युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.23.2018, 09:40am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
एकताको लागि “मदन भण्डारी मोडेल”
Tuesday, 04.24.2018, 01:14pm (GMT+5.5)

- तारा सुवेदी
नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)बीच एकताको कुरा “भ्यागुताको धार्नी” भएको छ, अहिले । उहिले प्रतिनिधि सभा र प्रदेश सभाको संघारमा पुगेको बेला दुवैलाई सत्तासीन काँग्रेसको अतिवादले संत्रस्त बनाएको थियो । दुवैलाई नेकपा पछिको विशेषण वा पुच्छर पनि भारी भएको थियो त्यसैले आँखा चिम्लिएर एकताको आवश्यकता बोध भएको थियो । “अहिले जब दुवैको मनको काँग्रेसको संत्रासको कालो भूतको छायाँ हटेको वा घटेको अनुभव भयो, दुवैमा एकताको आवश्यकताको कम खाँचो महसूस भएको हो कि ”? आम मतदातामा यस्तैको सन्देश गएको छ । 
केही दिन अघिको एउटा विद्युतीय दृश्य संचार माध्यम (टेलिभिजन)को संवाद कार्यक्रममा नेकपा एमाले झण्डै ४५–४६ पटकको विभाजन र एकीकरणपछिको अवतरण वा रुपान्तरणको अवस्था हो” भन्ने खालको सन्देश एक एमालेका  नेताले दिएको देखिएको थियो । पटकको गणनाको अभिलेख वा तथ्यांक उनले जसरी पेश गरेको किन नहोस्, यो देशको माग, भू अवस्थितिको साथै नेपाली समाजको विशिष्ट चरित्र र इतिहास आदिको कारणले नेपालको राजनीतिमा एउटा “कम्युनिष्ट” पार्टी को अपरिहार्यतालाई स्वीकार्नु समयको सही मूल्यांकन ठहरिने छ । 
जेहोस्, “खोलो त¥यो लौरो विस्र्यो” नेपालको राजनीतिको मात्र होइन, समाजको चरित्र र प्रवृत्ति पनि हो । भलै, त्यो विकृत चिन्तनको उपज किन नहोस् । यसबेला जसरी एकताको सम्भावना सर्दै र झण्डै टर्दै गएको देखिन्छ, त्यसैले– उही एउटा संकटापन्न व्यक्तिले खोला तर्दै गर्दा बाढीको मजधारमा पुगेको बेला “मेरो यो संकटबाट मलाई बचाऊ भगवान् ! म पाँच किलो लड्डु, चढाउँछु” भनेर गणेश (कुनै अदृश्य ईश्वरी शक्ति)– लाई रुँदै पुकारा गरेको, जब बाढीको भेल सुक्दै गयो ४–३.२–१ कीलो गर्दै अन्तिममा जब बाढी घट्यो र सहजपार गर्न सक्यो । त्यसपछि “न मलाई अब यो खोला तर्नु छ, न मलाई लड्डू चढाउने वाचा पूरा गर्नु छ” भनेको कुराको सन्देश दुवै दलले दिएको जस्तो पनि लाग्न लागेको छ सबैलाई । 
तर, आजको परिवेश र परिस्थितिमा “एकताको लगन सूत्रमा” बाँधिन दुवै दलका नेतृत्वलाई निकै सकस परेको छ । सबै नेताहरुलाई “आ–आफ्नो अस्तित्व, भविष्य र स्वार्थको अनिश्चितताको संत्रास वा लघुताभास”ले सताएको छ सायद । त्यो स्वार्थ छोप्न “आ–आफ्ना कार्यकर्ताको व्यवस्थापनको समस्या”को बलियो बहानाले भलै, साथ दिएको र साख बचाई राखेको बोध भएको होला । तर अन्ततोगत्वा त्यस्ले यति सम्मकि “एकतामा भाँजो हाल्ने वा एकता भाँड्ने नेता कार्यकर्ता र पार्टीको मात्रै होइन, सिङ्गो देश र यिनैका शाखा सन्ततिको भाग्य भविष्यलाई समेत अँध्यारो अनिश्चितताको गोल चक्करमा फँसाइदिने निश्चित छ । किनकि त्यस्का दर्जनौं आधार मध्येको एउटा मात्र प्रतिनिधि आधार वा कारण भनेको भर्खरै सम्पन्न सबै तहका निर्वाचनमा जाँदा दुवै दलका नेताहरुले आम मतदातासामु गरेका “एकीकृत होइन सिंगो अभेद्य र सुदृढ एउटा कम्युनिष्ट धाराको निर्माण गर्छौं” भन्ने वाचा कसम नै हो । 
“जनताको साथ, सहयोग र अभिमतमा आधारित राजनीति गर्ने” दल र नेताहरुले आम जन अभिमतको सदा सर्वदा हेक्का राख्ने मात्रै होइन, पूर्णत आदर र सम्मान गर्नुपर्छ । त्यसैले “प्रेम, युद्ध र निर्वाचन (राजनीति) मा सबै सम्भव असम्भव वाचा–वन्धन गर्नु र आश्वासन दिनु जायज हुन्छ” भन्ने क्षणिक र घटिया चिन्तनबाट मुक्त व्यक्ति मात्रै राजनीति भन्दा माथि उठेको, “दूरदर्शी–राजनेता” सावित हुन सक्छ । यस्तो दूरदर्शी नेताले मात्रै–
“झूठो नबोल्नू दिन एक खुलस्त हुन्छ, 
छिप्दैन सत्य, बरु ईश्वर नै नुहुन्छ ।
बाङ्गो पनासँग विकारहरु बढाई, 
कहिल्यै (कैल्यै) नगर्ने गर आदर आफूलाई”
भन्ने आदर्श सूत्र अँगाल्न सक्छ । 
एकता– आजको अपरिहार्यता 
यत्तिकै पनि एउटै माक्र्सवादी दर्शन, सिद्धान्त र चिन्तनलाई आफ्नो जीवन दर्शन मानेर कम्युनिष्ट आन्दोलनमा समर्पित भएकाहरुले सधैं कुनै न कुनै साना–तिना, झिना मसिना कुरालाई “सैद्धान्तिक र वैचारिक मतभेदको” बर्को ओडेर छुट्टै चूलो चौको बनाई छुट्टी भिन्न हुने प्रवृत्ति र परम्परालाई कहिल्यै मन पराउँदैनन् । भलै, त्यही नै नेपालको कम्युनिष्ट आन्दोलनको निरन्तरता र नियमिततापूर्ण नियति बन्यो । यस्तै लामो दुर्भाग्य पूर्ण संकट, संघर्ष र लामो सकस झेल्दै र व्यहोर्दै आएका आम कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुको भावना, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति एवं समयको सन्देश सुनेर बुझेर होला तिनकै शब्दमा “राष्ट्रिय विसर्जन नववादी उपनिवेशवादी साम्राज्यवादी र विखण्डन र विलयनवादीसँगै प्रतिगामी पुनरुत्थानवादीहरु” समेतको संयुक्त शक्ति विरुद्ध विखण्डित कम्युनिष्टहरुको एकता आवश्यक भए पनि निर्वाचनको बेला तत्कालका लागि विभिन्न प्राविधिक कारणबाट सो सम्भव थिएन । 
त्यसैले प्रतिनिधि सभा र प्रदेशसभाका लागि सभासद्को निर्वाचनको संघारमा पुगेकाबेला तत्काल “बाममोर्चा”को निर्माण गरी मूलधारका रुपमा स्थापित एमालेर माओवादी (केन्द्र)ले “आआफ्नै कम्युनिष्टको धुनी जगाई बसेकाहरु”लाई समेत समेट्दै संयुक्त भई निर्वाचनमा साझा उम्मेद्वार उठाए । त्यसले ६२ प्रतिशतभन्दा बढी “पपुलर भोट” भएको कम्युनिष्ट शक्तिलाई पुन–जागृत, सशक्त र उत्साहित बनायो । जसको परिणाम झण्डै “कुनै पनि दलको स्पष्ट बहुमतको सरकार असम्भव छ” भनेर “च्याँखे राजनीति गर्नेहरु”लाई गलत सावित गर्दै मोर्चाले करिब दुई तिहाईको बहुमत सहित प्रतिनिधि सभा र प्रदेश सभामा सदस्य पु¥यायो । त्यस्ले दुवै कम्युनिष्टलाई एकताको सूत्रमा आबद्ध हुनुपर्ने नैतिक दायित्व र दबाबसमेत थपिदिएको थियो । त्यसमाथि अनुल्लंध्य जनादेशको सीमा नाघ्न सक्ने स्थिति झन् थिएन । 
यस्तो स्थितिमा दुई पार्टीले “गैर कम्युनिष्ट, राष्ट्रिय समर्पणवादी र अवसरवादीहरु बाहेकका कम्युनिष्टका मित्र शक्तिहरु” समेतलाई समेटेर “वृहद् कम्युनिष्ट पार्टी” निर्माण गर्नुपर्नेमा, दुई मुख्य पार्टी बीचकै एकता जसरी पर सर्दै ‘टर्ने हो कि ?’ भन्ने जस्तो अवस्थामा पुगेको देखिँदै र सुनिँदै छ, यदि त्यो सत्य र वास्तविक सावित भयो भने त्यो अपरिकल्पनीय दुर्भाग्यपूर्ण र नेतृत्वका लागि सीमान्त लज्जास्पद मात्रै नभई अर्को निर्वाचन फेरी भयो भने, त्यसैबेला यी एकता गर्न असफल राजनीतिक नेताहरुले राजनीतिबाट सन्यास लिएर निर्वासनतिर जानुको सायद विकल्प रहनेछैन । होइन फेरी पनि निर्लज्ज भएर, पचासौं तर्क,  सफाई र नयाँ नयाँ सपना बाँड्ने चेष्टा गर्दै निर्वाचनमा गए भने जनताले “यस पटक दिएको अवसर खेर फालेको” रीस क्रोध आवेशको बदला लिन जनताले मात्र होइन कार्यकर्ताले पनि असम्मान जनक पराजय भोगाएर निर्वस्त्र गरिदिनेछन्, निश्चित छ । त्यसकारण यसबेला “सधैं सबैलाई मूर्ख बनाउन सकिन्न, भलै केहीलाई सधैं र सबैलाई केही समय झुक्याउन (मूर्ख बनाउन) सकिएला” भन्ने कुराको हेक्का राखि दिए सबेको भलो होला ? 
“सम्मानजनक” निर्विकल्प विकल्प ः “मदनभण्डारी” मोडेल !
अहिले ने.क.पा. एमाले संघीय र प्रदेश सभामा सांसद संख्याको हिसाबले माओवादीभन्दा झण्डै सवा दुई गुणा ठूलो (१२१ र ५३) को हाराहारीमा देखिन्छ । त्यो संख्या कुल सदस्य संख्या (२७५)को झण्डै दुई तिहाईको नजिकको मानिन्छ । त्यति हुँदाहुँदै पनि निर्वाचनका माध्यमबाट जनताले “सिंहदरबारको लाल मोहरिया” ठानिँदै मानिँदै आएको मध्यदक्षिण पन्थी दललाई निकै नराम्ररी सत्ताबाट गलहत्याएर सडकमा पु¥याएपछि पनि निर्वाचनको परिणाम आए लगत्तै “वाममोर्चालाई तोड्ने, फोड्ने र फेरी माओवादीलाई एक्लौटी सरकार बनाउन बहुमत पु¥याइदिने” कोहलो र रोइलो मच्चाएर सडकमा अलाप विलाप प्रलाप गरिरहेको छ । यद्यपि हिजोका सहयात्रीहरुको रुपमा देखिइसकेकाहरुबीच जसरी कुनै सैद्धान्तिक वा निर्वाचनको बेलाका कटुताले सधैं उत्तर दक्षिण्मा राख्न सकेन । त्यस्को पुनरावृत्तिको सपनाले पनि आलाप आएको हुनसक्छ ।
तर अहिले यसबेला सबै “कम्युनिष्ट”हरुले “दक्षिणपन्थी, विसर्जनवादी, साम्राज्यवादी”को साथ सहयोग पाइरहेको र पाइरहने आशा भरोसामा उल्झिएको विपक्षीको जालझेल र खेलसंग जुध्नको लाथि महाभारतको युधिष्ठिरको “वयं पञ्च, वयं पञ्ज, वयं पञ्च, शतञ्चते– परै साकं विवादे तु, वयं पञ्चोत्तर शतम्”
(हो हामी पाण्डव पाँच भाई छौं दुर्योधनहरुका सयजना दाजू भाई छन् । उनीहरु हाम्रा वैरी पनि होलान् । तर हामी एउटै कुन वंशका भएकाले हामी दुई भाईका सन्तानलाई भिडाएर रजाई गर्ने कोही आयो भने हामी एकसय पाँच भएरै लड्छौं, लड्नुपर्छ” भाई फुटे गँवार लुटे गर्न दिनु हुँदैन ।) नीति सूत्रलाई मूलमन्त्र हान्नु मान्नुपर्छ । 
आज जनताले वामपन्थी मोर्चालाई जसरी “केही गरेर देखाउने” र विरोधीहरुले लगाउँदै आएका फरेव फत्तुरहरुको जवाफ मुखले (भाषण वा ओठे जवाफले) होइन, कार्यगत रुपमा दिने अवसर जुन दिएको छ, त्यस्तो अवसर भलै, विपक्षी (दक्षिणपन्थी दलहरु)लाई बाह्य शक्तिले पटक पठक दियो होला, तर वाम शक्ति वा मोर्चालाई किमार्थ दोहो¥याएर प्राप्त हुने र दिनेछैन । यस पटक जसरी बाम मोर्चाको निर्माण भएपछि पनि त्यो “भित्री बाहिरी” घोर प्रतिगामी देखि बाह्य शक्तिको आडबल पाएका सम्मले भेउ नै नपाउने गरी निर्वाचनको परिणाम आयो । त्यो उनीहरुका लागि अपत्यारिलो त थियो नै ।  त्यसैले विपक्षलाई जनादेश सम्पूर्णत असहज, अपाच्य भएको छ । अब नैतिक अनैतिक जुनसुकै उपायबाट पनि विक्षिप्त बनेका विपक्षीकर्ताले खुलेयाम पाँच वर्ष त के मधुमास अवधि पनि पूरा नगर्दै सरकार ढाल्ने जुन धम्की दिएका छन्, त्यसलाई हल्का फुल्का रुपमा लिनु बुद्धिहीनता ठहरिने छ । 
यस्तो राष्ट्रिय प्रतिकूल र अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा अहिले मोर्चाभित्र “जो जति ठूलो र शक्तिशाली दल हो उसले आफ्नो विशालतालाई व्यवहारमा उदारता देखाएर प्रस्तुत गर्नुपर्छ । त्यस्तो शिक्षा छिमेकमा दुई विशालकाय मूलुकबाट नेपालजस्तो सानो मुलुक प्रति आजसम्म गरिँदै आएका राम्रा नराम्रा उदाहरणीय व्यवहारबाट (वर्तमान सत्ता नियन्ताहरुले) लिनैपर्छ । दिने र छोड्ने भनेको नै हुने र सामथ्र्यवान्ले नै हो । “कमजोरले नै छोड्नुपर्छ नभए घाँटी अँठ्याएर खुट्टा ढोग्न बाध्य पार्ने” भारतीय नीतिलाई सधैं विरोध गर्दै आएका नेताहरु अहिले आफैंले अख्तियार गर्नु किमार्थ मिल्दैन, सुहाउँदैन, हितकर पनि हुन्न । 
यसैले यसबेला एकताका लागि सापेक्षया कमजोर संख्याको दलको “सम्मानजनक स्थान” माग पूरा गरि दिन बलशाली (ठूलो संख्याको) दल–जो  आफूलाई  मदन भण्डारीको नीति र मार्गदर्शनलाई अनुशीलन गर्ने भन्छ– ले यस बेला मदन भण्डारीले २०४७ सालमा “माक्र्सवादी”सँग एकता गर्दा लिएको (माक्र्सवादीले मागेको सबै दिने र दिएको) नीति र उदारता अँगाल्नै पर्छ । संयोग नै भन्नु र मान्नुपर्छ त्यो एकीकरण गर्ने मदन भण्डारीको पालामा साथ समर्थन दिने तत्कालीन मालेका नेताहरु नै  आज एमालेका नेता र सत्ता नियन्ता बनेका हुनुहुन्छ ।
त्यसबेलाको एकता गर्ने ताका माक्र्सवादी पार्टी (पुष्पलाल समूह समेत) को माग, वार्ताका चरणहरु शुरु नहुँदै जसरी आएको थियो, त्यसबेला आफू (स्तम्भचकार)लाई एउटा वार्वरिकको ठाउँमा राखेर हेर्दा (पंक्तिकारले हेर्दा) किमार्थ उचित लागेको थिएन । किनकि, आफू त्यसै पार्टीका सबै नेताको विश्वास पात्र भएकाले त्यो समूहको भित्रै हैसियत सबै थाहा थियो । दुवै समूह (माले र माक्र्सवादी)को संगठनात्मक शक्ति र प्रभावलाई भलै कुनै निर्वाचनमा गएर परिक्षण गरिएको नभएपनि झण्डै मालेको ८०–८५प्रतिशत (असीदेखि पचासी) प्रतिशतभन्दा तल थिएन । माक्र्सवादी वास्तवमा “नेतावादी, संगठन कमजोर र कार्यकर्ता शून्य प्रायः) पार्टी थियो । मदन भण्डारीलाई त्यो पनि राम्ररी थाहा थियो । 
तर पनि मनमोहन र सहनाले “हामीलाई अध्यक्ष पदसहित (५०÷५० प्रतिशत सीट सबै तहमा चाहिन्छ)” भनेर हुनै नसक्ने महत्वाकांक्षी प्रस्ताव राख्नुभयो । मदन भण्डारीले तुरुन्त “हुन्छ” भन्नु भयो । त्यही दूरदर्शिता र महानताले मदन भण्डारी आज पनि “मदन भण्डारी”को रुपमा स्वर्णाक्षरले अंकित छन्, नेपालको वाम मात्र होइन सिंगो नेपालको राजनीतिमा । 
 मदन भण्डारीसँग त्यसबेला असहमत हुने नेताहरु पनि धेरै ( झण्डै बहुमतमा) थिए । तर एकताको मूल्य र महत्व एवं एकता नगर्दा हुने राजनीतिक क्षतिबारे मदन भण्डारीबाहेकलाई सायद त्यति हेक्का थिएन । किनकि “जनमत संग्रहमा तत्कालीन “माले”ले “निर्दलको पक्षमा लागेको” भन्ने माक्र्सवादी र “माक्र्सवादी, पुष्पलाल समूहका नेताहरु काँग्रेसको पिछलाग्गू भएको” देखि “दरबार परस्त” भन्ने सम्मको गम्भीरतम आरोप आक्षेप “माले” ले लगाएको थियो । त्यही कुराले ती दुई समूहलाई समयले पूरा वैरी र शत्रुको रुपमा पु¥याएको यथार्थता मदन भण्डारीले राम्ररी बुझेका थिए । त्यसैले “मागेजति उदारतापूर्वक दिएर पनि माक्र्सवादीलाई विच्क्याउनु हुन्न, अन्यथा उस्ले (माक्र्सवादीले) आफ्नो सम्पूर्ण शक्ति आफ्नो उम्मेद्वारलाई जिताउनेतिर भन्दा ‘मालेहरुलाई हराऊ’ भन्नेमा केन्द्रित गर्न सक्छ । त्यसमा मनमोहन जस्ता नैतिक मूल्य मान्यताको राजनीति गर्ने नेता भलै नलाग्लान्, तर उनकै वंश नाता कुटुम्ब र कार्यकर्ताभित्र त्यस्ता “विभीषण” मीर जाफर र “जयचन्द” जस्ता कैयन् शकुनीहरु छन्, उनीहरुले मालेको अपशकुनको लागि आफ्नै नाक काट्न मनमोहनजस्ता सोझा नेतासम्मलाई दबाब दिन र प्रभावमा लिन सक्छन्” भन्ने पनि मदन भण्डारीले स्पष्ट देखे बुझेका थिए ।
त्यति गरेर “एमाले” को रुपमा पार्टी स्थापित भइसकेपछि पनि पूर्व माक्र्सवादीहरुको हैसियत केही नभइएको, खाली “नेता बन्न चाहेर एकतामा आएका” भन्नेमा अरु “माले” नेताहरुको जुन हेपाहा नजारीय थियो । मदन भण्डारीले कहिल्यै त्यसलाई व्यवहारमा आउन उतार्न, दिएनन् । यतिसम्मकि पाँचौं महाधिवेशन (जुन २०४९ मा काठमाडौंमा आयोजित थियो) एकथरी संकीर्ण सोचाईका “ठर्रा माले”हरुले “पूर्व माक्र्सवादी समूहकालाई बढार्ने र मनमोहन अधिकारीलाई अध्यक्ष हुन नदिने”सम्मको षड्यन्त्र गरेका थिए । त्यो मनमोहन र मदन दुवैले थाहा पाए । त्यसैले मनमोहन “अध्यक्षमा उम्मेद्वार दिएर पारजित हुने र अपमानित हुनेमा” हुनु हुन्नथ्यो । तर मदन भण्डारीले “यदि मनमोहनको उम्मेद्वारी नपर्ने हो र वहाँलाई निर्विरोध अध्यक्ष चयन नगर्ने हो भने आफूले महासचिवको पदमा मात्रै नभई पार्टीको कुनै पनि पदमा उम्मेद्वारी नदिने” अड्डी लिनु भयो । त्यसपछि मध्यरातमा बल्ल मनमोहन “अध्यक्ष” पदमा र मदन भण्डारी “महासचिव”मा निर्विरोध निर्वाचित गर्ने निर्णय भएको थियो । 
त्यति मात्रै होइन, २०४८ सालको आम निर्वाचनमा सुनसरीको धरान १ निर्वाचन क्षेत्रबाट मनमोहनलाई अत्यधिक मतले ससम्मान जिताउने मात्रै होइन साहानालाई काठमाडौंमा विजयी गराउने उदारता देखाउने मदन भण्डारी नै थिए । अझ मदन भण्डारीले सबैभन्दा ठूलो बाँकी उदारता र महानता २०४८ सालको प्रतिनिधि सभामा प्रमुख प्रति पक्षीदलको नेता (एमालेको संसदीय दलको नेता) – जसलाई वैकल्पिक सरकार प्रमुख भनिन्छ, मानिन्छ को मा समेत मनमोहन अधिकारीलाई दिए । 
हो, त्यही उदाहरता मदन भण्डारीको सालिक पुज्ने एमाले नेताहरुले यसबेला माओवादी र त्यसको अध्यक्ष पुष्पकमल दाहालप्रति व्यवहारमा उधारोमा होइन देखाउनुपर्ने आम जनताको अपेक्षा र विश्वास रहेको देखिन्छ । अर्थात् तत्कालीन माले पार्टी (समूह)का महासचिव मदन भण्डारीले २०४७ मा माक्र्सवादी । पुष्पलाल समूहलाई  कम्युनिष्ट मूल धारमा समाहित गर्न जे जस्तो ठूलो उदारता र साहसिकता देखाउनुभएको थियो । अहिले जननिर्वाचित सरकारलाई “कम्युनिष्ट अधिनायकवादी” देख्ने देउवा नेतृत्वको ने.का.को तत्कालीन एकलौटी सरकारले त्यसताका सशस्त्र जनयुद्धका लागि अग्रणी नेताहरु प्रचण्ड डा. बाबुराम, वादल, महरा आदिको टाउकाको मोल तोकी गैर न्यायिक हत्याको क्रम शस्ट गर्ने हुकमनामा जारी गरी सन् १९३० को दशकको गेस्टापो (नाजी गुप्त प्रहरी) को मुसालिनीको फासीवादी शैलीको राज्य अतिक मच्चाई रहेको कालावधिमा नै एमालेका तत्कालीन महासचिव माधव नेपालले आफ्नो जीवनको बाजी लगाएर माओवादी नेतालाई भेट्दै “शान्तिपूर्ण माध्यमबाट खुला रुपमा आए मूल कम्युनिष्ट धारामा समाविष्ट गर्ने” प्रतिबद्धता सहितको महान् साहसिकता, उदारता प्रदर्शन गर्नु भएको थियो । हो अहिदे इकता गर्दा तिनै पूर्ववर्ती नेताहरुले देखाइएको महान् त्याग र उदारता वर्तमान नेतृत्वले व्यवहारमा नै देखाउनु बुद्धिमत्ता र दुरदर्शितापूर्ण हुनेछ । 
यति भयो भने के.पी. ओलीको मात्र होइन, सिङ्गो एमालेको नेता र कार्यकर्ताहरुको इज्जत प्रतिष्ठाले सगरमाथा चुमेको हुनेछ । “नेपालमा प्रजातन्त्र स्थापना भएदेखि कुनै पनि प्रधान मन्त्री र सरकारले पाँचवर्षको काल पूरा गर्न नसकेको” भन्ने अपरम्पराको क्रमभङ्गता भएको हुनेछ । एकता होइन मोर्चाकै रुपमा बढ्ने सोंच एमालेले देखाए । अन्यथा,  गएको अंकमा उल्लेख गरिएजस्तै नौ र नौ गुणाको निर्यात सबैले व्यहोर्नु पर्नेछ । र अन्ततोगत्वा देश भड्खारोको पिँधमा पुग्नेछ, निश्चित छ । 
अर्थात् तत्कालीन माले पार्टी (समूह)का महासचिव मदन भण्डारीले २०४७ मा माक्र्सवादी । पुष्पलाल समूहलाई  कम्युनिष्ट मूल धारमा समाहित गर्न जे जस्तो ठूलो उदारता र साहसिकता देखाउनुभएको थियो । अहिले जननिर्वाचित सरकारलाई “कम्युनिष्ट अधिनायकवादी” देख्ने देउवा नेतृत्वको ने.का.को तत्कालीन एकलौटी सरकारले त्यसताका सशस्त्र जनयुद्धका लागि अग्रणी नेताहरु प्रचण्ड डा. बाबुराम, वादल, महरा आदिको टाउकाको मोल तोकी गैर न्यायिक हत्याको क्रम शस्ट गर्ने हुकमनामा जारी गरी सन् १९३० को दशकको गेस्टापो (नाजी गुप्त प्रहरी) को मुसालिनीको फासीवादी शैलीको राज्य अतिक मच्चाई रहेको कालावधिमा नै एमालेका तत्कालीन महासचिव माधव नेपालले आफ्नो जीवनको बाजी लगाएर माओवादी नेतालाई भेट्दै “शान्तिपूर्ण माध्यमबाट खुला रुपमा आए मूल कम्युनिष्ट धारामा समाविष्ट गर्ने” प्रतिबद्धता सहितको महान् साहसिकता, उदारता प्रदर्शन गर्नु भएको थियो । हो अहिदे इकता गर्दा तिनै पूर्ववर्ती नेताहरुले देखाइएको महान् त्याग र उदारता वर्तमान नेतृत्वले व्यवहारमा नै देखाउनु बुद्धिमत्ता र दुरदर्शितापूर्ण हुनेछ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
न पूर्वस्थिति, न नयाँ स्थिति ः खैलाबैला मात्रै (04.12.2018)
बढ्दो अपराधको समस्या (04.12.2018)
देशलाई जुरुक्क उठाउने हावादारी गफ ! (04.03.2018)
“विधिको शासन पुनस्थापना”को सवाल (04.03.2018)
मन्त्री चोखा भए मात्र प्रशासन चोखो हुन्छ (03.27.2018)
“विधिको शासन पुनःस्थापना” गर्ने सवालमा (03.27.2018)
पर्यटक भित्र्याउने गुरूयोजना (03.27.2018)
भ्रष्टाचार निवारणको प्रश्न र यथार्थ (२) (03.20.2018)
आध्यात्मिक नेता कालजयी, राजनेता क्षणिक (03.20.2018)
यस्तो फेरी कहिल्यै नदोहोरियोस् ! (03.20.2018)
अबको स्थायी शक्ति केन्द्र काठमाडौं ! (?) (03.06.2018)
आयातित संघीय व्यवस्था एउटा कोक्याउने पीडालु (03.06.2018)
०१७ मा महेन्द्र–वीपीको टक्कर र ०७४ मा खड्ग ओलीको उदय (03.06.2018)
अब त विधिविधान संविधानको लाशमा दागबत्ती दिने कि सभापतिज्यू ? (02.20.2018)
नेपालको राजनीतिमा फागुन महिना हरेक परिवर्तनको मूल ढोका (02.20.2018)
जताततै अव्यवस्थाको तमासे जात्रा (01.30.2018)
संघीय प्रणालीको भविष्य प्रदेश सभा सदस्यको हातमा (01.30.2018)
थरीथरीका मतदाता, मतदानको प्रयोजन र प्रतिनिधित्व (01.25.2018)
स्थायी समाधान खोज्ने कि सधैं टारटुर मात्रै (01.25.2018)
जनता भन्छन् “नागा, नेता र न्यायकर्ता उस्तै उस्तै !” (01.25.2018)



 
::| Latest News

 
[Page Top]