युगसम्बाद साप्ताहिक

आध्यात्मिक नेता कालजयी, राजनेता क्षणिक
Tuesday, 03.20.2018, 11:02am (GMT5.5)

- वेदराज पन्त
शाश्वत सत्यको पक्षधरले अध्यात्मवादलाई जीवनशैलीको अपरिहार्य कवचका रूपमा धारणा गर्दछ । उ अन्तर्मुखी हुन्छ । इतिहासको कालखण्डे उथलपुथललाई महत्व दिने बहिर्मुृखी हुन्छ । अध्यात्मिक नेता र राजनेतामा गुणवत्ताको हिसाबले आनको तान फरक देखिने कारण आध्यात्मिक नेता कालजयी हुन्छ– राजनेता क्षणिक । स्थापित आध्यात्मिक नेताको स्थान सदा सुरक्षित हुन्छ । यो स्थानबाट ऊ विस्थापित हुँदैन । राजनेताको स्थान यसरी सदा सुरक्षित हुँदैन । उसलाई विस्थापित गरेर अर्को राजनेताले आफ्नो अस्तित्वबोध (केही समयका लाग) गराउँछ । यो विश्वमा अहिलेसम्म जति आध्यात्मवादी नेता भए ती सबैको उत्पत्तिस्थल प्राच्यको हिमवतखण्ड, मानव खण्ड, केदारखण्ड, जालन्धरखण्ड, काश्मीर खण्ड, चीन, भारत लगायत एसिया महाद्वीप नै मुख्य मानिन्छ । युरोप, अमेरिकामा स्थापित ईशा नै एसिया महाद्वीपमै उत्पन्न भएका हुन् । ‘इशा’ यो शब्द नै वैदिक भाषाको विशेष प्रचलनको शब्द हो । वेदमा ‘इशावास्यमिदं सर्वं’ भन्ने सूत्र छ । इशामा महा विशेषण लागेपछि महेश हुन्छ । दीपा विशेषण लागेपछि दीपेश हुन्छ । सुर विशेषणले सुरेश हुन्छ । राज विशेषण लाग्दा राजेश भए जस्तै वैदिक वाङ्मयको शब्दकोशमा ईश्वर भन्ने शब्दले सृष्टिकर्ताको बोध गराउँछ । 
बुद्ध एसियाकै तारा हुन् । बुद्ध लुम्बिनीमै जन्मे । यो स्थान हिमवतखण्डभित्रै छ  संयुक्त राष्ट्रसंघले नै बुद्ध लुम्बिनीमा जन्मेको प्रमाणित गरेको छ । महासचिव उथान्तले टाँगे (जापानका वास्तुशास्त्र)लाई गुरूयोजना बनाउन लगाएको साक्ष्यले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणकार्य संयुक्त राष्ट्रसंघमार्फत भएको हो । यसअघि भारतकै सम्राट अशोकले स्थापित गरेको शीलास्तम्भ र जर्मन पुरातत्ववेत्ता फुररको उत्खनन्ले बुद्ध जन्मभूमि लुम्बिनी नै हो भन्ने सत्य तथ्य हुँदाहुँदै यस सम्बन्धमा विवाद खडा गर्ने अज्ञानताको पराकाष्ठा हो । भारतका ४६ हजार कवि हुनु वा नेपालका ७५ हजार जनता सबै नै तुच्छ, संकीर्ण सोच र रूग्ण मानसिकताले ग्रस्त अन्धा अचेत बौद्धिक अपांग ठहरिन्छन् । त्यहाँ भाषण गर्न पुगेका खड्गप्रसाद ओली हुन वा भारतका नरेन्द्र मोदी दुबैले बुद्धबारेको ज्ञान बढाउन उथान्त, टाँगे । अशोकलाई स्मरण गरून् । यो भूभागमा आध्यात्मिक नेता धर्मसंस्थापनाको निमित्त युगयुगमा प्रादुर्भाव हुने उद्घोषण श्रीकृष्णले गरेका थिए । यसरी नै बुद्धले ‘अपदीपो भव’ भन्ने सूत्रमार्फत अन्धानुकरण छोडेर आफैं दीपक बन्ने उद्घोष गरे । मन, वचन र कर्मले हिंसा त्याग्नैपर्छ भने ।
वैदिक युगका अध्यात्मवादी सनातन धमावलम्बी विद्वान शास्त्रार्थमा रमाउँछन् । शास्त्रार्थमा वेद (ज्ञान)का साथै धर्म, कर्म, उपासनाको घनिभूत चर्चा गर्दा प्रमाण दिनैपर्छ । यसमा चारैवेदका अतिरिक्त वेदनाङ्ग, उपाङ्ग समेतबाट उद्धरण गरिन्छ । वेदमा ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद पर्छन् ।

वेदका अङ्ग– वेदाङ्ग
वेदका अङ्ग हुन् छन्द– पाउ (खुट्टा) कल्प (हात) ज्योतिष (आँखा) तिरूक्त (कान) शिक्षा (नाक) व्याकरण (मुख) वेदका अंग मानिन्छन् । शास्त्रार्थमा यस्ता सबै अंगको यथास्थान यथामति उद्धरण गरिन्छ ।
यस्तै वेदका उपाङ्ग हुन्– स्मति, पुराण, इतिहास, दर्शन । शास्त्रार्थ गर्न अघि सर्दा यी सबै वेदका अङ्ग उपाङ्गको गहिरो अध्ययन गरेकै हुनुपर्छ । नत्र शास्त्रार्थमा टिक्न सकिंदैन । सनातन धर्म मान्नेहरू अनेक साम्प्रदायमा विभक्त छनु । शैव, वैषण, शाक्त आदि । 
इस्लामका धर्मगन्थ कुरान हो, यसका अनुयायी सिया र सुन्नीबीच हुने हिंस्रक झडप र ईशाईको धर्मग्र्रन्थ बाइबल शिरोधार्य गर्ने क्रिश्चियनहरूमा कैथोलिक र प्रोटेस्टेन्ट सम्प्रदायमा विभक्ता छन् । क्याथोलिक र प्रोटेस्टेन्टबीच हुने झडपमा हिंसा उत्तेजित हुन्छ । त्यहाँ शान्ति, संस्कृति र संस्कारभन्दा शस्त्रकै बल प्रदर्शित हुने कारण नै मुख्य हो भनिन्छ । दुई विश्वयुद्ध सुरू गर्ने क्रिश्चियन नै हुन् । वैदिक सनातन धर्ममा त्यस्तो हिंसात्मक शस्त्रबलको झडप नभएर शास्त्रार्थमाा विजित र पराजित हुने परम्परा थियो । शस्त्रलाई त्यागेर शास्त्रको आधारमा चल्ने हुँदा यो अध्यात्मवादको स्रोत नै शान्ति हो । अध्यात्मवादी नेता र राजनेतामा पहिलोले शास्त्र धारण गर्छ शान्तिमय जीवनयापन गर्छ । त्यागमय जीवनशैलीमा रमाउँछ । दोस्रोले शास्त्रको आधार ल्न्छि । मन, वचन र कर्मले हिंस्रक बन्छ । भोगमा जीवन व्यतित गर्छ ।
जुन वस्तु देखिन्छ, स्पर्श गर्न सकिन्छ, जोख्न, नाप्न वा सुघ्न सकिन्छ परीक्षणद्वारा प्रमाणित हुनसक्छ त्यो भौतिकवादी  चिन्तनले सत्य भनेकै पदार्थ हो अथवा प्राप्त हुने वस्तु विशेष हो । यसको प्रयोग र प्रयोजनको प्रविधि विकास गर्नु नै विकासवाद हो भन्छ । यो भौतिकवादी चिन्तन पश्चिमी सभ्यताको देन हो । २१ औं शताब्दीको कालखण्डे मानदण्डमा आधारित छ । यो चिन्तनमा देख्न,  सुन्न, छुन, जोख्न, नाप्न नसकिने अदृश्य भावनात्मक अभौतिक वस्तु वा तत्व छँदैछैन, हुँदैन भन्ने धारणा प्रवल छ । यसलाई ‘नास्ति’ छैन भन्ने अर्थमा लिन्छ । यसैको पर्याय नास्तिक हो । जसले विश्व ब्रह्माण्डमा सृष्टिस्थिति, प्रलयका साथै ब्रह्माण्ड संचालन गर्न पदार्थ (वस्तु) जोखिने, नापिने, छोइने, गन्ध आउने चीज पैदा गर्छ त्यो चेतनशक्ति नै सृष्टिकर्ता हो भन्छ । त्यसैले ‘अस्ति’ छ भन्ने विश्वास गर्छ । त्यो आस्तिक हो । यसलाई अध्यात्मवादको प्रारम्भिक सूत्र मानेर जो यसको प्रयोग, प्रयोजन र प्रविधिमा पूर्णता देख्न उसले त्यसको त्यागपूर्वक उपभोग गर्छ । अध्यात्मको यो चिन्तन नै प्राच्यको चिन्तन हो । यसलाई पूर्वीय चिन्तन अर्थात् आस्तिक चिन्तन भनिन्छ । नास्तिक र आस्तिकबारे यथास्थान यथामति अन्य चर्चा छ ।

संगठन र विघटन
वैदिक शासनसत्ता ईशापूर्व करोडौंवर्षसम्म सगठित, सुव्यवस्थित, सुसम्य र सुसंस्कृत थियो । यसलाई प्राच्यको स्वर्ण युग, सत्य युग, त्रेतायुग, द्वापर युग र कल्पकल्पान्तरको विशेषणका साथ स्मरण गरिनछ । ईशापचातको पाश्चात्य इतिहासको प्रारम्भ भएपछि केही शताब्दी बित्दानबित्दै यो विघटनतिर गैसकेको थियो । यतिसम्म विघटन भयो कि भुरेटाकुरे राजाा रजौटा आफू आफूमै लटारिए । वैदिक शासनसत्ताको पूर्वरूपै विकृत भयो । यो हिमवतखण्डको मात्र मानचित्रमा उथलपुथल भएको होइन । एसिया महाद्वीपको प्राच्य मानचित्रको भारतीय महाद्वीप तथा छिमोकी महाचीनसमेत विघटनको चक्रबाट गुज्रिए ।
शरीरलाई सक्रिय बनाउने र दीर्घायूका लागि ‘सोमलता’, ‘सोमरस’को चर्चा वैदिक वाङ्मयले गर्छ । तर, यो अहिले लोप भैसकेको छ । यसरी नै जलवायु परिवर्तनको घनचक्करमा कति वनस्पति लोभ भए त्यसको लेखाजोखा हुनै सक्दैन । 
यो कालखण्डका भारतीय अनेकौं चिन्तकमध्ये एक हुन् रांगेय राघव । उनले वैदिक वाङ्मयको अनादि र अनन्त परम्परालाई अस्वीकार गर्दै वैदिक सूक्तका वाणी सम्बन्धी अवधारणाभन्दा फरक अभिव्यक्ति दिए । शब्दको उत्पत्ति एकलाख वर्षअघि भएको उनको मान्यताले शब्द ब्रह्म हो भन्ने प्राच्यको स्थापित मान्यताको उपेक्षा गर्छ । उनका महायात्रा नामक दुई भागका ग्रन्थमा एकलाख वर्षयताको कालखण्डमा भाषा सभ्यताको विकास चर्चा छ ।
यस्तै नेहरूले भारतकीय कहानी भन्ने पुस्तक लेखे । सिन्धुघाटीको सभ्यतादेखि यताको विवरण त्यहाँ छ । वैदिक वाङ्मयको यतत अवधारणालाई उनले पनि आत्मविस्तृतिमा छोप्ने चेष्टा नै गरे । उनले सभ्यताको क्रममा सिन्धु सभ्यता अघिको पाटोमा प्रवेश नै  गरेनन् । वैदिक वाङ्मयले युग युगान्तर, कल्पकल्पान्तरको संख्यात्मक विवरण दिंदा सययुग, त्रेतायुग र द्वापरयुगसम्म ३८ लाख ८८ हजार वर्ष बितेको उल्लेखतर्फ न त रांगेय राघवको ध्यान गयो, न त नेहरूको । यसरी पश्चिमी भौतिकवादको चस्माले नै २१ आंै शताब्दीयता हेर्ने औपनिवेशिक दिल–दिमाग भएका कथित चिन्तकहरूकै चिन्तमा भारतीय उपमहाद्वीप रङमङियो ।
अक्षर शब्दको लाक्षणिक अर्थ हो कहिल्यै क्षर नहुनु । यो अक्षरको उत्पत्ति संस्कृत शब्दबाटै भएको हो । माहेश्वरी सूत्रमा अइउणऋलृकएओङ ऐ औच लण यम गणनम कफछठथचटतप आदि अक्षर शिवको डमरूबाट प्रादुर्भाव भएको भनिन्छ । यो शिव संस्कृति अनादि छ । लिपिको विकासपूर्व मन्त्रद्रष्टा ऋषिहरूले देखेका अपौरूषेय वेदका मन्त्र श्रुति परम्परागत रूपमा शिष्य वा पुत्रलाई कण्ठ गराउँदै आए । कालान्तरमा त्यस्ता मन्त्र सुनेकै भरमा धारणाा गर्ने क्षमताको ह्रास भएबाट श्रुति स्मृतिपछि लिपिको विकास गर्ने वेदव्यास मानिन्छन् । वेदलाई लिपिवद्ध गर्ने लेखक गणेश हुन् । व्यासले भन्दै जाने, गणेशले  लेख्दै जाने र धाराप्रवाह छुटेमा गणेशले कलम बन्दगर्ने शर्त थियो । वेदका एकलाख मन्त्रका अतिरिक्त १८ महापुराण त्यसका उपपुराण यस अघि नै १०८ उपनिषद लिपिबद्ध भए । रामायण नै एक करोड श्लोकमा छ । महाभारत १ लाख श्लोकको ठेलीमा छ । ज्योतिषका फलित र गणितका ४ लाख श्लोक यत्रतत्र छरिएका छन् भन्ने ज्योतिषशास्त्रको कथन छ । 
मन्त्रद्रष्टा ऋषिको ऋग्वेदलाई विभाजन गरेर व्यासले गणेशबाट लिपिबद्ध गराए । यसपछि यसैको अनुकरण गर्दै गोत्र प्रवर्तक सप्तर्षिहरूले गुरूकूलको थालनी गरे । हिमवतखण्डका विविध भेगमा शिष्यका साथ विचरण गर्दै आफ्ना अनुभवजन्य ज्ञानलाई लोकहितार्थ लिपिबद्ध गर्न थाले । स्मृतिग्रन्थ र संहिताको पृष्ठभूमिमाा यही विशेषताको पुट छ । भृगु ऋषिले गोसाईकुण्ड वरपर विचरण गरेर भृगु संहिता तयार पारे जस्तै अन्य दामोदर कुण्ड लगायतको कुण्ड, मानसरोवर लगायतका सरोवर वरपर रहेका बखत अन्य ऋषिवृन्दले पनि आआफ्ना संहिता लिपिबद्ध गरे । यसरी हिमवतखण्डमा विचरण गर्ने ऋषिवृन्दले आफूले विचरण गरेको भूमिलाई तपोभूमिको संज्ञा दिए । सत्य, त्रेता, द्वापरका लाखांलाख वर्ष व्यतित भएको यो कालावधिको उपेक्षा गर्दैै केही वर्षयताको युरोपियन सभ्यतालाई महत्व दिनु आत्मविस्मृति नै मान्नुपर्छ । अमेरिकाको चार सय वर्षको इतिहासले लाखौंलाख वर्षको शाश्वत कालखण्डलाई विस्मृतिमा धकेल्नु र एक हजार वर्षको युरोपियन इतिहासले महभारत र रामायणलाई विस्मृतिमा पुरेर आफ्नो वर्चश्व कामय गर्नु प्राच्यका सन्ततिहरूको बुद्धि, बर्गत र वीरत्व क्षयीकरण हो । यो आत्मविस्मृति नै मानिएको छ ।
बुटौली वरपर बेलायतबाट आएका पुरातत्ववेत्तालले ६ लाख वर्ष पुरानो अस्थिपञ्जर भेटे । ६ लाख वर्षपूर्व नै यस क्षेत्रमा बस्ती बसेको प्रमाणित गरे । यस्तै बुटवलकै नदी किनारामा एक करोड १० लाख वर्ष पुरानो रामापिथेकको दाँतले प्राच्यको मानवबस्ती यो भूभागमा अवस्थित थियो भन्ने प्रमाण दिन्छ । मुस्ताङका साततले गुम्बा । गिरिकन्दराका आश्रमको विशेषता वर्णनातीत छ । खगोलशास्त्र संसारकै प्राचीन विद्या हो भनेर युरोपियनहरूले नै उल्लेख गर्नु हिन्दुहरूले नै शून्यको पहिलो चर्चा पंचतत्वमा गर्नु र वैदिक गणितका सूत्रमा शून्य थपेर पद्म महापद्म र शंखपर्यन्तको अंक प्रतिपादन गरेबाट प्राच्यमा यो हिमवतखण्डमा सभ्यता शिखरमा थियो भन्ने अकाट्य प्रमाण प्रस्तुत गर्ने अनेक पुरातात्विक विशेषता छन् ।
यति हुँदाहुँदै पनि रांगेय राघव र नेहरूले जसरी विचार प्रकट गरे ती विचारले प्राच्य वैदिक वाङ्मयको उनीहरूले उपेक्षा गरेर पाश्चात्य विद्वानहरूले स्थापित गरेका आफ्नै अस्तित्वबोध गराउने र प्राच्यको शाश्वत सत्यलाई भौतिक स्थूल पदार्थकै महत्वबाट विस्थापित गर्ने विचारको अनुकरण गरेकोबारे भारतवर्षकै समकालीन चिन्तकहरूले उल्लेख गरेका छन् । त्यसमा सर्वपथम नामलिइने चिन्तक गान्धी नै हुन् । विनोदाभावे, जयप्रकाश, दिनदयाल प्रभृत्ति अन्य अनेकौं पुरूषको नाम पनि यस प्रकरणमा चर्चित छ । यसअघि नै आद्य शंकराचार्य, स्वामी विवेकानन्दले स्थापित गरेको प्राच्य धर्म–संस्कृति र चिन्तनशैली सभ्यताको महत्वले पाश्चात्य सभ्यता, संस्कृति र विकास अपूर्ण र प्रारम्भिक अवस्थाकै छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् । पश्चिमी धर्मका प्रचारक तथा पादरी र पोपका सबै हरकतकमा बनियागिरिको गन्ध आउँछ भनेर उनले सिकागो धर्मसभामा टिप्पणी गरे ।
विचार आदान–प्रदानको सुरू एक लाख वर्ष अघिमात्र भएको हो, त्यो पनि हाहाहुहु शब्दका माध्यम भन्ने रांगेय राघवको कथनलाई अपौरूषेय भनिएको वेदले स्वीकार्दैन । वेद अपौरूषेय भनिए पनि यो आपराविद्या हो । यसभन्दा अर्को परा विद्याका अक्षर वा संवादसूत्र कुनै लिपि वा अन्य रूपंगमा दृश्यपटलमा छैनन् । शब्द नै ब्रह्म हो । ब्रह्मशब्दबारे अनेक चिन्तकले चिन्तन गरेर अभिव्यक्ति दिएका छन् । यथास्थान त्यसको चर्चा भएको छ । विद्या र अविद्याका प्रसंगविभिन्न सन्दर्भमा आएका छन् । यसको पनि यथास्थान यथामति चर्चा भिन्न प्रकरणमा गरिएको छ । 
वैदिक वाङ्मयमा वाणी शक्ति र प्रकृतिको विशद चर्चा छ । संस्कृत वाङ्मयमा कालिदासका काव्य कालजयी मानिन्छन् । विश्वप्रसिद्ध महाकवि कालीदासले उत्तर दिशामा देवताको बास छ । त्यहाँका उतुङ्ग हिमशैलबाट निरन्तर अनादिकालदेखि तोयधारा बगेको विम्ब प्रस्तुत गर्दै यो भूखण्डको प्राकृतिक मानचित्रको सटीक वर्णन आफ्नो काव्यमा गरेका छन् । यिनै कालीदासले  रघुवंश नामक महाकाव्यमा रघुको जीवनशैली र शासन प्रणालीको जुन घटना प्रस्तुत गरे त्यसबाट साहित्य तत्कालीन समाजको दर्पण हो भन्ने स्थापित मान्यतालाई स्वीकार्ने हो भने प्राच्यमा शासन र राजाको भूमिका छर्लङ्गै हुनेछ । यस्ता धेरै राजाको वर्णन द्वापर युगमा घटेका घटनामा आधारित अरू कृतिमा अन्य कवि लेखकले पनि प्रशस्तै गरेका छन् । रामायण, महाभारत वा श्रीमदभागवत महापुराण लगायतको वैदिक वाङ्मयमा आधारित अन्य ग्रन्थमा शास्त्रोक्त विधान अनुसार राजाले राजतन्त्र संचालन गरेको असंख्य उदाहरण पाइन्छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com