युगसम्बाद साप्ताहिक

अन्तर्कलमा फँसेको काँग्रेसको दशा र दिशा- तारा सुवेदी
Tuesday, 06.12.2018, 03:19pm (GMT5.5)

यता सिण्डिकेटको चक्रव्यूह तोड्ने राज्य (सरकार)ले प्रयास गर्दै थियो, उता सत्ताबाट विस्थापित भएको नेपाली काँग्रेसभित्र “सिण्डिकेटिज्म व्यापक गर्दै पार्टी सभापति शेरबहादुर देउवा अगाडि बढ्दै गरेको” भनेर स्यालहरुको रोइलो मच्चिन शुरु भइरहेको थियो । त्यसो त सत्ता र शक्तिबाट बाहिर हुँदा  कुनै दल र नेताले हर्ष बढाई गरेका थिएनन्, गर्दैनन् । अरु त अरु सत्ता र शक्तिका लागि खासै चासो चिन्ता नलिए, नदेखाएका सन्त नेता कृष्ण प्रसाद भट्टराई र ‘सोझा नेता’ मनमोहन अधिकारीहरुले पनि मनमनै बालुवाटारबाट निस्कँदा ठूलो बोझ बिसाएको भलै महसुस गरे होलान् । तथापि राजसी शान सौकत सहितको त्यो ‘दरबार’बाट बास खोज्न निस्कनु पर्दा दुःखै मानेको उनीहरुको अभिव्यक्ति चाहे त्यो अस्पतालको शैय्याबाट होस् चाहे ग्यालरी बैठक कक्षाभित्रको रोष्टममा उभिएर दिइएको होस् मा स्पष्टै झल्किएको थियो । 
सत्ता र शक्तिको त्यति ठूलो मोहले राजनीतिक मूल्य, नैतिकता, इमान्दारिता, न्यूनतम उत्तरदायित्वको अस्तित्व नै समाप्त गर्नु परे पनि पछि नहट्ने आदत परि सकेकाहरुलाई जनताले अपत्यारिलो ढंगले सिंहदरबारबाट गलहत्याएर उठ्नै नसक्ने गरी बेइज्जतिपूर्ण तरिकाले सडकमा पु¥याईदिएपछि रिस, आवेश, आक्रोस पार्टी नेताको थाप्लोमा हाल्ने चेष्टा गर्दा पनि कतिपय ने.का नेताहरुलाई आत्मरतिको सुखानुभूति भयो होला । त्यसमा पनि आम राजनीतिक वृत्तको चर्चामा सधैं दोहोरिइरहने आम जनताको टिप्पणीको विषय एउटै थियो – “काँग्रेसी मित्रहरु सत्ता बाहिर पर्दा विक्षिप्त जस्तै भएर आत्तिने गर्छन्, सत्तामा पुग्दासाथै भुईंमा टेक्नै छोडेजस्तो गरी मात्तिन्छन्, जब केही समयपछि सत्ता र शक्तिको मात चढिसक्छ, त्यसपछि पात्तिन्छन्, लोकलाज विर्सेर उही नयाँ वस्त्रको आवरणभित्रका नङ्गा राजाको रुपमा देखिन थाल्छन् ।”
हुन पनि जुन नेताले हात समाएर पार्टीको नेतृत्वमा ल्यायो, शिखर चढायो, देशको शासन सत्ताको सिंढी चढाउँदै वरिष्ठतमको नजिकमा पु¥याउँदै माया ग¥यो, त्यही भाग्य विधाता नेतालाई अरुले भड्खारोको छेऊमा पु¥याएको बेला साथ दिएर बचाउने प्रयास गर्नुको साटो पछाडिबाट लात हानेर भड्खारोमा धकेल्दै रामकथाका विभीषणको चरित्र प्रदर्शन गर्ने गरे त्यस्ता निकृष्टतम नेतालाई वरिष्ठको पगरी गुताएपछि उसले समवयीनेता शेरबहादुर देउवाको टाउकोमा ‘हारको भार’ बोकाएर भगाउने, दुश्चेष्टा गर्नु अस्वाभाविक नहोला पनि । 
यहाँ एउटा कुरा के स्पष्ट गर्नै पर्छ भने पंक्तिकार काँग्रेस होइन । शेरबहादुरको प्रशंसक वा “भक्ति गान” गाउँदै हिड्ने वा हिडँडेको पनि किमार्थ छैन, होइन । तर पनि एउटा के सत्य हो भने काँग्रेस इतर र काँग्रेसभितरका आफूलाई निकै राजनीतिका प्रकाण्ड विद्वान्  र बुद्धिजीवि ठान्ने र मान्नेहरुले शेरबहादुरलाई “जंगी–लाहुरे, मति र नीतिको कारणले भन्दा प्रवलतम ग्रहदशाले साथ दिएकोले, नियतिको आडबलमा उठेको जडमति वाला नेता” भन्दै गरेको निकै सुनियो । तर नेपाली काँग्रेसलाई “कोइराला अधिवंश वादीहरु”बाट जसरी कोइराला कम्पनी प्रा.लि.को रुपमा कोइराला निवासभित्र सीमित गरिएको थियो । त्यसलाई गिरिजा जस्ता सर्वसत्तावादी एवं षड्यन्त्रकारी नेताको कब्जाबाट खोसेर पहिलो पटक सम्पूर्ण काँग्रेसी कार्यकर्ताहरुको साझा पार्टी बनाई छाड्ने प्रयासमा महान् सन्तनेता र लौहपुरुष समेत असफल भएको अवस्थामा, शेरबहादुर देउवाले नै साहसिकता साथ सफलता हासिल गरेका थिए । त्यसैले अब ने.का.लाई पार लगाए पनि कोशी कर्णालीको मजधारमा डुबाएपनि बचाए पनि उनैले गर्ने हुन् ।” त्यो परम घृष्टतापूर्ण साहसिकतालाई ने.का. नेता कार्यकर्ताले भुल्नु भनेको आमाबाबु विर्सनु रहेछ । 
किनकि उनी “यथानाम तथाकाम” जसरी अहिले बग्रेल्ती स्यालहरुले “झण्डै दुई हप्तासँग महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पदाधिकारी लगायतको मनोनयन गरि सक्नु पर्ने, अब दुई वर्ष नाघिसकेपछि मनोनयन गरे पार्टी विधान विपरित हुने” भनेर एकातिर चुनौती दिने, अर्कोतिर संसदीय दलको निर्वाचनमा पराजित समूह पक्षलाई “सह महामन्त्री” पद पहिलेदेखि दिने गरेकोले त्यो पद पाए “अवैधानिक प्रक्रिया”मा सहमति जनाउने” दोहरो चरित्र प्रदर्शन गरियो । त्यसैले सभापतिसँग “भय दोहन” (ब्लाकमेल)को दुश्चेष्टा गर्ने “संसदमा डेढ दर्जन पटकको हारको लज्जाजनक कीर्तिमान कायम गरेका”हरुलाई उल्टो लोप्पा खुवाउँदै र अन्त्यमा दुई हप्तासम्मको रोइलो र कोहलोको बेवास्ता गर्दै जसरी आफ्ना चहैतहरुलाई पदाधिकारीमा मनोनयन गरे त्यसले साँच्चिकै “श्यालहरुको भीडले शेरलाई तर्साउन झुकाउन सक्तैनन्” भन्ने स्पष्ट भएको छ । 

एउटा पार्टी आफैं सिण्डिकेट ः
राजनीतिमा धेरै दिन खाएको दाह्री जुँगा फुलाएको बाबुको लठ्ठीको भरमा नै कोही “श्रेष्ठ र वरिष्ठ” हुन सक्तैन । विवेक, बुद्धि, ज्ञान र इतिहास पढे बुझेकाले मात्रै पार्टीको नेतृत्व लिन र मार्गनिर्देशन गर्न सक्छ । ऊ नै पार्टीको चिन्तक र पथप्रदर्शन बन्न सक्छ । ने.का.भित्र त्यस्ता पनि नभएका होइनन् रहेछन् । यो कुरा किन लेख्दै पर्ने लाग्यो भने “शेरबहादुरले ने.का. पार्टीभित्र सिण्डिकेटिज्म कायम गर्न खोजेको” देख्नेहरुले आफ्नो पार्टी र पार्टी संस्थापक कतिपय नेताहरुको जन्मथलो छिमेकी मुलुकको थोरै मात्र पनि इतिहास पढ्न सकेको भए दलीय परिपाटीमा कुनै पनि राजनीतिक दल स्वयंमा एउटा सिण्डिकेट हो” भन्नेसम्म त बुझेका हुन्थे ।
किनकि “सिण्डिकेट” भनेको नै “एउटा घेराभित्रका केही व्यक्ति वा समूहको स्वार्थ (त्यो राजनीतिक, आर्थिक, सामाजिक सामूहिक व्यक्तिगत जे पनि हुन सक्छ) सिद्धिका लागि निर्माण गरिने व्यूह हो । भारतमा राष्ट्रिय काँग्रेस अविभाजित अवस्थामा हुँदा दलका वरिष्ठ ३–४ जना नेताहरुले हाइकमानको हैसियतमा पार्टी हाँकेका थिए । त्यो हाइकमाण्डको कमाण्डर “के कामराज” थिए भने उनैको नेतृत्वको “सिण्डिकेट”ले नै १९६४ मा लाल बहादुर शास्त्रीलाई “सत्ता नियन्ता” (प्रधानमन्त्री) बनाएको थियो । जुन सिण्डिकेमा एस.के पाटिल, अतुल्यघोष, कामराज स्वयं र “निलम सञ्जीवा रेउडीहरु प्रमुख पात्रको रुपमा देखिएका थिए । 
लालबहादुरको ‘देहावशान’ भएपछि कालान्तरमा काँग्रेस विभाजित भयो । “संगठन काँग्रेस”–जसलाई पुरानो संस्थापन पक्षको धार पनि मान्न सकिन्थ्यो – लाई पछि सम्म “सिण्डिकेट” कै नामबाट चिनिन्थ्यो, चिनाइन्थ्यो । त्यस्तै इन्दिरा गान्धी, जगजीवन राम आदिको सत्ताधारी पार्टी जसलाई नयाँ काँग्रेस भनिन्थ्यो–को गठन नै “सिण्डिकेटिज्म”को विरुद्धमा गरिएको थियो । जे भए पनि “सिण्डिकेट” भनौं वा “इण्डिकेट” दुवैलाई ‘सकारात्मक’ भनिएको मानिएको थिएन, छैन । 
तर आज ने.का. र अरु पार्टीका सबै सबैले “सिण्डिकेटिज्म”को जाल विछ्याएर विचरा गरीव र विपन्न वर्ग वा सोझा सादा जनतालाई सहजै “फँसाउने र सिध्यिाउने” जुन प्रतिस्पर्धा गरिरहेछन्, त्यसले उही एउटा “एकै किसिमको पेशा व्यवसाय गर्नेहरु विरलै एक ठाउँमा भेला हुन्छन्, जब उनीहरु भेट्छन् सबैले ‘उपभोक्तालाई कसरी अझ बढी ठग्ने’ भन्ने विषयमा नै केन्द्रित भएर कुरा गरिरहेका हुन्छन्” भन्ने निकै प्रचलित लोकोक्ति चरितार्थ वा सार्थक भएको जस्तो लाग्दछ । 
हरुवाहरुको पीडा र आक्रोशः
काँग्रेस पार्टीले सत्ता गुमाएकोमा भन्दा संघीय संसद सदस्यको निर्वाचनमा आफ्नो व्यक्तिगत पराजयलाई गम्भीर रुपमा लिएर अप्रत्यक्ष शैलीमा “तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अन्तर्घात गरे गराएको” तथाकथित शीर्षस्थ वरिष्ठ नेताहरुले कुरा चपाएर सार्वजनिक गरेको समाचार पढियो, सुनियो । तर जतिले जिते उनीहरु कसैले पनि शेरबहादुरलाई धन्यवाद दिएनन् । उल्टै “देउवाको षड्यन्त्रलाई फेल गर्दै आफ्नै बल बुताले जितेको” भने । त्यस्को ज्वलन्त दृष्टान्त काठमाडौं निर्वाचन क्षेत्र १ बाट जितेका प्रकाशमान र क्षेत्र नं. ४ बाट जितेका गगन थापा नै छन् । झण्डै निर्वाचन सम्पन्न भएको छ महिना भईसक्दासम्म पनि “काँग्रेस के कारणले हा¥यो ? भन्ने प्रश्नको सबैले” हामी हारेका होइनौं छैनौं, कम्युनिष्टहरुले तालमेल गरेर झण्डै दुई तिहाईको हाराहारी पु¥याएका हुन्” भन्ने जवाफ दिने बाहेक पार्टी सभापति (देउवा) विरोधीहरुले “अन्तर्घात” लाई मुख्य कारण भनेको सुनियो । अन्य कार्यकर्तासम्मले हारको कारकतत्वको खोजी गर्नेतिर ध्यान दृष्टि दिएको देखिएन । अझै सबैको ध्यान दृष्टि एमाले–माके बीचको एकीकरण असफल होला र महामन्त्री शशांक कोइरालाले जसरी पनि वाम गठबन्धनलाई तोडी छाड्ने” जुन प्रतिबद्धता निर्वाचन सम्पन्न भए लगत्तै सार्वजनिक रुपमा घोषणा गरेका थिए । त्यही “आकाशको फल कहिले झर्ला” भन्दै ¥याल चुहाई रहेको देखिँदै थियो । तर “सोम शर्मा पिता तथा” एमाले–माके नेताहरुले त्यो सपना पनि तुहाईदिए । 
यद्यपि काँग्रेसको सुप्रिमो गिरिजादेखी शेरबहादुरसम्म (कृ.प्र. भट्टराई बाहेक)ले शासनसत्ता र शक्ति हत्याएपछि जे जस्ता ढुकुटी लुट्ने, लुटाउनेदेखि पंचायतकालमा उत्तरी मित्रराष्ट्रले बनाई दिएका सबैजसो उद्योग दक्षिणी मुलुकका नागरिकहरुलाई गुपचुपमा कौडीको मोलमा दिने राजश्वको श्रोत सुकाउने, कमाउ केन्द्र (निकाय)का सार्वजनिक पद बेच्ने, सत्ता बचाउन एउटै रोग (समान रोग)को उपचारको नाममा दर्जनौं सांसदलाई बैंकक र सिंगापुरको होटलका “रुपाजीविहरु”कहाँ उपचारार्थ पठाउने र एउटा “राजनीतिक मुद्दा लिएर सशस्त्र जनयुद्ध शुरु गरेका नेताहरु”को गैर न्यायिक हत्या गरेर झोलामा टाउको ल्याई आफ्ना हजूरमा पेश गर्नेलाई बोरा भरिको नगद पुरस्कार दिने”सम्मका जे जति “बहुलठ्ठी र उन्मादी पाप कर्म गरेका थिए” त्यो पापको घ्याम्पो कुनै पनि बेला फुट्ने जुन निश्चित थियो, यसपटकको निर्वाचनमा त्यही पापको घ्याम्पो छरपस्ट र छताछुल्ल भएर फुट्यो । यथार्थता त्यही थियो ।
यसै सन्र्दमा एमालेमाकेबीच २०७४ असोजको मध्यतिर चुनावी तालमेल भए लगत्तै यसै स्तम्भमा, यही स्तम्भकारले “दलगत राजनीति निरपेक्ष पर्यवेक्षकका दृष्टिमा आगामी निर्वाचन (कि यस्तै कुनै) शीर्षकमा लामो लेख लेखेको सम्झना गराउँ । त्यसमा स्पष्ट प्रक्षेपण गरिएको थियो–
“वर्तमान सरकारका प्रमुख (जुन तत्कालीन मिलिजुली सरकारको नेतृत्व शेरबहादुर देउवाले नै गरिराखेका थिए– ले “बाममोर्चालाई जनताले जिताए भने नेपालमा कम्युनिष्ट अधिनायकवाद स्थापित हुन्छ, रुनसम्म पनि पाइन्न” जुन भनेका छन्, त्यस्ले मतदाताको मत लाई पटक्कै छुदैन । अब यदि वाममोर्चालाई सत्तामा पुग्न कसैले रोक्न सक्छ भने शेरबहादुरले “सम्पूर्ण हिन्दूवादी र दक्षिणपन्थीहरुको मोर्चाको निर्माण गर्ने र त्यसमा लाजिम्पाटको (सल्लाघारी भित्रको तराई मधेसवादीको नियन्त्रक) शक्ति केन्द्रमार्फत् उसलाई (तराई मधेसवादीहरुलाई) पनि सहभागी गराउन हिन्दुवादी भा.ज.पा. को साथ सहयोग समर्थन देउवाले जुटाउनसके भने सम्भव छ, अन्यथा (त्यस्तो घोर दक्षिणपन्थी संयुक्त मोर्चा बन्न बनाउन नसके) बामपन्थीहरुलाई अबको नेपालको सत्ता सिंहासनमा पुग्न बस्नबाट ‘इन्द्रका बाबु चन्द्र’ले पनि रोक्न सक्ने देखिन्न” भनेर लेखिएको थियो । निर्वाचनपछि त्यही प्रक्षेपण सकार हुन पुगेको थियो । 
तर शेरबहादुर देउवादेखी वरिष्ठ कनिष्ठसम्मका सबै काँग्रेसी मित्रहरुको “अधिनायकवादको” स्याल हुइँया सायद स्थापित हुन सकेन क्यार ! निर्वाचनमा नराम्रो गरी हारेदेखि नै काँग्रेसका सर्वोच्च, वरिष्ठ, कनिष्ठसम्मका पगरीधारीहरुले आजसम्म पराजयको पीडा पोख्न सदनदेखी सडकसम्म मात्र होइन, सानेपास्थित वी.पी. भवनभित्रको (केन्द्रीय समितिको) बैठकमा समेत “कोहलो र रोइलो” मच्चाएको सुन्नुप¥यो ।
“गतम् नशोच्यम्”
नेपाली काँग्रेसलाई जिताए उसको जयगान गरे “जनता महान् र विवेकशील” हुने “जनताजनार्दन” ठहरिने, कुनै बेला ने.का. पार्टी सत्ताच्यूत हुन पुग्यो वा निर्वाचनमा काँग्रेसलाई जनताले हराएर सडकमा पु¥याई दियो भने “जनता घाँस खाने” हुने गणेशमानको मान्यताबाट ने.का. नेतृत्व मुक्त हुनुपथ्र्यो, भएनछ । तर पनि अब “एउटा माघले जाँडो जाँदैन, एउटा निर्वाचनमा पराजित हुँदैमा अब कहिल्यै जित्न सकिन्न” भनेर रुवावासी मच्चाउने र “हाराकिरी” नै गर्न तम्सिने कायरतावादी बाटो छोडेर अगाडिको बाटो खोज्नु र रोज्नुपर्छ । २०४६ सालको परिवर्तन देखी आजसम्मको झण्डै तीन दशकसम्म नेपाली जनताले नेपालको राज्य सत्ताको केन्द्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपाली काँग्रेसलाई स्थापित ग¥यो । अब उसले (जनताले) “कम्युनिष्ट” हरुको काम कुरा ह्याउ हिम्मत र हर्कत सुपरीवेक्षण जुन गर्न चाह्यो, त्यसको पनि सम्मान र स्वागत गर्नैपर्छ, गर्छौं” भन्नुपर्छ । 
होइन, सधैं काँग्रेस मात्रै सत्ता नियन्ता बन्नै पर्ने र गैर काँग्रेसी दल विपक्षी कित्तामा नै वस्नुपर्ने” भन्ने सर्वसत्तावादी मान्यता परित्याग गर्न नसक्ने भए, न ने.का लाई “लोकतन्त्रवादीको परिचय दिने हक अधिकार हुन्छ, न आवधिक निर्वाचनको अर्थ र प्रयोजन नै हुन्छ । त्यसैले “यसपटक हामीलाई जनताले विपक्षमा बसेर सरकारका राम्रा नराम्रा काम कुराको सघन मूल्यांकन गर्ने आदेश दिएको छ । हामी इमान्दारिता पूर्वक सार्वभौम र सर्वोच्च जनताको आज्ञा आदेश ससम्मान परिपालना गछौं” भन्ने उच्च नैतिकता र उदारता ने.का. नेताले (आँशु पचाएर) पनि देखाउन सक्नु पर्दर्छ । 
तर महामन्त्रीले जनताको आदेशको अपमान गर्ने गरी “हामी मधुमास कालपनि पूरा गर्न दिन्नौं, जुनसुकै मूल्यमा पनि एमाले माकेबीच एकता हुन दिन्नौं, कथंचित भइहालेछ भने पनि भत्काएरै छाड्छौं” भन्ने जे जस्तो अभिव्यक्ति दिएको दुनियाले सुन्यो, पढ्यो, त्यो नितान्त अपरिपक्क, असहिष्णु, सर्वसत्तावादी धैर्यताको नितान्त शून्यतापूर्ण थियो” भन्ने कुरा “कम्युनिष्ट” एकता र निर्वाध मधुमास पूरा भएपछिदेखियो । त्यस्तो वकमफुस कुरा गरेर ने.का.लाई सुहाउन्न भन्ने कम्तिमा पार्टी सभापति शेरबहादुरले आत्मसात गर्दै त्यसका लािग दुख्यव्यक्त गरी क्षमा माग्नु पर्ने देखिन्छ । 
प्रकृतिले सबै मान्छेका पाइताला र आँखा अगाडितिर फर्काएर राखि दिएको छ । त्यसैले “प्रकृतिले हामीलाई सधैं अगाडि हेर अगाडि पाइताला सार्दै जाऊ”, “गतम् नशोच्यम्” भन्ने सोंच र “नदैन्यं न पालयन्” को दृढनीति अख्तियार गर्नुपर्ने छ देउवाले । त्यति मात्रै होइन ‘गाउँभरिका भुस्याहा कुकुरको भुकाईलाई बेवास्ता गर्दै हात्ती जसरी निश्चिन्त भएर गाउँबाट निस्कन्छ, जसरी शेर गर्जे पछि वन भरीका स्यालको हुइय्याँ बन्द हुन्छ अथवा स्यालको बथान जति हुइय्याँ मच्चाएपछि शेरगर्जेपछि बन्द हुन्छ, देउवाले पनि त्यही “सच्चा शेर”को स्वभाव, चरित्र र साहसिकता प्रदर्शन गर्नसक्नुपर्छ । 
आगामी दिशा ?
हो यसै बेला देउवाको “अग्निपथको कठिन यात्रा” शुरु भएको छ । अहिले उनको हातबाट ५ वर्षको लागि सत्ताको साँचो, सत्ताको अधिकार जनअदालतको आदेशबाट अरुको हातमा पुगेको छ । यही (प्रतिकूल) समयमा उनले सत्ता, शक्ति र स्वार्थको लागि प्राडो पजेरो दिएर सांसद खरिद विक्री गर्न पछि नपर्ने, फोहोरी राजनीतिकर्मी” भनेर आजसम्म लाग्दै आएको आक्षेप, आरोको कलंक पखाल्ने र धैर्यता, शालीनता र परिपक्वता प्रदर्शन गर्ने अवसर प्राप्त भएको छ । त्यति मात्र होइन । “देउवा कुनै दूरदृष्टि नभएको, लाहुरे नेता” भन्ने उनकै सहकर्मी, पार्टीभित्रका कनिष्ठदेखि वरिष्ठसम्मका नेतादेखि स्वतन्त्र बुद्धिजीवि पर्यवेक्षक बाहिरका विपक्षीहरुसम्मलाई “प्रतिकूल परिस्थितिबाट कसरी पार्टीलाई पार लगाएर सफलताको शिखर पु¥याउनु पर्छ” भनेर देखाउने अवसर पनि यही हो भन्ने बुझ्न सक्नुपर्छ । 
यसरी यस प्रतिकूल परिस्थितिमा आफूलाई पार्टीभित्र “हात्ती चलता रहे, कुत्ते भोक्ते रहे” गर्दै र अन्य अधिकतम दल र शक्तिहरुलाई समेट्दै आफूलाई मूल धारमा स्थापित गर्न सके, शेरबहादुर देउवाको पाँचौं पटक पनि सत्ता शिखर आरोहण संभव छ । तर शर्त एउटै हो, आफ्नो आजको दशा (अवस्था)र दिशा र (दूरदृष्टि) भने स्पष्ट हुनैपर्छ । चाटुकारको घेरा र विगतका कमीकमजोरीबाट मुक्त हुने संकल्न गर्नैपर्छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com