युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.24.2018, 02:32pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
यस्तो फेरी कहिल्यै नदोहोरियोस् !
Tuesday, 03.20.2018, 11:00am (GMT+5.5)

- तारा सुवेदी
नेपालको न्यायिक भनौं अथवा अदालती इतिहासमा निकै गर्व र सम्मान गर्नु पर्ने व्यक्तिहरु धेरै देखा परेका थिए । अनिरुद्ध प्रसाद सिंह (जो सय वर्षको नेटो काट्दै आजसम्म जीवित छन् ।) भगवतिप्रसाद सिंह, वासुदेव शर्मा जस्ता पुरानो पिंढीका मात्रै होइनन्, पछिल्लो पुस्ताका कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ र निवर्तमान सुशीला कार्कीसम्मले नेपाल र नेपालीको मान सम्मान पाएर निवृत्त भए । आज ती पुरानो पुस्ताका (अनिरुरद्ध बाहेक) अधिकांश कथावशेष वा कीर्तिशेष भए पनि कल्याण, रामप्रसाद, सुशीला जस्ता निवृत्त प्र.न्याहरुमात्र होइन कृष्णजंग, पवन ओझाहरु जस्ता सर्वोच्चका स्थायी अस्थायी न्यायाधीशहरुले पनि दामलाई लत्याए, नाम निकै कमाएर गए” भनेर मान्ने भन्ने गरिन्छ । 
जीवन र जगत्को कुरा
राजधानीमा “आर्यघाट” भनेपछि सबैले सबैलाई “अलविदा” गर्ने–गरिने ठाउँको रुपमा लिने मान्ने गर्दछन्, र हो पनि । भलै त्यस्ता मसानघाट राजधानी खाल्टो भित्रै झण्डै सयको हाराहारीमा र नेपालका हरेक शहर, गाउँ वस्तीका नजिकमा पक्कै होलान् । किनकि “मान्छेले जन्मसँगै लिएर आएको काल (मृत्यु)लाई मृत्युदेव (काल)  ले पनि टार्न सक्दैनन्” भनिन्छ । अझ काशी (वनारस) को गंगातटको मणिकर्णिका घाट छेउ गएर हप्ता भर नविराई हेर्नेले अहर्निश (२४ सै घण्टा) अविच्छिन्न रुपमा झण्डै दर्जनौं चिता जलिरहेका देख्नेछ । त्यति टाढा नगएपनि आर्यघाटका एक दर्जन “चिता स्थल” र यदाकदा बिगँ्रदा बाहेकको विद्युत शवदाह गृहमा पनि पालो नपाएर कैयन् लाश पालो पर्खिरहेका देखिन्छन् । 
यहाँ “आर्यघाट” देखी “मणिकर्णिकाघाट”सम्मको सन्दर्भ न्याय मन्दिरको चर्चा प्रसङ्गमा किन आयो ? अरुले नभए पनि प्र.न्या. हुनुपूर्व निकै पशुपति मन्दिर धाउनु भएका मिति २०७४।०४।२१ भन्ने कि २०७४ । ११।३० सम्मका (सर्वोच्चकै एक जना न्यायाधीशले “म्याद नाघि सकेर पदमुक्त भएपछि पनि निघृर्णी तरिकाले सर्वोच्च आइरहेका” ठहर गरिसकेका) प्र.न्या. गोपाल प्रसाद पराजुलीले प्रश्न गर्न सक्छन् । यद्यपि त्यो न्यायनिसाफ बेच्चे सबैतिरलाई देखाइएको थियो । त्यसैले यहाँ यी पंक्तिकारले चार वर्षसम्म पशुपति क्षेत्र विकास कोषमा रहँदा देखे अनुभूत गरेको विषय उठाउन “आर्यघाट” को सन्दर्भमा चर्चा गर्ने पृष्ठभूमिमा माथि “मणिकर्णिकाघाट”को समेत नाम लिइएको हो भन्ने बुझिदिनु विषय वा प्रसंगले अन्यथा नहोला । 
मेरो प. क्षे. वि. कोषको चारवर्षे पदाधिकारीको कार्यकालमा आर्यघाटमा हजारौं सर्वसाधारण नागरिकहरुको त हिसाबै भएन । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको साँझदेखि १५ गते को साँझपखसम्म आर्यघाटको बाग्मती वगर भर समेत –ऐट ए टाइम) मा दर्जनौं दर्जन चिता जलेका थिए । त्यसबाहेकका अन्य दिनमा भस्मेश्वरका ११ वटा र आर्यघाटको एउटा (२ नं.) चितामा पालो पर्खेर जलाउने लाशको पनि चर्चा नगरौं । 
विश्वकै धनाढ्यको सूचीमा १५५० भित्र नाम परेका व्यक्तिका बाबु र प्रजातन्त्रोत्तर नेपालको तीसवर्षे निरंकुश पंचायती कालखण्ड देखि गणतन्त्रात्मक शासन कालसम्मका “राजनीतिका माहीर खेलाडी”का रुपमा नाम र दाम कमाएका एकमात्र कीर्तिमानी (कतिपयले कोठाभित्र “सु” र कतिपयले “कु” राख्ने गरेका) व्यक्तिलाई पनि आर्यघाटको चितामा राखेर अन्तिम विदाई गर्नु परेको थियो । 
तर ती हजारौं धनी–गरीब, सम्पन्न विपन्नको त कुरा छोडौं । नेपालको पहिलो धनाढ्य–पुत्र जन्माउने बाबु देखी “राजालाई सर्वोपरि सकृय नेता” बनाएर निरंकुश पंचायत व्यवस्थालाई पर्दापछाडि बसेर हाँक्ने देखि राजतन्त्रलाई भड्खारोमा फालेर गणतन्त्रात्मक शासन प्रणाली कालीन राजनीतिका एकमात्र कीर्तिमानीको पनि मृत्यु भएपछि रित्तो हात गए । उनको कात्रो र पीताम्बरमा न कतै पकेट थियो न छातीमाथि कुनै  झोला वा रुमालमा त्यो अरबौंको धन सम्पत्तिको नै सानो लित्को (अंश) वापतको नोट (कागजी मुद्रा) र असर्फी र सक्कली रुपिया (सुन चाँदीका मुद्रा) नै राखिएको थियो । 
विचरा ती सन्तानलाई खर्बौको धनाढ्य बनाई दिने बाबु र नेपालको “प्रजातन्त्रोत्तर शासन सत्ता कालभर शक्ति र षड्यन्त्रकारीका हिसाबले दोस्रो, जंग बहादुर” र धनका हिसाबले चन्द्रशमशेरका प्रतिनिधि पात्रका रुपमा नाम र दाम कमाई झण्डै आधा शताब्दी एक छत्र राजनीतिक मैदानका शकुनी खेलाडी पनि आर्यघाटमा पुग्दा पुरै विखर्ची भएको, सुको दाम नलिई जलेर गएको टुलुटुलु यिनै आँखाले देख्नुप¥यो । “जीवनभर हरेक जायज नाजायज काम गरी थुपारेको हरिया डलर र “हरियो वन सखाप पारेर स्वीस बैंकहरुमा थुपारिएको” विश्वास गरिएको धन अन्ततोगत्वा (अन्तिम समयमा) सन्तानले सूको दाम पनि नदिई नांगेझार पारेर पठाए । 
महाभारतको अर्को प्रसंगको चर्चा गरौं । जब जुवाको खालमा बसेर युधिष्ठिरले राज्य सहितको सर्वस्व गुमाएर वनवास गएका थिए । त्यस वनवासकालका सबै कथा बडो मार्मिक र करुण रस प्रधान छन् । त्यस सन्दर्भमा एउटा यक्षको प्रश्न र त्यसको उत्तर प्रसंगलाई “यक्ष–युधिष्ठिरः संवाद”को रुपमा प्रस्तुत गरिएको छ  महाभारत वनपर्व अन्तर्गतमा । त्यस प्रसंगमा यक्षले दर्जनौं प्रश्न गर्छ, युधिष्ठिरले बडो सटीक र मार्मिक जवाफ दिन्छन् । ती सबै यहाँ सम्झना भएन, लेख्न सान्दर्भिक नहोला पनि । तर एउटा “सबैभन्दा आश्चर्य लाग्दो कुरा के हो ?” यक्षले प्रश्न गर्छ । युधिष्ठिरले त्यस्को उत्तर दिंदै भनेका थिए – 
“अहन्यहनि भूतानि गच्छन्तीह यमालयम् 
शेषास्थावर मिच्छन्ति, किमाश्चर्यमतः परम्”
(दिनदिनै प्राणीहरु खासगरि मानिसहरु जन्मिइरहेछन् । जन्मेपछि मर्नु अनिवार्य थियो, मरिरहेछन् । तर पनि त्यो शाश्वत सत्य बुझ्दा बुझ्दै र दिन रात भर देख्दादेख्दै जो वाँचिराखेका छन्, उनीहरुले आफूलाई अजम्बरी र कालजयी ठान्छन्, मान्दछन् । त्यो भन्दा ठुलो वा अर्को आश्चर्यको कुरा के हुन सक्ला र ?) 
अहिले माथिका ती सबै कुरा शुरुकै परिच्छेदसँगै लगेर जोड्ने जमर्को गरौं । यद्यपि हाम्रो न्याय मन्दिर भित्र पसे बसेका सबै पुजारीलाई यी सबै कुरा थाहा छैन, निहायत जड हुन् भन्ने आशामा किमार्थ होइन, छैन । तथापि आजका दिनसम्म आम सर्वसाधारण नागरिकमा, 
“नेपालका न्यायालयहरुबाट न्याय निशाफ पाइन्छ । त्यहाँ (न्याय मन्दिरभित्र) विवेक भएका, न्याय निशाफ बुझेका स्वतन्त्र, सत्चरित्र भएका व्यक्तिहरुलाई छानेर चुनेर न्यायमन्दिरका पुजारीका पदमा राज्यले नियुक्ति गर्ने गरेको हुन्छ, र छ भन्ने भ्रममा कोही पनि नपरे हुन्छ । त्यो उहिलेको किवंदन्ति र कथा–गाथा अब कहीं कतै सत्य देखिन्न, अनुभूत गर्न पाइन्न । अहिले त कहिले कहीं दाल–चामल–नून–तेल बरु काला बजारिया कहाँबाट लुकेर र खुसामद गरेर मात्र पाउन सकिएला । तर जोसँग पैसा छ ह्याउ, हिम्मत र साहस छ, उसले नेपालको ऐन, कानुन, विधि–विधान, संविधानको सयौ÷हजारौं पटक सीमान्त र निर्लज्जतापूर्वक उल्लंघन, मान मर्दन गरे पनि हुन्छ । दर्जनौं अबोध बालबालिका माथि बलात्कार गरि तिनको हत्या गरेपनि हुन्छ । कसैले कुनै व्यक्तिलाई अपहरण गरी फिरौती असुले पनि हुन्छ । कसैले कुनै निर्दोष आम नागरिकको कुनै न्यायकर्ताकै अगाडि विभत्सय र पाशविक शैलीमा कुटी कुटी हत्या गरे पनि हुन्छ, छूट छ । 
सार समष्टिमा, “धन खर्चिनेले कानूनले निषेध गरेका सानोदेखि सीमान्त (अरु देशमा भए निःशंक र निर्विवाद सर्वस्वसहित मृत्युदण्ड हुने÷पाउने प्रकृतिका) अपराध गरे पनि अदालत पुगे पछि त्यहाँ हरेक मन्दिर र पवित्र तीर्थस्थल (पशुपतिनाथ, विश्वनाथ, जगन्नाथ, गया, काशी)मा पुगेजस्तै अनुभव हुनेछ । त्यहाँ पुगेपछि हरेक न्यायमूर्तिका दलाल अथवा सहयोगी मन्दिरहरुका पण्डाले जस्तै प्रायः बहुसंख्यक न्यायमूर्तिका गुपतकोष (दानपात्र)मा कति कुन मितिसम्ममा जम्मा गर्नुपर्ने हो ? त्यसपछि के कति देखावटी रुपमा नाम मात्रको धरौटी वापत जम्मा गर्नुपर्ने हो ? कति समयमा देषमुक्त देखिने चोखिने हो ? त्यो सबै तिनै न्याय मन्दिरका पण्डाजस्ता एजेण्ट वा दलाल)ले हरेक आरोपीका घर पुगेर वा न्यायमन्दिर परिसरमा नै फेहरिस्त सहित खुलस्त बताई दिने रहेछन् । 
माथि भनेझैं “सक्नेले सहस्र अपराध गर, तिमी ससम्मान निर्दोष सावित भई समाजमा पुनस्र्थापित हुनेछौं । होइन, आफू सोहै्र आना निरपराध निर्दोषी छु, मैले यदि सरकारको वा कुनै व्यक्ति संस्थाको दुई पैसा खाए मासे, विराएको छैन, वरु म कति इमान्दार, स्वच्छ र निस्कलंकित छु भन्ने कुरा स्वयं न्यायमूर्तिलाई नै राम्ररी थाहा छ, यस्तोमा मैले किन वित्थामा दुई पैसा पनि खर्च गर्ने ? सूको–दाम खर्चिन्न, दिन्न” भन्ने अडान लियौं भने न्यायपीठासीन पाखण्डी मठाधीशलाई सुनका अण्डा खुवाउने पण्डा र उनका माध्यमबाट “न्याय निशाफको व्यापार व्यवसाय गरि आएकाहरुको सिण्डिकेटको अभेद्य र अबोध दुश्चक्रमा परेर तिमीमात्र होइन, उस्तै परे तिम्रो सात पुस्ता न्याय निशाफको खोजीमा दर दर धाउँदै पागल भइसकेको हुन सक्छ ।”
“यसरी सभ्य र कानुनी राज्यको एकमात्र आस्था, आशा र भरोसाका एकमात्र आधार केन्द्र न्याय मन्दिरका कतिपय भ्रष्ट, दुष्ट, निकृष्ट एवं विचार–विवेक, विहीन (साक्षात् पशुः पुच्छ विषाणहीनाः)” हरुको वेहदको हेय र तिरस्करणीय व्यवहारले नेपालको पवित्रतम न्याय व्यवस्था र न्यायालय प्रति नै आस्था, विश्वास र भरोसा गुम्दै गएको छ । उल्टै अनाकर्षण न्याय प्रणाली प्रति नै वितृष्णा, व्यामोह व्याप्त हुँदै गएको छ । यस्तो अपाच्य सत्य एकातिर आम रुपमा फड्को अनुभूत गरिएको यथार्थ एकातिर छ ।” 
“अर्कोतर्फ गोपाल पराजुली लगायतले आफूमात्र होइन पूर्ववत्र्ती र उत्तरवर्ती (हुने) प्रधान न्यायधीशहरुलाई मात्र होइन, “जुनसुकैै तहका न्यायाधीशहरुले पनि आफूलाई सडक, समाज, समुदायमा आफू न्याय मूर्तिको रुपमा परिचय दिन संकोच मान्नुपर्ने, कसैले चिन्दा र नमस्कार गर्दा समेत लज्जित हुनुपर्ने, स्थितिमा पुगेको अनुभव गर्नु पर्ने भएको छ” सुनाउँछन् । 
“हाम्रो गाउँबेसीं सबैतिर भन्ने गरिएको एउटा कुलाङ्गार सन्तान जन्मियो, भने उसले सात पुस्तालाई नरकमा पार्छ (बदनाम गर्छ) । हुनपनि ती पूर्ववर्ती शतायु पूरा गरिएको अनिरुद्ध प्रसाद सिंहदेखी, गोपालप्रसाद भन्दा ठीक पूर्वका सुशिला कार्कीसम्मलाई मात्र होइन, मुद्दा जित्ने हार्ने दुवैका मन मस्तिष्कमा सम्मानपूर्ण स्थान बनाई, निवृत्त भएका दर्जनौं न्यायमूर्तिहरुको शीर केही नरपिशाचले झुकाएर गएको देख्नु भोग्नु प¥यो । न्यायमूर्ति” भन्न सुहाउने न्यायाधीशहरु नै भन्छन् ।  
“गोपाल एक्लो होइन, उनी त आजको कालखण्ड (वर्तमान न्यायव्यवस्था) का ठेठ साक्षी र जीवन्त मुख्य एउटा प्रतिनिधि मात्र हुन् ।” यस्तो कहालीलाग्दो परिदृश्यसँगै उनको उत्तराद्र्धदेखि पदमुक्तिको प्रक्रिया, न्यायपरिषद्को “जस्तालाई त्यस्तै व्यवहार” भन्ने कार्यशैली एकातर्फ देखियो । अर्कोतर्फ उत्तरवर्ती (गोपाल पद मुक्त हुँदा नहुँदै अर्काले देखाए)को जुद्ध शमशेरको जस्तो आफैंले पगरी गुत्ने उत्ताउलो तरिकाले जुन देखाए, त्यो पनि शोभनीय देखिएन । अर्को कुरा त्योभन्दा १÷२ दिन पहिले (चौलेन्द्र शमशेरपछि) वक्तव्य दिएर इजलाश परित्याग गरेका आठ जना न्यायाधीशहरुले नै “सर्वोच्च अदालतमा न्याय वेचिने गरेको” जुन स्पष्ट गरिएका थिए, त्यसले अब “आम सञ्चार जगत् र सर्वसाधारण नागरिकसम्मले अदालतहरुलाई “न्याय निशाफ खरिद विक्री केन्द्र” भनेर भन्दा अदालतकको अपहेलनाको लाठो लगाएर कारावास पठाउने परम्पराको क्रम भङ्ग गरेको छ ।
त्यति मात्रले कुरा टुंगिएन । जसरी गोपालजीले आफ्नो पदवहाली पूर्वदेखि पदमुक्ति पछि पनि अन्त्यहीन हुने विवादको प्रारम्भ गरे उनलाई पदमुक्त भएको निर्णय गर्ने न्याय परिषद्ले पनि त्यो भन्दा बढी विवादास्द अशोभनीय, अपरिपक्व, केवल “जस्तो यजमान उस्तै श्राद्ध” को सोच, शैली र प्रक्रियाबाट पदमुक्त भएको “सूचना आमसञ्चार माध्यममार्फत् सार्वजनिक ग¥यो । त्यस्ले न्याय परिषद्को स्तर, हविगतलाई नङ्ग्यायो । 
एकातिर राष्ट्रपतिले शपथ ग्रहणको कार्यक्रमलाई प्रसारण गरिराखिएको थियो, त्यहाँ संविधानले तोकेअनुसार (वहाल वाला प्रधान न्यायाधीशको हैसियतमा गोपालप्रसाद पराजुली शपथ गराउन लागि तयार भैरहेको अवस्थामा न्यायपरिषद्ले झण्डै आठ महिना अगावै विवादास्पद गोपाल पराजुली “पदमुक्त भैसकेको” सूचना निकाल्नु पर्ने कारण के थियो ? राष्ट्रपतिले शपथ खानै लागेको बेलामा आमसञ्चार माध्यमबाट प्रवाहित प्रसारित गरी जगहँसाई गर्नुको उद्देश्य र अन्तर्निहित आशय वा नियत के थियो ? गोपालप्रसादको मात्र अपमान गर्ने थियो कि, राष्ट्रपति र राष्ट्रको सीमान्त बेइज्जती गर्नु, खिल्ली उडाउनु थियो ? त्यो बेलाको साइत कस्ले कसरी जुराएको थियो ? त्यस दिनको शपथग्रहण कार्यक्रम सार्दा “आकाशै खस्ने, धर्ती नै भासिनेवाला त थिएन ?
कुरा त्यत्तिमा टुंगिन्न । त्यसले त अरु धेरै त्यस्तै गम्भीर वग्रेल्ती प्रश्नहरु जन्माएको छ । के पदमुक्त प्र.न्या.बाट लिइएको शपथ अवैध भएन ? अथवा शपथ गराएकै भरमा बर्खास्ती बदर भयो ? ८ महिना बोनस पाए । न्यायपरिषद्का ती पदाधिकारीहरुले एउटा सर्वोच्च अदालतको गरिमामय पदका लागि कस्तो योग्यता, क्षमता, स्वच्छता, निष्पक्षताको पृष्ठभूमिको व्यक्तिलाई नियुक्तिका लागि सिफारिस गर्नु पर्ने हो र कस्तोलाई निर्णय गर्दैछौं, ऊ कुन तिथि, मितिमा अवकाशित हुन्छ” भन्ने सम्मको हेक्का राखेको थिएन ?, हो, व्यक्ति परिवर्तित भए होलान्, संवैधानिक संस्था त्यति गैर जिम्मेदार भई गाँजा भाँङ खाएर न्यायलयहरुलाई गफको थलो, ठानेका बनाएका थिए ? त्यसबाहेक संसदीय सुनुवाई समिति, संवैधानिक परिषद् राष्ट्रपति सम्मबाट गम्भीरतम विषयमा जे जस्तो अपरिकल्पनीय, अशोभनीय अक्षम्य लापरवाही पूर्ण काम भए गरेको देखियो, देखाइयो त्यसको दायित्व र दण्ड कसले व्यहोर्ने ?” 
गोपाल प्रसाद पराजुली पदमुक्त हुनुपर्ने मितिपछि ६१ अर्ब राजस्व नोक्सान पारी आदेश दिइयो, झण्डै १० औं अर्ब कालो धन भनी राष्ट्रबैंकले रोकि राखेको रकम फुकुवा भयो गरियो । त्यसमा गोपालप्रसाद मात्रले त्यो अबौंको हिस्सा पाएँ – खाएँ भन्ने कि त्यसमा उनलाई पदमुक्त नगरी उनलाई त्यस्तो राज्यलाई नै घात गर्ने भ्रष्टाचारको काण्डका पछाडि बसी हतियार मतियार ? न्यायपरिषद्का पदाधिकारी पनि वनेका थिए ? उनले झण्डै आठ महिना सम्म गरेका फैसला आदेश, भ्रष्टाचार र कपटपूर्ण गैर आधिकारिक वा अख्तियारी विनाको देखिन आएका सम्पूर्ण काम कारवाहीको वैधता के हुने ? कि उही सिमसिमे राजाको पालाको “कानुन व्याख्या ऐन २०१०” को त्यान्द्रोले निर्वस्त्र भएको सबैको लाज बचायो भन्ने, ठान्ने ? 
यस्ता असंख्य मध्येको अझ एउटा नउठाइनहुने प्रश्न एस.एल.सी. को प्रमाणपत्र नै नक्कली र कीर्ते हो भन्ने त्यत्रो विवाद उठेको थियो । उनका सबै प्रमाण पत्र राष्ट्रिय प्रयोगशालामा परीक्षण भयो भएन, के ठहरिए ? यस्तै आइ.ए.को प्रमाण पत्र नक्कली ठहरिएकोले कतिपय व्यक्तिका वी.ए. एम.ए. का सबै प्रमाण पत्र रद्द भए गरिएका थिए । यस्तै नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेर जागिर खाएका, बढुवा पाएका, बढुवा हुने प्रयास गरेका दर्जनौं कर्मचारी उपदान वा निवृत्तिभरण लगायतका कुनै पनि सुविधा नपाउनेमा परेर खोसिएका थिए । 
गोपालप्रसादले २०७४ साउन २१ गते उप्रान्तको तलब, भत्ता, निवृत्तिभरण पाउने कि नपाउने ? न्यायपरिषद्ले यस्तो प्रमाणपत्र (योग्यता, नागरिकता, उमेर, चरित्र, पृष्ठभूमि) नहेरी नियुक्तिका लागि सिफारिस गरिएका कति छन् ? कि यसमा पनि “जव जागे, तब सवेरा” भनेर पन्छिने ? 
यस्तै “जतिसुकै गम्भीरतम र अक्षम्य अपराध पूर्ण कार्र्य गर्नेहरुलाई सहज उन्मुक्ति दिने” राष्ट्रिय परम्परा र चरित्रले नै देश दण्डहीनताको पतनोन्मुख बाटोबाट पाताल पुगेको हो । यस्तोमा नैतिकताको आधारमा न्यायपरिषद्का सदस्य, सचिव कसले राजीनामा दिने कि नदिने ? अथवा यस्तो त भइरहन्छ, “अब फेरि यस्तो कहिल्यै नदोहोरियोस्” भनेर छोड्ने ? जनता स्वयं नजागेसम्म राज्य संचालकहरुकै मर्जी !


Rating (Votes: )   
Share     Print


Other Articles:
अबको स्थायी शक्ति केन्द्र काठमाडौं ! (?) (03.06.2018)
आयातित संघीय व्यवस्था एउटा कोक्याउने पीडालु (03.06.2018)
०१७ मा महेन्द्र–वीपीको टक्कर र ०७४ मा खड्ग ओलीको उदय (03.06.2018)
अब त विधिविधान संविधानको लाशमा दागबत्ती दिने कि सभापतिज्यू ? (02.20.2018)
नेपालको राजनीतिमा फागुन महिना हरेक परिवर्तनको मूल ढोका (02.20.2018)
जताततै अव्यवस्थाको तमासे जात्रा (01.30.2018)
संघीय प्रणालीको भविष्य प्रदेश सभा सदस्यको हातमा (01.30.2018)
थरीथरीका मतदाता, मतदानको प्रयोजन र प्रतिनिधित्व (01.25.2018)
स्थायी समाधान खोज्ने कि सधैं टारटुर मात्रै (01.25.2018)
जनता भन्छन् “नागा, नेता र न्यायकर्ता उस्तै उस्तै !” (01.25.2018)
परिवर्तन ‘दौैरा न साराको खल्ती’ भयो (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (२) (01.09.2018)
मुद्दा नै लड्ने भए जन अदालत जाउँ ! (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (01.02.2018)
गोलचक्करमा राष्ट्रपति ः निकास के ? (01.02.2018)
नदुखेको टाउको डोरीले बाँधेर दुखाइदैछ (01.02.2018)
पहिले आफैंलाई चिन अनि अरुलाई ! (12.26.2017)
राजनीति किन सधैं सत्ता र सम्पत्तिमा केन्द्रित ? (12.26.2017)
“निर्लज्ज त थियौ नै, निर्वस्त्र पनि नभई देउ न !” (12.26.2017)
अविवेकी निर्णयको परिणाम ... (12.19.2017)



 
::| Latest News

 
[Page Top]