्थिक स्रोत जुटे पनि राजनीतिाई नै उद्योगधन्दा रखेतीपानीक रुपमाा अतिरिक्त आम्दानी गर्ने मानसिकतामा परिवर्तन ल्याउने अदम्य नुख्खा कहाँ कोसित छ ? स्थापित भएको सर्वोच्च संस्था नै केन्द्रमा लथालिंग हालतमा छन् र न्यायपालिका समेत सदाचारबाट विमुख हुने परिस्थितिमा प्रदेशका नममा स्थापित निकाय भष्टाचारमुक्त कसरी होलान् ? अहिलेको राजनीतिक मानचित्रमा खास गरी संघीयताको कार्यान्वयन गर्ने सन्दर्भमा यस्ता सयौं प्रश्न उठेका छन् । 
एकात्मकताको सबै अस्तित्व ध्वंश गरेर नयाँ नेपाल बनाउने सन्दर्भमा संघीयताको जसरी परिकल्पना गरिएको छ– त्यसको उज्यालो पक्षको वर्णन यथामति यथास्थानमा यसका पक्षधरहरुले खास गरी प्रदेशका मुख्यमन्त्री र सांसदहरुले प्रशस्तै गरेका छन्, गर्दैछन् । यहाँ त्यसको विपरीत अध्यारो पक्षको चर्चा गर्नपट्टि नलानी २१ औं शताब्दी अगाडिको स्थापित मूल्य–मान्यता ध्वंश गरेर पाच्य जीवनशैली बदल्ने कोसिस कहिले, कसले, कसरी ग¥यो त्योबारे इतिकासका पृष्ठबाट केही उल्लेख गर्दै तुलनात्मक अध्ययनले अनुशीलन गर्नुपर्ने भएको छ । यो आलेख त्यसैमा केन्द्रित छ ।
२१ औं शताब्दीपूर्वको सबै अस्तित्व ध्वंश गर । ध्वंश हुन नसकेमा विकृत पार । विकृत हुन नसके नयाँ विशेषण जोड र धर्म, संस्कृति र शाश्वत सत्यका पक्षलाई जंगली भन । एकएक गरी गनी गनी सिध्याउन भ्रम छर । जतिसक्छौ फुटाउ, जुधाउ । विश्वंश मच्चाउ, आफू रमाउ, अरुलाई नचाउ । वैज्ञानिक युगको नाम रटेको रट्यै गर । पाश्चात्य प्रविधिको गुणगान गर । यसैको परिभाषामा शाश्वत सत्यको सनातन परम्परालाई ऐतिहासिक कालखण्डका उथलपुथलको उदाहरणद्वारा खण्डन–मण्डन गर । कुतर्क प्रस्तुत गर । यो २१ औं शताब्दी हो भन् । यसअघिको विश्व ब्रह्माण्डका प्राच्यका सबै मूल्य मान्यता र स्थापित सैद्धान्तिक निष्ठा भ्रष्टिकरण गर । पुरातनपन्थी पश्चगामी भनेर उपेक्षा गर । आधुनिकताको नाममा अर्थसापेक्ष, धर्मनिपेक्षको डंका पिट । मीठा सपना बाँड । विपनामा कटुता, जटिलता थप ।
पश्चिमी जगतबाट प्राच्यमा प्रवेश गरेर यसरी धुहुनाएको ध्वनि प्रदूषण अहिले पश्चिमकै विकसित, आधुनिक भनिने सभ्यताभित्र हुँडलिंदैछ । पश्चिमी सभ्यता भनिने ‘आधुनिकता‘ हिंसाका असंख्य किटाणुहरुले संक्रमित छ । घातक शस्त्रअस्त, क्षेप्यास्त्र उत्पादन, भण्डारणको तीब्र प्रतिस्पधामा पश्चिमी जगतै सल्बलाएको छ । मनसा, कर्मण, वाचा वैदिक वाङमले हिंसा परित्याग गर्न अनेकौं सूत्र प्रतिपादन गरेको थियो । शान्तिका संवाहक बुद्ध हुनु वा गान्धी यस्तै सूत्रका अध्येता हुन् । यसैलाई ध्वंश गर्ने, विकृत पार्ने त्यो पनि नसके कुतर्कद्वारा कुनै न कुनै द्वन्द्वको वीजारोपण गनेै, हातहतियारको निर्यात गरेर प्राच्यमा द्वन्द्व मच्चाउने, जसरी पनि प्राच्यका स्थापित सबै मूल्य मान्यता भत्काइदिने २१ औं शताब्दीपूर्वको कुनै पनि अस्तत्व अस्वीकार गरी सृष्टि संसचनाको शाश्वत सत्यलाई काखण्डे इतिहासमा खण्डित गरेर पश्चिमले स्थापित गरेका मूल्य मान्यता नै अकाट्य सावित गर्न कुतर्कको सहारा लिंदै नोटनोट खट्टीनट्टीबाट विभिन्न रुप लिएर दलाललाई अघि लगाएर गैरसरकारी संस्था सबैतिर घुसे । यसको वीजारोपण ३ सय वर्षपूर्व नै भएको हो । वैदिक सभ्यता विध्वंश गर्ने हेतुले अध्ययन गर्न सर्वप्रथम भारत आएका लर्ड मेकउलेले बेलायतको संसदमा प्रतिवेदन दिएको यथास्थान चर्चा छ । त्यसको सारांश यस्तो थियो–
“भारतवर्षको कुनाकुना चाहारें । त्यहाँ कुनै भिखारी भेटिएन । नैतिकता त्यहाँ उच्च शिखरमा छ । अब त्योभन्दा माथि कोही पुग्दै सक्दैन  सबै जनतामा आत्मबल त्यस्तै उच्च छ । यस्तो समाजलाई विचलित गराएर त्यस्तो देश उपनिवेश बनाउने कल्पना नै गर्न सकिंदैन । अँ एउटा उपाय छ– त्यो प्रयोग गरेर हेरौं भन्ने प्रस्ताव म यो संसदमा राख्दछु–
१. त्यहाँको वैदिक शिक्षा गुरुकुल पद्धति बदल्नुपर्छ । ध्वस्त पार्नुपर्छ । 
२. वैदिक सनातन धर्म संस्कृतिका जग भत्काइदिनुपर्छ ।
बेलायतको सबै चालचलन । जीवनशैली राम्रा छन् भन्ने प्रचार गरेर मानसिक द्वन्द्व प्रत्येक परिवारमा पैदा गर्दै नैतिक धरातल खलबल्याउनुपर्छ । जसरी हुन्छ स्वाभिमान गुमाएर प्राच्य पद्धति, संस्कार, संस्कृति विमुख बनाउनुपर्छ । यसरी सजिलो जीवन सहज साधनाका चस्का लागेपछि हामीले जताजता डो¥याउँछौं त्यतै त्यतै डोरिनेछन् । सदा बेलायतको अधिनस्थ हुनेछन् । मन–मस्तिष्क नै औपनिवेशिक हुनेछ । यो नै एउटा उपाय छ ।
कुत्सिक दुर्भावनाको यस्तै वीजारोपणको प्रयास गरेर लर्ड मेकाउलेले प्रस्ताव गरे अनुसार बेलायतका शिक्षाशास्त्री, समाजशास्त्री, राजनीतिज्ञहरुले कूटनीतिक क्षेत्रबाट समेत अनेक प्रयास गरे ।
प्राच्य वैदिक शासन सत्तामा सामाजिक कार्य सबै धर्मक्षेत्रभित्र पर्थे । त्यस्तो सामाजिक क्षेत्रको अतिक्रमण वा कुनै पनि विकृत हुने कार्य ‘पाप’ हो भनिन्थ्यो । त्यो पाप यो जुनीमा मात्र हैन अर्को जुनीमामा पनि भोग्नुपर्छ भन्ने धारणा बलवती थियो । इहलोक र परलोक, स्वर्ग र नरकको चर्चा प्रत्येक क्षण घर–परिवारमा हुने गथ्र्यो ।
शिवस्व, ब्रह्मस्व, देवस्व, राजस्वका नाममा भौतिक सम्पदा र सामाजिक सम्पदाको क्षेत्राधकार निर्धारित थियो । सामाजिक होस् वा धार्मिक कार्य यस्तो कार्यमा पारिश्रमिक –ज्याला)का नाममा कुनै द्रव्य लिनु हुँदैन भन्ने प्राच्यको मान्यता थियो । राजस्व खास गरी दण्ड जरिवाना वापत असुल भएको कुनै रकमको उपयोग गरे ‘पापी‘ भएर त्यसको फल भोगगर्दा दुःखकष्ट, रोग पीडाले सन्तानन दरसन्तानलाई पिर्छ भन्ने कहावत थियो । पृथ्वीनारायण शाहले दिव्य उपदेशमा यस्तो राजस्व दरवारभित्र नहुल्नु भनेको कारण यही हो ।
यस्तै राजाले आफ्नै खेतीपानीबाट निर्वाह गर्ने, पशुपालन खास गरी गाइगोठ पाल्ने गरेका विवरण प्राच्य वाङ्मयमा छन् । राजाले आफ्नो जग्गा–जमिन खेतीयोग्य खेतबारी दुनियाँदारलाई भोगबन्धकी दिएर ऋण लिने प्रक्रिया अनुसार ‘राजबन्धकी’ शब्द नै राजतन्त्रको शब्दकोषमा भेटिन्छ । नेपाल निर्माता पृथ्वीनारायण शाहका पुर्खा द्रव्य शाह गाइगोठमा बसेको बेला घटेको घटनाले राजपरिवार आफैं श्रम गरेर जीवन यापन गर्ने प्रथा थियो । स्वयं पृथ्वीनारायण शाहले जंगलमा गएर वनतरुल खनेर गरेको अनुभव ‘दुई ढुंगाको तरुल’ भन्ने उनको कथनले पुष्टि गर्छ । प्राच्य राज्यमा सत्ता संचालक राष्ट्रसेवकले कस्तो जीवनशैलीमा अभ्यस्त हुन प्रयास गर्थे भन्ने एउटा उदाहरण चाणक्यले दिन्छन् । उनी नगरबाहिर एकान्त कुनाको एउटा झपडीमा बस्थे । आफ्नो निजी कार्यगर्दा त्यो कुटीमा राज्यले उपलब्ध गराएको तेलसम्म उपयोग गर्दैनथे ।
प्राच्यमा राजाको चुनाव कागजी मतपत्र बाकसमा खसालेर गरिंदैनथ्यो । सयौं उदाहरण छन् । राजा छान्न हात्तीको समेत प्रयोग गरिन्थ्यो । हात्तीले माला पहि¥याएर राजा छानेको पौराणिक विवरण प्राच्य वाङ्मयमा धेरै छन् । त्यस्तै राजा स्थापना गर्न त्यतिखेरका ऋषिमुनि अर्थात् विज्ञहरु (अहिलेको भाषामा थिङ ट्याङ्क)को मतो हुन्थ्यो । त्यो मतअनुसार राजपरिषदले राजा घोषणा गथ्र्यो । घोषित राजाको राज्याभिषेक गरिन्थ्यो, संस्थागत प्रतिनिधित्वको साथै समाजका सबै क्षेत्रको प्रतिनिधित्व गराएर राज्याभिषेक सम्पन्न भएपछि राजाले जनताको साथै परम्परगत सबै संस्कार, संस्कृति धर्मको संरक्षक हुने प्रण गर्नुपथ्र्यो । यो प्रतिज्ञा भंग गरेर निरंकुश शासक बनेमा राजतन्त्रवादीले नै त्यस्तो राजालाई पदच्यूत गरेर पुनः अर्को राजा छान्ने गरेका उदाहरण प्राच्य वाङ्मयमा लिपिबद्ध छन् । प्राच्यमा कुनै पनि राजा स्वघोषित शासक होइनन् । यस्ता शासकलाई राजतन्त्रवादीले नै समाप्त पारेका छन् । स्वयं श्रीकृष्णले आफ्नै मामा कंशको क्रुर शासनको अन्त्य गरेर त्यसबखतका स्वघोषित निरंकुश शासक समाप्त पारे । त्यसपछि जति पनि रावंश स्थापित भयोत्यो शास्त्रीय अवधारणा अनुरुप राजा छान्ने क्रममा भएको हो । यही क्रम पछिसम्म प्राच्यमा चल्यो । यसैको उदाहरण हो¬– यशोव्रह्म शाह, द्रव्यशाह, पृथ्वीनारायण शाह आफै राजा घोषित भएका होइनन् । यी विधि प्रक्रियाले छानिएका राजा हुन् । राजा ज्ञानेन्द्र नै पनि स्वयंघोषित राजा नभै दुबैपटक अकल्पनीय परिस्थिति पैदा हुँदा स्थापित गरिएका राजा हुन् । त्यस्तै अकल्पनीय परिस्थिति पैदा भएपछि राजधर्मको पालना गर्दै मौनधारण गरेर एक दशक बिताए । राजपाठबाट सरक्क पन्छिए । अब मुख खोल्दैछन् ।
वैदिक राजधर्म अनुसार राजा ईश्वरप्रति उत्तरदायी हुनैपर्छ । त्यसैले आफ्नो कार्यकालमा जेजति घटना हुन्छन् । त्यो सबै शुभहोस् वा अशुभ धैर्यतापूर्वक स्वीकारिन्छ । आफूभन्दा कमजोरलाई दोष दिएर अभिभावकले उत्तरदायित्व पन्छाउनु हुँदैन । राजधर्म र राजतन्त्रको यो विशेषता प्राच्यको वैदिक शासन पद्धतिको अर्को अकाट्य सूत्र हो । त्यसैले औपनिवेशिक मस्तिष्क भएकाहरु सबैथोक पाश्चात्यकै देन मान्छन् । विश्व ब्रह्माण्डको उत्पत्ति र मानवीय सृष्टि संरचनाको करोडौं वर्षको स्थापित सनातन धर्म भुलेर ऐतिहासिक घटनाका दुई हजार वर्षभित्रै रुमलिन्छन् । उनीहरुको संकीर्णताले सभ्यता, संस्कृति, ज्ञानविज्ञान, कला, व्यापार, व्यवसायले उन्नति वा विकास यही दुई हजार वर्षकै आसपासमा भएको दावा गर्छन् । योभन्दा पूर्वको काललाई उनीहरु प्रागऐतिहहासिक कालखण्ड भन्छन् । त्यो कालखण्डमा मनुष्य असभ्य थियो– जसोतसो वीवनयापत गथ्र्यो, पाषाणयुगपछि धातुयुग आयो । इतिहास लेखिन थाल्यो । योभन्दा पूर्व न त इतिहास नै त्यस्तो उज्वल छ । सृष्टि संरचनाको उन्नति मात्र होइन, साराका सारा भौतिक पदार्थ नै यही दुई हजार वर्षभित्र उत्पन्न भएको भ्रममा रमाउँदै विकासवादी भनिनेहरु सबै विकास मानिसले स्वयं गरेको हो भन्ने भ्रम छर्छन् । 
प्राच्य वाङ्मयमा परा र अपरा प्रकृतिको विशद चर्चा छ । श्रीमदभगवदगीतामा परा प्रकृतिले यो जगत थामेको चर्चा यतत् स्थानमा उल्लेख छ । सर्वप्रथम सृष्टि संरचना कसरी कहाँ सुरु भयो ? शास्त्रसम्मत शासन प्रणाली कति टिके ? यस्ता सयौं प्रश्न छन् । यी सबै प्रश्नको उत्तर वैदिक वाङमयमा सविस्तार पाइन्छ । वैदिक वाङ्मय अगाध छ । यहाँ गोताखोरले जे चाह्यो त्यति पाउँछ । यसैको नाम शास्त्र हो । अधिकांश शास्त्रको रचना हिमवतखण्डमै भएको मानिन्छ ।
शास्त्र प्रसंगमा श्रीकृष्णको उद्घोष–
यः शास्त्रविधि मुत्यूज्यवर्तते कामकारतः
म स सिद्धि भराप्नोति न सुखं न परां गतिम ।
यस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्य व्यवस्थिनौ
ज्ञात्वा शास्त्र विधानोक्तं कर्म कर्तुमिहाऽर्हसि ।।
कोमल अनुवाद
शास्त्रको विधि छोडेर चल्छ जो मनमोजले
सिद्धि सौरथ परंधाम कुनैपाउन्न तेसले ।
इतस्त्रै प्रमाण छन सारा कार्या–कार्य बुझाउन
तस्मात शास्त्र विधानैका कार्यमा चल अर्जुन ।।
कालखण्डे इतिहासको सन्दर्भमा शास्त्र गौण भयो । हिंसा उत्तेजित भयो । विश्वयुद्धमा होमियो । ठूलो क्षति भयो । राष्ट्रसंघको स्थापना भयो । त्यो संघले पनि विज्ञप्ति जारी गर्नु सिवाय खासै उपस्थितिबोध गराउन सकिरहेको छैन । विश्व संस्था राष्ट्रसंघ नै कमी कमजोरीले विवश छ ।
अन्तरीक्षमा घुमिरहेका भूउपग्रहले पृथ्वी कक्षमा निरन्तर सूचना प्रक्षेपण गर्छन् । त्यस्ता सूचना संकलनन गरेर पुस्तकाकारमा प्रकाशित गर्ने हो भने महिनामा दुई करोड ठेलीका कृति तयार पार्न सकिन्छ । केही वर्षअघि युनेस्कोले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरेको थियो ।
यो विज्ञप्ति अनुसार विश्वभर प्रतिदिन दशौंहजार वैज्ञानिकका प्राविधिक विषयमा अनुसन्धानात्मक कृति प्रकाशित हुन्छन् । यसबाट एक दशकको अन्तरालमा विश्वको सामान्य ज्ञान भण्डारमा अभूतपूर्व परिवर्तन हुन्छ । एक दशकमै अत्याधुनिक भनिने विज्ञान थोत्रो र अग्राह्य भएर विस्थापित हुन्छ । विकसित मुलुक भनिने विश्वका माध्यमिक तहका विद्यार्थीको सामान्य ज्ञान तिनका हजुरबाउ र हजुरआमाको जीवनमा कल्पना बाहिर थियो । अर्थात् एक पुस्ताले सामान्य ज्ञानको रुपमा प्रयोग गर्ने ज्ञान–विज्ञान अर्को पुस्ताका लागि अवैज्ञानिक, अव्यवहारिक र पछौटो मानिन्छ । विगत तीन शताब्दीमाा जेजति भौतिक उन्नति भयो, ज्ञान–विज्ञानमा जेजति प्रगति भयो त्यो अब तीन चार दशकमै सयौं गुणाले उपलब्धिमूलक हुनेछन् ।
यो युनेस्कोको भविष्यवाणी स्थूल पदार्थ भौतिकक जगतको विश्लेषणमा आधारित आधुनिक शब्दावलिभित्र समेटिएको यो श्वेतवशाह कल्पको अभिलेख हो । वैदिक वाङ्मयमा कल्पकल्पका कल्पना फरक फरक छ । कल्पकल्पका अभिलेख पनि फरक फरक पाइन्छन् । कलियुगमाभन्दा द्वापरमा र द्वापरमा भन्दा त्रेतायुगमा आध्यात्मिक ज्ञान उच्चतम शिखरमा थियो । सत्ययुगमा सबैका सबै संस्कारित थिए । नैतिक जीवनशैली कठोर नियममा संचालित थियो ।
प्राच्यमा सूक्ष्म अध्यात्मिक विश्लेषण भएका यसबारेका अभिलेख छन् । त्यहाँ शाश्वत सत्य र कालखण्डे इतिहासको दुईधार छ । यो संसार नै अनित्य छ, क्षण–क्षणमा रुपान्तरित हुन्छ । शाश्वत सत्य भनेको धर्म हो । यो मात्र नित्य हो । त्यसैले ‘तेन त्यक्तेन भुञ्जिथा’को सूत्र नै प्राच्यले प्रतिपादन ग¥यो । स्थूल पदार्थभन्दा सूक्ष्म तत्व बलवान हुन्छ भन्यो । कल्पकल्पको आआफ्नो विशेषता भए जस्तै भौतिक विकासका निमित्त पनि प्रकृति अनुकूल हुनैपर्छ । प्रकृति कुपित हुने गरी मानवीय पक्षले सृष्टि संरचनामा आफ्नो स्वार्थ रक्षार्थ प्रकृतिको क्रुरतम दोहन गर्नुहुँदैन । ईश्वरीय सृष्टिलाई चुनौति दिन हुँदैन । जीवाष्म उर्जाको उपयोग  सकेसम्म नगर गर्नैपरेमा समेत यो सूत्र लागू गर । जैविक उर्जा, प्राकृतिक उर्जाको उपयोग गर्दा पनि माथि उल्लेख भएको ‘तेन त्यक्तेन भुञ्जिथा’ यो सूत्रको ख्याल गर्नैपर्छ । त्यसैले युनेस्कोको विज्ञप्तिमा समेटिएका विषयवस्तुले ३ देखि चार दशकमा समान्य ज्ञानमा हुने बढोत्तरीका साथै ठेलीका ठेली अनुसन्धानका विषयवस्तुले जीवन सरल होइन जटिल हुन गयो । वातावरण प्रतिकूल बनाउँदै प्राणी र वनस्पति लोपोन्मुख हुने अवस्था आयो । मानवीय गुणवत्ताको महत्वपूर्ण पक्ष सम्वेदनशील भावना नै समाप्त हुँदैछ । यो निष्कर्ष वैदिक वाङ्मयमा पहिले नै समेटिएको पाइन्छ । जसरी अघिल्लो पुस्तामा प्रयोग हुने अत्याधुनिक विज्ञानको उपलब्धि अर्को पुस्तामा पछौटे भनेर अग्रह्य हुन थाल्छ, त्यसरी नै मानिसको शक्ति र साधनाको प्रतिरोध शक्ति र धारणाशक्तिमा ह्रास हुँदैजान्छ । यान्त्रिकृत हुँदै गएको आजको जीवनशैली र आफैंमा प्रादुर्भाव हुने आत्मशक्ति प्राच्य जीवनशैलीमा यही ठूलो अन्तर छ । अहिले मानवीय गुणवत्ता मात्र ह्रास भएको होइन, अत्याधुनिक यान्त्रिक जीवनशैलीले सम्वेदनशील भाव नै समाप्त पारेको भनिन्छ । यान्त्रिकृत जीवनशैलीमा अभ्यस्त मानिस आत्मविस्मृतिमा परेर देहाभिमानी भएको छ । अध्यात्मवादलाई भौतिकवादले भौतिकवादलाई उपभोक्तावादले लखेटदैछ । पूँजीवादीले होस वा समाजवादीले अन्ततोगत्वा साम्यवादी भनिने समेतका चिन्तक–विचारकहरु उपभोक्तावादकै घेराउमा परे । सबै संस्कृतिको हवाला दिन ने कोही पछि परेनन् ।
जुनसुकै राज्य व्यवस्था होस् त्यसको स्रोतमा या त प्रकृतिको धर्म हुन्छ, या त निराकार शाश्वत धर्म । दर्शनविना कुनै राज्यसत्ता पूर्ण हुँदैन । सबै षटदर्शनलाई वैदिक संस्कृति, सभ्यता र जीवनशैली प्राच्य दर्शन र शास्त्रले समेटेको छ । युनेस्कोको विज्ञप्तिअनुसार विश्वभर प्रतिदिन दशौं हजार वैज्ञानिक प्राविधिक विषयमा अनुसन्धान गरिएका कृति वैदिक वाङ्मयको परिधिभन्दा बाहिरको स्रोतबाट तयार गरिएको मानिंदैन, देखिंदैन । प्राकृतिक स्रोतभन्दा बाहिर गएर पदार्थवादी चिन्तन हुन सक्दैन । असंख्य लोकालोकान्तर त्यस्तै ग्रहगण तथा सृष्टि संरचना नै रहस्यमय छ । यो सबैलाई संचालन र्ने लोकलोकान्तरको विविध तन्त्र छ भनेर वैदिक वाङ्मयले युगयुग र कल्पकल्पको विधि विधान, सृष्टि र प्रलयको यथास्थान यथामति असंख्य कृतिमा सविस्तार वर्णन गरेको छ । यही नै शाश्वत सत्य हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
०१७ मा महेन्द्र–वीपीको टक्कर र ०७४ मा खड्ग ओलीको उदय (03.06.2018)
अब त विधिविधान संविधानको लाशमा दागबत्ती दिने कि सभापतिज्यू ? (02.20.2018)
नेपालको राजनीतिमा फागुन महिना हरेक परिवर्तनको मूल ढोका (02.20.2018)
जताततै अव्यवस्थाको तमासे जात्रा (01.30.2018)
संघीय प्रणालीको भविष्य प्रदेश सभा सदस्यको हातमा (01.30.2018)
थरीथरीका मतदाता, मतदानको प्रयोजन र प्रतिनिधित्व (01.25.2018)
स्थायी समाधान खोज्ने कि सधैं टारटुर मात्रै (01.25.2018)
जनता भन्छन् “नागा, नेता र न्यायकर्ता उस्तै उस्तै !” (01.25.2018)
परिवर्तन ‘दौैरा न साराको खल्ती’ भयो (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (२) (01.09.2018)
मुद्दा नै लड्ने भए जन अदालत जाउँ ! (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (01.02.2018)
गोलचक्करमा राष्ट्रपति ः निकास के ? (01.02.2018)
नदुखेको टाउको डोरीले बाँधेर दुखाइदैछ (01.02.2018)
पहिले आफैंलाई चिन अनि अरुलाई ! (12.26.2017)
राजनीति किन सधैं सत्ता र सम्पत्तिमा केन्द्रित ? (12.26.2017)
“निर्लज्ज त थियौ नै, निर्वस्त्र पनि नभई देउ न !” (12.26.2017)
अविवेकी निर्णयको परिणाम ... (12.19.2017)
अजेय जनता जिन्दावाद (२) (12.19.2017)
प्राच्यका विश्वविद्यालय, शासनको भाषा र वर्तमान (12.12.2017)



 
::| Latest News

 
[Page Top]