युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 09.20.2018, 06:19pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
पर्यटक भित्र्याउने गुरूयोजना
Tuesday, 03.27.2018, 12:13pm (GMT+5.5)

यादब देवकोटा
यात्रा– ज्ञान, अनुभव नौलो अनुभूति प्राप्तिको प्रमुख माध्यम हो । विश्वकाा अचम्म अचम्मका तथ्य यात्रीहरूले नै पत्ता लगाएका हुन् । पौराणिककालदेखि नै यात्रालाई महत्वपूर्ण स्थानन दिइएको छ । यात्राबाटै ज्ञान आर्जन हुन्छ भन्ने मान्यता स्थापित छ । आधुनिककालमा यात्रीलाई पर्यटक भनिन्छ । पर्यटक त्यस्ता हुन्छन्, जो नौलो नयाँ कुराको खोजीमा, नयाँ कुराको अनुभूति गर्न निस्कन्छन् । यात्राका लागि नेपाल विश्वकै अग्रणी मुलुक हो । 
पर्यटक भनेका घुमन्ते हुन् । उनीहरू नौलो अनुभूतिका लागि यात्रामा निस्कन्छन् । नेपाल पर्यटनका लागि संसारकै उत्कृष्ट गन्तव्यमध्ये एक हो । यहाँको भौगोलिक, सांस्कृतिक, धार्मिक र जैविक विविधता विश्वकै लागि अनौठो छ । अनि नेपालको सामाजिक र पारिवारिक बनावट तथा यहाँको स्थानीय परिकार पर्यटकका लागि आकर्षण मात्र हैन आश्चर्यको विषय हो । 
नेपालको पर्यटन प्रबद्र्धनका लागि यही नै प्रमुख आधार हुन् र पर्यटन शहरी क्षेत्रमा हैन ग्रामीण क्षेत्रमा नै बढी रमाउँछन् । तर, नेपालको ग्रामीण पर्यटनको सुरूवात मात्र भएको छ । होमस्टे अवधारणाले ग्रामीण पर्यटनको विकास भएको छ । पर्यटकहरू गाउँगाउँ पुग्न थालेका छन् । तर, अझै पनि बढीभन्दा बढी पर्यटक शहरकेन्द्रित छन् । काठमाडौं, चितवन, पोखरा, जस्ता ठाउँ नै मुख्य पर्यटकीय क्षेत्र भन्दै प्रचारित छ । र अधिकांशको बाह्य पर्यटकको आगमन पनि तिनै क्षेत्रमा हुने गरेको छ ।
सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । स्मरणीय कुरा के हो भने पर्यटकको संख्या बढेर मात्रै आर्थिक लाभ हुँदैन । पर्यटनको विविध आयाम र पक्षलाई वर्गीकरण गरेर गुरूयोजना नबनाउँदासम्म पर्यटनबाट मुलुक समृद्ध तुल्याउने सपना सपनामै सीमित हुनेछ । मुख्य कुरा, पर्यटकलाई बढीभन्दा बढी समय नेपाल बसाउने र बढीभन्दा बढी खर्च गर्ने वातावरण बनाउनुपर्छ । यसका लागि भुटानको मोडल सिक्नु आवश्यक हुनेछ ।
विगतमा दक्षिण एसियाको सबैभन्दा कमजोर मुलुक भुटानको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आय दक्षिण एसियामा उच्च छ । उसले जलविद्युत र पर्यटनबाट मनग्गे कमाइ गरेको छ । पर्यटन र जलस्रोतमा भुटानको प्राण अडिएको छ । उसले सोही अनुसारको नीति–रणनीति बनायो अनि विकास ग¥यो । धर्म, संस्कृति, परम्पराको संरक्षण गर्दै पर्यटक आकर्षित गरिरहेको भुटानको विपरीत नेपालमा सामाजिक–धार्मिक मूल्य–मान्यता मासेर आयातित संस्कृति लाद्न थालिएको छ । पश्चिमा संस्कृति हेर्न पश्चिमी पर्यटक नेपाल आउँदैनन् ।
मुलुकको दीर्घकालीन आर्थिक स्रोतको स्रोत पर्यटन विकासका लागि आधुनिकता हैन परम्परागत कुराहरूको संरक्षण गर्नुपर्छ भन्ने बताइराख्नुपर्ने कुरा हैन । नेपालमा आउने पर्यटकलाई केबल कार, बातानुकूलित कोठा भएका होटल मात्रले आकर्षित गर्दैन । तीसंगै उनीहरूले छनोट गर्नसक्ने पूर्वाधार विकास हुनुपर्छ । आज होमस्टेहरूमा किन विदेशीहरू ओइरिएका छन् ? यही कुरालाई मनन् गर्ने हो भने पर्यटन विकास गर्ने योजना आफैं बन्छ ।
काठमाडौं उपत्यकाभित्र ७ वटा विश्व सम्पदा सूचीमा परेका स्मारक छन् । तर ती क्षेत्रमा जाने सडक कस्तो छ ? त्यहाँको वातावरण कस्तो छ । स्मारकहरू गगनचुम्बी भवनले छेकिसकेका छन् । यिनको संरक्षण गर्ने योजना खै ? विश्वभरका हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ, विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र बौद्धनाथ, स्वयम्भूनाथ । अनि तीन जिल्लाको दरबार क्षेत्र, चाँगुनारायण जस्ता स्मारकहरूमा कति पर्यटक पुग्छन् वर्षमा ? अनि ती क्षेत्र पुग्ने पर्यटकको कस्तो प्रतिक्रिया छ ? फोहोर, धुलो, अतिक्रमणको घेराबन्दीमा परेका सम्पदाहरूले कसरी पर्यटक आकर्षित गर्ला ? पर्यटक कंक्रिटको जंगल हेर्न हैन हरियाली हेर्न आउने हुन् । प्रकृतिसंग निकट रहनन आउने हुन् । यस्ता हजारौं स्थान नेपालमा छन् । यिनको प्रबद्र्धन आवश्यक छ ।
विकास गर्न नारा हैन योजना चाहिन्छ । राम्रो काम जहाँबाट पनि सिक्दा हुन्छ । भुटानले दिगो पर्यटनका लागि ‘हाइ भ्यालु लो इम्प्याक्ट’ नीति अपनाएको छ । यसका लागि उसले हरेक पर्यटकले पिक सिजनमा दैनिक २ सय ५० अमेरिकी डलर र अफ सिजनमा २ सय अमेरिकी डलर खर्च गर्नैपर्ने गरी प्याकेज प्रस्तुत गर्ने गरेको छ । नेपालले यसै गरी पर्यटकहरूका लागि विभिन्न किसिमका आकर्षक प्याकेज प्रोग्रामहरू प्रस्तुत गर्ने हो भने प्रत्यक्ष रूपमा आम्दानी बढ्नेछ भने अप्रत्यक्ष रूपमा पर्यटकको बसाइ अवधि लम्बिएर थप आम्दानी हुनेछ । साथै नेपालको स्थानीय कला, संगीत र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा पनि टेवा पुग्नेछ ।
तर, यसतिर कसैको ध्यान छैन । पर्यटन विकासका लागि अपार सम्भावना भए पनि  जलस्रोतको जस्तै पर्यटन विकास पनि नारामा सीमित छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत जति मात्र योगदान यो क्षेत्रको छ । यो योगदान कम्तिमा २० प्रतिशत पु¥याउन सजिलै सकिन्छ । तर, यसका लागि स्पष्ट योजना चाहिन्छ । पर्यटन विकासको दीर्घकालीन गुरूयोजना बनाउँदा यसले शहरदेखि ग्रामीण क्षेत्रसम्मको आर्थिक उन्नति हुनेछ । पर्यटकहरू पिज्जा र बर्गर हैन, नेपाली माटोमा उत्पादन भएका कृषिपैदावारमा रूची हुन्छ । समुद्रका माछा हैन, पोखरी र खोलाका मान्छा खान्छन्, टिनको डब्बामा भरिएका मासु हैन ताजा मासु खान आउँछन् । यसैका लागि उनीहरू नेपाल आउने हुन् । बर्गर र पिज्जा उतैको दैनिक खाना हो, महंगा मोटर, विलासी कोठा उनैका देशमा छन् । यसैबाट वाक्कदिक्क भएर प्रकृतिको निकट रहन उनीहरू नेपाल आउने हुन् । 
भौतिकवादी र एकल जीवनले दिक्क भएका पश्चिमी सभ्यताका मानिसहरू नेपालको संयुक्त परिवार, यहाँको सामाजिक सद्भाव, रीतिरिवाज अनि कला–संस्कृतिको अवलोकन गर्न उनीहरू आउने हुन् । होटलहरूका पश्चिमी नाचगानभन्दा नेपाली लोकदोहोरी र नृत्य उनीहरूको रूचीको विषय हो । यसको सम्बद्र्धन अहिलेको प्रमुख आवश्यकता हो । कसरी एउटा घरमा तीन पुस्ता बसिरहेको छ ? यो प्रचार गर्नुपर्ने विषय हो । तर, अहिले यही संस्कार भत्काइँदैछ । यहाँ चर्च हेर्न पनि पर्यटक आउँदैनन्, मन्दिर, गुम्बा उनीहरूको आकर्षणको केन्द्र हो । तर, मन्दिर मासिंदै जाने र चर्च बढ्दै जाने भैरहेको छ । पर्यटन विकासका लागि यो घातक पक्ष हो ।
पर्यटकका लागि हिमालदेखि तराईसम्मको मौसम, प्राकृतिक सम्पदा र जनजीवन मुख्य आकर्षणको विषय हो । तर, यसको प्रबद्र्धनको साटो जंगल मासेर केबल कार जडान हुँदैछ । हो, केबल कारले आन्तरिक पर्यटन बढ्छ, बाह्य बढ्दैन । मनकामना र चन्द्रागिरि यसैको उदाहरण हो । ती दुई धार्मिक क्षेत्रमा जान केबलकारसंगै व्यवस्थित पदमार्ग हुनुपर्दछ । यस्ता पूर्वाधार अन्यत्र पनि बनाइनुपर्दछ । धार्मिक पर्यटनका लागि यो महत्वपूर्ण पाटो हो ।
हामीले बुझ्नैपर्ने कुरा के हो भने नेपालको पर्यटन विकास पिज्जा र बर्गरको बजार विस्तार गरेर हुँदैन । स्थानीय परिवारको प्रबद्र्धन गर्नुपर्छ । यसका विविध आयाम र पक्षलाई एकसाथ अगाडि बढाउनुपर्छ । कृषि र पर्यटनलाई जेड्न सके मात्र पर्यटनको दीगो विकास सम्भव छ । आज कृषि, पर्यावरण र पर्यटन आपसमा अन्योन्याश्रित बनेको छ । यससंगै वातावरण संरक्षणको कुरा पनि जोडिएको छ । पर्यटन विकासको दीर्घकालीन गुरूयोजना बनाउने हो भने कृषि, पर्यटन र पर्यावरण, धार्मिक, सांस्कृति पक्षलाई पनि समेट्नुपर्दछ । यही नै दीगो पर्यटनको आधार हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
भ्रष्टाचार निवारणको प्रश्न र यथार्थ (२) (03.20.2018)
आध्यात्मिक नेता कालजयी, राजनेता क्षणिक (03.20.2018)
यस्तो फेरी कहिल्यै नदोहोरियोस् ! (03.20.2018)
अबको स्थायी शक्ति केन्द्र काठमाडौं ! (?) (03.06.2018)
आयातित संघीय व्यवस्था एउटा कोक्याउने पीडालु (03.06.2018)
०१७ मा महेन्द्र–वीपीको टक्कर र ०७४ मा खड्ग ओलीको उदय (03.06.2018)
अब त विधिविधान संविधानको लाशमा दागबत्ती दिने कि सभापतिज्यू ? (02.20.2018)
नेपालको राजनीतिमा फागुन महिना हरेक परिवर्तनको मूल ढोका (02.20.2018)
जताततै अव्यवस्थाको तमासे जात्रा (01.30.2018)
संघीय प्रणालीको भविष्य प्रदेश सभा सदस्यको हातमा (01.30.2018)
थरीथरीका मतदाता, मतदानको प्रयोजन र प्रतिनिधित्व (01.25.2018)
स्थायी समाधान खोज्ने कि सधैं टारटुर मात्रै (01.25.2018)
जनता भन्छन् “नागा, नेता र न्यायकर्ता उस्तै उस्तै !” (01.25.2018)
परिवर्तन ‘दौैरा न साराको खल्ती’ भयो (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (२) (01.09.2018)
मुद्दा नै लड्ने भए जन अदालत जाउँ ! (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (01.02.2018)
गोलचक्करमा राष्ट्रपति ः निकास के ? (01.02.2018)
नदुखेको टाउको डोरीले बाँधेर दुखाइदैछ (01.02.2018)
पहिले आफैंलाई चिन अनि अरुलाई ! (12.26.2017)



 
::| Latest News

 
[Page Top]