युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.15.2018, 02:07pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
चुनाव जितेपछि ओलीको बोली फेरियो- महेश्वर शर्मा
Tuesday, 06.12.2018, 03:20pm (GMT+5.5)

प्रजातन्त्रले समाजलाई उत्तरदायी बनाउँछ भनिन्छ । समाजलाई बाटो देखाउने दायित्व नेताको हो । जनतालाई ढाँटेर भ्रममा पार्ने काम नेताले गर्नु हुँदैन । तर, यहाँ नेता नै उत्तरदायी नभएर मनलागी बोल्छन् र गर्छन् भने प्रजातन्त्रप्र्रतिको जनविश्वास नै डगमगाउने स्थिति आएँछ । संसदीय व्यवस्था जनताप्रति उत्तरदायी हुनुपर्ने व्यवस्था हो । तर, यहाँ सत्ताधारी नै यो व्यवस्थापति विश्वास रादैनन् । प्रचण्डले नै पटकपटक भनेका छन्– यो व्यवस्थाप्रति हाम्रो विश्वास छैन भनेर । यसको अर्थ हो यो व्यवस्थालाई सत्तामा जाने भ¥याङ मात्र बनाउन चाहन्छन् र माथी पुगेपछि भ¥याङ भाँचिदिन्छन् ।
अहिले एमाले र माओवादी केन्द्र मिलेर चुनवा जितेपछि प्रजातान्त्रिक पद्धतिमा सुधार–परिवर्तन ल्याएर समाजवादमा पुग्ने भनिरहेका छन् । चुनावमा एकथोक भन्ने र चुनाव जितेपछि अर्कोथोक गर्ने छलछामको प्रवृत्तिले प्रजातन्त्र त संकटमा पर्छ नै, अरुलाई झुक्याउँछौं भन्दा आफैंलाई पनि पिर्न बेर लाग्ने छैन । के बहुदलीय प्रतिस्पर्धामाा आएको स्वाङ मात्र हो त ? तपाईंहरुको सत्तारोहण नै ढाँटछलबाट भयो भने राम्रो  होला र ? त्यसैले जनताका अगाडि बोलेका कुरा बिर्सनु भएन । फेरि विस्मृतिमा पुग्ने उमेर पनि त प्रधानमन्त्री ओलीजीको भएको छैन । त्यसैले ओलीले बोली फेरे भन्ने नपार्नोस् र बोलेका कुरा थोरै भए पनि पूरा गर्नोस् । अरु गर्न नसके पनि पंचायतकालमा स्थापित र अहिले खण्डहरु बनाइएका आठवटा औद्योगिक क्षेत्र र बन्द भएकाा कलकारखाना मात्र चलाईदिनुभयो भने पनि थोरै भए प्नि रोजगारी सिर्जना हुनेछ ।
भनिन्छ– सत्ताधारी प्रशंसाका भोका हुन्छन् । चिल्लो घस्नेले त्यो कुरा बुझेका हुन्छन् । त्यस्ताहरुले नै सत्तालाई प्रयोग गरेका छन् भन्ने नबिर्सियोस् । एकपटक माथी पुग्दैमा सधैं त्यही बसिरहन पाइँदैन । सगरमाथाको चुचुरोमा पुगेर पनि त्यहीं बसिरहन नसके जस्तै हो शक्तिको शिखर पनि । ढिलो चाँडो झर्नैपर्छ । त्यसैले राजनीति गर्नेले पनि आफ्नो आधार (जनता)लाई बिर्सन मिल्दैन । भन्ने बेलामा ‘जंगेले बोल्यो बोल्यो’ भनेझैं ओलीले बोलेपछि फरक पर्दैन, म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, प्रतिव्यक्ति आम्दानी एक हजार डलर पु¥याउँछु, दशलाख रोजगारी दिन्छु, वृद्धभत्ता पाँच हजार घरघरै पु¥याउँछु भनेको पनि आज नहुने हो भने त असनको साँढे डुक्रेजस्तो मात्रै हुन्छ प्रधानमन्त्री जी ! यो मामुली होइन, प्रधानमन्त्रीले बोलेको कुरा हो । तपाईंकै व्यवहार झूठा भयो भने तपाईंका अनुयायीले के नगर्लान् ?
हामी जनताले पनि नबिसौैं यो दुनियाँ बलियाकै पछि लाग्छ भन्ने वास्तविकता हो । बल भनेको तागत या शक्ति रहेछ । त्यसैले आकर्षणमा सबै तानिंदा रहेछन् । त्यस्तो शक्ति मूलतः सत्तामा हुने र सत्तालाई पनि झुकाउने तत्वले प्रयोग गरिरहेको स्थिति छ आज । अपराधी, गुण्डा, मुन्द्रे, झ्यापुल्ले, दुव्र्यसनी, तस्कर, व्यापारी, कमिशनखोर जे भन्नोस्, ती सबै सत्ताधारीलाई नचाउने सामथ्र्य राख्छन् । शासनसत्ताकै तालाचावी तिनैका हातमा छ भनिन्छ । महंगी किनहुन्छ ? नक्कली माल (औषधि समेत) किन बजारमा छ्याप्छ्याप्ती छ ? कृत्रिम अभाव किन हुन्छ ? यो सबै त्यसै होइन, शक्तिकै घनचक्करमा भैरहेको छ । चुनाव जित्न नेतालाई तिनै चाहिन्छन् । ज्यादै हल्ला भएपछि आकलझुकल सरकार कार्वाहीको हल्ला चलाउँछ । अनि विस्तारै सेलाएको देखिएकै छ ।
एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारा बनेपछि सिण्डिकेट हटाउने हल्ल्ला जोडका साथ चलेको छ । तर, भनेको सुनिन्छ– ‘सिण्डिकेटवालाहरुलाई तर्साएर धम्क्याएर थुन्ने मेलो मात्रै हो । चुनावकै सिण्डिकेटवालाहरुको खर्चमा जितेर आएकाहरुले सिण्डिकेट मास्छौं भनेर पत्याउने कुनै आधारा छैन ।’ यो भनाई पनि सर्वथा निराधार छ भन्न नसकिए पनि केही समय कार्वाहीको प्रतिक्षा गर्नैपर्ने हुन्छ । यातायातको सिण्डिकेट तोड्यौं भनेर कुर्ले, तर खोई थोत्रा बस–ट्रकहरु हटेको ? खोई कोचाकोच गरेर भेडा बाख्रा थुनेजस्तो बस–माइक्रोबस र टेम्पोमा मान्छे राख्न छोडेको ? त्यस्ता सवारीका साधन पनि ठूलाबडा, नेता र तिनैका आसेपासेका भएपछि कसरी हट्छ ? होइन भने हटाएर देखाउन प¥यो नि !
भनिंदैछ– अहिले फेरि ठेकदारहरु तर्साउने काम भैरहेको छ । उनीहरुले बदमासी त्यसै गरेका छैनन्, नेताकै आडमा गरेका छन् । यो काम पनि अलि दिनपछि सेलायो भने बुझे हुन्छ– कुरा मिल्यो भनेर । ठेकेदारलाई त के छ र ? मालिक फेरिएको मात्रै त हो नि भन्छन् रे । के हुन्छ अलिदिन पछि थाा भैहाल्नेछ । अनि हल्ला हुन थाल्यो भने बजार अनुगमनको प्रचार हुन्छ, अनुगमनका नाममा कर्मचारीलाई छुट्टै भत्ता पनि दिइन्छ रे । हामी अनुगमन गर्न आउँदैछौं भनेर तिथिमिति र समय प्रचार गरेर गरिने यो ाकस्तो अनुमगन हो ? अनुगमन त छड्के पो हुनुपर्छ । कतै सिल ग¥यौं रे, कतै अखाद्य र विषाक्त वस्तु नष्ट ग¥यौं रे ! कहाँ कसरी केके कस्का रोहबरमा गरियो ? विधिपूर्वक भएको सार्वजनिक गर्न परेन ?
खाद्य सामग्रीमा सिण्डिकेट हटाउने नै स्वच्छ मनसाय हो भने ५–७ जना ठूला सेठलाई मात्र नियन्त्रण गरे बजार आफैं नियन्त्रण हुन्छ । दाल–चामल–तेल आपूर्ति गर्ने मिलवालालाई पहिले नियन्त्रण गर्न सक्नुपर्छ । मूल जरो नसमात्ने अनि खुद्रा पसलेलाई मात्र कार्वाही गर्ने कुरा गरेर हल्ला गर्नुको कुनै अर्थ छैन । अहिले जे भैरहेको छ त्यो देखावटी मात्र भएको छ  यदि इमानदार हो भने पत्याउने किसिमबाट जनताले प्रत्यक्ष अनुभव गर्न पाउने गरी हुनुपयो । होइन भने जनताका निम्ति ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्नु बाहेक केही हुने छैन । त्यसकारण सरकारका बाचा कबोल पूरा गरेर देखाइयोस् र ‘चुनाव जितेपछि ओलीको बोली फेरियो’ भनेको सुन्न नपरोस् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अन्तर्कलमा फँसेको काँग्रेसको दशा र दिशा- तारा सुवेदी (06.12.2018)
चुनाउमा बकेका कुरा बक्यौतामै नरहुन्म - हेश्वर शर्मा (05.30.2018)
राष्ट्रपतीय शासन प्रणाली किन ? - तारा सुवेदी (05.30.2018)
अपराधीलाई अभय ः सज्जनलाई सकश (05.08.2018)
अपराधको उर्वरा र अपराधीको स्वर्ण भूमि (?) (05.08.2018)
मुरी गएको नदेख्ने, मानाको खोजी ! (04.24.2018)
एकताको लागि “मदन भण्डारी मोडेल” (04.24.2018)
न पूर्वस्थिति, न नयाँ स्थिति ः खैलाबैला मात्रै (04.12.2018)
बढ्दो अपराधको समस्या (04.12.2018)
देशलाई जुरुक्क उठाउने हावादारी गफ ! (04.03.2018)
“विधिको शासन पुनस्थापना”को सवाल (04.03.2018)
मन्त्री चोखा भए मात्र प्रशासन चोखो हुन्छ (03.27.2018)
“विधिको शासन पुनःस्थापना” गर्ने सवालमा (03.27.2018)
पर्यटक भित्र्याउने गुरूयोजना (03.27.2018)
आध्यात्मिक नेता कालजयी, राजनेता क्षणिक (03.20.2018)
भ्रष्टाचार निवारणको प्रश्न र यथार्थ (२) (03.20.2018)
यस्तो फेरी कहिल्यै नदोहोरियोस् ! (03.20.2018)
आयातित संघीय व्यवस्था एउटा कोक्याउने पीडालु (03.06.2018)
अबको स्थायी शक्ति केन्द्र काठमाडौं ! (?) (03.06.2018)
०१७ मा महेन्द्र–वीपीको टक्कर र ०७४ मा खड्ग ओलीको उदय (03.06.2018)



 
::| Latest News

 
[Page Top]