युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 09:23am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा
Monday, 01.23.2012, 02:46pm (GMT+5.5)

यो भनाइ, जसलाई यहाँ शीर्षक बनाइएको छ, मेरो होइन । यो हो हालै सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेपछि मट्टीतेल किन्न गएकी एउटी गाउँले महिलाको अभिव्यक्ति । हुन पनि ‘म पछाडि फर्केर हेर्दिन’ भन्ने गिरिजाकै स्वाँठ ताल बाबुरामले ठ्याक्कै देखाए । पछाडि फर्केर हेरेका भए २०५२ सालमा तात्कालीक प्रधानमन्त्री देउवालाई आफैंले बुझाएको ४० बुँदे मागपत्रमा दैनिक उपभोग्य वस्तु सस्तो हुनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने, सस्तो र सुलभ आपूर्ति हुनुपर्ने जस्ता माग सम्झनुपथ्र्यो । त्यति पर पनि नजाउँ भने बाबुरामजी आफैं प्रधानमन्त्री भएको १४ औं दिनमा जनताका निम्ति ‘राहत राष्ट्रिय कार्यक्रम’ भनेर आफैंले घोषणा गरेको कार्यक्रममा कबोल गरेका सुशासन र भ्रष्टाचार नियन्त्रण, मूल्यमा सहुलियत, सहज आपूर्ति व्यवस्था, सुरक्षामा सुधार, सार्वजनिक सेवा प्रवाहमा सुुधार, लोडसेडिङ घटाउने व्यवस्था, मूल्य र महंगी नियन्त्रण आदि १२ बुँदे कार्यक्रम तुरुन्तै लागू गरेर अनुगमन गरिने भनेको नबिर्सनुपर्ने । तर तीखो बुद्धिमा कहलिएका उनले जनतालाई बुद्धु ठानेर बेवास्ता पो गरेका हुन् कि ?
खाद्य स्वच्छता, गुण नियन्त्रण, कार्टेलिङ, सिण्डिकेट, कृत्रिम अभाव र मूल्यवृद्धि गर्ने, मिसावट गर्ने, नापतौलमा ठगी गर्ने एवं अखाद्य विक्री गर्नेलाई तत्काल कार्बाही गरी सर्वसाधारणलाई सुविधा दिने भनेको के भयो खै ? केही समय अघि आफ्नै पालामा मूल्यवृद्धि गरेको बिर्सेर हो कि यति चाँडै फेरि ग्यासमा प्रति सिलिण्डर रु. १७५, प्रति लिटर पेट्रोलमा रु. १० र मट्टीतेल र डिजेलमा प्रति लिटर रु. ९ बढाएर जनताको ढाड सेक्न प्रधानमन्त्रीलाई संकोच लागेन । लाज घीन पचाएपछि मान्छे सुरिंदोरहेछ ‘एकां लज्जां परित्याज्य सर्वत्र विजयी भवेत्’ भनेझैं बाबुरामको सरकार र त भ्रष्टमध्येमा पनि अग्रणी सिद्ध भैसक्यो । घोषित अघोषित १६ घण्टा लोडसेडिङ छ, पानी छैन, यस्तो स्थितिमा यो सरकारबाट के आशा गर्ने खोई ? यी जनताका भनाइ हुन्, तर सरकार कानमा कपास कोचेर बसेको छ ।
आजको स्थिति हेर्दा कांग्रेस र एमालेलाई माओवादीले मुसो खेलाएजस्तो खेलाएर होसहवासै उडाइदिएका हुनाले माओवादीले आफूलाई निदग्विजयी भएको ठानेजस्तो छ । हुन पनि माओवादीले एक इञ्च पनि आफ्नो ठाउँ छोडेका छैनन् भने कांग्रेस–एमाले लत्रदै लत्रदै आफ्ना सबै अडान छोड्दै आएको देखिएको छ । धर्मनिरपेक्षता, गणतन्त्र, जातीयता, संघीयता, संविधानसभा सबै माओवादीकै नारा त हुन् । गोहीले शिकारमा दाह्रा गाड्दा विचरालाई कति दुख्यो होला भनेर नक्कली आँसु चुहाउँदै चवाउँदै गरेझैं माओवादीले पनि कांग्रेस–एमालेलाई फकाउन नराम व्यवहार गरे जस्तो गरी कब्जा सम्पत्ति फिर्ता गर्छौं, वाईसीएल विघटन गर्छौ, लचिला हुन्छौं भन्दै आए पनि काम चाहिं नगर्ने अनि घिसार्दैैै घिसार्दै हुर्मतै लिइसके । अब माओवादीले भनेकै हुने हो र राष्ट्रपति या प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गरिदिने हो भने कांग्रेस–एमालेको त सातै जाने हो कि जस्तो पो छ । ब्वाँसाले पछाडि कनाइकनाइकन सिध्याएजस्तो हुन आँटिसक्यो । अब कांग्रेस–एमालेलाई खसी पा¥यौं भनेर ढुक्क भएका हुन् कि कुन्नि नत्र त विपक्षीको डर भए त यस्तो अचाक्ली नगर्नुपर्ने भनिंदैछ ।
पहिलो कुरा त अनेकथरि विपरीत निर्णय गरेर बाबुरामको सरकारले कांग्रेस–एमालेलाई त्यसै हैरान पारिसकेको छ । हुँदाहुँदा अब जंगलमा जनसरकारले गरेका गैरकानुनी धन्दालाई वैधता दिएर कांग्रेस–एमालेलाई थला पार्न जघन्य हत्याका दोषी, अपराधी, व्याधा, तस्कर, अपहरणकारी, कूटनीतिक राहदानी बेचुवा, भ्रष्टाचारी सबैलाई पतिया दिएर चोख्याउने, आममाफी दिने जस्ता अभियानमा लागेर लडाकु समायोजन र संविधान नै नबने र बने पनि अधुरो र खोटी बन्ने संकेत देखिएको अवस्थामा बलैले पेलेर आफ्नै सरकार कायम राख्ने र त्यसैले निर्वाचनको नाटक रचेर कांग्रेस–एमालेलाई भित्ता लगाइदिए भने आश्चर्य हुनेछैन । यो सबै गिरिजाका स्वाँठ बुद्धिको दुष्परिणाम बाहेक केही होइन । गिरिजाले गरेको पाप आजका कांग्रेसले मुटुमाथि ढुंगा राखेर भोग्दैछन् ।
मान्छेको स्वभाव नमेटिने रहेछ । मौका नपर्दासम्म तिरोहित उसको शोषक, भ्रष्ट र तानाशाही प्रवृत्ति मौका पर्नासाथ प्रकट हुँदोरहेछ । केही अपवाद भए पनि बाबुराम जस्ता पनि सत्ता सुख भोगमा पल्केपछि जनतालाई बिर्सेर भ्रष्टाचारी, अपराधी, तस्कर, अपहरणकारीहरूसंग मिलेर सत्ता अड्याउन आँखा चिम्लेर लाग्दारहेछन् । हाम्रो परम्परागत संस्कारमा क्षत्रीले जात फाल्दा त्यति आलोचना हुँदैन जति बाहुनले जात फाल्दा हुन्छ वा हुन्थ्यो । जसबाट जुन कुराको आशा गरिएको हुन्छ उसले त्यो गर्न सकेन वा गरेन भने त्यसप्रति वितृष्णा जाग्छ । जोबाट जुन कुरा आशै गरिएको हुँदैन उसले त्यो काम ग¥यो भने स्याबासी पाउँछ । बाबुराम भट्टराईबाट राम्रै होला भनेर आशा गर्नेहरू आज बाबुरामले जात फालेको अनुभव गर्दैछन् ।
आज अघि जनताले अरु नेतालाई तल्लो र बाबुरामलाई माथिल्लो जात (कामका आधारमा) सम्झेका थिए । तर सत्ताको मद चढेर हो वा किन हो बाबुरामले प्रजातन्त्रकै उपहास, जनता र कानुनकै उपेक्षा गरेर काम न काजका भालुभुत्तेहरूका इशारामा नाचेर आफ्नो गन्तव्य नै बिर्सेको देखेपछि जनता बाबुरामदेखि पनि रुष्ट भएका छन् । माओवादीको आजको राजसी ठाँटबाट हेर्दा यति धेरै सुविधाभोगी भैसकेका छन्– यिनीहरूले अब कांगे्रस–एमाले, पूर्व पञ्च समेत सबैलाई उछिनिसकेका छन् । माओवादी जनताको नजरबाट गिर्दै जानुको मूलकारण त्यो पनि हो । उठ्न पो गाह्रो हुन्छ, चित्त छोडेपछि खस्न कतिबेर लाग्छ र ? प्रधानमन्त्रीजी ! सक्नुहुन्छ भने अझै पनि उठ्ने प्रयास गर्नोस्, शुभकामना !



Rating (Votes: )   
Share     Print


Other Articles:
मुलुक सपार्ने शैक्षिक क्षेत्रमा कहालिलाग्दो विभेद : यादब देवकोटा (01.16.2012)
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा (01.16.2012)
आमाको अवशानबाट मन विचलित भएपछि चिन्तनशून्य हुन पुगिएछ : तारा सुवेदी (01.16.2012)
राष्ट्रिय दिवस नै नभएको लाजमर्दो स्थिति : किरण बुर्लाकोटी (01.16.2012)
राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा (01.09.2012)
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा (01.09.2012)
वर्तमान राजनीतिक नेतृत्व असफलताको दिशातिर : यादब देवकोटा (01.02.2012)
सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा (01.02.2012)
अभाव पूर्तिको नाममा व्यक्तिगत लाभको चलखेल : यादब देवकोटा (12.26.2011)
जातीय संघीयता ‘घरको न खोप्राको’ : महेश्वर शर्मा (12.26.2011)
नेताहरूको विपरीत मतिले पार्टीको थप क्षति नहोस् : तारा सुवेदी (12.26.2011)
पूँजीवादको उपहार हो जलवायु परिवर्तन : यादब देवकोटा (12.20.2011)
परिणाम नसोची गरिएका सम्झौता नामका तम्सुक ! : महेश्वर शर्मा (12.20.2011)
सबै पार्टीभित्रका विपक्षीहरूलाई चेतना भया : तारा सुवेदी (12.20.2011)
जलवायु परिवर्तनको प्रभाव- जैविक विविधता र कृषि प्रणालीमा गम्भीर असर : यादब देवकोटा (12.13.2011)
अद्र्धभूमिगत प्रधानमन्त्रीको गज्याङगुजुङको सय दिन : तारा सुवेदी (12.13.2011)
भागवण्डाको राजनीति र भ्रष्टाचार : महेश्वर शर्मा (12.13.2011)
जलवायु परिवर्तनको प्रभाव, खाद्यान्न र पानीको ठूलो हाहाकार हुने भय : यादब देवकोटा (12.06.2011)
संविधानसभाले सर्वोच्चमाथि जाइलाग्नुको अर्थ हिट्लर जन्माउने षड्यन्त्र : तारा सुवेदी (12.06.2011)
केही खुद्राखाद्री सन्दर्भ र जनसामान्यका प्रश्न : महेश्वर शर्मा (12.06.2011)



 
::| Latest News

 
[Page Top]