युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 12:54pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा
Monday, 01.16.2012, 04:40pm (GMT+5.5)

संसदीय व्यवस्थाका आदर्श र व्यवहारको प्रतिकूल आचरणमा लागेर सत्तामा दाईं हाल्दै स्वार्थसिद्ध गरिसकेकाहरूले नै आज आएर संसदीय व्यवस्था ठीक छैन भन्नु नाच्न नजान्नेले आँगन टेढो छ भन्नुजस्तै हो । शासन व्यवस्था त एउटा माध्यम हो, त्यो स्वयंमा खराब हुँदैन, त्यसलाई संचालन गर्नेको क्षमता र इमान्दारीमा भरपर्ने हुन्छ । संसदीय प्रणालीलाई व्यक्तिगत महत्वाकांक्षा र स्वार्थ पूर्तिमा लगाएपछि त्यस्तै हुन्छ जस्तो आज छ । व्यवस्था फेर्दैमा सबै कुरा राम्रो हुने होइन, हो त्यसभित्रका केही प्रक्रिया फेरेर सुधार गर्न सकिन्छ तापनि संचालकहरूको स्वभाव र आचरण नै फेरिनुपर्छ । जुनसुकै नयाँ या पुरानो परिपाटी अंगिकार गरे पनि मान्छे उनै र बानी बेहोरा पनि उही हो भने व्यवस्था फेर्नुको औचित्य रहँदैन ।
बाहिर देखाउने रुप र आन्तरिक स्वरुप मान्छेका भिन्नाभिन्नै देखिएका छन् । नाम प्रजातन्त्र अथवा जनतन्त्र जे भने पनि आफैं शक्तिशाली बन्ने र जनतालाई थिच्ने चाहना त्यसमा प्रतिविम्बित हुन थालेका छन् । चाहे राष्ट्रपतीय या प्रधानमन्त्रीय पद्धति भने पनि त्यो अनाडी नेताको देखाउने दाँत भएको छ, चवाउने दाँत चाहिं आफैं शक्तिशाली बन्ने प्रवृत्ति हो । संसदीय व्यवस्था यहाँ किन प्रभावकारी हुन सकेन ? भनेर सोच्ने र विमर्श गर्ने आवश्यकता नै कसैले सम्झेन, न त आफ्ना गल्ती–कमजोरी केलाउने काम नै सत्ताधारीहरूले गरे । यहाँ त केवल आफ्नो दोष व्यवस्थामाथि थुपार्ने काम मात्रै भयो ।
कुनै पनि शासन पद्धति आफैं निरंकुश हुँदैन, व्यक्तिलाई उसका असीमित महत्वाकांक्षाले निरंकुश बनाउने हो । निरंकुश हुनु भनेको जनताका इच्छाविरुद्ध चल्नु हो । संसदीय व्यवस्थामै पो यहाँ कसले जनइच्छाको कदर गरेर काम गरे ? ससाना समस्यामा पनि नेताहरूले आफ्नै स्वार्थ अनुकूलको समाधान खोजे, जनताको होइन । आफूहरूले प्रजातान्त्रिक व्यवस्थाका सीमा नाघेर मनोमानी गर्ने, अनि व्यवस्थाको कमजोरी देखाएर अर्को व्यवस्था फेर्नुपर्छ भनेर जनतामा भ्रम पार्न खोज्ने हो भने जुनसुकै व्यवस्था ल्याए पनि मान्छे नसुध्रिएसम्म यहाँ कुनै सुधार हुने सम्भावना देखिंदैन ।
कसैले लोकतन्त्र भनोस् या समाजवाद, भन्दैमा देशमा सामाजिक–आर्थिक विकास हुने होइन, त्यसका लागि भावनात्मक रुपबाट काम पनि गर्न सक्नुपर्छ । तर यहाँ काम होइन, कुरा मात्रै र भाषण मात्रै हुने गरेका छन् । अहिले माओवादीको प्रभाव रोक्न कांग्रेसका ठुटे नेता आतुर छन् । तर आतुर भएर मात्रै के गर्ने ? त्यसलाई रोक्ने कार्ययोजनाबाट जनतालाई प्रभावमा लिन पनि त सक्नुप¥यो नि । खोई त्यसतर्फको रचनात्मक र विश्वसनीय प्रयास ? तपाईंको काम गराइमा जनता विश्वस्त नभएसम्म भन्दैमा केही पनि हुँदैन ।
अहिले संविधान निर्माण र गुरिल्ला समायोजनकै प्रसंगमा अनेकथरि शंका र प्रश्न उठेका छन् । जननिर्वाचित संविधानसभाले बनाएको संविधान मात्रै प्रजातान्त्रिक हुन्छ भन्ने पनि कुनै सार्वत्रिक नियम छैन । बेलायत र अमेरिकाकै संविधान संविधानसभाले बनाएका होइनन् । मूल कुरा त संविधानमा आवश्यक प्रजातान्त्रिक तत्व छ कि छैन भन्ने नै हो । अझ ती तत्व भएर मात्रै पनि पुग्दैन, गाँठी कुरो त प्रयोगकर्ताको भाव र निष्ठामा भरपर्ने हुन्छ । भारतका राष्ट्रपतिलाई असीमित अधिकार छन् तर उनले सीमा नाघेका छैनन् । त्यस्तै अधिकार सन् १९१९ को जर्मन संविधानले दिएको थियो तर त्यहाँ सीमा नाघियो । हिटरले तानाशाही प्रवृत्ति देखाए । त्यसकारण संविधानको प्रयोग कसले कसरी गर्छ भन्ने नै मुख्य कुरा हो । बेलायतमा सबै अधिकार राजमुकुटमा छ भने अमेरिकामा राष्ट्रपतिमा, तर त्यहाँ प्रजातान्त्रिक सीमा नाघिएको छैन । त्यसैले संविधानको सफल कार्यान्वयनमा नेतृत्वको इमानदारी र जनताको सचेतताले पनि भूमिका खेल्नुपर्छ ।
यहाँ अहिले राष्ट्रपतीय प्रणाली स्वीकार गरियो भनेर प्रचण्ड राष्ट्रपति बन्छन् भनेर कांग्रेसका ठुटेहरू थुरथुर छन् । यद्यपि नेपालमा त्यो पद्धति अनुकूल छैन तापनि हामी पनि राष्ट्रपति बन्न सक्छौं भन्ने हिम्मत कांग्रेसमा रहेनछ । राष्ट्रपतीय पद्धतिमा नगए पनि माओवादीले सधैं सत्ता कब्जाको कुरा छोडेको छैन । ‘हामी संसदीय व्यवस्था मान्न आएका होइनौं’ भनेर माओवादीले सुरुदेखि नै भन्दैआएका छन् । प्रथमतः राष्ट्रपतीय पद्धति लागू गर्दैमा यहाँ जादु हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन भने त्यो पद्धति लागू नै भए पनि डराउनुपर्ने पनि केही छैन । सके संविधानतः नसके बलै सत्ता कब्जा गर्छौं भन्ने माओवादीसित मुकावला गर्ने सामथ्र्य आफूमा जगाउनु सट्टा कांग्रेस अहिले नै हातखुट्टा छोड्दैछ । आफू इमान्दार भएर जनतालाई हात लिनु त कताकता एमाले र कांग्रेस आफैं लरखराउँदै छन् ।
राजालाई दनक दिन्छु भनेर गिरिजाले रातो कार्पेट ओछ्याएर भित्र्याएको पाहुना हो माओवादी । आज ‘वनसाङलाले घरसाङलालाई खान आँट्यो’ भन्ने सुशील कोटरीको रुवाई छ । आफ्ना पाहुनालाई कसरी मानमनितो गरेर राख्नुपर्ने हो त्यो कांग्रेसको सरोकारको कुरा हो । संविधानमा लेखिंदैमा पनि केही हुँदैन । संविधान पनि बलियाले भत्काएकै छन् । नेताहरूको व्यवहार पारदर्शी र इमानदार प्रयास भएमा र जनता साथभएमा डराउनुपर्ने कुनै कारण छैन । के ०४७ सालको संविधान भत्केन ?
अन्त्यमा,
आजसम्मको अनुभवमा सरकारहरू अलोकप्रिय र असफल हुनुको मूल कारण सांसदबाटै मन्त्री बनाइने परिपाटी हो भन्नेमा अब शंका छैन । समयमा संविधान बन्न नसक्नुमा पनि सत्ताकै कुर्सीकै होडवाजी देखिएको हुनाले जुनसुकै पद्धति अंगीकार गरिए पनि संसद् बाहिरबाटै मन्त्री चयन गर्ने प्रक्रिया अपनाइनुपर्छ भन्ने आम धारणा रहेको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
आमाको अवशानबाट मन विचलित भएपछि चिन्तनशून्य हुन पुगिएछ : तारा सुवेदी (01.16.2012)
राष्ट्रिय दिवस नै नभएको लाजमर्दो स्थिति : किरण बुर्लाकोटी (01.16.2012)
राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा (01.09.2012)
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा (01.09.2012)
वर्तमान राजनीतिक नेतृत्व असफलताको दिशातिर : यादब देवकोटा (01.02.2012)
सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा (01.02.2012)
अभाव पूर्तिको नाममा व्यक्तिगत लाभको चलखेल : यादब देवकोटा (12.26.2011)
जातीय संघीयता ‘घरको न खोप्राको’ : महेश्वर शर्मा (12.26.2011)
नेताहरूको विपरीत मतिले पार्टीको थप क्षति नहोस् : तारा सुवेदी (12.26.2011)
पूँजीवादको उपहार हो जलवायु परिवर्तन : यादब देवकोटा (12.20.2011)
परिणाम नसोची गरिएका सम्झौता नामका तम्सुक ! : महेश्वर शर्मा (12.20.2011)
सबै पार्टीभित्रका विपक्षीहरूलाई चेतना भया : तारा सुवेदी (12.20.2011)
जलवायु परिवर्तनको प्रभाव- जैविक विविधता र कृषि प्रणालीमा गम्भीर असर : यादब देवकोटा (12.13.2011)
अद्र्धभूमिगत प्रधानमन्त्रीको गज्याङगुजुङको सय दिन : तारा सुवेदी (12.13.2011)
भागवण्डाको राजनीति र भ्रष्टाचार : महेश्वर शर्मा (12.13.2011)
जलवायु परिवर्तनको प्रभाव, खाद्यान्न र पानीको ठूलो हाहाकार हुने भय : यादब देवकोटा (12.06.2011)
संविधानसभाले सर्वोच्चमाथि जाइलाग्नुको अर्थ हिट्लर जन्माउने षड्यन्त्र : तारा सुवेदी (12.06.2011)
केही खुद्राखाद्री सन्दर्भ र जनसामान्यका प्रश्न : महेश्वर शर्मा (12.06.2011)
क्योटो प्रोटोकलको प्रतिबन्धि धारा कार्यान्वयनमा जोड : यादब देवकोटा (11.28.2011)
लोकतन्त्र र अर्थतन्त्र दुवै हसपिसमा : तारा सुवेदी (11.28.2011)



 
::| Latest News

 
[Page Top]